Tag: पुत्ला

  • ‘आपत्तिजनक नारा’ लगाउँदै प्रधानमन्त्रीको पुत्ला जलाइयो

    ‘आपत्तिजनक नारा’ लगाउँदै प्रधानमन्त्रीको पुत्ला जलाइयो

    जनकपुरधाम । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संघठनले जनकपुरमा आपत्तिजनक नारा लगाउँदै प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउँन मलाई बहुला कुकुरले टोकेको छ र !’ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विद्यार्थी संगठनले चर्को नाराबाजीसहित पुत्ला जलाएका हुन् ।

    प्रधानमन्त्री ओलीलाई कुकुरको उपमा दिँदै विद्यार्थीले नाराबाजी गरेका थिए । नाराबाजीपछि कोणसभा सुरु हुनै लाग्दा प्रधानमन्त्रीको पुत्ला जलाइएको थियो । नाराबाजीमा नेपाली कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी र युवा सहभागी थिए ।

    जुलुस जनक चोकबाट निस्किएको थियो ।

  • नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)

    नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसनिकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

    शंकरदेव क्याम्पस परिसरमा भएका नेविसंघका कार्यकर्ताले मन्त्रिपरिषद् पुनर्गठन, प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र व्यापार घाटा कम गर्न नयाँ बजेटमा उल्लेख गरिएको खानीजन्य पदार्थको निकासीको प्रावधानको विरोधमा पुत्ला जलाएका हुन् ।

    सो क्रममा प्रहरीले सामान्य बल प्रयोगसमेत गरेको छ ।

    तस्बिरहरु :  निशान्त सिंह गुरुङ्ग ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • जनकपुरमा विपक्षी गठबन्धनका नेताको पुत्ला जलाइयो

    जनकपुरमा विपक्षी गठबन्धनका नेताको पुत्ला जलाइयो

    जनकपुरधाम । नागरिकता सम्बन्धी अध्यादेशको विरोध गरेको भन्दै जनकपुरमा विपक्षी गठबन्धनका नेताहरूको पुत्ला जलाइएको छ ।

    राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधामको जनक चोकमा जसपा अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेबाट निष्कासित नेता माधवक्मार नेपाल र नेकपा माओावादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको हो । पुत्ला जलाउने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

    संघका धनुषा अध्यक्ष दिपेन्द्र सिंहले उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड कसैले पनि मधेसको मुद्दा सम्बोधन होस् भन्ने नचाहेकाले आफूहरूले विरोध गरेको बताए ।

    जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय कार्यकर्ताले भने दिपावली गरेर अध्यादेशको स्वागत गरेका थिए ।

  • प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (फोटो फिचर)

    प्रचण्ड–माधव पक्षले बयलगाडामा पुत्ला जलाउँदा झडप (फोटो फिचर)

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध आन्दोलनका क्रममा बयलगाडा जुलुस निकाल्न खोज्दा माइतीघरमा झडप भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालमा आउनु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भनेको भन्ने १६ वर्षअघिको भनाइलाई व्यंग्य गर्दै प्रचण्ड-माधव पक्षधर अनेरास्ववियूले आइतवार बयलगाडा जुलुस निकालेको हो ।

    प्रदर्शनकारीले  बयलगाडा माथि तान्न लगाएर त्यसमाथि प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।