Tag: नेपाल पुलिस क्लब

  • थ्री स्टारलाई ४-० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा

    थ्री स्टारलाई ४-० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा

    पोखरा । पाँच पटकको विजेता थ्री स्टार क्लबलाई ४-० को नतिजामा पराजित गर्दै नेपाल पुलिस क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुद्ध बल तामाङले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल थप्यो ।

    तेज तामाङले प्रहार गरेको फ्रि-किकलाई ६ यार्ड बक्स भित्रबाट ट्याप इनमार्फत गोल गर्दै बुद्धले गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा थ्री स्टारको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसले ६७औं मिनेटमा तेजले गरेको गोलसँगै अग्रता २-० मा लम्ब्याएको थियो ।

    त्यसको ६ मिनेट नबित्दै सुमन लामाले ७३औं मिनेटमा गरेको गोलसँगै पुलिसले अग्रता ३- ० मा पुर्‍याएको थियो । थ्री स्टारमाथि हाबी बनेको ६ पटकको आहा रारा गोल्ड कप च्याम्पियन पुलिसका लागि ८५औं मिनेटमा सौजन राई याख्खाले गोल गर्दै टोलीका लागि ४-० को जित सुनिश्चित गरे ।

    जितसँगै फाइनल नजिक पुगेको पुलिसले सेमिफाइनलमा अफ्रिकन रूट एसोसिएसनसँग बिहीबार खेल्ने छ । भ्रमणकारी टोली अफ्रिकन रूट क्वार्टरफाइनलमा ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

  • एपीएफलाई ८ विकेटले हराउँदै पुलिस बन्यो मेयर कपको च्याम्पियन

    एपीएफलाई ८ विकेटले हराउँदै पुलिस बन्यो मेयर कपको च्याम्पियन

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप २०७७ को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रनको कमजोर योगफल तयार गरेको थियो ।

    जितका लागि प्रतिओभर २.१२ को रनरेटसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान गरे । अर्का ओपनर कुशल भूर्तेलले ३१ बलमा १ चौकासहित १५ रन बनाएर आउट भएका थिए । त्यस्तै, अनिल साह १५ रन बनाएर पेभेलियन फर्केका थिए ।

    बलिङतर्फ एपीएफका लागि भुवन कार्की र अविनाश बोहराले १/१ विकेट लिए ।

    यसअघि पहिलो इनिङमा ब्याटिङ रोजेको एपीएफले १.३ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनरद्वय शंकर राना ४ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख शून्यमा आउट भएका थिए ।

    वान् म्यान डाउनमा क्रिजमा उत्रिएका कप्तान शरद भेसावकर शून्यमा पेभेलियन फर्किँदा भुवन कार्की २६ बलमा १ चौकासहित १४ रन बनाएर आउट भए । इनिङ सम्हाल्ने कोसिस गरेका सन्दीप जोरा ३१ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाएर ललित राजवंशीको बलमा एलबी डब्लु आउट भए ।

    सुमित महर्जन ४ रनमा पेभेलियन फर्किँदा तल्लो मध्यक्रमका ब्याट्सम्यान बसन्त रेग्मीले २२ तथा र अमरसिंह रौतेलाले १८ रनको योगदान गरे । कमलसिंह ऐरी १ तथा अविनाश बोहरा १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो १ रनमा अविजित रहे ।

    बलिङतर्फ नेपाल पुलिस क्लबका लागि गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर र सागर ढकालले ७.४ ओभरमा २३ रन खर्चेर ४÷४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १÷१ विकेट लिएका थिए ।

    प्रधानमन्त्री कपका चार सेमिफाइनलिस्ट– नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, वाग्मती प्रदेश, नेपाल एपीएफ क्लब र काठमाडौं महानगरपालिकाको एक टोली गरी प्रतियोगितामा पाँच टोलीको सहभागिता थियो ।

    राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रधानमन्त्री कपको सेमिफाइनलबाटै बाहिरिएको पुलिसले सोही प्रतियोगिताको फाइनलमा आर्मीसँग पराजित भएको एपीएफलाई सहजै पराजित गरेको हो ।

    विजेता पुलिसले ५ लाख, उपविजेता एपीएफले ३ लाख रूपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिजले ५० तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५÷२५ हजार प्राप्त गर्नेछन् ।

  • मेयर कप फाइनल: उपाधि जित्न पुलिसलाई १०६ रनको लक्ष्य

    मेयर कप फाइनल: उपाधि जित्न पुलिसलाई १०६ रनको लक्ष्य

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई काठमाडौं मेयर कप २०७७ को उपाधिका लागि १०६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रनको योगफल तयार ग¥यो ।

    टप अर्डर कोल्याप्स भएको एपीएफले १.३ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनरद्वय शंकर राना ४ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख शून्यमा आउट भए ।

    वान् म्यान डाउनमा क्रिजमा उत्रिएका कप्तान शरद भेसावकर शून्यमा पेभेलियन फर्किँदा भुवन कार्की २६ बलमा १ चौकासहित १४ रन बनाएर पेभेलियन फर्के । इनिङ सम्हाल्ने कोसिस गरेका सन्दीप जोरा ३१ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाएर ललित राजवंशीको बलमा एलबी डब्लु आउट भए ।

    सुमित महर्जन ४ रनमा पेभेलियन फर्किँदा तल्लो मध्यक्रमका ब्याट्सम्यान बसन्त रेग्मीले २२ तथा र अमरसिंह रौतेलाले १८ रनको योगदान गरे । कमलसिंह ऐरी १ तथा अविनाश बोहरा १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो १ रनमा अविजित रहे ।

    बलिङतर्फ नेपाल पुलिस क्लबका लागि गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर र सागर ढकालले ७.४ ओभरमा २३ रन खर्चेर ४/४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।

  • मेयर कपमा पुलिसको दोस्रो जित 

    मेयर कपमा पुलिसको दोस्रो जित 

    काठमाडौं । मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेसँगै काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको त्रिभुवन आर्मी क्लबे ३०.२ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल तयार गरेको थियो ।

    ८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि सुनिल धमलाले ४८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै, दिलिप नाथ १५ रन बनाएर पेभेलियन फर्किँदा पवन सर्राफ २२ तथा सागर ढकाल शून्यमा अविजित रहे ।

    आर्मीका लागि साहब आलमले ९ ओभरमा ४५ रन खर्चेर १ मेडनसहित ७ विकेट लिए ।

    यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको आर्मीका लागि लोकेश बमले २४ बलमा सर्वाधिक ३२ रनको योगदान गरेका थिए । पुलिसका लागि सागर ढकालले १० ओभरमा ४० रन खर्चेर २ मेडनसहित ५ विकेट लिएका थिए ।

    पहिलो खेलमा वाग्मतीलाई २ रनले पराजित गरेको पुलिस दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।

    पहिलो खेलमा एपीएफसँग पराजित भएको आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर ११ लाई पराजित गरेको थियो । कूल पाँच टोली सहभागी भएको प्रतियोगिताको पहिलो चरणको समाप्तिसँगै शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

     

  • त्रित्रुवन आर्मी ८७ रनमा अल आउट, सागरले लिए ५ विकेट

    त्रित्रुवन आर्मी ८७ रनमा अल आउट, सागरले लिए ५ विकेट

    काठमाडौं । सागर ढकालको ५ विकेट प्रेरित नेपाल पुलिस क्लबले काठमाडौं मेयर कपमा विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई ८७ रनमा अल आउट गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल तयार गरेको हो । सुरुआतदेखि नै सम्हालिन नसकेको आर्मीका लागि ८ जना ब्याट्सम्यानले १० रनको आँकडा पार गर्न सकेनन् ।

    आर्मीका लागि लोकेश बमले २४ बलमा सर्वाधिक ३२ तथा बिक्रम शोबले ३४ बलमा १४ रनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    पुलिसका लागि किफायती बलिङ गरेका सागरले १० ओभरमा ४० रन खर्चेर २ मेडनसहित ५ विकेट लिए । त्यस्तै, पवन सर्राफले ३ र ललित नारायण राजवंशीले २ विकेट लिए ।

    पहिलो खेलमा वाग्मती प्रदेशविरुद्ध २ रनको जित हासिल गरेको नेपाल पुलिस क्लब दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।

  • मूलपानीमा मेयर-११ र कीर्तिपुरमा पुलिस ब्याटिङ गर्दै

    मूलपानीमा मेयर-११ र कीर्तिपुरमा पुलिस ब्याटिङ गर्दै

    काठमाडौं । शनिबारदेखि सुरु भएको काठमाडौं मेयर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज हुने खेलमा मेयर्स-११ विरुद्ध वाग्मतिले टस जितेर फिल्डिङ रोजेको छ ।

    शनिबार भएको खेलमा नेपाल पुलिस क्लबसँग लज्जास्पद हार बेहोरेको वाग्मतिलाई फाइनल प्रवेशको आशा जिवितै राख्न यो खेल जित्नु पर्ने दबाब छ । शनिबार भएको खेलमा पुलिसविरुद्ध ७३ रनको लक्ष्य पाएको वाग्मतिको ब्याटिङ कोल्याप्स भएपछि पराजित हुनु परेको थियो ।

    त्यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल एपीएफ क्लबविरुद्ध पुलिस क्लबले टस जितेर ब्याटिङ रोजेको छ ।

    शनिबार भएको उद्घाटन खेलमा आर्मीविरुद्ध शानदार जित हासिल गरेको एपीएफ लगातार दोस्रो जितको खोजीमा छ । शनिबार नै भएको खेलमा वाग्मतिविरुद्ध रोचक जित हासिल गरेको पुलिस पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ ।

  • राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित

    राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित

    काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिग फुटबलमा पराजित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो ।

    पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

    पहिलो चरणको खेलमा ५–० ले नतिजा सुम्पिएको चन्द्रपुरले जितसँगै बदला पनि लिएको छ । दोस्रो जित निकालेको चन्द्रपुरको ७ खेलबाट ६ अंक भएको छ ।

    चन्द्रपुर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । लिग अन्तर्गत आजको दोस्रो खेलमा रुथो मेथुले ५८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिस वालिङसँग स्तब्ध भएको हो ।

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुवातबाट दबाब दिँदै खेले पनि जित निकाल्न असफल रहयो । जितसँगै वालिङले जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

    वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो ।

    यस अघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङ सँग १–१ को बराबरी खेलेको थियो । लिगमा सोमबार एक खेल मात्र हुनेछ । अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

  • साविक विजेता पुलिसको पहिलो जित

    साविक विजेता पुलिसको पहिलो जित

    काठमाडौं । कुशल भूर्तेलको अविजित अर्धशतक प्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

    त्रिवि क्रिकेट मैदामा १११ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको साविक विजेता पुलिसका लागि कुशलले ४४ बलमा ९ चौका र १ छक्कासहित अविजित ५१ रन बनाए । त्यस्तै, सुनिल धमलाले ५७ बलमा ६ चौका र दुई छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले ।

    ओपनरद्वय सुनिल र कुशल भूर्तेलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । पुलिसको सहज जितमा अमित श्रेष्ठ १ रनमा अविजित रहे ।

    सानो योगफलको बचाउ गर्न असक्षम रहेको सुदूरपश्चिम प्रदेशका लागि हेमन्त धामीले एक विकेट लिए ।

    यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३।१ ओभरमा सबै विकेट गुमाएर ११० बनाएको थियो ।

    त्रिवि क्रिकेट मैदानमा फिल्डिङ रोजेको साविक विजेता पुलिसका लागि कसिलो बलिङ गरेका सागरले १० ओभरमा १८ रन खर्चेर ३ मेडनसहित चार विकेट लिएका थिए ।

    किफायती बलिङ गरेका पुलिसका दिपेन्द्रसिंह ऐरीले ६।१ ओभरमा १० रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । पुलिसको आक्रमक बलिङसामु संघर्षरत सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले ५३ बलमा ८ चौकासहित ४० रन जोडेका थिए । कप्तान सन्तोष भट्ट शून्यमा रन आउट हुँदा दुर्भाग्यशाली सावित भए ।

    विकेटकिपर ब्याट्सम्यान सन्जु दमाईले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सुदूरपश्चिमका ६ ब्याट्सम्यान शून्यमा सीमित रहे ।

    पहिलो खेलमा बाग्मतीसँग लज्जास्पद पराजय बेहोरेको साविक विजेता नेपाल पुलिस क्लबले प्रतियोगितामा पहिलो जित निकालेको छ । त्यस्तै बाग्मतीसँगै पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा पनि जितविहीन छ ।