Tag: नेपाल र भारत

  • भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएको सीमा समस्या लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताएका हुन् ।

    इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमा लागयतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरुलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका समस्याहरु, इतिहासले नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन । सीमा लगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरु छन जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं ।

    ‘पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ्ग भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन ।’

    नेपालले भारतसँग भएका कुनैपनि समस्याहरु समाधान गर्न सकिँदैन भन्ने नठानेको पनि उनले स्पष्ट पारे । नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने उनले बताए ।

    उनले भने, ‘भारतसँग कुनैपनि समस्या छन्, तिनिहरुलाई छलफलद्धारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनैपनि विषय छन भन्ने हामी ठान्दैनौं । किन भने नेपाल र भारत प्रतिस्पर्धी होइनन । नेपाल र भारत मित्रहरु हुन । प्रतिस्पर्धीहरुकाबीचमा समस्या समाधान गर्न गाह्रो हुन्छ । मित्रहरुकाबीचमा समस्या छन भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन ।’

    परराष्ट्र मन्त्री ज्ञवालीले कोभिडविरुद्धको लडाईमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताए। नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरुको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको उनले बताए ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए । भनाई र भाषणमा मात्रै दुई देशबीचको सम्बन्धलाई सिमित नगरी व्यवहारीक रुपमा लागू गर्नुपर्ने उनको भनाई छ । जनताको विश्वास टुटन नदिन पनि दुवै देशको बीचमा भएका समस्यालाई छिट्टै हल गर्नुपर्नेमा संचारमन्त्रीले जोड दिए ।

    मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विकाशको मोडल नेपालका लागि सबैभन्दा राम्रो भएको दाबी गरे । जसका कारण अहिले देशमा विकास निर्माणका कार्यक्रमहरु अगाडि बढेको पनि दाबी उनले गरे ।

  • भारतसंग सिमा जोडिएका प्रदेश १ का नाकाबाट हुने आवागमन खुकुलो

    भारतसंग सिमा जोडिएका प्रदेश १ का नाकाबाट हुने आवागमन खुकुलो

    विराटनगर । भारतसंग सिमाना जोडिएका प्रदेश १ का नाकाबाट हुने आवागमन खुकुलो बनाइएको छ । प्रदेश १ का विहार र पश्चिम बंगाल राज्यसंग सिमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो ।

    इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीबाट अब कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाईटमा राखिएको अनलाइन फर्म भरेर सीमा नाकाबाट आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ । जसका कारण ति नाकाबाट आवत जावतमा सहजता मिलेको हो ।

    नेपाल र भारतका आम नागरिकले अति आवश्यक परेको खण्डमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाइटमा राखिएको अनलाईन फर्म भरेर मात्र सीमा नाकाबाट आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

    अनलाइन फर्म भरेपछि प्राप्त हुने बारकोड सहितको रसिद देखाएर सम्बन्धित भन्सारबाट आम नागरिकले आवागमन गर्न पाउने छन् ।

    गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन परिपत्र गरे पनि नाकाको आवागमनमा सर्तसहित भारततर्फ जाने व्यवस्था मिलाइएको मोरङ्खका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

    नेपालबाट भारततर्फ जान कुनै समस्या नरहे पनि भारत वा अन्य देशबाट आउँदा भने स्वास्थ्य परिक्षणको रिर्पोटलाई अनिवार्य गरेको उनले बताए ।

    गृह मन्त्रालयले गत विहिबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सिमा नाका खुकुलो बनाउन परिपत्र पठाएको थियो । तर सामान्य अवस्थामा जस्तो किनमेल र घुमफिरकै लागि भने नाका सिमापार जान र आउन कडाई गर्न परिपत्रमा निर्देशन दिएको छ ।

    कोरोना महामारीका कारण गत चैत्रको पहिलो सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा नाका सहित आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरेको थियो ।

    दुई महिनायता हवाई सेवा सञ्चालनमा आईसके पनि सीमा नाका बन्द थिए । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नाता–गोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोर–दोहोर गर्न पाएका थिएनन् ।

    जसका कारण ती क्षेत्रका स्थानीयले नाका क्षेत्रमा दिनहूँ जस्तो जनस्तरबाट सीमानाका खोल्न दबाबमूलक कार्यक्रम गदै आएका थिए ।

    जिल्ला प्रशासन कार्यलय मोरङका अनुसार सीमानाकाबाट आवतजावत गर्ने नेपाली नागरिकको हकमा भने सरकारले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल भित्रिन दिने व्यवस्था मिलाएको छ ।

    स्वास्थ्य परिक्षणमा केही लक्षण देखिए उनीहरुलाई तत्कालै क्वारेन्टाईनमा राखिने स्थानीय प्रशासनको तयारी छ । भारतीय नागरिकको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेर मात्र नेपाल प्रवेश दिने व्यवस्था रहेको जनाइएको छ ।

  • नेपाल र भारतबीच संयुक्त लगानीका परियोजनालाई अघि बढाउनेबारे छलफल

    नेपाल र भारतबीच संयुक्त लगानीका परियोजनालाई अघि बढाउनेबारे छलफल

    काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनय मोहन क्वात्राबीच द्धिपक्षीय ऊर्जा एवं विद्युत सहयोगबारे सोमबार छलफल भएको छ ।

    संयुक्त लगानीका परियोजनालाई अघि बढाउने बारे पनि कुराकानी भएको राजदूत क्वात्राले जनाए ।

    ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयमा भएको भेटघाटमा राजदूत क्वात्राले नवनियुक्ती मन्त्री रायमाझीलाई बधाइ समेत दिएका छन् ।