Tag: पिलर

  • कपिलवस्तुमा दुई वर्षअघि ढलेका पिलर अझै उठाइएनन्

    कपिलवस्तुमा दुई वर्षअघि ढलेका पिलर अझै उठाइएनन्

    रुपन्देही । नेपाल-भारत सीमा क्षेत्र छुट्याउने पिलर ढलेको दुई वर्ष बितिसक्दा समेत खडा हुन सकेका छैनन् ।

    कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित चिराइ नदीका ८ वटा पिलर ढलेको दुई वर्ष बितिसक्दा समेत पुनर्निर्माण हुनसकेको हो ।

    केही दिनदेखि भएको वर्षाका कारण अहिले पिलर देखिन समेत छाडेको प्रहरीले जनाएको छ । विजयनगर गाउँपालिका प्रमुख गोपाल थापाका अनुसार सीमा क्षेत्रका पिलर दुवै देशको सहमतिमा बनाउनुपर्ने कानुन भएकाले अहिलेसम्म बन्न नसकेको हो ।

    आफूले माथिल्लो निकायमा जानकारी दिइसकेको उनले बताए ।

    वर्षासँगै निषेधाज्ञाले गर्दा नेपाल भारत सीमा निर्धारण टोलीले काम गर्न नसकेको सशस्त्र सीमासुरक्षा अधिकारीको दाबी छ । चार वर्ष पहिला सीमा निर्धारण टोलीले नेपालको कपिलवस्तु र भारतको सिद्धार्थनगर जिल्लाका दर्जनभन्दा बढी जीर्ण पिलर निर्माण गरेका थिए ।

    नदीले बगाएका पिलर कोरोना महामारी नियन्त्रणमा आएपछि दुवै देशका सीमानिर्धारण टोलीको सहभागितामा पुनर्निर्माण गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।