Tag: नेकपा एमाले

  • एमाले बैठकअघि विघटित कार्यदलका नेताहरू अनौपचारिक छलफलमा

    एमाले बैठकअघि विघटित कार्यदलका नेताहरू अनौपचारिक छलफलमा

    काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरू पुन: छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आजै अपरान्ह स्थायी कमिटी बैठक बोलाएका छन् ।

    बैठकअघि एउटा निचोडमा पुग्न कार्यदलका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी छन् ।

    कार्यदलका दुवै पक्षका नेताहरू एकता प्रयासका लागि शीर्ष नेताहरूलाई संवादमा ल्याउन प्रयासमा छन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास अझै सफल भएको छैन ।

    अध्यक्ष अ‍ोलीले एकताको नाममा लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नमिल्ने भन्दै आज टुंगोमा पुग्न कार्यदलका नेताहरूलाई आग्रह गरेका छन् ।

    माधव नेपाललाई एकताको पक्षमा मनाउन ओली पक्षीय नेताहरु पौडेल र नेम्वाङले शुक्रबार र शनिबार पालैपालो भेटेका थिए । नेपालले आउने महाधिवेशनसम्म ओली सरह अधिकारसहितको अध्यक्ष माग गरेका छन् ।

  • सहमतिको नाममा एमाले विवाद लामो समयसम्म रहनु हुँदैन : महासचिव पोखरेल

    सहमतिको नाममा एमाले विवाद लामो समयसम्म रहनु हुँदैन : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सहमतिको नाममा पार्टीभित्रको विवाद अनन्तः कालसम्म रहन नहुने बताएका छन् ।

    शुक्रबार पार्टी कार्यालयमा एमालेले आयोजना गरेको खीर खाने कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले भने, ‘हामी अधिकतम कोसिस गर्छौं । अधिकतम कोसिस गर्ने नाममा यो अनन्त कालसम्म अनिश्चिताको स्थिति रहनु हुँदैन ।’

    पोखरेलले १० बुँदे सहमतिका आधारमा चाँडै निर्णय गरेर अघि बढ्ने बताए। ‘पार्टीका कार्यकता र शुचिन्तकहरूले पनि अनन्तकालसम्म यो रहनु हुँदैन भन्ने भावना प्रकट गर्नु भएको छ,’ उनले भने, ‘त्यस आधारमा हामी एउटा टुंगोमा चाँडै पुग्छौं । कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ, हाम्रो जोड त्यसमै छ ।’

    उनले शनिबार बोलाइएको स्थायी कमिटीमा यसबारे थप निर्णय गरेर जाने बताए । पार्टी अध्यक्ष ओलीसमेत अब धेरै कुर्ने पक्षमा नरहेको पोखरेलको भनाइ छ । एमालेको स्थायी कमिटी बस्नुअघि ओली पक्षीय नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद बढाएका छन् ।

    शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल उनकै निवास कोटेश्वर पुगेका थिए । अध्यक्ष ओलीले भोलि स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका बेला संस्थापनतर्फका नेता पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न गएका हुन् । यसअघि हिजो स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि नेपाललाई भेटेका थिए ।

  • खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    खीर खाँदै एमाले नेता, नेपाल पक्ष अनुपस्थित (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । थापाथलीस्थित पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा माधव नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् ।

    पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सबैलाई कार्यक्रममा निम्तो गरिएको बताएका थिए । तर, माधव नेपाल पक्षका नेताहरूले भने कार्यक्रम अघोषित बहिष्कार गरेका छन् । त्यसो त पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं अनुपस्थित बनेका छन् ।

    कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेललगायत नेताहरू सहभागी थिए ।

    हेर्नुस् खीर खाने कार्यक्रमका केही तस्बिर :

    तस्बिरहरू : सरोज बैजु ।

  • माधव नेपाल भेट्न विष्णु पौडेल कोटेश्वरमा

    माधव नेपाल भेट्न विष्णु पौडेल कोटेश्वरमा

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न अर्का नेता विष्णु पौडेल उनकै निवास कोटेश्वर पुगेका छन् ।

    अध्यक्ष केपी ओलीले भोलि स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका बेला संस्थापनतर्फका नेता पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न गएका हुन् । यसअघि हिजो स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि नेपाललाई भेटेका थिए ।

    केही दिनअघि सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सम्पूर्ण जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

    एकताका लागि दुवै तर्फको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै एमालेले कार्यान्वयनमा जोड दिएको छ ।

    माधव नेपाल भने आफ्नो समूहमा अध्यक्ष ओलीसँग ‘वान टू वान’ संवादमार्फत एकतालाई कायमै राख्नुपर्ने र गठबन्धन सरकारलाई धोका दिन नहुने दोहोरो दबाबमा छन् ।

  • एमाले अध्यक्ष ओलीका सबै बैठक र भेटघाट पार्टी कार्यालयबाटै

    एमाले अध्यक्ष ओलीका सबै बैठक र भेटघाट पार्टी कार्यालयबाटै

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छलफल तथा भेटघाट थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै शुरू गरेका छन् ।

    ओलीले बिहीबार केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री रहँदा बालुवाटारबाटै अधिकांश बैठक र भेटघाट हुँदै आएकोमा अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    ओली सक्रिय रूपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था दर्शाउँदै तामाङले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरुको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

    सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

  • रावलको दावी- मन्त्री बन्नका लागि केपी ओली छाडेकाहरूले मुसा प्रवृत्ति देखाउँदै छन्

    रावलको दावी- मन्त्री बन्नका लागि केपी ओली छाडेकाहरूले मुसा प्रवृत्ति देखाउँदै छन्

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले केपी ओली सत्ताबाट हटेपछि केही सांसदले मन्त्री बन्ने अवसर छोप्न मुसा प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

    माधव नेपाल पक्षधर सांसद रावलसहित एमालेका १० जना सांसदले शेरवहादुर देउवालाई विश्वासको मत दिने बेला पार्टी एकता जोगाउन भन्दै मतदानमा भाग लिएका थिएनन् ।

    रावलले वक्तव्यमा भनेका छन्, ‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ताबाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन् । उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन् । अन्य मतियारहरूको कुरै नगरौं ।’

    रावलले आफूहरँको लडाइँ संसद जोगाउन थियो, मन्त्री बन्नका लागि होइन भन्दै एमालेका २३ जना सांसदकै कारण संसद जोगिएको दावी गरेका छन् ।

    वैशाख २७ मा केपी ओलीले विश्वासको मत लिने बेला अनुपस्थित भएका २८ जना र अदालतमा गएका २३ जना सांसदको प्राथमिकता अब एमाले जोगाउने रहेको भन्दै कसैको उक्साहटमा नलागी केपी ओली र माधव नेपालबीच संवाद हुनुपर्ने बताएका छन् ।

    रावलले भनेका छन्, ‘सुदृढ र सबल नेकपा एमालेको विकल्प छैन । आयाराम गयारामहरुको उक्साहटमा कोही पर्न हुन्न ।’  माओवादीबाट एमाले बनेका र हाल अदालतमा रिट लिएर गएका नेताहरूप्रति पनि उनले कटाक्ष गरे ।

  • सांसदले भने- सरकारमा जाउँ, माधव नेपालको जवाफ-एमालेकै हैसियतमा जाँदा ओलीले हटाउँछन्

    सांसदले भने- सरकारमा जाउँ, माधव नेपालको जवाफ-एमालेकै हैसियतमा जाँदा ओलीले हटाउँछन्

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्ता र सांसदहरूको सल्लाहअनुसार नै आफू चल्ने बताएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला आफ्नो पक्षमा उभिएका २२ जना सांसदसँगको सामूहिक छलफलमा नेपालले दोस्रो अध्यक्षको प्रस्ताव आएको बताएका थिए ।

    केपी ओलीको विश्वास आफूलाई नरहेको भन्दै माधव नेपाल पदलोलुप हो भनेर देखाउन यस्ता प्रस्ताव ल्याएको हुनसक्ने उनको आशंका थियो । नेपालले दोस्रो अध्यक्ष अरु जो बने पनि हुन्छ भन्दै आफूले कार्यदलमा रहेका नेताहरुलाई त्यसमा आफ्नो रुची नभएको बताइदिएको जानकारीसमेत सांसदहरूलाई गराएका छन् ।

    वरिष्ठ नेता नेपालसँग २२ मध्ये अधिकांश सांसदहरूले सरकारमा सहभागी हुनुपर्ने बताएका छन् । नेपालले भने मन्त्री बन्ने भए बन्नुस् भन्दै तर केपी ओलीले सांसद पद खाइदिने भएकाले आफूले हतार नगरेको बताएका थिए ।

    छलफलमा सहभागी एक सांसदले भने, ‘मन्त्री खाने भए खानुस् तर भोलि केपी ओलीले सांसद पद खाइदिन्छन् भन्नुभयो । हामीमध्ये कतिपय साथीहरूले सांसद हिजो पनि केपी ओलीले खाएकै हुन्, तपाईंले लडेर ल्याउनुभयो । अहिले सरकारमा गएर शक्ति सञ्चय गर्नुपर्छ भन्यौं ।’

    छलफलमा सहभागी केही सांसदले सांसद पद गए पनि परवाह नरहेको भन्दै ६/६ महिना पालो गरेर मन्त्री बन्ने सम्मका कुरा गरेका थिए । एकजना सांसदले त एमाले मिलेर माधव नेपाल ओलीसँग सहकार्य गर्न गएमा आफू एमालेमा नफर्किनेसम्मको चेतावनी दिएको स्रोतले जनाएको छ ।

    छलफलमा सहभागी सांसद विरोध खतिवडाले सरकारमा जानुपर्छ भन्नेमा लगभग एकमत रहेको बताए । तर, अर्को दल दर्ता नगरी सरकारमा जाँदा कानूनी समस्या आउने भएकाले यसबारेमा चाँडो निर्णय गर्न नेतृत्वलाई दबाब दिइएको छ ।

    अर्का सांसदले भने, ‘अब पार्टी एकता गर्ने हो भने पनि चाँडो गरौं । नत्र कानूनी प्रक्रिया पूरा गरेर दल विभाजन गरौं, सरकारमा जाऔं र आउने चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेर गयौं भने एमाले भन्दा ठूलो दल बन्छौं भन्ने कुरा आएको छ । एकताको नाममा कार्यदलका नेताहरुले माधव नेपाललाई कमजोर बनाउन खोजेको कुरा उठ्यो ।’

    वरिष्ठ नेता नेपालले अझै पनि आफू पार्टी एकताको पक्षमा रहे पनि केपी ओलीबाट त्यो अपेक्षा नगरेको सुनाएका थिए । नेपाल आफ्नै दोस्रो तहका नेताहरूको कारण दबाबमा देखिएका छन् । २२ सांसदको भेलाले सरकारमा जाने लगायतका निर्णय गर्ने जिम्मा माधव नेपाललाई नै दिएको छ ।

  • दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न माधव नेपाललाई २२ सांसदको सुझाव

    दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न माधव नेपाललाई २२ सांसदको सुझाव

    काठमाडौं । शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएका छन् ।

    बुधवार नेपालले आफूलाई साथ दिएका सांसदहरूसँग सामूहिक परामर्श गरेका छन् । उनीहरूमध्ये अधिकांसले सरकारमा जान र सरकारलाई सफल पार्नेतिर माधव नेपालको ध्यानाकर्षण गराएका छन् ।

    साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा आयोजना भएको छलफलमा सहभागी सांसदहरुले कार्यदलमा रहेका माधव नेपाल पक्षबाट प्रतिनिधित्व गर्ने नेताहरुले केपी ओलीलाई सहयोग गरेको आरोप लगाएका छन् ।

    सांसदहरूले दोस्रो तहका नेताहरूबाट माधव नेपाललाई धोखा भए पनि तेस्रो र चौथो तहका नेता कार्यकर्ताको साथ रहेको भन्दै खुट्टा नकमाउन आग्रह गरेका छन् । छलफलमा सहभागी एक सांसदले भने, ‘संसद जोगाउनुभयो अब सरकार जोगाएर यो संसद पूरा कार्यकाल चल्न हामीले सघाउनुपर्छ भनेर माधव नेपाललाई भनेका छौं । पार्टी एकता गर्ने हो भने पनि तत्कालै गर्नुस् तर दोस्रो अध्यक्ष भनेर केपी ओलीले फेरि हलाल गर्छन् भनेका छौं ।’

  • प्रदीप ज्ञवालीले भने- एमाले एकता १० दिनमा टुंगिन्छ, माधव कमरेडलाई कुरेर बस्दैनौं

    प्रदीप ज्ञवालीले भने- एमाले एकता १० दिनमा टुंगिन्छ, माधव कमरेडलाई कुरेर बस्दैनौं

    रुपन्देही । पूर्वमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लागिसक्ने बताएका छन् ।

    सोमबार पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढ्ने बताए । ‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौं जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छ ।’

    विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेलेपनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने नेता ज्ञवालीले टिप्पणी गरे ।

    वर्तमान गठबन्धनले नेकपा एमालेलाई कमजोर बनाउने, फुटाउने, राष्ट्रिय राजनीतिमा भूमिकाविहीन बनाउने, विभिन्न प्रलोभन दिएर संसाद खरिदबिक्री गर्ने, संसदलाई निष्क्रिय बनाउने फोहोरी र अनैतिक काम गरेको एमाले प्रवक्तासमेत रहेका ज्ञवालीको आरोप छ ।

    सत्तागठबन्धनले दलको एउटै चाहना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजान खोजे पनि एमालेले त्यसो हुन नदिने उनले बताए ।

    सर्वोच्च अदालतले गरेको फैसला गलत, संविधानविपरीत, संविधानको अपव्याख्या भएकाले कार्यकर्तालाई गाउँगाउँमा पुगी भण्डाफोर गर्नसमेत ज्ञवालीले आग्रह गरेका छन् ।

  • ओली र नेपाललाई युद्धविराम गर्न रावलको सुझाव, फोर्सहरू एमाले सिध्याउने ‘अवैध सन्तान’

    ओली र नेपाललाई युद्धविराम गर्न रावलको सुझाव, फोर्सहरू एमाले सिध्याउने ‘अवैध सन्तान’

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य झपट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई युद्धविराम गर्न सुझाव दिएका छन् ।

    माधव नेपाल पक्षधर सांसद रावल पछिल्लो समय विश्वासको मतको बेला अन्य ९ जना नेतासँगै मतदानमा सहभागी भएका थिएनन् । यी नेताहरू अहिले एमाले विभाजन रोक्न सक्रिय छन् ।

    रावलसहितका सांसदहरूले आइतबार वार्ता कार्यदलमा रहेका नेताहरूसँग १० बुँदेबारे छलफल गरेका थिए । रावलले नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एक अर्का विरुद्ध उत्तेजक अभिव्यक्ति बन्द गरेर संवादमार्फत पार्टी एकजुट बनाउन अग्रसर हुनुपर्ने बताए ।

    रावलले भने, ‘अहिले हाम्रा नेताहरूले युद्धविराम घोषणा गर्नु आवश्यक छ । नेताहरूमा आत्मप्रशंसामा रमाउने बानी छ । यस्तो बेला एकताको कुरा गर्नेहरू उहाँहरूलाई मन नपर्न सक्छन् तर १० बुँदे सहमति अनुसार एमालेलाई एकताबद्ध बनाउनुको विकल्प छैन ।’

    कार्यकारी पदमा बसेकाहरूको आलोचना हुने भन्दै रावलले नेताहरूले आत्म प्रशंसामात्र चाहने हो भने कार्यकारी पदबाट बिदा भएर पार्टीको संरक्षकका रूपमा बस्नुपर्ने बताए । केपी ओली र माधव नेपाललाई बिदा गरेर भने पनि पार्टी एकताबद्ध बनाउनुपर्ने अभियान चलिरहेका बेला रावलले यस्तो बताएका हुन् ।

    रावलले भने, ‘अहिले हिजो विभिन्न स्वार्थ बोकेर एमाले भएका र अवसर जता पाइन्छ त्यतै लाग्ने प्रतिगामीहरूले पनि नेताहरूलाई उक्साउँछन् । केही उग्र समर्थकहरूले पनि हौस्याउँछन् । अवसरवादीहरू पार्टी मिल्यो भने हिजो जताबाट आएका थिए पार्टी छाडेर उतै जान पनि सक्छन् । तर, कुनै स्वार्थ नभएका उग्र समर्थकलाई रुपान्तरण गरेर पार्टीको बलियो शक्ति बनाउन सकिन्छ ।’

    रावलले एमालेको विधान र कुनै पनि निर्णयले नचिन्ने युथफोर्स, अखिल फोर्स, पिपुल्स भोलेन्टियरर्स जस्ता संस्थाहरू गुटका ‘अवैध सन्तान’ भएको भन्दै त्यस्तालाई एमालेले नचिन्ने बताए । दुवै पक्षले त्यस्ता अवैध सन्तानहरू पाल्न नहुने उनको भनाइ छ ।

    रावलले भने, ‘एमालेको विधान र उद्देश्यले नचिन्ने आतंक फैलाउने संस्थाहरू घोषणा गर्ने, वातावरण विथोल्ने र भयभित बनाउने क्रियाकलाप रोकिनुपर्छ । यी फोर्सहरू भनेका एमालेभित्रका गुटका अवैध सन्तान हुन् ।’

    विगतका गल्ती कमजोरी समीक्षा गर्ने समय अहिले नभएको र अहिले एमाले एकताबद्ध हुनुपर्ने भन्दै रावलले १० बुँदे सहमतिमा टेकेर नेता कार्यकर्ताहरूको आत्मसम्मानसहितको व्यवस्थापन हुनुपर्ने बताए । कार्यकर्ताको भयको सुरक्षाका लागि नेताहरूबीच उन्नत प्रकारको समझदारी हुनपर्ने उनको भनाइ छ ।’

    केपी ओली र माधव नेपाल अरुको घरमा जान हुने आफूहरू एक-अर्काको घरमा बसेर खान किन नहुने भन्दै उनले अहिले केही अवसरवादी र अराजनीतिक व्यक्तिहरुले नेताहरुलाई उक्साइरहेको आरोप लगाए ।

  • भीम रावलको आग्रह- फागुनमा स्थानीय चुनाव आउँछ, अहिलेदेखि नै एमाले बलियो बनाउँ

    भीम रावलको आग्रह- फागुनमा स्थानीय चुनाव आउँछ, अहिलेदेखि नै एमाले बलियो बनाउँ

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले एकता अभियान अझ फराकिलो बनाउँदै आगामी चुनावको सामना गर्नका लागि तयार रहन आग्रह गरेका छन् ।

    एमाले एकता अभियान सन्चालन गरिरहेका सांसदहरूसँगको छलफलमा आइतवार बोल्दै १० बुँदे सहमतिमा हस्ताक्षर गर्ने कार्यदलका एक संयोजक रावलले विगतमा भएका गल्ती कमजोरीको समय क्रममा समीक्षा गर्न सकिने बताए ।

    रावलले भने, ‘झण्डा हेरेर कार्यकर्ता र जनता पछि लाग्ने हुन् । अब फागुनमा स्थानीय चुनाव आउछ,त्यसपछि अरु चुनाव आउछन् । अहिलेदेखि नै तिक्तता र अन्तरविरोध समाधान गर्ने,पार्टीलाई पुनः सशक्त बनाएर नलाने हो भने थप अप्ठेरो पर्छ हामीलाई ।’

    रावलले १० बुँदे सहमति निकै मेहनतका साथ गरिएको भन्दै यस अभियानमा लाग्ने सबै नेताहरूलाई धन्यवाद दिनुपर्ने बताए ।

  • प्रदीप ज्ञवालीको विश्लेषण- एमाले फुट्दैन तर केही नेता छुट्न सक्छन्

    प्रदीप ज्ञवालीको विश्लेषण- एमाले फुट्दैन तर केही नेता छुट्न सक्छन्

    रूपन्देही । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलबीच भएको १० बुँदे सहमतिको जगमा पार्टीलाई एकतावद्ध बनाइने बताएका छन् । एमाले नफुट्ने दावी गर्दै ज्ञवालीले केही प्रमुख नेताहरू भने छुट्न सक्ने बताए ।

    प्रेस चौतारी नेपालले गुल्मीमा आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले पार्टीमा बाटो बिराएका र गल्ती गरेकालाई एकताको पक्षमा ल्याउन निकै कसरत भए पनि केही नेताज्युहरू गठबन्धन धाएर परपर सरेको टिप्पणी गरे । पार्टी विभाजनले कसैलाई पनि फाइदा नभएको उदाहरण नेपालमै भएको भन्दै उनले पार्टी फुट्नेभन्दा पनि केही नेता छुट्ने संभावना बढी भएको बताएका छन् ।

    अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नजिर शुरू गरेर बहुदलीय व्यवस्था मास्ने खेल सुरू भएको नेता ज्ञवालीको आरोप छ । ‘केही पार्टी र नेतालाई जनताभन्दा अदालतको बढी विश्वास गर्ने भएकाले अदालत त्यसैमा फसेर बहुदलीय प्रणाली मास्ने खेल शुरू भएको छ’, उनले भने, ‘स्वार्थको गठजोडबाट बनेको सरकारसँग जनताका आशा र अपेक्षा पूरा गर्ने कुनै मुद्दा छैन ।’

    विभिन्न कार्यक्रमको सन्दर्भमा गृहजिल्ला आएका ज्ञवालीले निर्वाचन क्षेत्रमा भएका अस्पताल, सडक, खानेपानी, विद्यालय लगायतका विकास पूर्वाधारको विषयमा अनुगमन गरेका छन् ।

  • एमाले विभाजन रोक्न सांसदहरु सक्रिय, कार्यदलका नेतासँग आज छलफल

    एमाले विभाजन रोक्न सांसदहरु सक्रिय, कार्यदलका नेतासँग आज छलफल

    काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् । एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक फोरमले नेताहरुलाई दबाब दिइरहेको सांसद यज्ञराज सुनुवारले बताए ।

    सिंहदरवारमा दिउँसो हुने छलफलमा कार्यदलका नेताहरु सबैलाई एकै ठाउँमा राखेर सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् ।

    सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गरेर अघि बढ्न सक्छ कि सक्दैन भनेर आफूहरुले सोध्न खोजेको बताए ।

    उनले भने, ‘कार्यदलले सर्वसम्मत रुपमा १० बुँदे सहमतिमा हस्ताक्षर गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझायो । पार्टीले सहमति अनुमोदन पनि गरेको छ । अब त्यसका आधारमा पार्टीलाई एकताबद्ध बनाएर लैजान को बाधक बन्यो त ? यसबारेमा हामीले कार्यदलमा रहेका नेताहरुलाई सोध्न खोजेका हौं ।’

    यसअघि लगातार दुई दिन एमालेका दुवै समुहका सांसदहरुले पार्टी एकताका लागि दबाब अभियान चलाएका थिए । ओली पक्षका कृष्णप्रसाद दाहाल,सूर्य पाठक,पदम गिरी,शान्ति पाख्रिन,यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, भपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।

    विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् ।

    कार्यदलमा पछिल्लो समय माधव नेपाल पक्षका भीम रावल पनि सक्रिय भएका थिए । दोस्रो तहका नेताहरुले अब पार्टी एकताबद्ध हुने कि नहुने भन्ने प्रष्ट पार्नुपर्ने सांसदहरुको मत छ ।

    सांसदहरुले चलाएको एमालेको आन्तरिक एकता सुदृढीकरण अभियानको नेतृत्व गरिरहेका सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले कार्यदलका दुवै तर्फका संयोजकहरु र अन्य नेताहरुसँग कुरा बुझ्ने र आफ्ना कुरा राख्ने गरी सांसदहरुलाई खबर गरिएको बताए ।

  • जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

    जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    काठमाडौंस्थित नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलाई टिका लगाएर पार्टीमा भित्र्याए ।

    मन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।

  • एमाले एकताका लागि माधव नेपालले खोजे ‘पावर शेयरिङ’सहित प्याकेज प्रस्ताव

    एमाले एकताका लागि माधव नेपालले खोजे ‘पावर शेयरिङ’सहित प्याकेज प्रस्ताव

    काठमाडौं । नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता गराउने विघटित कार्यदलका नेताहरुको प्रयास जारी रहे पनि दुई नेताको भेट तय हुन सकेको छैन ।

    विहीवार अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालसँग कुरा गर्न र सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । सोही बमोजिम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए ।

    उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दुवै नेताबीच संवादको पहल गरिरहेका छन् । यसपटक माधव नेपाल ‘प्याकेज सहमति’को ठोस प्रस्तावबिना वार्तामा बस्न अनिच्छुक रहेको नेपाल निकट स्रोतले जनाएको छ ।

    दुई नेताबीच विहीवारै वार्ता प्रयास भएको थियो । तर नेपालको सचिवालयले वार्ताको समय तय नभएको भन्दै सहमतिको प्रस्ताव बिना वार्तामा बस्न नचाहेको सन्देश दियो ।

    एमाले केन्द्रीय कमिटीको विहीवार सम्पन्न बैठकले पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । ओलीले एकताको लागि आफू लचिलो बन्न र सबैलाई आम माफी दिन तयार रहेको बताएका छन् ।

    पछिल्लो समय आफ्नो हात माथि परेको महशुस गरेका नेपालले ओलीसँग एकताका लागि केही शर्त अघि सारेका छन् । साना मसिना कुरादेखि पावर शेयरिङसम्मको प्याकेजमै सहमति भएमात्र ओलीसँग संवाद हुने नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए ।

    उनले भने, ‘१० बुँदे सहमति अपूर्ण छ,त्यसलाई संशोधन गरेर विस्तृत प्याकेज सहमति हुनुपर्छ । यो भनेको तलदेखि माथिसम्म नेता कार्यकर्ताको सुरक्षा र पार्टी एक बनाउने कुरा हो ।’

    याे पनि पढ्नुहाेस्
    माधव नेपालको ‘कोर टीम’मा वहस, दश बुँदे सम्झौता संशोधन नगरी मान्न सकिन्न

    ओलीले पार्टी जोगिन्छ भने आफू माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । नेपाल पक्षले भने छलफलमा आएको कुरालाई ओलीले बाहिर ल्याएर एकताको वातावरण बिगार्ने र माधव नेपाललाई पदलोलुप सिद्ध गर्न खोजेको टिप्पणी गरेको छ ।

    त्यसो त अहिले ओली र माधव नेपालबीच नमिलेको भनेको शक्ति बाँडफाँड (पावर शेयरिङ) नै हो । विधान संशोधन गरेर अर्को अध्यक्ष पद सिर्जना गर्न सकिने कुरा एमालेमा चलिरहेको छ । कार्यदलमा भने यो विषयमा नेताहरुले छलफल गर्न चाहेनन् र दुई नेतालाई जिम्मा दिए ।

    आफूसँगको कुराकानीमा नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बताएका छन् । तर नेपाल पक्षका नेताहरु भने दोस्रो अध्यक्ष भन्नु पनि माधव नेपालको अपमान हुने भन्दै दुई अध्यक्ष भन्न सकिने बताउछन् ।

    नेपाल निकट ती स्थायी कमिटी सदस्यले भने–पावर शेयरिङको विषय बाहिर हल्ला गर्ने भन्दा पनि दुई नेताबीच समझदारी हुनुपर्छ । अर्को अध्यक्ष भने पनि भयो,हरेक निर्णयमा माधव नेपालको समेत हस्ताक्षरमात्र कानूनी रुपमा आधिकारिक हुने सम्झौता भए पनि हुन्छ । मुख्य कुरा ओलीको एकलौटी रोक्न पावर शेयरिङ चाहिएको हो ।

    माधव नेपालले प्याकेज सहमतिमा पावर शेयरिङभित्र अर्को अध्यक्षका साथै फागुन २८ यताका सबै निर्णय खारेज, केन्द्रीय कमिटीमा आफ्नो पनि बराबरी हिस्सा मनोनयन, स्थायी कमिटीमा बराबर संख्या खोजेका छन् ।

    तल्ला कमिटीदेखि माथिल्लो तहसम्म एकैपटक प्याकेज सहमति नगरे फरि धोखा हुन सक्ने भन्दै लिखित प्रस्तावमाथि छलफल हुने गरी ओलीसँग संवादमा बस्ने नेपालको अडान छ ।

  • आक्रामक ओली एकाएक लचक सुनिनुको अर्थ

    आक्रामक ओली एकाएक लचक सुनिनुको अर्थ

    काठमाडौं । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ सम्झिन आयोजित कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले करिब ७० मिनेट सम्बोधन गरे ।

    अदालतको २८ असारको आदेशले प्रधानमन्त्रीबाट एमाले अध्यक्षमा मात्रै खुम्चिएपछि सार्वजनिक कार्यक्रममा ओलीको यति लामो सम्बोधन पहिलो पटक हो ।

    तीन दिनदेखि केन्द्रीय कमिटी पनि जारी रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलीरहँदा ओली यसअघि भन्दा फरक सुनिए । सम्बोधनमा ओलीले प्रायः आफ्ना विरोधीमाथि कडा प्रहार गरिहाल्थे । तर, बिहीबार त्यस्तो देखिएन ।

    ओलीले न त पार्टी बाहिरका आफ्ना विरोधीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’, न त पार्टी भित्रकै विरोधी वरिष्ठ नेता माधव नेपाल लक्षित कडा टिप्पणी गरे ।

    बरु उनले उल्टै विगतका गल्तीमा आम माफी दिने भन्दै नेपाल पक्षलाई पार्टी भित्र मिलेर काम गर्नका लागि आह्वान गरे । ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,’ विवाद छाडेर पार्टी एकता निम्ति आह्वान गर्दै ओलीले भने, ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ । अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

    यो उनको आम स्वभाव विपरितको प्रस्तुती हो । विगतमा ओली आफ्ना सहकर्मी माधव नेपालप्रति निकै आक्रमक टिप्पणी गर्थे । नेपालप्रति उनी कतिसम्म आक्रामक हुन्थे भन्ने ‘अडिट’ गर्न धेरै टाढा पुग्नै पर्दैन्, अघिल्लो महिनाका यी दुई टिप्पणी नै काफी छन् ।

    ३० असार : बालुवाटारबाट बर्हिगमण्नका लागि बाध्य पार्ने आदेश अदालतले दिएको दुई दिनपछि ओली आफ्नो निजी निवास बालकोट सरे । आफ्नै निवासको बार्दलीबाट कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नभएको उद्घोष गरे । ‘आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू,’ नेता नेपाल लक्षित उनको टिप्पणी थियो, ‘पछिपछि लाग्ने उहाँहरू (माधव नेपाल बाहेकका एमाले नेताहरु)ले कमीकमजोरी महसुस गरेर पार्टीमा आए काम गर्न मौका दिन्छौं। तर माधव नेपालको हकमा गल्ती कमीकमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’

    १६ असार : मदन भण्डारीको ७० औं जन्मजयन्ती मनाउन सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेता नेपाललाई ओलीले शेरबहादुर देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर भने । ‘उनी (माधव नेपाल) शेरबहादुर देउवाको पार्टी नै प्रवेश गर्न पनि सक्छन्, कार्यकर्ता भएर हिँडेका छन्,’ ओलीको भनाइ थियो, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन्। जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ। ’

    लचकताको कारण

    यति आक्रामक ओलीले च्यासलमै तीन दिनसम्म चलेर आज सकिएको केन्द्रीय कमिटीको बैठकबाट तीनै नेता नेपाललाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गराए ।

    ‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरु निर्णय गरेका छैनौं ।’

    देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई आजको बैठकबाट ओलीले कारवाही गर्न सक्थे तर गरेनन् । केन्द्रीय कमिटीको शुरुकै दिन स्पष्टीकरण सोध्ने निर्णय गराएका ओलीले बैठक टुंगिनै लाग्दा यसको प्रसंग नै कोट्याएनन् । हिजो नै २४ घण्टे स्पष्टीकरण २२ सांसदलाई थमाइसकिएको थियो । केन्द्रीय सदस्य विष्णु रिजालले आज कारवाहीबारे बैठकमा प्रसंग नै नचलेको बताए ।

    यसका केही कारण छन् । ओली अब एमाले अध्यक्ष मात्रै हुन्, प्रधानमन्त्री छैनन् । पहिले गुमाउनुजति गुमाइसकिएका कारण अब माधव नेपालकै कारण उनले सत्ता गुमाउनु पर्ने छैन् । केन्द्रीय कमिटीमा अधिकांश प्रदेश कमिटीका अध्यक्षहरुले बिफिङका क्रममा नेपाल पक्ष पार्टीमा नहुँदा एमालेलाई धक्का लाग्ने आँकलन सुनाए । अर्कोतिर एमालेको दुवै पक्षको ठूलो पक्ति पार्टी विभाजनको विपक्षमा छ । यस्तोमा ओली सम्हालिन चाहे, सम्हालिए ।

    अर्को कारण भनेको राष्ट्रपति विद्या भण्डारीमाथि महाअभियोगको तयारी नेता नपालकै साथ लिएर देउवा र प्रचण्डले थाल्नु हो । यस्तो सूचना पाएका ओलीले हिजोको केन्द्रीय कमिटी बैठकमा जवाफ फर्काउने क्रममा महाअभियोगको प्रसंग झिकेका थिए । देउवा र प्रचण्डलाई उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख्न चेतावनी दिएका थिए ।

    ‘एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु,’ उनले भनेका थिए ।

    विश्वासको मत लिँदा १ सय ६५ मत पाएका देउवालाई राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउन धेरै मत चाहिँदैन । माधव नेपाल पक्षकका ‘नो भोट’का पक्षमा उभिने १० सांसद तान्दा त्यो सजिलै पुग्छ । देउवा, प्रचण्ड र नेपालको यस्तो तयारीले ओली थप लचक हुन चाहे । किनभने आफ्नै पार्टीका सांसदहरुको साथ विरोधीहरुले लिएर राष्ट्रपतिबाट भण्डारीको बर्हिगमन भएको ओली हेर्न चाहँदैनन् ।

    त्यसैले ओली लचक भए र माधव नेपाललाई आफू दोस्रो अध्यक्ष समेत दिन तयार रहेको प्रसंग हिजोको बैठकमा उठाए । ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ, उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो,’ ओलीले बैठकमा भनेका थिए, ‘उहाँको त्यो मक्सद त पूरा हुँदैन। बहुमत त हामीलाई निश्कासन गरेर पार्टी कब्जा गर्न चाहिएको हो ।’

    पवार सेयरिङमा कुरा मिलाएर नेपाल सहमतिमा आउँछन् भन्ने कुरा ओलीलाई राम्रोसँग थाहा छ । विवाद मिलाउन गठित एमाले कार्यदलले यो विषयलाई नटुंग्याएपछि नेता नेपाल कार्यदले तयार गरेको १० बुँदे सहमतिको अपनत्व लिन तयार भएनन् ।

    उनी पक्षकै कार्यदल सदस्य घनश्याम भुसालले रोकेपछि यो विषयबाट कार्यदल पछाडि हटेको थियो । ‘पावर सेयरिङ कायर्दललमा हुँदैन,’ भुसालको मत थियो, ‘यहाँ विधि, विधानको कुरा हुन्छ । व्यक्तिगत कुराका विषयमा उहाँहरु (ओली र नेपाल) आफैले मिलाउनुपर्छ ।’ यद्यपि नेपाल यो विषयमा खुलेर बोल्न चाहँदैनन् । पदको लोभ गरेको आरोप लाग्ने डर उनलाई छ ।

    एकताका निम्ति के भइरहेको छ ?

    एमालेको दोस्रो तहका नेता शुक्रबारसम्म ओली र नेपालबीच भेट गराउने प्रयासमा छन् । ओली र नेपाल बसेर पावर सेयरिङको विषय आफै टुंगो लगाउन् भन्ने चाहाना उनीहरुको छ । ओली आफैं पनि अब पार्टी मिलाउने पक्षमा छन् । त्यसका लागि उनले नेता भीम रावललाई दुवै पक्षको ‘नेगोसियएटर’ बनाएका छन् ।

    बिहिबारै ओलीले रावलाई माधव नेपालका कुरा के-के छन् सोधेर ल्याउनुहोस् भन्दै गृहकार्य दिएका छन् । ओली पक्षकै नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल लगायतले पार्टी मिलाउन ओलीलाई दवाव दिइरहेका छन् । विघटित कार्यदलका सदस्यहरु त दुवै तर्फ लागिरहेकै छन् ।

    यसबीचमा दुवै पक्षका केही सांसद पार्टी मिलाउनु पर्ने भन्दै अभियान नै चलाइरहेका छन् । दुई दिनदेखि उनीहरु निकै सक्रिय भएका छन् । यस्तोमा ओली पक्षका सांसदहरु कुष्ण दाहाल, सूर्य पाठक, एनपी सावा लिम्बु, राजेन्द्र राई, शान्ति पाख्रिन र यज्ञ बोगटी लागेका छन् । त्यस्तै माधव पक्षका सांसदहरु यज्ञराज सुनुवार, झपट रावल, पवित्रा निरौला, जयकुमार राई, राजबहादुर बुढा र दीपक प्रकाश भट्ट पनि यो काममा जुटेका छन् ।

    उनीहरुले कार्यदलसँग बेसर पार्टी मिलाउने बारे अन्तरक्रिया गर्ने र संयुक्त वक्तव्य जारी गर्ने सम्मको तयारी गरेका छन् । वक्तव्य ‘ड्राफ्ट’को जिम्मा दीपक प्रशका भट्टलाई दिइएको छ ।

    यस्तोमा ओलीको बढ्दो लचकता र पार्टी विभाजन विरुद्ध उभिएको पार्टी भित्रको ठूलो मतका कारण एमालेमा नपत्याउँदो तरिकाले सहमति भए अनौठो हुने छैन् ।

  • सर्वोच्चको फैसलाबारे एमालेको ९ बुँदे विशेष प्रस्ताव- व्यक्तिप्रतिको आग्रह झल्कियो (निर्णयसहित)

    सर्वोच्चको फैसलाबारे एमालेको ९ बुँदे विशेष प्रस्ताव- व्यक्तिप्रतिको आग्रह झल्कियो (निर्णयसहित)

    काठमाडौं । नेकपा एमालेले परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसलाप्रति आफ्नो ९ बुँदे दृष्टिकोणसहित विशेष प्रस्ताव पारित गरेको छ । चार दिनसम्म बसेको केन्द्रीय कमिटी बैठकले अदालतको फैसला पक्षपति र आग्रहणपूर्ण रहेको ठहर गरेको छ ।

    एमालेले फैसलाका विभिन्न पक्षमा आफ्ना दृष्टिकोण र अवधारणाहरु स्पष्ट पार्न जनतामाझ बहस सन्चालन गर्ने भएको छ । फैसलाबाट सिर्जित राजनीतिक विकृतिहरुको मूल्य नेपालको लोकतान्त्रिक प्रणालीले अभिवष्यमा लामो समयसम्म चुकाउनुपर्ने आशंका एमालेले गरेको छ ।

    ९ बुँदे विशेष प्रस्तावमा सर्वोच्च फैसलामा निश्चित व्यक्तिप्रतिको आग्रह मात्रै प्रतिविम्बित भएको उल्लेख छ । त्यस्तै एउटा दलका सदस्यहरु सत्ता र प्रतिपक्षमा बस्ने परिकल्पना कुनै लोकतान्त्रिक प्रणालीले नगरे पनि अदालतको फैसलाले त्यस्तो अवस्था ल्याएको दावी एमालेको छ ।

    एमालेले विगतमा स्वतन्त्र न्यायपालिकालाई संसदको मातहत ल्याउने प्रस्तावको एमालेले डटेर विरोध गरेको भन्दै अदालतको स्वतन्त्रता र मर्यादा रक्षाका लागि पार्टीले गरेको पहल स्मरण गराएको छ ।

    फैसलाका कतिपय विषयमा आलोचना, विमति र गहिरो आशंका भए पनि फैसला कार्यन्वयन गर्ने कुरामा एमाले स्पष्ट रहेको र त्यस अनुसार नै फैसला कार्यन्वयन भइसकेको प्रस्तावमा उल्लेख छ ।

    एमाले बैठकले सत्तारुढ गठबन्धनलाई अवसरवादी र बिभिन्न व्यक्तिका कुण्ठाहरुको संयोजन भन्दै यसले पश्चगमनतर्फ धकेल्ने निष्कर्ष निकालेको छ ।

  • एमाले बैठक सम्पन्न- पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी

    एमाले बैठक सम्पन्न- पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आम माफी दिएर भने पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।

    विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरु निर्णय गरेका छैनौं ।’

  • माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

    माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् ।

    पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्।

    ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

    ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

    तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ ।’

  • माधव पक्षको स्पष्टीकरण- ओलीले राजीनामा नदिएकाले देउवालाई मत दियौं

    माधव पक्षको स्पष्टीकरण- ओलीले राजीनामा नदिएकाले देउवालाई मत दियौं

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधव नेपाल पक्षका एमाले सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुन:स्थापना भएपछि र विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा नदिइ आफैं प्रधानमन्त्री बन्न खोजेकोले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ ।

    ‘प्रतिनिधिसभाको पुन:स्थापनापछि पार्टी विभाजन भएको कारणले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन,’ एक सांसदले बुझाएको स्पष्टीकरणमा भनिएको छ, ‘वास्तवमा प्रतिनिधिसभा पुन:स्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो । तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो ।’

    पत्रमा अगाडि भनिएको छ, ‘मिति २०७८।१।२७ गते विश्वासको मत प्राप्त गर्न नसके पछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्दथ्यो । राजीनामा नदिई पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोध स्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् । त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन ।’

    एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो । २४ घण्टे स्पष्टीकरणमा देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका आरोप लगाइएको छ । तर, जवाफ दिने क्रममा सांसदहरुले यो विषय पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनः विघटन गरेकाले प्रतिनिधिसभाको पुनर्स्थापना र वैकल्पिक सरकार निर्माणका लागि देउवालाई मत दिएको तर्क उनीहरुको छ । यही आधारमा कुनै कारवाही गर्न नमिल्ने तर्क गरिएको छ ।

    ‘सम्मानति सर्वोच्च अदालतले मिति २०७८/०३/२८ गते प्रतिनिधिसभाको पुन:स्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भई मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारवाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरको छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘अतः हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल रहेको छ।’

    पत्रमा २३ फागुनको सर्वोच्चको निर्णयको पालना नगरि नवौं महाविशेन विपरित काम अध्यक्ष ओलीले गरेको आरोप लगाइएको छ। भनिएको छ, ‘यो काम कसरी विधान सम्मत हुन सक्दछ रु के यसको जवाफदेहिता पार्टी अध्यक्षले लिनु पर्दैन ? उक्त कार्यहरुवाट नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानका प्रावधानहरूको ठाडो उल्लंघन भएको छ ।’

  • आयोगको ढड्डामा एमालेको पुरानो अभिलेख, जेठ २ मा अदालतले फर्काए कसको बहुमत ? (सूचीसहित)

    आयोगको ढड्डामा एमालेको पुरानो अभिलेख, जेठ २ मा अदालतले फर्काए कसको बहुमत ? (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको आधिकारिकता माग्दै माधव नेपाल पक्ष दुई महिनाअघि निर्वाचन आयोग पुगेको थियो । राजेन्द्र पाण्डेसहितका नेताहरू आयोगमा पुगेर एमालेको केन्द्रीय कमिटीको अद्यावधिक विवरण मागेका थिए ।

    एमालेले नेकपा विघटनपछि एमालेमा समाहित भएकासहित २६४ जना केन्द्रीय सदस्यको विवरण आयोगमा अद्यावधिक गराएको छ । माधव नेपाल पक्षले भने २०७५ जेठ ३ गते माओवादीसँग एकीकरण हुनुअघिको २०३ जनाको विवरण नै आधिकारिक हुनुपर्ने माग गरेको छ ।

    माधव नेपाल पक्षको यो जिकिर सर्वोच्च अदालतमा पनि पुगेको छ । गत वैशाखमा एमाले अध्यक्ष ओलीले माधव नेपालसहित चार नेतामाथि कारवाहीको प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न माग गर्दै उनीहरू अदालत गएका थिए ।

    अदालतले अन्तरिम आदेश नदिए पनि सो मुद्दा विचाराधीन छ । माधव नेपाले सोही मुद्दामा टेकेर अदालतले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा सर्लक्क फर्कने आदेश केपी ओलीलाई दिए हुन्थ्यो भन्ने अपेक्षा गरेको छ । निर्वाचन आयोगमा भने एमालेको २६४ सदस्यीय कमिटी अभिलेखमा चढिसकेको छ ।

    एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले २६४ सदस्यीय कमिटी आयोगमा कायम रहेको र यसबीचमा सोही कमिटीका काम कारवाहीहरूले आधिकारिकता पाइसकेको बताए । उनले एमालेको कार्यदलले समेत १० बुँदे सहमतिमा २६४ लाई स्वीकार गरिसकेकाले अब उहिलेका कमिटी खोज्दै हिड्नुको अर्थ नरहेको बताए ।

    जेठ २ सम्म एमालेको केन्द्रीय कमिटी सदस्यको संख्या २०३ निर्वाचन आयोगमा कायम छ । त्यसमा पदेन र वैकल्पिक केही उल्लेख नगरी सबै सदस्यलाई समान हैसियतमा राखिएको छ । सर्वोच्च अदालतले बाध्यकारी अवस्था नबनाएसम्म एमालेको पुरानो अभिलेख खुल्ने सम्भावना छैन, किनभने अहिले नयाँ कमिटी आयोगमा कायम छ ।

    एमालेको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको छ । त्यसले जेठ २ अघिको २०३ सदस्यीय कमिटीलाई होइन हाल कायम रहेको २६४ सदस्यलाई नै मानेको छ । बरु त्यसमा १० प्रतिशत मनोनयन गर्ने प्रस्ताव गरिएको छ ।

    १० बुँदे सहमति एमालेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरिसकेको छ । माधव नेपाल पक्ष आएमा सोही सहमति अनुसार जेठ २ मा फर्किने कुरा अध्यक्ष केपी ओलीले बताइसकेका छन् । तर, माधव नेपालले मानेका छैनन् ।

    माधव नेपाल २०७५ जेठ २ को कमिटीमै जान चाहान्छन् । उनले प्रधानन्यायाधीशसम्म पनि यो खबर पुर्‍याएका छन् कि, जेठ २ मा फर्कने आदेश जारी भयो भने २०३ सदस्यीय कमिटीमा बहुमत जुटाउन सकिन्छ ।

    बहुमत जुटाएर के गर्ने भन्ने प्रष्ट छैन, किनकी एमालेको केन्द्रीय कमिटीको बहुमतले अध्यक्ष हटाउन सक्दैन । तर, माधव नेपालको मुख्य जोड कि त केपी ओलीसँग पावर शेयरिङ (दोस्रो अध्यक्ष) र सबै कमिटीमा हाराहारीको संख्या कि त जेठ २ मा सर्लक्कै फर्काउने ।

    नेकपा एमाले यसबीचमा धेरै अघि बढिसके पनि माधव नेपालले चाहेको जस्तै अदालती आदेश आयो भने जेठ २ को कमिटी कस्तो छ ? नेपाल प्रेसले निर्वाचन आयोगको ढड्डामा रहेको २०७५ जेठ २ सम्मको केन्द्रीय कमिटीको प्रमाणित प्रतिलिपि निकालेको छ ।

    जेठ २ सम्म एमालेको केन्द्रीय कमिटी सदस्यको संख्या २०३ निर्वाचन आयोगमा कायम छ । त्यसमा पदेन र वैकल्पिक केही उल्लेख नगरी सबै सदस्यलाई समान हैसियतमा राखिएको छ । सर्वोच्च अदालतले बाध्यकारी अवस्था नबनाएसम्म एमालेको पुरानो अभिलेख खुल्ने सम्भावना छैन, किनभने अहिले नयाँ कमिटी आयोगमा कायम छ ।

    अदालतबाट माधव नेपालले चाहेजस्तो आदेश आएको अवस्थामा २०३ सदस्यीय कमिटी ब्युँतियो भने माधव नेपाललाई कम्फरटेबल हुन्छ ? २०३ जनाको निर्वाचन आयोगमा प्रमाणित सूची हेर्दा केपी ओली पक्ष कम्तीमा १९ संख्याले बहुमतमा देखिन्छ ।

    २०३ मध्ये यसबीचमा रविन्द्र अधिकारी, पशुपति चौलागाई, योगनारायण यादव र दिनेशचन्द्र यादवको निधन भइसकेको छ । बाँकी १९९ मा राधकृष्ण मैनालीको पनि नाम निर्वाचन आयोगमा अभिलेखमा भेटिन्छ । मैनालीलाई माधव नेपालको प्रस्तावमा नेकपा एकता अघिनै एमालेले निष्कासन गरेको थिथयो ।

    नेकपा एकीकरणभन्दा पहिले देखिनै प्रदीप नेपाल कुनै बैठकमा सहभागी हुने गरेका छैनन् । उनले पछिल्लो पटक १० बुँदे सहमतिका आधारमा पार्टी एकता गर्नेलाई आफ्नो समर्थन भनेका छन् तर नेपालले ओली र माधव नेपाल दुवैको पक्षमा आफूलाई उभ्याएका छैनन् ।

    नवौं महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्ष उठेका नेपाल, त्यसपछि आफूलाई स्थायी कमिटीमा नलगिएपछि असन्तुष्ट थिए । बिरामीसमेत रहेका उनी पार्टीमा गुटभन्दा बाहिर छन् ।

    निर्वाचन आयोगको ढड्डामा रहेको जेठ २ सम्मको एमालेको अभिलेखमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलगायतको नाम पनि यथावत छ । यद्यपि अहिले उनीहरू पार्टीको कार्यकारी भूमिकामा छैनन् ।

    निर्वाचन आयोगमा रहेको एमालेको पुरानो अभिलेख यस्तो छ :-

  • स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव पक्षका सांसद

    स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव पक्षका सांसद

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् ।

    सांसद विरोध खतिवडाले त्यसबारे छलफल गरेर टुंगोमा पुग्नलाई केहीबेरमा आफूहरू सिंहदरबारमा भेला हुन लागेको जानकारी दिए ।‘छलफल गरेर टुंगो लगाएपछि आजै स्पष्टीकरण बुझाउने कुरा छ,’ उनले नेपाल प्रेससँग भने, ‘केही साथीहरू बाहिर जानु भएकाले सबैले आजै सम्भव नहोला। उपलब्ध जतिले बुझाउँछौं ।’

    एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पत्र पठाएको थियो ।

    साउन ५ गतेका मिति राखेर पठाइएको २४ घण्टे स्पष्टीकरणमा देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका आरोप लगाइएको छ ।

    तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । स्पष्टीकरण पत्र बुझाएको २४ घण्टा पुग्ने भएकाले यसबारे आजको बैठकमा निर्णय हुन सक्ने ठानिएको छ ।

  • बादलको टिप्पणी- एमालेमा शुद्धीकरण शुरू भयो, अवसरवादी पलायन भए

    बादलको टिप्पणी- एमालेमा शुद्धीकरण शुरू भयो, अवसरवादी पलायन भए

    काठमाडौं । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको बताएका छन्।

    ‘पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा परिवर्तन भइसकेको छ’, पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘एकातिरबाट पार्टी विभाजन भएको छ । अर्कोतिर यही विन्दुबाट पार्टीको शुद्धीकरण पनि शुरू भएको छ । अवसरवादीहरू पलयान भएका छन् । दक्षिणपन्थी प्रतिक्रियावादी पलायन भए ।’

    बादलले आफ्नो पार्टीको संसदीय दलको नेता विस्थापन गरेर अर्कै दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु अपराध भएको दावी गरेका छन्। ‘आफ्नो संसदीय दलको नेतालाई विस्थापन गरेर अर्को दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु भनेको सामान्य अवसरवाद होइन्,’ उनले भने, ‘पार्टीका कमरेडहरूले जे गर्नु भएको छ, त्यो गल्ती होइन अपराध हो ।’

    उनले विचारबाट विचलित भएकाहरू बाहिरिएको भन्दै शुद्धिकरण अभियान नयाँ तरिकाबाट शुरू गर्नुपर्ने बताए । सर्वोच्च अदालतको आदेशले देशमा निर्दलीय सरकार बनेको बादलले टिप्पणी गरे ।

    ‘यहाँसम्म आइपुग्दाखेरी सर्वोच्च अदालतबाट बनेको कम्युनिष्ट पार्टीको सरकारबाट निर्दलीय सरकार बनेको छ,’ उनले भने, ‘निर्दलीय सरकार स्थापना भएको छ, लोकतान्त्रिक आन्दोलनमा गतिरोध पैदा भएको छ।’

    धारा ७६ (५) ले निर्दलीय सरकार बनाउने बाटो दिएको भन्दै बादलले संविधान संशोधन गर्नुपर्नेमा बादलको जोड छ ।

  • पुष्पलालको जन्मथलोमा एमाले रामेछापको स्मृतिसभा

    पुष्पलालको जन्मथलोमा एमाले रामेछापको स्मृतिसभा

    रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा नेकपा एमालेले पुष्पलाल जन्मेकै स्थलमा श्रद्धाञ्जली सभा गरेको छ ।

    नेकपाका संस्थापक पुष्पलाल र शहीद गंगालाल दुवै दाजुभाइ रामेछापको भँगेरीमा जन्मिएका थिए । जन्मघरमै रहेको शालिकमा माल्यार्पण गर्दै एमाले रामेछापले स्मृतिसभा आयोजना गरेको हो ।

    कार्यक्रममा एमाले केन्द्रीय सदस्य माधव ढुंगेल, रामेछाप जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरियालगायतका नेताहरूले पुष्पलालको बारेमा चर्चा गरेका थिए ।

    पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो । उनको निधन २०३५ साउन ७ गते भएको थियो । एमालेले साउन ७ गते पुष्पलाल स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।

     

     

  • चोलेन्द्र शमसेरबाट माधव नेपालले चाहेको अर्को एउटा आदेश

    चोलेन्द्र शमसेरबाट माधव नेपालले चाहेको अर्को एउटा आदेश

    काठमाडौं । माधव नेपाल एमालेको महासचिव भएको बेला उनलाई व्यंग्य गर्नुपर्दा एउटा भनाइ चर्चित थियो- ‘हाम्रो पार्टी नेकपा एमाले न त सरकारमा जान हतारिएको छ, न त ढिला गर्ने पक्षमै छ ।’

    माधव नेपालले कुनै सन्दर्भमा बोलेको यो भनाइ हाँसोका रूपमा बेला-बेला सम्झने गरिन्छ । अहिले पनि माधव नेपाल ठीक त्यही अवस्थामा छन् । उनी एमाले फुटाउन हतारिएका छैनन् तर ढिलाइ गर्ने अवस्थामा पनि छैनन् ।

    यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेता प्रचण्डले भेटेरै सरकारमा सहभागी हुन र त्यसका लागि आवश्यक परे राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन तयार रहेको बताएका छन् । संसद अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा पनि अहिले चलिरहेको छ ।

    प्रचण्डको संकेत, माधवको सन्देश

    पछिल्ला केही महिनायता माधव नेपालको सबैभन्दा भरपर्दो मित्र कोही छ भने प्रचण्ड नै हुन् । दुई नेताबीच नियमित भेटघाट र छलफल चलिरहेका छन् । माधव नेपाललाई बुझेका प्रचण्डले बारम्बार भन्ने गरेको एउटा कुरा महत्वपूर्ण छ । उनले भन्ने गरेका छन्- ‘मलाई विश्वास छ माधवजीले सिंगै एमालेको नेतृत्व गर्नुहुन्छ र हामी फेरि पार्टी एकता गर्छौं ।’

    प्रचण्डले त्यसअघि सके माधव नेपाल पक्षले एमाले कब्जा गर्ने, नसके विद्रोह गरेर आउने बताएका थिए । तर, पछिल्लो समय चाहिँ प्रचण्डले सिंगै एमालेको नेतृत्व माधव नेपालले गर्न सक्ने बताउनु र माधव नेपालले दल विभाजनमा हतारो नदेखाउनुबीचको सम्बन्ध के हो ? यो कुरा पहिले बुझ्नुपर्छ ।

    माधव नेपाल पक्षका २२ जना सांसदको मंगलबारको बैठकमा केन्द्रीय कमिटीमै ओलीविरुद्ध बहुमत जुटाउने कुरा उठ्यो । वार्ता कार्यदलले १० बुँदे सहमतिमा समेत २०७५ जेठ ३ गते नेकपा एकीकरणअघि एमालेमा थपिएका ३८ र नेकपा विभाजनपछि एमालेमा समावेश भएका २३ जनासहितको २६४ सदस्यीय केन्द्रीय कमिटी स्वीकार गरेको छ ।

    पछिल्ला केही महिनायता माधव नेपालको सबैभन्दा भरपर्दो मित्र कोही छ भने प्रचण्ड नै हुन् । दुई नेताबीच नियमित भेटघाट र छलफल चलिरहेका छन् । माधव नेपाललाई बुझेका प्रचण्डले बारम्बार भन्ने गरेको एउटा कुरा महत्वपूर्ण छ । उनले भन्ने गरेका छन्- ‘मलाई विश्वास छ माधवजीले सिंगै एमालेको नेतृत्व गर्नुहुन्छ र हामी फेरि पार्टी एकता गर्छौं ।’

    त्यसमा १० प्रतिशतसम्म मनोनीत गरेर माधव नेपाल पक्षलाई सबै संख्या दियो भने पनि बहुमत पुग्दैन । उनले कार्यदलका नेताहरूसँग ओलीले बहुमत बनाएको कमिटीमा नजाने र निर्णय नमान्ने बताइसकेका छन् । त्यसो भए माधव नेपालले अझै एमालेमा बहुमत कहाँ देखेका छन् त ?

    १० बुँदे माधवले अश्वीकार गर्नुको अर्थ

    खासमा माधव नेपालले १० बुँदे सहमति नमान्नुको कारण नै यहिँ छ । नेपाल २०७५ जेठ २ गतेसम्म कायम रहेको केन्द्रीय कमिटी चाहन्छन् । जुन कमिटीमा नेपालले आफूलाई ‘कम्फरटेबल’ ठानेका छन् र त्यसमा दुई-चार जना मान्छे तलमाथि पारे आफू बहुमतमा पुग्न सक्ने आँकलन गरेका छन् ।

    राजनीतिक रूपमा आफूले विश्वास गरेर पठाएका कार्यदलका सदस्यहरूबाट समेत जेठ २ को कमिटी जस्ताको त्यस्तै ब्युँताउने निर्णय नभएपछि नेपालले त्यसलाई नमानेका हुन् । उनी जेठ २ को २०१ सदस्यीय केन्द्रीय कमिटी र निर्वाचन आयोग लगायत ठाउँमा पठाइने निर्णयमा ओली र आफ्नो हस्ताक्षर अनिवार्य हुनुपर्ने अधिकार चाहन्छन् ।

    कार्यदलबाट समेत पार नलागेपछि अब माधव नेपालको लडाइँ राजनीतिक भन्दा पनि एकपटक पुनः अदालततिर मोडिने सम्भावना छ । ओलीले शेरबहादुर देउवालाई विश्वासको मत दिएवापत स्पष्टीकरण सोधेर कारवाही थाले भने नेपाल एकैपटक ओलीविरुद्ध अवहेलना मुद्दा र जेठ २ को कमिटी ब्युँताउने आदेश माग्दै सर्वोच्च अदालत जानेछन् ।

    पछिल्लो समय लगातार केपी ओलीलाई धक्का दिँदै आएको अदालतले माधव नेपालको माग अनुसार अर्को एउटा आदेश दिन्छ कि भन्ने अपेक्षा पनि होला । आखिर सर्वोच्च अदालत पछिल्लो समय राजनीतिक मुद्दामा ‘इन्जोय’ गरिरहेको छ । फागुन २३ कै निरन्तरतामा अर्को एउटा चमत्कारिक आदेश पाउने अपेक्षा माधव नेपालको हुन सक्छ ।

    जेठ २ को कमिटी मागेर नेपाल अदालतमा नयाँ रिट लिएर नगए पनि हुने सुझाव निकट कानूनविद्हरुले दिएका छन् । किनकी यसअघि नै माधव नेपालसहित चारजना नेताले गत वैशाखमा आफूहरूमाथिको कारवाही रोक्न माग गदै रिट दायर गरेका थिए । जुन रिटमै ओलीले बनाएको कमिटी अवैध भन्ने दावी गरिएको छ ।

    त्यसबेला सर्वोच्च अदालतले अन्तरिम आदेश नदिए पनि मुद्दा अदालतमा विचाराधीन छ । त्यही मुद्दामा सर्वोच्चले जेठ २ मा जस्ताको त्यस्तै जाऊ भनेर आदेश दिए हुन्थ्यो भन्ने माधव नेपालको चाहना छ । उनको यो चाहना प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको कानसम्म पुगिसकेको छ ।

    पछिल्लो समय लगातार केपी ओलीलाई धक्का दिँदै आएको अदालतले माधव नेपालको माग अनुसार अर्को एउटा आदेश दिन्छ कि भन्ने अपेक्षा पनि होला । आखिर सर्वोच्च अदालत पछिल्लो समय राजनीतिक मुद्दामा ‘इन्जोय’ गरिरहेको छ । फागुन २३ कै निरन्तरतामा अर्को एउटा चमत्कारिक आदेश पाउने अपेक्षा माधव नेपालको हुन सक्छ ।

    चोलेन्द्रका २ सुझाव- जुन माधवले पूरा गरेनन्

    जेठ २ मा सर्लक्कै फर्किन अदालतले आदेश दियो भने एमालेको समीकरण के हुन्छ ? यसबारेमा चर्चा गर्नु भन्दा पहिले प्रधानन्यायाधीश र माधव नेपालसँग जोडिएका दुई किस्साबारे उल्लेख गर्नु उपयुक्त हुन्छ ।

    राजनीतिक र न्याय क्षेत्रका हस्तीहरूबीच बेला-बेला चर्चा हुने गरेको प्रसंग हो- प्रधानन्यायाधीश राणाले माधव नेपाललाई तत्कालीन नेकपाको तेस्रो अध्यक्ष खान सुझाव दिएको तर नेपालले नमानेको कुरा ।

    अघिल्लो वर्ष यतिबेला नेकपा विवाद क्लाइमेक्समा पुगेका बेला प्रधानन्यायाधीशले आफूनिकट सूत्रमार्फत माधव नेपाललाई केपी ओली र प्रचण्डपछिको तेस्रो अध्यक्ष बन्न सुझाव दिएका थिए । ओलीले माधव नेपाललाई गरेको सो प्रस्ताव राणालाई उपयुक्त लागेको थियो ।

    त्यसो हुँदा मुलुकमा स्थायित्व हुने र माधव नेपालको पनि सम्मान हुने राणाको आफ्नै न्यायिक जिम्मेवारी बाहिरको तर सबैको हित हुने अतिरिक्त चासो थियो होला । तर, ओलीको अर्ली महाधिवेशन र तेस्रो अध्यक्ष अश्वीकार गरेका नेपालले राणाको सुझाव पनि बेवास्ता गरे ।

    त्यसपछिका घटनाक्रम संसद विघटन र नेकपा विभाजनसम्म पुगे । प्रतिनिधिसभा पुनःस्थापनापछि पनि प्रधानन्यायाधीश राणाले माधव नेपाललाई नेकपा संसदीय दलको नेता बनुन् भन्ने शुभेच्छा राखेका थिए । नेपालले पनि सूत्रमार्फत आफू दलको नेता बन्ने कुरा राणासम्म पुर्‍याएका थिए ।

    हुन त प्रतिनिधिसभा विघटन भएलगत्तै तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले दलको नेता प्रचण्डलाई चयन गरेको थियो । तर, फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले पुस ५ गते प्रतिनिधिसभा विघटनपछिका सबै निर्णय बदर गरेपछि प्रचण्ड दलको नेता बन्ने निर्णयको वैधानिकता रहेन ।

    वैधानिकरूपमा ओली नै दलको नेता थिए । तर, पार्टी अलग-अलग अभ्यासमा थिए र प्रचण्ड-माधव समूहले ओलीलाई साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो । संसदीय दलको चुनाव भएर दलको नेता चयन गर्ने अवस्था रहेन र त्यसबेला बहुमत ओली पक्षमा थियो कि प्रचण्ड माधव पक्षमा भन्ने परीक्षण हुन पाएन ।

    अघिल्लो वर्ष यतिबेला नेकपा विवाद क्लाइमेक्समा पुगेका बेला प्रधानन्यायाधीशले आफूनिकट सूत्रमार्फत माधव नेपाललाई केपी ओली र प्रचण्डपछिको तेस्रो अध्यक्ष बन्न सुझाव दिएका थिए । ओलीले माधव नेपाललाई गरेको सो प्रस्ताव राणालाई उपयुक्त लागेको थियो ।

    तर, माधव नेपाल दलको नेता बन्दा नेकपा जोगिन सक्ने र ओली तथा प्रचण्ड अध्यक्ष कायमै हुनेसम्मको अवस्था आउन सक्थ्यो । माधव नेपालले दोस्रोपटक पनि प्रधानन्यायाधीशलाई झुक्याउने खालको घटना भयो फागुन २१ गते । नेपालले आफू दलको नेता बन्छु भनेका थिए पूरा गर्न सकेनन् ।

    प्रचण्ड-माधवपक्षीय संसदीय दलको बैठकमा माधव नेपाल नै प्रस्तावक भएर प्रचण्ड नेकपा संसदीय दलको नेता बने । तर, संसद सचिवालयले त्यसलाई मान्यता दिएको थिएन । किनकी संसदीय दलका सबै सांसद निर्वाचन प्रक्रियामा सहभागी थिएनन् र कसको बहुमत भन्ने खुलेको थिएन ।

    फागुन २३ गते प्रचण्ड-माधवसहितका नेताहरू प्रचण्डलाई दलको नेता स्वीकार गर्न र केपी ओलीमाथिको कारवाहीलाई मान्यता दिन जुलुसै लिएर संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसमक्ष गए । त्यहाँ पत्र दर्ता गर्ने गलफत्ति केहीबेर चल्यो र अन्ततः सचिवालयले प्रचण्डको पत्र दर्ता गर्‍यो ।

    प्रचण्ड नेकपा संसदीय दलको नेता चयन भएको पत्र दर्ता गरेर काठघरबाट बाहिरिँदै गर्दा सर्वोच्चको फैसला आयो-नेकपाको वैधानिकता ऋषि कट्टेलले पाए । १५ दिनभित्र नयाँ नाम लिएर ओली र प्रचण्ड नगए एमाले र माओवादी नेकपा एकतापूर्वको अवस्थामा फर्किने ।

    त्यसपछि राजनीति अर्को दिशामा गयो । सायद माधव नेपाल नेकपा संसदीय दलको नेता बनेका भए फागुन २३ को फैसला अर्कै ढंगले पनि आउँथ्यो कि ? मान्छेका अनुमान हुन् । तर, नेपालले आफू दलको नेता बन्ने चाहना राखे पनि प्रचण्डसमक्ष त्यो भन्न सकेनन् कि ? वा आफूनिकट कसैलाई यो कुरा उठाउन लगाउन उनले अप्ठेरो माने कि ? तर आधिकारिक ठाउँमा यो विषयले चर्चा भने पाएको छ ।

    माधवको निर्णायक आशा

    के माधव नेपालले अब अन्तिमपटक चोलेन्द्रबाट आफूलाई पायक पर्ने आदेशको अपेक्षा गरेका छन् ? अवश्य पनि यो प्रश्नमा नेकपा एमालेको अहिलेको सकस जोडिएको छ । आफूले भर गरेका दोस्रो तहका नेता सिंगो एमाले मिलाउन कम्प्रमाइजमा गएको बेला नेपालले उनीहरूको कुरा पनि नसुन्नुको कारण कतै यो प्रश्नभित्र खोज्ने पो हो कि ?

    स्रोतका अनुसार नेपालले जेठ २ मा फर्काउने बाध्यकारी आदेश अदालतले दिएको खण्डमा केन्द्रीय कमिटीमा आफूले बहुमत जुटाउन सक्ने सन्देश पठाएका छन् । कुनै नयाँ रिट गयो वा यसअघि अन्तरिम आदेश नभइ विचाराधीन रहेको मुद्दालाई नै सुनुवाइमा लगियो भने कस्तो आदेश आउला ? सम्भवतः माधव नेपाल ‘हतार पनि नगर्ने र ढिलाइ गर्ने पक्षमा पनि नरहने’ कारण यहाँ अडिएको छ ।

    यो पनि पढ्नुहोस् : सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार (आदेशसहित)

    यदि माधव नेपालले चाहेको जस्तो आदेश अदालतबाट आयो भने केपी ओलीविरुद्ध उनको बहुमत पुग्छ त ? २०७५ जेठ २ गतेसम्म कायम रहेको केन्द्रीय कमिटीमा अदालतले पठाइदियो भने उनको बहुमत नपुगे पनि अहिलेको २६४ सदस्यीय कमिटीभन्दा कम्फरटेबल हुन्छ ।

    जसरी ओली पक्षका ८ जना सांसद आफूतिर आएपछि नेपाल उत्साहित भएका छन्, त्यो पुरानो कमिटीमा फर्किँदा दुई-चारजनालाई आफूतिर तानेर बहुमत पुर्‍याउन सक्ने आँकलन पनि उनको हुनसक्छ । एमालेले माओवादीसँग एकीकरण गर्नुअघि २०१ जनाको कमिटी थियो जसमा ४० जना थपेर नेकपामा पुग्दा २४१ जना एमालेका थिए ।

    जेठ २ मा पनि ओलीकै बहुमत

    २०१ को कमिटीमा रहेका पशुपति चौलागाई, रविन्द्र अधिकारी, योगनारायण यादव, दिनेशचन्द्र यादवको निधन भइसकेको छ । २०१ मध्ये चारजना पदेन सदस्य भएकाले उनीहरू बहुमत र अल्पमत हुँदा मतदान गर्न पाउँदैनन् । त्यस्तै एमालेको विधान अनुसार वैकल्पिक केन्द्रीय सदस्यलाई पनि मतदानको अधिकार हुन्न ।

    त्यो अवस्थामा पूर्णकेन्द्रीय कमिटीका १४१ मध्ये तीनजनाको निधन भएको र सीता पौडल तथा धर्मनाथ यादव प्रदेश प्रमुख भएकाले उनीहरूको संख्या घट्छ । त्यस्तै महेन्द्रबहादुर पाण्डे र डा. वंशीधर मिश्र राजदूत छन् ।

    जेठ २ को केन्द्रीय कमिटीमा सानु श्रेष्ठ पनि थिए । तर, अहिले उनी वागमती प्रदेशको सभामुख छन् । अग्नि खरेल महान्यायाधिवक्ता भएका बेला केन्द्रीय कमिटीबाट राजीनामा दिएका थिए । जेठ २ का बेला शिवमाया तुम्बाहाङफे पनि उपसभामुख थिइन् । उनको र खरेलको केन्द्रीय सदस्य पद स्थगनमात्र भएकाले पदबाट बाहिरिएसँगै स्वतः बहाल हुने तर्क पनि छ ।

    जेठ २ मा फर्किँदा उनी स्वतः पुनर्वहाली हुन्छन् वा कमिटीले निर्णय गरेर मनोनीत गर्छ भन्ने विधि एमालेले सहमतिमा तय गर्नुपर्ने हुन्छ । जे होस् १४० बाट पदेन ४ जना र थप ७ जना घट्दा जेठ २ को एमाले पूर्ण केन्द्रीय सदस्यको संख्या १२९ हुन आउँछ ।

    निर्वाचन आयोगमा जेठ २ सम्म कायम रहेको अभिलेखमा को को छन् भन्ने हेर्न बाँकी छ । तर, जेठ २ मा नेकपा एकीकरणका लागि ४० जना थप्नुअघिको केन्द्रीय कमिटीको आधिकारिक सूची हेर्दा १२८ मध्ये केपी ओली पक्षमा ६६ जना पूर्ण केन्द्रीय सदस्य देखिन्छन् । खरेल र तुम्बाहाङ्फे थपिँदा ६८ हुन्छ ।

    अदालतले माधव नेपालकै मागबमोजिम आदेश दिएछ र नेपालले जेठ २ को केन्द्रीय कमिटीमा ओली पक्षबाट केही सदस्य तानेर बहुमत नै जुटाएछन् भने पनि नेकपाको अध्यक्षबाट ओलीलाई हटाएजस्तो एमालेको विधानले केन्द्रीय कमिटीको बहुमतले अध्यक्ष हटाउने व्यवस्था गरेको छैन ।

    त्यस्तै प्रदेश प्रमुख भएका सीता पौडेल र धर्मनाथ यादवले पनि एमालेबाट राजीनामा दिएको खबर अहिलेसम्म आएको छैन र उनीहरूको नाम निर्वाचन आयोगमा यथावत छ । उनीहरूसहित ओलीको ७० संख्या थियो ।

    प्रदीप नेपाल अहिलेसम्म दुवै पक्षका बैठकमा गएका छैनन् । त्यस्तै वामदेव गौतम पनि आफ्नै गुट थेगेर बसेका छन् तर उनीसँग केन्द्रीय सदस्य हरि पराजुलीमात्र बाँकी छन् । जेठ २ मा फर्किँदाको अवस्थामा माधव नेपाल पक्षमा ५९ जना केन्द्रीय सदस्य हुन्छन् । यही कारण उनी जेठ २ सर्लक्कै फर्काउने राजनीतिक प्रयास असफल भएपछि अदालती प्रयासमा लागेका हुन् ।

    राजनीति भनेको अदालतको फैसला र आदेशको भर परेर गर्न हुन्न भन्छन् नेताहरू । तर, माधव नेपाल केपी ओलीविरुद्ध एउटा अन्तिम लडाइँको तयारीमा छन्, पुस ५ पछि उनले ओलीविरुद्ध गरेका मुद्दा मामिला र अड्डा-अदालत धाउने प्रक्रिया अब सम्भवतः टुंगिनेछ ।

    अदालतले माधव नेपालकै मागबमोजिम आदेश दिएछ र नेपालले जेठ २ को केन्द्रीय कमिटीमा ओली पक्षबाट केही सदस्य तानेर बहुमत नै जुटाएछन् भने पनि नेकपाको अध्यक्षबाट ओलीलाई हटाएजस्तो एमालेको विधानले केन्द्रीय कमिटीको बहुमतले अध्यक्ष हटाउने व्यवस्था गरेको छैन ।

    राष्ट्रिय प्रतिनिधि परिषद्को दुई तिहाई बहुमतले केन्द्रीय कमिटीका एक तिहाई सदस्यलाई हटाउन वा कारवाही गर्न सक्ने भनेको छ तर त्यो पनि सम्भव छैन । तर पनि राजनीतिकरूपमा नेपाल अहिलेभन्दा सुरक्षित हुनेछन् र बहुमतबाट निर्णय गराउन सक्ने ठाउँमा पुगिन्छ भन्ने लागेको हुनसक्छ ।

    हेर्नुस् एमाले केन्द्रीय कार्यालयले दिएको २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको विवरण :-

  • माधव पक्षको बैठक : नेताविरुद्ध उत्तेजक नारावाजी रोक्न माग

    माधव पक्षको बैठक : नेताविरुद्ध उत्तेजक नारावाजी रोक्न माग

    काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

    बुधबार बसेको नेपालपक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले गरेको निर्णय सुनाउँदै नेता रघुजी पन्तले भने, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने र सर्वोच्च अदालतले आफ्नो विवेकको प्रयोग गर्न स्वतन्त्र रहेको आदेश दिएको अवस्थामा उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नारावाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

    आजको बैठकले पार्टी एकताका पक्षमा जोड दिएको उनले जानकारी दिए । ‘हामी छलफलमा बस्यौं,’ पन्तले भने, ‘सबैको जोड एकतामा थियो । एकता प्रक्रियालाई जोड दिनुपर्छ भन्नेमा सबैको सहमति रह्यो ।’

    एकता वार्ता चलिरहेका बेलामा फेरि स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्नु भएको उनको भनाइ छ । एमालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई हिजोको मिति आज स्पष्टीकरण पत्र पठाएको छ ।

    विपक्षी गठबन्धनमा लागेर पार्टी अनुशासन उल्लंघन गरिएको उल्लेख गरिएको पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी सोधिएको छ ।

  • अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

    अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ ।

    साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ ।

    अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।

  • माधव नेपालले बोलाएको बैठकमा भीम रावल गएनन्

    माधव नेपालले बोलाएको बैठकमा भीम रावल गएनन्

    काठमाडौं । नेकपा एमाले विभाजनको संघारमा रहेका बेला वार कि पारको निर्णय गर्न माधव नेपालले बोलाएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल भने अनुपस्थित भएका छन् ।

    सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावलले असन्तुष्ट भएर राजीनामा दिएका थिए ।

    नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा १० बुँदे सहमति र एमाले एकताको सन्दर्भमा के गर्ने भन्ने बारेमै केन्द्रित रहेर छलफल भइरहेको नेताहरूले बताएका छन् ।

  • राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिमका १३ सांसदको आग्रह

    राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिमका १३ सांसदको आग्रह

    कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।

    ‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्‍यौं,’ टोलीमा सहभागी एक नेताले भने, ‘उहाँले त्यसको जवाफ दिनु भएन ।’

    पार्टी एकताको लागि राजीनामा दिएको टोलीलाई रावलले जानकारी दिएका थिए । टोलीका सदस्यहरूले राजीनामा फिर्ता लिएरै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।

    रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका हुन् ।

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जनाले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

    १० बुँदे सहमति पछि एमाले एकता हुने अपेक्षा गरेको भए पनि त्यो कार्यान्वयनमा चुनौती थपिएको रावलको बुझाइ थियो । आइतबार बरिष्ठ नेता माधव नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णय विपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् ।

    माधव नेपाललाई सधैं साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । देउवालाई विश्वासको मत दिने माधव पक्षका २२ मध्ये ११ जना समानुपातिक सांसद छन् ।

    भेटका क्रममा माधव पक्षका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिएर संसद् र संविधान जोगिएको बताएका थिए । ‘सधैं देउवालाई नेता मान्ने कुरा हुँदैन अहिलेको परिस्थितिले यस्तो सृजना गरेको हो,’ अर्का एक नेताले भने, ‘अब पार्टी एकतामा लाग्न हामीले सुझाव दियौं ।’

    रावललाई भेट्न नेपाल पक्षका सांसद मात्रै निवासमा पुगेका थिए । २५ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बाहेकका २४ जना सदस्य मध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना रहेका छन् । १७ जना नै रावलले राजीनामा फिर्ता लिनु पर्ने पक्षमा रहेको उनीहरु बताउँछन् ।

    ‘मन्त्रालय नै खाली गरेर यहाँ आउनु हुँदैन भनेर हामी मात्रै आएका हौँ’ ती नेताले भने। ‘हामी सबै उहाँले राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिएको हेर्न चाहन्छौं ।’

  • बाँदरको हुलियामा विरोध प्रदर्शन गर्दा सामाजिक सञ्जालमा युवा संघको ट्रोल

    बाँदरको हुलियामा विरोध प्रदर्शन गर्दा सामाजिक सञ्जालमा युवा संघको ट्रोल

    काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघले आज काठमाडौंमा अनौठो विरोध प्रदर्शन गर्यो । युवा संघका कार्यकर्ताहरु बाँदरको हुलियामा थिए ।

    शेरबहादुर देउवाको सरकारलाई समर्थन गर्ने आफ्नो पार्टीका २२ सांसदलाई ‘बाँदर’ को रुपमा चित्रित गर्न उनीहरुले यो प्रयोग गरेका थिए । तर, सामाजिक सञ्जालमा युवासंघको निकै मजाक भएको छ । धरैले उनीहरुलाई ‘वास्तविक स्वरुप देखाएको’ भन्दै ट्रोल गरेका छन् ।

    हिजो पनि युवा संघका कार्यकर्तले अतिरञ्जित तरिकाले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक शवयात्रा नै निकालेका थिए । त्यस क्रममा प्रहरीले हस्ताक्षेप गरेको थियो । उक्त प्रदर्शनलाई लिएर पनि युवा संघले आलोचना खेप्नुपरेको छ ।

  • नेपाल समूहमा छलफल- केन्द्रीय कमिटी र संसदीय दलमा हाम्रै बहुमत पुग्छ, ओली बिनाको एमाले बनाउन सकिन्छ

    नेपाल समूहमा छलफल- केन्द्रीय कमिटी र संसदीय दलमा हाम्रै बहुमत पुग्छ, ओली बिनाको एमाले बनाउन सकिन्छ

    काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

    केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए।

    ‘१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ संवाददाताहरुसँग उनले भने ।

    सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मतदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।’

    चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानुन व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताए । ‘सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्छौं,’ उनले भने, ‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको छ । त्यहाँसम्म पनि जान्छौं ।’

    सरकारमा सहभागिताबारे भने कानुनी परामर्श भइरहेको र सरकारमा गए वापत सांसद पद नजाने कुराको ग्यारेन्टी भयो भने मात्रै यस विषयमा निर्णय हुने चौधरीले बताए ।

    अर्की सांसद राकुमारी झाँक्रीले सरकारमा जाने भन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइन् । उनले भनिन्, ‘अर्को दलले नेतृत्व गरेको सरकारमा जाने कुरै भएन । सरकारमा जाने भन्दा पनि पुरा अवधि संसद क्रियाशिल कसरी बनाउने भन्ने बारेमा छलफल भयो ।’

    नेपाल पक्षले आफूपक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरु सहितको बैठक भोलि ११ बजे बोलाएको छ। पार्टी विभाजन गर्ने या नगर्ने विषयमा उक्त बैठक निर्णायक हुने बताइएको छ।

  • वागमतीका मुख्यमन्त्री छलफलमा- पावर शेयरिङमा सहमत, आवश्यक परे पद छाड्न तयार

    वागमतीका मुख्यमन्त्री छलफलमा- पावर शेयरिङमा सहमत, आवश्यक परे पद छाड्न तयार

    काठमाडौं । नेकपा एमाले कानूनी विभाजन बाँकी रहेका बेला मुख्यमन्त्री फेरेर भने पनि वागमती प्रदेशमा एमालेकै सरकार कायम राख्नेबारे छलफल भएको छ । मुख्यमन्त्री डोरमणी पौडेल आफैं पनि पावर शेयरिङ वा पद छाड्ने दुवै विकल्पमा सकारात्मक छन् ।

    वागमती प्रदेशमा एमालेको बहुमत छ । तर, विपक्षी दलले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला माधव नेपाल पक्षका एकजना सांसदले असहयोग गर्नासाथ सरकार ढल्छ ।

    केन्द्रमा विवाद भए पनि वागमतीमा अहिलेसम्म अष्टलक्ष्मी शाक्यले बजेट तथा नीति कार्यक्रम पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् । नीति कार्यक्रम पारित गरेकोमा माधव नेपालले शाक्यलाई बोलाएर असन्तुष्टी समेत जनाएका थिए ।

    तर, शाक्यले आफू वागमतीको नेता भएकाले हस्तक्षेप नगर्न भनेकी थिइन् । शाक्यले वागमतीबाट पार्टी एकतामा दबाब दिन खोजेकी छन् । उनले आफू अब मुख्यमन्त्री नबन्ने घोषणा समेत नेपाल प्रेसमार्फत नै गरेकी थिइन् ।

    स्रोतका अनुसार मंगलवार पनि मुख्यमन्त्री पौडेल र माधव नेपाल पक्षका अष्टलक्ष्मी,राजेन्द्र पाण्डे र अरुण नेपाल लगायतका नेताहरुबीच छलफल भएको थियो ।

    छलफलमा पौडेलले आफू मन्त्रिपरिषद पुनर्गठन गरेर पार्टीभित्रको सन्तुलन मिलाउन पनि तयार रहेको र आवश्यकता परे मुख्यमन्त्री छाडेर पार्टीकै अर्को नेतालाई बनाउन पनि तयार रहेको बताएका छन् ।

    पावर शेयरिङ लगायत प्रदेश सरकार र प्रदेशसभासँग सम्बन्धित पार्टीभित्रको सन्तुलन मिलाउन वागमतीमा एमालेका दुवै पक्षका नेता सम्मिलित अनौपचारिक कार्यदलले काम गरिरहेको छ ।

    कार्यदलले मुख्यमन्त्रीको पक्षबाट केशव पाण्डे र दीपक निरौला छन् भने अष्टलक्ष्मी पक्षबाट राजेन्द्र पाण्डे र अरुण नेपाल छन् । कार्यदललाई मुख्यमन्त्रीको विषयमा छलफल नगर्न भनिएको छ । यो विषयमा पार्टी अध्यक्ष केपी ओलीले भने अनुसारनै गर्ने नेताहरुले बताएका छन् ।

    वागमती प्रदेश सरकारबाट तत्कालीन नेकपा विभाजनसँगै प्रचण्ड पक्षका शालिकराम जमरकट्टेल र युवराज दुलाल तथा माधव नेपाल पक्षका अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    अहिले सरकारमा ओली पक्षका मात्र मन्त्री छन् । पौडेलले अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुसँगको छलफलमा मन्त्री परिषदमा नेपाल पक्षका मान्छे समेट्न तयार रहेको बताएका छन् ।

    छलफलमा सहभागी एक नेताले भने, ‘मुख्यमन्त्री छाड्न पनि तयार छु र मन्त्रिपरिषद् सन्तुलित बनाउन पनि तयारै छु भन्नुभएको छ । मुख्यमन्त्री छाड्ने सन्दर्भमा फेरि पनि अध्यक्ष केपी ओली लगायत शीर्ष तहमै कुरा हुनुपर्छ, तत्काललाई हाम्रा केही साथी मन्त्री बनाउन पनि सकिन्छ ।’

    पौडेलले मुख्यमन्त्री छाडेमा माधव नेपाल पक्षका राजेन्द्र पाण्डे र अरुण नेपालमध्ये एकजना सो पदका आकांक्षी हुन् । संसदीय दलमा केपी ओली पक्षको बहुमत भएकाले सहमतिमा बाहेक अरु प्रक्रियाबाट उनलाई हटाउन अविश्वास प्रस्ताव नै ल्याउनुपर्छ ।

    एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका नेता अरुण नेपालले वागमतीबाट पार्टीलाई एकताको लागि दबाब र सन्देश दिन आफूहरूले चाहेको बताए ।

  • एमाले बैठक जारी, सबै सदस्यलाई १० बुँदे सहमति बाँड्दै कार्यान्वयनमा जोड

    एमाले बैठक जारी, सबै सदस्यलाई १० बुँदे सहमति बाँड्दै कार्यान्वयनमा जोड

    काठमाडौं । नेकपा एमालेको १०औं केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठक हिजोकै निरन्तर बैठक हो ।

    आजको बैठकमा एमाले एकताका लागि गठित तत्कालीन कार्यदलले तयार पारेको १० बुँदे सहमति सदस्यहरूलाई वितरण गरिएको छ । कार्यदलका तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सो सहमति कार्यान्वयनमा इमान्दार हुनुपर्नेमा जोड दिएका छन् ।

    एमालेले पार्टीको आन्तरिक समस्या समाधानको लागि गरेको १० बुँदे सहमतिलाई अनुमोदन गरिसकेको छ ।

    बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने माधवकुमार नेपालसहितका २२ सांसदलाई कारवाहीको थप प्रक्रियाबारे पनि छलफल हुने बताइएको छ । एमालेले उनीहरूलाई अनुशासनको कारवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने हिजै निर्णय गरिसकेको छ ।

    जारी बैठकमा प्रदेशको पार्टी अवस्थाबारे सम्बन्धित नेताहरूले जानकारी गराउने, सर्वोच्चको फैसलाप्रति पार्टीको दृष्टिकोण, ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा गर्ने साथै आगामी दिनमा राजनीतिक र सांगठानिक काममा पार्टीको भूमिकाबारे पनि छलफलको मुख्य एजेण्डा छ ।

  • माधव नेपाललाई महेशको आग्रह – कृपया एमाले छोड्नुहोस्, सम्मानजनक बिदाई गर्छौं (भिडियो)

    माधव नेपाललाई महेशको आग्रह – कृपया एमाले छोड्नुहोस्, सम्मानजनक बिदाई गर्छौं (भिडियो)

    काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माधवकुमार नेपाललाई एमालेमा बसेर पार्टी हितविपरीत काम गर्नुभन्दा पार्टी छाडेर जान सुझाव दिएका छन् ।

    राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले एमाले छाडे सम्मानजनक बिदाई गर्ने बताए । ‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु- साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ,’ बस्नेतले भने, ‘तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुतला जलाउँदैनौं । तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।’

    उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको बारे पनि प्रतिक्रिया जनाए । प्रचण्डसँग आफूहरू नभइ प्रचण्ड डराएर सुरक्षा थपेको दावी बस्नेतले गरे । ‘प्रचण्डलाई थ्रेट बढ्यो रे,’ उनले भने, ‘डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपिए रे हिजो ।’

    बस्नेतले थपे, ‘जुन कुकुर डराउँछ, त्यही कुकुर भुक्छ भन्ने उखान छ । हाम्राविरुद्ध षड्यन्त्र गरेर असंख्य भाषण गर्ने कमरेड प्रचण्ड, हामी तपाईंसँग डराएका छैनौं । तपाईं डराउनुभयो भन्ने प्रमाण यही हो सुरक्षा थ्रेट ।’

  • आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

    आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

    काठमाडौं । असार २० गते साँझ एमाले उपाध्यक्ष भीम रावल प्रधानमन्त्री निवास बालुवाटार छिरेको खबर फैलिएसँगै पूर्वमन्त्री प्रेम आले आफूसँग नजिक सांसदहरूलाई माधव नेपाल कित्तामा लैजान छलफलमा जुटिसकेका थिए ।

    एमाले वरिष्ठ नेता नेपाल र केन्द्रीय सदस्य तथा सांसद आलेको घर कोटेश्वरमा नजिकै छ । ६ महिना नपुग्दै मन्त्रीबाट हटाइएपछि केपी ओलीसँग असन्तुष्ट रहेका आले पछिल्लो समय आफ्नो गृहजिल्ला डोटीका सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठको एक वर्ष म्याद नथपिएपछि अपमानित महसुस गरिरहेका थिए ।

    यसरी भयो आलेको कोटेश्वर इन्ट्री

    भीम रावलको बालुवाटार इन्ट्रीसँगै प्रेम आलेलाई ओली पक्षबाट एक्जिटको ढोका खुल्यो । प्रचण्ड-माधवनिकट कतिपय माध्यमबाटै भीम रावललाई ओलीले कार्यवाहक अध्यक्ष दिने भनेको देखि भारतीय गुप्तचरसँग मेरियट होटलमा वार्ता गरेपछि रावल फेरिएको हल्ला चलाइयो ।

    बालुवाटारमा ओलीसँग भेटेपछि रावल वार्ता कार्यदलको संयोजकको रूपमा एमाले मिलाउने वार्तामा जुटे । उता आलेको इन्ट्री माधव नेपाल निवासमा भयो । नवौं महाधिवेशन माधव प्यानलबाटै वैकल्पिक केन्द्रीय सदस्य जितेका आले २०७४ सालको चुनावमा रावलले टिकट नदिने भएपछि मात्र ओली पक्षमा लागेका थिए ।

    उनका लागि माधव नेपाल गुट नयाँ थिएन । भीम रावलबाट पनि धोखा हुन लागेको महसुस गरिरहेका बेला माधव नेपालले प्रेम आलेको प्रस्ताव सुने । जसले गर्दा उनलाई ढाडस मिल्यो ।

    आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

    चरणबद्ध भेटघाटमा आलेले माधव नेपाललाई सोधे- ‘भीम रावलसँग कति सांसद छन् ? बडा रावल र छोटा रावल (भीम र झपट) मात्र होइन ? म तपाईंलाई ६ देखि १० जना सांसद ल्याइदिन्छु । हिजो पनि रावलहरूका कारण मैले तपाईंलाई छाडेको हुँ, आज तिनीहरूले धोखा दिँदैछन्, म तपाईंलाई साथ दिन्छु ।’

    आलेले विगतमा माधव नेपालनिकटका सांसदहरू बिना बुढाथोकी, यज्ञ बोगटी, गोपाल बम, पार्वती विसुंखे, गणेश पहाडीहरूलाई ओली पक्षमा लगेको भन्दै अब फेरि त्यति नै संख्या नेपाल पक्षमा ल्याइदिने बताए ।

    यसबीचमा कार्यदलमा रहेका नेताहरूबाट माधव नेपालले अपेक्षित सहयोग पाइरहेका थिएनन् । भीम रावलले मुखै फोरेर शेरबहादुर देउवालाई विश्वासको मत दिन नहुने बताइसकेका थिए । १० बुँदे सहमति माधव नेपाललाई चित्त बुझेको थिएन तर कार्यदलमा रहेका नेताहरूले त्यसलाई मान्न दबाब दिए ।

    यसरी एकपछि अर्को भरोसा आफ्ना दोस्रो तहका नेताहरूबाट टुट्दै गएका बेला नेपाललाई प्रेम आलेले ‘तपाईंलाई जति जनाले धोखा दिन्छन्, त्यसको क्षतिपूर्ति म दिलाउँछु’ भन्दै सांसदहरू लगेर भेटाउन थाले । आलेले अझै १० जना सांसद ओली पक्षबाट माधव पक्षमा ल्याइदिने वचन समेत दिएको नेपालनिकट एक एमाले नेताले बताए ।

    कसलाई आफ्नो भनूँ ?

    विश्वासको मत साउन ३ को पहिलो बैठकमै लिने कुनै तयारी थिएन । तर, साउन २ गते गठबन्धनका शीर्ष नेताहरूबीच गोप्य बैठक भयो । भीम रावल, सुरेन्द्र पाण्डेलगायतका वार्ता टोलीका नेताहरूले संस्थागत निर्णयबाट मात्र विश्वासको मतबारे टुंगो लगाउनुपर्ने बताउनु र केपी ओलीको बहुमत रहेको कमिटीबाट त्यो निर्णय नहुने बुझेका नेपालले भीम रावलभन्दा प्रेम आलेको भरोसा गर्नुपर्ने अवस्था आइपुग्यो ।

    वार्ता टोलीमा रहेकासहित १० जना जति आफूनिकट सांसदले धोखा दिन सक्ने हिसाब नेपालले गठबन्धनका नेताहरूलाई सुनाए । तर, त्यसको क्षतिपूर्ति अर्कोतिरबाट हुने जानकारी पनि उनले गराइसकेका थिए । त्यसो त माधव पक्षका अदालतमा गएका २३ मध्ये १२/१३ जनाले मत दिए पनि पुग्ने अवस्था थियो ।

    तर, त्यसबीचमा वामदेव गौतमले पनि माधव नेपाललाई अप्रत्यक्ष साथ दिए । किसान श्रेष्ठले अप्रत्याशित रूपमा माधव नेपाललाई साथ दिए । प्रेम आलेले वचन पूरा गरेर सांसदको संख्या जुटाइदिएपछि माधव नेपाल ढुक्क भए र साउन ३ मै विश्वासको मत लिने निर्णयमा प्रधानमन्त्री पुगे ।

    कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

    बिहान एकाएक विश्वासको मत आजै लिने चर्चा चलेपछि एमाले वार्ता टोलीको दुवै पक्षका नेता माधव नेपाल निवास कोटेश्वर पुगे । उनीहरूले नेपाललाई १० बुँदे कार्यन्वयन गर्न र विश्वासको मत नदिन आग्रह गरे । तर, नेपालले आफू एक्लै भने पनि देउवालाई विश्वासको मत दिने अडान लिए ।

    भीम रावल र माधव नेपालबीच भनाभन जस्तै पर्‍यो । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरूले पनि एकाएक आजै विश्वासको मत लिनुको पछाडि एमाले फुटाउने षड्यन्त्र रहेको भन्दै नेपाललाई त्यसमा नफस्न आग्रह गरे । तर, माधव नेपाल निकै अघि बढिसकेका थिए ।

    उनले आफ्नो बहुमत नरहेको र केपी ओलीले जम्मा पारेको कमिटीको निर्णय आफूले नमान्ने भन्दै १० बुँदे सहमतिमा समर्थन नरहेको बताए । त्यसो त १० बुँदे सहमतिप्रति नेपालको असन्तुष्टि रहेको र आफू ओली बराबर हस्ताक्षरसहितको दोस्रो अध्यक्ष हुनुपर्ने सर्त राखेको कुरा यसअघि नै बाहिर आइसकेको थियो ।

    कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

    वास्तवमा माधव नेपाललाई उनले भरोसा गरेका दोस्रो तहका नेताहरूले अन्तिम क्षणमा साथ नदिएकोमा साह्रै चित्त दुःखेको छ । उनले आफूलाई भेट्न जाने नेता कार्यकर्तासँग नामै लिएर दाहिने र देब्रे हात भनिएकाहरूले धोखा दिएको बताउने गरेका छन् । तर, त्यो धोखाको घडीमा प्रेम आलेले नेपाललाई काँध थापेको उनी आलेप्रति कृतज्ञ बनेका छन् ।

    माधव नेपालसँगै अदालतमा गएका २३ मध्ये ७जनाले विश्वासको मत नदिए पनि प्रेम आलेसहित ८ जना थपिएको भन्दै नेपालका एक निकट सहयोगीले आफ्नाबाट भएको क्षर्ति आलेबाट पूर्ति भएको टिप्पणी गरे ।

    आलेसँग गएका सांसदहरूलाई पालैपालो मन्त्री बनाउने सम्भावना रहेको छ । पहिलो चरणमा माधव नेपालले ओली समूहबाट गएकामध्ये प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउने बताइएको छ । आलेले पर्यटन मन्त्रालय पाउने सम्भावना छ ।

    यद्यपि आलेले भने नेपाल प्रेससँग कुरा गर्दा आफूले मन्त्रीका लागि माधव नेपाललाई साथ दिएको नभइ रावलहरूले धोखा दिएकाले विगतमा पनि माधव नेपालकै टिमको एउटा सदस्यका रूपमा साथ दिएको बताए । उनले अदालतसम्म माधव नेपालसँग गएर विश्वासको मत दिने बेला भाग्नेहरू दोगला चरित्रका व्यक्ति भएको भन्दै निर्णायक बेलामा आफू उभिएको बताए ।

    आलेले भने, ‘म त दुईपटक वनमन्त्री भइसकेँ, अब मन्त्री पाउँछु भनेर लागेको होइन । यस्तो हल्ला ती व्यक्तिले गर्दैछन् जो हिजो सधैँभरी पार्टी र सरकारको विरुद्ध लागे । मुद्दासमेत लिएर अदालत गए अहिले जितेपछि अदालतको अवहेलना गरेर मैदान छाडेर भागेका छन् । हिम्मत भए कि पक्षमा कि पार्टीको निर्णय अनुसार विपक्षमा मतदान गर्न सक्नुपर्थ्यो ।’

    आलेले नेम्वाङलाइ भनेका थिए- अर्को मान्छे खोज्नु

    २०७४ को चुनावअघि ओलीसँग नजिकिएका आलेले त्यसपछि माधव नेपाल गुट छाडेका थिए । रावलहरूका कारण आफूले ओली गुट रोजेको उनले बताउने गरेका थिए । सुदूरपश्चिममा ओलीलाई बलियो बनाउन आलेले आफ्नो ठाउँबाट सक्नेजति सबै गरेका पनि हुन् ।

    राजनीतिक रूपमा रावल नेता भए पनि मान्छे तान्ने र व्यवस्थापन गर्नेमा आले अगाडि छन् । उनले कतिपय सांसदहरूलाई पनि आर्थिक सहयोग गर्ने गरेका छन् । बालुवाटारमा राति २ बजेसम्म पनि सांसद र केन्द्रीय सदस्यहरूलाई लगेर आलेले बैठक गराउँथे ।

    आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

    नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

    मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

    मन्त्रीबाट हटेकोमा असन्तुष्ट भए पनि आलेले गुट परिवर्तन गर्ने सोचेका थिएनन् नेताहरूले । हट्नु पर्दाको असन्तुष्टि त सबैमा छ भनेर सामान्यीकरण गरियो । तर, आले भित्रभित्रै सांसदहरूसँग छलफलमा जुटिसकेका थिए । प्रतिनिधिसभा पुनःस्थापनापछि उनले कम्तीमा ६ जना सांसदको समर्थन माधव नेपाललाई जुटाएपछि शुरूमा नपत्याएका माधव पछि ढुक्क भए ।

    यसबीचमा आले रिसाउने अर्को प्रकरण सशस्त्र प्रहरीका एक डीआईजी भए । सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठ आलेका गृहजिल्लाबासी हुन् । उनले आलेबाट ठूलो भरोसा गरेका थिए । उनको एक वर्ष म्याद थपिँदा आईजीपी हुनेवाला थिए ।

    उनले यो कुरा प्रधानमन्त्रीलाई भने । प्रधानमन्त्रीका स्वकीयसचिव राजेश बज्राचार्ययसँग ह्वाट्एपमा भिडियो च्याट नै गर्दै आफूले सिफारिस गरेको व्यक्ति अन्यथा होइन भन्दै डोटीको बासिन्दा रहेका प्रमाण नागरिकता समेत देखाए ।

    गृहमन्त्री खगराज अधिकारी थिए । तर, प्रवीण श्रेष्ठको म्याद थप मन्त्रिपरिषद्‍मा पुगेर पनि भएन । त्यसपछि उनी झनै रुष्ट भए । प्रवीण श्रेष्ठ अहिले सर्वोच्च अदालत गएका छन् भने आले सत्तारुढ गठबन्धनमा पुगेका छन् यही प्रकरणपछि ।

    त्यसपछि आलेले माधव नेपाललाई भेटेर भनेका थिए- ‘जति सांसद ओली पक्षमा लगेको थिएँ, त्यति नै सांसद लिएर आउँछु । शुरूमा माधव नेपालले पत्याएका थिएनन् तर आलेले प्रमाणित गरिदिए ।’

    प्रेम आले रुष्ट भएको थाहा पाएका विष्णु पौडेलले उनलाई सम्झाउन खोजेका थिए । तर, आले निकै पर पुगिसकेका थिए । एक दिन पौडेलले फोन गरेर सोधे- आलेजी कहाँ हुनुहुन्छ ? आलेले जवाफ दिए- म त सडकमा छु । पौडेलले फेरि भने- हामी पनि त सडकमै छौं नि आउनुस् कुरा गरौं । तर आले बिरामी छु भन्दै गएनन् ।

    आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

    आले जसरी पहिले भीम रावलसँग नमिलेर ओली गुटमा लागेका थिए । पछिल्लो समय लेखराज भट्ट, कर्ण थापा र निरु पालहरूसँग मिलेनन् । आफूलाई हटाएर नारदमुनी रानालाई आफ्नै मन्त्रालय दिएपछि आलेले ओलीलाई छाड्ने निर्णय गरिसकेका थिए, तर रावलहरूका कारण मात्र रोकिएका उनले बताउने गरेका थिए ।

    त्यसो त आलेसहितले देउवालाई विश्वासको मत दिने थाहा पाएपछि झपट रावल ‘प्रतिगामीहरू हिजो केपी ओलीको विघटनमा साथ दिए र आज केपी कमजोर भएपछि फेरि विश्वासको मत दिने भन्दैछन्’ भन्दै राजनीतिको यस्तो अनैतिक खेलमा नलाग्ने भन्दै मतदानमा भाग नलिइ बाहिरिएिका थिए ।

    परिस्थिति अन्तिममा यस्तो भयो, संसद जोगाउन भन्दै गठबन्धन बनाउने र अदालतमा जाने भीम रावलले राजीनामा दिए । संसदको स्थायित्वका लागि मुद्दा लड्ने झपट रावल अन्तिममा आफूले मुद्दा लडेर ब्युँताएको संसद र समर्थन गरेको प्रधानमन्त्रीको पक्षमा मत नदिइ संसदबाट बाहिरिए । तर, संसद विघटनको सिफारिस गर्ने मन्त्रिपरिषदका सदस्य आले रावलहरूको ठाउँमा पुगे ।

    मन्त्री हुँदाका असन्तुष्टी

    नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

    त्यसबेला अरु कसैले आफू छाड्न तयार छु भएनन् तर आलेले भन्दा तत्कालीन प्रधानमन्त्री ओली शन्तुष्ट भएका थिए । आले मन्त्री भएपछि लगातार अभिव्यक्तिका कारण विवादमा परे । पछिल्लोपटक अक्सिजन सिलिण्डरमा फोटो राखेर निर्वाचन क्षेत्रमा पठाएको प्रकरण निकै विवादित बन्यो ।

    आलेले आफ्नो जिल्लामा अक्सिजन पठाउन तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग धेरै आग्रह गरेका थिए । तर, सहयोग नपाएपछि उनी आफैंले किनेर अक्सिजन सिलिण्डर पठाए । कार्यकर्ताले त्यसमा फोटो टाँसे । आलेले व्यक्तिगत रूपमा किनेर पठाएको सिलिण्डरमा कार्यकर्ताले फोटो टाँस्नु स्वभाविक थियो ।

    त्यही प्रकरण एक दिन मन्त्रिपरिषद् बैठकमा उठ्यो । स्वास्थ्यमन्त्रीले सहयोग नगरेपछि आफूले व्यक्तिगतरूपमा किनेर पठाएको आलेले बताए । प्रधानमन्त्री ओलीले ‘अक्सिजन सिलिण्डर मन्त्रीले बोक्ने होइन’ भनेपछि आलेले ‘त्यसो भए म मेरा जनतालाई मर्न दिउँ ? ’ भनेर जवाफ फर्काएका थिए ।

    मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

    त्यसो त आले प्रकृति संरक्षण कोषको अध्यक्षमा योजना आयोगका सदस्य प्रधानमन्त्रीका काका पर्ने कृष्णप्रसाद ओलीलाई अध्यक्ष बनाएकोमा पनि असन्तुष्ट थिए । यसअघि वन तथा वातावरण मन्त्री कोषको अध्यक्ष हुने प्रावधान रहे पनि आफ्नो पालामा ओलीलाई नियुक्त गरेकोमा उनको भित्रभित्रै चित्त दुःखेको निकटस्थहरूलाई सुनाएका थिए ।

    बजेटमा आफूलाई र वन मन्त्रालयलाई नसोधी ढुंगा गिट्टी निकासी गर्ने कुरा राखेकोमा पनि उनी असन्तुष्ट थिए । त्यसको पक्षमा बोल्न भने पनि उनले बोल्न मानेन् । पछिल्लोपटक नेपाल वन निगम लिमिटेडको कार्यकारी अधिकृतमा खुला प्रतिस्पर्धाबाट ७४ नम्बर ल्याएका पंकज दासलाई नियुक्त नगरी ४९ नम्बर ल्याएका रामेश्वर भट्टराईलाई नियुक्त गरिएकोमा पनि उनी असहमत थिए ।

    मन्त्री हुँदाको सन्दर्भमा उनले औपचारिक टिप्पणी गर्न चाहेनन् । तर यति चाहिँ भने–जुन क्याबिनेटमा प्रधानमन्त्रीबाट पूर्ण रुपमा साथ,सहयोग र स्वतन्त्रता प्राप्त हुन्न त्यस्तोमा मन्त्री नहुनू राम्रो । म अब मन्त्री बन्नेहरुलाई पनि त्यहि सुझाव दिन्छु ।

    आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

    हुन त भीम रावलहरूले माधव नेपालको साथ छाडेका छैनन् र छाड्ने अवस्था पनि देखिन्न । पार्टी एकताको लागि उनीहरू एक कदम पछि हटेका छन् । तर, आलेले भने यही मौकामा आफ्नो स्थान माधव नेपाल क्याम्पमा सुरक्षित गरेका छन् ।