Tag: नेपाल बार एशाेसियसन

  • सहज बहिर्गमनले प्रधानन्यायाधीशलाई नै फाइदा हुन्छ : भट्टराई

    सहज बहिर्गमनले प्रधानन्यायाधीशलाई नै फाइदा हुन्छ : भट्टराई

    काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले सडकबाट माग्दैमा राजीनामा दिन्न भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको भनाइ राजनीतिक नेताहरूको जस्तो भएको आरोप लगाएका छन् ।

    नेपाल बारले गरेको आन्दोलनमा भट्टराईले सहज बहिर्गमनले स्वयं राणा र न्यायालयको साख जोगिने बताए । ‘उहाँ राजनीतिज्ञको जस्तो पोजिसन लिएर बस्ने होइन,’ उनले भने, ‘एकजना नागरिकले प्रश्न उठाउँदैमा पनि त्यो नैतिकताको प्रश्न बन्छ । सहज बहिर्गमन गर्दा उहाँलाई पनि सहज हुन्छ । न्यायालको साख पनि बच्छ ।’

    बार र प्रधानन्याधीशका सहकर्मी न्यायाधीशहरूले उठाएका विषय गलत छन् भन्ने मान्छे कोही पनि नभएको उनले दाबी गरे । ‘बार र उहाँका सहकर्मी न्यायाधीशले उठाएका विषय गलत छन् भन्ने मान्छे कोही पनि छैन’ भट्टराईले भने, ‘हामीले उठाएका विषय पनि सही हुने तर राजीनामाको विषय चाहिँ गलत हुन्छ ? जुन विषय उठेका छन्, त्यसको उहाँले सम्बोधन गर्न सक्नुपर्छ ।’

  • बारको कालोपट्टी जुलुसविरुद्ध वकिलहरूको सेतोपट्टी प्रदर्शन (तस्बिरहरू)

    बारको कालोपट्टी जुलुसविरुद्ध वकिलहरूको सेतोपट्टी प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर शुरु गरेको आन्दोलनलाई कानून व्यवसायीहरूले नै काउन्टर दिएका छन् ।

    नेपाल बार परिसरमै कानून व्यवसायीको अर्को एउटा समूहले हातमा सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेको छ । अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो ।

    उनीहरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाएका छन् ।

  • बार परिसरमै वकिल कुटिए, कुट्ने र कुटिने दुवै कांग्रेसनिकट (भिडिओ सहित)

    बार परिसरमै वकिल कुटिए, कुट्ने र कुटिने दुवै कांग्रेसनिकट (भिडिओ सहित)

    काठमाडौं । नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कुटपिट भएको छ । अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताएका छन् । बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा विहीबार सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।

     

     

    ‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो’, चुडाँलले बार परिसरमा पत्रकारहरूसँग भने । दुवै अधिवक्ता नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन आबद्ध हुन् ।

    न्यौपाने पूर्वन्यायाधीश नरेन्द्र न्यौपानेका छोरासमेत हुन् । न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।

     

  • सर्वोच्च बारमा लोकतान्त्रिक समूहको वर्चश्व

    सर्वोच्च बारमा लोकतान्त्रिक समूहको वर्चश्व

    रासस । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औं कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । उनले २९५ मत पाए भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे ।

    शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए।

    नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् ।

    महिला सदस्यमा अमिता गौतम पौडेल र सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन् । ।