Tag: नेपाल प्रेस

  • एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

    एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

    काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

    दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए ।

    प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

    घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

  • भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् ।

    प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

    घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताए ।

    – रासस

  • पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    सुर्खेत। कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर बुढाक्षेत्रीको सोमबार निधन भएको छ।

    ७१ वर्षीय बुढाक्षेत्रीको मिर्गौला रोगको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । पश्चिम सुर्खेतको बराहताल–६ ब्यूरेनीका स्थायी बासिन्दा बुढाक्षेत्रीको निधनप्रति कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलगायत नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    बुढाक्षेत्रीले करिब १५ वर्ष शिक्षण पेशामा बिताए । २०२९ सालमा शिक्षक बनेका उनले २०४३ सम्म निरन्तर पढाए । त्यसपछि पोखरीडाँडा पञ्चायतका प्रधानपञ्च भएर उनले राजनीतिक यात्रा थाले ।

    २०४९ मा पोखरीकाँडा गाविस अध्यक्ष बने । २०५२ देखि २०७२ सम्म उनी कांग्रेस क्षेत्रीय सभापति रहे । २०७४ मा प्रदेशसभा सदस्य बनेका उनी २०७८ मा दुई कार्यकाल गरेर करिब १६ महिना कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री बने ।

    शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिने नेताका रुपमा बुढाक्षेत्री परिचित थिए । उनले गाउँ, गाउँमा विद्यालय तथा स्वास्थ्य संस्था विस्तारमा सक्रिय भूमिका खेलेका थिए । २०६२/६३ को जनआन्दोलन र कर्णालीलाई छुट्टै प्रदेश बनाउन गरिएको आन्दोलनमा पनि उनी अग्रमोर्चामा देखिएका थिए ।

  • वनभोज स्थलका रुपमा विकास हुँदै इटहरीको तालतलैया

    वनभोज स्थलका रुपमा विकास हुँदै इटहरीको तालतलैया

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया वनभोज स्थलका रूपमा लोकप्रिय बन्दै गएको छ ।

    पाँच सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक वनभोजका लागि तालतलैया आउने गरेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले बताए ।

    एकैपटक ७० भन्दाबढी समूहले वनभोज कार्यक्रम आयोजना गर्न सक्ने तालतलैया क्षेत्रको क्षमता रहेको अध्यक्ष रायमाझी बताउँछन् । वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    जाडो छल्न तालतलैयामा पाहुना चराको चहलपहल

    पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ । दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको छ । मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको छ । अध्यक्ष रायमाझीका अनुसार भारतका विभिन्न सहरदेखि पर्यटक आउने गरेका छन् । नेपालका सिरहा, सप्तरी क्षेत्रबाटसमेत आन्तरिक पर्यटक आउँछन् ।

    आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रुपैयाँले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको छ । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

    स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या पनि उल्लेखनीय छ ।

    इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

    तालतलैया पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझी बताउँछन् । तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको छ ।

    तालतलैया २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    -रासस

  • विश्वका पाँच करोड मानिस अझै दासत्वको जोखिममा

    विश्वका पाँच करोड मानिस अझै दासत्वको जोखिममा

    काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ ।

    मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।

    संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

    राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन् । यी मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् ।

    जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाएको छ ।

    अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ ।

  • जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

    जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

    काठमाडौं । विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ ।

    युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको संवादमा सरोकार भएका तथा विज्ञहरूले जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो भविष्य निर्माण, सीमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे बहस गरेका थिए ।

    कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार नरेन खतिवडाले जलवायु परिवर्तनसँग जुध्न युवाको नेतृत्व विकास आवश्यक रहेको उल्लेख गरे । उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी, जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा अन्तरराष्ट्रिय मञ्चका प्रक्रियामा समेटिनुपर्ने सुझाव दिए ।

    ‘लाभिया क्यापासिना’ प्रतिनिधि प्रेमश अधिकारीले विकसित राष्ट्रहरूले उत्सर्जन गर्ने हरितगृह ग्यासको प्रभावले गरिब मुलुकहरू बढी प्रभावित भएको उल्लेख गरे । जलवायु अभियन्ता प्रयास अधिकारीले जलवायु नीतिमा लैङ्गिक तथा सीमान्तकृत समुदायको सहभागिता अनिवार्य रहेको बताए ।

    एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले राष्ट्रिय तथ्याङ्क, युवा सहभागिता र भावी रणनीतिबारे जानकारी गराउदै नेपालजस्ता विकासशील राष्ट्रका जलवायु प्राथमिकतामा युवाको आवाज थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

  • विभेद अन्त्य आवश्यक छ : प्रदेश प्रमुख मियाँ

    विभेद अन्त्य आवश्यक छ : प्रदेश प्रमुख मियाँ

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विभिन्न प्रकारका विभेदहरू अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझ्दै उनले विभेद अन्त्यका लागि अझै पहल आवश्यक रहेको बताएका हुन् ।

    ‘हाम्रो समाजमा अझै पनि विभिन्न विभेदहरू हट्न सकेको छैन । जातीय विभेद, छाउपडी प्रथा जस्ता समस्याहरू कम भए पनि रोकिएको छैन ’ उनले भने ‘अब त्यस्ता कुप्रथा निर्मूल गर्नु पर्छ ।’

    नेपालमा मानव अधिकार आयोगले गरिरहेको कामप्रति सन्तोष व्यक्ति गर्दे प्रदेश प्रमुख मियाँले आयोगलाई अझै साधन स्रोत तथा प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका थिए । उनले आयोगकै कारण मानव अधिकार उल्लंघनका घटनाहरूमा कमी आएको बताए ।

    प्रदेश प्रमुख मियाँले अहिले भूमिहीनको समस्या बढिरहेको भन्दै उनीहरूको मानवअधिकार हनन हुन नदिन पहल गर्न पनि अयोगलाई सुझाव दिएका थिए ।

    आयोगको वार्षिक प्रतिवेदनमा सुदूरपश्चिममा मानव अधिकारको अवस्था, हननका घटना र आयोगका गतिविधिहरू उल्लेख गरिएको छ ।

    वार्षिक प्रतिवेदन हस्तान्तरण गर्दै मानव अधिकार आयोग प्रदेश कार्यालयका निमित्त प्रमुख झंकर रावलले आयोगले सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा गरिरहेका गतिविधि बारे जानकारी गराएका थिए ।

    सरकारले उक्त प्रतिवेद अध्ययन गरेर दिइएका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

    प्रदेश प्रमुख मियाँले प्रदेश सरकारमार्फत प्रदेश सभामा पनि प्रतिवेदनमा छलफल गरिने बताउँदै त्यसले समस्या समाधान गर्न मद्दत गर्ने बताएका थिए ।

  • सुदूरपश्चिम प्रदेशमा ३७३० एचआइभी संक्रमित

    सुदूरपश्चिम प्रदेशमा ३७३० एचआइभी संक्रमित

    डोटी । सुदूरपश्चिम प्रदेशमा तीन हजार सात सय ३० जना एचआइभी संक्रमित रहेका छन् । सुदूरपश्चिम पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशमा दुई हजार ११ महिला, एक हजार पाँच सय ७० पुरुष, एक सय १८ बालबालिका र ३१ यौनिक अल्पसंख्यक रहेका छन् ।

    प्रदेशभित्रका नौ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक हजार सात सय ४० एचआइभी संक्रमित रहेका छन् । यो संख्या प्रदेशभित्रका कुल संक्रमित संख्याको करिब ४७ प्रतिशत हुन आउँछ ।

    अछाममा पाँच सय ७० संक्रमित रहेका छन् । यस्तै, डोटीमा चार सय ९०, कञ्चनपुरमा चार सय ५५, बैतडीमा एक सय ३२ र डडेल्धुरामा एक सय २५ संक्रमित रहेका छन् ।

    बझाङमा ९६, बाजुरामा ७२ र दार्चुलामा ५० जना एचआइभी संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका एचआइभी÷एड्स सम्पर्क व्यक्ति मनोज प्रसाद ओझाले जानकारी दिए ।

    ओझाका अनुसार गत आर्थिक वर्ष ९०८१/०८२० मा यस प्रदेशमा एक सय ८१ जनामा नयाँ संक्रमण देखिएको छ । ‘गत वर्ष ७३ हजार एक सय १० जनामा एचआइभी परीक्षण गरिएको थियो’ ओझाले भने ‘त्यसमध्ये एक सय ८१ मा संक्रमण देखिएको हो ।’

    गत वर्ष कैलालीमा सबैभन्दा बढी एक सय चार जनामा संक्रमण देखिएको छ । यस जिल्लामा २० हजार एक सय १३ जनामा एचआइभी परीक्षण गरिएको थियो । यस अवधिमा कञ्चनपुरमा ३२, डडेल्धुरामा १०, बैतडीमा नौ र बझाङमा आठ जना नयाँ संक्रमित थपिएका छन् ।

    डोटीमा सात, अछाममा ६, बाजुरामा तीन र दार्चुलामा दुई जनामा संक्रमण देखिएको ओझाले बताए ।

  • बालेनकाे पिताकाे निधनप्रति सुनिता डंगाेलद्वारा दुःख व्यक्त

    बालेनकाे पिताकाे निधनप्रति सुनिता डंगाेलद्वारा दुःख व्यक्त

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र शाह (बालेन) का पिताको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

    शाहका पिता रामनारायण शाहको आज बिहान उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा दुःख व्यक्त गर्दै डंगोलले परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना पनि गरेकी छन् ।

    उनले भनेकी छन्, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यूका ७७ वर्षीय पिता रामनारायण शाहज्यूको आज मिति २०८२ मंसिर १५ गते भएको असामयिक निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै पिताको आत्माको चिर शान्तिका साथै यस दु:खद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु ।’

  • सुकुमबासीका नाममा चलेका भद्दा मजाकः हर्कबहादुरहरूले कहिले हाँस्न पाउलान् ?

    सुकुमबासीका नाममा चलेका भद्दा मजाकः हर्कबहादुरहरूले कहिले हाँस्न पाउलान् ?

    काठमाडौं । थापाथलीस्थित बागमती किनारको सुकुमबासी बस्तीमा ६० वर्षीय सुकुमबासी हर्कबहादुर तामाङ भेटिए । उनको एउटै चिन्ता थियो, आफू बसिरहेको परिवारसहितको टहरामा कति बेला डोजर चल्ने हो भने सडकको बास हुने ।

    ‘पञ्चायत गयो, बहुदल आयो, राजा गए, गणतन्त्र आयो । मेरो घरको भित्तामा टाँसिएका नेताका पोस्टर फेरिए, आयोगका अध्यक्ष फेरिए, तर मेरो झुपडीको छानो फेरिएन’, उनले भने । उनले लालपुर्जा आउँछ भन्ने आस मारिसकेका छन् । बरु कुन दिन डोजर आउँछ भन्ने डर मात्र लागिरहने सुनाए ।

    हर्कबहादुरको यो भनाइ नै नेपालका भूमि आयोगको असफलताको सबैभन्दा ठूलो प्रमाण हो । गम्भीर प्रश्न छ कि, राजनीतिको फोहोरी खेलमा गरिबको सपनामाथि गरिएको यो भद्दा मजाक कहिले बन्द हुन्छ ? हर्कबहादुरमात्रै हैन, बर्खाको भेल होस् वा हिउँदको सिरेटो, बागमती र विष्णुमतीका किनारमा प्लास्टिकले छोपेका छाप्रामा जीवन गुजारिरहेका हजारौँ मानिसको एउटै प्रश्न हो यो । उनीहरूका सपना एउटै छ, हातमा एउटा लालपुर्जा । तर, विडम्बना छ, देशमा बहुदल आएपछि ३० वर्षभन्दा बढी समय बितिसक्यो, दुई दर्जनभन्दा बढी भूमि आयोग बने, अर्बौँ रुपैयाँ राज्यको ढुकुटीबाट खर्च भयो, तर ती छाप्राबासीको जीवन जहाँको त्यहीँ छ ।

    नेपालमा भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने नाममा गठन गरिने आयोग ‘समस्या समाधान गर्ने संयन्त्र’ भन्दा पनि राजनीतिक दलका ‘कार्यकर्ता भर्ती केन्द्र’ र ‘राजनीतिक हतियार’ बढी भएका छन् । जति पटक सरकार फेरिन्छ, उति पटक आयोग फेरिन्छन् । एउटा सरकारले बनाएको आयोगलाई अर्को सरकारले ‘अघिल्लो सरकारको नियुक्ति’ भन्दै खारेज गर्छ र आफ्ना कार्यकर्तालाई जागिर खुवाउन नयाँ आयोग गठन गर्छ ।

    यो चक्रव्यूहमा पिसिँदै आएका छन्, वास्तविक भूमिहीन । प्रजातन्त्र पुनः स्थापना (२०४६ साल) पछि मात्रै नेपालमा २२ भन्दा बढी भूमि सम्बन्धी आयोग वा समिति गठन भइसकेका छन् । हरेक आयोगले निवेदन संकलन गर्छ, लगत लिन्छ, नाप जाँचको नाटक गर्छ र अन्त्यमा लालपुर्जा वितरण नहुँदै विघटन हुन्छ ।

    २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले ‘बसोबास समस्या समाधान आयोग’ गठन गर्‍यो, जसको अध्यक्ष अच्युतराज रेग्मी थिए । लगत्तै रण्यलाल तिवारीको अध्यक्षतामा अर्को आयोग बन्यो । यसले केही काम सुरु गर्न नपाउँदै २०४८ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्यो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बलबहादुर राईको अध्यक्षतामा आयोग बनायो । यो आयोगले केही हदसम्म जग्गा वितरण गर्‍यो तर त्यसमा पनि ‘कांग्रेसीलाई मात्र जग्गा बाँडेको’ आरोप लाग्यो ।

    एमालेको ‘हाई प्रोफाइल’ आयोग र विवाद

    २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले ऋषिराज लुम्सालीको अध्यक्षतामा उच्चस्तरीय सुकुमबासी समस्या समाधान आयोग गठन गर्‍यो । यो आयोग निकै चर्चित र विवादास्पद दुवै बन्यो । ५८ हजारभन्दा बढी परिवारलाई लालपुर्जा बाँडेको दाबी गरिए पनि, पछि अन्य सरकारले ती लालपुर्जालाई ‘राजनीतिक आधारमा वितरण गरिएको’ भन्दै प्रश्न उठाए । धेरै ठाउँमा जग्गा नै नभएको ठाउँको लालपुर्जा बाँडिएको गुनासो पनि आयो ।

    त्यसपछि राजनीतिक अस्थिरतासँगै आयोगको गठन र विघटनको शृङ्खला तीव्र बन्यो । बुद्धिमान तामाङ (राप्रपा), तारिणीदत्त चटौत (कांग्रेस), मोहम्मद अफ्ताब आलम (कांग्रेस) लगायतका नेताको नेतृत्वमा आयोग बने । यी आयोगले ठोस काम गर्नुभन्दा पनि आ-आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई जिल्ला समितिमा नियुक्ति दिने काममा बढी समय खर्चिए ।

    २०६२-६३ को जनआन्दोलनपछि त भूमि आयोग झन् ठूलो राजनीतिक हतियार बन्यो । गोपालमणि गौतमको अध्यक्षतामा माओवादी सम्मिलित सरकारले आयोग बनायो । त्यसपछि शारदाप्रसाद सुवेदीको नेतृत्वमा आयोग बन्यो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भक्तिप्रसाद लामिछाने अध्यक्ष भए । तर, सबैभन्दा ठूलो र व्यवस्थित भनिएको प्रयास केपी शर्मा ओली नेतृत्वको सरकारले गर्‍यो । २०७६ सालमा देवी ज्ञवालीको अध्यक्षतामा ‘भूमि सम्बन्धी समस्या समाधान आयोग’ गठन गरियो ।

    देवी ज्ञवालीदेखि केशव निरौलासम्मः प्रतिशोधको राजनीति

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको आयोगले मुलुकभर ७७ वटै जिल्लामा संरचना खडा गर्‍यो । करिब १२ लाख भूमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन भयो । स्थानीय तहसँग सम्झौता गरेर नाप जाँचको काम अन्तिम चरणमा पुगेको थियो । कम्प्युटर प्रणालीमार्फत डाटा इन्ट्री भइरहेको थियो । आयोगले दाबी गरेअनुसार हजारौँ लालपुर्जा छाप्न तयार थिए ।

    तर, राजनीतिले कोल्टे फेर्‍यो । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवा नेतृत्वको गठबन्धन सरकारले २०७८ साउनमा देवी ज्ञवाली नेतृत्वको आयोग विघटन गरिदियो । कारण देखाइयो, ‘असंवैधानिक र कार्यकर्ता भर्ना गर्ने थलो ।’ यथार्थमा, त्यो एमालेका कार्यकर्तालाई हटाएर कांग्रेस र माओवादीका कार्यकर्तालाई नियुक्ति दिने बाटो थियो ।

    यसको चौतर्फी विरोध भयो । सर्वोच्च अदालतमा मुद्दा पनि पर्‍यो । तर, सरकार रोकिएन । देउवा सरकारले केही महिनापछि केशव निरौला (कांग्रेस निकटका नेपाल शिक्षक संघका पूर्व अध्यक्ष) को अध्यक्षतामा ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्‍यो । उपाध्यक्षमा माओवादीका नहेन्द्र खड्का नियुक्त भए ।

    यो नयाँ आयोगले ‘पुरानो आयोगले गरेका कामको स्वामित्व लिने’ भन्यो, तर व्यवहारमा प्रक्रिया फेरि शून्यबाट सुरु भयो । स्थानीय तहमा फेरि नयाँ निवेदन मागियो । फेरि नाप जाँचका कुरा भए । दुई वर्ष बित्यो, केही हजार पुर्जा बाँडिएको प्रचार गरियो (जसमध्ये धेरैजसो गाउँ ब्लकका जग्गा थिए, जुन नापी कार्यालयले नै बाँड्न सक्थ्यो) ।

    फेरि २०७९ को चुनावपछि राजनीतिक समीकरण बदलियो । २०८० सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमाले मिसिएपछि केशव निरौला नेतृत्वको आयोग पनि धरापमा पर्‍यो र अन्ततः २०८० चैतमा सरकारले यो आयोग पनि विघटन गर्‍यो । नयाँ समीकरण बन्ने बित्तिकै पुरानो आयोग फालिनु अब सामान्य भइसक्यो ।

    क्षतिको हिसाबः अर्बौँ स्वाहा, हात लाग्यो शून्य

    भूमि आयोगको यो गठन र विघटनको खेलमा राज्यलाई कति क्षति भयो ? यसको हिसाब कहालीलाग्दो छ । विगत ३० वर्षमा आयोगका नाममा ५ देखि ६ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको अनुमान छ । देवी ज्ञवाली नेतृत्वको आयोगमा मात्रै करोडौँ रुपैयाँ सफ्टवेयर, गाडी, कर्मचारी तलब र कार्यालय सञ्चालनमा खर्च भएको थियो । केशव निरौलाको आयोगले पनि उस्तै खर्च गर्‍यो । जिल्ला–जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरिन्छन्, जसले उपसचिव सरहको तलब, भत्ता र गाडी सुविधा पाउँछन् । एउटा आयोगको कार्यकाल सकिन नपाउँदै विघटन हुँदा ती गाडी, फर्निचर र उपकरण अलपत्र पर्छन् वा दुरुपयोग हुन्छन् ।

    एउटा आयोगले संकलन गरेको लगत अर्को आयोगले विश्वास गर्दैन । कागजपत्र बोरामा कोचिएर सरकारी कोठामा सड्छन् । देवी ज्ञवाली आयोगले बनाएको डिजिटल डाटाबेसलाई पछिल्लो आयोगले पूर्ण अपनत्व लिन सकेन । यसले गर्दा जनताले पटक-पटक फारम भर्नुपर्ने, फोटो खिचाउनुपर्ने र दस्तुर तिर्नुपर्ने बाध्यता सिर्जना हुन्छ । सबैभन्दा ठूलो क्षति सुकुमबासीको मनोविज्ञानमा परेको छ । हरेक चुनावअघि नेता आउँछन्, ‘आयोग बनिसक्यो, अब लालपुर्जा पाइन्छ’ भन्छन् । भोट माग्छन् । चुनाव सकिन्छ, सरकार फेरिन्छ, आयोग विघटन हुन्छ । सुकुमबासी सधैँ ‘भोट बैंक’ मात्र बनाइएका छन् । उनीहरूले फारम भर्दाभर्दै कतिको जीवन सकिसक्यो, तर जमिनको स्वामित्व पाएनन् ।

    आयोग अस्थिर हुँदाको फाइदा भू-माफियाले उठाइरहेका छन् । वास्तविक सुकुमबासीको नाममा नक्कली सुकुमबासी (हुकुमबासी) ले जग्गा ओगट्ने, सरकारी जग्गा अतिक्रमण गर्ने र आयोगका पदाधिकारीसँग मिलेर जग्गा दर्ता गर्ने चलखेल बढ्दो छ । राजनीतिक संरक्षणमा रहेका आयोगका पदाधिकारीले अक्सर वास्तविक गरिबलाई भन्दा पहुँचवालालाई जग्गा दिलाउन खोजेका उदाहरण प्रशस्तै छन् ।

    भूमि ऐन २०२१ मा पटक–पटक संशोधन (सातौँ र आठौँ संशोधन) गरिए पनि नियमावली र कार्यविधि बनाउने कुरामा सधैँ ढिलासुस्ती हुन्छ । वन ऐन र भूमि ऐनबीचको बाझिएका कुराले पनि समस्या निम्त्याएको छ । वन मन्त्रालयले जग्गा दिन नमान्ने र आयोगले जग्गा बाँड्न खोज्ने द्वन्द्व वर्षौँदेखि कायमै छ । अव्यवस्थित बसोबासीको हकमा त राजस्वको दर यति महँगो तोकिन्छ कि, गरिब किसानले त्यो तिरेर लालपुर्जा लिनै सक्दैनन् । सरकार परिवर्तनपिच्छे राजस्वको दर फेरबदल गर्ने कुराले पनि प्रक्रिया अवरुद्ध हुन्छ ।

    त्यो भए अब यो समस्या समाधानको बाटो के त ?

    अहिलेसम्मका अभ्यासले के पुष्टि गरेको छ भने, राजनीतिक नियुक्तिमा आधारित आयोगबाट यो समस्याको समाधान असम्भव छ । विज्ञका अनुसार, अब ‘आयोग’ होइन, एउटा शक्तिशाली, स्वायत्त र स्थायी ‘प्राधिकरण’ वा सरकारी विभाग नै सक्रिय हुनुपर्छ । नापी र मालपोत कार्यालयलाई नै अधिकार सम्पन्न बनाएर, स्थानीय तहको सिफारिसमा जग्गा नाप जाँच र वितरणको जिम्मा दिइनुपर्छ । जबसम्म भूमि समस्या समाधान गर्ने निकायलाई राजनीतिक भर्ती केन्द्र बनाइन्छ र प्रधानमन्त्रीको मुड वा सत्ता समीकरणको आधारमा पदाधिकारी चयन गरिन्छ, तबसम्म सुकुमबासी समस्या ज्यूँ का त्यूँ रहनेछ ।

  • जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

    जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

    चितवन । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् ।

    जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताए।

    उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ ।

    स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरुले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए। “स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ”, उनले भने। घाइतेहरुको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनले जानकारी दिए। घाइतेलाई राहत स्वरुप सरकारले रु २० हजार दिने निर्णय गरेको थियो ।

  • सुरक्षा गोष्ठीमा भाग लिन गृहमन्त्री अर्याल कैलाली पुगे

    सुरक्षा गोष्ठीमा भाग लिन गृहमन्त्री अर्याल कैलाली पुगे

    कैलाली। सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन गृहमन्त्री ओमप्रकाश अर्याल कैलाली पुगेका छन् ।

    आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको विषयमा भोलि  छलफल हुनेछ । त्यसका साथै अलवा प्रदेशको सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्रीले छलफल गर्न लागेका हुन् ।

    सुरक्षा गोष्ठीको लागी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा मन्त्रालयका सहसचिव र उपसचिवसँगै मन्त्री अर्याल धनगढी पुगेका हुन् ।

    आज दिउँसो गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि धनगढी पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    आज सीमा नाकाको अनुगमन गर्न कार्यक्रम रहेको उनले बताए ।

  • नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिमा दुःख व्यक्त

    नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिमा दुःख व्यक्त

    काठमाडौँ । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ ।

    परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।

    द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । नेपाल सरकारले दिवङ्गतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ ।

    एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

    यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलङ्का जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।

  • कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा 

    कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा 

    रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्णप्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेको आयोगले आज जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

    गाउँपालिकामा कार्यरत अधिकृत छैटौँ यादवले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लिएको पेस्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको आरोपमा आयोगले  मुद्दा दायर गरेको हो ।

     यादवले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म पटक–पटक लिएको पेस्कीमध्ये  ४६ लाख सात हजार बराबरको बिल भरपाई पेस नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

    आयोगले आरोपीहरूबाट हिनामिना भएको बिगो रकम असुलउपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।

  • १२ बुँदे घोषणापत्र जारी गर्दै हिंसा प्रभावित अग्रणी महिलाको राष्ट्रिय सम्मेलन सम्पन्न

    १२ बुँदे घोषणापत्र जारी गर्दै हिंसा प्रभावित अग्रणी महिलाको राष्ट्रिय सम्मेलन सम्पन्न

    काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा काठमाडौँमा आयोजित हिंसा प्रभावित महिलाहरुको अग्रणी राष्ट्रिय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

    महिला पुनःस्थापना केन्द्र (ओरेक) को आयोजनामा शनिबारदेखि सुरु भएको सम्मेलनले आज घोषणापत्र जारी गर्दै संवैधानिक व्यवस्था कार्यान्वयन र बढ्दो हिंसा न्यूनीकरणका लागि प्रभावकारी कार्यसम्पादनका गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

    नेपालको संविधानले समानताको अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको १० वर्ष भइसक्दा अधिकार स्थापित हुन सकेको भन्दै महिलाहरूले अझै नागरिकता, जन्मदर्ता, विवाह दर्ता जस्ता आधारभूत कागजातका लागि परिवार र पुरुष सदस्यमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्न कानुनी प्रावधान सुधारको माग गरेका छन् ।

    समानताको अधिकार कार्यान्वयनको अभावमा प्रभावित महिला, तिनमा आश्रित छोराछोरीको भविष्य निर्माणमा समस्या र हिंसा भोग्ने अवस्था कायमै रहेकाले कानुनी सुधार र सामाजिक रूपान्तरणको अभियान सञ्चानका लागि आग्रह गरिएको छ ।

    हाल हिंसापीडित महिलाको न्यायमा पहुँच कठिन रहेकाले सङ्घदेखि स्थानीय तहसम्मका कानुनी सेवा, कोष र संयन्त्रको प्रभावकारी, पहुँचयोग्य र प्रभावित केन्द्रित सेवा सुनिश्चितताको माग गरिएको छ ।

    सम्मेलनले ‘जेन-जी’ प्रदर्शनका क्रममा जेलबाट बाहिरिएका कैदीहरूका कारण हिंसा प्रभावित महिलाहरू थप जोखिममा परेको, अदालतका कागजात नष्ट हुँदा न्यायमा असर परेको र महिला मानवअधिकार रक्षकहरूसमेत सुरक्षा जोखिममा रहेको भन्दै सरकारलाई तत्काल विशेष सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

    समुदाय तहमा रहेका एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) र सुरक्षावास जस्ता सेवा प्रदायक संयन्त्रलाई अत्यावश्यक सेवाको रूपमा विकास गर्दै पर्याप्त स्रोत र सहज पहुँच सुनिश्चित गर्न माग गरिएको छ । हाल हिंसापीडित महिलाले प्रमाण जुटाउने जिम्मेवारी आफैँले बोक्नुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गरी प्रमाण सङ्कलन र न्यायिक प्रक्रियामा राज्यका निकायलाई जिम्मेवार बनाउने गरी नीतिगत व्यवस्थाको माग गरिएको छ ।

    यसैगरी पछिल्लो समय सामाजिक सञ्जालबाट हुने हिंसा बढिरहेकाले जिल्लास्तरमै छिटो र प्रभावकारी सेवा दिने संयन्त्र स्थापना गर्न माग गरिएको छ । घरेलु हिंसा र जातीय विभेदका कारण हुने हिंसा, हानिकारक प्रथा र परम्पराबाट सृजना हुने हिंसा कानुनी प्रक्रियाभन्दा आपसी मेलमिलापमा लैजाने प्रवृत्तिका कारण धेरै महिला आत्महत्या गर्न बाध्य भएको उल्लेख गर्दै यस्तो प्रवृत्ति अन्त्यका लागि आवश्यक कानुनी संशोधनको आवश्यकता औँल्याइएको छ ।

    घोषणापत्रमा भनिएको छ, ‘हिंसा प्रभावित महिलालाई प्रभावकारी सेवा प्रदान गर्न परिवारको साथ, समर्थन र व्यवहारको महत्वलाई स्वीकार गर्दै, परिवारका सदस्यलाई घटनामा सहयोग गर्ने, जिम्मेवारी बोध गराउने र मनोबल बढाउने पारिवारिक परामर्श तथा परिवार लक्षित कार्यक्रम निर्माण गर्न सरकारलाई आग्रह गर्दछौँ ।’

    यसका साथै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीप, शिक्षा, उमेर र रुचीअनुसार उद्यमशीलता तथा व्यावसायिक अवसरलाई विस्तार, ऋण तथा सीप विकासका कार्यक्रम उपलब्ध गराउन माग गरिएको छ । पीडक पक्षको राजनीतिक संरक्षण, धम्की र झन्झटिलो न्यायिक प्रक्रियाले पीडितहरू ‘होस्टाइल’ बन्ने र यस्तो परिस्थितिमा महिलालाई नै दोष दिने चलनको अन्त्य गर्न आग्रह गरिएको छ ।

    ‘महिलाको श्रम, शरीर र पहिचानमाथि परिवार तथा समाजले गर्दै आएका नियन्त्रणका कारण हिंसा कायम रहँदै आएको यथार्थलाई स्वीकार्दै, महिलाको श्रम, शरीर र पहिचानमाथि स्वनिर्णय लिन सक्ने वातावरण निर्माण गर्न राज्यसँग माग गर्दछौँ ।’ घोषणापत्रमा भनिएको छ ।

    यसैगरी हिंसाले महिला र उनीहरूको सन्तानमा पर्ने मानसिक असरलाई ध्यानमा राख्दै समुदाय तहमै मनो–परामर्श केन्द्रहरू स्थापना गर्न, हिंसा प्रभावित महिलाको नेतृत्व स्वीकार गरिनुपर्ने र विभेदकारी दृष्टिकोण समाप्त हुनुपर्ने जिकिर गरिएको छ । आफ्ना माग पूरा नभए आन्दोलनमा जाने र सरकारका सकारात्मक कदमलाई समुदायसम्म पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

    सातवटै प्रदेशबाट एक सयभन्दा बढी अगुवा महिलाको सहभागिता रहेको सम्मेलनले उनीहरूको सामूहिक सञ्जाल निर्माण गरी थप कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको ओरेकका संस्थापक डा. रेणुराज भण्डारीले बताइन् ।

    – रासस

  • नेपालका तीर्थस्थलको भारतमा प्रचारप्रसार गर्न दुवै देशका ब्राह्मणले सहयोग गर्ने

    नेपालका तीर्थस्थलको भारतमा प्रचारप्रसार गर्न दुवै देशका ब्राह्मणले सहयोग गर्ने

    काठमाडौं ।  नेपालका तीर्थस्थलहरूको पहिचान एवं व्याख्यान गरी भारतमा प्रचारप्रसार गरेर भारतीय धार्मिक पर्यटक भित्र्याउन दुवै देशका ब्राह्मणले सहयोग आदानप्रदान गर्ने भएका छन् ।

    विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा आज सम्पन्न ब्राह्मण अन्तरराष्ट्रिय सम्मेलनले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा दुवै देशका ब्राह्मणले सहकार्य र समन्वय गर्ने भएका हुन् ।

    ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट नेपाल शाखाको आयोजनामा सम्मेलन गरिएको हो । सम्मेलनले आज जारी गरेको घोषणा एवं सङ्कल्पमा विश्वभरका जन्मना र कर्मणा ब्राह्मण एक भई सनातन संस्कार र संस्कृतिको संरक्षणमा ऐक्यबद्धता कायम गर्ने भएका छन् ।

    विश्वभरका ब्राह्मणको ज्ञान, विज्ञान र कर्मलाई आ–आफ्नो मुलुकको सत्शासन व्यवस्थामा प्रयोग गरी सनातन जीवन पद्धतिका माध्यमबाट विश्व शान्ति कायम गने अभियान चलाइने घोषणा प्रा डा माधवप्रसाद पाण्डेयले गरे । विश्वभरका ब्राह्मणलाई एउटै छातामुनि ल्याउने, धेरै ब्राह्मणको बसोबास रहेको नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकाले दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धनमा यसलाई उपयोग गर्ने घोषणा भएको छ ।

    वैदिक सनातन समाज व्यवस्थापनलाई सर्वोपरी मानी वैदिक शासन पद्धति, वैदिक कृषि पद्धति, वैदिक यज्ञ विधान, वैदिक कर्म पद्धतिलगायत विषयमा अध्ययन, अनुसन्धान गराई समाज विकासमा लगाइने भएको छ । आदिम सनातन वैदिक भूमि नेपालबाट विश्वबन्धुत्वको भावनालाई चरितार्थ गराउन मानवीय सेवा कार्यलाई विस्तार गरिने भएको छ ।

    प्राचीन ग्रन्थ वेद, पुराण, उपनिषद्लगायत सत् ग्रन्थहरुको संरक्षण गर्दै विभिन्न भाषामा अनुवादसमेत गराएर सनातन धर्मको प्रचारमा सहयोग पु¥याइने भएको छ । नेपाल, भारत तथा सनातन धर्मावलम्बीको बसोबास रहेको अन्य देशमा गाईको संरक्षण गरिने भएको छ । गुरुकुलीय शिक्षा पद्धतिको अभियानलाई पनि अघि बढाइने राष्ट्रिय धर्मसभा नेपालको अध्यक्षसमेत रहनुभएका पूर्वनायब बडा गुरुज्यु डा माधव भट्टराईले बताए ।

    नदी, नाला, खोला, कुवा, धार्मिक, सांस्कृतिकस्थल संरक्षण गरी प्राकृतिक पर्यावरण जोगाउने अभियानसहित वैदिक यज्ञ एवं उपासना विधिविधानको प्रचारप्रसार गराउने घोषणा पनि विश्वभरका ब्राह्मणले गरेका छन् ।

    ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट (पञ्जीकृत) भारतसँग सम्बद्धता रहनेगरी अन्तरराष्ट्रिय ब्रह्मण समाज नेपालको गठन गर्ने घोषणासमेत सम्मेलनबाट भएको मुख्य संरक्षकसमेत रहेका गर्गाचार्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिए ।

    सम्मेलनले जारी गरेको १६ बुँदे घोषणा पत्रको प्रेरणाको स्रोत विश्वको सर्वोच्च शिखर सगरमाथा, वेदव्यास एवं कालीदास तथा बुद्ध जन्मभूमि नेपाललाई मानिएको नेपाल शाखाका संयोजक धर्मराज बरालले बताए ।

  • बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो

    बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ ।

    बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएको उनको भनाइ छ । उनका अनुसार समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको हो ।

    गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएको जनाउँदै सूचना अधिकारी मगरले निकुञ्जले यसअघि पनि बस्ती पसेर स्थानीयलाई त्रास फैलाउँदै आएका गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गर्दै आएको बताए । उनका अनुसार विगतका वर्षहरूमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेपछि आन्तरिक रूपमा व्यवस्थापन गर्नका लागि स्थानान्तरण गर्दै आइएको छ ।

     

  • श्याममोहन श्रेष्ठको पुस्तक ‘एक फिरन्तेको चट्याङे जीवन’ र ‘एन ओभरल्यान्ड ओडिसी’ सार्वजनिक

    श्याममोहन श्रेष्ठको पुस्तक ‘एक फिरन्तेको चट्याङे जीवन’ र ‘एन ओभरल्यान्ड ओडिसी’ सार्वजनिक

    काठमाडौं । पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको जीवनकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ र ‘एन ओभरल्यान्ड ओडिसी’ एकसाथ पाठकमाझ आएका छन् ।

    पूर्व राजदूत केदारभक्त माथेमा, लेखक कर्ण शाक्य, चलचित्र निर्देशक प्रकाश सायमी, साहित्यकार भागीरथी श्रेष्ठ, प्राध्यापक डा. काशीराज पाण्डे, बैंकर सुशीलराम माथेमा, गेट कलेजका संस्थापक खेम लकाई र लेखकले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले श्याममोहनका दुवै पुस्तक जीवनमा निरन्तर अगाडि बढ्ने तर कहिल्यै हार नमान्नेको जीवनकथा भएको बताए ।

    समाजमा आफ्नो स्थान खोज्न सङ्‍घर्ष गरिरहेका युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी रहेको उनको टिप्पणी छ । ‘श्याममोहनलाई मैले ६ दशक पहिले दरबार स्कुलमा फ्रेन्च भाषा पढ्दा भेटेको हुँ,’ माथेमाले भने, ‘यी दुई पुस्तकमा मेरो पुस्ताको कथा समेटिएका छन् । त्यसैले पनि मलाई अति रोचक लागेको छ । यसले नेपालको बडी अफ नलेज पनि फराकिलो पारेको छ ।’

    पर्यटन व्यवसायी एवं बेस्टसेलर लेखक शाक्यले दुवै पुस्तकमा ‘सेन्स अफ ह्युमर’ प्रशस्त रहेको बताए । ‘श्याममोहन र म सन् १९७०/७१ देखिका साथी हौं । उनले मलाई एयर फ्रान्सको अफिसमा फ्रान्सबाट ल्याएको तीतो कफी पहिलो पटक खुवाएका थिए,’ उनले भने, ‘हामी अलिअलि सोखिन, अलिअलि हाउडे, अलिअलि हिप्पी, अलिअलि सनकी र अलिअलि रौंसे हौं ।’

    निर्देशक सायमीले श्याममोहन श्रेष्ठका दुई पुस्तक आत्मकथा मात्रै नभएर यात्रा, प्रेम, रोमान्स, अनुभूति र आत्मखोजको रोमाञ्चक दस्तावेज भएको बताए । साहित्यकार भागीरथी श्रेष्ठले पुस्तक हातमा लिएपछि नसकुन्जेल छाड्न नसकिने खालको रहेको सुनाइन् ।

    नेपालफ्रान्स उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका श्याममोहन श्रेष्ठले ३० वर्ष एयर फ्रान्समा काम गर्नुका साथै धुलिखेलमा मिराबेल होटल खोलेर पर्यटन व्यवसायलाई महत्त्वपूर्ण योगदान गरेका थिएनेपालफ्रान्स सम्बन्धमा विशेष भूमिका खेलेबापत उनले सन् २०१९ मा फ्रान्स सरकारको सर्वोच्च नागरिक सम्मानसभालियँ दँ लोर्द नेसियोनालला लेजियों दोनोरप्राप्त गरेका छन्

    एक फिरन्तेको चट्याङे जीवन’ र ‘एन ओभरल्यान्ड ओडिसी’ मा श्याममोहनको झण्डै आठ दशक लामो जीवन यात्राका रोचकघोचक प्रसङ्‍गहरू इमानदारीपूर्वक समेटिएका छन् । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको नेपाली पुस्तकको मूल्य ७९९ र अंग्रेजीको मूल्य ५९९ रुपैयाँ रहेको छ ।

  • स्वास्थ्यकर्मीमाथि आक्रमण ४ जना पक्राउ

    स्वास्थ्यकर्मीमाथि आक्रमण ४ जना पक्राउ

    चितवन । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । गत बिहीबार राति १०ः१५ बजेको समयमा चार/पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

    इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउपर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक राईले भने, “चिकित्सकहरुले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ ।” बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो ।

    युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उनको भनाइ छ । डा. साहका अनुसार डा. दीपेन्द्र विश्वास, डा. देवेन्द विश्वास, हे.अ अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाउचोट हुने गरी कुटपिट भएको छ । उनीहरुले अपशब्द बोल्दै गालीगलौजसमेत गरेको उनले जानकारी दिए ।

    नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए।

     

  • बझाङको सैपाल केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्पको धक्का

    बझाङको सैपाल केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्पको धक्का

    बाजुरा । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।

    भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

  • भाइरल उपन्यास ‘नीलो प्रेम’का लेखक भन्छन्– यसको सिक्वेल आउँदैन

    भाइरल उपन्यास ‘नीलो प्रेम’का लेखक भन्छन्– यसको सिक्वेल आउँदैन

    काठमाडौं । ‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँले यसको सिक्वेल नआउने बताएका छन्। प्रकाशनको ८ महिनामै ३० हजार बढी प्रति बिक्री भएको सन्दर्भमा शनिबार उपन्यासमाथि लेखकसँग लेखक तथा पत्रकार दीपक सापकोटाले संवाद गरेका हुन् ।

    कार्यक्रममा सापकोटाले कथाको अन्त्य ‘ओपन इन्डिङ’ भएको प्रसंगमाथि विमर्श गर्दै सोधेको ‘पुस्तकको सिक्वेल सम्भावना छ ?’ प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए ।

    पत्रकार सापकोटाको ‘पुस्तक बहुचर्चित भएपछि अब यसलाई दृश्यमा पनि देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए । ‘नीलो प्रेम’ लाई फिल्म बनाउने वा नाट्य रूपान्तरण गर्नेभन्दा पनि किताबकै रूपमा सीमित राख्ने आफ्नो चाहना भएको लेखकले बताए ।

    प्रेमकथामा आधारित ‘नीलो प्रेम’ उपन्यासले सामाजिक, सांस्कृतिक र आर्थिक आयामलाई पनि सूक्ष्म रूपमा उतारेको छ । आदर्श प्रेमको पक्षलाई जीवन्त बनाएको यो किताब सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेलले बताए ।

    काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा युवा पाठकहरूको उल्लेख्य उपस्थिति थियो । ‘नीलो प्रेम’ बजगाईँको पहिलो किताब हो । पहिलो किताबबाटै विक्रीमा नयाँ रेकर्ड बनाएको यो उपन्यास विशेषतः युवापुस्तामाझ लोकप्रिय छ ।

    इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको ‘नीलो प्रेम’ को मूल्य ७९९ रुपैयाँ रहेको छ ।

  • मल्कवाङमा पहिलोपटक बस पुग्यो, स्थानीयले गरे बसधनी र चालकलाई स्वागत

    मल्कवाङमा पहिलोपटक बस पुग्यो, स्थानीयले गरे बसधनी र चालकलाई स्वागत

    म्याग्दी ।  भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।

    बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् ।

    वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उनले बताए ।

    सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो ।

    बसका लागि प्रतिव्यक्ति भाडादर रु सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिनुभयो । “बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उनले भने ।

    असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताए । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ ।

    यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष रु ३० लाख विनियोजन भएको छ ।

    भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हँुदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा रु एक करोड विनियोजन गरेको छ ।

    प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु पाँच करोड स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राखे । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उहाँले जानकारी दिए ।

    रासस

  • हुप्सेकोटका ३ हजार किसान काँक्रा बेचेर लाखौँ कमाउँदै

    हुप्सेकोटका ३ हजार किसान काँक्रा बेचेर लाखौँ कमाउँदै

    मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।

    स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती गर्दै आएका छन् । दुई बिघामा खेती गरेका उनले लागत खर्च कटाएर वार्षिक रु २० लाखसम्म आम्दानी हुने गरेको बताए । उनले भने, “एक बाली धान लगाएर काँक्रा लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रामात्रै लगाउने गरेका छौँ ।”

    तरकारी सुपरजोन कार्यक्रमका संयोजक तथा किसान थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार किसान काँक्राखेतीमा संलग्न छन् । रजालीले भने, “हामीले १४ वर्षदेखि काँक्राखेती गरिरहेका छौँ । यस वर्ष ८० टनभन्दा बढी बिक्री गर्ने लक्ष्य छ ।”

    कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् । उनीहरूको व्यावसायिकता साँच्चिकै लोभलाग्दो छ । वर्षमा तीन बाली काँक्राखेती गर्ने उनीहरूलाई आर्थिक अभाव विरलै हुन्छ ।

    धान बालीमात्र लगाउँदै आभएकी दिलमाया परियारले काँक्राबाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती लगाउँदै आएकी छन्। “दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा रु दुई लाखसम्म आम्दानी हुने गरेको छ”, परियारले भनिन्।

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ । भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढलगायतका ठूला बजारमा बिक्रीका लागि लगिने गरिएको छ ।

    समूहसँगै व्यवसाय दर्ता गरी काँक्राखेतीमा रमाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिङ प्लास्टिक, तराजु, डोरीलगायत सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । गाउँपालिका क्षेत्रबाट उत्पादन हुने सागसब्जी बजार पु¥याउन पनि पालिकाले सहयोग गर्दै आएको छ ।

  • काठमाडौँको तापक्रम बिहान ६.६ डिग्री मापन, अधिकांश भागमा आंशिक बदली हुने

    काठमाडौँको तापक्रम बिहान ६.६ डिग्री मापन, अधिकांश भागमा आंशिक बदली हुने

    काठमाडौँ । काठमाडौँ उपत्यकामा लगातार जाडो महसुस भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

    महाशाखाका अनुसार, देशमा कुनै मौसम प्रणाली सक्रिय छैन र आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।

  • चिसो बढ्दै जाँदा घटेन सर्पदंश, देशैभर आगलागी अत्यधिक

    चिसो बढ्दै जाँदा घटेन सर्पदंश, देशैभर आगलागी अत्यधिक

    काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भयो ।

    कूल विपदका घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए । त्यसदिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए । कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक–एक आगलागीका घटना भएका थिए । चिसो बढ्दै गए पनि आगलागीका घटनामा बृद्धि भएको छ ।

    प्राधिकरणका अनुसार, मंसिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपदमा घटना भए । त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए । मोरङमा तीन, सिरहा, सर्लाही, ललितपुर,कास्की, बाग्लुङ,पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए । त्यसदिन कूल १९ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    प्राधिकरणका अनुसार, मङ्सिर नौ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म कूल १३ विपदमा घटना भए । त्यसमा १० वटा आगलागीका मात्रै घटना भए । सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए । मोरङ, सुनसरी, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विपदका कारण १८ लाख ४३ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपदका घटना भए । त्यसदिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए । सर्लाहीमा तीन, गुल्मीमा दुई तथा मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक एक आगलागीका घटना भए । त्यसदिन ५० लाख आठ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

    सुक्खा मौसम शुरु भए लगत्तै देशव्यापी रुपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

  • प्रेस चौतारीले छान्यो एमाले महाधिवेशनका ५ प्रतिनिधि

    प्रेस चौतारीले छान्यो एमाले महाधिवेशनका ५ प्रतिनिधि

    काठमाडौं । एमालेसम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको ११ औं महाधिवेशनका लागि पाँच प्रतिनिधि छानेको छ । साथै तीनजनालाई मनोनीतका लागि सिफारिस गरेको छ ।

    काठमाडौंमा सम्पन्न सचिवालय बैठकले प्रतिनिधि चयन गरेको महासचिव हिरामान लामाले बताए । खुला तर्फ प्रतिनिधि चयन हुनेमा अध्यक्ष गणेश पाण्डे, पूर्वअध्यक्ष राजेन्द्र अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत छन् । महिलातर्फ नेपाल प्रेसकर्मी प्रतिमा सिलवाल चयन भइन् । दलिततर्फ मीना विश्वकर्मा प्रतिनिधि चयन भएकी छन् ।

    मनोनीतका लागि घर फर्क अभियानअन्तर्गत संगठनका नेता विश्वमणि सुवेदी सहित उपाध्यक्ष चेतन अधिकारी र महासचिव हिरामान लामा सिफारिस भएको महासचिव लामाले बताए ।

  • पाटनलगायत सम्पदा क्षेत्रमा सवारीसाधन निषेध बनाउँदै ललितपुर महानगर

    पाटनलगायत सम्पदा क्षेत्रमा सवारीसाधन निषेध बनाउँदै ललितपुर महानगर

    काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र लगायत विभिन्न सम्पदा क्षेत्र सवारीसाधन निषेध क्षेत्र बनाउनका परीक्षण सुरु गरेको छ ।

    मेयर चिरिबाबु महर्जनका अनुसार पाटन दरबार क्षेत्रलाई लगायत विभिन्न सम्पदा क्षेत्र चरणबद्ध रुपमा सवारी साधन निषेध क्षेत्र बनाउन लागेको जानकारी दिए ।

    पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्‍म र स्वठ चोकदेखि क्यालखु चोक सवारीसाधन निषेध गरिने छ भने दोश्रो चरण अन्तर्गत तिछुगल्ली मंगलबजार चोक देखि चक्रवहिल चोकसम्म सवारी साधन निषेध गर्ने छ ।

    यी क्षेत्रमा मंसिर १३, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म प्रवेश निषेध गरिने छ भने मंसिर २४ र २७ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सवारी साधन निषेध हुनेछ ।

     

  • स्मार्ट टेलिकम पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

    स्मार्ट टेलिकम पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

    काठमाडौं । स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् ।

    सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस्या समाधानमा सकारात्मक हस्तक्षेपको अपेक्षा गरेको बताए ।

    पीडितका समस्या सुनेपछि मन्त्री खरेलले कसैलाई अन्याय हुन नदिने बताए । उनले भने “कसैलाई अन्याय हुन दिन्नौँ, नियामक निकायसँग बुझेर समस्या समाधानको पहलकदमी लिन्छौँ । ”

    स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले भने, “ कम्पनी खारेज भएको तीन वर्ष बितिसक्दा टावर व्यवस्थापन भएको छैन । टावरको भाडा पनि पाइएको छैन, बिजुलीको पैसा उठेको छैन ।”

    स्मार्ट बन्द हुँदा धेरै सङ्ख्यामा नेपालीले रोजगारी गुमाएको उनीहरुको भनाइ छ । स्मार्ट कार्ड र सिम कार्डमा लगानी गरेका व्यवसायीको लगानी खेर गएको छ । कम्पनी बन्द भएको तीन वर्ष बितिसक्दा बैंकलाई ब्याज बुझाउनुपरेको तर कार्डको पैसा फिर्ता आउने टुङ्गो नभएको पीडितको गुनासो छ ।

    स्मार्ट समस्या समाधान समूहमा स्मार्ट कार्ड समूह, टावर राखेको घरबेटीहरुको समूह, स्मार्टमै काम गर्ने कर्मचारीलगायत छन् । अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले दूरसञ्चार ऐनबमोजिम स्मार्ट टेलिकमको अनुमतिपत्र २०८० साल वैशाख ३ गते स्वतः खारेज भएको थियो ।

    रासस

  • नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा भारतमा सम्मानित

    नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा भारतमा सम्मानित

    काठमाडौं । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ । यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवाड्र्स नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ ।

    उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्यालले ग्रहण गरेका गरे । अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रिजेन्टेशन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू, बुद्ध सर्किट, रामायण सर्किट, तथा अन्तरदेशीय इको–ट्रेलहरूजस्ता पर्यटन उत्पादन समेटिएको श्रव्यदृश्य प्रस्तुति दिएका थिए ।

    जसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय पदयात्रा तथा हिमाल आरोहण अवसरहरू र रोमाञ्चक साहसिक खेलहरू प्रमुख आकर्षण रहेको बारे जानकारी गराइएको हो ।

    आइआइटीएम पुणे, २०२५ मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवर्द्धन गरिएको बोर्डको नेतृत्व गर्दै कार्यक्रममा सहभागी वरिष्ठ अधिकृत रेग्मीले बताए ।

    आइआइटीएममा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल व्यापार कम्पनीहरूसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए ।

    तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका विभिन्न ट्राभल व्यापार प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकहरूको सक्रिय सहभागिता छ । बोर्डले आइआइटीएममा रहेको नेपाल पभेलियनमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य, र अतिथिसत्कार प्रस्तुत गर्ने सशक्त मञ्च भएको उल्लेख गरेको छ ।

    नेपाल पर्यटन बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए। यस किसिमका अन्तरराष्ट्रिय मञ्चहरुमा भएको बोर्डको सक्रिय सहभागिताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा थप सशक्त बनाउने सीईओ जोशीको विश्वास छ । रासस

  • एनपीएलमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने क्यान र एमसीसीबीच सहमति

    एनपीएलमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने क्यान र एमसीसीबीच सहमति

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबन क्रिकेट क्लब (एमसिसी) बीच नेपाल प्रिमियर लिगमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने सहमति भएको छ ।

    शनिबार त्रिवि क्रिकेट रंगशालामा क्यानका सचिव पारस खड्का र एमसिसीका क्रिकेट तथा अप्रेशन निर्देशक रोब लिन्चले संयुक्त रुपमा उक्त अवार्डको घोषणा गरेका हुन् ।

    उक्त अवार्ड एनपिएलमा क्रिकेटको सम्मान गर्दै खेल प्रदर्शन गर्ने एक टोलीलाई प्रदान गरिने सचिव खड्काले जानकारी दिए ।

    मेरिलेबन क्रिकेट क्लब (एमसिसी)बाट प्राप्त उक्त अवार्डले एनपिएल टीमलाई थप प्रोत्साहन मिल्ने उनले बताए । उनले एनपिएलको आगामी संस्करणमा समेत स्पिरिट अफ क्रिकेट अवार्डले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

    त्यस्तै एमसिसीका क्रिकेट तथा अप्रेशन निर्देशक रोब लिन्चले नेपाली क्रिकेट निकै माथि पुगिसकेको भन्दै आगामी दिनमा थप सहयोग गर्न तयार रहेको बताए ।

    क्रिकेटलाई मर्यादित रुपमा अघि बढाउन एमसिसीले स्पिरिट अफ क्रिकेट अभियान चलाउदै आएको छ ।

  • पृथ्वीराजमार्ग पश्चिम खण्डमा ११ पुल निर्माण  

    पृथ्वीराजमार्ग पश्चिम खण्डमा ११ पुल निर्माण  

    तनहुँ ।  पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।

    सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।

    हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ ।

    करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ ।  पूर्वी खण्ड ‍(जामुने–मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

     

  • पोखराको चुरुंगामा दाइँ महोत्सव

    पोखराको चुरुंगामा दाइँ महोत्सव

    पोखरा । पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा दोस्रो संस्करणमो दाइँ महोत्सव गरिएको हो ।

    कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।

    महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगितासहित दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण कार्यक्रम समावेश गरिएको छ ।

    पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकलाई दाइँ महोत्सवको अनुभव गरेका छन् ।

    तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

  • बैतडी कारागारका ५९ जना बन्दीलाई स्थानान्तरण गरियो

    बैतडी कारागारका ५९ जना बन्दीलाई स्थानान्तरण गरियो

    बैतडी । बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो ।

    कूल ५३ जना कैदी र छ जना थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिए ।

    दार्चुला कारागारमा छ थुनुवा र तीन जना कैदी, बझाङ नौ जना कैदी, डडेल्धुरा १४ जना कैदी र बाँकेको नौबस्ता कारागारमा २७ जना कैदीलाई स्थानान्तरण गरिएको उनले बताए । कूल २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा ५९ जना कैदीबन्दी रहेका थिए । ८५ क्षमताको नयाँ बन्दीगृह निर्माण गरिने कारागार बैतडीले जनाएको छ ।

    “सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटी र निर्माण कम्पनीबीच सम्झौता भैसकेको छ”, उनले भने, “कार्यादेशसमेत आइसकेको छ । अबको एक दुई दिनभित्र काम सुरु हुन्छ ।”

    बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ । केकेजे कालिका एस बी जेभी सुकेधाराले बन्दीगृह निर्माणको काम गर्नेछ । सो कम्पनीसँग रु सात करोड ९७ लाख ७१ हजार ४१९ मा सम्झौता भइसकेको सघन सहकरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ ।

    विसं २०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । नयाँ बन्दीगृह निर्माण भएपछि कैदीबन्दीको व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको कारागार प्रमुख भण्डारीले बताए ।

     

  • ४ महिनामा १६ हजार पर्यटक पुगे मनाङ

    ४ महिनामा १६ हजार पर्यटक पुगे मनाङ

    मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् ।

    मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् । इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् ।

  • ‘टिपिएस’ विधिबाट आलुखेती

    ‘टिपिएस’ विधिबाट आलुखेती

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गरेका छन् । चौधरीले आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर उहाँले बिरुवा रोपेका हुन्।

    चौधरीका अनुसार टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएको बताए । “पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ”, चौधरीले भने “यसबाट आगामी वर्ष रोगमुक्त उच्च गुणस्तरको बीउ उत्पादन गर्ने लक्ष्य छ ।”

    एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टिपिएस विधि बियाँ उत्पादनतर्फको प्रवेशको पहिलो अनुभवका रूपमा रहेको छ । आधुनिक आलु उत्पादन प्रविधि उपयोग गरेर बीउ उत्पादन लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने भएकाले नयाँ विधि अपनाएको चौधरीले बताए ।

    हाल चौधरीले दुई कट्ठा क्षेत्रमा बियाँबाट तयार पारिएका आलुका बिरुवा रोपेका छन् । आउँदो वर्ष दश कट्ठा जग्गामा यसै विधिबाट उत्पादन भएको मूल बीउ रोपेर रोगमुक्त आलु बीउ उत्पादन गर्ने लक्ष्य राखेका छन् । टिपिएसबाट उत्पादन हुने बीउको मूल्य अधिक हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने उनको अपेक्षा रहेको छ । चौधरीले हाल आलुसँगै काउली, गोलभेडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी दश कट्ठा क्षेत्रफलमा विविध सागसब्जीखेती गर्दै आएका छन् ।

    सागसब्जी उत्पादनबाट चौधरीले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । “टिपिएस आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको मुख्य आधारका रूपमा लिएको छु”, उनले भने, “यसरी उत्पादन भएको आलुको बीउलाई व्यावसायिक रूपमा आलुखेती गर्ने किसानलाई उपलव्ध गराउने योजना छ ।”

    पहिलो पुस्ताको आलुको बीउ प्रयोग गरी खेती गरिए उत्पादन बढ्नुका साथै छ वर्षसम्म बीउका रूपमा प्रयोग गर्न सकिने उनी बताउँछन् । यस प्रविधिबाट आलुको बीउ उत्पादन गर्न किसानलाई सिकाउने उनले उद्देश्य लिएका छन् । बाह्य जिल्लाका किसानले बियाँबाट बिरुवा तयार गरी आलु रोपेको देखेर चौधरीले त्यो तरिका सिकेर आलुको बीउ उत्पादनमा संलग्न भएका हुन् ।