Tag: परीक्षा स्थगित

  • मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

    मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

    परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिए। यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे ।

    स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

     

     

  • असोज ४ देखि ८ गतेसम्मका लागि तय भएको शाखा अधिकृतको परीक्षा स्थगित

    असोज ४ देखि ८ गतेसम्मका लागि तय भएको शाखा अधिकृतको परीक्षा स्थगित

    काठमाडौं । लोकसेवा आयोगले असोज ४ देखि ८ गतेसम्मका लागि तय भएको शाखा अधिकृत अप्राविधिकतर्फको परीक्षा स्थागित भएको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थागित गरिएको जानकारी गराएको हो ।

    शुक्रबार बसेको आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीस्तरीय निर्णयबाट परीक्षा स्थागित भएको आयोगका उपसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् ।

    सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतबाट भदौ २० गते भएको आदेश कार्यान्वयन गर्न आयोगले विज्ञापन नम्बर १६६९५–१६७०१÷०७७७८ (खुला तथा समावेशी, नेपाल परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तरगत राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहको सञ्चालन हुने पूर्व निर्धारित परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।’

  • सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस

    सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् ।

    कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छ्न् ।

    ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ उनले लेखेका छन् ।

  • भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड-१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।

    ‘कोभिड-१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।

    गत चैत दोस्रो साता विभागले ठूलो संख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकै पटक ६ सय ६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो ।

    भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख ५ गतेसम्म विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने गरी आवेदन खुला गरिएको थियो । वैशाख ५ गते र दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन खुला गरिएको थियो । आवेदन दिने समय सकिए पनि कोभिडका कारण लिखित परीक्षा स्थगन भएको हो ।

    दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको थियो ।

    यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।
    -रासस

  • त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगित

    त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको छ।

    सोमबार बसेको त्रि।वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञा हुने भन्दै संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो।

    अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।