Tag: नेकपा एमाले

  • एमाले महाधिवेशन : कर्णालीमा थपिँदै आकांक्षी

    एमाले महाधिवेशन : कर्णालीमा थपिँदै आकांक्षी

    चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा उम्मेदवारी घोषणासँगै आफूलाई जिताउन लबिङ बढ्न थालेको छ ।

    बन्दसत्र सुरू हुनै लाग्दा कर्णाली प्रदेशबाट आकांक्षी बढेका छन् । कर्णालीबाट हाल ११ केन्द्रीय सदस्य छन् । तीबाहेक पदमा खड्का, मिनासिन्ह रखाल, दल रावल, सीपी घर्ती, दानसिङ्ग परियार, हिक्मत विक, गोपाल नेपालीले उम्मेदवारी घोषणा गरेका छन् ।

    यीबाहेक, विनोदकुमार शाह, कौशिल्यावती खत्री, ध्रुवकुमार शाही, योगेन्द्र शाही, नागेन्द्र शाही नेश्नल, गगन सुनारले पनि निर्वाचन भएको खण्डमा उम्मेदवारी दिने नेपाल प्रेसलाई बताए ।

    ‘२३५ बढी महाधिवेशन प्रतिनिधिमा अधिकांश उम्मेदवार बन्ने योजनामा छन । धेरैको रुचि भूगोलकेन्द्रित छ’ नेता पदम माझीले भने, ‘कर्णालीले बढीमा ९ जना केन्द्रीय सदस्य पाउन सक्ला । सबै उम्मेदवार बनेर केन्द्रीय सदस्य बन्ने योजनामा छन् ।’ कर्णालीबाट कम्तीमा एकजना सचिव बनाउनुपर्नेमा आफूहरूको जोड रहने उनले बताए ।

    एमाले नेता गोरख बोगटी बरिष्ठताको हिसाबमा कर्णालीबाट यामलाल कंडेललाई कम्तीमा पदाधिकारीमा समेट्नुपर्ने नेताहरूसँग माग राखिएको बताउँछन् ।

    एमाले नेता एवं कर्णाली सहसंयोजक यामलाल कंडेलले केन्द्रीय सदस्यका हकमा छलफल नभएको बताए । उनले पदाधिकारी कर्णालीले पाउनुपर्छ भनेर लबिङ भइरहेको बताउँदै सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको जनाए ।

  • पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू (तस्बिरहरू)

    पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू (तस्बिरहरू)

    चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

    चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।

    केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् ।

    बन्दसत्रलाई विदेशबाट बोलाइएका अतिथिहरूले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ ।

    अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

  • बन्दसत्रको प्रवेशद्वारमा स्क्यानर मेसिन (तस्बिर / भिडिओ)

    बन्दसत्रको प्रवेशद्वारमा स्क्यानर मेसिन (तस्बिर / भिडिओ)

    चितवन । नेकपा एमालेको महाधिवेशनअन्तर्गत बन्दसत्र केही बेरमा सुरू हुँदैछ । बिहान ८ बजे नै बन्दसत्र तय गरिएकोमा सहमतिको प्रयासमा नेताहरू लागेकाले निर्धारित समयभन्दा ५ घण्टा ढिला बन्दसत्र सुरू गर्न लागिएको हो ।

    अहिले बन्दसत्रस्थलमा प्रतिनिधि धमाधम प्रवेश गरिरहेका छन् । महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको एमालेले बन्दसत्रको मुलद्वारमा परिचयपत्र स्क्यान गरेरमात्र छिर्न दिइएको छ । क्यूआर कोर्ड स्क्यानमार्फत प्रतिनिधि र आयोजक यकिन गरी स्वयंसेवकहरूले उनीहरूलाई प्रवेश गराएका छन् । हिजो अध्यक्ष केपी ओलीले रिमोट थिचेर नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र कम्युनिष्टको झण्डा फहराएर महाधिवेशन उद्घाटन गरेका थिए ।

    बन्दसत्रमा हुनसक्ने सम्भावित घुसपेठलाई मध्यनजर गरी प्रवेशद्वारमा कडाइ गरिएको छ । परिचयपत्रबिनाका कसैलाई पनि भित्र पस्न दिइएको छैन ।

  • एमाले महाधिवेशन : बन्दसत्रअघि प्रतिनिधिको चहलपहल (तस्बिरहरु)

    एमाले महाधिवेशन : बन्दसत्रअघि प्रतिनिधिको चहलपहल (तस्बिरहरु)

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरू हुँदैछ । बिहान ८ बजेका लागि तय गरिएको बन्दसत्र गएराति अबेरसम्म केन्द्रीय कमिटी बैठकमा नेताहरूको व्यस्तताको कारण ढिला भएको बताइएको छ ।

    त्यस्तै नेतृत्व चयन, उम्मेदवारीबारे आकांक्षीले नेता/कार्यकर्तासँग छलफल गरिरहेका छन् ।

    सौराहामा हुने बन्दसत्रका लागि प्रतिनिधि र केही नेतासमेत पुगिसकेका छन् । प्रतिनिधिहरू सामूहिक र नेताहरूसँग तस्बिर खिचाउने क्रम पनि उत्तिकै छ ।

    हेर्नुहोस् तस्बिरमा बन्दसत्रस्थलमा एमाले नेता तथा प्रतिनिधिको चहलपहल

  • एमाले बैठकको अन्तरकथा- पद थपिए पनि ‘सेटलमेन्ट’काे सकस

    एमाले बैठकको अन्तरकथा- पद थपिए पनि ‘सेटलमेन्ट’काे सकस

    चितवन । शुक्रबार मध्यरात एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सकेर निस्कदै गर्दा धेरै नेताहरू प्रशन्न मुद्रामा थिए । राति अबेरसम्मको व्यस्तता र थकानका बाबजुद नेताहरुमा छाएको प्रशन्नताको कारण थियो पार्टीमा भएको नयाँ समझदारी ।

    केन्द्रिय कमिटी वैठकले पार्टीमा पदाधिकारी संख्या थप्ने, पोलिटब्यूरो गठन गर्ने र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय अनुमोदन गरेको थियो । सो निर्णयले एमालेमा अब सहमतिबाट नेतृत्व चयनको सम्भावना नजिकिएकोमा नेताहरु आशावादी देखिएका छन् ।

    निर्णयबारे प्रवक्ताको औपचारिक ‘भर्सन’ पर्खिरहेका पत्रकारमाझ केन्द्रीय सदस्य खिमलाल भट्टराई दुई कुरा भनेर फुत्त निस्किए ।

    ‘पदाधिकारीमा सर्वसम्मति र केन्द्रीय सदस्यमा चुनावको सम्भावना बढ्यो है साथीहरु,’ उनको भनाई थियो ।

    प्रचार विभाग प्रमुख योगश भट्टराईले पनि सर्वसम्मतिको आधार तयार भएको औपचारिक प्रतिक्रिया संवाददाताहरु माझ दिए ।

    कसरी आयो हेरफेरको प्रस्ताव ?

    शुक्रवार ८ बजे नै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक राती ११ जबेपछि मात्रै शुरु भयो । यसका दुई कारण थिए ।

    पहिलो, जामका कारण धेरै नेताहरु बैठकस्थलमा ढिला आइपुगे । दोस्रो, नेताहरुबीच चलेका औपचारिक र अनौपचारिक छलफल ।

    शुरुमा पदाधिकारी बढाउने कुरामा ओली सकारात्मक थिएनन् । तर, नेताहरुसँग धेरै परामर्शपछि उनी लचक भए । वैठकमा ओली आफैंले पदाधिकारी थप्ने, पोलिटब्युरो राख्ने र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राखे । ओलीको यो प्रस्तावले तत्काल समर्थन पायो । पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउँदा धेरै नेता समेटिने भएकाले यो सबैलाई राहत दिने प्रस्ताव थियो ।

    स्रोतका अनुसार ओलीको प्रस्ताव आउनासाथ धेरै केन्द्रीय सदस्यहरुले ताली बजाएर स्वागत गरेका थिए । यसको विपक्षमा एकजनाको मात्रै आवाज सुनियो । उनी थिए गोकुल बास्कोटा ।

    ‘बास्कोटाजीले प्रथम विधान महाधिवेशनको म्यान्डेट अनुसारै जाउँ, यसमा फेरबदल नगरौं भन्ने कुरा राख्नुभएको थियो,’ ती सदस्यको भनाइ थियो ।

    अधिकांश केन्द्रीय सदस्यहरु सकरात्मक भएकाले ओलीले प्रस्ताव अघि बढाए र त्यो सहजै अनुमोदन पनि भयो ।

    निर्वाचन प्रक्रियामै सहमति

    ओलीको प्रस्ताव बैठकमा आउने बित्तिकै खुसीको माहोल छायो । धेरै नेताहरु हौसिए । र, ओलीको प्रस्तावलाई अनुमोदन गर्ने बित्तिकै खिमलाल भट्टराई र विशाल भट्टराईले ओलीसमक्ष एउटा प्रस्ताव राखे ।

    अर्का एक केन्द्रीय सदस्यका अनुसार पदाधिकारी पनि सहमतिमा टुंग्याउनुपर्ने भन्दै बैठकमा त्यसको सूची पेश गर्न ओलीसँग उनीहरुले आग्रह गरे ।

    ‘तपाईंको यो प्रस्ताव सकरात्मक भएकाले हामी सबैले एक मतले अनुमोदन गर्‍यौं,’ भट्टराईद्वयको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने, ‘अब पदाधिकारीको सूची पनि अध्यक्ष कमरेडबाटै प्रस्ताव होस्, हामी अनुमोदन गर्न तयार छौं ।’

    ओली यसमा भने ‘रिजर्भ’ देखिए ।

    ‘मैले प्रस्ताव गरेर मात्रै हुँदैन, तपाईंहरुको नै सहमति बनाउने कुरामा योगदान रहोस्,’ भन्ने जवाफ फर्काउँदै ओलीले यो जिम्मा पदाधिकारीका अकांक्षीहरुलाई नै सुम्पिए ।

    ओली निकट एक केन्द्रीय सदस्यले ओलीले यस्तो जवाफ दिनुका पछाडि केही कारण छन् । पहिलो, आफूले अहिले नै सूची पेश गर्दा त्यसमा सहमति नहुने र त्यसले झन् पार्टीमा विग्रह ल्याउने चिन्ता । दोस्रो, आफूले नै सिधै प्रस्ताव पेश गर्दा त्यो लोकतान्त्रिक नदेखिने र आलोचकहरुले आफूमाथि लगाउँदै गरेको व्यक्तिवादको आरोपलाई मलजल पुग्ने डर ।

    तेस्रो, शुरुमा निर्वाचन प्रक्रियालाई अगाडि बढ्न दिने, वास्तविक आकांक्षीहरुलाई उम्मेदवारी दर्ता गर्न दिने र निर्वाचन प्रक्रियाको अन्तिम चरणमा त्यसलाई ‘सर्ट लिस्टिङ’ गरेर सहमति खोज्ने रणनीति ।

    ‘सबै पदमा उम्मेदवारी दर्ता हुन दिने र अन्तिममा गएर सबै पदमा एक÷एक जनाको उम्मेदवारी कायम राखेर त्यसलाई निर्विरोध गराउने अध्यक्षको चाहना देखिन्छ,’ ओली निकट अर्का एक केन्द्रीय सदस्यले भने ।

    शनिबार बन्द सत्र शुरु भएर निर्वाचन प्रक्रिया आरम्भ गर्न महाधिवेशनको कार्यसूची छ । अहिले उम्मेदवारी दर्ता गर्न दिएर दावी विरोध र फिर्ताका बेला सहमति खोज्ने ओलीको रणनीति देखिन्छ ।

    पदाधिकारीमा दावेदारहरुमध्ये ओली समूहकै धेरै भएकाले अझै पनि सबैलाई भाग पुर्याउन उनलाई अप्ठ्यारो छ । अन्तिम चरणमा जाँदा आकांक्षीहरु घट्ने र मिलाउन सजिलो हुने बुझाई ओलीको देखिन्छ ।

    पदाधिकारीमा अझै सकस

    नेताहरुले पदाधिकारीमा सहमति हुने विश्वास व्यक्त गर्दागर्दै पनि सकस भने कायमै छ ।

    भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि सम्म आफू कुनै पनि हालतमा ‘ब्याक’ नहुने प्रतिक्रिया रावलको थियो ।

    पादधिकारी संख्या बढ्दा पनि वरिष्ठ उपाध्यक्ष र महाचिवमा कसरी मिलाउने भन्ने अन्योल यथावत छ । वरिष्ठ उपाध्यक्ष र महासचिव कसरी मिलाइन्छ भन्ने प्रसंगमा नेपाल प्रेसले करिब आधा दर्जन केन्द्रीय सदस्यसँग संवाद गर्‍यो ।

    धेरैले अबको अवस्थामा ईश्वर पोखरेल नै वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना बढेको बताए ।

    ‘चुनाव हुन्थ्यो भने सुवास नेम्वाङको सम्भावना थियो,’ नेपाल प्रेससँग एक केन्द्रीय सदस्यले भने, ‘अब ईश्वर कमरेडको सम्भावना बढ्यो ।’

    महासचिवमा भने व्यवस्थापनको चुनौती छ । विष्णु पौडेल, सुरेन्द्र पाण्डे र शंकर पोखरलले अहिलेसम्म महासचिवमा दावी गरेका छन् । तर, मुख्य प्रतिष्पर्धा पौडेल र पोखरेलबीच नै छ । पौडेल र पोखरेल आपसी सहमति गरुन् भन्ने ओलीको चाहना देखिन्छ । दुईमध्ये एक महासचिव र एक उपाध्यक्ष वा उपमहासचिवमा राखेर मिलाउने प्रयत्न पनि भित्रभित्रै भइरहेको छ ।

    विष्णु पौडेललाई महासचिव बनाएर शंकर पोखरेललाई उपाध्यक्ष वा उपमहासचिव बनाएर मिलाउनुपर्ने लविङ पनि भइरहेको छ ।

    ओली निकट केही नेता महासचिवमा विष्णु पौडेलकै सम्भावना बढी देख्छन् । पौडेल नेकपाकै महासचिव भइसकेकाले उनलाई महासचिव बनाउनुपर्ने र शंकरलाई उपमहासचिवमा म्यानेज गर्नुपर्ने पनि कतिपयको मत छ । अघिल्लो महाधिवेशनमा उपमहासचिवमा पौडेलसँगै हारेका थिए पोखरेल ।

    महासचिव दावी गरिरहेका सुरेन्द्र पाण्डेलाई पनि उपाध्यक्षमा व्यवस्थापन गर्ने सम्भावना व्यक्त गरिएको छ । भीम रावल, सुवास नेम्वाङ लगायतलाई उपाध्यक्षमा मनाउने । उपमहासचिवमा घनश्याम भुसाललाई निरन्तरता दिँदै प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई पनि ल्याइने सम्भावना छ ।

    सचिवका अकांक्षीहरु व्यवस्थापन गर्न भने कठिन देखिएको छ । विधान संशोधन हुँदा पनि सचिवको संख्या बढेको छैन । तर, दावेदार भने उल्लेख्य छन् ।

  • एमाले महाधिवेशनः नारायणी किनारमा जनसागर, उद्घाटनमा जे देखियो !

    एमाले महाधिवेशनः नारायणी किनारमा जनसागर, उद्घाटनमा जे देखियो !

    काठमाडौं । चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो ।

    पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो । पार्टीलाई विभाजनले ठूलो असर नपरेको देखाउनका लागि पनि एमालेलाई जनता उतार्नैपर्ने बाध्यता थियो । देशैभरबाट सयौं सवारीसाधनहरूले मान्छे ओसारेका थिए । फलस्वरुप उद्घाटन समारोहमा नारायण किनार खचाखच भयो । नारायणी पुलमासमेत थेगिनसक्नु मानिसहरू भेला भएका थिए ।

    उद्घाटनस्थलमा मानिसहरू अटाइनअटाइ थिए नै, धेरै त त्यहाँसम्म पुग्न पनि नसकेर बाटैमा रोकिनुपर्‍यो । कार्यक्रममा एमालेका नेताहरु र अन्य अतिथिहरूलाई मञ्चसम्म पुग्नै सकस परेको थियो । नारायणी पुलपारि हजारौंले डिजिटल स्क्रिनबाट उद्घाटन समारोह नियालेका थिए ।

    एमालेले यो महाधिवेनशनलाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन । उद्घाटनस्थलको मञ्च निर्माणमा नै ५० औं लाख खर्च गरिएको थियो । अहिलेसम्म कुनै पनि राजनीतिक सभामा निर्माण गरिएकोमध्ये विशाल र आकर्षक मञ्च एमालेले बनाएको छ । त्यसो त, चार घण्टा प्रयोग हुने मञ्च यति खर्चिलो बनाएकोमा पार्टीले आलोचना पनि खेप्नुपरेको छ एमालेले । कैयन स्थानमा खडा गरिएका स्वागतद्वारहरू पनि उत्तिकै खर्चिला छन् ।

    समारोह उद्घाटनमा एमालेले नयाँ प्रयोग गरेको छ । अध्यक्ष केपी शर्मा ओली आफैंमा प्रविधिमैत्री नेता हुन् । उनले रिमोट कन्ट्रोटर थिचेर झण्डोत्तलन गर्दै महाधिवेशनको उद्घाटन गरेका थिए । ओलीले रिमोट थिच्दा नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया-हतौडा अंकित झण्डा एकसाथ स्वचालितरुपमा माथि उठेको दृष्य सहभागीका लागि नौलो रह्यो ।

    कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली मञ्चमा उक्लिने समय एकैचोटि परेको थियो । लामो समयदेखि एउटै मञ्चमा नदेखिएका दुई नेताले सँगै मञ्चमा उभिएर अभिवादन गरेका थिए । राजनीतिक विवादका कारण ओली र देउवाको सम्वन्धमा छाएको चिसोपनलाई आजको दृष्यले बिर्साएको थियो । आफ्नो भाषणमा देउवाले ओलीसँग आफूले जेलमा सँगै दु:ख भोगेको भन्दै भावुकता व्यक्त गरेका थिए ।

    महाधिवेशन उद्घाटन कार्यक्रम धेरै लम्बेतान भएन । प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा आठजना वक्ता थिए । कमल थापाको भाषण एमाले कार्यकर्ताका निम्ति प्रिय बन्यो । उनले नाकाबन्दी र चीनसँगको पारवहन सन्धीको स्मरण गर्दै ओलीको प्रशंसा गर्दा सहभागीहरुले हुटिङ गरेका थिए ।

    अन्तिममा बोलेका अध्यक्ष ओलीले देउवालाई केही घोचपेच गर्न भ्याए । आफू सरकारमा छँदा काम गर्न नदिएकाहरूले अहिले देउवाको खुट्टा समातेको टिप्पणी उनले गरेका थिए । महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने भन्दै उनले एमालेको एकल बहुमत देशलाई चाहिएको बताए । महाधिवेशनबाट एमाले एकताको सन्देश बोकेर निस्कने ओलीको भनाइ थियो ।

    उद्घाटन समारोहमा भाग लिन पुगेका विदेशी पाहुनाहरूले भने बाेल्ने अवसर पाएनन् । अध्यक्ष ओलीले भोलिबाट सुरू हुने बन्दसत्रमा विदेशी नेताहरूले बोल्ने जानकारी दिएका छन् ।

    उद्घाटन समारोहमा जनसहभागिता जति उत्साहजनक थियो, व्यवस्थापन पक्षमा भने विभिन्न कमिकमजोरी देखिएका थिए । टाढा-टाढाबाट आएका कार्यकर्ताहरू कार्यक्रमस्थलसम्म पुग्नै सकेनन् । कार्यक्रम स्थलमा शौचालय र पिउने पानीको अभाव थियो ।

    जे होस्, आजको जनसहभागिताबाट एमाले नेतृत्व पंति भने निकै उत्साहित देखिएको छ । पार्टीलाई विभाजनको ठूलो असर नपरेको अर्थमा नेताहरूले यो सहभागितालाई व्याख्या गरेका छन् ।

    तस्बिरहरू : सरोज बैजु । 

  • ओलीको घोषणा- अब चुनावको तयारीमा लाग्छौं, एकल बहुमत ल्याउँछौं (भिडिओ)

    ओलीको घोषणा- अब चुनावको तयारीमा लाग्छौं, एकल बहुमत ल्याउँछौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताएका छन् । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।

    पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गरे । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो ।

    ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’

    देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो ।

    ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भने ।

  • महाधिवेशनपछि पूर्वलडाकुको व्यवस्थापन गर्नेछौं : ओली (भिडिओ)

    महाधिवेशनपछि पूर्वलडाकुको व्यवस्थापन गर्नेछौं : ओली (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने दाबी गरेका छन् । १०औं हजार पूर्वलडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उनले बताए ।

    चितवनमा आयोजित एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा ओलीले आफ्ना लडाकुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका थिए ।

    ओलीले भने, ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेहरूको उपचार हुँदैन ? किन झूटा मुद्दा खारेज हुँदैन ? किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १०/१० हजार बाँडेर यो समस्या समाधान हुन्छ ?’

    उनले थपे, ‘हिजो प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । आज प्रधानमन्त्री नभए पनि सरकार मेरै कठपुतली हो, म नचाइदिन्छु भन्नुहुन्छ । पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका ।’

    महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने भन्दै अलमलमा परेर माओवादीमा लागेकाहरुई एमालेमा आउन आह्वान गरे ।

    ‘हिजो केका लागि बलिदान दिनुभएछ देखिहाल्नुभयो । कसलाई मेयर बनाउन रहेछ । कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो । कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो ।’ ओलीले भने ।

    ‘नेकपा एमाले तपाईंहरूको पार्टी हो । हिजो गल्तीले अलमलमा पर्नुभो । अब नपर्नुस् । एमाले द्वन्द्वका घाउहरू समाप्त पार्न चाहन्छ । शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ । मलाई लाग्छ प्रधानमनत्री चाहनुहुन्छ भने पनि अहिलेको सरकारले सक्दैन । यो हामी गर्नेछौं ।’

  • ओलीजी र म जेलदेखिका साथी हौं : प्रधानमन्त्री देउवा (भिडिओ)

    ओलीजी र म जेलदेखिका साथी हौं : प्रधानमन्त्री देउवा (भिडिओ)

    चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताएका छन् ।

    चितवनको नारायणी किनारमा सुरू भएको एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे ।

    ‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दु:ख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।

    नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिहरूको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताए ।

    ‘हाम्रा असहमतिहरुलाई संविधानले निर्धारण गरेका विधिबाटै टुंग्याउनुपर्दछ । त्यसलाई हामी सबैले स्वीकार्नुपर्दछ’, देउवाले भने । उनले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग-अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए ।

  • उपलब्धी रक्षाका लागि दलहरू एक ढिक्का हुनुको विकल्प छैन : चित्रबहादुर केसी (भिडिओ)

    उपलब्धी रक्षाका लागि दलहरू एक ढिक्का हुनुको विकल्प छैन : चित्रबहादुर केसी (भिडिओ)

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताएका छन् । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ छ ।

    चितवनमा एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले सबै दलहरू मिलेर गणतन्त्र लगायतका परिवर्तन ल्याए पनि अहिलेको दुरावस्थाका लागि एकले अर्कालाई दोषारोपण गरिरहेको गुनासो गरे ।

    उनले भने, ‘हामी अहिलेको दुरावस्थाका लागि आफैं जिम्मेवार हौं भन्न सक्नुपर्छ । यदि हामीले देशको राष्ट्रियता र अखण्डलाई अगाडि राखेर राजनीति गरेनौं भने बाह्य शक्तिले घोक्रेट्याक लगाउने छन् ।’

  • रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन (तस्बिर / भिडिओ)

    रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन (तस्बिर / भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरेका छन् । उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।

    एमालेले पहिलोपटक रिमोर्ट थिचेर झण्डोत्तलनको नयाँ प्रयोग गरेको छ । ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए । महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०‍औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन गरेका थिए ।

    महाधिवेशनको उद्घाटन समारोह अहिले जारी छ । समारोहमा एमालेका लाखौं कार्यकर्ता र शुभेच्छुकहरु नारायणी नदी किनारमा उपस्थित भएका छन् ।

     

    तस्बिरहरु: उमेश कार्की

  • एमाले महाधिवेशन : जब देउवा र ओली मञ्चमा सँगै उक्लिए

    एमाले महाधिवेशन : जब देउवा र ओली मञ्चमा सँगै उक्लिए

    चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकसाथ महाधिवेशनस्थल प्रवेश गरेका छन् ।

    मञ्चमा सँगै उभिएर उनीहरूले हात हल्लाएर अभिवादन गरेका छन् । देउवा र ओलीले संयुक्त अभिवादन गर्दा कार्यकर्ताहरूले हुटिङ र नाराबाजी गरेका थिए ।

    लामो समयपछि देउवा र ओली मञ्चमा सँगै देखिएका हुन् । यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी भएयता उनीहरू एकै ठाउँमा देखिएका थिएनन् । प्रधानमन्त्रीका रूपमा देउवाले सपथ लिँदासमेत ओली उपस्थित भएका थिएनन् ।

    देउवाले मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटकपटक ओलीसँग सम्बन्ध सुधारका लागि दूत बनाइ बालकोट पठाए पनि दुईजना औपचारिक कार्यक्रममा उपस्थित भएका थिएनन् ।

    तस्बिर : उमेश कार्की

  • ‘बर्ड भ्यू’ मा एमाले महाधिवेशन

    ‘बर्ड भ्यू’ मा एमाले महाधिवेशन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा सुरू भएको छ । महाधिवेशनस्थलमा नेता-कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

    नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम जारी छ । अहिलेसम्म रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य , प्रदीप ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतका नेताहरू महाधिवेशनस्थल पुगिसकेका छन् ।

    महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उनी केहीबेरमा आइपुग्ने छन् ।

    उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

    उद्घाटन समारोहमा नारायणीतीरको रमझमबारे ड्रोनमा कैद गरिएका तस्बिरहरू :

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • ‘संघीयताको मर्मअनुसार कर्णालीले सचिव पाउँनुपर्छ’

    ‘संघीयताको मर्मअनुसार कर्णालीले सचिव पाउँनुपर्छ’

    चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र केहीबेरमा सुरू हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने पनि उत्तिकै छन् ।

    भूगोलबाट प्रतिनिधित्वको कुरा पनि त्यत्तिकै उठेको छ । अहिलेसम्म स्थायी कमिटी सदस्यसमेत नपाएको भन्दै कर्णालीले यो महाधिवेशनमा पदाधिकारीको दाबी गरिरहेको छ । गएको प्रदेशसभाको निर्वाचनमा ४० मध्ये एमाले एक्लैले २० सीट जितेको थियो ।

    नेता यामलाल कंडेललाई सचिव बनाउन कर्णालीका एमाले नेता-कार्यकर्ताले माहोल बनाइरहेका छन् । हाल केन्द्रीय सदस्य रहेका वा केन्द्रीय सदस्यमा उम्मेदवार बन्न इच्छुकहरुले कर्णालीले पदाधिकारी पाउनुपर्ने लबिङसहित नेताहरूलाई दबाब दिइरहेका छन् ।

    महाधिवेशनको तयारी, उम्मेदवारी र सम्भावना बारेमा नेपालप्रेसले एमाले कर्णालीका सहसंयोजक, पूर्वमन्त्री कंडेलसँग कुराकानी गरेको थियो । कुराकानीको सारसंक्षेप उनकै शब्दमाः

    अधिकांश प्रतिनिधिहरू महाधिवेशनस्थल आइसक्नु भएको छ । आज खुला सभामा सबै भूगोलको प्रतिनिधित्व हुने गरी लाखौं सहभागी हुनेछन् । अहिलेको परिस्थितिमा सबैको ध्यान आकृष्ट गर्ने गरी नेकपा एमालेलाई एकताबद्ध र सुदृढ गर्ने क्रममा यो महाधिवेशन ऐतिहासिक बन्नेछ ।

    नेपाली राजनीति अहिले दुई ध्रुवमा विभाजित भएको छ । एमाले एक ठाउँमा छ त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको छ । अर्को गठबन्धनवालाको नेतृत्व शेरबहादुर देउवाले गर्नुभएको छ । एमालेले राम्रो काम गर्दै गर्दा पनि आग्रह, पूर्वाग्रह र स्वार्थका लागि गठबन्धन एक ठाउँमा उभिएको अवस्थामा नेकपा एमालेका आठ लाखभन्दा बढी कार्यकर्ताले सुझबुझका साथ अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । सर्वसम्मतरूपमा छनोट भएका प्रतिनिधिहरूको राष्ट्रिय महाधिवेशन हुँदा त्यसको सर्वसम्मतको छाप नेकपा एमालेको भोलिदेखिको बन्द सत्रमा पर्छ

    नेकपा एमाले सबै नेता कार्यकर्ता सबै तहको जिम्मेवारी निर्वाह गर्न सम्ने क्षमता भएको पार्टी हो । महाधिवेशनको पूर्वसन्ध्यामा कसैले उम्मेदवारी दिने वा कुनै पदको आकांक्षी हुने कुरालाई अन्यथा लिनुपर्छ जस्तो मलाई लाग्दैन । तर, इच्छा प्रकट गर्दागर्दै पनि नेकपा एमालेको दायित्व र कार्यकर्ताको कर्तव्य पूरा गर्नका लागि जसरी पार्टी सदस्यले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । त्यसै अनुसार आएका प्रतिनिधिहरूले पनि सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने कुरामा मलाई लाग्छ, हामी सबै एक ठाउँमा पुग्छौं । कतिपय कुरा परिस्थितिले महसुस गराउँछ । कतिपय आफूले चाहेको पद थाती राखेर भएपनि एमालेलाई एकताबद्ध बनाउने, सुदृढ बनाउने काममा लाग्नुपर्ने अवस्था हुन्छ ।

    जहाँसम्म कर्णाली नेतृत्व तहमा आउने बारेमा भन्दा त्यहाँबाट आएका प्रतिनिधि, केन्द्रीय सदस्यहरुको एकमतले पार्टी अध्यक्ष र उपाध्यक्षमा दाबी छैन । नवौं महाधिवेशनमा पदाधिकारीमा नपरेको कर्णालीले यसपाली नीति निर्णय गर्ने तहमा कर्णाली पुर्‍याउनुपर्छ भन्ने निर्णयमा हामी पुगेका छौं । पात्रको कुरा भन्न अहिले अलि हतारो हुन्छ ।

    पदाधिकारीमा हामी एकजनाले मात्रै गर्छौं कसले गर्छ त्यो समयक्रममा तपाईले थाहा पाउनुहुन्छ । सदस्यमा इच्छा राख्ने साथीहरुको संख्या उल्लेख्य छ । अहिले नै यकिन गरेर म त्यो संख्या बताउन सक्ने अवस्था रहेन । हामी छलफलकै क्रममा रहेका छौं । एकजनाले सचिव पदमा दाबी गर्छौं । देशभरीबाट आएका साथीहरूले पनि त्यो कुरा महसुस गर्नुहुन्छ । नेकपा एमालेको विधान महाधिवेशनबाट ठूलो संख्यामा पदाधिकारीको व्यवस्था गरेका छौं ।

    मुलुक संघीय ढाँचामा गएका कारण सात प्रदेशलाई सम्झिएर पदाधिकारीमा कर्णाली समेटिने नीति आउँछ होला । नआए कर्णालीका तर्फबाट ध्यानाकर्षण गराउनुपर्ने अवस्था हुन्छ । विधान अधिवेशनले जुन संख्या टुंगो लगाएको छ त्यो मुलुकभरका सबै प्रतिनिधिले सातै प्रदेश समेट्नका लागि आवश्यक व्यवस्था गरिएको हो । फेरि पनि विनम्रतापूर्वक म आग्रह र अनुरोध गर्न चाहन्छु, जहाँसम्म कर्णालीले बेला बखतमा विषयगत मुद्दाहरू उठाएको छ । त्यो साँचो कुरा हो ।

    नेकपा हुँदा पनि मुद्दा उठायौं । प्रदेश सरकार सञ्चालनका विषयमा पनि हामीले मुद्दा उठायौं । नेकपा एमाले निर्माणका विषयमा पनि कुरा उठाएका छौं । आज नेकपा एमालेको दशौं महाधिवेशन भइरहँदा प्रतिनिधि, एमालेका नेताहरू सबैको ध्यानाकर्षण पनि गराइरहेका छौं । केही नेताहरुले यसबारेमा सकारात्मक धारणा राखेका छन् ।

  • विष्णु पौडेलको निर्वाचन क्षेत्रबाट दर्जन नेताहरु केन्द्रीय सदस्य आकांक्षी

    विष्णु पौडेलको निर्वाचन क्षेत्रबाट दर्जन नेताहरु केन्द्रीय सदस्य आकांक्षी

    रूपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र रूपन्देही-२ बाट करिव एक दर्जन नेताहरू केन्द्रीय सदस्यका लागि आकांक्षी भएर प्रचारमा लागेका छन् ।

    रूपन्देही-२ बाट महाधिवेशन प्रतिनिधि बनेका नेताहरू भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, कमल गौतम, गोमा आचार्य, बासुदेव घिमिरे, नेत्र पन्थी, कमला विश्वकर्मालगायतका नेताहरु दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रचारमा जुटेका हुन् ।

    अहिले केन्द्रीय कमिटीमा रहेका लिला गिरी, दधिराम न्यौपाने, एकराज बिश्वकर्मा र खिमलाल भट्टराई पनि दोहोरिने भएपछि कसलाई अगाडि बढाउने भनेर नेतृत्वलाई सकस परेको छ । आकांक्षीहरू आफूलाई अगाडि बढ्न स्वीकृति माग्न नेता विष्णु पौडेललगायतका नेताहरूलाई पछ्याइरहेका छन् ।

    एकैठाउँबाट धेरै नेताहरू प्रतिस्पर्धामा जाँदा समेटिन अफ्ट्यारो पर्ने भन्दै नेतृत्वले मिलेर अगाडि बढ्न सुझाव दिएको छ ।

    उपमहासचिव पौडेल महासचिवमा जाने पूर्ण तयारी गरेका छन् । त्यसैले पनि आफ्नो उम्मेदवारीलाई समस्या नहुने गरी नेताहरूलाई अगाडि बढ्न सुझाएका छन् ।

    रूपन्देहीबाट अहिले उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्ष, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र राधा ज्ञवाली पनि दलित तथा महिला प्रतिनिधित्व पदाधिकारीमा हुनुपर्ने भन्दै अगाडि बढ्ने तयारी गरेका छन् ।

  • जबजको आलोकमा मदन भण्डारीको त्यो न्यूजविक अन्तर्वार्ता

    जबजको आलोकमा मदन भण्डारीको त्यो न्यूजविक अन्तर्वार्ता

    नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको चर्चा गर्दा बारम्बार उदृत गरिने प्रसंग हो- अमेरिकी अखबार न्युजविकको अन्तरवार्ता । अमेरिकी अखबारले नेपाली नेताको लामो अन्तरवार्ता छाप्नु आफैंमा दुर्लभ थियो नै, अन्तरवार्तामा भण्डारीले बोलेका कुराहरु पनि उत्तिकै चर्चायोग्य थिए ।

    सन् १९९१ मे २७ (२०४८ जेठ १३) मा न्युजविकका लागि माइकेल लिट्भिनले भण्डारीको अन्तरवार्ता लिएकी थिइन् । १२ प्रश्नहरु सोधिएको त्यो अन्तरवार्ता ‘नेपालमा कार्ल मार्क्स जीवित छन्’ शीर्षकमा प्रकाशित भएको थियो । अन्तवार्तामा मदनबाट अभिव्यक्त भएका धेरै विषयहरु २० महिनापछि उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को रुपमा दस्तावेजीकरण भयो । २०४९ माघ १४ देखि २० गते सम्म भएको नेकपा (एमाले) को प्रथम खुल्ला तथा पाँचौ राष्ट्रिय महाधिवेसनबाट जबज पारित भएको थियो ।

    शक्तिशाली महासचिव भण्डारीले पेलपाल पारेर जबज पास गरेका थिएनन् । जबजको विकल्पमा आएका सिपी मैनालीले झलनाथ खनालदेखि सहाना प्रधानको समर्थनमा ल्याएको ‘परिमार्जित नौलो जनवाद’, मोहनचन्द्र अधिकारीले ल्याएको ‘नौलो जनवाद’ र रघुजी पन्तले ल्याएको ‘सामाजिक जनवाद’ महाधिवेसन हलबाट अस्वीकृत हुँदा मदनको विचार पास भएको थियो । मदनको बिचारमा ५४१ मत आउँदा मैनाली, अधिकारी र पन्तको पक्षमा भने क्रमशः १०१, ५५ र ० मत आएको थियो ।

    मदन भण्डारीले सर्वसम्मत पास गराउने पक्षमा थिए । तर, सहमति नजुटेपछि लोकतान्त्रिक विधि अपनाइएको थियो । एमालेको इतिहासमा लोकतान्त्रिक विधि अपनाइएको प्रथम बैचारिक मन्थन त्यही थियो भन्दा हुन्छ ।

    १ नम्बर बुँदाको ‘विषय प्रवेश’ खण्डदेखि ९ नम्बर बुँदाको ‘रणनीति–कार्यनीति’ र त्यससँग जोडिएका विभिन्न उपविधासहित तयार भएको जबजको झल्को मदन भण्डारीले न्यूजविकसँगकै अन्तरवार्तामै प्रस्तुत गरेका थिए । २०४८ साल वैशाख २९ गते भएको आम निर्वाचनमा २०५ क्षेत्रमा ६९ सिट ल्याएर प्रमुख प्रतिपक्षी दलका रुपमा स्थापित भएको अवसरमा यो अन्तरवार्ता लिइएको थियो । २०१५ सालमा चार सिट मात्रै जितेको कम्युनिष्ट शक्ति २०४८ मा आउँदा बलियो उपस्थितिसहित दोश्रो शक्ति भएको अन्तर्राष्ट्रिय जगतमा नै चर्चा भएको थियो ।

    यति मात्र होइन । लामो समयको भूमिगत जीवनबाट खुल्ला राजनीतिमा आएको छोटो समयमै भण्डारीले तत्कालीन लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउँदै सनसनी नतिजा निकालेका थिए । २०४७ वैशाख १६ गते मात्रै काठमाडौंमा सार्वजनिक भएका भण्डारीले एक वर्षपछि भएको संसदीय चुनावमा बहालबाला प्रधानमन्त्री हराउनु चानचुने कुरा थिएन ।

    विश्व कम्युनिस्ट राज्यसत्ताको प्रथम मानक सोभियत संघ ढल्नुभन्दा ६ महिना अगाडि नेपालमा भएको संसदीय चुनावमा कम्युनिष्ट पार्टी प्रमुख प्रतिपक्षी भएकोमा विश्वमा चासो थियो । बढी चासो अमेरिकामा भएको देखिन्छ । त्यसैको फलस्वरुप अमेरिकी अखबारहरुले नेकपा (एमाले) र मदन भण्डारीलाई पछ्याए ।

    सन् १९९१ मे १५ (२०४८ जेठ १) मा अमेरिकी अखबार लसएन्जस टाइम्सका पत्रकार मार्क फिनमेनले भारतको राजधानी दिल्लीमा बसेर मदन भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएपछि राजीनामा दिएको समाचार बनाएका थिए । ‘काठमाडौं गोज माक्र्ससिस्ट’ शीर्षक समाचारमा गणेशमान सिंहका श्रीमती र छोरा दुवैले काठमाडौंमा हारेको समेत उल्लेख गरिएको छ । गणेशमान सिंह चुनाव नउठेर श्रीमती र छोरलाई उठाउँदा दुवैले हारेको र कृष्णप्रसाद भट्टराईले पनि चुनाव हारेको भन्दै तेश्रो वरियाताका गिरिजाप्रसाद कोइराला कांग्रेसको नयाँ राष्ट्रिय नेता बन्ने समाचारमा उल्लेख गरिएको छ ।

    लस एन्जलस टाइम्समा मार्क फिनमेनले दिल्लीबाट समाचार लेखेको ठीक १२ दिनपछि मदन भण्डारीको अन्तरवार्ता न्युजविकले छाप्यो । अन्तरवार्ता लिन माइकेल लिट्भिन भने काठमाडौ नै आएकी थिइन् । अब त्यही अन्तरवार्ताको चर्चा गरौँः

    जात, भाषा र धर्मको सवाल

    मदन भण्डारीलाई माइकेल लिट्भिनको छैटौँ प्रश्न थियो– जात व्यवस्था र धार्मिक स्वतन्त्रतामा तपाईको पोजिसन के हो? यो प्रश्नमा मदनले उत्तर दिएका छन्, ‘हामी विभिन्न जातजातिहरुमा हुने सामाजिक विभेद अन्त्य गर्न चाहन्छौं । तर, हामी विभिन्न जनजातिका संस्कृति, रहनसहन र धर्मको सम्मान गछौं ।

    जबजमा जात र धर्मको सवाललमा मदनको यही भाव आएको छ । जबजको ३.१२ बुँदाको ‘जाति, धर्म र भाषाको सम्बन्धमा’ लेखिएको छ ।

    • कुनै पनि एउटा धर्मको एकाधिकार अन्त्य गरी सबैलाई धार्मिक स्वतन्त्रता र समानता प्रदान गरिनेछ ।
    • जाति, भाषा, धर्म र भेषभूषमा रहेका सबै एकाधिकार र विशेषाधिकारहरुको अन्त्य गरिनेछ । सबै क्षेत्रमा समानता तथा जनअधिकारको ग्यारेन्टी गरिनेछ । पछि परेका जाति, भाषा, साहित्य र संस्कृतिको ऐतिहासिक संरक्षण, संवद्र्धन र विकासका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

    क्षतिपूर्ति सहितको भूमिसुधारको सवाल

    विश्वभर कम्युनिष्ट सत्ता आएपछि जमिन्दारहरुको जग्गा बलपुर्वक कब्जा हुन्छ भन्ने धारणा थियो । धेरै देशमा त्यस्तो भएको पनि थियो । यहि मुद्धामा न्युजविकको सातौं प्रश्न आयो मदन भण्डारीलाई । उनलाई सोधियोः तपाँई तपाईको देशका जमिनदारहरुलाई कस्तो व्यववहार गर्नुुहुन्छ ?

    मदनको जवाफ थियोः हामी अहिलेका जमिनदारहरुबाट जमिन लिन्छौं । र, जसले खनजोत गरेको छ उसैलाई दिन्छौं । हामी अत्यन्तै शान्तिपूर्ण तरिकाले प्रयास गर्नेछौं । र, हामी पैसा नदिइकन जमिन लिनेछैनौं । यदि जमिनदारले मानेनन् भने मात्रै हामी उनीहरुविरुद्ध बल प्रयोग गर्न बाध्य हुनेछौं ।

    न्युजविकसँगको अन्तरवार्तामा मदन भण्डारीले भनेको यहि कुरा उनले जबजमा पनि राखे । जबजको बुँदा ४.११ मा ‘क्षतिपूर्ती’ खन्ड छ । त्यसमा लेखिएको छ, ‘सामन्ति शोषण, सामन्ति भूसम्पत्ति र सामन्तवादलाई समाप्त पार्ने हाम्रो क्रान्तिको एउटा आधारभूत उद्देश्य हो । हामीले नयाँ समाज निर्माण गर्नका निम्ति आमरुपमा सबैबाट सकारात्मक योगदान लिने नीति लिएका छौं । त्यसका निम्ति सामन्ति भूस्वामित्व समाप्त गर्ने, कानुनद्वारा नयाँ हदबन्दी निश्चित गर्ने, क्रान्तिकारी भूमिसुधार गर्ने, त्यस क्रममा क्रान्तिको समर्थन गर्नेहरु, धनी र मध्यम किसानहरुको हदभन्दा बढी जमिन र दोहोरो स्वामित्वको अन्त्य गर्दा साना भूस्वामीहरुको जमिनको कानुनसम्मत यथोचित क्षतिपूर्ति दिने नीति अघि सारेका छौं ।’

    वैदेशिक सहयोगको सवाल

    आम रुपमा धनी तथा शक्तिशाली देशलाई कम्युनिस्टले ‘औपनिवेशिक’ र ‘सामाज्यवादी’ भन्दै आएका छन् । यसै मेसोमा कम्युनिष्टको सरकार बने विदेशी सहयोग नलिने वा नआउने हो कि भन्ने बारेमा धेरैको चासो थियो । न्युजविकले मदन भण्डारीलाई गरेको दसौं प्रश्न थियोः नेपालमा कम्युनिष्टको बहुमत आएमा वैदेशिक सहयोग कटौती हुने भन्ने कुरामा तपाई कत्तिको चिन्तित हुनुहुन्छ?

    मदनको उत्तर थियोः कम्युनिस्ट सत्तामा आएकै कारणले नेपालमा वैदेशिक सहायता कटौती गुर्नपर्ने कुनै कारण नै छैन । तर, हामी हाम्रो देशको स्वतन्त्रता, मानप्रतिष्ठा र सार्वभौमसत्ताको मुल्य चुकाएर भने कुनै पनि वैदेशिक सहयोग माग्ने छैनौं । हामीलाई वैदेशिक सहयोग भन्दा यी कुराहरु महत्वपूर्ण छन् ।

    न्यूजविकलाई मदनले भनेको यही कुरा जबजमा समेत अटाएको छ । जबजको बुँदा ४.१० को ‘विदेशी पुँजी र प्रविधि’ मा सामाजवादी देशहरुले समेत वैदेशिक सहायता दिएको भन्दै नेपालले पनि लिने बताइएको छ । भनिएको छ, ‘…..हामी आफ्नो कार्यक्रममा संविधान र ऐनकानूनको सीमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग व्यवस्थित गर्ने सुस्पष्ट कुरा कार्यक्रममा समावेश गरेका छौं । यो पनि विगतका क्रान्तिकारी कार्यक्रमहरुमा समावेश नभएको भिन्न विषय हो ।’

    भारतसँगको सम्बन्ध र विदेश नीतिको सवाल

    मदन भण्डारीको सम्भावित विदेश नीति र भारतसँगको सवालमा न्यूजविकले सोधेको एघारौं प्रश्न थियोः भारततर्फ तपाईं कस्तो खालको परराष्ट्र नीतिको वकालत गर्नुहुन्छ ?

    जवाफमा मदनले भनेका थिएः भारतसँग विगतमा केही असमान र अपमानजनक सम्झौताहरु भएका छन् । हामी सन्धीको समीक्षा गरेर पुनरावलोकनको प्रयास गर्नेछौं । हामीलाई असमान र अपमानजनक हुने प्रावधानहरु हटाउन चाहन्छौं । हामीले चाहेको एकै कुरा भनेको चीन र भारतसँग सुमधुर सम्बन्ध बनाउनु हो । हामी न चीनपरस्त हुन चाहन्छौं न भारतपरस्त ।

    भारतसँगको सम्बन्धको अवस्था र परराष्ट्र नीतिको सवालमा मदन भण्डारीले न्युजविकसँगकै जस्ता कुरा जबजमा राखेका छन् । जबजको बुँदा २ को ‘नेपाली समाजको चरित्र र अन्तरविरोध’ अन्तर्गतको २.३ मा लेखिएको छ, ‘…. ब्रिटिस इन्डिया, स्वतन्त भारत तथा ब्रिटेनसँग नेपालका असमान एवम् अपमानपूर्ण र नेपालको राष्ट्रिय हित एवं स्वाधीनतामाथि आघात पार्न अकेन सन्धिसम्झौताहरु भएका छन् र कायम छन् ।…. यस कारण रास्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय आत्मनिर्भरताका निम्ति नवउपनिवेशी शोषणबाट मुक्त हुने स्वाधिनताको संघर्ष अझै जारी छ ।’

    जबजको बुँदा ४.१२ को ‘विदेश नीति’ मा लेखिएको छ, ‘.. हामी निकट छिमेकीहरु, दक्षिण एसियाली देशहरु, हाम्रो क्रान्ति र निर्माणलाई प्रत्यक्ष सहयोग, समर्थन गर्ने देशहरु र अरु मित्र देशहरुका आधारमा क्रमिक महत्व दिएर पञ्चशीलको सिद्धान्तका आधारमा व्यवहारिक ढङ्गले सम्बन्ध स्थापना र विकास गर्ने दृष्टिकोण हामीले अघि सारेका छौं । क्रान्ति र निर्माणका ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहको रुपमा मात्रै हामी अघि बढ्न सक्दैनौं ।’

  • एमाले महाधिवेशनस्थलमा बिहानैदेखि कार्यकर्ताको चहलपहल (१५ तस्बिरमा हेर्नुस्)

    एमाले महाधिवेशनस्थलमा बिहानैदेखि कार्यकर्ताको चहलपहल (१५ तस्बिरमा हेर्नुस्)

    चितवन ।  नेकपा एमाको १० औं महाधिवेशनको आज उद्घाटन हुँदैछ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रममा पाँच लाखभन्दा बढी कार्यकर्ता उतार्ने दावी एमालेको छ ।

    उद्घाटनको दिन बिहानैदेखि कार्यक्रमस्थल वरपर कार्यकर्ताको उल्लेख्य चहलपहल देखिएको छ । रात्रीबसमा चितवन आएका कार्यकर्ताहरु विहानै नारायणगढ ओर्लिएपछि सिधै कार्यक्रमस्थलतर्फ पुग्न थालेका छन् ।

    महाधिवेशन स्थलसम्म पुग्नका लागि एकद्वार प्रणाली अपनाइएको छ । नारायणगढ बजारबाट नारायणी तटमा पुग्ने अन्य सबै सहायक मार्गहरु बन्द गरिएको छ । चीसोको पर्बाह नगरी एमाले कार्यकर्ताहरु नारायणी किनार पुगेका छन् ।

    उद्घाटन कार्यक्रमका लागि चितवन आसपासका जिल्लाबाट पनि विहानैदेखि कार्यकर्ताहरु नारायणगढ पुग्ने क्रममा छन् । गोरखा, धादिङ, मकवानपुर, नवलपरासी, तनहुँ लगायतका जिल्लाबाट आज गाडीको व्यवस्थासहित कार्यकर्तालाई नारायणगढ पुर्‍याइँदै छ ।

    दिउँसो १२ बजे उद्घाटन समारोह सुरु हुने कार्यतालिका छ । उद्घाटनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाहेक सबै पार्टीका शीर्षस्थ नेताहरु सहभागी हुने बताइएको छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल पनि कार्यक्रममा जाने छैनन् ।

  • ‘ती महाधिवेशन, यो महाधिवेशन’

    ‘ती महाधिवेशन, यो महाधिवेशन’

    काठमाडौं । प्रमुख प्रतिपक्षमा रहेको देशको सबैभन्दा ठूलो दल नेकपा एमालेको महाधिवेशन चितवनमा भोलिबाट सुरू हुँदैछ । पार्टीभित्रको विरोधि खेमा विभाजित भएर गइसकेकाले यसपालीको महाधिवेशनमा नेतृत्वको लडाइँ त्यति धेरै पेचिलो छैन ।

    भीम रावलले कुनै ‘चमत्कार’ नगरे पार्टी अध्यक्षमा केपी शर्मा ओली दोहोरिने लगभग निश्चित देखिन्छ । दुईपटक एमाले महासचिवको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेलको अध्यक्षमा दाबेदारी अपेक्षित थियो । सुरूमा उनी इच्छुक पनि देखिएका थिए, तर ओलीको दोहोरिने चाहना बुझेपछि मौन बसेका छन् ।

    एमालेमा विगतदेखि नै ‘किङमेकर’ का रूपमा चिनिँदै आएका छन् महासचिव पोखरेल । प्रायः संस्थापन पक्षको दरिलो खम्बाका रूपमा उनले आफूलाई उभ्याउँदै आएका छन् । नवौं महाधिवेशनमा उनले ओलीलाई साथ दिए र त्यसयता निरन्तर ओलीको पक्षपोषण गर्दै आए । यद्यपि पछिल्लो समय अध्यक्ष ओलीबाटै उनीमाथि एकपछि अर्को पूर्वाग्रही व्यवहार भएको महसुस पोखेरलका समर्थकहरूले गरेका छन् ।

    एमालेमा पोखरेलको राजनीतिकसँगै व्यवस्थापकीय भूमिका उत्तिकै महत्वपूर्ण छ । लामो समय ‘लो प्रोफाइल’ मा रहेर पार्टीको व्यवस्थापकीय जिम्मेवारीहरू उनले कुशलतापूर्वक निर्वाह गर्दै आए । पार्टीका महत्वपूर्ण बैठक, सम्मेलन, अधिवेशन र महाधिवेशनमा व्यवस्थापनका लागि उनको खोजी हुने गरेको छ ।

    महासचिव पोखरेलले पहिलोपटक २०३५ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्रको तेस्रो राष्ट्रिय सम्मेलनको व्यवस्थापन सम्हालेका थिए । उक्त राष्ट्रिय सम्मेलन र त्यसयताका विभिन्न महाधिवेशनमा पोखरेलको अनुभव यस्तो छ :

    म २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्य भएको हुँ । त्यसबेला एसएलसी पढ्दै थिएँ । तत्कालीन कम्युनिष्ट पार्टीका स्थानीय नेता लेखनाथ शर्माले सदस्य बनाउनुभएको सम्झनामा छ ।

    धेरै बुझेर कम्युनिष्ट पार्टीमा लागेको होइन म । यसले जनताको हित गर्छ, चीनमा पनि कम्युनिष्टले विकास गरेका छन् भन्नेलगायतका सतही कुरा सुनेर सदस्य भएको थिएँ । विस्तारै धेरै कुराहरू बुझ्दै गएँ । क्याम्पसमा पढ्ने क्रममा खुलेर राजनीतिक गतिविधिमा क्रियाशील हुन थालेँ ।

    त्यसबेला विद्यार्थी राजनीतिमा प्रतिबन्ध थियो । अनेरास्ववियु, नेविसंघ भनेर क्याम्पसमा औपचारिक गतिविधि गर्न पाइँदैन थियो । सबै काम गुपचुप रूपमा गर्नुपर्थ्यो ।

    पछि अनेरास्ववियुको आन्दोलनको बलमा त्यस्तो प्रतिबन्ध हट्यो । म जनकपुरको रारा बहुमुखी क्याम्पसमा पढ्थेँ । सम्भवतः पहिलोचोटि अनेरास्ववियुबाट स्ववियू चुनाव लडेर सबैभन्दा धेरै मत ल्याएर मैले सदस्यमा जितेको हुँ । त्यसपछि कीर्तिपुरमा बीएड पढ्न आएँ । त्यसबेलासम्म म झापा संघर्षबाट आएका साथीहरूसँग जोडिइसकेको थिएँ । त्यही संघर्षबाट प्रभावित भएर बनेको कोअर्डिनेसन केन्द्र (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी) मा म आबद्ध भएँ ।

    २०३२ सालको जेठमा कोअर्डिनेसन केन्द्रको गठन भएको हो । गठन हुँदाको कार्यक्रममा म उपस्थित थिइनँ । संगठनमा म नयाँ नै थिएँ । २०३३ सालमा म केन्द्रको सदस्य बनेँ । त्यसबेला उमेरले २३ वर्ष लागेको थिएँ । केन्द्रका संस्थापक महासचिव सीपी मैनाली जेलमा हुनुहुन्थ्यो । झलनाथ खनाललाई कार्यवाहक महासचिव तोकिएको थियो ।

    तेस्रो सम्मेलनको आयोजना

    २०३३ सालको चैतमा सीपी मैनाली नख्खु जेल ब्रेक गरेर निस्किनुभयो । त्यसपछि पार्टीको सम्मेलन गर्नुपर्ने भयो । मेरो कार्यक्षेत्र धनुषा जिल्लाको ठेरा कचुरी भन्ने गाउँमा सम्मेलन गर्ने निर्णय भएको थियो । त्यसैले सम्मेलनको आयोजना र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी मलाई दिइयो ।

    यो मेरो राजनीतिक जीवनको पहिलो ठूलो चुनौती थियो । म आफैं भूमिगत अवस्थामा थिएँ । २०३२ साल वैशाखबाट भूमिगत भएर हिँडेको म १५ वर्षपछि २०४७ साल जेठ १० गते तत्कालीन नेकपा मालेको आमसभामार्फत खुल्ला भएको हुँ । त्यसबेला भूमिगत अवस्थामा परिवार, नातागोता, इष्टमित्र कसैसँग भेटघाट र सम्पर्क हुन्थेन । न त हामी भारतमा नै आश्रय लिन पुगेका थियौं । देशभित्रै, नेपाली जनताकै घरमा आफूलाई लुकाएर राजनीतिक संघर्ष अगाडि बढाएका थियौं ।

    खैर, पार्टीले दिएको जिम्मेवारीलाई मैले अत्यन्तै संवेदनशीलताका साथ निभाएँ । २०३५ साल साउन ४ देखि ९ गतेसम्म तेस्रो सम्मेलन आयोजना भएको थियो । यो सम्मेलन मेरो राजनीतिक जीवनका लागि मात्र नभएर पार्टी जीवनमा पनि अविस्मरणीय छ । पहिलोपटक कोअर्डिनेसन केन्द्र (कोके) गठन गर्दाको भेलालाई पहिलो सम्मेलन भनिएको रहेछ । बीचमा एउटा सानो मिटिङ राखेर दोस्रो भनिएछ । मैले आयोजना गरेको तेस्रो सम्मेलन चाहिँ वास्तविक सम्मेलन थियो ।

    सम्मेलन आयोजना भएको स्थान हाम्रो जनआधारित क्षेत्र थियो, जहाँ राजनीतिकरूपमा सचेत श्रमजीवी र भूमिहिनहरू बस्थे । त्यसबेला पार्टीमा एकातिर नख्खु जेल ब्रेक गरेर आउने सीपी मैनालीहरू थिए भने अर्कोतिर मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित लगायतको मुक्तिमोर्चा समूह थियो ।

    एउटा क्रान्तिकारी संगठन निर्माण भएर नयाँ झिल्का निस्किदै थियो । उज्यालो छर्दै थियो । हामी केही जिल्लामा मात्रै थियौं । तर, नयाँ तरंग ल्याउन सफल भएका थियौं । नख्खु जेल ब्रेक भएकाले त्यसै तरंग थियो । मुक्तीमोर्चा समूहका नेताहरू मिसिँदा अर्को हलचल भयो ।

    पुलिस प्रशासन खोजीमा हामी थियौ नै । टाउकोमा इनाम ठोकिएका नेताहरू थिए । मदन भण्डारीलाई मोरङका इटहरीमा गएर दुई दिन पर्खेर रिसिभ गरिएको थियो । म आफैं भारतको मोजफ्फरपुरमा गएर मोदनाथ, जीवराज, प्रदीप नेपाललगायतलाई रिसिभ गरेर ल्याएको थिएँ । हामी बोर्डरसम्म आइसकेपछि पैदल नै हिँडेर कार्यक्रम स्थलसम्म पुगेका थियौं ।

    त्यो सम्मेलनमा हामीलाई स्थानीय जनताले साथ दिएका थिए । जनताबाटै खाद्यान्नहरू संकलन भयो । पार्टी सचिवालयसँग सम्बन्धित कामहरूमा बाहेक अरु खर्च नगण्य नै थियो । व्यवस्थापकीय हिसाबले हेर्दा अहिलेको महाधिवेशन र त्यस सम्मेलनको कुनै तुलना हुँदैन ।

    त्यो बेलाको बैचारिक लडाइँ पनि कम्ति पेचिलो थिएन । कोकेलाई उग्रवामपन्थताबाट मुक्त गर्नुपर्छ भन्ने एकथरि विचार थिए । भारतको नक्सलाइटको सिको गरेर मात्र हुँदैन आफ्नो मौलिकता चाहिन्छ भन्ने धारणा यस पक्षको थियो । अर्कोथरि नेताहरू पार्टी दक्षिणपन्थी भयो र क्रान्तिक्रारी लाइन छोड्यो भनेर असन्तुष्ट हुनुहुन्थ्यो ।

    यसप्रकार दुई विपरित ध्रुवबाट पार्टी हेडक्वाटरमा गोलावारी भयो । त्यसलाई प्रतिवाद गरेर कोअर्डिनेसन केन्द्रलाई मझधारमा कायम राखियो । पार्टीले सुधारको लाइन लियो ।

    सीपी मैनालीको विस्थापन

    तत्कालीन समयमा हाम्रा पार्टीको नेतृत्व सीपी मैनालीले सम्हाल्नुभएको थियो । त्यसबेला उहाँको छवि कुनै दन्त्यकथाको राजकुमारभन्दा कम थिएन । वायूपंखी घोडा चढेर तरबार चलाउँदै दुश्मनहरू ढाल्दै हिँड्ने राजकुमारजस्तो । खानदानी परिवारको सदस्य, एसएलसीको बोर्डमा आएको, आकर्षक र प्रभावशाली व्यक्तित्व, जेल ब्रेकको अगूवाइ गरेको आदि कारणले पार्टीबाहिर उहाँको ‘करिस्म्याटिक’ खालको छाप थियो ।

    तर, पार्टीभित्र चाहिँ उहाँले आफ्नो प्रभाव गुमाउँदै जानुभयो । पार्टीको आकार ठूलो हुँदै जाँदा यसलाई आफ्नो पकडमा राख्ने नेतृत्व क्षमता उहाँमा रहेन । सबैले आफूले भनेको मानिदिउन् भन्ने सोच्ने, तर अरुलाई विश्वासमा लिन नसक्ने । यसले गर्दा सीपी मैनाली कमजोरमात्र हुनु भएन, केन्द्रीय समितिमा नितान्त एक्लो हुन पुग्नुभयो । अरु सबै केन्द्रीय सदस्य एकातिर उहाँ अर्कोतिर ।

    तर, समस्या के भने पार्टीमा सीपीको विकल्पमा को भन्ने प्रश्नको उत्तर थिएन । उहाँको जस्तो हाइट अर्को कुनै नेताले बनाउन नसकेको अवस्था थियो । मदन भण्डारी पनि त्यो बेलासम्म सीपीको उचाइमा पुग्नुभएको थिएन ।

    आज म एमालेको चौंथो महाधिवेशन पनि सम्झिरहेको छु । नेपालमा प्रजातन्त्र आउनुअअघि २०४६ साल भदौमा यो महाधिवेशन सिराहाको एउटा गाउँमा भएको थियो । राजमार्गभन्दा उत्तर डेढ-दुई घन्टा दूरीमा पर्ने त्यो गाउँ मेरो कार्यक्षेत्र अन्तर्गत पर्थ्यो । त्यसैले महाधिवेशनको मुख्य व्यवस्थापन समूहमा म पनि थिएँ ।

    यस्तो पृष्ठभूमिमा मालेको केन्द्रीय समितिको सातौं वैठक अति महत्वपूर्ण थियो, जसको आयोजना र व्यवस्थापन मैले गरेको थिएँ । यो वैठक २०३९ सालको असोज महिनामा भएको हो । भूमिहीन किसानको बस्तीमा मै आयोजना गरिएको थियो । त्यस बैठकमा सीपी मैनालीले महासचिवबाट राजीनामा दिनुभयो । र, उहाँको ठाउँमा झलनाथ खनाललाई महासचिव बनाइयो ।

    सीपीले त्यसबेला पार्टीले कारवाही गरेर आफूलाई हटाएको बताउने गर्नुभएको छ । तर, त्यस्तो होइन । पार्टीभित्रको आलोचना र विरोध थाम्न नसकेपछि उहाँ आफैंले राजीनामा दिनुभएको थियो । यो घटनाले वास्तवमा नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो महत्व राख्छ । यसले तत्कालीन भूमिगत पार्टी मालेभित्र विभाजनको तरंग ल्याइदिएको थियो ।

    चौथोदेखि नवौं महाधिवेशनसम्म

    आज म एमालेको चौंथो महाधिवेशन पनि सम्झिरहेको छु । नेपालमा प्रजातन्त्र आउनुअअघि २०४६ साल भदौमा यो महाधिवेशन सिराहाको एउटा गाउँमा भएको थियो । राजमार्गभन्दा उत्तर डेढ-दुई घन्टा दूरीमा पर्ने त्यो गाउँ मेरो कार्यक्षेत्र अन्तर्गत पर्थ्यो । त्यसैले महाधिवेशनको मुख्य व्यवस्थापन समूहमा म पनि थिएँ ।

    त्यही महाधिवेशनबाट एमालेमा मदन भण्डारीको जबरजस्त उदय भएको हो । उहाँ पार्टीको महासचिव छानिनुभयो । उहाँलाई कसैले चुनौति नै दिन सकेन । सीपी मैनाली कमजोर भइसक्नुभएको थियो ।

    त्यस महाधिवेशनका तीनवटा पक्ष महत्वपूर्ण छन् । नेपालमा विभिन्न साना-ठूला कम्युनिष्ट समूहको मोर्चा बन्नुपर्छ भन्ने अवधारणा त्यस महाधिवेशनबाट पास गरियो । राजाको निदर्लीय निरंकुश व्यवस्थाको विरुद्धमा सम्भव भएसम्म सबै शक्तिसँग मिलेर जानुपर्छ भन्ने लाइनमा माले उभियो । त्यस क्रममा राजतन्त्रको साझा सत्रुविरुद्ध प्रतिस्पर्धी पार्टी कांग्रेससँग मिलेर जाने नीति पारित गरियो ।

    तेस्रो, चाहिँ हामीले त्यही महाधिवेशनबाट बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्थालाई पहिलोपटक अंगिकार गर्‍यौं । सोही सैद्धान्तिक प्रस्तावना २०४९ सालको पाचौं राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलिय जनवादका रूपमा विकसित भएको हो । पाँचौं महाधिवेशनमा मदन भण्डारी फेरि भारी मतले महासचिव निर्वाचित हुनुभयो । त्यही महाधिवेशनमार्फत पार्टीको न्यूनतम कार्यक्रमका रूपमा जबज विधिवत पारित भयो ।

    पाचौं महाधिवेशन काठमाडौंमै भएको थियो । प्रजातन्त्र आइसकेको हुँदा भूमिगत व्यवस्थाजस्तो चुनौती थिएन । जनसंगठनहरू सबै परिचालित गरिएका थिए । म काठमाडौंको काम हेर्थेँ । तर पहिलेजस्तो व्यवस्थापनको गह्रुंगो जिम्मेवारी जिम्मवारी भएन ।

    २०५० साल जेठ ३ मा दासढुंगा दुर्घटना भएपश्चात माधव नेपाल महासचिव मनोनीत बन्नुभयो । छैटौं महाधिवेशन नेपालगञ्जमा भयो । त्यसले माधव नेपाललाई महासचिव छनोट गर्‍यो । जनकपुरमा भएको सातौं महाधिवेशनबाट पनि उहाँ नै महासचिव रहनुभयो । आठौं बुटबलमा र नवौं काठमाडौंमा भयो । दसौं अब चितवनमा हुन गइरहेको छ ।

    विगतका महाधिवेशनको स्मृतिपछि पोखरेलसँग भोलिबाट सुरू हुन गइरहेको दसौं महाधिवेशनका सन्दर्भमा गरिएको वार्तालापः

    -पार्टीको सुरूआती महाधिवेशन र पछिल्ला महाधिवेशनहरूलाई तुलना गरी हेर्दा व्यवस्थापकीय हिसाबले ज्यादै भड्किलो भएको र क्रान्तिकारी धार भुत्ते हुँदै गएको महसुस हुँदैन ?

    हिजो र आजको काम गर्ने तौरतरिका अवश्य पनि फरक हुन्छ । त्यो स्वाभाविक हो । प्रविधिमा आएको परिवर्तन र भौतिक सुविधाहरूलाई हामीले पनि आत्मसात् गर्नैपर्छ । हिजो पैदल हिँडेर जाने ठाउँमा आज मोटरमा गइन्छ वा जहाजमा गइन्छ । क्रान्तिकारी हुने भनेर पैदल नै हिँड्ने कुरा हुँदैन ।

    माधव नेपालले १५ वर्ष अविच्छिन्न रूपमा पार्टी हाँक्नुभयो । तर, केपी ओली सर्वोच्च पदमा पुग्नुभएको थिएन । उहाँले पनि त जाँचिने मौका पाउनुपर्‍यो । मैले माधव नेपाललाई पनि यही कुरा भनेँ । उहाँलाई पनि जाँचिने मौका दिउँ । राम्रो गर्नुभयो भने पार्टीलाई र देशलाई पनि फाइदा हुन्छ । ह्वाइ नट वान्स भनेर एकदमै जोडतोडले लागेको हो । केपी ओली स्टेचरमा बसेर भए पनि यो पार्टीको प्रमुख बन्नुपर्छ भन्ने मान्छे हौं हामी ।

    हिजो झोलाझोलामै अफिस हुन्थे । सीपी मैनालीले जेल तोडेर आउनुभएपछि काठमाडौंमा साथीहरूको डेरालाई अफिसको रूपमा प्रयोग गर्न थालियो । उहाँ केही दिन एउटा साथीकोमा, फेरि अर्को साथीकोमा सर्दै जाँदा अफिस पनि उहाँसँगै सर्थ्यो । महासचिव जहाँ बस्यो, त्यहीँ यसो चाँजोपाजो मिलायो ।

    अब अहिलेको कुरा गर्दा सुविधासम्पन्न पार्टी कार्यालय छ । मोबाइल, इन्टरनेटका सुविधाहरू छन् । यस्ता सुविधाहरूले हाम्रो कामगराइलाई अझ प्रभावकारी र छरितो बनाउने हुन् । यसलाई बुर्जुवाकरण भएको भन्न मिल्दैन ।

    – तपाईंको व्यक्तिगत कुरा गर्दा हरेक महाधिवेशनमा तपाईंले संस्थापन पक्षलाई साथ दिनुभएको देखिन्छ । कतिपयले यसलाई शक्तिको भक्ति गरेको अर्थमा लिएर आलोचना पनि गर्छन् । यो संयोग मात्रै हो वा संस्थापनसँग नजिक हुने तपाईंको प्रवृत्ति हो ?

    पार्टीमा संस्थापन कहाँ छ भनेर म खोज्दै जान्न । म जहाँ सही ठानेर उभिन्छु, त्यो संस्थापन भएको छ । यसलाई संयोग भन्नुस् वा जे भन्नुस् । आधिकारिक नेतृत्व जो हो त्यसलाई त सबैले मान्नैपर्छ । हिजो सीपी मैनाली, झलनाथ खनाललाई मानियो । मदन कमरेड आएपछि उहाँलाई मानियो । त्यसपछि माधव नेपाललाई पनि डटेर साथ दिएकै हो । पछिल्लो महाधिवेशनमा केपी ओलीको पक्षमा दृढतापूर्वक उभिएँ । म जहाँ उभिन्छु, त्यो संस्थापन बन्छ भने त्यो मेरा लागि सुखद कुरा नै हो ।

    – नवौं महाधिवेशनमा किन केपी ओलीतिर लाग्नुभयो ?

    केपी ओली झापा संघर्षबाट पैदा भएको नेता हो । माधव नेपालले १५ वर्ष अविच्छिन्न रूपमा पार्टी हाँक्नुभयो । तर, केपी ओली सर्वोच्च पदमा पुग्नुभएको थिएन । उहाँले पनि त जाँचिने मौका पाउनुपर्‍यो । मैले माधव नेपाललाई पनि यही कुरा भनेँ । उहाँलाई पनि जाँचिने मौका दिउँ । राम्रो गर्नुभयो भने पार्टीलाई र देशलाई पनि फाइदा हुन्छ । ह्वाइ नट वान्स भनेर एकदमै जोडतोडले लागेको हो । केपी ओली स्टेचरमा बसेर भए पनि यो पार्टीको प्रमुख बन्नुपर्छ भन्ने मान्छे हौं हामी ।

    – तपाईं स्वयम् पनि त पार्टीको पुरानो र संस्थापक नेतामा पर्नुहुन्छ । आफैं प्रमुख भएर पार्टी हाँक्ने लक्ष्य किन राख्नु भएन ?

    यसमा दुईवटा कुरा हुन्छ । एउटा तत्काल आफूसँग केन्द्रित विषयहरू हुन्छन् । मैले पाउँछु कि पाउँदिन भन्ने । अर्को चाहिँ केन्द्रीय राजनीतिको दिशा हुन्छ । देशको केन्द्रीय राजनीतिलाई कसरी र कसले निर्देशित गर्ने भन्ने पक्षबाट हेर्नुपर्छ । मैले कहिले पनि आफूलाई केन्द्रमा राखेर सोचिनँ । आफूलाई धुरी मानिनँ । म पार्टीको लागि, आन्दोलनका लागि अधिकतम कसरी उपयोग हुनसक्छु भन्ने मात्रै मेरो चिन्ता रह्यो । व्यक्तिगतरूपमा मलाई कति कम्फर्टेबल भयो, भएन भन्ने महत्वपूर्ण होइन । केन्द्रीय महत्वको अभियानमा म सही ठाउँमा छु कि छैन भन्ने महत्वपूर्ण कुरा हो मेरा लागि ।

    के देखियो भने केपी ओली एमालेका लागि मात्रै नभएर देशको लागि आवश्यक हुनुभयो । यतिबेला केपी ओलीको अनुपस्थितिमा मुलुकको राजनीतले सही दिशा लिनसक्ने अवस्था देखिँदैन ।

    जिम्मेवारीको कुरा गर्दा ३३ सालमा कोअर्डिनेसन केन्द्रको सदस्य भएँ । ३५ सालमा माले बन्यो । त्यसको केन्द्रीय सदस्य भएँ । ४७ सालमा एमाले बन्दा त्यसको पनि केन्द्रीय सदस्य भएँ । त्यसयता पाचौं, चौंथो, छैटौं, सातौ, आठौं, नवौंसम्म केन्द्रीय सदस्य रहेँ । केन्द्रीय कार्यालयको, सचिवालयको, संगठन विभागको प्रमुख भएँ । दुईपटक महासचिव भएँ । अब तेस्रोपटक महासचिव हुन्नँ ।

    कति सफल भएँ भन्ने अलग्गै विश्लेषणको पाटो हो, तर इमान्दारीतापूर्वक जिम्मेवारी निभाउने प्रयास गरेको छु । आफ्नो इमानमा प्रश्न उठ्ने ठाउँ मैले कहिले पनि छोडिनँ । मेरो योग्यता थोरै हुन सक्छ, तर इमान थोरै हुन दिइनँ । यसर्थ अहिलेसम्म पाएको जिम्मेवारी र कार्यसम्पादनमा खुसी छु । अझै भनेअनुसार गर्न पाइएन भन्ने त लाग्छ । तर, इमान छाडेको छैन भन्नेमा गर्व लाग्छ । उद्देश्यप्रति समर्पित हुनुपर्‍यो । पद मुख्य होइन । यो विषयलाई म एकदम इजी लिन्छु । जहिलेसम्म सक्छु, आन्दोलनको पक्षमा, पार्टीको पक्षमा दृढतापूर्वक उभिन्छु ।

    – यो महाधिवेशनमा अध्यक्ष उठौं भन्ने चाहना कहीँ कतै मनमा आएन ?

    मैले दुईवटा कुरा गरेको थिएँ । यतिबेला राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान म कहाँ उभिदा राम्रो हुन्छ भन्ने निर्णय लिने हो । दोस्रो, पहिले नै म अध्यक्ष वा यो भनेर घोषणा गर्नु पनि उचित होइन । सल्लाह, परामर्शमा हुने हो । मलगायत हाम्रो नेतृत्वमा रहेका साथीहरू परिस्थितिले जुनसुकै जिम्मेवारी पनि योग्यतापूर्वक बहन गर्न सक्छौं । ममात्रै होइन अरु साथीहरू पनि हुनुहुन्छ । हाम्रो पार्टीमा नेतृत्वको हानाथाप छैन ।

    – पार्टी संस्थापनलाई दरिलो साथ दिँदा दिँदै पनि पछिल्लो समय तपाईंलाई संस्थापनबाटै किनारामा पार्ने श्रृंखलाबद्ध घटनाहरू देखिन्छन् । तपाईं स्वयम्ले त्यस्तो महसुस गर्नुभएको छ कि छैन ?

    बाहिरबाट हेर्दा, देख्दा, सुन्दा कस्तो लाग्छ थाहा भएन । म एकतर्फी हिसाबले गन्तव्यतर्फ हिँडिरहेको हुन्छु । मैले आफ्नो गन्तव्य हेरेर हिँड्नुपर्छ । आन्दोलनमा लाग्दा कतिपय गाँसिएका प्रश्नहरू आउँछन् । कतिपय प्रश्नको उत्तर भविष्यले दिन्छ । त्यहीबला उत्तर खोजिरहनुपर्दैन । मेरो बारेमा किन भनेर बहस गर्न चाहन्नँ । आफ्नो उद्देश्यप्रति एकटकले समर्पित भएर हिँडिरहनुपर्‍यो । क्षमता, क्रियाशिलता रहुञ्जेल त्यही लक्ष्य रहन्छ मेरो ।

    – पार्टीमा लामो समयदेखिका सहयात्रीहरू माधव नेपाल, झलनाथ, वामदेव लगायतहरू यो महाधिवेशनमा छुट्नुभएको छ । उहाँहरू कत्तिको मिस हुनुहुनेछ ?

    उहाँहरू गलत बाटोमा हिँड्नुभयो । आन्दोलनमा लागेका साथीहरू अलग्गिँदा नोक्सानै हुन्छ । उहाँहरू झन् सुरूदेखिका साथीहरू हो, अलग हुनुभएकोमा दु:ख नै लागेको छ । तर, उहाँहरूले एउटा अत्यन्त गलत बाटो समात्नुभो । उहाँहरूभित्रको इमानले उहाँहरूलाई चिमोटिरहनेछ । जुन तरिका र रवैया अपनाएर जानुभयो, त्यसले अहिलेसम्म गरेको योगदानलाई ठूलो नोक्सानी पुर्‍याउने देख्छु ।

    – भविष्यमा फेरि सँगै हुन सक्ने झिनो सम्भावना देख्नुहुन्छ ?

    तत्काल त्यो सम्भावना देख्दिनँ । तर, राजनीतिमा सम्भावनाका ढोकाहरू खुल्ला नै हुन्छन् ।

    – अहिलेको बिन्दुबाट फर्केर हेर्दा एमालेको सबैभन्दा राम्रो समय वा भनौं ‘स्वर्णकाल’ का रूपमा कुन अवधिलाई लिनुहुन्छ ?

    एमाले पार्टीको अग्रगति र प्रगति निरन्तर छ । तर, जुन उचाइमा अग्रगति छ त्यही उचाइमा चुनौती पनि छन् । जबितेलादेखि मदन भण्डारीले एमालेमा नेतृत्वदायी भूमिका खेल्न थाल्नुभयो, हामीले धेरै सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरूको उत्तर दिँदै अगाडि बढ्यौं । त्यो एउटा महत्वपूर्ण कालखण्ड थियो । ०४६ सालको जनआन्दोलनमा वाममोर्चा बनाउने कुरा, कांग्रेससँग कार्यगत एकता गर्ने कुरा, बहुदलीय जनवादलाई आत्मसात् गर्ने कुरा पार्टी जीवनमा अत्यन्त महत्वपूर्ण छन् । त्यो बेलाको चुनावमा एकैपटक सेकेन्ड लार्जेस्ट पार्टी भएर आयौं । चानचुने सफलता थिएन त्यो ।

    माधव, झलनाथ, वामदेव लगायतका नेताहरू गलत बाटोमा हिँड्नुभयो । आन्दोलनमा लागेका साथीहरू अलग्गिँदा नोक्सानै हुन्छ । उहाँहरू झन् सुरूदेखिका साथीहरू हो, अलग हुनुभएकोमा दु:ख नै लागेको छ । तर, उहाँहरूले एउटा अत्यन्त गलत बाटो समात्नुभो । उहाँहरूभित्रको इमानले उहाँहरूलाई चिमोटिरहनेछ ।

    त्यसपछि सम्झिनुपर्दा हामीले चलाएको पहिलो ९ महिने सरकार पनि अविस्मरणीय छ । संसारमा कम्युनिष्टहरू सरकारमा गएपछि बदनाम हुन्छन् भन्ने धारणा थियो । तर, हामीले लोकप्रिय सरकार चलायौं । छोटो समयमा हामीले केही उल्लेख्य कामहरू गर्यौं । पछिल्लो समयमा चुनौती आएका छन् । अहिले चुनौतीको सामना गर्ने हिसाबले अगाडि बढ्दैछौं ।

    – एमालेको अबका मुख्य चुनौती के हुन् ?

    वास्तवमा जेठ ३ को एकतापछि पार्टीमा विश्रृंखलता आयो । विचारमा, संगठनमा, नेतृत्वमा विश्रृंखलता आए । त्यसले सबैतिर पार्टी देखिने तर कहीँ पनि नभेटिने खालको अवस्था बन्यो । अब विचारमा ‘कन्सोलिडेट’ गर्नुपर्ने आवश्यकता छ । त्यसको प्रारम्भ भइसकेको छ । एकै दिन वडा अधिवेशन, एकै दिन पालिका अधिवेशन गर्‍यौं । निर्धारित समयमा विधान महाधिवेशन गर्यौं र दसौं राष्ट्रिय महाधिवेशन तोकिएको मितिमा गर्दैछौं । एमालेको कतै जुइना खुस्केको, किलाकाँटा खुस्केको छ, त्यसलाई कस्दैछौ । अझै प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित हुनेछौं ।

    – यो महाधिवेशनबाट केपी ओली अध्यक्षमा दोहोरिने निश्चितजस्तो देखिएको छ । के उहाँको नेतृत्व निर्विकल्प हो एमालेका लागि ?

    के देखियो भने केपी ओली एमालेका लागि मात्रै नभएर देशको लागि आवश्यक हुनुभयो । यतिबेला केपी ओलीको अनुपस्थितिमा मुलुकको राजनीतले सही दिशा लिनसक्ने अवस्था देखिँदैन ।

    – महासचिव फेरि हुन्न भनिसक्नुभयो । अब तपाईंको उम्मेदवारी चाहिँ बरिष्ठ उपाध्यक्षमा हो ?

    हामीले कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने गरी विधान बनाएका छौं । त्यसैले म तेस्रोपटक महासचिव हुने कुरा आएन । चाहना पनि छैन । अरु कुरामा सल्लाह/परामर्श भइरहेको छ । पार्टी अध्यक्ष र अन्य साथीहरूको परामर्शमा उचित निर्णय लिनेछु ।

  • केन्द्रीय सदस्यमा हरि राईको दाबी, भन्छन्- सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी (भिडिओ)

    केन्द्रीय सदस्यमा हरि राईको दाबी, भन्छन्- सबल र सक्षम एमालेका लागि मेरो उम्मेदवारी (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका युवा नेता हरिबहादुर राईले १०औं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिकाका राईले आदिवासी जनजाति कोटाबाट उम्मेदवारी दिने बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठानिकरूपमा सबल र सक्षम बनाउन आफ्नो उम्मेदवारी भएको बताए । केन्द्रीय सदस्यमा दाबी पेस गर्नुको आधारबारे राईले भने, ‘मेरो जिन्दगी नै पार्टी निर्माण र समाज परिवर्तनमा समर्पित गरेको छु । विद्यार्थी, युवा हुँदै अहिले पार्टी केन्द्रीय कमिटीमा पनि छु । यीनै अनुभवलाई संगाल्दै राजनीतिक परिवर्तन संस्थागत गर्न सशक्त एमालेका लागि मेरो उम्मेदवारी हो ।’

    २०३९ सालबाट विद्यार्थी राजनीति सुरू गरेका राईले २०४० सालमा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिएका थिए । उनी २०४२ मा अनेरास्ववियु प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए ।

    २०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए । २०६५-२०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे ।

    २०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए ।

    राई एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक सदस्यमा निर्वाचत भए । हाल उनी एमाले केन्द्रीय सदस्य छन् ।

  • चितवन जोड्ने सडकमा एमाले प्रतिनिधिको लर्को (तस्बिरहरू)

    चितवन जोड्ने सडकमा एमाले प्रतिनिधिको लर्को (तस्बिरहरू)

    चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरू हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि तथा कार्यकर्ता चितवन आउनेक्रम हिजो-अस्तिदेखि नै जारी छ ।

    भोलि नारायणी किनारमा हुने उद्घाटन समारोहमा ५ लाखभन्दा बढी उतार्ने एमालेले बताएको छ । चितवन आउने चारैतिरका सडकमा प्रतिनिधिका गाडीको लर्को भेटिन्छ । बाटोबाटोमा स्वागतद्वार राखिएका छन् ।

    अधिकांश शीर्ष नेताहरू हिजो नै चितवन पुगेका छन् । अध्यक्ष केपी शर्मा ओली केही बेरअघि पुगेका छन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • मदनलाई झलनाथले बोल्न नदिएको त्यो महाधिवेशन

    मदनलाई झलनाथले बोल्न नदिएको त्यो महाधिवेशन

    इटहरी । २०४७ पुष ११ गते राजधानीको पानोरमा होटलमा एक औपचारिक पत्रकार सम्मेलनबाट तत्कालीन मदन भण्डारीले नेतृत्व गरेको नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (मार्क्सवादी) बीच एकीकरण घोषणा भयो । एकीकृत पार्टीको नाम राखियो नेकपा (एमाले) ।

    नेपाल कम्युनिष्ट पार्टीका प्रथम निर्वाचित महासचिव अधिकारी र नेकपा (माले) को भूमिगत महाधिवेशनबाट उदाएका चुम्बकीय व्यक्तित्व मदन भण्डारीको एकताले राष्ट्रिय तरंग ल्याएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ता र नयाँ पुस्ताको मिलनले समग्र कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशानिर्देश गर्‍यो । एकीकृत पार्टीमा अधिकारी सम्मानित अध्यक्ष भए भने भण्डारी शक्तिशाली महासचिव बने ।

    २०४८ सालमा भएको नेपालको इतिहासकै दोश्रो संसदीय चुनावमा दुई पार्टी एकिकरणको देखिनेगरी प्रभाव पर्‍यो । कांग्रेसलाई बलियो टक्कर दिएको एमालेले २०५ निर्वाचन क्षेत्रमध्ये ६९ सिट जित्दै दोश्रो ठूलो पार्टी बन्यो । २०१५ सालमा चार सिट जितेर नेपाली कांग्रेस (७४ सिट), गोरखा परिषद् (२० सिट) र संयुक्त प्रजातान्त्रिक मोर्चा (५ सिट) पछिको चौथो ठूलो दल भएको कम्युनिष्ट पार्टीको लागि एक खाले छलाङ नै थियो ।

    त्यो चुनावमा एमालेका महासचिव भण्डारीले त्यसबेलाका लोकप्रिय प्रधानमन्त्री कांग्रेस उम्मेदवार कृष्णप्रसाद भट्टराईलाई काठमाडौंबाट चुनाव हराएका थिए । यो भिडन्तले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । लस एन्जलस टाइम्सदेखि न्यूजविकसम्मले समाचार लेखेका थिए । न्यूज विकले छापेको मदन भण्डारीको अन्तर्वार्ता अझैसम्म चर्चामा छ ।

    सभामा उपस्थित भएका कार्यकर्ताले होहल्ला गरे पनि मदनले बोल्न पाएनन् । मदनले कार्यक्रममा देखिने गरी असन्तुष्टि जनाएनन् । उसो त झलनाथ खनाल आफू हर्ताकर्ता हुँदा प्रतिस्पर्धी नेताहरूलाई पेल्न पहिलेदेखि नै खप्पिस थिए । उनले २०३९ सालमा तत्कालीन माले महासचिव सिपी मैनालीलाई हटाएर आफैं महासचिव भएका थिए ।

    एमाले बनेपछि पहिलो महाधिवेशन भयो २०४९ माघ १४ देखि २० सम्म । महाधिवेशनको खुल्ला सत्र दशरथ रंगशालामा र बन्दसत्र काठमाडौं कमलादीको प्रज्ञा प्रतिष्ठानको सभाहलमा भयो । जनआन्दोलनपछिको आम निर्वाचनको दोस्रो ठूलो दल, संसदको प्रमुख प्रतिपक्षी एमालेको प्रथम खुल्ला तथा पाँचौ महाधिवेशनको चासो धेरैमा थियो ।

    २०४९ माघ १४ गते मध्यान्ह दशरथ रंगशालामा झण्डोत्तोलन गरेर प्रथम खुल्ला महाधिवेशनको खुल्ला सत्र सुरू भयो । साहना प्रधानले अध्यक्षता गरेको विशाल खुल्लासभाको उद्घोषक थिए नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य झलनाथ खनाल । रुस, चीन, भारतदेखि उत्तर कोरियासम्मका प्रतिनिधिहरू सामेल भएको महाधिवेशनको खुल्ला सत्रमा मदन भण्डारीलाई उद्घोषक झलनाथले बोल्न पालो दिएनन् ।

    सभामा उपस्थित भएका कार्यकर्ताले होहल्ला गरे पनि मदनले बोल्न पाएनन् । मदनले कार्यक्रममा देखिने गरी असन्तुष्टि जनाएनन् । उसो त झलनाथ खनाल आफू हर्ताकर्ता हुँदा प्रतिस्पर्धी नेताहरूलाई पेल्न पहिलेदेखि नै खप्पिस थिए । उनले २०३९ सालमा तत्कालीन माले महासचिव सिपी मैनालीलाई हटाएर आफैं महासचिव भएका थिए ।

    बहुदल घोषणा भएको भोलिपल्ट काठमाडौंको टुँडिखेलमा २०४६ चैत २७ का दिन भएको सर्वदलीय सभामा समेत झलनाथले जोरजुलुम गरेका थिए । तत्कालीन मालेको खुला मोर्चा सम्हालेका राधाकृष्ण मैनाली संयुक्त सभामा बोल्न मञ्चमा थिए । तर, उनलाई मञ्चबाट थुतेकै शैलीमा निकालियो । र, बोल्न पुगे झलनाथ खनाल ।

    सिपी मैनाली प्रकरणले खासै कार्यकर्ता तहमा आक्रोश ल्याएन । मदन भण्डारीलाई निषेध गर्दा भने आक्रोश सतहमा देखिएको थियो । २०४९ माघ १५ गते बन्दसत्रको हलमा प्रवेश गरेका प्रतिनिधिहरूले अध्यक्षमण्डलले मदन भण्डारीलाई बोल्न नदिएकोमा माफी माग्न लाए । माफी नमागेसम्म ७९६ प्रतिनिधि र ४५० पर्यवेक्षक भएको हल प्रतिनिधिले चल्न नदिएको मदन भण्डारीको जीवनी समेटिएको ‘श्वेतशार्दूल’ पुस्तकमा लेखक रमेश रुछेन राईले उल्लेख गरेका छन् ।

    पुस्तकका अनुसार यस्तो हल्लाको नेतृत्व गर्ने नेता थिए कपिलवस्तुबाट आएका प्रतिनिधि वेदुराम भुषाल । अध्यक्षमण्डलले माफी मागेपछि भने सभा सुचारु भएको थियो ।

    लोकतान्त्रिक विधिबाट विचार छान्न चुनाव भयो । चुनावमा अरु सबैको विचारमा आएको मतभन्दा झण्डै साढे तीन गुणा धेरै मत मदनको पक्षमा आयो । जनताको बहुदलीय जनवाद (जबज) ले ५४१ मत पाउँदा परिमार्जित नौलो जनवाद, नौलो जनवाद र सामाजिक जनवादले क्रमशः १०१, ५५ र ० मत पाए । महाधिवेशनको हलबाट आफ्नो समर्थनको विचार फेल खाएपनि झलनाथ खनालले जबजसँग आफ्नो असन्तुष्टि देखाइरहे । उनले भन्ने गरेको ‘दक्ष प्रजापतिको टाउको’ वाला टिप्पणी अझै पनि बेलाबेला चर्चा गरिन्छ ।

    भाषणमा मदनलाई निषेध गर्ने खनालले विचारमा भने निषेध गर्न सकेनन् । वैचारिक प्रतिस्पर्धामा भने खनाल भण्डारीसँग नराम्रोसँग हार खाए । भण्डारीले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवाद’, सिपी मैनालीले झलनाथ खनालदेखि साहना प्रधानको समर्थनमा ल्याएको ‘परिमार्जित नौलो जनवाद’, मोहनचन्द्र अधिकारीले प्रस्तुत गरेको ‘नौलो जनवाद’ र रघु पन्तले प्रस्तुत गरेको ‘सामाजिक जनवाद’ हलमा पुग्यो । कुनैमा सर्वसम्मत हुन सकेन ।

    लोकतान्त्रिक विधिबाट विचार छान्न चुनाव भयो । चुनावमा अरु सबैको विचारमा आएको मतभन्दा झण्डै साढे तीन गुणा धेरै मत मदनको पक्षमा आयो । जनताको बहुदलीय जनवाद (जबज) ले ५४१ मत पाउँदा परिमार्जित नौलो जनवाद, नौलो जनवाद र सामाजिक जनवादले क्रमशः १०१, ५५ र ० मत पाए । महाधिवेशनको हलबाट आफ्नो समर्थनको विचार फेल खाएपनि झलनाथ खनालले जबजसँग आफ्नो असन्तुष्टि देखाइरहे । उनले भन्ने गरेको ‘दक्ष प्रजापतिको टाउको’ वाला टिप्पणी अझै पनि बेलाबेला चर्चा गरिन्छ ।

    पाँचौ महाधिवेशनबाट मदनले पनि झलनाथविरुद्ध शक्ति प्रयोग गरे । उनलाई पोलिटब्यूरोमा लगिएन । अहिले जस्तो स्थायी कमिटीको अभ्यास त्यसबेला थिएन ।

    पाँचौ महाधिवेशनमा मात्रै हैन, पञ्चायतकालमा भएको चौथो भूमिगत महाधिवेशनमा समेत वैचारिक युद्धमा मदनसँग झलनाथ पछि परेका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म सिराहाको विष्णुपुरकट्टीमा भएको महाधिवेशनमा मदन भण्डारीको दस्तावेज ‘नेपाली जनवादी क्रान्तिको वर्तमान कार्यक्रम’ पारित भयो । विचारमात्रै पारित भएन, त्यही महाधिवेशनबाट मदन भण्डारी सर्वसम्मत महासचिव समेत चुनिए । त्यहि महाधिवेशनले बहुलवाद स्वीकार गर्‍यो । पञ्चायत ढाल्न संयुक्त मोर्चाको औपचारिक अवधारणा ल्यायो ।

    पाँचौ महाधिवेशनबाट मदनले पनि झलनाथविरुद्ध शक्ति प्रयोग गरे । उनलाई पोलिटब्यूरोमा लगिएन । अहिले जस्तो स्थायी कमिटीको अभ्यास त्यसबेला थिएन ।

    मदन भण्डारीले कम्युनिष्ट पार्टीको सदस्यता भने २०२९ मा मात्रै लिएका थिए । बनारसमा हुँदा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको पार्टीको तर्फबाट बलराम उपाध्यायको हातबाट उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । यसबाट पनि थाहा हुन्छ मदन भण्डारी जनतामाझ मात्रै हैन पार्टीमाझ पनि अत्यन्तै लोकप्रिय थिए ।

    व्यापक लोकप्रियताको कारण उनको पार्टीमा पनि छिटो बढुवा भयो । संसदीय मोर्चामा पनि उनकै नेतृत्वले चौथो स्थानको कम्युनिष्ट शक्ति प्रमुख प्रतिपक्षि बन्यो । अझ रोचक कुरा २०४८ सालको चुनावमा उनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नै हराएका थिए । काठमाडौं क्षेत्र नम्बर १ बाट २०४८ सालको चुनावमा उनले कृष्णप्रसाद भट्टराईलाई ७५१ मतले पराजित गरेका थिए ।

  • एमाले महाधिवेशनका लागि लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सौराहा आउँदै

    एमाले महाधिवेशनका लागि लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सौराहा आउँदै

    बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

    प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई-दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको प्रालिका प्रबन्धक रामचन्द्र भुसालले बताए ।

    ‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरुबाट बुक भएको छ,’उनले भने ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आबद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’, उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए ।

    शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले बताए ।

    लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

    त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन-तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक-एक हजार तथा रुकुमपूर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

  • एमाले महाधिवेशनः देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

    एमाले महाधिवेशनः देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

    काठमाडौं । नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ ।

    सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् ।

    महाधिवेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।

    उहाँ (प्रचण्ड) महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने-नजाने टुंगो भइसकेको छैन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

    प्रधानमन्त्री देउवाले शुभकामना दिन जाने बताइसकेका छन् । तर सत्तागठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सबै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । एमालेले अवैध ढंगले अध्यादेशमार्फत जन्माइएको पार्टीलाई मान्यता नदिएको भन्दै नेकपा एसलाई नबोलाउने यसअघि नै बताएको थियो ।

    निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् ।

  • एमाले महाधिवेशन: चितवनमा मूर्तिकार सूर्य मध्यरातले जन्माए उभिएको गैंडा !

    एमाले महाधिवेशन: चितवनमा मूर्तिकार सूर्य मध्यरातले जन्माए उभिएको गैंडा !

    चितवन । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारीसँगै नेकपा एमालेले मस्कटका रुपमा चितवनकै पहिचान एकसिंगे गैंडालाई रोजेको थियो । एक महिनाभन्दा कम समयमा गैंडाको प्रतिकात्मक मस्कट तयार गर्नु चुनौतिपूर्ण काम थियो । एमाले महाधिवेशन मूल आयोजक समितिबाटै अनुरोध आएपछि स्थानीय मूर्तिकाल सूर्य मध्यरातले त्यसलाई स्वीकार गरे । दुई महिना लाग्ने काम उनको टिमले १० दिनमै सम्पन्न गरिदियो ।

    पढेर होइन परेर मूर्तिकार बनेका माडीका यी युवाको नाम सूर्यबहादुर केसी । मध्यरात चाहिँ उनी आफैंले राखेको उपनाम । भित्तामा गोवर प्रयोग गरी भगवानका आकृत्ति कोर्दै अभ्यस्त बनेका माडी, कान्तिपुरका उनले मध्यरात उपनाम दिनुको कारण पनि रोचक छ । दिनभर मिहिनेत गरी राती अबेरसम्म बसेर मूर्तिलाई पूर्णता दिने उनको शैली छ । मध्यरातमा काम सम्पन्न गर्ने बानी परेपनि उनले आफ्नो पहिचान पनि त्यसैलाई बनाउन चाहे ।

    मध्यरातको समूहले एमालेको महाधिवेशनको उद्घाटनसत्रमा राख्न उभिएको गैंडाको प्रतिकात्मक मस्कट १० दिन लगाएर बनाएका छन् । उनलाई श्रीमती चन्द्रकला, राजेश बराल सहितका १० जनाले सहयोग गरेका छन् । ‘२ महिना लाग्ने मूर्तिलाई १० दिनमै दिनरात काम गरेर सक्यौं,’ नेपाल प्रेससँगको कुराकानीमा उनले भने, ‘यो मस्कट नदी किनारमै उपहारका रुपमा छाड्ने कुराले हामी खुसी छौं ।’

    मूर्ति बनाउनका लागि उनलाई एमाले महाधिवेशन मूल आयोजक समितिबाटै अनुरोध आएको थियो । ‘कामको चापहुँदा पनि चितवनको पहिचानका लागि पहिलो पटक मस्कट बनाउन तयार भएँ,’ उनले थपे, ‘जनावर र मानिसको स्वरुपलाई मिक्स गरेपछि मस्कट बन्यो, फाइबरको यो गैडा करिब २० वर्ष टिक्छ ।’

    उभिएको गैंडालाई सेल्फी प्वाइन्टका रुपमा एमालेले महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा स्थायी संरचना बनाएर राखिँदैछ । मञ्चको दायाँतर्फ ढलान गरेर बनाइएको कलात्मक ढुंगामाथि मस्कट राख्ने तयारी छ ।

    मध्यरातको सानैबाट चित्रकार बन्ने लक्षण परिवारलाई चित्त बुझेको थिएन । घरका मान्छे पढाइमा जोड दिन्थे । गोवरको आकृति बनाएर लसुनका केस्रा प्रयोग गरी आँखा, नाक कानसहित मूर्तिलाई निपूर्ण बनाउने उनको प्रयासमा प्रोत्साहित गर्ने कोहि थिएनन् । कक्षाको अन्तिम बेन्चमा बसेर लुकीलुकी शिक्षककै चित्र बनाएर हुर्किएका हुन्- मध्यरात ।

    ‘चित्रहरु हेर्दा राम्रा हुन्थे, तर प्रोत्साहित गर्ने कोहि थिएनन् । पढ्नुपर्छ भनेर सधैं गालीमात्र सुन्नुपर्थ्यो,’ मध्यरात स्मरण गर्छन, ‘४ कक्षासम्म दोस्रो हुने म विस्तारै पासमात्रै हुने बनेँ, पढाईमा भन्दा धेरै चित्र कोर्नमै मन रमाउँथ्यो ।’

    गोवरबाट बढुवा भएर विस्तारै काठका टुक्राहरु कुँद्न थाले । दुरुस्तै मूर्तिहरु तयारहुँदा रमाउथे । ‘एक हप्तामा बनेको गणेशको मूर्ति बल्लबल्ल २० रुपैयाँमा बेँचे, मिहेनत गरेर बनाएको बुद्धको मूर्ति छिमेकी दाजुले सित्तैमा पनि लगे,’ उनी भन्छन, ‘मूर्ति बेचेर कमाई हुँदैन भन्ने थाहा भयो तर बनाउने मोह कहिल्यै हटेन ।’

    उनी अहिले समाजशास्त्र र मूर्तिकलामा स्नातकोत्तर पढ्दैछन् । हातमा सर्टिफिकेट आएको छैन । ‘सर्टिफिकेटले जीवन नचल्ने रहेछ, सीप चाहिँदो रहेछ ।’ करिव एक दर्जन व्यक्तिका पूर्णकदका मूर्तिहरु बनाए । सयौँ अर्धकदका बनाए । देवीदेवताका हजारौं मूर्ति बनाए । सीपकै फलबाट उनले भरतपुर– ९ मा तीन तले घर जोडे । ‘७ वर्ष भाडाको घरमा बसेँ, ५ सय भाडा पनि तिर्न नसकेपछि कोठा छाड्दै हिडें,’ उनी भन्छन्, ‘अहिले आफ्नै घर बनाएँ, घरमै स्टुडियो, सोरुम छ, सन्तुष्ट छु ।’

    उनी अहिले पनि दिनरात मूर्ति बनाइरहेको भेटिन्छन् । माडीको बरुवा बजारमा राख्न ८ फिट अग्लो बुद्ध, रसुवाका लागि ९ फिट अग्लो २ शहिदका मूर्ति, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा राख्न ध्वाँसे चितुवाको मूर्ति बनाउन व्यस्त छन् । उनले बनाएका मूर्ति २५ लाखसम्म बिक्री भएका छन् । मूर्तिहरुमध्ये गैडालाई ५ लाख, बाघलाई ३ लाख, हात्तीलाई ४ लाखसम्म बेच्छन् । अर्धकदका मूर्तिलाई १ लाख, पूर्णकदकालाई ३ लाखसम्म बेच्छन् । ‘मूर्ति बेचेर पनि जीवन मज्जाले चल्दोरहेछ, सानोमा लुकीलुकी चित्र कोरेको काम लाग्यो,’ उनी भन्छन्, ‘उ बेला चित्र, मूर्ति बनाउनुहुँदैन भनेर राकिन्थ्यो, अहिले रोजेर काम लिनुपरेको छ ।’

    पोखराको सेती खोँचमा खसेकी २ वर्षीया बालिकालाई सकुशल उद्वार गर्ने कमल नेपाली, सर्वस्वदान गरेर अस्पताल बनाउने रेवतीरमण पौडेलको मूर्ति उनले निःशुल्क बनाए । व्यक्तिलाई प्रत्यक्ष हेरेरै उनले यी मूर्ति कुँदेका हुन् । समाजसेवी मैयादेवी श्रेष्ठ, पुराना कम्युनिष्ट नेता खम्बा सिंह कुँवरका मूर्ति बनाए । ‘जीवित व्यक्तिहरुका मूर्ति बनाउँदा गहिराईमा काम गर्न सजिलो हुदैन,’ उनले आफ्नो अनुभव सुनाए ।

    दाङको शान्तीवनमा १७ फिट अग्लो बुद्ध, उदयपुरको ज्ञान विज्ञान कुञ्जमा १२ फिट अग्लो श्रमिक बुद्ध, पर्यटन बोर्डको जातीय संग्राहलय, सौराहा र मेघौलीका थारु संग्राहलयहरुमा उनले बनाएका मूर्तिहरु छन् । अन्र्तराष्ट्रिय विमानस्थको आगमन कक्ष नजिकैको गैडा, प्रस्थान कक्षतर्फ रुखमा बसेको रेण्ड पाण्डाहरुको मूर्ति पनि उनकै उत्पादन हुन् ।

    बुटवलको फुलबारी पार्क, हेटौंडाको शहिद स्मारक, चितवनको ज्ञानेश्वर सामुदायिक वन, सोमेश्वरगढी लगायतका स्थानमा ठडिएका मूर्तिहरु उनैले बनाएका हुन् । रुकुम, रोल्पा, माडीमा शहिदका अर्धकदका शालिक, एमाले चितवन पार्टी कार्यालयमा रहेको मदन–आश्रितको अर्धकदको शालिक, माओवादी केन्द्र चितवनको पार्टी कार्यालयमा बच्चा बोकेर युद्धमा जाँदै गरेकी महिलाको पूर्णकदको शालिक उनकै योगदान हो ।

    अधिकांश पार्क, निकुञ्ज, सामुदायिक वन, सार्वजनिक स्थानहरुमा गैडा, बाघ, भालु, हात्ती, जरायो, मृग, चरा लगायतका मूर्तिहरु बनाइसके । ‘लोपोन्मुख जनावर, जीवित मान्छेका मूर्ति बनाउँदा आनन्द आउँछ,’ उनी भन्छन्, ‘संग्राहालय, पार्क जस्ता देशका धेरै ठाउँमा मैले बनाएका मूर्तिहरु छन् । म आँफै टिकट काटेर जान्छु । मैले मूर्ति बनाएर हिसाब सकिए पनि हेर्न मन लाग्छ, त्यही मूर्ति देखाएर धेरैले जीविकोपार्जन गरेका छन्, रोजगारी पाएका छन् ।’

    ललितकला क्याम्पसमा मूर्तिकला पढ्दै गरे पनि मध्यरातले ५० बढीलाई मूर्ति बनाउने सीप सिकाइसकेका छन् । २५ जनाजति त स्थापित मूर्तिकार नै बने । ‘गुरु मान्दा खुशी लाग्छ, अब पुस्तान्तरणको खाँचो छ,’ उनी भन्छन्, ‘नेपालमा बनेका मूर्ति निर्यातको वातावरण बनाउनुपर्छ ।’

    उनले भारतबाट आउने तयारी मूर्तिले स्वदेशी मूर्तिकारहरु निकै समस्यामा परेको दुखेसो गरेका छन् । ‘मूर्ति बनाउने उत्कृष्ट काठ, ढुंगा, माटो नेपालमै छ, प्रविधिसहितका प्रशिक्षण दिन सके नयाँ पुस्ता आउँछन्,’ उनले भने, ‘पुस्तान्तरण भए उत्पादन बढाउन सकिन्छ ।’

    अरनिकोले चीनमा गएर वास्तुकलामार्फत नेपाललाई चिनाएको बताउँदै उनले भने, ‘मूर्ति बनाउने परम्परागत शैली बदल्नुपर्छ, बजार पहिचान गर्दै पुस्तान्तरण गर्न राज्यले भूमिका खेल्नुपर्छ । हल्का र टिकाउ भएकाले अहिले फाइबरका मूर्तिको माग बढ्दो छ तर, कच्चा पदार्थमा परनिर्भरता छ, राज्यले अब सोच्नुपर्छ ।’

  • एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

    काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनबाट धेरै नयाँ अनुहारले एमाले केन्द्रीय कमिटीमा समेटिने इच्छा प्रकट गरेका छन् ।

    साविकका केन्द्रीय सदस्य सबै दोहोरिँदा पनि धेरै नयाँ अनुहारले ठाउँ पाउने भएकाले पनि केन्द्रीय दस्यमा ‘डेब्यू’का लागि धेरै दावेदार देखिएका हुन् । त्यस्तो दावेदारहरुमा एमालेको भातृ संगठन अनेरास्ववियूबाट पनि छन् । अनेरास्ववियूका पूर्वअध्यक्षहरुको यसपटक एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्ने चाहाना छ ।

    अनेरास्ववियूबाटै गएर अहिले एमालेमा स्थापित भएका नेताहरु धेरै छन् । अनेरास्ववियूका पूर्वअध्यक्ष शंकर पोखरेलको दावीदारी एमाले महासचिवमा छ ।

    पूर्वअध्यक्ष योगेश भट्टराईले बुधबार सचिवमा उम्मेदवारीको घोषणा गरेका छन् ।

    त्यस्तै अनेरास्ववियूका पूर्वअध्यक्षहरु अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई र ठाकुर गैरे पनि पदाधिकारीका दाबेदार हुन् ।

    पूर्वअध्यक्षमध्ये रामनाथ ढकाल र रविन्द्र अधिकारीको निधन भइसकेको छ । पूर्वअध्यक्षहरु तुलवहादुर गुरुङ, राजेन्द्र राई र रामकुमारी झाँक्री नेकपा (एस)मा छन् ।

    पूर्वअध्यक्षहरु टंक कार्की, रुपनारायण श्रेष्ठ र माधव ढुंगेल केन्द्रीय समितिमै छन् । उनीहरुले पदाधिकारीको दावी गरिसकेका छैनन् ।

    पूर्वअध्यक्षहरु मध्यका विश्वकान्त मैनाली, गौरी प्रधान र रामप्रसाद ज्ञवाली भने सक्रिय राजनीतिमा छैनन् ।

    जो ‘डेब्यू’ गर्न चाहान्छन्

    अनेरास्ववियूका अध्यक्ष भइसकेका धेरैले एमालेमा भूमिका पाएका छन् । थोरै छन्, जो यसपाली एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्न चहान्छन् ।

    अनेरास्ववियूको पूर्वअध्यक्षहरु मध्यमा तीन जना एमाले केन्द्रीय हुन बाँकी छ । किशोरविक्रम मल्ल, नवीना लामा र ऐन महर यसपटक केन्द्रीय कमिटीमा डेब्यू गर्न चाहन्छन् । लामा भने प्रतिनिधिसभाकी सदस्य समेत हुन् ।

    उनीहरुले केन्द्रीय कमिटीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । हालकी अध्यक्ष सुनिता बरालले पनि केन्द्रीय सदस्यमा उम्मेवारी घोषणा गरिसकेकी छिन् ।

    पदाधिकारीका दावेदार

    शंकर पोखरेल
    योगेश भट्टराई
    अरुण नेपाल
    हिक्मत कार्की
    खिमलाल भट्टराई
    ठाकुर गैरे

    केन्द्रीय कमिटीमा ‘डेब्यू’ आकांक्षी

    किशोर विक्रम मल्ल
    नवीना लामा
    ऐन महर

  • एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    एमाले अध्यक्ष ओली आज चितवन जाँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैछन् ।

    अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्नेछन् । उनी आजै केहि कार्यक्रममा समेत सहभागी हुनेछन् । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

    ओलीसहितका अन्य नेताहरू पनि आजै पुग्नेछन् । हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे पुगिसकेका छन्

    भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ । एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।

  • नेकपा एमालेको महाधिवेशन र प्रतिनिधिको जिम्मेवारी

    नेकपा एमालेको महाधिवेशन र प्रतिनिधिको जिम्मेवारी

    २००६ सालमा तत्कालीन जहानियाँ राणा शासनको अन्त्य र समतामुलक समाज निर्माणको उद्देश्य लिएर पुष्पलाल श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कमिटी गठनसँगै नेपालमा औपचारिक रूपमा कम्युनिष्ट पार्टीको स्थापना भयो । ७२ वर्षको अवधिमा आएका अनेकौं उतारचढावसँगै अहिले एक दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीहरू अस्तित्वमा रहेका छन् । तिनीहरूमा पनि टुटफुटको श्रृंखला जारी छ ।

    नेपालको वामपन्थी आन्दोलन अनगिन्ती पटक छिन्नभिन्न भएको छ । कहिले वैचारिक मुद्दामा त कहिले कुर्सीको लडाइँ र नेताहरूको आत्मकेन्द्रित व्यवहारका कारण फुटका अनेकौं चरणबाट कम्युनिष्ट आन्दोलन गुज्रिनुपर्‍यो । यसले गर्दा श्रमजिवी र सर्वहाराको जिवनस्तर उकास्ने, न्यायपूर्ण र प्रगतिशील समाज निर्माणको अभियान पटक-पटक असफल भएको छ । नेपालमा वामपन्थी आन्दोलनलाई जनताले अनवरत साथ दिए पनि नेतृत्वको कमजोरीले गर्दा यस आन्दोलनले आशातित सफलता हासिल गर्न नसकेको भन्नुमा कुनै पूर्वाग्रह नहोला ।

    नेपालका बहुसंख्यक श्रमजिवी वर्ग, किसान, मजदुर, विद्यार्थी, बुद्धिजीवी वर्ग र आम जनताले ‘सुखी र समृद्ध नेपाल’ को कल्पना गर्दै २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जनादेश सुम्पिएका थिए । तर, अफसोस, संयुक्त पार्टीको शीर्ष नेतृत्वमा श्रृजना भएको बेमौसमी शक्तिसंघर्ष, अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिगत मनमुटावले कलहको रूप लिँदै पार्टी विखण्डन हुन पुग्यो । यसले जनताको भरोसामा कुठाराघात भएको र नेपालको कम्यूनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको कुरामा कसैको दुईमत नहोला ।

    लामो इतिहास बोकेको मुलधारको कम्युनिष्ट पार्टीको विघटनले जनजीवनका विभिन्न आयामहरूमा नकारात्मक सन्देश प्रवाह गरेको छ । तसर्थ, संघारमा रहेको नेकपा एमालेको दशौं महाधिवेशनलाई प्रगतिशील र वामपन्थी विचारधारा राख्नेले मात्रै होइन, सम्पूर्ण नेपाली जनताले अत्यन्तै चासोपूर्वक हेरिरहेका छन् ।

    भनाइ छ कि ‘मुखबाट निस्केको बोली र बन्दुकको नालबाट निस्केको गोली कहिल्यै फिर्ता हुँदैन’ । तसर्थ कहिलेकाहीँ नियत ठीक हुँदाहुँदै पनि आवेशमा आएर प्रयोग गरिने शब्द र विचारले पुर्‍याउने क्षतिलाई सामान्य आँकलन गर्न हुँदैन । आफ्नो संवेदनालाई नियन्त्रण गर्न नसक्ने र आवेशमा आएर जथाभावी बोल्ने नेताहरूलाई अगाडि बढाइयो भने पार्टीभित्र अर्को विग्रह नआउला भन्न सकिन्न ।

    राष्ट्रिय महाधिवेशनले कुनै पनि राजनीतिक पार्टीको आन्तरिक र वाह्य जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले पार्टीमा विद्यमान राम्रा पक्ष र कमी-कमजोरीको उजागर गर्ने मात्रै होइन, पार्टीले अब उप्रान्त लिने दुरगामी प्रभावका निती र विचारको पनि निर्देश गर्ने गर्छ । यसका अलावा महाधिवेशनले कुशल र दुरदर्शी नेतृत्व चयन गर्ने दायित्व पनि बोकेको हुन्छ, जुन नेतृत्वले निश्चित अवधिको निम्ति पार्टीको बागडोर सम्हाल्छ ।

    यसपटक देशभित्र र बाहिर गरी करिब दुई हजार प्रतिनिधिहरू महाधिवेशनका निम्ति चयन भएका छन् । आन्तरिक द्वन्द्व र विखण्डनबाट गुज्रिरहेको नेकपा एमालेको दशौं महाधिवेशनलाई सफल बनाउने र पार्टीलाई अबको एक वर्षमा हुने आम निर्वाचनमा आत्मविश्वासपूर्वक लैजाने जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूमा छ । तसर्थ प्रतिनिधिहरूले भावी नेतृत्व चयन गर्दा गुट, उपगुट र व्यक्तिगत स्वार्थमा आधारित भएर होइन, नेतृत्वको सर्वमान्य, वैज्ञानिक आचरण र मानकलाई अवलम्बन गर्नसक्ने दस्ता चुनेर पठाउन सक्नुपर्छ ।

    विश्वविख्यात नेतृत्व विकास र व्यवस्थापनका गुरु मानिएका अमेरिकी प्राध्यापक डेनियल गोलम्यानले लगभग २५ वर्षअघि प्रतिपादन गरेको ‘भावनात्मक वौद्धिकता’ (Emotional Intelligence) सिद्धान्तमा आधारित पाँचवटा मुख्य खम्बाहरूद्वारा निर्देशित नेतृत्वमा रहनुपर्ने गुण र सीपलाई विगत केही दशकदेखि संसारभरका सबैखाले नेतृत्वको तप्काले नेतृत्वको न्यूनतम योग्यताको रूपमा पालना गरेको देखिन्छ । तसर्थ महाधिवेशन प्रतिनिधिहरूले पनि प्राध्यापक गोलम्यानका निम्न पाँच नेतृत्वमा आवश्यक न्यूनतम गुणका आधारमा नेतृत्व दस्ता चयन गरेमा आगामी नेतृत्वले पार्टी देश र जनतालाई सकारात्मक प्रभाव पार्ने युगान्तकारी नतिजा दिन सक्छ ।

    १. आत्मजागरण (Self–Awareness): आत्मजागरण अन्तरगत प्रस्तावित नेतृत्वले निर्ममरूपले आफ्नो यथार्थपरक मुल्याङ्कन गर्ने र त्यसबाट आफ्नो क्षमता तथा कमि–कमजोरी दुवै थाहा पाउनसक्ने खालको हुनुपर्छ । आफ्नो क्षमतालाई पार्टी र देश निर्माणमा आत्मविश्वासका साथ लगाउन सक्ने र आफ्ना कमजोरीहरू सहकर्मी र जनतासामु इमान्दारीका साथ राख्ने र आफू कमजोर भएको क्षेत्रमा अन्य सक्षम सहयोद्धालाई प्रोत्साहन गर्ने नेतृत्व आजको आवश्यकता हो ।

    आफ्ना कार्यकर्ताको बीचमा मात्रै नभइ विपक्षी दलका नेताहरू, विपक्षी दलका कार्यकर्ता तथा आम जनतामाझ घुलमिल भइ सबैमाझ सकारात्मक भावना र चिन्तनको श्रृजना गर्ने नेतृत्व आजको आवश्यकता हो । आफ्नो कार्यक्रम र योजना कार्यान्वयन गर्न सबैखाले विशेषज्ञ र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने वातावरण बनाउन सक्ने नेतृत्व महाधिवेशनले चुन्न सक्नुपर्छ ।

    २. आत्मनियमन (Self–Regulation) : आत्मनियमनको अभ्यासले नेतृत्वलाई कसरी मानवीय संवेदनाका कारण उत्पन्न हुने भावनात्मक रूपमा विनासकारी व्यवहारहरूलार्ई कावुमा लिने, कसरी प्रचलित नियम, अनुशासनको परिधीभित्र रहने भन्ने कुरामा दृढ बनाउँछ । जसले नेताहरूलाई अनैतिक भ्रष्टाचार र घृणाजन्य व्यवहारबाट टाढा राख्न मद्दत गर्दछ । यसका अलावा आत्मनियमनको अभ्यासले आफ्ना सहयोद्धा सहकर्मी तथा फरक बिचार राख्नेहरूप्रति तुच्छ बोलीको प्रयोग नगरी सद्भाव र सम्मानपूर्ण सम्बन्ध स्थापित गर्नको निम्ति सहयोग पुर्‍याउँछ ।

    भनाइ छ कि ‘मुखबाट निस्केको बोली र बन्दुकको नालबाट निस्केको गोली कहिल्यै फिर्ता हुँदैन’ । तसर्थ कहिलेकाहीँ नियत ठीक हुँदाहुँदै पनि आवेशमा आएर प्रयोग गरिने शब्द र विचारले पुर्‍याउने क्षतिलाई सामान्य आँकलन गर्न हुँदैन । आफ्नो संवेदनालाई नियन्त्रण गर्न नसक्ने र आवेशमा आएर जथाभावी बोल्ने नेताहरूलाई अगाडि बढाइयो भने पार्टीभित्र अर्को विग्रह नआउला भन्न सकिन्न ।

    ३. समानुभुति (Empathy) : यसले नेतृत्वलाई आफूलाई पनि कार्यकर्ता र जनताको ठाउँमा राखेर उनीहरूले पार्टी र देशका बारेमा के सोच्छन्, कस्तो भावना राख्छन्, त्यसैअनुसार कार्य गर्नको निम्ति प्रेरित गर्छ । आफू जति प्रभावशाली नेता भए पनि नेतृत्वले कार्यकर्ता, सहकर्मी, सहयोद्धा र आम जनताको भावना र संवेदनासँग घुलमेल भइ आफूहरूलाई पनि उनीहरूकै ठाउँमा उभ्याउन सक्ने हुनुपर्छ । यसो गर्न सकियो भने मात्रै महाकवि देवकोटाको ‘यात्री’ कविताको अंश ‘फर्क फर्क हे जाउ समाउ मानिसका पाउ, मल्हम लगाउ आर्तहरूका चहर्‍याइरहेका घाउ’ मा भनेजस्तै जनताको सेवक बन्न सकिन्छ ।

    ४. उत्प्रेरणा (Motivation): कुनै पनि आन्दोलन वा सामाजिक अभियान सफल हुनको निम्ति लाखौं जनताको सहभागिताको खाँचो हुन्छ । जनता त्यो आन्दोलनमा तबमात्रै सहभागी हुन्छन् जब उनीहरू त्यो आन्दोलनले प्राप्त गर्न खोजेको लक्ष्यप्रति विश्वस्त हुन्छन् । त्यसैले समाज र समग्र देशकै काँचुली फेर्न भनेर हिँडेको नेतृत्वले आफ्ना उदेश्यप्रति जनतासामु दृढ विश्वास प्रस्तुत गर्दै, जनतालाई हौसला दिँदै आफ्नो अभियानमा सामेल गराउन सफल हुन सक्नुपर्छ ।

    आवश्यक परेको बेलामा विशेष क्षमता प्रस्तुत गर्दै धरातलीय यथार्थलाई सुहाउने योजनाहरू जनतासामु ल्याउने ल्याकत राख्नुपर्छ । नेतृत्वले दुरदर्शी भावनाका साथ जनतासामु दीर्घकालीन सपना देखाउने र त्यो सपनाको प्राप्तिको लागि आवश्यक योजना र कार्यक्रम पनि जनतासामु पारदर्शी तरिकाले राख्नुपर्छ । जो पटक-पटक पार्टीको आन्तरिक चुनाव र राष्ट्रिय निर्वाचनहरूमा पराजित भएका छन्, त्यस्ता व्यक्तिहरूले नेतृत्वको दाबी गर्नु पहिले अगाडिका पटक-पटकको हारबाट आफूले के सिकियो र आफ्नो आत्मविश्वास जनतासामु कसरी प्रस्तुत गर्ने र जनतालाई कसरी उत्प्रेरित गर्ने गहन चिन्तन गर्न जरुरी छ ।

    ५. सामाजिक सीप (Social Skills): कुनै पनि ठूला र दीर्घकालीन महत्व राख्ने योजनाहरू एकजनाको क्षमताले मात्रै नभएर समग्रमा समाजका सबै तह र तप्काका मानिसहरूको सहभागिताबाट मात्रै सम्भव हुने गर्दछ । नेतृत्वले म सर्वज्ञानी अरु सबै अज्ञानी भन्ने भावना राखेर अगाडि बढ्दा त्यसले सामाजिक विग्रह मात्रै होइन, समग्र अभियानलाई नै पछाडि धकेल्ने गर्छ ।

    आफ्ना कार्यकर्ताको बीचमा मात्रै नभइ विपक्षी दलका नेताहरू, विपक्षी दलका कार्यकर्ता तथा आम जनतामाझ घुलमिल भइ सबैमाझ सकारात्मक भावना र चिन्तनको श्रृजना गर्ने नेतृत्व आजको आवश्यकता हो । आफ्नो कार्यक्रम र योजना कार्यान्वयन गर्न सबैखाले विशेषज्ञ र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने वातावरण बनाउन सक्ने नेतृत्व महाधिवेशनले चुन्न सक्नुपर्छ ।

    अन्तिममा बेलायतका चर्चित पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको प्रसिद्ध भनाइ ‘राजनीति भनेको कुनै खेल होइन, यो त अन्यन्तै संवेदनशील अभियान हो’ लाई मनन गर्दै महाधिवेशन प्रतिनिधिहरूले उपयुक्त निर्णय लिन सक्नुभयो भने नेकपा एमाले अझ ऊर्जाशील र जनमुखी पार्टी बन्ने कुरामा विमत्ति नहोला । महाधिवेशनले सबल, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्दै पार्टीलाई अझ माथि लैजान सफल रहोस् । शुभकामना ।

  • एमाले महाधिवेशन : सौराहामा समृद्धिको सन्देश कोर्दै चित्रकार (तस्बिरहरू)

    एमाले महाधिवेशन : सौराहामा समृद्धिको सन्देश कोर्दै चित्रकार (तस्बिरहरू)

    चितवन । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रलाई सजाउने काम तीब्ररूपमा भइरहेको छ ।

    बन्दसत्रस्थल होटल सेभेन स्टार जाने सडकको छेउछाउमा चित्रकार व्यस्त छन् । ५७ जना चित्रकार करिब २ सय मिटरको पर्खालमा चित्र कोर्न व्यस्त छन् । महाधिवेशन मूल आयोजक समितिको संयोजनमा चित्र कोरिएको हो ।

    २०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिंकका संचालक योगेश खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणामा चित्रहरू कोर्ने बताए । ‘दुई सय मिटर पर्खाल हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिनेछ’, उनले भने, ‘अधिकांश नवप्रवेशीहरूले चित्र कोर्दैछन्, यो प्रतिस्पर्धा पनि हो ।’

    चित्रकार विनिता चौधरी र सरिना चौधरी मिलेर देशले शान्ति चाहेको आकृति कोरेका छन् । अञ्जु गुरुङले आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र कोरेकी छन् । परिदेन रेग्मीले कृषिमा क्रान्तिको खाँचो औल्याएका छन् ।

    आस्था चौधरी र अञ्जना बम्जनले स्वयम्भु, धरहरा, परेवा सहितका चित्रहरु कोर्दैछन् । उत्कृष्ट चित्र बनाउने कलाकारहरुलाई एमाले अध्यक्ष केपी ओलीले नगद पुरस्कारसहित प्रमाणपत्र दिने चित्रकार खनालले बताए ।

  • प्रचण्डलाई ओलीको कटाक्ष- नातिनीहरूले बेलायतमा शिक्षा पाएका छन्, खुसी लाग्छ (भिडिओ)

    प्रचण्डलाई ओलीको कटाक्ष- नातिनीहरूले बेलायतमा शिक्षा पाएका छन्, खुसी लाग्छ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवाहरूलाई ठगेको आरोप लगाएका छन् । माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै उनले कटाक्ष गरे ।

    माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ओलीले उनका दुवै नातिनीहरुले बेलायतमा शिक्षा पाएकोमा आफूलाई खुशी लाग्ने बताए ।

    ओलीले भने, ‘राम्रो कुरा हो, उहाँका दुवै छोरीका छोरीहरू बेलायतमा पढ्छन् । एकदम खुशीको कुरा हो । भरतपुरकी छोरीको पनि पढ्छिन् अर्कीको पनि । नातिनीहरुले राम्रो शिक्षा पाएका छन् खुशी लाग्छ ।’

    उनले थपे, ‘तर सुखमय जिन्दगी तिनको मात्रै नबनोस । अरुका छोराछोरीलाई बर्बाद गरिदिने, उल्क्याएर देशलाई द्वन्द्वमा फसाइदिने । कत्तिका कोख रित्तिए ? कतिका सिउँदो पुछिए ? के यो ठीक हो ? ’

  • ‘फ्ल्यास ब्याक’ मा एमाले नवौं महाधिवेशन : कसले कसलाई हराए ? (मतसहित)

    ‘फ्ल्यास ब्याक’ मा एमाले नवौं महाधिवेशन : कसले कसलाई हराए ? (मतसहित)

    कैलाली । नेकपा (एमाले) को १०औं महाधिवेशन यही १० देखि १२ गतेसम्म चितनवमा हुँदैछ । महाधिवेशनका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

    यहाँ एमालेको नवौं महाधिवेशनलाई सम्झिने प्रयास गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा २०७१ असार १९-२५ मा नवौं महाधिवेशन चलेको थियो । यो महाधिवेशनबाट १४ पदाधिकारीसहित १५९ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

    माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा १७ जना प्यानलबाहिरबाट भिडेका थिए । महाधिवेशनको निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।

    सो महाधिवेशनले माधवकुमार नेपाललाई पराजित गर्दै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

    गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनले एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ ।
    त्यसैले यसपटक प्यानलगत रूपमा प्रतिस्पर्धा हुने छैन ।

    हेर्नुस् नवौँ महाधिवेशनमा कसले कति मत ल्याएका थिए :

    अध्यक्ष (पद संख्या १ )

    केपी शर्मा ओली- १०५९ (विजयी)

    माधवकुमार नेपाल- १००३

    उपाध्यक्ष (पद संख्या ५)

    भीम रावल- ११४३ (विजयी)

    वामदेव गौतम- ११३८ (विजयी)

    विद्यादेवी भण्डारी- ११११ (विजयी)

    युवराज ज्ञवाली- १०६२ (विजयी)

    अष्टलक्ष्मी शाक्य- १०४७ (विजयी)

    राजेन्द्रप्रसाद पाण्डे-१०३१

    प्रदीप नेपाल- १०१७

    किरण गुरुङ-१००६

    लालबहादुर पण्डित- ९९८

    धर्मनाथ साह- ९३३

    महासचिव (पद संख्या १)

    ईश्वर पोखरेल- १०४५ (विजयी)

    सुरेन्द्र पाण्डे-१०३०

    उपमहासचिव (पद संख्या २)

    घनश्याम भुसाल- १०९७ (विजयी )

    विष्णु पौडेल- १०९६ (विजयी)

    शङ्कर पोख्रेल- १०४८

    रघुजी पन्त- ९६९

    सचिव (पद संख्या ५)

    गोकर्ण विष्ट – १२७० (विजयी)

    प्रदीप ज्ञवाली- ११६६ (विजयी)

    योगेश भट्टराई- १०८५ (विजयी)

    पृथ्वीसुब्बा गुरुङ- १०४० (विजयी)

    भीम आचार्य- १०३५ (विजयी)

    परशुमेघी गुरुङ-१०१५

    विष्णु रिमाल- १००९

    बेदुराम भुसाल- ९९७

    रघुवीर महासेठ- ९३९

    केशवलाल श्रेष्ठ- ९३२

  • नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)

    नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)

    चितवन । नेकपा एमाले महाधिवेशनस्थल चितवनमा नेताहरुकाे चहलपहल बढेकाे छ । १० म‌ंसिरमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन नेताहरु चितवन पुग्ने क्रम जारी छ ।

    संघीय राजधानीसहित देशका विभिन्न भागबाट आएका नेता-कार्यकर्ताको नारायणी किनारमा भीड लागेको छ ।

    एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र हुने नारायणी नदी किनारमा अस्थायी संरचना निर्माणको काम ७५ प्रतिशत सकिएकाे छ ।

    स्वयमसेवक परिचालन समितिका संयोजक तथा मञ्च व्यवस्थापनमा खटिएका नेता विनोद श्रेष्ठले मञ्च सजावटको काम धमाधम भइरहेको बताए ।  उनका अनुसार करिब ५ सय जना बस्न मिल्ने गरी ४ खण्डको आकर्षक मञ्च निर्माण भैरहेको छ ।

    मञ्च निर्माणमा १० जना इञ्जिनियर सहित करिब २ सय जना खटिएका छन् । डिजाइनर महेन्द्र श्रेष्ठले मञ्चको डिजाइन गरेका हुन् । १६ फिट अग्लो भागमा आर्क डिजाइन गरिएको छ ।

    लंग लाइभ सिपिएन युएमएल लेखिएको ठुलो फ्लेक्समा चितवन राष्ट्रिय निकुञ्जमा पाइने गैँडा, हात्ती,बाघ, जरायो लगायतका चित्रहरु राखिएका छन् । कुर्सीहरु राख्न प्लाई राख्ने काम भैरहेका छन् । अग्रभागमा जनताको बहुदलीय जनवाद–जिन्दावाद लेखिएको छ ।

    मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको छ । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ ।

    नारायणी पुलमा ‘एमाले जिवन्त रहोस्’ लेखिएका फ्लेक्सम राखिएका छन् । तस्बिर खिच्दा जनताको बहुदलीय जनावाद-जिन्दावादलाई फ्रेममा राख्न मिल्ने गरी सेल्फी प्वाइन्टहरु बनाइएका छन् ।

    नारायणी किनारमा २५ वटा सेल्फी प्वाइन्टहरु हुनेछन् । बाढीले खाल्डाखुल्डी पारेको चौरमा बालुवा, माटो राखेर सम्याउने काम भइरहेको छ ।

    उद्घाटनसत्रमा देशभरबाट ५ लाख जनता सहभागी गराउने एमालेको तयारी छ । बन्दसत्र हुने सौराहा स्थित होटल सेभेन स्टार अस्थायी हल (डोम) निर्माण कार्य भइरहेको छ । करिब ३ हजार सो हलमा बस्न मिल्नेछ ।

    मञ्च व्यवस्थापन, उद्घाटन स्थल र बन्दसत्र हुने क्षेत्रमा बनाइने अस्थायी संरचनाहरु निर्माणमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

     

  • अनेरास्ववियुको चाहना- एमाले केन्द्रीय कमिटीमा २० प्रतिशत युवा

    अनेरास्ववियुको चाहना- एमाले केन्द्रीय कमिटीमा २० प्रतिशत युवा

    काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले पार्टीको केन्द्रीय कमिटीमा कम्तीमा पनि ४० वर्ष मुनिका २० प्रतिशत युवालाई समेटिनुपर्ने बताएको छ ।

    बुधबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले महाधिवेशनमार्फत युवाहरूलाई समेटेर पार्टीलाई अझ फराकिलो बनाउने आशा व्यक्त गरेको छ । ‘महाधिवेशनले कम्तीमा २० प्रतिशत चालीस वर्षमुनिका जिम्मेवार कमरेडहरूलाई पार्टीको केन्द्रीय कमिटीमा समेटेर युवामैत्री पार्टीको परिचयलाई अझ फराकिलो बनाउन महाधिवेशनले विशेष योगदान गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    अनेरास्ववियुले अनुशासित र एकताबद्ध बन्नका लागि आह्वान गर्दै ‘जिम्मेवार नेताहरूलाई पार्टीको एकताको सन्देश प्रवाह हुने खालका शोभनिय अभिव्यक्ति’ का लागि अपिल पनि गरेको छ ।

    यसैबीच अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले नेकपा एमालेको दशौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य पदको उम्मेदवारी घोषणा गरेकी छन् । साथै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष मोति विक पनि दलित (उत्पीडित) कोटाबाट केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुने बताइएको छ ।

     

  • एमाले महाधिवेशन‍- यी नेता आजैदेखि चितवन बस्ने, अध्यक्ष ओली भोलि पुग्ने

    एमाले महाधिवेशन‍- यी नेता आजैदेखि चितवन बस्ने, अध्यक्ष ओली भोलि पुग्ने

    चितवन । शुक्रबारदेखि चितवनमा हुने १० औं महाधिवेशनको लागि एमालेका केन्द्रीय नेताहरू चितवन आउने क्रममा छन् ।

    बुधवार मूल आयोजक समितिका संयोजक राम बहादुर थापा बादल, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल आउने भएका छन् ।

    उनीहरू बुधवार देखि चितवनमै रहने एमाले नेता राम प्रसाद न्यौपानेले जानकारी दिए । ‘उहाँहरू आजै आउनुहुन्छ र यतै बस्नुहुन्छ’ उनले भने, ‘यतैबाट महाधिवेशनको तयारीमा जुट्ने कार्यक्रम रहेको छ ।’

    पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्ने छन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ ।

    १० गते नारायणी नदी किनारमा १० औं महाधिवेशनको उद्घाटन सत्र सुरु हुने छ । बन्द शत्र भने सौराहमा गर्ने तयारी भइरहेको छ । अहिले नारायणी नदी किनारमा मन्च निमार्णको काम जारी रहेको छ ।

  • एमाले महाधिवेशनस्थलप्रति प्रचण्डको आपत्ति- चितवनमा कुन पार्टीको शक्ति कति ?

    एमाले महाधिवेशनस्थलप्रति प्रचण्डको आपत्ति- चितवनमा कुन पार्टीको शक्ति कति ?

    चितवन । पर्यटकीय शहर चितवन अहिले राजनीतिको हब बनेको छ । नेकपा एमालेले चितवनमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने स्थल चितवन नै छानेपछि माओवादी अध्यक्ष प्रचण्डले मुखै खोलेर ‘मलाई सिध्याउन खोजियो’ भनिसकेका छन् ।

    एमालेले चितवनमा महाधिवेशन आयोजना गर्ने भनेपछि प्रचण्ड यसबीचमा ६ पटक त्यहाँ पुगिसकेका छन् भने पछिल्लो पटक त संघीय सरकार र प्रदेश सरकारका ७ जना मन्त्री तथा उच्च सरकारी अधिकारीहरुसहितको विकास वहस नै आयोजना गरेका छन् ।

    प्रचण्डले जतिपटक चितवन गए, त्यति नै पटक एमालेले आफूलाई सिध्याउन र माओवादी कमजोर पार्न निहुँ खोजेर महाधिवेशन गर्न लागेको बताएका छन् । उनले चितवनलाई माया गरेकोमा केपी ओली र एमालेलाई धन्यवाद समेत भनिरहेका छन् ।

    प्रचण्डको पटक पटकको अभिव्यक्तिको जवाफ ओलीले मंगलवार राधजानी काठमाडौंमा दिए । उनले प्रचण्ड उम्मेदवार भएको ठाउँमा एमालेले महाधिवेशन नै गर्न नपाउने हो भने ठाउँ खोज्नै मुस्किल पर्ने भनेर व्यंग्य गरे ।

    ओलीले भने, ‘रोल्पामा गरौं भने उहाँ पहिले नै त्यहाँ उम्मेदवार बनेको ठाउँ । सिराहा गरौं भने दोस्रो पटक उम्मेदवार बनेको ठाउँ । काठमाडौंमा पनि उहाँ उम्मेदवार बनिसक्नुभएको । पछिल्लो पटक उहाँ चितवनमा उम्मेदवार बन्नुभयो । अब उहाँ उम्मेदवार बनेको ठाउँमा महाधिवेशन नै गर्न नपाइने हो भने भोलि म त्यो बाटो हिड्दा पनि मलाई नै सिध्याउन आयो भन्नुहोला ।’

    प्रचण्डले भनेजस्तै एमालेले चितवनमा महाधिवेशन गरेर उनलाई र माओवादीलाई सिध्याउन खोजेको हो त ? के चितवन माओवादीका गढ हो ? एमालेले माओवादीलाई र प्रचण्डलाई नै कमजोर बनाउँदा उसलाई फाइदा हुने हो ? यसका धेरै आयाम छन् ।

    राजनीतिक दलको शक्ति मापन भनेको मूलरुपमा जनमतबाटै हुने हो । चितवनमा अहिलेसम्मका चुनावी नजिताहरुलाई हेर्ने हो भने प्रचण्डले दावी गरेजस्तो देखिन्न । चितवनमा आजको मितिमा पनि एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् भने माओवादी तेस्रो शक्ति हो ।

    २०६४ सालको माहोलमा समेत चितवनमा क्लिन स्वीप गर्न नसकेको माओवादी त्यसयता खस्किँदै गएको जनमतहरुले देखाउँछ । २०७४ को स्थानीय चुनावमा कांग्रेसको सहायताले माओवादीले भरतपुरमा मेयर जित्न सकेको थियो, त्यो पनि मपतत्र च्यातेर दोस्रोपटक मतदान गराएपछिमात्र ।

    त्यसको लगत्तै भएको आम निर्वाचनमा प्रचण्ड आफैं एमालेको सहयोगमा सांसद जितेका थिए । प्रचण्डकै क्षेत्रमा पनि माओवादी तेस्रो दल हो । सो क्षेत्रमा प्रचण्ड उम्मेदवार हुँदा समानुपातिकतर्फ कांग्रेसले २६ हजार १३७,एमालेले २४ हजार १५५ र माओवादीले २२ हजार ९८८ मत पाएको थियो ।

    समग्र जिल्लाको समानुपातिक मत हेर्ने हो भने एमाले सबैभन्दा ठूलो दल छ । एमालेले ९३ हजार ५३४ मत पाउँदा माओवादी त्यसको आधाभन्दा कम अर्था ४२ हजार ८५१ मा सिमित भएको थियो भने कांग्रेसले माओवादीभन्दा करीव दोब्बर ८१ हजार १०४ मत पाएको थियो ।

    त्यसअघि स्थानीय चुनावको परिणाम हेर्दा पनि एमाले एक्लै सबैभन्दा ठूलो दल बनेको थियो । एमालेले महाधिवेशन गर्न लागेको पूर्वी चितवनका चारवटै नगरपालिकामा माओवादीले एउटा वडा सदस्य समेत जित्न सकेको थिएन भने एमालेले सबै नगरपालिका जितेको छ ।

    चितवनका ७ स्थानीय तहमध्ये राप्ती,खैरहनी,कालिका र रत्ननगर नगरपालिकामा प्रमुख उपप्रमुखसहित बहुमत एमालेले जितेको छ । त्यस्तै माओवादीले मेयर जितेको माडी नगरपालिकामा पनि उपमेयरसहित बहुमत एमालेको छ ।

    कांग्रेसको समर्थनमा माओवादीले भरतपुरको मेयर जितेको थियो भने कांग्र्रेसले इच्छाकामना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र भरतपुरको उपमेयर जितेको थियो ।

    जिल्लाभरका ९८ वडामध्ये एमालेले ५७ वडाध्यक्ष जित्दा कांग्रेसले ३५ र माओवादीले जम्मा ६ वटा वडाध्यक्ष जितेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । एमालेका निर्वाचित ४ जना वडाध्यक्षबाहेक अरु सबै सोही पार्टीमा देखिन्छन् ।

    चितवनमा एमालेले महाधिवेशन गरेर प्रचण्डलाई आगामी चुनाव सुरक्षित छैन भन्ने सन्देश दिन खोज्नु बेग्लै कुरा हो तर प्रचण्डले दावी गरेजस्तो एमालेको प्रतिस्पर्धी चितवनमा माओवादी होइन कांग्रेस नै हो । यदि झस्किने हो भने प्रचण्ड होइन कांग्रेस नेताहरु झस्किनुपर्ने थियो ।

    आजको अवस्थामा पनि प्रचण्डले चितवनबाट चुनाव जित्न कांग्रेस वा एमालेमध्ये एउटा पार्टीको सहयोग लिनुपर्छ । त्यसैले एमालेले महाधिवेशन चितवनमा गर्दैमा प्रचण्ड वा माओवादी कमजोर हुने भन्ने तर्कमा दम देखिँदैन ।

    बरु प्रचण्डले यहि मेसोमा ‘इमोसनल’ कुरा गरेर चितवनवासी र देशकै ध्यान आफूतिर खिच्न खोजेको भने बुझ्न सकिन्छ । एउटा के कुरा सत्य हो भने प्रचण्डका बाबु छोरीले नै आफ्नो शक्ति लगाएर चितवनको विकासका लागि बजेटको ओइरो भने लगाएकै छन् । त्यसको प्रतिफल भने चितवनबासीले नै महशुस गर्ने कुरा हो ।

    कुन स्थानीय तहमा को बलियो ?

    स्थानीय तहमा एमालेबाट निर्वाचित हुने जनप्रतिनिधि धेरै छन् । दलित वा अल्पसंख्यक सदस्यबाहेक ५ सय १ जना जनप्रतिनिधिको विवरण केलाउँदा २ सय ९१ जना एमाले, १ सय ७७ जना कांग्रेस र ३२ जना माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु छन् । रत्ननगर, खैरहनी, कालिका, राप्ती नगरपालिकामा मेयर–उपमेयर दुबैमा एमालेकै नेतृत्व छ । इच्छाकामना गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र भरतपुर महानगरको उपमेयरमा कांग्रेसको नेतृत्व छ ।

    भरतपुर महानगर र माडी नगरपालिको मेयरमा माओवादी केन्द्रको नेतृत्व छ । चितवनमा दलित वा अल्पसंख्यक सदस्यतर्फका २० जना निर्वाचित भएकामध्येबाट माओवादीतर्फ १, एमालेका १८ र कांग्रेसका १ जना छन् । एमालेबाट निर्वाचित दलित वा अल्पसंख्यक सदस्य सहितका ३ सय ९ जनप्रतिनिधिमध्ये ३६ जना पार्टी विभाजनपछि एकिकृत समाजवादीमा लागेका छन् । जसमध्ये ११ जना वडाध्यक्ष र २५ जना सदस्यहरुले एमाले त्यागेका छन् । यो संख्या घटाउँदा पनि एमाले पहिलो स्थानमै देखिन्छ । महानगरमा कांग्रेस र एमालेले १३–१३ वटा वडामा वडाध्यक्ष, ५६–५६ जना वडा सदस्यहरुमा जितेको थियो । भरतपुरमा माओवादीसँगको गठबन्धनमा उम्मेदवार बनेकी कांग्रेसकी पार्वती शाहले मेयर रेनुभन्दा ४ हजार ६९ बढी मत ल्याएकी थिइन् । शाहले एमाले नेतृलाई ७ हजार ६ सय ७१ मतले हराएकी थिइन् ।

    माडीमा मेयर, ३ वडाध्यक्ष, १४ सदस्यहरु सहित १८ जना माओवादीबाट निर्वाचित थिए । एमालेबाट १ उपमेयर, ५ जना वडाध्यक्ष, १९ जना सदस्यहरु निर्वाचित थिए । कांग्रेसबाट १ वडाध्यक्ष सहित ३ जना निर्वाचित थिए ।

    रत्ननगरको १६ वडाहरुमध्ये एमालेबाट १० जना वडाध्यक्ष, ४० जना सदस्यहरु सहित मेयर र उपमेयर निर्वाचित थिए । कांग्रेसबाट ६ जना वडाध्यक्षहरु, २४ जना सदस्यहरु निर्वाचित थिए । एमालेबाट निर्वाचित मेयर नारायण वनले कांग्रेसलाई १ हजार ४ सय ५०, माओवादीलाई ११ हजार मतान्तरले हराएका थिए । उपमेयर विमलादेवी दवाडीले पनि कांग्रेस र माओवादी सोही बराबरी मतान्तरले हराएकी थिइन् ।

    १३ वडाहरु रहेको खैरहनीमा एमालेबाट मेयर, उपमेयर, ७ जना वडाध्यक्ष, ३१ जना सदस्यहरु निर्वाचित भए । कांग्रेसबाट ६ जना वडाध्यक्ष, २१ जना सदस्यहरु निर्वाचित थिए । मेयर लालमणी चौधरीले कांग्रेसलाई ८ सय ८४, माओवादीलाई ७ हजार ५ सय ७० मतान्तरले हराएका थिए । उपमेयर सुनिता खरेलले पनि मेयरकै बराबरी मत ल्याएकी थिइन् ।

    ११ वडाहरु रहेको कालिकामा एमालेबाट मेयर, उपमेयर, ६ जना वडाध्यक्ष, २६ जना सदस्यहरु निर्वाचित थिए । कांग्रेसबाट ५ जना वडाध्यक्ष, १७ जना सदस्यहरु निर्वाचित बनेका थिए । मेयर खुमनारायण श्रेष्ठले कांग्रेस उम्मेदवारलाई ३ सय २८, माओवादी उम्मेदवारलाई ५ हजार १ सय १४ मतान्तरले पराजित गरेका थिए । उपमेयर कमला भट्टराईले पनि हाराहारीकै मतान्तरले पराजित गरिन् ।

    १३ वडा रहेको राप्तीमा एमालेबाट मेयर, उपमेयर, ११ जना वडाध्यक्ष, ४३ जना सदस्यहरु निर्वाचित भए । कांग्रेसबाट २ जना वडाध्यक्ष, ७ जना सदस्यहरु निर्वाचित भए । मेयर प्रभा बरालले कांग्रेस उम्मेदवारलाई ४ हजार ३ सय २१, माओवादीलाई ९ हजार १ सय १८ मतान्तरले पराजित गरिन् । उपमेयर इमानसिंह मुक्तानले पनि सोही बराबरकै मतान्तरले पराजित गरे । ७ वडाहरु रहेको इच्छाकामना गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष, ३ जना वडाध्यक्ष, ११ जना सदस्यहरु निर्वाचित भए । एमालेबाट ३ जना वडाध्यक्ष, ११ सदस्यहरु निर्वाचित थिए । माओवादीबाट १ जना वडाध्यक्ष, ५ जना सदस्यहरु निर्वाचित थिए ।

    प्रदेशसभा-प्रतिनिधिसभाको चुनावी तराजु

    चितवनमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ र प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्रहरु छन् । पार्टी एकताको लक्ष्य सहित चुनावी गठबन्धनमा होमिएका एमाले र माओवादी २०७४ सालको चुनावमा मिलेर गए । कांग्रेस नेताहरु फराकिलो मतान्तरले हार्न पुगे । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका लागि १ र २ एमाले र ३ मा माओवादी केन्द्रले पायो । क्षेत्र नम्बर १ मा एमाले नेता सुरेन्द्र पाण्डेले कांग्रेस उम्मेदवारलाई १५ हजार ३ सय ६० मतान्तरले पराजित गरे । क्षेत्र नम्बर २ मा एमाले नेता कृष्णभक्त पोखरेलले १७ हजार ३ सय ५६ मतान्तरले कांग्रेस उम्मेदवारलाई पराजित गरे । क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको साथ पाएका राप्रपा नेता विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले हराएका थिए ।

    यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ (क)मा एमालेका दावादोर्जे लामाले ७ हजार २९ मतान्तरले, प्रदेश १ (ख) मा तत्कालिन एमाले नेता कृष्ण शर्मा खनालले ८ हजार ७ सय २२ मतान्तरले हराए । खनाल हाल एकिकृत समाजवादी पार्टीमा लागेका छन् । उनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । यी दुवै प्रदेश क्षेत्र मिलेर बनेको क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे एमालेको स्थायी कमिटि सदस्य छन् ।

    प्रदेश २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहालले कांग्रेसका उम्मेदवारलाई ४ हजार ७ सय १८ मतान्तरले हराएका थिए । २ (ख) मा एमालेका विजय सुवेदीले कांग्रेसका उम्मेदवारलाई ८ हजार ९ सय २ मतान्तरल हराएका थिए । यी दुवै मिलेर बनेको क्षेत्र नम्बर २ बाट निर्वाचित कृष्णभक्त पोखरेल पार्टीको महाधिवेशनमा केन्द्रीय नेतृत्वमा जान खोजिरहेका छन् ।

    प्रदेश ३(क) मा एमाले नेता कृष्णप्रसाद भुर्तेलले कांग्रेसका उम्मेदवारलाई १ हजार ७ सय ४० मतान्तरले हराएका थिए । प्रदेश ३(ख) मा माओवादी केन्द्रका रामलाल महतोले कांग्रेस उम्मेदवारलाई ७ हजार १ सय १६ मतान्तरले हराएका थिए । यी दुवै क्षेत्र मिलेर बनेको निर्वाचत क्षेत्र नम्बर ३ बाट पूर्वप्रधानमन्त्री प्रचण्डले जितेका थिए ।

    चितवनमा निर्वाचनको इतिहास

    चितवनको निर्वाचन क्षेत्र बेलाबखत फेरबदल भइरहेको छ । २०४८ सालमा ३ निर्वाचन क्षेत्र थियाे भने २०५१ काे मध्यावधी चुनावमा ४ क्षेत्र बन्यो । त्यसपछि २०६४ सालमा ५ वटा निर्वाचन क्षेत्र कायम गरियो । २०७४ सालमा फेरी घटाएर ३ वटा बनाइएको छ ।

    २०४८ सालको चुनावमा चितवन क्षेत्र नम्बर १ मा एमालेबाट जागृतप्रसाद भेटवाल, २ मा तत्कालीन नेकपा (प्रजातन्त्रवादी) का भीमबहादुर श्रेष्ठ र ३ मा तत्कालिन संयुक्त जनमोर्चा नेपालका अमिक शेरचन विजयी बने ।

    २०५१ को चुनावमा एमालेबाट क्षेत्र नम्बर १ मा जागृतप्रसाद भेटवाल, २ मा काशिनाथ अधिकारी, कांग्रेसबाट क्षेत्र नम्बर ३ मा गंगाधर लम्साल, ४ मा तीर्थराज भुषाल विजयी बने । २०५६ को चुनावमा ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित्यो । १ मा सावित्रि बोगटी पाठक, २ मा एकनाथ रानाभाट, ३ मा गंगाधर लम्साल, ४ मा नारायणशर्मा पौड्याल विजयी बने ।

    २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ५ निर्वाचन क्षेत्रमध्ये ४ वटामा माओवादी र १ वटामा एमालेले जित्यो । २०६४ मा कांग्रेस शून्य बन्यो । क्षेत्र नम्बर १ मा एमालेका लालमणि चौधरी, माओवादीबाट २ मा माओवादीका रामबहादुर थापा वादल, ३ मा नारायणप्रसाद दाहाल, ४ मा चित्रबहादुर श्रेष्ठ, ५ मा अमिक शेरचन विजयी बने ।

    २०७० सालको चुनावमा माओवादी शून्य बन्यो । एमालेबाट क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, ३ मा कृष्णभक्त पोखरेल, कांग्रेसबाट २ मा शेषनाथ अधिकारी, ४ मा तत्कालीन कांग्रेसका केन्द्रीय सभापति सुशील कोइराला र ५ मा राप्रपा नेता विक्रम पाण्डे विजयी बने । क्षेत्र नम्बर ४ मा भएको उपनिर्वाचनमा कांग्रेसकै रामकृष्ण घिमिरे विजयी बने ।

    २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा लालटिन चुनाव चिन्ह लिएर बखानसिंह गुरुङ, बत्ति बलेको दियो चुनाव चिन्ह लिएर सन्तकुमार चौधरी विजयी बने । २०४३ सालको पञ्चायत सदस्य चुनावमा जागृतप्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठ चितवनबाट विजयी बने । जनमत संग्रहका बेला चितवनबाट ३९ हजार ७ सय ३१ मत बहुदल र ३१ हजार २ सय १९ मत निर्दलका पक्षमा खसेको थियो ।