Tag: पर्यटन क्षेत्र

  • पर्यटन क्षेत्रमा पलाएको आशा !

    पर्यटन क्षेत्रमा पलाएको आशा !

    बागलुङ । नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो ।

    राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहमा आएका जनप्रतिनिधि अधिकांशको मुख्य ‘एजेण्डा’ बनेको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै गरेको नेपाल भ्रमण वर्षमा कोरोना महामारी बाधक बन्यो । दुई वर्षको अन्तरमा कोरोनाका विभिन्न भेरियन्टले असर परेको जिल्लाको पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको छ ।

    बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलकोटस्थित मूर्तिकला कार्यशाला, ढोरपाटन शिकार आरक्ष, गाँजाको दह र हाँडीकोटको टापुमा भरिभराउ पर्यटक देखिन थालेका छन् । ‘आन्तरिक पर्यटनका लागि गाँजाको दहमा यस वर्ष गुराँस महोत्सव नै भयो’, जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले भने,‘कोरोना मत्थर भएपछि पर्यटन प्रवद्र्धनको सुरुआत भएको छ ।’

    जैमिनीकै हाँडीकोट टापुमा यस वर्षको फागु पूर्णिमा मनाउन सयौँ युवा पुगे । गुराँस फुलेर सिङ्गारिएको हाँडीकोटले लामो समयपछि आन्तरिक पर्यटक पायो । ‘साथीसँग मिलेर होली खेल्न हाम्रो रोजाइ बन्यो हाँडीकोट’, जैमिनी नगरपालिकाका लक्ष्मण पौडेलले भने, ‘सहरका पार्टी प्यालेसमा पुगेर गर्ने खर्च बच्यो, आफ्नै ठाउँमा गुराँससँग होली खेलियो ।’

    बागलुङ नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्न हालै बागलुङ आउनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पञ्चकोट, शालग्राम सङ्ग्रहालय र बागलुङ कालिका भगवती घुमेर फर्किए । लुम्बिनी गार्डेन फाउण्डेशनको सहयोगमा भएको शिविरमा आएका स्पेनका नौ चिकित्सकलाई पनि यहाँका पर्यटकीय क्षेत्र घुम्न यसपटक कोरोनाले छेकेन । संसारकै लामो दाबी गरिएको बाङ्गेचौर–अदुवारी झोलुङ्गेपुल पुगेका स्पेनी नागरिक त लामो पुल देखेर दङ्ग परे । पुलमा बिदाको दिन सयौँ र अरु दिनमा पनि धेरै पर्यटक पुग्ने गरेका छन् ।

    जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ढोरपाटन शिकार आरक्ष घुमे । बागलुङ बजारबाट ढोरपाटनसम्म पुगेका पोखरेलले गलकोट, बडिगाड, काठेखोला र बागलुङ नगरभित्रका अधिकांश पर्यटकीय क्षेत्र घुम्न भ्याउनुभयो । उहाँले प्रदेशको समृद्धिसँग ढोरपाटन शिकार आरक्षलाई जोड्नुपर्ने बताए।

    शुक्रबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र शिकार आरक्षका रूपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए। तर कुन कार्यक्रमले समृद्धि आउने भन्ने खुलाएन । सङ्घीय सरकारको स्वामित्वको ढोरपाटनमा समृद्धिको योजना ल्याउने अधिकार पनि सङ्घमै छ ।

    फागुनको दोस्रो सातायता बागलुङका विभिन्न पर्यटकीयस्थल र घरबासमा देखिएका पर्यटकले फेरि पर्यटन क्षेत्र जुर्मुराइरहेको सङ्केत गरेका छन् । ‘लामो समय हामीले हात बाँधेर बस्यौँ, अब त्यो दिन नआओस्’, अतिथि सत्कार सामुदायिक घरबासका सञ्चालक यामबहादुर थापाले भने, ‘कोरोनाले थला परेको व्यवसाय अब फेरि उठ्ने तयारीमा छ ।’ यहाँका सबै स्थानीय तहले पर्यटकीय क्षेत्रको पुनःउत्थानका लागि लगानी र वातावरण तयार गर्नुपर्ने सर्वसाधारणको माग छ ।रासस

  • पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्छ: सीईओ रेग्मी

    पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्छ: सीईओ रेग्मी

    काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरुलाई समेट्ने गरी रणनैतिक योजना बनाउनु पर्ने बताए ।  कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरुलाई दिने भनेको सेवा सुविधा पाउनु पर्ने व्यवसायीहरुले नपाएको  प्रमुख कार्यकारी अधिकृत रेग्मी समक्ष गुनासो समेत गरे ।

    प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने,‘सरकारले दिएका विभिन्न सेवा, सुविधाहरु अलि माथिल्लो वर्ग वा धेरै लगानी भएकाहरुले मात्रै लिएको अवस्था छ । भाडामा लिएर व्यवसाय गरेको ठूलो समुदायलाई सरकारले दिएको सेवा सुविधा पुग्न सकेन । गभर्मेण्टले पनि जे कुरा लिएर आएको छ त्यसमा सेक्योर गर्न खोजिरहेको छ । दुरुपयोग नहोस् भन्न खोजिरहेको छ । तर यस्तो रिभाइबलको बेलामा पीडितहरुलाई त्यसको सेवा पुगोस् भन्ने हिसावले जानुपर्दथ्यो । अहिले यो मन्त्रालयले जिम्मेवारी लिएको छ ।’

    कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने भएको बताए । उनले पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने बताए ।

     

     

     

  • पर्यटन क्षेत्रमा ‘ग्रिन सिग्नल’: अब विदेशी पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने

    पर्यटन क्षेत्रमा ‘ग्रिन सिग्नल’: अब विदेशी पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने

    काठमाडौं । कोरोना संक्रमण दर कम भएसँगै सरकारले विदेशी पर्यटक आगमनका लागि बाटो खुला गरेको छ ।

    सरकारले अब विदेशबाट आएका पर्यटक क्वारिन्टनमा बस्नु नपर्ने र अनएराइभल भिषा पनि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

    निर्णयसँगै विदेशबाट आउने पर्यटकले नेपाल प्रवेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सडकमार्गबाट प्रवेश गरेका पर्यटकलाई नाकामा नै भिषा उपलब्ध  गराउने छ ।

    यसअघि नेपाल आउने विदेशी पर्यटक अनिवार्य क्वारेन्टिमा बस्नुपर्ने नियम थियो । जसकारण नेपालमा विदेशी पर्यटक आगमन ठप्प थियो ।

    नेपाल आउने पर्यटकले कोरोनाविरुद्धको खोप भने अनिवार्य लगाएको उनुपर्ने प्रवक्ता अधिकारीको भनाइ छ । पर्यटकले नेपाल प्रवेश गर्नु ७२ घण्टाअघि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य पेस गर्नु पर्नेछ ।

    क्वारेन्टिनमा बस्नु नपर्ने र अनएराइभल भिषा सहज गर्नका लागि २२ वटा पर्यटन व्यवासयी संघसंस्थाले संयुक्त रुपमा सरकारसमक्ष लबिङ गरेका थिए । साथै पर्यटन बोर्डले पनि यसबारे प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय तथा सीसीएमसीसँग बारम्बार छलफल गरेको थियो ।

    पर्यटन बोर्डका निर्देशक मनी लामिछानेले सरकारले निर्णय गरेको सुनेको तर आधिकारिक जानकारी नभएको बताए ।

    युरोपलगायत अन्य मुलुकले पर्यटकका लागि खुला गर्दै गएकाले नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन ४० लाखले लगाइसकेको र लगाउने क्रम जारी रहेकाले पर्यटकको आगमन सहज गराए पर्यटक आउने थाल्ने बताउँछन्, नेपाल होटल एसोसिएसनका महासचिव साजन शाक्य । हानले क्वारिन्टन हटाउनु पर्ने, अनएराइभल भिषा सहज गर्नु पर्ने, नेपाललाई रेड जोनबाट हटाउन पहल गर्नुपर्ने तथा भारतसँगको बोर्डर खोल्नु पर्नेलगायतका माग सरकारसमक्ष राखेको थियो ।

    गत वर्ष नेपालमा कोभिडका बिरामी बढेसँगै विदेशी पर्यटक नेपाल घुम्न आएमा ७ दिन क्वारिन्टाइन बस्नुपर्ने नियम बनाएको थियो ।

    विदेशी पर्यटक भित्राउन सरकारको निणर्यमा भर पर्ने भएकाले पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर अहिले विभिन्न प्याकेजहरु ल्याइरहेका छन् ।

    दशै विदा र दशैंपछिका दिनलाई लक्षित गर्दै पोखरा, सौरहा, नगरकोटलगायतका होटलले सौलियत प्याकेज ल्याएको हानका महासचिव शाक्यले जानकारी दिए । यसैगरी वुद्ध एयरलाइन्सले पनि भर्खरै एकजनाको टिकटमा अर्कोलाई फ्रि दिएको छ । १० हजारमा २ जनाले माउन्टेन फ्लाइट गर्न पाइनेछ ।

  • प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी बजेट ल्याउन पर्यटन बोर्डलाई सुझाव

    प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी बजेट ल्याउन पर्यटन बोर्डलाई सुझाव

    काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले कोरोना महामारीबाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।

    उनीहरूले यो सयममा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकार समेत खुम्चिने भन्दै भएको बजेटबाट सीमित तर प्रभावकारी काम गर्न समेत बोर्डलाई सुझाव दिए ।

    बोर्डले आव २०७८/७९ को बजेटका सन्दर्भमा बिहीबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा विज्ञहरूले सीमित स्रोतको अधिकतम प्रयोग हुने गरी कार्यक्रम तर्जुमा गर्न माग गरेका छन । उनीहरुले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र पर्यटनलाई चलायमान बनाउदै लैजानु पर्नेमा जोड दिए । पूर्वगभर्नर दिपेन्द्रपुरुष ढकालले पर्यटन प्रवर्द्धन गर्न संघीय सरकारले बोर्डलाई अनुदान दिनु पर्ने औंल्याए ।

    विज्ञ डा. विष्णुप्रसाद गौतमले विगतमा भएका कार्यहरूको समीक्षा गर्दै तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रर्वद्धनका कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । अर्का विज्ञ डा. प्रेम शर्माले तत्काल अन्तर्राराष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकोले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने खालको बजेट तर्जुमा गर्न सुझाव दिए । यस्तै विज्ञहरू प्राध्यापक डा. सोमप्रसाद खतिवडा, रामचन्द्र सेडाइ, चेतनाथ कंडेल तथा सूर्यकिरण श्रेष्ठले बोर्डले सरोकारवालाई समेटेर कम्तीमा २ देखि ३ वर्षको रिकभरी र रिभाइवल योजना बनाउनु पर्ने सुझाव दिए ।

    विज्ञहरू डा. आलोक राई, रमेश उपाध्याय र पशुपति न्यौपाने र ज्ञानेन्द्ररत्न तुलाधरले कोभिड चुनौतीसँगै अवसर पनि भएकोले यो समयमा जनशक्ति विकास, पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनु पर्ने बताए । यसैगरी पर्यटन व्यवसायीहरू विजय अमात्य, विक्रम पाण्डे काजी र सिएन पाण्डेले स्रोतको कमी भएको अवस्थामा प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्दै पूर्वाधार भन्दा नयाँ पर्यटकीय प्रडक्ट र बजारीकरणलाई जोड दिनेगरी बजेट बनाउन बोर्डलाई आग्रह गरे ।

    अन्तरक्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले कोभिडको कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सीमित साधनबाट अधिकतम काम गर्ने गरी आफूहरूले तयारी गरिरहेको जानकारी दिए । उनले विज्ञहरूका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने बताए । उनले थोरै बजेट भए पनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजनामा बोर्ड रहेको र विज्ञहरुका सुझावले बजेट निर्माणमा सहयोग पुग्ने बताए ।

    बोर्डका अर्का सदस्य कृष्ण शाह तथा पम्फा पौडेल धमलाले कठिन परस्थितिमा पनि बोर्डले स्रोत व्यवस्थापनका लागि विभिन्न निकायहसँग समन्वय गरिरहेको जानकारी दिए ।

    यसैबीच बिहीबार नै बोर्डले बजेटका सनर्दभमा सञ्चारकर्मीसँग पनि अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा पत्रकारहरुले स्रोतको अभावका समयमा सीमित तर प्रभावकारी योजनामा मात्र रकम खर्च गर्न, डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन बोर्डलाई सुझाव दिए ।

  • पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

    पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

    पोखरा । कोभिड-१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड-१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको भर्चुअल छलफलमा परिषद् आबद्ध सङ्घसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् ।

    पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिँदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको जनाउँदै पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।

    परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रत्यक्ष प्रभावमा परेको पर्यटन क्षेत्रलाई पछिल्लो समयको भेरियन्टले झनै प्रभावित पारेको जनाउँदै व्यवसायीलाई राहत दिन राज्य संवेदनशील हुनुपर्ने बताए । ‘पर्यटन क्षेत्रबाट व्यवसायी पलायन हुने स्थिति आयो, असार मसान्त नजिकिँदै छ, बैंकले साँवा ब्याजका लागि पनि उस्तै अत्याउने समय छ, सरकारको मौद्रिक नीतिले सम्बोधन गर्न ढिला भइसक्यो अब व्यवसायी कसरी अगाडि बढ्न सक्छन् ?’, उनले भने । उनले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेर व्यवसायीलाई पलायन हुनबाट जोगाउने जिम्मा राज्यको भएको बताए ।

    पर्यटन क्षेत्रलाई जोगाउन यस क्षेत्रका व्यवसायी र पर्यटन मजूदरलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आगामी बजेटमा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगका रुपमा घोषणा गरेर विशेष राहत प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ ।

    परिषद्का महासचिव रामचन्द्र शर्माले वर्तमान अवस्थाबाट व्यवसायीले के कस्ता कठिनाइ र समस्या भोगेका छन्, संस्थागत रुपबाट ती समस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर भर्चुअल कार्यक्रममार्फत सुझाव सङ्कलन गरिएको जानकारी दिए । शर्माका अनुसार छलफल कार्यक्रममा अधिकांश व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको र बैकिङ साँवाब्याजले मानसिक दबाब बढेको, राज्यले मौद्रिक नीति कार्यान्वयन नभएको विषयमा धारणा राखेका थिए ।

    परिषद्ले पहिला स्वास्थ्य सुरक्षामा जोड दिँदै अप्ठ्यारो अवस्थामा परेका पर्यटकलाई रेस्क्यु सेन्टर खडा गरेर उद्धारको पहल गर्ने, आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि विशेष पहल गर्ने निर्णय गरेको शर्माले जानकारी दिए । व्यवसायीका अुनसार हाल पोखरामा सात सय पर्यटकीय होटेलसहित पर्यटकीय क्षेत्रमा खर्बौंको लगानी रहेको छ भने दैनिक करोडभन्दा बढी घाटा यस क्षेत्रले भोगिरहेको छ ।

  • तङ्ग्रन थालेको पर्यटन क्षेत्रलाई कोरोना दोस्रो लहरको झड्का

    तङ्ग्रन थालेको पर्यटन क्षेत्रलाई कोरोना दोस्रो लहरको झड्का

    काठमाडौं । विस्तारै तंग्रिन थालेको नेपालको पर्यटन क्षेत्र कोरोना महामारीको दोस्रो वेभसँगै फेरि प्रभावित बनेको छ ।

    अप्रिल महिनामा मात्र २२ हजार ४५० पर्यटक नेपाल भित्रिएका थिए । कोभिड-१९ को पहिलो लहरपछि यो संख्या अहिलेसम्मकै धेरै हो । नयाँ भेरियन्टसहितको संक्रमण दर फैलिएपछि नेपालको आन्तरिक र अन्तराष्ट्रिय उडान रोकिएको छ ।

    गत वर्ष यो समयमा लकडाउन थियो । गत साल अप्रिलमा १४ पर्यटक नेपाल आएका थिए । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ विदेशी पर्यटक भित्रिएका थिए । यस वर्षभन्दा सन् २०१९ को सो अवधिमा आउने पर्यटकको संख्या ७९.४८ प्रतिशतले बढी हो ।

    यस वर्ष अप्रिलमा आएका मध्ये भारतबाट सबैभन्दा धेरै १३ हजार २०२ जना छन् । अमेरिकाबाट २ हजार ७४०, चीनबाट ८०३, यूके वेलायतबाट ५४० जना नेपाल आएका छन् ।

    पर्यटन विभागका अनुसार यीमध्ये धेरै हिमाल आरोहणका लागि आएका हुन् । उनीहरू अझै आरोहणकै क्रममा छन् । बोर्डले उनीहरुलाई सुरक्षित राख्न समन्वय र उद्धारको काम गरिरहेको छ ।

    भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै विभिन्न देशले भारतमा उडान रोक लगाएको छ । त्यसैले तेस्रो मुलुक जाने भारतीय ट्रान्जिटका रुपमा नेपाल भित्रिएकोले पनि अप्रिलमा पर्यटक बढेको बोर्डले जनाएको छ ।

    गत वर्ष लकडाउनपछि सेप्टेम्बरमा हिमाल आरोहण खुल्ला गरिएसँगै पर्यटक आउनेक्रम बढ्न थालेको थियो । सेप्टेम्बरदेखि अप्रिलसम्म करिब ५७ हजार पर्यटक नेपाल आएका छन् ।

    तथ्यांक अनुसार गत अक्टोबरमा २ हजार २५, नोभेम्बरमा १ हजार ९५६, डिसेम्बरमा ४ हजार २४५, २०२१ को जनवरीमा ८ हजार , फ्रेबुअरीमा ९ हजार र मार्चमा ९ हजार जना भित्रिएका छन् ।

  • राहत प्याकेज कागजमा मात्र सीमित, पर्यटन व्यवसायी मारमा

    राहत प्याकेज कागजमा मात्र सीमित, पर्यटन व्यवसायी मारमा

    काठमडौं । पर्यटन क्षेत्रलाई जोगाउनका लागि तत्काल दुई\तीन प्रतिशतमा ‘सफ्ट लोन’ को व्यावस्था गर्नुपर्ने पर्यटन व्यवसायीले बताएका छन् ।
    बिहीबार भएको पर्यटन बोर्डको स्थापना दिवसमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पर्यटन व्यवसायी दीपक महले सो कुरा बताएका हुन । कोरोना माहामारीका कारण पर्यटन व्यावसाय शून्यमा झरेकाले यसलाई तत्काल पुर्नस्थपना गर्नुपर्ने उनले बताए ।

    सरकारले राहात प्याकेज ल्याएपनि त्यसको कार्यन्वयन नहुँदा कागजमा मात्र राहात हेरेर बस्नुपरेको उनको गुनासो थियो । ‘सरकारलाई हामी कर बुझाउँछौ । विदेशी रुपैयाँ आर्जन गर्नमा सवैभन्दा धेरै पर्यटन क्षेत्रको योगदान छ । तर, अफ्ट्यारो पर्दा व्यवसायीलाई बचाउँने काम सरकारको होइन ?,’ उनले रोष प्रकट गरे ।

    पर्यटन व्यवसायीले आफूसँग भएको संचित बचतले अहिलेसम्म धानेको र अबका दिन झन विक्राल हुनसक्ने भन्दै यसलाई समयमा नै व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा बोल्दै उनले भने अबको केही वर्ष नेपालको पर्यटनलाई आन्तरिक पर्यटनले धान्ने छ । यसका लागि आन्तरिक पर्यटनलाई जोड दिनु नै अहिलेको विकल्प हो ।

    कार्यक्रममा पर्यटन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्र देशको मेरुदण्ड भएकाले यसको विकासमा लाग्नु पर्ने बताए । आफू छोटो समयका लागि पर्यटन मन्त्री भएर आएको भन्दै यो समयमा राम्रो काम गर्ने बताए ।

    कार्यक्रममा बोर्डका सिइओ डा.धनन्जय रेग्मीले लकडाउन पछि बोर्डले के–के काम गर्‍यो त्यसको जानकारी दिएका थिए ।