Tag: पाँच विद्यार्थी संगठन

  • पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा

    पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत पाँच विद्यार्थी संगठनले भोलिदेखि पेट्रोल पम्पहरू बन्द गर्ने घोषणा गरेको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न भनेको छ ।

    ध्यानाकर्षणको अवज्ञा गरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एसोसियसन नै हुने उनीहरूले चेतावनी दिएका छन् ।

     

  • हिमालयनलाई लाइसेन्स दिँदा चलखेल गरेको भन्दै पाँच विद्यार्थी संगठनद्वारा अख्तियारमा उजुरी

    हिमालयनलाई लाइसेन्स दिँदा चलखेल गरेको भन्दै पाँच विद्यार्थी संगठनद्वारा अख्तियारमा उजुरी

    काठमाडौं । हिमालयन रि पुनर्बीमा कम्पनीलाई सेटिङमा लाइसेन्स दिएको भन्दै बीमा समितिविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

    विपक्षी गठबन्धन निकटका पाँच विद्यार्थी संगठनले बिहीबार अख्तियार अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् । एक महिनाअघि बीमा समितिले हिमालय रि पुर्नबीलाई लाइसेन्स दिएको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रभावमा परेर लाइसेन्स दिएको जिकिर उजुरीमा छ ।

    अध्यक्ष सिलवालले तीन अर्ब रूपैयाँभन्दा बढी घोटला गरेर लाइसेन्स दिएको भन्दै उक्त लाइसेन्स रोक्न माग गरिएको छ । बीमा समितिका अध्यक्ष सिलवालसँग सम्पर्क गर्दा प्रवक्तालाई सोध्नुस् भनेर पन्छिएका छन् ।

    नेपाली विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव समूह), समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंका नेतृत्वले उजुरीमा हस्ताक्षर गरेका छन् ।

  • सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरु)

    सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरु)

    काठमाडौं । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न क्याम्पसअघि विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिनिधिसभा विघटनलगायतको विरोध गर्दै गरेको प्रदर्शनमा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका छन् ।

    विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपा र जनमोर्चा नेपालनिकट विद्यार्थी संगठनले पछिल्ला दिनमा निरन्तर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।