बुधबार काठमाडौंको माइतीघरमा वायु प्रदूषणविरुद्ध प्रदर्शन भएको छ । केही दिनदेखि प्रदूषण निकै बढेपछि वातावरण जोगाउने अभियानमा लागेका युवाले प्रदूषण कम गर्नका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरेका हुन् ।
Tag: प्रदर्शन
-

प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन शुरु गरेको छ । राजधानीका विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा भएको जुलुस प्रचण्ड- माधव नेपालको नेतृत्वमा सहिद गेट, पुतलीसडक, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर विरोध सभामा परिणत भएकाे थियाे।
-

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन
नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् भने सर्वसत्तावादको अभ्यासलाई सफल हुन नदिने घोषणा गरेका छन् ।
-

माइतीघरमा मखुण्डो – समृद्धिको यात्रा, ओलीको गाईजात्रा
विभिन्न पेशा व्यवसायमा आबद्ध नागरिक अगुवाहरुको एउटा समूहले शनिबार प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा उक्त प्रदर्शन भएको हो।
सहभागीले समृद्धिको यात्रा– ओलीको गाईजात्रा, म नागरिक संविधानको पालक– नेताज्यू तपाइँ नि ?, संविधानमाथि तीरैतिर–प्रतिगामीलाई खीरैखीर लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त अवसरमा बृहत् नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।
आगामी १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने योजना उनीहरुको छ । उनीहरुले संविधान भित्रैबाट समाधान खोज्न समेत माग गरेका छन् ।
-

सरकार विरुद्ध साेमबार प्रदर्शन
सरकारको सिफारिसमा राष्ट्रपतिले आईतबार गरेको संसद विघटनको सोमबार काठमाडौंमा विरोघ प्रदर्शन भएको छ । विरोधको क्रममा विवेकशील साझा पार्टिले माइतीघरमा प्रदर्शन गरेको थियो। सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका मानव अधिकारकर्मीहरुलाई भने प्रहरीले पक्राउ गरेको थियो ।
-

सिंहदरबार प्रवेशद्वारमा प्रदर्शन, प्रहरीको हस्तक्षेप
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नागरिक समाजका अगुवाहरुले सिंहदरबारको दक्षिणगेटमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दक्षिण गेटमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका प्रदर्शनकारीलाई निषेधाज्ञा तोडेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।


-

संसद विघटनको विरोधमा प्रदर्शन (फोटो फिचर)
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि काठमाडौंका विभिन्न ठाउँमा आज विरोध प्रदर्शन भएका छन्। प्रधानमन्त्री ओलीले चालेको कदमप्रति विरोध जनाउँदै नेकपा सम्बद्ध जनवर्गीय संगठनहरू, नेपाली कांग्रेस, विवेकशील साझा पार्टीलगायतका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

