Tag: प्रकाशचन्द्र लोहनी

  • राप्रपा महाधिवेशनः अध्यक्षमा लोहनीको समर्थन लिङदेनलाई

    राप्रपा महाधिवेशनः अध्यक्षमा लोहनीको समर्थन लिङदेनलाई

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन जनाएका छन् । आज एक कार्यक्रममा लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताए ।

    राप्रपाको महाधिवेशन १५ मंसिरबाट आयोजना हुँदैछ । यस महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । थापाले हिजो र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका थिए ।

    लोहनीले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा भएकोमा त्यो सम्भव नदेखिकोले लिङदेनको पक्षमा उभिएको बताए ।

    ‘म अन्य दुई मित्र अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

    आफू भविष्यमा पनि राप्रपाप्रति समर्पित रहेर नेपाल र नेपालीको हितमा सक्रिय रहने लोहनीको प्रतिबद्धता छ ।

  • राप्रपा अध्यक्ष लोहनी भन्छन् – दिपक मनाङे उत्तम मन्त्री

    राप्रपा अध्यक्ष लोहनी भन्छन् – दिपक मनाङे उत्तम मन्त्री

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा भएका राजिव गुरुङ (दिपक मनाङे) उत्तम मन्त्री भएको प्रतिक्रिया दिएका छन् ।

    उनले नयाँ मन्त्री दिपक मनाङेको विगतमा अपराधमा संलग्रता बारे निकै चर्चा रहेको भन्दै मनाङे जनताको प्रिय व्यक्ति उत्तम भएको बताए । राप्रपा अध्यक्ष लोहनीले निषेधाज्ञाको समयमा बसी वियालो भन्दै नयाँ खेलकुदमन्त्री भएका मनाङे उत्तम मान्नुको कारण समेत उल्लेख गरेका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली र राजिव गुरुङ एउटै तहका उत्तम भएको समेत बताए  । अब आलोचना गर्ने ठाउँ नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘निषेध को समयमा बसी बियालो :नयाँ मन्त्री राजिव गुरुङ( दिपक मनांङे) को विगत मा अपराध मा संलग्नता बारे अहिले निकै चर्चा छ अब विचार गरौः(१) मन्त्रि हुन उत्तम हुनु पर्छ (२) जनता प्रिय व्यक्ति उत्तम हुन्छन (३) राजिब गुरुङ जनता प्रिय (चुनाब जितेको) हुन् (४)त्यस कारण उनि उत्तम हुन् ।यो तर्क मान्नु हुन्छ भने प्रम ओली र माननीय राजिब गुरुङ एकै तह का उत्तम हुन। त्यसैले अब आलोचना गर्ने ठाउँ छैन’