Tag: पशुपति चौलागाई

  • चौलागाईको निधनमा एमालेले ३ दिन झण्डा झुकाउने, केन्द्रीय कार्यालयमा शोक पुस्तिका

    चौलागाईको निधनमा एमालेले ३ दिन झण्डा झुकाउने, केन्द्रीय कार्यालयमा शोक पुस्तिका

    काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

    केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिने वागमती प्रदेश अध्यक्ष तथा चौलागाईका राजनीतिक सहयात्री आनन्द पोखरेलले बताए ।

    एमाले केन्द्रीय कार्यालयको ढोकामा स्वर्गीय चौलागाईको फोटोमा माल्यार्पण गरी नेताहरुले अन्तिम श्रद्धान्जली दिएका छन् । कार्यालयमा शोक पुस्तिका राखिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमा ३ दिन शोक पुस्तिका राखिने र श्रद्धाञ्जली दिन चहानेहरुले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आएर दिन सक्ने तामाङले बताए ।

    चौलागाईको अन्तिम श्रद्धान्जलीमा वागमती प्रदेश इन्चार्ज एबम् गृहमन्त्री रामवहादुर थापा बादल,सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठ,शेरवहादुर तामाङ, संचारमन्त्री पार्वत गुरुङ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल लगायतका नेता पार्टी कार्यालयमा जम्मा भएका थिए ।

    यसअघि मनमोहन अस्पतालमा अमृत बोहोराले पार्टीको झण्डा र सन्चारमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । चौलागाईको बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

  • चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायो- अध्यक्ष ओली

    चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायो- अध्यक्ष ओली

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपति चौलागाईको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमाउनु परेको बताएका छन् ।

    ओलीले बुधवार शोक वक्तव्य जारी गर्दै एमाले केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभाका सदास्य चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका छन् । चौलागाईले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यका रूपमा समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताएका छन् ।

    एमाले नेता चौलागाईको मंगलवार साँझ मनमोहन अस्पतालमा निधन भएको थियो । कोरोना संक्रमित चौलागाईलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको थियो ।

  • कोरोना संक्रमित एमाले नेता पशुपति चौलागाईंको निधन

    कोरोना संक्रमित एमाले नेता पशुपति चौलागाईंको निधन

    काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण मंगलवार साँझ निधन भएको छ ।

    चार दिनअघि मनमोहन अस्पतालमा भर्ना भएका चौलागाईंको मंगलवार निधन भएको एमालेले जनाएको छ । वागमती प्रदेशका प्रदेशसभा सदस्य चौलागाई एमालेका प्रभावशाली नेता थिए ।

    युवा संघका पूर्व अध्यक्ष चौलागाईं दोलखाबाट दुई पटक प्रतिनिधिसभा/संविधानसभा सांसद निर्वाचित भएका थिए ।

    चौलागाईं २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत थिए । उनी एमालेका प्रभावशाली नेतामा मानिन्थे ।