Tag: निजामती कर्मचारी

  • शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार, शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने

    शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार, शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।

    सहमति पत्रमा हस्ताक्षर गर्दै मन्त्री पौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको मागहरु कार्यान्वयन गर्ने सहमति भएको बताएका छन् ।
    ‘शिक्षकहरु पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,’ मन्त्री पौडेलले भने,‘म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो ।’
    सार्वजनिक शिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्प गर्नुपर्ने बताउँदै उनले आफ्नो अधिकारसँगै दायित्व पनि भुल्न नहुनेमा जोड दिए ।
    ‘आज ऐतिहासिक दिन हो, मन्त्री पौडेलले भने,‘महासंघले उठाएका धेरै विषय सम्बोधन भइसकेका छन् ५१ बुँदे प्रतिवेदनबाट बाँकी रहेका कामहरु कानुन सम्मत ढंगले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    कात्तिक २८ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल र नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद ढवाडीसहितको गठीत कार्यदलले अध्ययन गरी कार्यान्वयन योग्य सुझाव पेश फागुन १ गते पेश गरेको थियो । सोही अनुसार आज मन्त्रालय र महासंघबीच ५१ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको हो ।

    महासंघले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्र्नेे, शिक्षा विकाश तथा समन्वय इकाईको नाम परिर्वतन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर्ने, एक पटक आन्तिरिक परीक्षामा सामेल हुन नपाएका अस्थायी र करार शिक्षकलाई नियमनुसार शिक्षक सेवा आयोगको मार्फत उमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिनेलगायतका माग राखेको छ ।

    यस्तै, द्धन्द्ध पीडित, पेशागत आन्दोलनमा नेतृत्व गरेका शिक्षक तथा कर्मचारी व्यवस्थापनका सम्बन्धमा छानबिन समति वा आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने, महिला शिक्षकको प्रसुती विदा ६ महिना कायम गरी उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्ने लगायत विषय कार्यान्वयन गर्ने प्रतिवेदनमा समेटिएको नेपाल शिक्षक महासंघकी अध्यक्ष कमलादेवि तुलाधरले जानकारी दिइन् ।

     

  • १२ सचिवसहित २५ सय कर्मचारीले यसवर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

    १२ सचिवसहित २५ सय कर्मचारीले यसवर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

    काठमाडौं । चालू आर्थिक वर्षमा विशिष्ठ श्रेणीका १२ जना सचिवसहित दुई हजार चार सय ८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७८-७९ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ ।

    सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधबार अनिवार्य अवकाश पाउँदैछन् भने अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनी साउन २४, बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्द प्रसाद पौड्याल साउन २६ मा अनिवार्य अवकाश पाउदैँछन् ।

    नेपाल ट्रष्टको कार्यालयका सचिव राजेन्द्र प्रसाद खनाल असोज ९, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने असोज १२, महालेखा परिक्षकको कार्यालयका उप महालेखा परीक्षक बाबुराम गौतम कात्तिक ५, महालेखा परीक्षकको कार्यालयकै उप महालेखा परीक्षक इश्वर नेपाल कात्तिक ५, राष्ट्रिय प्राकृति श्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पुष १४, अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना माघ २०, ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की जेठ ४, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा जेठ १९ र लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाई असार २२ मा अनिवार्य अवकाश पाउने सूचीमा छन् ।

    ठूलो संख्यामा सहसचिव अवकाश पाउँदै

    चालू आर्थिक वर्ष २०७८-०७९ मा अवकाश पाउनेको सूचीमा सहसचिव पनि धेरै जना रहेको राष्ट्रिय कितावखानाले जनाएको छ । आर्थिक वर्षको सुरुवातमा सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत नै सहसचिव इश्वराज दाहालले अनिवार्य अवकास पाइसकेका छन् भने मंगलबार दुई जना सहसचिवले अनिवार्य अवकाश पाउँदैछन् । जसमा परराष्ट्र मन्त्रालयका सहसचिव तारा प्रसाद पोखरेल रहेका छन् भने सहसचिव एवम संयुक्त राष्ट्रसंघका लागि नेपाल अधिराज्यको स्थायी नियोग जेनेभा, स्विजरल्याण्डमा कार्यरत मणीप्रसाद भट्टराई रहेका छन् ।

    अनिवार्य अवकाश पाउने सहसचिवमा ऋषिराज भण्डारी, प्रदीपकुमार मुडवरी, दिलीप कुमार सडौला, प्रकाश लम्साल, रामप्रसाद बिडारी, कृष्णप्रसाद दवाडी, विमलकुमार निर्मल, प्रमोदकुमार रिजाल, अनिलभद्र खनाल, अरुणकुमार सिंखडा, परमेश्वर पराजुली, देवीप्रसाद ज्ञवाली, गोपालप्रसाद रेग्मी, उपेन्द्र राय, कृष्णप्रसाद आचार्य, सरोजचन्द्र पण्डित, हरीराम श्रेष्ठ, सुरेन्द्र सुवेदी, नविन गिरी, श्यामकिशोर सिंह, सुर्यप्रसाद रिजाल, रमेशप्रसाद सिवाकोटी, खडानन्द गौतम छन् ।

    यस्तै प्रदीपराज कर्णेल, शिवहरी कोइराला, प्रदीपकुमार निरौला, रमेशवन्धु अर्याल, राकेशकुमार त्रिपाठी, बद्रीराज अर्याल, सुनिलकुमार दास, शंकरप्रसाद खरेल, अच्युतप्रसाद सिवाकोटी, भुवनहरी अर्याल, दमयन्ती श्रेष्ठ, जिरञ्जीवी पराजुली, ताराप्रसाद भटटराई, राजेन्द्रप्रसाद घिमिरे, ठाकुरप्रसाद सिग्देल, देवकुमार तामाङ, प्रल्हादप्रसाद सापकोटा, मधुकर राना, जनकराज दाहाल, रामेश्वर रेग्मी, तुल्सीप्रसाद थपलिया, टेकराज निरौला, मनबहादुर खड्का, चक्रपाणी शर्मा, भरतकुमार शर्मा, मधुकर प्रसाद राजभण्डारी पनि छन् ।

    यहि वर्ष अनिवार्य अवकाश पाउने सहसचिवमा गौलोचन, डम्बरबहादुर थापा, अर्जुनकुमार शर्मा, नारायणप्रसाद शर्मा, शिवहरी सापकोटा, इश्वरीप्रसाद बन्जाडे, विष्णुदत्त गौतम, किसनलाल भट्ट, पुष्करराज पन्त, अशोककुमार कार्की, लोकनाथ पौडेल, प्रकाशकुमार सुवेदी,
    निरु दाहाल, घनिन्द्रराज चिमौरिया, बासुदेव शर्मा, रामचन्द्र श्रेष्ठ, ध्रुवकुमार पोखरेल, नुरमुहम्मद खाँ, नियाज वारिस र रविनाथबाबु श्रेष्ठ छन् ।

    यस्तै शान्ताकुमारी कँडेल, प्रमोदकुमार उपाध्याय, रामपदारथ बिच्छा, तारानाथ पौडेल, रघुनन्दन ब्याँजु, मोहनराज श्रेष्ठ, गुणराज अबस्थी, रजनी हाडा, भिमसिंह टिंकरी, तारानाथ पोख्रेल, किरणप्रसाद श्रेष्ठ, देवेश सिंह, सुदेश सुवेदी, बिरेन्द्रबहादुर चन्द पनि यसै वर्ष अवकाश पाउने सूचीमा छन् ।

    राष्ट्रिय किताबखानाले हरेक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ । कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीको अनिवार्य अवकाशको सूचना सार्वजनिक गरेको छ । किताबखानाले सूचनामा उमेर हदका कारण वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा छ महिनाअगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउन अनुरोध गर्छ ।

  • निजामती कर्मचारीलाई दु्ई महिनाभित्र सम्पत्ति विवरण बुझाउन सरकारको परिपत्र

    निजामती कर्मचारीलाई दु्ई महिनाभित्र सम्पत्ति विवरण बुझाउन सरकारको परिपत्र

    काठमाडौं । सरकारले निजामती कर्मचारीलाई २ महिना अर्थात ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सबै कर्मचारीलाई परिपत्र गरेको छ । राष्ट्रिय किताबखानाले मंगलवार एक सूचना जारी गर्दै २०७७–७८ को सम्पत्ति विवरण बुझाउन परिपत्र गरेको हो । सम्पत्ति विवरण बहालवाला र चालु आर्थिक वर्षामा सेवा निवृत्त दुवैले बुझाउनुपर्ने किताबखानाका महानिर्देशक नेत्र प्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सेवा निवृत्त भएका कर्मचारीले समेत आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालय मार्फत किताबखानामा दर्ता गर्नुपर्नेछ । सम्पत्ति विरण बुझाउने दायित्व सम्बन्धित कर्मचारीमा हुने व्यवस्था भएकोले कानूनले तोकेको समय सीमाभित्र सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीलाई आग्रह गरिएको महानिर्देशक सुवेदीले बताए ।

    तोकिएको २ महिना अर्थात ६० दिनपछि प्राप्त भएको सम्पत्ति विवरणलाई प्राप्त नभएको सरह मानी अभिलेख नराखिने कितावखानाले जारी गरेको सूचनामा भनिएको छ ।

  • निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह

    निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह

    काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सबैखाले विद्यालयमा सबैले समानरुपमा पढ्न पाउनुपर्ने संवैधानिक हकको कार्यान्वयन गर्न माग गरेको हो । आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजामती कर्मचारीका सन्ततिका लागि धनकुटा र दिपायलमा विद्यालय खोल्ने कार्यक्रम समावेश गरेको छ ।

    महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी उक्त कार्यक्रम राष्ट्रिय शिक्षा नीति, २०७६ दूरदृष्टिको पनि विपरीत भएको जनाइएको छ । आम नागरिकका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा लगानी बढाएर सुधार गर्नुपर्नेमा निजामती कर्मचारीका लागि मात्रै विशेष व्यवस्था गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ ।

  • आजदेखि निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन ‘अवैध’

    आजदेखि निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन ‘अवैध’

    काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचित नेतृत्वको वैधानिकता आजदेखि सकिएको छ । ठिक एक वर्षअघि आजकै दिन युनियनले नयाँ नेतृत्व पाइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण तोकिएको निर्वाचन कार्यतालिका पनि स्थगित हुँदा निर्वाचन भएन ।

    निजामती सेवा ऐन २०४९ को दफा ५३ को (क) मा शाखा अधिकृतस्तरसम्म मात्र ट्रेड युनियनको अधिकार रहेको छ । युनियनका प्रथम निर्वाचित अध्यक्ष पुन्य ढकाल २०७७ चैत ९ गते उपसचिव पदमा बढुवा भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी भोला पोख्रेलले सम्हाल्दै आएका छन् ।

    ढकाल अहिले पाँचथर जिल्लाको सिडिओ छन् । २०७३ जेठ १९ गते भएको निर्वाचनबाट चुनिएको युनियनको चारवर्षे कार्यकाल २०७७ जेठ १८ गते सकिएको हो ।कोभिड–१९ को महामारीका कारणले त्यतिबेला निर्वाचन गर्न सम्भव नभएकाले युनियनको निर्वाचनसम्बन्धी विधानको दफा २४ ले विशेष परिस्थितिका कारण एक वर्ष म्याद थप्न पाउने व्यवस्था उल्लेख भएकाले त्यसै अनुसार १ वर्ष म्याद थप गरिएको थियो ।

    कर्मचारी संगठन धारणा फरक–फरक

    आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलाप्रसाद पोख्रेल अहिलेको विषम परिस्थितीमा म्याद थप्नुको विकल्प नरहेको बताउछन् ।उनले भने, ‘कतिपय व्यक्ति म्याद थप्नुहुदैन भन्ने पनि छन् । ठुलो संघ संगठनले आलोपालो नेतृत्व गर्नुपर्छ भन्ने पनि छन् । तर जे सुकै भए पनि म्याद त थप्नै पर्छ ।’

    कर्मचारीको आधिकारिक ट्रेड युनियनले म्याद थप गर्नुपर्छ भनेर मुख्यसचिवसँग माग गरिसकेकाले सरकारले त्यसै अनुसार निर्णय गर्ने अपेक्षा गरिएको उनले बताए ।

    नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले भने कानूनमा व्यवस्था भए अनुसार नै विषम परिस्थितमा एक वर्ष थपिसकिएकाले अब म्याद थप गर्ने कुनै बाटो नरहेको जनाएको छ । म्याद थप्ने विकल्प पनि नभएकाले अब चुनाव गरेर नयाँ नेतृत्व चयन गर्नुको विकल्प नरहेको संगठनका अध्यक्ष केदार देवकोटाले बताए ।

    उनले भने, ‘४ वर्षे कार्यकाल हो । त्यो सकिएपछि विषम परिस्थिती भनेर थपिएको हो । अब कानूनमा नभएको कुरा कसरी गर्न मिल्छ ? म्याद थपिदिनुपर्यो भनेर साथीहरु कसरी मुख्यसचिवलाई भन्न गए । मलाई केहि पनि थाहा छैन ।’

    उनले कानून नै संशोधन गरेपछि मात्र म्याद थप गर्न सकिने भएकाले यस्तो अवस्थामा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन नरहेको अवस्थामा राष्ट्रियस्तरका ट्रेड युनियनले काम गर्ने उनको भनाइ छ ।

    आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट संगठनले जितेको थियो । ढकाल उपसचिव भएपछि कार्यवाहक अध्यक्ष बनेका पोखरेल माधव नेपाल पक्षमा छन् । नेपाल मधेसी निजामति कर्मचारी मंचले भने निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको विधानमा नै असमति जनाउदैँ आएकाले म्याद थप्ने नथप्ने बारे कुनै टिप्पणी नरहेको जनाएको छ ।

    मधेशी समुदाका कर्मचारीको संख्या नै १० प्रतिशत नरहेको अवस्थामा आधिकारिक ट्रेड युनियनमा पनि १० प्रतिशत अनिवार्य राख्नु समावेशी विरुद्धको नीति भएको मञ्चका भुमेश्वर चौधरीले नेपाल प्रेससँग बताए । उनले भने, ‘हामीले करिव ८ जिल्लामा विजयी भएर नेतृत्व लिएका छौ । तर पनि हामीलाई सहभागिता गराइएको छैन । हाम्रो सहभागिता बिना निजामती कर्मचारीको आधिकारीक टे«ेड युनियनको कुनै अर्थ छैन ।’

    कानूनी हिसावले नै १ वर्ष थप्ने व्यवस्था भएकाले त्यो पुरा भइसकेकाले अब थप्न नमिल्ने भन्दै उनले आफुहरुको सहभागितामा अबिलम्ब आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।

    नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले भने म्याद थप गर्नुको विकल्प नरहेको जनाएको छ । विशिष्ट परिस्थितीमा सरकारले मन्त्रिपरिषद् बैठकले निर्णय गरेर म्याद थप गर्नुपर्ने संगठनका अध्यक्ष हरी रावलले नेपाल प्रेससँग बताए ।

    उनले भने, ‘सरकारको कारणले नै निर्वाचन रोकिएको हो । यस्तो बेला म्याद थप्नुको विकल्प छैन । कि त सरकारले निर्वाचनको मिती तोकि दिनुपर्यो हामी भोट हाल्न जान्छौ । नभए आधिकारीकलाई अबैध बनाउनु हुदैँन ।’

    नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले पनि अब आधिकारिक ट्रेड युनियनको म्याद थप गर्न नमिल्ने बताएको छ । ऐन, तथा विधान अनुसार एक वर्ष थपि सकिएकाले अब म्याद थप्न मिल्ने कानूनी व्यवस्था नमिल्ने संघका अध्यक्ष गोपाल पोखरेलले नेपाल प्रेससँग बताए ।

    उनले भने, ‘हामीलाई सहमति गरौ म्याद थप्ने भनेर भनेका थिए । म्याद थप्दै जाने तर चुनावको मिती नतोक्ने भए हामीले किन सहमति गरिहने ? आधिकारीक ट्रेड युनियन नभए के भो र राट्रिय ट्रेड युनियन छदै न् नि उनिहरुले काम गरिहाल्छन् नि । आधिकारिक ट्रेड युनियन अहिले सरकारको मुखपत्र तथा प्रवक्ता जस्तो भएको आरोप लगाउदै उनले हुनु र नहुनुको केहि अर्थ नभएको बताए ।

    ट्रेड युनियनको चुनाव २०७७ जेठ १९ गते नै हुनुपर्ने हो । कोरोना संक्रमण तीब्र गतिमा फैलिदै गएपछि सरकारले गत असोज २४ गते चुनाव गर्ने निर्णय गरेको थियो । संक्रमण जोखिमकै कारण सरकारले मंसिरका लागि चुनाव तोकेको थियो । कोरोना जोखिम कायमै रहेकाले मंसिरका लागि तय भएको निर्वाचन पनि स्थगित भएको हो ।

    ५ वर्ष अघि निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा २१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो । जसमा नेकपा एमाले निकट संगठनबाट अध्यक्षसहित १० जना, नेपाली काँग्रेस निकट संघबाट महासचिवसहित ७ जना र नेकपा माओवादी केन्द्र निकट निजामतीबाट सचिवसहित ३ जनाको सहभागिता छ ।