Tag: पिएनजी

  • १० ओभरमा पिएनजीले ३ विकेट गुमाएर ४० रन बनायो

    १० ओभरमा पिएनजीले ३ विकेट गुमाएर ४० रन बनायो

    काठमाडौं । नेपालविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा २३४ रनको लक्ष्य पछ्याइरहेको पपुवा न्युगिनीले १० ओभरमा ३ विकेट गुमाएर ४० रन बनाएको छ ।

    अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल तयार गरेको थियो ।

    २३४ रनको जवाफी ब्याटिङमा उत्रिएको पिएनजीले भने राम्रो सुरुआत गर्न सकेको छैन । अहिलेको ताजा अवस्थामा पिएनजी १२.१ ओभरमा ४५/४ को अवस्थामा छ ।

    पिएनजीका ओपनरद्वय टोनी उरा १९ तथा लेगा सियाका ४ रनमा पेभेलियन फर्केका छन् । यस्तै कप्तान आसाद भाला १ तथा चार्ल्स अमिनी १६ रनमा पेभेलियन फर्किँदा अहिले क्रिजमा सेसे बाउ ३ तथा किप्लिन डोरिगा १ रन बनाएर खेलिरहेका छन् ।

    नेपालका लागि सोमपाल कामी, विक्रम शोब र सन्दीप लामिछानेले १/१ विकेट लिएका छन् ।

  • नेपाललाई १३५ रनको लक्ष्य, पिएनजी ३३ ओभरमा अलआउट

    नेपाललाई १३५ रनको लक्ष्य, पिएनजी ३३ ओभरमा अलआउट

    काठमाडौं । सन्दीप लामिछानेको चार विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई १३४ रनमा अल आउट गरेको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि किफायती बलिङ गरेका स्टार स्पीनर सन्दीपले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिए ।

    टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले कसिलो बलिङ गरेको थियो । नेपालका लागि विक्रम शोब र कुशल मल्लले २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

    पिएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३०, चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२ र विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले १५ तथा चाड सोपरले अविजित १७ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    ट्राई नेसन ओडीआई सिरिजको तयारी स्वरुप आयोजित दुई एकदिवसीयमध्ये यो पहिलो खेल हो । दोस्रो खेल पिएनजीसँगै शुक्रबार हुनेछ ।

  • नेपालविरुद्ध पिएनजीको १०० रन पूरा, नेपाललाई ७ विकेट

    नेपालविरुद्ध पिएनजीको १०० रन पूरा, नेपाललाई ७ विकेट

    काठमाडौं । नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी (पिएनजी)ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०० रन पूरा गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालको कसिलो बलिङसामु संघर्षरत पिएनजीले ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

    २५औं ओभरको पाँचौं बलमा गाउडी टोकाले १ रन जोड्दै पिएनजीको १०० रन पूरा गरेका हुन् ।

    पिएनजीका लागि ओपनर लेगा सियाकाले ३८ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाएर पेभेलियन फर्किँदा चार्ल्स अमिनीले २३ तथा किल्पिन डोरिगाले १५ रन जोडे ।

    नेपालका लागि स्टार स्पीनर सन्दीप लामिछानेले सर्वाधिक तीन तथा कुशल मल्ल र डेब्यूट्यान्ट विक्रम शोबले २/२ विकेट लिएका छन् ।