Tag: नेकपा एमाले

  • माधवपक्षीय कार्यदलका नेताबीच १० बुँदेबारे छलफल, संयुक्त बैठकका लागि रावलले गरे नेम्वाङलाई आग्रह

    माधवपक्षीय कार्यदलका नेताबीच १० बुँदेबारे छलफल, संयुक्त बैठकका लागि रावलले गरे नेम्वाङलाई आग्रह

    काठमाडौं । पार्टीभित्रको विवाद समाधान गर्न गरिएको १० बुँदे सहमति कार्यान्वयनमा नजाने छाँटकाँट देखिएपछि माधव नेपाल पक्षका कार्यदल सदस्यहरू छलफलमा जुटेका छन् ।

    २७ असार राति १० बुँदे सहमति जुटाउन कार्यदल सफल भए पनि भोलिपल्ट आएको सर्वोच्चको फैसलापछि एमालेभित्र उक्त सहमति भाँडिने अवस्था बनेको छ ।

    यसबाट चिन्तित बनेका नेपाल पक्षका कार्यदल सदस्यले यसलाई जोगाउनुपर्ने भन्दै अग्रसरता लिएका हुन् । त्यसकै लागि उनीहरू बिहीबार राजधानीको एक होटेलमा बसेर सिंगो कार्यदलको बैठक बसाउन जोड गर्ने निष्कर्ष निकालेका छन् । छलफलमा कार्यदलमा नरहेका स्थायी कमिटी सदस्य भीम आचार्य पनि सहभागी थिए।

    १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफलमा बसेका उनीहरुले पार्टी एकताका लागि सहमतिको कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने र अबका निर्णय संस्थागत हिसाबले हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

    छलफलकै बीच नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले ओली पक्षका संयोजक सुवास नेम्वाङलाई फोन गरेर चाँडो बैठक बस्न ताकेता गरेका थिए ।

    ‘हामी ६ जना बसेर सहमतिबारे छलफल गर्‍यौँ, समीक्षा गर्‍यौँ,’ नेपाल प्रेससँग उनले भने, ‘सिंगो कार्यदल बस्नुपर्छ भनेर अर्को पक्षका संयोजक सुवास नेम्वाङजीलाई मैले फोन गरेको छु । चाँडै बस्छौं ।’

    दुवै पक्ष कहिले बस्ने भन्ने बारे भने केही टुंगो भएको छैन । सहमति कार्यान्वयनका लागि आश्यकता अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसँग पनि आफूले छलफल गर्ने रावलले बताए ।

    सर्वोच्चको फैसापछि पदमुक्त भएर बुधबार आफ्नो निवास फर्किएका निर्वतमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले माधव नेपालले राजनीतिक अपराध गरेका भन्दै उनलाई पार्टीमा ठाँउ नरहेको उद्घोष गरेका छन् ।

    ओलीको यस्तो घोषणाले सहमतिको भविष्य संकटमा परेको अनुमान गर्न थालिएको छ । ओली पक्षका धेरै नेताले सर्वोच्चको फैसलापछि १० बुँदेको औचित्य सकिएको बताइरहेका छन् ।

  • एमाले संसदीय दलको बैठक भोलि, सरकार ढाल्न सघाउने २३ जनालाई पनि बोलाइयो

    एमाले संसदीय दलको बैठक भोलि, सरकार ढाल्न सघाउने २३ जनालाई पनि बोलाइयो

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बोलाइएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

    सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले जानकारी दिए ।

  • जाँदाजाँदै ओलीले सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

    जाँदाजाँदै ओलीले सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

    काठमाडौं । केपी ओलीले पहिलोपटक प्रधानमन्त्रीबाट हट्दै गर्दा संसदमा भनेका थिए, ‘देशी विदेशी मिलेर चक्रव्यूह रचिएको छ तर कलियुगको अभिमन्यूले चक्रव्यूह तोड्नेछ । ..यो नै अन्तिम होइन शुरूआत मात्र हो, हामी फेरि फर्किनेछौं जनताको आदेश लिएर ।’

    ओलीले त्यसबेला चक्रव्यूह तोडेर कलियुगका अभिमन्यूको रूपमा पुनः करिव दुई तिहाईको जनादेशसहित सिंहदरबारमा फर्किए । तर, उनको दोस्रो इनिङ भने शुरूदेखि नै भद्रगोलपूर्ण रह्यो ।

    नगर्नु एकता गरेपछि उनले नेकपा जोगाउन सक्नुपर्थ्यो । प्रचण्ड र माधव नेपालमध्ये एकजनाको साथ लिएको भए उनी बलियो हुन्थे । तर, त्यसो हुन सकेन र नेकपा हुँदै आज एमाले पनि विभाजित अवस्थामा हुँदा एमालेको माधव नेपाल समूहकै कारण उनी सत्ताच्यूत हुन पुगे ।

    केपी ओली आज सर्वोच्च अदालतको परमादेशबाट बिदाई हुँदा चौतर्फी रूपमा उनको विरोधमात्र भइरहेको छैन, उनको पालामा सम्पन्न भएका, थालिएका र तीव्रता लिएका मुलतः विकास निर्माणका कामहरू भने उनी प्रधानमन्त्रीबाट हटेको धेरै वर्षपछि पनि सम्झनयोग्य नै छन् ।

    राजनीतिक रूपमा ओलीको आलोचना गर्ने धेरै ठाउँ होलान् तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने उनको एजेण्डा हो, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्मले ‘रिकग्नाइज’गरे ।

    केपी ओलीमा ५ वर्षभित्रै केही गरौं, जुन कामले आफूलाई सधै सम्झाइरहोस् भन्ने नै थियो तर त्यस अनुसार उनले आफ्नो पार्टी व्यवस्थापन गरेनन् । एक्लै हिँड्न खोज्दा ओलीले ५ वर्ष शासन चलाउन त पाएनन् नै, सोचेजस्तो काम गर्न पनि सकेनन् ।

    तर, पनि उनले साढे तीन वर्षमा जति काम गरे, राजनीतिक विवादहरूलाई बाहिर राखेर विश्लेषण गर्दा केही सम्झनायोग्य काम गरेका छन् । राजनीतिक रूपमा पृथकतावादी र हिंसात्मक युद्धमा गएका समूहलाई राज्यका मूल प्रवाहमा ल्याउने चुनौतिपूर्ण काममा सफलता पाए ।

    उनको एक्लो प्रयास थियो,सानातिना सशस्त्र समूहलाई पनि हतियारसहित मूल प्रवाहमा ल्याए । मुलुकको नक्साबाट गायब भएको अतिक्रमित भूमि समेटेर राजनीतिक नक्सा जारीमात्र गरेनन्,त्यसकारण भारतसँग उनको सम्बन्ध समेत नराम्ररी बिग्रियो ।

    यसबीचमा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति देखिने र सुनिने बनाएकै हुन् । सार्क सम्मेलन आयोजना हुन सकेन तर विमस्टेक आयोजना गरे । खोप कूटनीतिमा उनले राष्ट्रपतिसमेत लगाएर सफलता पाए । नयाँ सरकारले धेरै मेहनत गर्न नपर्ने गरी खोपको व्यवस्थापन गरेर गएका छन् ओली ।

    यसबीचमा संविधानको पूर्णकार्यान्वयन भएको छ । संविधान जलाएकाहरूलाई पालैपालो सरकारमा ल्याएर ओलीले संविधान सर्वस्वीकार्य बनाएकै हुन् । एसिड आक्रमणकारी र बलात्कारीलाई कडा सजाय दिने कानून ल्याएर उनले सामाजिक न्यायको पक्षमा उल्लेख्य काम गरे ।

    सामाजिक सुरक्षामा उनले प्राथमिकता दिए र ५ वर्षभित्र ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा अनुरूप तेस्रो वर्षमा ४ हजार पुर्‍याए । भुकम्पपछिको पुन:निर्माण लगभग टुंग्याएर गएका छन् ओली ।

    मेलम्ची खानेपानी, माथिल्लो तामाकोशीजस्ता आयोजनाहरूको कामलाई उनले आफ्नो कार्यकालमै टुंग्याउन तदारुकता दिएर सम्भव भयो । देशभरका स्थानीय तहमा १५ शय्याका अस्पताल एकै दिन शिलान्यास भए र सम्भवतः अर्को वर्ष अधिकांश निर्माण हुनेछन् ।

    धेर्रै ठूला पूर्वाधार विकासका आयोजनाहरू ओलीले अघि बढाएका छन् । अब जुन सरकार आए पनि ती आयोजना रोकिन सक्दैनन् ।

    ओलीलाई सम्झाउने केही कामहरु यस्ता छन् ।

  • बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन

    बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताएका छन् ।

    बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताए । तर, उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताए ।

    ओलीले माधव नेपालले एमालेविरुद्ध अपराध गरेकाले उनलाई क्षमा हुन नसक्ने बताएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

    ओलीले आफ्नो सरकारले सम्पूर्ण नागरिकलाई निःशुल्क खोप दिने क्रम अघि बढाएको र सोही अन्तर्गत चाहिने जति खोप आउने प्रक्रियामा रहेको भन्दै नयाँ सरकारले निःशुल्क खोप दिने भन्दै तमाशा देखाएको आरोप लगाए ।

  • महेश बस्नेत भन्छन्- एक महिनापछि ओली फेरि पुन:स्थापना हुने सम्भावना छ

    महेश बस्नेत भन्छन्- एक महिनापछि ओली फेरि पुन:स्थापना हुने सम्भावना छ

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले एक महिनापछि फेरि केपी ओली सत्तामा पुन:स्थापना हुन सक्ने दावी गरेका छन् । एक महिनाभित्र शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा ओलीले प्रधानमन्त्रीमा दावी गर्न सक्ने उनको तर्क छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् ।

    उनले भने, ‘एक महिनापछि एमाले र जसपा मिलेर ७६ (५) को प्रधानमन्त्रीमा केपी ओलीले दावी गर्न पाउने कि नपाउने ? देउवाको दावीलाई मान्यता दिने अदालते एमाले र राजपाको दावीलाई मान्यता दिन्छ कि दिँदैन ?’ विश्वासको मत नपाएपछि देउवाले पनि निर्वाचन घोषणा गर्ने बस्नेतले बताए ।

    ‘केपी ओलीले गरेको विघटन सुँगुरको मुखजस्तो अनि देउवाले गर्न सक्ने विघटन चाहिँ मयुरको प्वाँखजस्तो हुन्छ ? अदालत के भन्छ ?’ उनने प्रश्न गरे ।

    बस्नेतले भने, ‘एक महिनापछि केपी ओली फेरि पुन:स्थापना हुने सम्भावना छ । तर, यदि जालसाँजी गरियो भने पनि ६ महिनापछि हुने चुनावमा एमालेलाई कसैले छेक्न सक्दैन । एमाले बाघ हो । बाघ र सिंहसँग लड्न स्यालहरूले हुल बाँधेर आउनुपर्छ ।’

  • शंकर पोखरेलको तर्क- देउवाले गृहमन्त्री रोज्नु चुनावलक्षित रणनीति

    शंकर पोखरेलको तर्क- देउवाले गृहमन्त्री रोज्नु चुनावलक्षित रणनीति

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा(एमाले)का नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको सट्टा गृह रोज्नु चुनावलक्षिण रणनीतिको संकेत भएको दावी गरेका छन् ।

    ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो,’ पोखरेलले सामाजिक संजालमा लेखेका छन्।

    हिजो मात्रै प्रधानमन्त्री नियुक्त भएर सपथ लिएका देउवाले शुरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सानो मन्त्रीमण्डल बनाएका छन् । जसमा गृह र कानून मन्त्रालय कांग्रेसले लिएको छ भने अर्थ र उर्जा माओवादीले लिएको छ।

    कांग्रेस नेता बालकृष्ण खाँड गृहमन्त्री भएका भएका छन् । अर्थमन्त्री माओवादी केन्द्रका नेता जनार्दन शर्मा बनेका छन्। त्यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने माओवादीबाट पम्फा भुसाल उर्जा तथा जलस्रोत मन्त्री बनेकी छिन्।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट

    एमाले स्थायी कमिटी बैठक बस्दै, फैसलापछि माधव नेपालसँग ओली झन् रुष्ट

    काठमाडौं । नेकपा (एमाले)को हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले हिजो दिउँसो १ बजे निर्धारित बैठक स्थगित भएको थियो।

    आजको बैठकको स्थान र समय भने निर्धारण भइनसकेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तमाङले नेपाल प्रेससँग भने, ‘पहिले स्थायी कमिटीको हुन्छ अनि केन्द्रीय कमिटीको बैठक राखिन्छ।’

    फैसलापछि माधव नेपालसँग संवाद कठिन

    सर्वोच्च अदालतको आदेशपछि पार्टी अध्यक्ष ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट देखिएको छ। तामाङ फैसलापछि नेपालसँग संवादको समभवना नरहेको बताउँछन् ।

    ‘सर्वोच्चका फैसलापछि माधव कमरेडका गतिविधिले संवादकाे सकारात्मक वातावरण झन् विग्रिएकाे छ,’ उनले भने । विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनु परेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ।

    सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

    उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।

  • साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु

    साढे ३ वर्षमा ओलीले छाडेका पदचापहरु

    पछिल्लो डेढ वर्षदेखि निरन्तर धर्मराइरहेको केपी शर्मा ओलीको सरकार अन्ततः अदालतको फैसलाबाट ढलेको छ । प्रधानमन्त्रीको कुर्सीमा साढे तीन वर्ष व्यतित गरेका ओली बालुवाटारबाट आज विदा हुँदैछन् ।

    हिजो प्रधानमन्त्रीको रुपमा अन्तिम सम्वोधन गरिरहँदा ओलीको अनुहारमा विरक्ति भाव थिएन । न त अभिव्यक्तिमा नै कुनै फरकपना । ओलीको स्वभावगत विशेषता यो हो कि उनी हम्मेसी हिम्मत हार्दैनन् । चाहे निजी जीवनमा होस या राजनीतिमा, हमेशा आत्मविश्वासी देखिन्छन् ।

    तथापि, ओलीको यो बहिर्गमन अनिच्छित नै हो । उनी आफ्नो सरकारलाई निरन्तरता दिन चाहन्थे । सत्तास्वार्थका कारण मात्रै होइन, प्रधानमन्त्रीका रुपमा सम्भवतः आफ्नो अन्तिम कार्यकाल सफलतामा टुंग्याउनका लागि उनलाई अझै केही समय आवश्यक थियो ।

    कोरोनाविरुद्धको लडाईं जितिसकेर, केही ठूला पूर्वाधारहरुलाई टुंगोमा पुर्‍याएर अनि नयाँ जनादेशमार्फत देशको विश्रृंखल राजनीतिलाई निकास दिएर विदा लिने उनको ध्येय थियो । जुन पूरा हुन सकेन । तथापि, उनले आफ्नो कार्यकालमा केही स्मरणीय उपलब्धीहरु भने हासिल गरेका छन् ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेका ओलीले देशलाई त्यस दिशामा डोहोर्‍याउनका निम्ति केही इमान्दार प्रयासहरु गरेकै हुन् । कतिमा सफल भए, कतिमा भएनन् त्यो अलग्गै विश्लेषणको पाटो हो ।

    उपलब्धीहरुको कुरा गर्दा भूकम्पपछिको पुनर्निमाणलाई ओलीले लगभग पूर्णतामा पुर्‍याएका छन् । जनताको आवास मात्र होइन, सम्पदाहरुको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ । धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता सम्पदाहरु पुरानोभन्दा पनि अब्बल स्वरुपमा फर्केका छन् र यसले देशमा सकारात्मक भाइब्रेसन पैदा गरेको छ ।

    ओलीले राष्ट्रिय महत्वका ठूला आयोजनाहरुमा निरन्तर नजर राखे । अनेक व्यवधान खेपेर लामो समयदेखि अल्झिरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भयो । यसले काकाकुल काठमाडौंलाई त्राण मिलेको छ । अर्को महत्वपूर्ण आयोजना तामाकोशी जलविद्युत पनि सम्पन्नताको चरणमा छ । नेपाल अब विजुली किन्नेबाट बेच्ने स्थितिमा पुग्नु महत्वपूर्ण उपलब्धी हो ।

    विकासको सन्देश दिनका लागि ओलीले विभिन्न उपायहरु लगाए । उनको कार्यकालमा शिलान्यास–उद्घाटनको लहर नै आयो । एकैपटक सात प्रदेशमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गराउनेदेखि लिएर देशभर पाँचवटा औद्योगिक क्षेत्र निर्माणको पहल उनले अघि बढाए । विगतका प्रधानमन्त्रीहरुभन्दा फरक, उनी आफ्ना प्रत्येक भाषणमा विकास–निर्माण कुरा गर्थे । जनतालाई ठूला सपना देखाउँथे ।

    ओलीको कार्यकालमा कोरोनाको विश्वव्यापी संकट उत्पन्न भयो, जसले सरकारको गतिमा ठूलो रोकावट पैदा गर्‍याे । कोरोनाविरुद्धको लडाईंमा अन्य राष्ट्रहरुको दाँजोमा नेपाल अपेक्षित सफल छ । अहिलेसम्म पचासौं हजार नेपालीले कोरोनाको निशुल्क उपचार पाएका छन् । यसैगरि, १ करोड ३१ लाख खोपको आपूर्ति सुनिश्चत भएको छ, जुन आफैंमा उत्साहजनक परिमाण हो । सरकारले जनताबाट एक पैसा पनि नलिइकन कोरोनाविरुद्धको खोप लगाएर समाजवादी राज्यको आभास गराएको छ ।

    ओलीको कार्यकालमा नेपालको नक्शा नै बदलियो । भारतको अधिनमा रहेको लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई नेपालको नक्शामा समावेश गरेर ओलीले अन्तर्राष्ट्रिय जगतमै भारतले नेपालको भूमि हडपेको सन्देश प्रवाह गर्न सफल भए । नेपालको सो साहसिक कदमले भारतलाई निकै सकसमा पारेको थियो । यद्यपि, नक्शामा समावेश गरिएका भूमिलाई भारतको कब्जाबाट खोस्ने कार्य निकै जटिल र दुरुह छ । यसमा ओली सरकारले ठोस पहल गर्न सकेन ।

    अन्तर्राष्ट्रिय सम्वन्धहरुलाई पुनःव्यवस्थित गर्ने तथा विश्व मानचित्रमा नेपालको उपस्थितिलाई दरिलो बनाउने प्रयास ओलीले गरे । चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणमा निम्त्याउने सफलता पाएका ओली भारतसित पनि सम्वन्ध सुधार्न सफल भए । दुई छिमेकी देशहरुसँगको सम्वन्धलाई उनले धेरै हदसम्म सन्तुलनमा ल्याएका छन् ।

    देश र जनताका लागि टाउकोदुखाइ बन्दै गएको सिके राउतको विखण्डनकारी अभियानलाई ठेगान लगाउनु पनि ओलीको एउटा महत्वपूर्ण सफलता हो । साथसाथै, विप्लव समूहलाई पनि उनले हिंसात्मक बाटाबाट मूलधारमा तानेका छन् ।

    प्रधानमन्त्री पदमा रहिरहँदा कमजोर स्वास्थ्यका बाबजुद ओलीले आराम गरेनन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा उनी ६ महिना वा एक वर्षसम्म बेड रेस्टमा रहन सक्ने चर्चा थियो । तर, आश्चर्यजनकरुपमा ओली प्रत्यारोपण गरेको एक महिनाभित्रै आफ्नो काममा फर्किसकेका थिए । उनको उच्च मनोबल धेरै बिरामीका निम्ति प्रेरणादायी छ ।

    लोकप्रियताको अस्थिर ग्राफ

    लोकप्रियताको हिसाबले ओलीको ग्राफ साढे तीन वर्षसम्म नेप्से परिसूचकजस्तै उकालो-ओरालो भइरह्यो । कहिले उनी चौतर्फी प्रसंशित बने त कहिले तीव्र आलोचित । उनका कैयन भाषणहरु देशभित्र मात्रै होइन, देशबाहिर समेत चर्चित बने । सम्भवतः नेपालका प्रधानमन्त्रीहरुमध्ये अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा बढी चिन्ने र सम्झिने नाम ओली नै हुन् ।

    साढे तीन वर्षमा ओली अनेकन विवादमा घेरिए । देशको मुलधारे मिडिया र बौद्धिक जमातको एउटा ठूलो हिस्सा उनीप्रति सदैव अत्यधिक नकारात्मक रहिरह्याे । प्रतिपक्षी दलभन्दा मुलधारे मिडिया ओलीप्रति बढी आलोचक देखियो । ओलीको कसले बढी निन्दा र भत्र्सना गर्ने भन्ने अघोषित प्रतिस्पर्धा नै सञ्चारमाध्यममा चल्यो । ओलीले पनि पटक-पटक आफ्ना भाषणहरुमा मिडियाप्रति आक्रोश पोखे । ‘सत्य देख्ने र लेख्ने मुटु भएका सम्पादक देशमा नभएको’ उनको टिप्पणी निकै चर्चित बन्यो ।

    सामाजिक सञ्जालको जनमत भने उतारचढावयूक्त रह्यो । खासगरी, राजनीतिप्रति धेरै चासो नभएको तटस्थ जनमतले ओलीको विस्थापनको पक्षमा आफूलाई कहिल्यै उभ्याएका थिएनन् । अनेकन विवादमा ओली घेरिँदा पनि ‘अरु भन्दा ओली नै ठिक’ भन्ने भाष्य यो तप्कामा स्थापित छ । ओलीको स्थानमा देउवा आउँदा आमजनतामा खुशी छाउनुपर्ने/हुनुपर्ने कुनै कारण पनि छैन ।

    प्रधानमन्त्रीका रुपमा ओलीको यो दोस्रो कार्यकाल थियो । भारतले नेपालमा नाकाबन्दी लगाएको संकटपूर्ण समयमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसबेला ओलीको लोकप्रियता ग्राफ निकै उचाइमा थियो । भारतले नेपालमाथि अवाञ्छित हस्तक्षेप गर्न खोज्दा ओलीले हुत्याइदिएका थिए । त्यसबेला राष्ट्रियताको पक्षमा देखाएको अडानलाई लिएर कतिपयले ओलीलाई महेन्द्रपछिको महान राष्ट्रवादी नेताको संज्ञासमेत दिए ।

    दोस्रो कार्यकालमा भने ओलीले राष्ट्रियतासँग जोडिएका केही विवादस्पद कामहरु गरेका छन् । कुटनीतिक प्रोटोकल तोडेर भारतीय जासुसी संस्थाका रअका प्रमूखलाई बालुवाटारमा प्रवेश दिँदादेखि नागरिकताको विषयमा अनुचित सम्झौता गर्दै जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउँदा उनको चर्को आलोचना भयो । यी दुई प्रकरणले ओलीको राष्ट्रवादी छवि केही धुमिल बन्न पुग्यो ।

    भारतसँगको नाकाबन्दीको डटेर सामना गरेका ओलीले नाकाबन्दीका बेला भारतीय सीमामा बसेर नेपालतिर ढुंगा हान्नेहरुलाई रातो कार्पेट विछ्याएर सरकारमा भित्र्याएको जनताले रुचाएनन् । यसले ओलीको लोकप्रियतालाई निकै क्षति पुर्‍यायो ।

    जहाँ चुके ओली

    दुई तिहाई सांसदको समर्थनसहित ओली पछिल्लो कालखण्डकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदाएका थिए । देशले सजिलै नहल्लिने बलियो सरकार पाएको थियो र जनताले पाँच वर्ष राजनीतिक स्थिरता एवं विकासको आशा राखेका थिए ।

    तर, बहुमतको सरकारबाट मात्रै राजनीतिक स्थायित्वको ग्यारेन्टी हुँदोरहेनछ भन्ने प्रमाणित भएको छ । सरकारले दुई वर्ष काट्दा_नकाट्दै पार्टीभित्रैबाट अवरोधहरु सुरु भए । जनतालाई विरक्त पाने गरी सत्तारुढ नेकपाभित्र सत्तासंघर्ष चर्कियो । र, अन्ततः ओलीले उत्तेजनामा आएर प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको घोषणा गरिदिए ।

    ओलीले पहिलोपटक गरेको संसद विघटनको कुनै संवैधानिक धरातल थिएन । अदालतबाट त्यो बदर हुनु नै थियो र भयो । त्यसले ओलीको अहममा ठेस लाग्योे । सर्वोच्चबाट संसद पुनर्स्थापनापछि ओलीको राजनीति गम्भीर संकटमा फसेको थियो । तर, त्यही सर्वोच्चले एमाले र माओवादी पार्टी ब्यूँताइदिएर ओलीलाई ‘रेस्क्यू’ गर्‍याे ।

    नेकपाको आधिकारिकताका लागि लडिरहेका ओलीले एमाले पार्टी फिर्ता पाए, वोनसका रुपमा केही पूर्वमाओवादी नेताहरुसहित । तर, यो अनुकुलतालाई सदुपयोग गर्नका लागि सही रणनीतिहरु उनले अबलम्बन गर्न सकेनन् । प्रचण्डको शिविरबाट निस्केर विरही गीत गाउँदै एमाले फर्केका नेताहरुप्रति ओली असहिष्णु बने । उनीहरुलाई तत्काल पार्टीभित्र न्यानो स्वागत गरेर एमालेलाई एकतावद्ध बनाउनेभन्दा एकपछि अर्को एकपक्षीय कदमहरु चाल्नतिर लागे, जुन अन्ततः ओलीका निम्ति प्रत्यूत्पादक बन्यो । नेकपामा जस्तै एमालेमा पनि भाँडभैलो सुरु भयो । जतिबेला ओली लचक बने, त्यसबेलासम्म एमालेलाई धेरै क्षति पुगिसकेको थियो ।

    देशमा राजनीतिक स्थायित्वको लागि नेकपाको विभाजन कम्तिमा पाँच वर्ष रोक्न सक्नुपर्थ्याे ओलीले, व्यक्तिगतरुपमा केही त्याग गरेर भए पनि । उनले समयमै बुद्धिमत्तापूर्वक निर्णय लिएको भए न पार्टी फुट्थ्यो न सरकार ढल्थ्यो । सरकार अल्पायूमा ढल्नुको सबैभन्दा ठूलो दोष उनले आफैंलाई दिनुपर्छ । हो, माधव नेपाल समूहले आफ्नै पार्टीको सरकार गिराइ जितको उत्सव मनाउनु अत्यन्तै लज्जास्पद छ । तर, ओली मुलतः आफ्नै खुट्टामा अल्झेर लडेका हुन् ।

  • कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने- फेरि सूर्य बादल हटाएर उदाउनेछ

    कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने- फेरि सूर्य बादल हटाएर उदाउनेछ

    काठमाडौं । प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् ।

    सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जनताबाट रोक्न कसले सक्छ ?’

    ओलीले सम्बोधनको अन्तिममा केही समयका लागि सूर्यलाई बादलले छेके पनि फेरि सूर्य बादल हटाएर उदाउने बताए । आफ्नै पार्टीका २३ जना अराजकले सरकार ढाल्न विपक्षीलाई बल पास गरेको भन्दै ओलीले घृणा व्यक्त गरे ।

    ओलीले भने, ‘बादलले एकछिन घामलाई छेक्न सक्ला तर सूर्यको प्रकाशलाई कसैले रोक्न सक्ने छैन्, एकछिन बादल लागेको छ, बादल हटेर फेरी सूर्य उदाउनेछ ।’

  • कार्यदलका नेताले माधव नेपाललाई सोधे- एकता रोज्ने कि विभाजन ?

    कार्यदलका नेताले माधव नेपाललाई सोधे- एकता रोज्ने कि विभाजन ?

    काठमाडौं । नेकपा एकता कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता वा विभाजनमध्ये एक रोज्न सुझाव दिएका छन् । १० बुँदे सहमतिको मस्यौदा नेपाल निवासमै पुगेर बुझाउँदै अब धेरै विवाद नगर्न सुझाव दिएका हुन् ।

    नेपालकै कारण एमालेको सरकार ढलेर कांग्रेसको हातमा पुगेको भन्दै अब विवाद बढाए विभाजन हुने भएकाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेर एकतामा फर्किन नेताहरूले आग्रह गरेका छन् ।

    वार्ता टोलीका संयोजक सुवास नेम्वाङ र विष्णु पौडेलले नेपाललाई भेटेर अब विवाद बढाए विभाजनबाहेक पुग्नका लागि अन्य ठाउँ नरहेको बताएका थिए । आफूहरूले संवादमा फर्किन आग्रह गरेको नेम्वाङले बताए ।

    नेपालसँगको भेटमा उपाध्यक्ष भीम रावल पनि सहभागी थिए । नेपालसहित एमालेका २३ सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।

  • युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    युवा संघले ब्युँतायो युथफोर्स, क्षितिज थेवे बने कमाण्डर

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । शान्ति प्रक्रियालगत्तै माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

    युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्नुपर्ने बताए ।

    पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने युवा संघका सचिव जय गुरुङले जानकारी दिए ।

    
    
    
    
    
  • एमाले स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक थप छलफलपछि बोलाइने

    एमाले स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक थप छलफलपछि बोलाइने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आज अपरान्ह १ बजे निर्धारित बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    अर्को बैठकको मिति तय भएको छैन । यसअघि वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न सोमबार साँझ बैठक डाकिएको थियो । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका कारण बैठक अनौपचारिक रूपमा मात्र बसेका थियो ।

    माधव नेपाल पक्षसहितको बैठक राख्नेगरी छलफल भइरहेका कारण केही समय बैठक स्थगन भएको एमाले स्रोतले जनाएको छ ।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे सहमति अनुमोदन हुने

    एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे सहमति अनुमोदन हुने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिठी बैठक आज बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो ।

    आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहदुर तामाले बताए

    यसअघि असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताएका थिए ।

    आजको बैठकमा माधव पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ । माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

  • माधव नेपालले देउवालाई भने : हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस्

    माधव नेपालले देउवालाई भने : हाम्रो पार्टी एकतातर्फ बढेको छ, परिस्थिति बुझिदिनुस्

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठवन्धनबाट आफू अलग भएको संकेत गरेका छन् । आज बसेको गठवन्धनको बैठकमा उनले आफ्नो पार्टी एमाले एकतातर्फ अघि बढेको भन्दै यस्तो संकेत गरेका हुन् ।

    स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालकै घरमा बस्ने भनिएको बैठकमा धेरै नेताहरु उपस्थित भएपछि अन्यत्र सारिएको थियो । बैठकमा नेपालले परिस्थितिमा बदलाव आएको तर, आफू संविधानको रक्षा एवं जनताका हक अधिकारको पक्षमा सँधै प्रतिवद्ध रहने बताएका थिए ।

    बैठकपछि नेता रघुजी पन्तले दिएको जानकारी अनुसार नेता नेपालको भनाइ यस्तो थियो :

    ‘हामीले संविधान र लोकतन्त्रको रक्षाका लागि लडाईं लडेका हौं । जनताका हक अधिकारका पक्षमा लडेका हौं । अब बन्ने सरकार त्यस दिशामा काम गर्न सफल हुनुपर्छ । अहिले नयाँ परिस्थिति बनेको छ । हिजो हामी विभाजित अवस्थामा थियौं । अहिले पार्टीलाई एकतावद्ध बनाउने प्रयास अघि बढेको छ । हामी चाँडै यसलाई टुंग्याउन चाहन्छौं । परिवर्तित अवस्थालाई तपाईंहरुले बुझिदिनुहोला । शेरबहादुरजीले सबैलाई समेटेर देशमा विद्यमान समस्या समाधानको अगूवाइ गर्नुहोस् । एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमालेलगायत सबै राजनीतिक दलहरुसँग सरसल्लाह गरेर काम गर्नुस् । ’

    नेता पन्तलाई पत्रकारले ‘तपाईंहरु देउवा सरकारमा सहभागी हुनुहुन्छ कि ? भनेर सोधेका थिए । पन्तले यसबारेमा आफ्नो पार्टीका बैठकले निर्णय गर्ने बताए ।

    उनले भने, ‘हाम्रो पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीका बैठक बस्छ । अध्यक्ष कमरेड कपी ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालहरुबीच छलफल हुन्छ । त्यसपछि प्रतिपक्षमा जाने कि सरकारमा बस्ने निर्णय हून्छ ।’

    पन्तले आफूहरु सँधै विपक्षी गठवन्धनमा बस्न नसक्ने बताए । बीचमा समस्या आए पनि एमाले एउटै रहेको उनको भनाइ थियो । पार्टीभित्र भएको १० बुँदे सहमतिलाई पूर्ण बनाउँदै लैजाने भन्दै उनले थपे, ‘हामी एमालेलाई एकतावद्ध बनाएर राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका स्थापित गर्छौं ।’

  • एमालेको ठहर- सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्था जस्केलाबाट छिर्‍याे

    एमालेको ठहर- सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्था जस्केलाबाट छिर्‍याे

    काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले अदालतको फैसला निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको ठहर समेत गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको बताए ।

    ज्ञवालीले भने- सरकार बनाउने संविधानका आफ्नै व्यवस्थाहरु छन् । आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ । सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्ने लोकतन्त्रमा कल्पनाबाहिरको अभ्यास आजबाट भएको छ । यसले हामीलाई चिन्तित तुल्याएको छ ।

    सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको एमालेले जनाएको छ । एमालेले सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिबारे औपचारिक धारणा तय गर्न स्थायी कमिटीको औपचारिक बैठक मंगलबार बोलाएको छ ।

    स्थायी कमिटीको अनौपचारिक बैठकमै वार्ता टोलीका माधव नेपाल पक्षीय संयोजक भीम रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाएका थिए ।

  • सबैलाई समेटेर सरकार बनाउन देउवालाई नेपालको सुझाव

    सबैलाई समेटेर सरकार बनाउन देउवालाई नेपालको सुझाव

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई शुभकामना दिएका हुन् ।

    बैठकपछि एमाले नेता रघुजी पन्तले वरिष्ठ नेता नेपालले बैठकमा राखेको धारणा उधृत गरेर पत्रकारहरुलाई सुनाएका थिए । ‘संविधान, लोकतन्त्र र विधिको लागि मैले सधै लड्दै आएको छु । शेरबहादुरजीले सबैलाई समेटेर लैजानुपर्नेछ । बदलिएको परिस्थितिमा नेकपा एमालेसंग पनि पर्याप्त छलफल गरेर सहकार्यसहित अगाडि बढ्नुहुने विश्वास लिएको छु’, नेपाललाई उधृत गर्दै पन्तले भने ।

    बैठकमा सरकार गठन र पावर सेयरिङका विषयमा छलफल भएको थियो । नेपालले सर्वोच्चको फैसलापछि एमालेको अहिलेको परिस्थितिमा परिवर्तन आउनसक्ने सम्भवना यथावत रहेको भन्दै सुझबुझपूर्ण ढंगले अगाडि बढ्न देउवालाई सुझाएको बताइएको छ ।

  • बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, भीम रावल पनि सहभागी

    बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, भीम रावल पनि सहभागी

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा.भीम रावल पनि सहभागी भएका छन् ।

    आजको बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरूले बताएका छन् । मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुनेछ ।

    स्थायी कमिटीको बैठकले आइतबार रातिको १० बुँदे पार्टी एकता सम्बन्धी सहमतिलाई अनुमोदन गर्ने भने पनि सबै नेताहरूसहितको औपचारिक बैठक राख्ने र त्यसबाट अनुमोदन गरेर पार्टीलाई एकताबद्ध बनाउनेबारे छलफल चलिरहेको छ ।

  • भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै

    भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल बालुवाटार पुगेका छन् । अन्य नेताहरू पनि बालुवाटार जाने क्रम जारी छ ।

    बैठकअघि सबैलाई समेट्नबारे नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठक स्थगित गर्ने कि सहमतिलाई अनुमोदन गरेर पार्टी एकताको सन्देश दिने भन्नेबारे छलफल भइरहेको छ ।

    यता सर्वोच्च अदालतको फैसलापछि विकसित घटनाक्रमलाई लिएर पार्टीमा विकसित सहमति भाँडिन नदिन आज निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्न माधव नेपाल निकट केही नेताहरूले आग्रह गरेका छन् ।

    वार्ता कार्यदलले हस्ताक्षर गरेर तयार पारेको सहमतिको मस्यौदा पारित गर्न आज साँझ बोलाइएको बैठक थप छलफलपछि राख्न आग्रह गरिएको वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले बताए ।

    पाण्डेले नेपाल प्रेससँग भने, ‘धेरै मेहनत गरेर माधव कमरेडले दुई दिन पर्खौ भन्दा भन्दै पनि हामीले सहमति गरेका हौं । यसलाई भत्किन दिनु हुँदैन र पार्टी एकता टुट्न नदिन हामी दृढ छौं । आजको बैठक स्थगित गर्ने कुरा विष्णु पौडेलले भन्नुभएको थियो, खबर आएको छैन ।’

  • एमालेमा छलफल- सर्वोच्चको फैसला न्यायिक ‘कू’, दलीय प्रणालीमाथि हस्तक्षेप

    एमालेमा छलफल- सर्वोच्चको फैसला न्यायिक ‘कू’, दलीय प्रणालीमाथि हस्तक्षेप

    काठमाडौं । सर्वोच्च अदालतको फैसलामाथि छलफल गर्न एमाले स्थायी कमिटी बैठक पूर्वनिर्धारित योजना अनुसार नै साँझ ५ बजे बस्दैछ । तर, फैसलाको बारेमा बालुवाटारमा एमालेका नेताहरूबीच अनौपचारिक छलफल भने भएको छ ।

    एमाले नेताहरूले रिट निवेदकले मागेका र न्यायाधीशलाई रिस उठेका कुरालाई समेत फैसलाका रूपमा संवैधानिक इजलासले लिपिवद्ध गरेको भन्दै यसले देशलाई गम्भीर दुर्भाग्यतर्फ धकेल्ने ठहर गरेका छन् ।

    एमालेका एक नेताले भने, ‘यो राजनीति हो, अदालतको फैसला त हुँदै होइन । यसलाई हामीले देशको संविधान र संसदीय प्रणालीविरुद्ध गरिएको न्यायिक ‘कू’का रूपमा लिएका छौं । अदालतले गर्ने फैसला मान्नु पर्ने बाध्यता एक ठाउँमा होला तर दुर्भाग्यतर्फ ठेल्यो ।’

    एमाले महासचिव ईश्वर पोखरेलले लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदको भएको भन्दै अदालतको फैसलाले यो अभ्यासमाथि प्रहार भएको बताएका छन् ।

    महासचिव पोखरेलले अदालतको फैसलाबाट शक्ति पृथकीकरणमाथि प्रहार भएको र बहुदलीय व्यवस्थामाथि नै आक्रमण भएको बताएका छन् ।

    पोखरेलले भनेका छन्-‘संसदभित्रका कारवाहीमा सांसदलाई सम्वन्धित राजनीतिक दलको ह्वीप नलाग्ने आदेश गरेको छ !! लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन । यसका विरूद्धको वृहद जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो !!’

  • सर्वोच्चको फैसलमा एमाले विभाजितः ओली पक्ष सडकमा, नेपाल पक्षको स्वागत

    सर्वोच्चको फैसलमा एमाले विभाजितः ओली पक्ष सडकमा, नेपाल पक्षको स्वागत

    काठमाडौं । संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई आत्मसात गर्ने सवालमा नेकपा (एमाले) विभाजित देखिएको छ । एमालेको कार्यदलले आइतबार सर्वोच्चको आदेशबारे संस्थागत धारणा बनाउने सहमति गरेको भए पनि त्यस अनुसार धारणा व्यक्त भइरहेका छैनन् ।

    एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको भन्दै त्यसको स्वागत गरेका छन् । यसले मुलुकमा राजनीतिक स्थिरताको निम्ति राम्रो भूमिका खेल्ने उनको विश्वास छ।

    नेपाल पक्षकै योगेश भट्टराईले पनि सर्वोच्चको फैसलालाई स्वागत गरेका छन्। ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,’ उनले भनेका छन्, ‘बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितसहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताका साथ अघि बढ्न आह्वन गर्दछु।’

    ओली पक्ष भने फैसलाप्रति असन्तुष्ट देखिएको छ । एमाले नेता महेश बस्नेतले यस सम्बन्धमा सबैभन्दा कडा प्रतिक्रिया जनाएका छन् । उनले आजको दिनलाई निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिनका रूपमा व्याख्या गर्दै कार्यकर्तालाई सडकमा उत्रिन आह्वन गरेका छन् ।

    ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको विरुद्ध विरोध जनाउँ’ अदालतको आदेशविरुद्ध प्रदर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन । निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन।’

    बस्नेतकै निर्देशन बमोजिम सर्वोच्चको फैसलाविरुद्ध एमाले कार्यकर्ता सडकमा उत्रिएका छन् । युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन शुरू भएको छ । युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको आदेश जारी भएसँगै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिँदै अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुग्ने बताएका छन् ।

    त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फैसलामा असन्तुष्टि जनाउँदै संसदीय व्यवस्था र दलिय प्रणालीको मूल मर्ममा प्रहार भएको बताएका छन्।

    उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकट र अस्थिरतामा धकेलियो। संसदीय व्यवस्था र दलीय प्रणालीको मुल मर्म मै नांगो प्रहार ।’

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको आदेश जारी भएसँगै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिँदै अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुग्ने बताएका छन् ।

    त्यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फैसलामा असन्तुष्टि जनाउँदै संसदीय व्यवस्था र दलिय प्रणालीको मूल मर्ममा प्रहार भएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकट र अस्थिरतामा धकेलियो । संसदीय व्यवस्था र दलीय प्रणालीको मूल मर्म मै नांगो प्रहार।’

    संविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

    उनले भने, ‘म स्तब्ध छु, यो फैसलाभन्दा पनि राजनीतिक कुरा आयो । यसबाट संविधान, कानून, स्थापित अभ्यास र संसदीय प्रणाली लगायतमा थुप्रै गम्भीर प्रश्नहरू फैसलाबाट उठ्न पुगेका छन् । कतिपय प्रसंगहरू पत्याई नसक्नुका छन् ।’

  • नेम्वाङ भन्छन्- फैसलाका प्रसंग पत्याउनै नसकिने छन् तर अदालतको आदेश मान्नुको विकल्प छैन

    नेम्वाङ भन्छन्- फैसलाका प्रसंग पत्याउनै नसकिने छन् तर अदालतको आदेश मान्नुको विकल्प छैन

    काठमाडौं । संविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

    नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने, ‘म स्तब्ध छु, यो फैसलाभन्दा पनि राजनीतिक कुरा आयो । यसबाट संविधान, कानून, स्थापित अभ्यास र संसदीय प्रणाली लगायतमा थुप्रै गम्भीर प्रश्नहरू फैसलाबाट उठ्न पुगेका छन् । कतिपय प्रसंगहरू पत्याई नसक्नुका छन् । म फैसला अध्ययन गर्दैछु ।’

    नेम्वाङले संविधान र स्थापित अभ्यासबमोजिम फैसला गर्ने अधिकार पाएको सर्वोच्चले गरेको आदेशलाई एमाले कानूनको शासनमा विश्वस गर्ने शक्ति भएका कारण मानेर जानुको विकल्प नभएको बताए ।

  • रामकुमारी झाँक्रीको टिप्पणी – १० बुँदेको स्वागत गर्न हतार नगरौँ, निराश पनि नबनौँ

    रामकुमारी झाँक्रीको टिप्पणी – १० बुँदेको स्वागत गर्न हतार नगरौँ, निराश पनि नबनौँ

    काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले हिजो कार्यदलबीच भएको १० बुँदे सहमतिको स्वागत गर्न हातारिन नहुने बताएकी छन् ।

    सम्झौताबारे प्रतिक्रिया दिँदै झाँक्रीले समाजिक सञ्जालमा भनेकी छिन्,‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ । निराश पनि नबनौँ । राजनीति हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।’

    सम्झौताबारे आफूपक्षीय केन्द्रीय कमिटी बैठक बसेर संस्थागत धारणा बनाउने उनको भनाइ छ । बैठकको कार्यविधि निर्धारण नगरी स्थायी कमिटी बैठकमा जान नहुने उनको विचार छ ।

    ‘स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयनयोग्य हुँदैन,’ झाँक्रीले भनेकी छिन्, ‘बैठकमा जाने कुरा हुन्न ।’

    त्यस्तै अदालतमा दिएको हस्ताक्षर पनि फिर्ता नहुने भनाइ झाँक्रीको छ । उनले भनेकी छिन्, ‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन ।’

  • एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्षसँग पनि परामर्श

    एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्षसँग पनि परामर्श

    काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले जुटाएको सहमति अनुमोदन गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै बस्ने भएको छ ।

    बेलुकी ५ बजे बस्ने बैठकले कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने छ । बैठकअघि अध्यक्ष केपी शर्मा ओेलीले महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षसँग पनि परामर्श गरेका थिए ।

    कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले सहमति लगत्तै संवाददाताहरूलाई प्रतिक्रिया दिँदा आफूहरू बैठकमा सहभागी हुने बताएका थिए ।

    एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

  • ‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’

    ‘ओली गुटमा प्रवेशका लागि बाटो खोज्नेले सहमतिमा हस्ताक्षर गरेका हुन्, हाम्रो विद्रोह जारी रहन्छ’

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा माधव नेपाल समूहका प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले एमाले कार्यदलबीच भएको सहमतिलाई व्यक्तिगत सहमतिको संज्ञा दिएका छन् । कुनै पनि हालतमा त्यो सहमति नस्वीकार्ने भन्दै राईले आफूहरूको समानान्तर गतिविधि कायम नै रहने प्रष्ट्याए । नेपाल प्रेससँग कुरा गर्दै नेता राईले सहमतिमा हस्ताक्षर गर्ने नेताहरू केपी ओली गुटमा प्रवेशका लागि सेफ ल्याण्डिङ मात्र खोजेकोले त्यो उनीहरूको व्यक्तिगत सहमति भएको दावी गरे । राईसँगको कुराकानी नेपाल टकमाः

    हिजो कार्यदलमा सहमति भयो अब त एकताको बाटो खुल्यो नि हैन ?

    हामी हिजोको सहमति मान्दैनौं । पार्टीमा केपी ओलीले अराजकता शुरू गरेपछि हामीले जुन असहमतिका साथ समानान्तर कमिटी बनाएर विद्रोह थालेका थियौं । त्यो कुनै पनि कुरा सहमति भएको छैन । पार्टी यथार्थमा जेठ २ फर्काइएको छैन । नेकपाकालीन नेता र अस्ति थपेका माओवादीका नेताहरूलाई हामीले नस्वीकार्दा नस्वीकार्दै पनि हामीसहित बसेर मान्यता दिने भन्ने छ । त्यसलाई हामी स्वीकार्दिनौं ।

    जेठ २ फर्किन्छौं त भनियो नि ?

    यसको सन्दर्भमा नेतृत्व (माधव कमरेड)ले नै पनि बोलिसक्नुभएको छ । राष्ट्रपतिसँग मिलेर केपी ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर संविधान मिच्ने र कागजको खोस्टो बनाउने काम गरे । त्यसलाई हामीले प्रतिगमन भनेका छौं । त्यो सच्याउने प्रतिबद्धता खोजेका थियौं । त्यसमा केही बोलिएन । कम्तीमा अदालतले त्यसको फैसला गर्नुपर्छ । अहिले त न केपी ओलीको प्रतिबद्धता आएको छ, न त अदालतको फैसला नै ।

    सबै सँगै बसेर छलफल गरी समाधान खोज्दा हुन्न ?

    सरकारको हरेक काम स्वेच्छाचारी छ । ओलीले पार्टीको सल्लाह नै खोजेका छैनन्चा÷हँदैनन् । राजनीति नियुक्ति, मन्त्री नियुक्ति आफूखुशी गरिएको छ । गलत र विवादित मान्छेमात्र ल्याइएको छ । यस्तो अवस्थामा कसरी समाधान हुन्छ ।

    माधव नेपालसँगको पद बाँडफाँड नमिलेर पो रोकियो कि ?

    पक्षपात ढंगले पार्टीमा आफ्ना मान्छेलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी दिने सन्दर्भमा प्रदेश, जिल्ला, इच्चार्जहरू एकलौटी ढंगले बनाइएका छन् । कतिपय महत्वपूर्ण निर्णयमा दुई नेताको हस्ताक्षर हुनुपर्छ भनेका हौं । त्यो हुँदा सन्तुलन हुन्छ । कसैबाट एकलौटी निर्णय हुन पाउँदैन । त्यो विषयमा केही बोलिएको छैन ।

    तपाईंकै पक्षको कार्यदलले पनि सहमतिमा हस्ताक्षर त गर्‍यो नि ! अब नस्वीकार्ने ?

    हस्ताक्षर हुनुअघि केन्द्रीय सदस्यसँग सल्लाह हुनुपर्थ्यो । कम्तीमा स्थायी कमिटी वा शीर्ष नेताहरूसँग त सहमतिका बुँदाबारे जानकारी गराउनुपर्थ्यो नि ! कुनै रायबिना आफूखुसी गरिएको सम्झौताले हाम्रो माग पूरा भएको छैन । जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् । त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो ।

    अब के गर्नुहुन्छ त तपाईंहरू ?

    हाम्रो समानान्तर कमिटी जारी रहन्छ । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं ।

  • स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    स्थायी कमिटी बैठक तत्कालै बोलाउन अध्यक्ष ओली र महासचिव पोखरेल परामर्शमा

    काठमाडौं । पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज तत्कालै बस्ने भएको छ । बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच परामर्श भइरहेको छ ।

    कार्यदलले सम्झौता अनुमोदनका लागि स्थायी कमिटी बैठक राख्न अध्यक्ष र महासचिवलाई आग्रह गर्ने लिखित सहमति गरेको थियो । कार्यदलका सदस्यहरुले ओलीलाई भेटेर बैठक आज विहानै राख्न आग्रह गरेका थिए ।

    एमाले स्रोतका अनुसार वैठक विहान ११ बजेभित्रै बस्नेगरी अध्यक्ष र महासचिवबीच छलफल भइरहेको छ । माधव नेपालसँग समेत अध्यक्ष ओलीले बैठकका सन्दर्भमा कुराकानी गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    यसअघि आइतवार डाकिएको बैठक सहमतिमा हस्ताक्षर हुन ढिला भएकाले आज साँझ ५ बजेसम्मलाई स्थगित भएको थियो । पार्टी एकताको सहमति भएपछि बैठक तत्कालै बोलाएर सम्झौता अनुमोदन गर्ने तयारी भइरहेको छ ।

    माधव नेपालले भने सम्झौताप्रति अशन्तुष्टि जनाएका छन् । उनी सर्वोच्चको फैसलाअघि बैठकमा सहभागी हुने सम्भावना नरहेको उनी निकट स्रोतले जनाएको छ ।

  • जेठ २ मा फर्केको एमालेमा ३० सदस्यीय स्थायी कमिटी, नेकपाकालीन ८ नेता स्वतः समावेश (सूचीसहित)

    जेठ २ मा फर्केको एमालेमा ३० सदस्यीय स्थायी कमिटी, नेकपाकालीन ८ नेता स्वतः समावेश (सूचीसहित)

    काठमाडौं । २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको विभाजनसँगै एउटै कमिटीमा नभेटिएका नेकपा एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा स्थायी कमिटी बैठकमा भेट हुँदैछन् ।

    एमाले एकताका लागि गठित १० सदस्यीय कार्यदलले हस्ताक्षर गरेकाे १० बूँदे सहमति  अनुमोदनका लागि आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बाेलाइएकाे महासचिव ईश्वर पाेखरेलले बताए ।

    याेसँगै ६ महिनापछि एमालेकाे आन्तरिक एकता कायम भएकाे छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यकै हैसियतमा सर्वोच्च अदालतबाट एमाले पुनःस्थापनापछि माधव नेपाल पक्षका नेताहरु पहिलो पटक पार्टी बैठकमा सहभागी हुँदैछन ।

    २०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने भएका छन् । यसअघि माधव पक्षबिनाको एमालेमा ती नेता स्थायी कमिटी सदस्यकै हैसियतमा क्रियाशील छन् ।

    नेकपाकालीन स्थायी कमिटीमा एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त,बिष्णु रिमाल,रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहनेछन् ।

    त्यस्तै पुस ५ पछि नेकपामा ओलीलाई साथ दिएका र एकता बदरपछि ओलीसँगै रहेका रामवहादुर थापा बादल,टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुनेछन् र एमाले एकताको मस्यौदा अनुमोदन गर्नेछन् ।

    कार्यदलका एक सदस्यले भने, ‘नेकपाकालीन जिम्मेवारीको विषय ठूलो विवादको कुरा होइन । कार्यदलमा स्थायी कमिटी सदस्यकै हैसियतमा माधव नेपाल पक्षबाट रघुजी पन्त र ओली पक्षबाट बिष्णु रिमालले मस्यौइदामा हस्ताक्षर गर्दै हुनुहुन्छ भने अब यसमा अरु विवादको कुरा के छ र ?’

    २०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ ।

  • नेपाल निवासमा छलफल- फैसलाअघि सम्झौता हुन्न, घात गर्ने वार्ता टोली किन चाहियो ?

    नेपाल निवासमा छलफल- फैसलाअघि सम्झौता हुन्न, घात गर्ने वार्ता टोली किन चाहियो ?

    काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । आफू निकट केन्द्रीय सदस्य र सांसदहरुसँग आइतबार छलफलका क्रममा नेता नेपालले आफूले पद नखोजेको समेत प्रष्ट पारेका छन् ।

    केन्द्रीय सदस्यहरुसँग नेपालले भने- सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउछ । त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझिन्छ र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्छ । २८ गते रियालिटी परिवर्तन हुँदैछ भने २७ गते किन सम्झौता गर्ने ?

    बैठकमा नेता नेपालले आफूलाई अध्यक्ष वा प्रधानमन्त्री पद नचाहिएको बताएको पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । तर केपी ओलीको अनियन्त्रित राज्य र पार्टी सन्चालनको तरिकामा अंकुश लगाउन आवश्यक रहेकाले सम्झौताका नाममा लिपपोतका भाषा स्वीकार्य नहुने नेपालको अडान रहेको छ ।

    नेपालको भनाइ उदृत गर्दै अर्का एक सांसदले भने- केपी ओलीका स्वेच्छाचारी क्रियाकालपविरुद्ध लागेका कार्यकर्ताको सुरक्षा हुनुपर्छ । लिपिपोति भाषाले हुन्न, १२/१५ बुँदामा एक/एक गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ, त्यसका लागि आजै हतार गर्नुपर्ने छैन ।

    छलफलमा सहभागी केन्द्रीय सदस्य र सांसदहरुले सर्वोच्च अदालतको फैसलाअघि कुनै पनि सम्झौता नगर्न नेपाललाई दबाब दिएका छन् । उनीहरुले जे गर्ने हो अब अदालतको फैसलापछि हुने बताएका छन् ।

    वार्ता टोलीप्रति आक्रोश

    माधव नेपालसँगको छलफलमा सहभागी नेताहरुले वार्ता टोलीमा आफ्नो समूहबाट प्रतिनिधित्व गर्ने नेताहरुको भूमिकामाथि समेत संशय व्यक्त गरेका छन् । माधव नेपाल समूहबाट प्रतिनिधित्व गर्ने तर समूहमाथि नै घात गर्ने नेता किन चाहियो भन्ने प्रश्न उनीहरुले उठाएका थिए ।

    ‘माधव नेपाल स्वयंलाई घात गर्ने वार्ता टोलीको सदस्य किन चाहियो ? वार्ता टोलीका सदस्य सार्वभौम होइनन्, उनीहरुले माधव नेपालको समूहलाई प्रतिनिधित्व गरेका हुन्, जब हाम्रो टिम नै वार्ताको टोलीको विपक्षमा उभिन्छ भने त्यो किन चाहियो ?’ बैठकमा सहभागीहरुले नेपाल समक्ष प्रश्न गरेका छन् ।

    वार्ता टोलीले गर्ने जस्तासुकै सम्झौता स्वीकार गर्न सांसद र केन्द्रीय सदस्यहरु तयार नरहेको सांसद तथा केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए । सहअस्तित्व र समानताका आधारमा एकता हुनुपर्ने भन्दै उनीहरुले कार्यदलबाट त्यो सम्भव नरहेको समेत बताएका छन् ।

    बैठकका सहभागीहरुले भीम रावल र सुरेन्द्र पाण्डेको भूमिकाप्रति अशन्तुष्ट प्रकट गर्दै उनीहरुले समूहको भावनाविपरित उल्टोपाल्टो सम्झौता गर्न खोजेको आरोप लगाएका थिए । केही नेता सम्झौता गरेर गए पनि देशभरका कार्यकर्ताले माधव नेपाललाई नै साथ दिने भन्दै खुट्टा नकमाउन आग्रह गरिएका बैठकका सहभागीले बताए ।

  • एमाले स्थायी कमिटी बैठक स्थगित, सर्वोच्चको फैसलापछि भोलि साँझ बस्ने

    एमाले स्थायी कमिटी बैठक स्थगित, सर्वोच्चको फैसलापछि भोलि साँझ बस्ने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एकताका लागि गठित वार्ता कार्यदलले तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    यसअघि सम्झौतामा हस्ताक्षर भए लगत्तै माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । विहान ११ बजे बस्ने भनिएको बैठक वार्ता टोलीलाई पर्खेर ४ बजे सारिएको थियो । वार्ता टोलीमा सहमतिको सम्भावना कम हुँदै गए पनि पार्टीमा फर्किन चाहने नेताहरुलाई मौका दिन बैठक स्थगित गरिएको एमाले स्रोतले जनाएको छ ।

    अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने तामाङले बताए । अब वार्ता कार्यदलको सम्झौताको औचित्य पनि लगभग सकिएको उनले बताए ।

    सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको समर्थन फिर्ता आजसम्म नभएकाले अब नयाँ ढंगले अघि बढ्ने उनको भनाइ छ ।

    स्थायी कमिटी बैठकका लागि उपत्यकाबाहिरका नेताहरुलाई समेत काठमाडौं बोलाइएको थियो । उनीहरु दिनभर बालुवाटारमा बसेर फर्केका छन् ।

  • भइसकेको सहमति कहाँ भाँडियो ? माधव नेपाललाई भेटेर फर्किए घनश्याम

    भइसकेको सहमति कहाँ भाँडियो ? माधव नेपाललाई भेटेर फर्किए घनश्याम

    काठमाडौं । बिहान ८ बजे सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरवार पुगेका नेकपा एमाले वार्ता टोलीका सदस्यहरू ८ घण्टाभन्दा बढी समयदेखि वार्तामै छन् । शनिबार साँझ नै सहमतिलाई अन्तिम रुप दिइएको बैठकपछि सुवास नेम्वाङ, गोकर्ण विष्ट र भीम रावलले बताएका थिए ।

    तर, आइतबार विहान ८ बजे संस्थापन पक्षका वार्ता टोली सदस्यहरू सिंहदरवार पुगे पनि माधव नेपाल पक्षधर वार्ता टोली कोटेश्वरमा गएको थियो । वरिष्ठ नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै मस्यौदामा असहमति जनाएका थिए ।

    नेपालले पावर शेयरिङमा सहमति नभएसम्म ओलीलाई विश्वास गर्न नसकिने आफूनिकट नेताहरुलाई बताएर पठाए । त्यसपछि वार्तामा ट्वीस्ट आएको नेताहरुले बताएका छन् । विशेषगरि माधव पक्षधर वार्ता टोली सदस्य घनश्याम भुसाल र रघुजी पन्तले अडान लिएपछि सहमतिमा हस्ताक्षर हुन नसकेको उनीहरूको भनाइ छ ।

    वार्ता टोली दिनभर अर्थमन्त्रालयमा रहे पनि सहमतिमा हस्ताक्षर हुन नसकेपछि भुसाल अपरान्ह पुनः माधव नेपाललाई भेट्न कोटेश्वर गएका थिए । नेपालसँग छलफल गरेर उनी पुनः वार्तास्थलमा पुगेका छन् ।

    वरिष्ठ नेता नेपालले आज आफूनिकट केही केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेका छन् । सर्वोच्च अदालतको फैसलाअघि कुनै सम्झौता नहुने बताएका नेपालनिकट ती सदस्यले बताए ।

    उता बालुवाटारमा भने सम्झौतामा हस्ताक्षर भएलगत्तै स्थायी कमिटी बैठक बस्ने भनेर सबै सदस्यलाई खबर गरिएको थियो । बिहान ८ बजे हस्ताक्षर हुने र ११ बजे माधव पक्षसहितको स्थायी कमिटी बैठक बसेर सहमति अनुमोदन गर्ने भनिए पनि साँझसम्म सहमति नभएपछि सदस्यहरु कुरेको कुरै भएका छन् ।

    सहमतिमा हस्ताक्षर नभए पनि स्थायी कमिटी बैठक बस्ने तयारी छ । अपरान्ह ४ बजे सारिएको बैठक अहिलेसम्म वार्ता टोलीलाई पर्खेर रोकिएको छ ।

  • तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास

    तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास

    काठमाडौं । नेकपा एमालेनिकटको राष्ट्रिय युवा संघले विपक्षी गठबन्धनको गतिविधिविरुद्ध सडकमा मार्चपास गरेको छ ।

    बानेश्वरदेखि माइतीघरसम्म गरिएको प्रदर्शनमा सहभागीले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको तस्बिर अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए । सँगै नेपालको संविधान पनि बोकेका थिए ।

    हिजो एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका एमाले कार्यदल सहमतिनजिक पुगेको भन्दै नेतृत्वले प्रदर्शन नगर्न भनेपछि पूर्वनिर्धारित मार्चपास अचानक स्थगित भएको थियो ।

    निर्वाचनको पक्षमा मार्चपास गरिएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताए ।

    
    
    
     
     
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • स्थायी कमिटी बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने

    स्थायी कमिटी बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले स्थायी कमिटीको बैठकबारे जानकारी नभएको बताएका छन् ।

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता न्यौपानेले बैठकबारे जानकारी नभएको बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे एमाले स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठकमा माधव पक्षका स्थायी कमिटी सदस्यहरूलाई पनि बोलाइएको छ । न्यौपानेले भने बैठकमा आफूहरु नजाने स्पष्ट पारेका छन् ।

    ‘बैठकबारे हामीलाई थाहै छैन । बैठक हो भने पनि ३ बजे बोलाएर ४ बजे को जान्छ ?’, न्यौपानेले नेपाल प्रेससँग भने ।

  • ओलीले बोलाए स्थायी कमिटी बैठक

    ओलीले बोलाए स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेभित्र एकताका लागि सहमति बन्न ढिलाइ भइरहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

    एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि सहमति नजुट्दै अध्यक्ष ओलीले बैठक बोलाएका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको बताए ।

    बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । ‘हिजो नै कार्यदलमा सहमति बनेको कुरा आएको थियो । रातभरीमा के भएर रोकिएको हो थाहा भएन । महासचिवले अध्यक्षसँगको परामर्शमा स्थायी कमिटी बोलाउनुभएको हो’, तामाङले नेपाल प्रेससँग भने ।

    एकताका लागि गठन गरिएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले आज बिहान ८ बजेसम्म ‘सुखद खबर’ आउने जानकारी पत्रकारलाई दिएका थिए । यद्यपि अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेका केही मागबारे अझै सहमति जुट्न सकेको छैन । सहमति नजुट्दै ओलीले स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • वामदेव भन्छन्- सर्वोच्चको फैसला आएपछि एमाले एकीकृत हुन्छ (भिडियो)

    वामदेव भन्छन्- सर्वोच्चको फैसला आएपछि एमाले एकीकृत हुन्छ (भिडियो)

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने बताएका छन् । पार्टी एकीकृत भएपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ ।

    राष्ट्रियसभाको आजको बैठकमा बोल्दै गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’

    केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दु:ख प्रस्ताव पारित गरेको सुनेको उनले बताए ।

    गौतमले भने, ‘अध्यक्षले जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि म सहभागी भएँ । म आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि भाग लिएको हुँ । म यो सभामार्फत जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेस गर्न गएको हो । कतिपयले आफ्नो समूहमा दु:ख प्रस्ताव पारित गर्नुभएछ भन्ने सुने । तर: मलाई दु:खमनाउ छैन ।’

  • कैलालीका सबै स्थानीय तहमा एमालेका पदाधिकारी चयन (सूचीसहित)

    कैलालीका सबै स्थानीय तहमा एमालेका पदाधिकारी चयन (सूचीसहित)

    कैलाली । नेकपा एमालेले अधिवेशनको तयारीस्वरूप कैलालीमा रिक्त रहेका स्थानीय तहमा पदाधिकारी चयन भएका छन् ।

    कैलालीमा भदौ ५ गते वडा अधिवेशन, १५ गते स्थानीय तह, ३० गते जिल्ला र असोज २३ मा प्रदेश अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको लागि यहाँका १३ वटै स्थानीय तहमा रिक्त रहेका स्थानीय तहमा संयोजक र सचिव तोकिएका हुन् ।

    नयाँ जिम्मेवारी पाउनेहरूमा पूर्वमाओवादीबाट एमाले आएकाहरू पनि छन् । केन्द्रीय कमिटीको निर्णय अनुसार रिक्त रहेको स्थानमा जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा कैलाली सहइञ्चार्ज लीला भण्डारीले जानकारी दिइन् । उनले पहिले पदाधिकारी रहेकालाई एथावत राखिएको नेपाल प्रेसलाई बताइन् ।

    उनले भनिन्, ‘अधिवेशन आयोजनाको निम्ति मात्रै पदाधिकारीको जिम्मेवारी दिइएको हो । त्यसपछि अधिवेशनबाटै नयाँ कमिटी तयार हुनेछ ।’

    कहाँ कसले पाए जिम्मेवारी ?

    धनगढी उपमहानगरपालिका

    संयोजक : रामचन्द्र जोशी
    सचिव : प्रेम महरा

    गोदावरी नगरपालिका

    संयोजक : गोकर्ण भट्ट
    सचिव : आनन्द भट्ट

    गौरीगङ्गा नगरपालिका

    संयोजक : शान्ति सिंह
    सचिव : राजु गुरुङ

    घोडाघोडी नगरपालिका

    संयोजक : बाधुराम चौधरी
    सचिव : विकास विष्ट

    लम्कीचुहा नगरपालिका

    संयोजक : तुलासिंह थापा
    सचिव : नवराज विष्ट

    टीकापुर नगरपालिका

    संयोजक : मोहन विक
    सचिव : धुर्वराज खत्री

    भजनी नगरपालिका

    संयोजक : खडक बुढा
    सचिव : राज बुढा

    जानकी गाउँपालिका

    संयोजक : बवल रावत
    सचिव : उत्तमचन्द्र चौधरी

    जोशीपुर गाउँपालिका

    संयोजक : ओम विनाडी
    सचिव : रामभराम चौधरी

    बर्दगोरीया गाउँपालिका

    संयोजक : मधुकर सिजापति
    सचिव : देवेन्द्र शाही

    मोहन्याल गाउँपालिका

    संयोजक : पूर्ण साउद
    सचिव : टेकेन्द्र सिजापति

    चुरे गाउँपालिका

    संयोजक : चक्र बोगटी
    सचिव : हर्क धामी

    कैलारी गाउँपालिका

    संयोजक : अनुपा चौधरी
    सचिव : गणेश चौधरी

  • दोस्रो अध्यक्षमा अड्कियो एमालेको सहमति, कार्यदलले खोज्यो ओली-नेपाल समझदारी

    दोस्रो अध्यक्षमा अड्कियो एमालेको सहमति, कार्यदलले खोज्यो ओली-नेपाल समझदारी

    काठमाडौं । एमालेको आन्तरिक एकता कायम गर्न गठित वार्ता टोलीले तयार पारेको मस्यौदाप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतवार विहान बोलाएर नेपालले मस्यौदाप्रति असन्तुष्टी जनाएका हुन् ।

    स्रोतका अनुसार नेपालले केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन् । वार्ता टोलीका एक सदस्यका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने देखिएको बताए ।

    विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ । ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दावी समेत नेपाल पक्षका नेताहरुको छ ।

    ओलीले आफू पक्षधर वार्ता टोली सदस्यहरुलाई दोस्रो अध्यक्षमा सहमति दिएमा तत्कालै एमालेको आन्तरिक एकता टुंगिने नेताहरु बताउछन् । नेपालले पार्टीमा अध्यक्ष ओलीले विधि पद्दति मिचेर स्वेच्छारी निर्णय गर्ने भएकाले संस्थागत ढंगले चलाउन आफ्नो समेत हस्ताक्षरमा सबै निर्णय हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका छन् ।

    कार्यदलका एक सदस्यले भने–दोस्रो अध्यक्षको कुरा कार्यदलमा औपचारिक रुपमा प्रवेश गरिसकेको छैन र यो हामीले टुंगो लगाउने विषय पनि होइन । शीर्ष तहमा शत्तिः बाँडफाँटको सहमति भयो भने बेग्लै कुरा हो । अहिले हामी कार्यंदलले तयार पारेको मस्यौदाको भाषामै केन्द्रित छौं ।

    अदालत प्रभावित पार्ने कुरा के हो ?

    नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने खालका शब्द प्रयोग भएकोमा समेत असहमति जनाएको एक वार्ता टोली सदस्यले बताए । उनले त्यो शब्द के हो भन्ने खुलाउन चाहेनन् तर सर्वोच्चको फैसलापछि पार्टीले संस्थागत रुपमा निर्णय गरेर एमाले नेतृत्वको सरकारको संवैधानिक निरन्तरताका लागि सामुहिकय प्रयत्न्न गर्ने खालको शब्द रहेको बताए ।

    ती सदस्यले भने, ‘वास्तवमा माधव कमरेड सर्वोच्चको फैसलाअघि कुनै सम्झौता गर्ने पक्षमै हुनुहुन्न । तर प्रधानमन्त्री ओलीजी जे हुन्छ सर्वोच्चको फैसलाअघि नै हुनुपर्छ भन्नेमा हुनुहुन्छ । सर्वोच्चलाई एमाले एक भएको सन्देश दिने र त्यसले फैसला प्रभावित पार्ने उद्देश्य नै हो ओलीजीको । तर माधव नेपाल त्यो चाहानुहुन्न ।’

    मस्यौदामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको हस्ताक्षर फिर्ता लिने कुरा उल्लेख छैन । तर एमाले एकताबद्ध भएपछि कुनै पनि गठबन्धनमा एमाले नरहेको प्रष्ट हुने खालको आशय व्यक्त गरिएको छ । त्यसमा नेपाल अशन्तुष्ट छन् ।

    ओली पक्षका एक नेताले भने, ‘आजै सहमति गर्ने भनेको एमालेका १२१ जना विघटित प्रतिनिधिसभाका सदस्य एक ठाउँमा छन् र सर्वोच्चले संसद विघटन बदर गरे पनि सरकार एमालेकै नेतृत्वमा बन्छ भन्ने सन्देश दिने नै हो । एमाले मिल्दा सर्वोच्चको फैसला प्रभावित हुन्छ भने यस्तो त हामी गरिरहन्छौं ।’