Tag: निषेधाज्ञा उल्लंघन

  • निषेधाज्ञा उल्लंघन गर्दै चितवनका मेयर–सांसद दलीय भेलामा, पसल बन्द गराउने प्रहरी मुकदर्शक

    निषेधाज्ञा उल्लंघन गर्दै चितवनका मेयर–सांसद दलीय भेलामा, पसल बन्द गराउने प्रहरी मुकदर्शक

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ देखि निरन्तर निषेधाज्ञा अवधि लम्बाइरहेको छ । पछिल्लो पटक साउन २४ गते कोभिड–१९ को डेल्टा भेरियण्टसमेत देखिएको भन्दै साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी छ ।

    सवारीसाधनमा जोर–विजोर लागू गरिएको छ । पसलहरु ६ घण्टाका दरले हप्तामा ३ दिनमात्र खुल्ने व्यवस्था गरिएको छ । चोकचोकमा जोर–विजोर पालना नगर्ने सवारीमाथि कारवाही अभिया नै चलाइएको छ । बिहीबार मात्रै ७६ सवारी कारवाहीमा परे । तोकिएको समयबाहेक पसल, होटल, रेष्टुरेण्ट खुलेमा बन्द गराउन चितवन प्रहरी खटिएको छ । तर, भेला, प्रर्दशन रोक्न भने चितवन प्रशासन कमजोर देखिएको छ ।

    आज मात्रै सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भरतपुर–१ र माडी–७ मा वडा भेला गरेको छ । नारायणगढको जेसिस भवनमा भएको भेलामा पार्टी प्रवेश पनि गराइएको थियो । चितवन प्रशासनको आदेशमा भौतिक रुपमा उपस्थित भएर हुने सबै सभा, सम्मेलन, प्रर्दशन,, भेला, सेमिनार, तालिम, जात्रा, महोत्सव लगायतका गतिविधि गर्न नपाइने उल्लेख छ ।

    आदेश उल्लंघन गरेमा कानूनबमोजिम कारवाही हुने भनिएको छ । तर, वडा भेलाहरु चलिरहँदा चितवन प्रशासन भने मौन छ । भरतपुर महानगरको वडा नम्बर १ को वडा भेलामा मेयर रेणु दाहाल, वागमती प्रदेश सांसद घनश्याम दाहाल, जिल्ला अध्यक्ष यमबहादुर परियारलगायत सहभागी थिए । हल भरीभराउ थियो ।

    वडा नम्बर १ मा ६५ जना अन्य पार्टी छाडेर माओवादी केन्द्र प्रवेश गरेका छन् । उता माडी–७ मा मास्कविनै नेता, कार्यकर्ता सहभागी भएका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

    कार्यक्रममा माडीका मेयर ठाकुरप्रसाद ढकाल पनि सहभागी थिए । चितवनका सिडिओले ३ दिन पहिले स्वास्थ्य कार्यालय चितवनले गरेको भर्चुअल पत्रकार सम्मेलनमा भीडभाडजन्य गतिविधि रोक्ने प्रतिवद्धता जनाएका थिए ।

    जिम्मेवार पक्षबाटै निषेधाज्ञा उल्लंघन भएको उनले स्वीकारेका थिए । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले सामाजिक दूरी पालना गर्दै भेलाहरु भएको दाबी गरेका छन् । तर, सामाजिक सञ्जालमा राखिएका तस्वीरमा जनस्वास्थ्यका मापदण्डहरु पालना भएको देखिँदैन ।

  • निषेधाज्ञा उल्लंघन गर्ने १ हजार सवारी प्रहरीको नियन्त्रणमा

    निषेधाज्ञा उल्लंघन गर्ने १ हजार सवारी प्रहरीको नियन्त्रणमा

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीमध्ये ६ सय ३५ वटा गाडी र ४ सय ४१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

    साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय २८ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३३ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

    सो क्रममा १ हजार १ सय ८३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ३ सय २३ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी साधन प्रहरी नियन्त्रणमा

    निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी साधन प्रहरी नियन्त्रणमा

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

    कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ९७ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

    सो क्रममा १ हजार ७ सय २३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ७ सय २७ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • निषेधाज्ञा उल्लंघन गर्ने ३१ सय सवारी साधन प्रहरी नियन्त्रणमा

    निषेधाज्ञा उल्लंघन गर्ने ३१ सय सवारी साधन प्रहरी नियन्त्रणमा

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीमध्ये ८ सय २० वटा गाडी र २ हजार २ सय ८३ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

    साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ८ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

    कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ४५ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २६ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ४ सय ४८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५७ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ३६ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारी साधन प्रहरीको नियन्त्रणमा

    निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारी साधन प्रहरीको नियन्त्रणमा

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ८४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीमध्ये ४ सय ५८ वटा गाडी र १ हजार ३ सय २६ वटा मोटरसाइकल छन् । नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

    कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ४ सय ९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५७ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

    सो क्रममा ४ हजार ८ सय ६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ५५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय १४ जनालाई सचेत गराइएको छ ।

  • निषेधाज्ञा उल्लंघन गर्ने झण्डै ३ हजार सवारी साधन प्रहरीको नियन्त्रणमा

    निषेधाज्ञा उल्लंघन गर्ने झण्डै ३ हजार सवारी साधन प्रहरीको नियन्त्रणमा

    काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाबाट निषेधाज्ञा उल्लंघन २ हजार ८०९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीमध्ये ७ सय ९८ वटा गाडी र २ हजार ११ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

    साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ सय ५९ जनालाई निशुल्क मास्क वितरण गरिएको छ ।

    कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५१ हजार ७ सय ७५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ५३ जनालाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ४१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ ।

    सो क्रममा ३ हजार ४ सय ८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ६६ जनालाई सचेत गराइएको छ ।

  • निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन प्रहरीको नियन्त्रणमा

    निषेधाज्ञा उल्लंघन गर्ने २८ सय ७४ सवारी साधन प्रहरीको नियन्त्रणमा

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ९५ वटा ४ पांग्रे र २ हजार १ सय ७९ २ पांग्रे रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पछि छोडिएको नेपाल प्रहरीले जनाएको हो ।

    साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड उल्लंघन गर्ने ५ सय ११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९५ हजार १ सय रुपैयाँ जरिवाना पनि गराएको छ । यसै क्रममा ४ हजार ३ सय ८९ जनालाई रोकी सम्झाई बुझाई प्रहरीले छोडेको छ ।

    देशभर सञ्चालित ८४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ४९ जनालाई सचेत गराइएको पनि प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • निषेधाज्ञा उल्लंघन गर्ने १७ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

    निषेधाज्ञा उल्लंघन गर्ने १७ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १७ सय ७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तीमध्ये ४ सय ६९ वटा गाडी र १ हजार २ सय ३८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

    साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

    साथै देशभर सञ्चालित ८० वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १५ हजार ४४ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    जनकपुरधाम । कोरोना महामारी फैलन नदिन सरकारी नीतिअनुसार स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञाको उद्देश्य संक्रमण दरको नियन्त्रण गर्नु नै हो ।

    तर, प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधाममा निषेधाज्ञाको पालना गराउन धनुषा प्रशासन असफल भएको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि वैशाख २२ गते जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लगाए । तर बजारमा देखिएको चहल–पहलले निषेधाज्ञा अन्त्य भएको जस्तो लाग्छ ।

    बजार क्षेत्रका अधिकांश पसल खुल्न थालेका छन् । सडकमा सिटी रिक्सा यात्रु ओसार्न सुरु गरिसके । ठेला फलफूल र पसलहरुमा विभिन्न समान बेच्दा न व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएको देखिन्छ, न सेवाग्राही अर्थात् सर्वसधारण जनता सचेत देखिन्छन् । प्रहरीले पक्रिन छाडेपछि त मास्क प्रयोग नगर्नेको संख्या बढ्न थालेको छ ।

    गृह मन्त्रालयले शनिवार मात्र ७७ वटै जिल्ला प्रशासन र सुरक्षा निकायलाई पत्राचार गर्दै ‘जनतालाई घरबाट निस्किनै नदिनू’ भनेर निर्देशन दिएको थियो । तर, धनुषामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले कुनै चासो देखाएका छैन । यस विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग सम्पर्क स्थापित हुन सकेन ।

    जनकपुधाम उपमहानगरपालिका कोरोनाको हटस्पट बनेको छ । अहिले उपमहानगरमै करिब १२ सय कोरोनाका सक्रिय संक्रमित छन् । र उनीहरु घरमै छन् । स्वास्थयकर्मीले निगरानी नगर्दा कतिपयले त घुमफिर पनि गर्छन् । यस्तो बेला बजारमा देखिन थालेको भीडभाडले जनकपुरमा कोरोनाले भयावह रुप लिने देखिन्छ ।

    हेर्नुस् तस्बिरहरु

  • पछिल्लाे २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ हजार भन्दा बढीलाई कारवाही

    पछिल्लाे २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ हजार भन्दा बढीलाई कारवाही

    काठमाडौं । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ५ हजार भन्दा बढीलाई कारवाही गरिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ९५ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको नेपाल प्रहरीले जनाएको हो ।

    यसै अवधिमा ७ सय ५ वटा गाडी र १ हजार ५ सय १४ वटा मोटरसाइकल गरी २ हजार २ सय १९ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ११ जनालाई निःशुल्क मास्क पनि वितरण गरिएको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका (प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ६ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना पनि गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार ३ सय ५१ जनालाई सचेत गराईएको प्रवक्ता कुँवरले बताए ।

    निषेधाज्ञा कार्यान्वयनलाई प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

    निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

    पर्सा । निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा पर्साका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर १० का २६ वर्षका साहेव शेख, वडा नम्बर १३ का ३० वर्षका मोहम्द असरफ राइन, पोखरिया नगरपालिका ३ का १९ वर्षका हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका ४ का ३० वर्षका भोला प्रसाद साह र भारत विहार वेतिया वैरिया ३ का मुन्ना साह रहेका छन् ।

    पर्सामा बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथी सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

  • निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सुर्खेतमा सात जना पक्राउ

    निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सुर्खेतमा सात जना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा जारी भएको समयमा उल्लंघन गरेको भन्दै सात जनालाई नियन्त्रणमा लिएको छ ।

    वीरेन्द्रनगर नगरपालिका ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी एवमा रामप्रसाद घर्तीले बताए ।

    उनका अनुसार घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल र कबिर खानलाई नियन्त्रणमा लिइएको हो ।

    उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको प्रहरीले जनाएको छ ।