Tag: पहिलो पार्टी

  • पहिलो पार्टी बनाउने गरी खट्न देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

    पहिलो पार्टी बनाउने गरी खट्न देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तहका अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले गठबन्धन बनाएर चुनावमा जाने निर्णय लिएसँगै अध्यक्ष ओलीले दिउँसो १ बजे जिल्ला पदाधिकारी, प्रदेश पदाधिकारी, नगर प्रमुख र उपप्रमुखहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेका हुन् ।

    उनले स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिने एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

    गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए ।

     

  • आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ: प्रचण्ड (भिडिओ)

    आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् ।

    आइतबार पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफनै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका हुन् ।

    उनले पछिल्लो समयमा माओवादी प्रवेश गर्ने लहर देखेर माओवादी पहिलो पार्टी बन्ने संकेत गरिसकेको बताए ।

    उनले भने,‘हामी शान्ति प्रकृया गरेर २०६४मा आउँदा पनि कसैले माओवादीले जित्छ भन्न सकेको थिएन । पुराना भनेको ठूला राजनीतिक दलले त ५ सिट आउँछ होला भनेर हेप्थे । तर जनताले हामीलाई बहुमत दिएर देखाइदिए । प्रत्यक्ष निर्वाचनमा त हामी बहुमत हो । २०७४को परिमाण पनि हामी अगाडि छ । अहिले हामी निर्वाचनमा जादैछौ । देशभरीको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना तिर अगाडि बढिसकेको छौं ।’

    माओवादीले नै देश बचाउने माओवादी नै रहेको भन्ने जनतालाई महसुस भइरहेको उनले दावी गरे ।

    अध्यक्ष प्रचण्डले भने,‘कार्यक्रममा हामीले जुन उभार देखेका छौं अब माओवादी नै रहेछ देश बचाउने संविधान बचाउने पनि शान्ति प्रकृया पुरा गर्ने पनि हामी । बीचमा हामीले गल्ती गरेछौं भनेर रियलाइजेसन भएको छ जनतालाई । अबको चुनावमा हामी वैशाखी टेकेर होइन हामी आफै आफनै बलमा चुनाव लड्ने तयारी गर्दैछौं । र फेरि एकचोटी माओवादी आउँनै पर्छ । देशैभरी माओवादी सकारात्मक बनेको छ । अरु पार्टीपनि माओवादीसँग तालमेल गर्न आउनपर्छ ।’

    उनले चुनावमा एमालेसँग गठबन्धन गर्ने बारेमा आफनो भनाइ राखे । राजनीतिमा असम्भवन भन्ने केही नहुने बताउँदै एमालेसँग गठबन्धन बनाउन सकिने प्रष्ट पारे ।

    अध्यक्ष प्रचण्डले भने,‘ राजनीतिक र अहिले भर्खरै एमालेसँग गठबन्धन भइहाल्छ भन्न खोजेको होइन । राजनीतिमा असम्भव भन्ने केही कुरा हुदैन भन्ने पटक पटक भनेको छु । केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताब मैले नै राखेको हु । शेरबहादुर जीलाई मैले नै दुई पटकको प्रस्ताब मैले नै राखेको हुन । राजनितिमा असम्भव भन्ने त केही पनि हुदो रहेनछ नि ।’

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको समेत बताए ।