Tag: पाँचपोखरी

  • पाँचपोखरी विन्टर हाफ म्याराथन कात्तिक २७ मा हुने

    पाँचपोखरी विन्टर हाफ म्याराथन कात्तिक २७ मा हुने

    काठमाडौं । वागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन कात्तिक २७ गते हुने भएको छ ।

    नेपाल एथलेटिक्स संघको समन्वयमा हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा ३ विधा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष /महिला खुला, सिन्धुपाल्चोकका स्थानिय तथा भेट्रान ४५ वर्षमाथि उमेरसमूहमा दौड हुने छ ।

    पुरुष/महिला तर्फ खुलामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले समान ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

    स्थानियतर्फ पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानका विजेताले १० हजार, उपविजेताले ८ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् ।

    म्याराथनमा तीन विभागीय टोलीसहित व्यक्तिगत रुपमा करिब १ सय ५५ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    कुल खर्च मध्ये १० लाख परिषद्ले उपलब्ध गराउने र बाँकी अर्को आयोजक समितिले जुटाउने सदस्य–सचिव भण्डारीले बताए । त्यसका लागि दुई आयोजक परिषद्का सदस्य–सचिव भण्डारी, समितिका अध्यक्ष शेर्पा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

    पत्रकार सम्मेलनमा सदस्य–सचिव भण्डारीले अर्को संस्करणदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउने तयारी रहेको पनि बताए ।
    नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले प्रतियोगितालाई प्राविधिक रुपमा सहज बनाउन संघसंग सहकार्य गर्दा सहज हुने बताए ।

  • पाँचपोखरी पुग्ने ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण

    पाँचपोखरी पुग्ने ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण

    सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका-३ मा रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीसम्म पुग्न ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले ७८ मिटर लामो सो पुलको विहीबार शुभारम्भ गर्दै पूर्वाधार विकासमा गाउँपालिकाले उच्च प्राथमिता दिएको बताए।

    वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले तीर्थयात्रीको सहजताका लागि पुलबाट सहजत हुने विश्वास व्यक्त गरे । गाँउपालिकाले कोरोनाको कारण यस वर्ष मेला स्थगन गरेको छ ।

    क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम र गाँउपालिकाको आर्थिक सहयोग गरी ४४ लाखमा पुल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिए ।रासस