Tag: नेकपा माओवादी केन्द्र स्थायी कमिटी

  • माओवादीको केन्द्रीय कमिटी बैठक फेरि सारियो

    माओवादीको केन्द्रीय कमिटी बैठक फेरि सारियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रम र आवश्यक तयारी नपुगेको भन्दै बैठकको मिति सार्ने निर्णय गरेको हो ।

    यसअघि साउन २० गतेदेखि बस्ने भनिएको केन्द्रीय कमिटी साउन ३० गतेदेखि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठले साउन ३० भित्र सम्पूर्ण वडा कमिटी गठन गरेर केन्द्रीय कमिटी बैठकमा प्रदेश कमिटीमार्फत पेस गर्न निर्देशन दिएको छ।

    बैठकले भारतीय प्रहरी बलले तुइन काटेका कराण महाकालीमा नेपाली युवा बेपत्ता भएको प्रकरणको गम्भीर अनुसन्धान गरि दोषीलाई कडाभन्दा कडा कारवाहीका लागि भारतको ध्यानाकर्षण गराउन र तत्काल यसबारे आपत्ति प्रकट गर्न सरकारसँग माग गरेको छ ।

    मन्त्रिपरिषद्मा पठाउने थप मन्त्रीको टुंगो लगाउन भोलि दिउँसो ३ बजे पुन: बैठक बस्ने भएको छ ।