Tag: परीक्षा

  • कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी (तस्बिर/भिडिओ)

    कक्षा १२ को परीक्षा आजदेखि, चार लाखभन्दा बढी विद्यार्थी सहभागी (तस्बिर/भिडिओ)

    काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा परिवर्तित समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।

    परीक्षा बोर्डले यसअघि दिउँसो २ बजेदेखि परीक्षा समय तोकेको थियो ।

    परीक्षा बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

  • वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा हुने

    वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरेका छन् ।

    विद्यार्थीको पढाइ पुर्‍याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

  • भौतिक उपस्थितिमा यसरी हुँदैछ १२ कक्षाको परीक्षा (तस्बिरहरू)

    भौतिक उपस्थितिमा यसरी हुँदैछ १२ कक्षाको परीक्षा (तस्बिरहरू)

    काठमाडौं । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरू भएको छ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी तालिका प्रकाशन गरेको थियो ।

    परीक्षा बिहान ११ बजेदेखि शुरू गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरबाट परीक्षा लिइने तथा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।

    परीक्षा बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन् । भौतिकरूपमै परीक्षा लिने तयारी भएपछि गत महिना नै १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउने व्यवस्था गरिएको थियो ।

    कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन लागू भएपछि गत वैशाखमा हुनुपर्ने परीक्षा स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ गतेसम्मका लागि निर्धारण गरिएकोमा संक्रमण दर कम नभएको भन्दै पुनः स्थगित गरिएको थियो ।

  • चार महिनादेखि बन्द सवारी लाइसेन्स परीक्षा आजदेखि

    चार महिनादेखि बन्द सवारी लाइसेन्स परीक्षा आजदेखि

    काठमाडाैं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ ।

    कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १५ गतेदेखि लकडाउन लागू गएसँगै लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए ।

    मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

    यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो ।

    कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए।

    हालै जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

    तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ । परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।

    कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ ।

    यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो । लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार÷चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ ।

    त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।

    भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा

    यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ ।

    चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ ।

    नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।

    उनले भने, ‘प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।’

    सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारीको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए । उनले भने, ‘न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।’

    कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक संकट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको हो । ‘सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौं,’ एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।

    एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्सोका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो ।

    यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा एक लाख रुपैयाँ आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहनुभएका उनले जानकारी दिए ।

    रासस

  • कक्षा १२ को परीक्षा दशैंअघि नै संचालन हुने

    कक्षा १२ को परीक्षा दशैंअघि नै संचालन हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने जनाएको छ । चारलाख भन्दा बढी परिक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाएर भौतिकरुपमै परिक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा संचालनबारे१५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । निषेधाज्ञाले परीक्षा स्थगित भएपछि परिक्षार्थीहरु उपत्यकाबाहिर गएकाले पूर्वजानकारी दिनुपर्ने हुने शर्माले जनाए ।

    स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै भौतिकरुपमा परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने शर्माले बताए । सरकारले यसै सातादेखि प्रवेशपत्रको आधारमा कक्षा १२ का परीक्षार्थीहरुलाई खोप दिन थालेको छ । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराउन शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

    कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

     

  • कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउँदैछ : विश्वप्रकाश शर्मा

    कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउँदैछ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षा १२ को परीक्षा स्थगन हुने दावी गरेका छन् ।

    आगामी साउन ३१ गतेदेखि हुन लागेको परीक्षा कोरोनाको जोखिमका कारण स्थगित गर्नुपर्ने माग सामाजिक सञ्जालबाट भइरहेको थियो ।

    प्रवक्ता शर्माले सामाजिक सञ्जालबाटै परीक्षा स्थगतको निर्णय आउन लागेको जानकारी दिएका हुन् ।

    उनल लेखेका छन्, ‘स्थगनको निर्णय आउँदैछ । आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ । सरकारका लागि विद्यार्थी जीवनको रक्षाभन्दा ठूलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन ।’

  • दुई वर्षदेखि रोकिएको स्नातक पहिलो वर्षको परीक्षा आजबाट

    दुई वर्षदेखि रोकिएको स्नातक पहिलो वर्षको परीक्षा आजबाट

    काठमाडौं । कोरोना महामारीका कारण रोकिएको स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि शुरू भएको छ ।

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक विज्ञप्ति जारी गर्दै परीक्षार्थीहरूलाई परीक्षा संचालनमा सहजीकरण गर्न आग्रह गरेको छ । अनलाइन प्रणालीबाट फाराम भरेकोले नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको त्रिविले जनाएको छ ।

    प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषय प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकमा परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न केन्द्राध्यक्षलाई कार्यालयले आग्रह गरेको छ ।

  • पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

    पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

    पोखरा । महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो ।

    कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न महाशाखाले निर्देशन जारी गरेको छ ।

    शिक्षा महाशाखा प्रमुख हेमप्रकाश आचार्यद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासमेत असार १ गतेबाट सुरु गर्न भनिएको छ । तर, कक्षा ८ को हकमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख आचार्यले जनाएका छन् ।

    कोरोना महामारी बढ्दै गएपछि केही समय अघि निजी तथा सरकारी विद्यालयका प्रतिनिधिसँग मेयर मानबहादुर जिसीसँग भएको छलफलमा सबै परीक्षा बैशाख मसान्तभित्र सक्ने निर्णय भएको थियो । उक्त बैठकमा मेयर जिसी स्वयं परीक्षा स्थगित हुँदा विद्यार्थीमा मानसिक असर पर्ने भएकाले परीक्षा जसरी पनि सञ्चालन गर्नुपर्ने अडानमा थिए ।

    तर, कास्कीमा दिनानुदिन संक्रमणदर उकालो लागेपछि बैशाख १५ गतेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लागु हुनेछ । कास्कीमा सोमबारसम्म १४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार जनाले कोरोना जितिसकेका छन् भने २ सय ९ जनाको मृत्यु भएको छ ।

  • होटलमा परीक्षा दिन लगाउने प्रधानाध्यापकसहित तीन  शिक्षक पक्राउ

    होटलमा परीक्षा दिन लगाउने प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

    कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको आरोपमा ३ शिक्षक पक्राउ परेका छन्  ।

    पोखरा महानगरपालिका -१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका -१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका -१ बाघबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् ।

    उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएका थिए ।

    शिक्षकले प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।