Tag: प्रतिष्ठा थापा

  • कमल थापाकी छोरीले त्यागिन् राप्रपा

    कमल थापाकी छोरीले त्यागिन् राप्रपा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।

    गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

    राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन् ।

    राप्रपा महाधिशेनमा राजेन्द्र लिङदेनसँग पराजीत भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । उनी हाल राप्रपा नेपालको अध्यक्ष छन् ।

  • कमल थापाकी छोरी केन्द्रीय सदस्य निर्वाचित, गणेश थापाका छोराले पनि जिते

    कमल थापाकी छोरी केन्द्रीय सदस्य निर्वाचित, गणेश थापाका छोराले पनि जिते

    काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले २३ औं स्थानमा रहँदै जित हासिल गरेकी हुन् ।

    आज सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी छन् । महिला खुल्लातर्फ सर्वाधिक भोट भने कुन्तीदेवी पोखरेललाई प्राप्त भएको छ ।

    यसअघि पार्टीको कुनै कमिटीमा नरहेकी प्रतिष्ठा एकैपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी कमल थापाकी कान्छी छोरी हुन् । थापाका दुई सन्तानमध्ये जेठी छोरी प्रलिता पनि राजनीतिमा सक्रिय थिइन् । यद्यपि, यो महाधिवेशनमा उनले उम्मेदवारी दिइनन् । उनी मतदाता मात्र थिइन् ।

    गणेश थापाका छोरा निर्वाचित

    कमल थापाका भाइ तथा नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाका गणेश थापाका कान्छा छोरा अभिषेक थापा पनि केन्द्रीय सदस्य विजयी भएका छन् ।अभिषेकले १३२७ भोट ल्याएका छन् ।

    (यसअघि प्रकाशित समाचारमा तथ्यगत त्रुटी देखिएकाले सच्याइएको)