Tag: प्रचण्ड-माधव सभा

  • माधव-प्रचण्डहरू जति गिडगिडाए पनि प्रधानमन्त्री पद पाउँदैनन्: मन्त्री साह

    माधव-प्रचण्डहरू जति गिडगिडाए पनि प्रधानमन्त्री पद पाउँदैनन्: मन्त्री साह

    गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति गिडगिडाएपनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताएका छन् ।

    शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताए ।

    जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्ती बनाएको भए पनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको बताउँदै मन्त्री साहले उनीहरू आफैँले खनेको खाल्डोमा फस्ने जिकिर गरे ।

    ‘संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ मन्त्री साहले भने, ‘सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ ।’

    ‘संसद पुनर्स्थापनापछि प्रचण्ड माधवहरू प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् । हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए,’  मन्त्री साहले भने, ‘तर जति छटपटाए पनि, जति गिडगिडाएपनि माधव प्रचण्डहरूले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किन कि अरूका लागि खाल्डो खन्नेहरू त्यसमा आफैँ पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले विश्वास गरिरहेको छैन ।’

    ‘नयाँ सरकार निर्माणका लागि गणितिय फोहोरी खेलको सुरुआत भएको छ । माधव-प्रचण्डहरूले अहिले सांसद किनबेच र अस्थिर सरकार बनाउने फोहोरी खेल खेल्ने अवसर पाएकोमा लागि उत्सव मनाइरहेका छन् । तर उनीहरूले रोपेको काँडाले उनीहरूलाई नै घोच्ने छ,’ मन्त्री साहले थपे, ‘जनताले झण्डै दुई तिहाई बहुमतसहित नेकपालाई ठूलो पार्टी बनायो । तर सत्ताको लोभमा पार्टीलाई ध्वस्त बनाइदिएको । भनिन्छ, अरूका लागि खाल्डो खन्यो भने आफैँ फस्नुपर्छ । ठीक त्यस्तै हालत माधव र प्रचण्डहरूको भएको छ ।’

  • प्रचण्ड-माधव सभामा सुदूरपश्चिमका मुख्यमन्त्रीको भाषण, प्रधानमन्त्रीको आलोचना

    प्रचण्ड-माधव सभामा सुदूरपश्चिमका मुख्यमन्त्रीको भाषण, प्रधानमन्त्रीको आलोचना

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रचण्ड–माधव पक्षको जनसभामा बोल्दै प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले संघीयता विरोधी कुरा गरेको र सुदूरपश्चिमलाई आर्थिक स्रोत नदिएको आरोप लगाए ।

    मुख्यमन्त्री भट्ट धनगढीमा आयोजित प्रचण्ड–माधव पक्षको सभामा भाषण गर्न पुगेका थिए । उनले संघीय सरकार पार्टीको घोषणापत्रविपरित चलेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले झूटा कुरा बोलेको, पश्चिम सेती बनाउन चासो नदिएको लगायत आरोप पनि लगाए । अब सडकबाट प्रतिनिधिसभा ब्युँताउने उनको दाबी थियो ।