Tag: प्रकाश

  • ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

    ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

    काठमाडौं । दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ। सार्वजनिक पोस्टरमा प्रदीप खड्कालाई निक्कै भिन्न अवतारमा देख्न सकिन्छ ।

    यसअघिका सिनेमामा लभरव्वाय भूमिकामा देखिदै आएका प्रदीपले यसपटक चुनौती मोलेरै नयाँ पात्रको रुपमा आफुलाई ढालेका छन् । उनको गाउँले लूक्सले दर्शकको ध्यान केन्द्रित गर्न सक्छ । उनले विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको भूमिका निर्वाह गरेका छन् । सरकारी शिक्षक बन्ने संघर्ष नै सिनेमाको मख्य कथा हो ।

    पोस्टरमा प्रदीपसँगै दीया मास्केपनि फिचर्ड छिन । उनिपनि गाउँले महिलाको भूमिकामा छिन । सिनेमामा प्रदीप र दीयाका अलवा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन् ।

    सिनेमाको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको सिनेमालाई जीवन थापाले सम्पादन गरेका छन्
    अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । सिनेमालाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् ।

  • प्रदीप र रेणुको फिल्म ‘प्रकाश’को इन्ड-क्ल्याप : लकडाउन अघि नै सुटिङ युनिट राजधानीमा

    प्रदीप र रेणुको फिल्म ‘प्रकाश’को इन्ड-क्ल्याप : लकडाउन अघि नै सुटिङ युनिट राजधानीमा

    काठमाडौं । लकडाउन हुनुअघिको फुर्सदिलो समयलाई केही निर्देशकले फिल्म छायांकनमा लगाए । फिल्म प्रदर्शनको पक्ष खराब रहेपनि कोभिड-१९ को दोस्रो लहर सुरु हुनुअघि उनीहरुले फिल्मको इन्ड-क्ल्याप गरे ।

    निर्देशक दिनेश राउत उनै एक पात्र हुन् जसले विहिबारदेखि सुरु भएको लकडाउनअघि आफू निर्देशित फिल्म ‘प्रकाश’ सुटिङ सके । जुम्लामा ४२ दिनको सेड्युलमा फिल्म खिचेर फिल्म युनिट राजधानी आइपुगेको छ । उक्त फिल्मको मुख्य पात्रमा प्रदीप खड्का र रेणु योगी लिडमा छन् ।

    फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतले अभिनय गरेका छन् । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ ।

    राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा विकास सुवेदीको कथा, अनुप बरालको कास्टिङ निर्देशन छ ।

  • प्रदीप खड्काको फिल्म ‘प्रकाश’ मुहूर्त, चैत ३ देखि जुम्लामा छायांकन हुने

    प्रदीप खड्काको फिल्म ‘प्रकाश’ मुहूर्त, चैत ३ देखि जुम्लामा छायांकन हुने

    काठमाडौं- दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’को शुभमुहूर्त गरिएको छ । गोरखास्थित मनकामना मन्दिर पुगेर कलाकार र प्राविधिकले स्क्रिप्ट पुस्तक पूजा गरे ।

    मुहूर्तपछि फिल्म युनिट चैत १ गते छायांकनलाई जुम्ला प्रस्थान गर्ने तयारी गरेको छ । ‘प्रेमगीत’ फेम्ड प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्मले गाउँको शिक्षकले सरकारी जागिर खान गर्ने संघर्ष पेश गर्छ ।

    फिल्ममा रेणु योगी प्रदीपको स्क्रिन जोडीको रुपमा चित्रित हुनेछिन् । दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय हुनेछ ।

    विनिश इन्टरटेनमेन्ट ब्यानरमा निर्माण हुने फिल्ममा महेन्द्र अधिकारीको लगानी हुनेछ । राजेश श्रेष्ठले खिच्ने सिनेमाको पटकथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ निर्देशक रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ ।

    उत्तम न्यौपानेको ध्वनि, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको छ ।

  • प्रदीप खड्का र रेनु योगीले ‘प्रकाश’मा जोडी बाँध्ने

    प्रदीप खड्का र रेनु योगीले ‘प्रकाश’मा जोडी बाँध्ने

    काठमाडौं । दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’ छायांकनको औपचारिक घोषणा भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिइयो ।

    प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्ममा रेनु योगीले लिड फिमेलको रुपमा डेब्यु गर्दैछिन् । नाटक अभिनेत्री समेत रहेकी योगीलाई खड्काको लभर गर्लको रुपमा कास्ट गर्ने तयारी छ ।

    फागुनको दोस्रो सातादेखि जुम्लामा छायांकन हुने फिल्मलाई सन् २०२१ भित्रै प्रदर्शन गर्ने लक्ष्य छ । नेपाल प्रेससँग कुरा गदै निर्देशक राउतले दुर्गमको एउटा विपन्न युवाले सरकारी जागिर पाउनका लागि गर्ने संघर्षलाई फिल्मले चित्रण गर्ने जानकारी दिए ।

    यसअघि प्रसाद, पर्व, क्लासिक, नोभेम्बर रेइन र आइएम सरी राउतका हिट फिल्म हुन् । फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी लगायतले अभिनय गर्नेछन् । विकास सुवेदीले कथा लेखेका हुन् ।

    बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गर्नेछन् ।