Tag: प्रदेश २ प्रमुख

  • प्रदेश २ का प्रमुख राजेश अहिराज हटाइए, हरिशंकर मिश्र नियुक्त

    प्रदेश २ का प्रमुख राजेश अहिराज हटाइए, हरिशंकर मिश्र नियुक्त

    काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई हटाएको छ । मन्त्रिपरिषदको आजको बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

    महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।

  • सडक दुर्घटनाका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

    सडक दुर्घटनाका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

    जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरेका छन् ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा दुर्घटनामा परेर आज बिहान सडकमा छटपटाइरहेका चारजनालाई झाले उद्धार गरेका हुन् । उनी जनकपुरबाट बाराको जीतपुर जाँदै थिए । सोही क्रममा सडकमा घाइतेलाई देखेपछि गाडी रोकेर उद्धार गरेका थिए ।

    झाले आफ्नै सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्मा दिएर घाइते चारैजनालाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाएका छन् । घाइतेमध्ये एक बच्चासमेत रहेको र उनीहरूको पहिचान तथा दुर्घटनाको कारण भने खुल्न सकेका छैन ।

  • प्रदेश प्रमुख झाले पदभार ग्रहण गर्दै भने– शिरमा देश र मनमा मधेश

    प्रदेश प्रमुख झाले पदभार ग्रहण गर्दै भने– शिरमा देश र मनमा मधेश

    जनकपुरधाम । नवनियुक्त प्रदेश २ का प्रमुख राजेश झाले आइतबार साँझ पदभार ग्रहण गरेका छन् । उनले शिरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेको बताएका हुन् ।

    पदभार ग्रहण गर्दै उनले प्रदेशभित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । ‘देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको छ ।’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    उनले आन्तरिक विभेद, असुरक्षा, कुनै पनि खाले दम्भ, अहंकार, दमन र अपराधलाई सबै मिलेर समाधान गर्दै जानुपर्ने बताएका छन् । पदभार ग्रहण गर्न जनकपुर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई नेकपा ओली पक्षका यूवाले १ सय १ किलोको माला लगाएर स्वागत गरेको थियो । त्यसपछि जानकी मन्दिरमा पूजापाठ गरी सिधा मधेस भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।