Tag: नेपाल बैंकर्स संघ

  • बैंकले बढाए व्याजदर, कुनको कति ?

    बैंकले बढाए व्याजदर, कुनको कति ?

    काठमाडौँ । नेपाल बैंकर्स संघको निर्णय अनुसार वाणिज्य बैंकले आजदेखि नयाँ व्याजदर लागू गरेका छन् । बैंकर्स संघले गत शुक्रबार नै फागुन १ गतेदेखि निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्यण गरेका थिए ।

    सोही निर्यण अनुसार आजदेखि २७ वटा नै वाणिज्य बैंकले निक्षेपको व्याजदर वृद्धि गरेका हुन् । २७ वटा बैंकमध्ये २६ वटा बैंक एउटै व्याजदर तोकेका छन् भने स्ट्याण्डर्ड चार्टर बैंकले भने फरक व्याजदर कायम गरेको छ ।

    २६ वाणिज्य बैंकले आजदेखि व्यक्तिगत मुद्दतीको ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ नयाँ ब्याजदर लागू गरेका छन् । रेमिट्यान्स मुद्दतिमा भने १२.०३ प्रतिशत कायम भएको छ । यसभन्दा पहिले मुद्दतिमा १०.०३ प्रतिशत व्याजदर हरेको थियो ।

    २६ वटा बैंकहरुले व्यक्तिगत मुद्दतिमा ११.०३ प्रतिशत व्याजदर पुर्याउदा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ९.५ प्रतिशत नै राखेको छ । सो बैंकले संस्थागतमा ८.५ प्रतिशत व्याजदर कायम गरेको हो । पुस महिनामा वाणिज्य बैंकलाई व्याजदर वृद्धि गर्ने बाटो खुलेको थियो । निक्षेप संकलन भएको भन्दै बैंकहरुले मुद्दतिको व्याजदर वृद्धि गरेका थिएनन् ।

  • नेपाल बैंकर्स संघको नयाँ नेतृत्व चयन

    नेपाल बैंकर्स संघको नयाँ नेतृत्व चयन

    काठमाडौं । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्यायलाई निर्विरोध निर्वाचित गरेको छ ।

    उनी कृषि विकास बैंकका सिइओ हुन । नयाँ कार्यसमितको चयन भएसँगै बैंकर्स संघको अध्यक्षको रुपमा भुवन दाहालको २ वर्षे कार्याकाल समाप्त भएको छ । यसैगरी संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

    सदस्यहरु लक्ष्मी बैंकका सिइओ अजयकुमार साह, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली, नेपाल बैकका सिईओ कृष्णबहादुर अधिकारी, एसविआई बैंकका सिइओ दिपककुमार दे, सनराइज बैंकका सुमन शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।

    यसैगरी संघका पूर्वअध्यक्षहरु अनिलकेशरी शाह, असोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना सल्लाहकार रहेका छन् ।

  • नेपाल बैंकर्स संघको अध्यक्ष भुवन दाहालको कार्यकाल सकियो, अनिलकुमार उपाध्याय निर्विरोध

    नेपाल बैंकर्स संघको अध्यक्ष भुवन दाहालको कार्यकाल सकियो, अनिलकुमार उपाध्याय निर्विरोध

    काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय निरविरोध निर्वाचित हुने भएका छन् । हाल उनी बैंकर्स संघका उपाध्यक्ष समेत हुन ।

    संघका अध्यक्ष भुवन दाहालको २ वर्षे कार्याकाल पुरा भएसँगै उपाध्याय निर्विरोध निर्वाचित हुने भएका हुन् । संघको कातिक २३ गते हुने निर्वाचनका लागि बुधबार २ बजेसम्म मनोनयन तोकिएको थियो । आगामी अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेको बैंकर्स संघले जनाएको छ ।

    अनुभवी तथा कुशल व्यवस्थापक भएकाले उपाध्यायलाई ‍ संघमा निर्विरोध चयन गर्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘मेरो दुई वर्षे कार्यकाल आजबाट सकिएको छ । अनिल जीलाई बैंकर्स संघको नयाँ अध्यक्ष बनाउने कुरामा सबै जनाको सहमति रह्यो । उहाँ एक अनुभवी बैंकर एवं कुशल व्यवस्थापक भएकाले उहाँको नेतृत्वमा संघ थप उचाइ लिन्छ भन्ने विश्वास लिएको छुु’ उनले भने ।

    आफ्नो कार्यकाल कोभिड- १९ सँगै सुरु भएर कोभिडकै बीचमा सकिएको अध्यक्ष दाहालले बताए । कोभिड- १९ महामारीको बन्दाबन्दीमा बैंकिङ गतिविधिलाई निकै कुशलतापुर्वक अगाडि बढाउन पहल गरेको र त्यसमा आफु सफल समेत भएको उनले बताए । त्यसका लागि २७ वटै सदश्य बैंकहरुले आफुलाई सहयोग गरेको बताए ।

    कोभिड- १९ कारण गत आर्थिक वर्ष बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता देखि पछिल्लो समयको तरलताको चरम अभावसम्मका बैंकिङ गतिविधिहरु दाहालकै कार्याकालमा भएको छ । ब्याजदरमा भएको न्युनतम गिरावट देखि हालको उच्चतम बिन्दुसम्मका बैंकिङ परिघट्नाहरु उनकै नेतृत्वमा भएका छन् ।

    यसलाई व्यापार चक्रको रुपमा बुझ्नुपर्ने दाहालको भनाई छ । आफु बैंकर्स संघको अध्यक्षको रुपमा बिदाई हुँदै गर्दा बैंकिङ प्रणाली सहज अवस्थमा नै रहेको उनले बताए । ‘अहिले आतिनुपर्ने अवस्था केहि छैन् । कोभिडको प्रभाव कम हुँदै गर्दा अन्तर्राष्ट्रिय ब्यापारमा बढेको छ भने करिब ८ महिनाका लागि पुग्ने विदेशी विनिमयको सञ्चिति रहेकाले हामी कम्फरटेवल जोनमा नै छौं दाहालले भने ।

    नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणहरु मार्फत तरलता बजारमा पढाइरहेको तथा सरकारले खर्च बढाउने वित्तिकै तरलता पनि सहज भएर जाने उनले बताए ।

  • बैंक खाता, जनतासँगको नाता : प्रदेश २ प्रमुख

    बैंक खाता, जनतासँगको नाता : प्रदेश २ प्रमुख

    काठमाडौं । नेपाल बैंकर्स संघले प्रदेश २ प्रमुखको कार्यलयमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया सम्पन्न गरेको छ ।

    कार्यक्रममा प्रदेश प्रमुख राजेश अहिराज, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायत पदाधिकारीको उपस्थीति थियो ।

    प्रदेश प्रमुख अहिराजले बैंकमा खोलिने खाता, खाता नभई जनतासँगको नाता भएको बताए । विपन्न नागरिकलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य माध्यमबाट नाता सुदृढ गर्ने र गाउँ-टोलसम्म बैंकिङ्ग सेवा विस्तार गरी जनताको घरदैलोसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको अहिराजले बताएका थिए ।

    उनले कृषि क्षेत्रमा स्रोतको अभावलाई पूर्ति गरी किसानलाई खेतीमा सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाहरूसँग नीतिगत समन्वय गरी बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहने बताए ।

    कार्यक्रममा गभर्नर अधिकारीले प्रदेश २ को उद्यमशीलतालाई प्रवर्द्धनको लागि प्रतिवद्धता जनाए ।

  • बैंकर्स संघको प्रदेश २ मा ‘डिजिटल बैंकिङ्ग’ कार्यक्रम सम्पन्न

    बैंकर्स संघको प्रदेश २ मा ‘डिजिटल बैंकिङ्ग’ कार्यक्रम सम्पन्न

    जनकपुर। नेपाल बैंकर्स संघले वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्दश्यका साथ देशभर डिजिटल बैंकिङ्ग तथा वित्तीय सारक्षरता सम्वन्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । यस सन्दर्भमा बैंकर्स संघले प्रदेश २ मा डिजिटल बैंकिङ्ग तथा वित्तीय सारक्षरता सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
    डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने नीति अनुसार  संघले प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा जनकपुरमास्थित वाणिज्य बैंकहरुले ३०० भन्दा बढी मर्चेन्टलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रममा उपस्थित प्रदेश २ का सामाजिक विकास मन्त्री माननीय नवल किशोर साहले ‘डिजिटल बैंकिङ्ग’ मा जोड दिए । यसै गरी नेपाल राष्ट्र बैंकका गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने धारणा व्यक्त गरे ।

    कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको बताए ।

    कार्यक्रममा जनकपुर उप– महानगरपालिकाका मेयर लाल किशोर साह , जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष लाल कुमार साहको उपस्थिति रहेको बैंकर्स संघले जनाएको छ ।

  • कर्णालीमा बैंकर्स संघको वित्तीय साक्षरता

    कर्णालीमा बैंकर्स संघको वित्तीय साक्षरता

    काठमाडौं । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा कर्णाली प्रदेशका व्यवसायीमाझ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । नेपाल बैंकर्स संघ, काठमाडौंको सहयोगमा कार्यक्रम गरिएको हो ।

    व्यवसायीबीच बैंकिङ, कर्जा कर तथा डिजिटल बैंकिङ, कृषि सहुलियत योजना, कोरोना महामारीबाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति र योजनाहरू सम्बन्धी ज्ञान बाँडिने बैंकर्स संघ, कर्णाली प्रदेशका संयोजक राजकुमार शाक्यले बताए ।

  • वित्तीय कर्जा उपलब्ध गराउन उद्योग बाणिज्य र बैंकर्सबीच सम्झौता

    वित्तीय कर्जा उपलब्ध गराउन उद्योग बाणिज्य र बैंकर्सबीच सम्झौता

    काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    बिहीबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार वाणिज्य बैंकले लघु घरेलु तथा मझौला उद्यमको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्नेछन् ।

    लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजिकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ ।

    उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजिकरणको लागि आवश्यक नीतिगत सुझाव तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्नेछ ।

    सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले साना उद्यमीका लागि ऐतिहासिक सम्झौता भएको बताए । यसबाट महासंघ ठूला व्यवसायीका लागि मात्रै नभएर साना व्यवसायीका समस्या समाधानमा समेत प्रतिवद्ध छ भन्ने प्रमाणित हुने बताए ।

    संघका अध्यक्ष दाहालले देशभरका चार  स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेकाले लघु घरेलु तथा साना उद्यमलाई सहजै एसएमएस बैंकिङ सेवा दिन कुनै समस्या नहुने बताए ।

    वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौता दुई वर्षका लागि लागू हुने र आवश्यकता अनुसार थप गर्न अथवा दुई महिनाको सूचना दिएर कुनै एक पक्षले भङ्ग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।