Tag: निर्मला मुडभरी

  • लुम्बिनीमा जसपाबाट मनोनित प्रदेश सांसद मुडभरीको सपथ ग्रहण

    लुम्बिनीमा जसपाबाट मनोनित प्रदेश सांसद मुडभरीको सपथ ग्रहण

    रूपन्देही । जनता समाजवादी पार्टी (जसपा)को समानुपातिक तर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेशसभाकी सदस्य निर्मला मुडभरी भट्टराईले प्रदेशसभा सदस्यको सपथ लिएकी छन् ।

    लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रमबीच प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराएका थिए ।

    पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डेलाई जसपाले कारवाही गरेपछि रिक्त भएको ठाउँमा मुडभरीलाई मनोनित गरिएको थियो ।

  • जसपाको निर्णय– प्रदेश सांसद कल्पना पाण्डेयको ठाउँमा निर्मला मुडभरी

    जसपाको निर्णय– प्रदेश सांसद कल्पना पाण्डेयको ठाउँमा निर्मला मुडभरी

    रूपन्देही । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारवाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ। पार्टीको कार्यकारिणी बैठकले कल्पनाको ठाउँमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए।

    लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारवाहीमा परेका थिए। जसमा सन्तोष पाण्डेय र विजयबहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् ।

    उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईको नाम पठाउने निर्णय गरेको हो। कारबाही परेकी सांसद पाण्डे अहिले गम्भीर रोगबाट थलिएर काठमाडौंमा उपचाररत छन् । उनीसहित कारबाही परेका ३ सांसदको मुद्दा अदालतमा विचाराधीन छ ।