Tag: नाडा

  • नाडाको मतदान सकियो, केही बेरमा मतगणना

    नाडाको मतदान सकियो, केही बेरमा मतगणना

    काठमाडौं । नाडा अटो मोबाइल एसोसिएसनको नयाँ नेतृत्वका लागि आज विहान ९ बजेबाट सुरु भएको मतदान सकिएको छ । केही समय अघि मात्रै मतदान सम्मपन भएको हो ।

    नाडा निर्वाचन समिति अनुसार ३१ सय मतदाता मध्ये २७ सय ८८ जनाले मात्रै मतदान गरेका छन् । नाडाका मतदाता मध्ये ३ सय १२ जनाले भोट नहालेको निर्वाचन समितिले बताएको छ ।

    अध्यक्षका लागि करण चौधरी र धुव्र थापाले आ आफ्नो प्यान बनाएर चुनावी प्रतिस्पर्धामा आएका थिए । चौधरी र थापाको प्यानलबाट सबै गरेर ३६ जनाको उम्मेदवारी परेको थियो ।

    केही समयपछि मतगणना सुरु हुने छ । म्यानुअल्ली मतदान भएकाले गणनाको लागि समय लाग्ने नाडाले बताएको छ ।

  • अर्थमन्त्री शर्माको दाबी- अर्थशास्त्रको विज्ञ नभए पनि अर्थतन्त्र सुधार्ने क्षमता मसँग छ

    अर्थमन्त्री शर्माको दाबी- अर्थशास्त्रको विज्ञ नभए पनि अर्थतन्त्र सुधार्ने क्षमता मसँग छ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थशास्त्रको ज्ञाता नभएको बताएका छन । यद्यपि अर्थतन्त्रलाई सही दिशा दिनसक्ने क्षमता आफूमा भएको उनले दाबी गरेका छन् ।

    अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘अर्थशास्त्र भनेको के हो मलाई थाहा छैन तर नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने थाहा छ ।’

    राजस्वमा अटो क्षेत्रको २५ प्रतिशत योगदान रहेको भन्दै शर्माले नेपालमा नै गाडी एसेम्बल गर्न व्यवसायीलाई आग्रह गरे । नेपालमा उपलब्ध स्रोत साधानको परिचालन गरी देशको अर्थमन्त्रलाई आत्मानिर्भर बनाउन सकिने भएकाले त्यसतर्फ सोच्न उनले आग्रह गरे ।

    मन्त्री शर्माले नेपालमा आयातलाई प्रतिबन्धित गर्ने अवस्था नभए पनि सबैको प्रयासले प्रतिस्थापन भने गर्न सकिने बताएका छन् । उनले सो अवसरमा पेट्रोलिय सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधनको खपत बढाउनुपर्ने कुरामा जोड दिए । विद्युतीय सवारीसाधन चार्ज गर्न नेपालसँग पर्याप्त बिजुली रहेकाले पेट्रोलिय पदार्थको आयात विस्थापित हुने अवस्था रहेको शर्माको भनाइ छ ।

    नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले अटो क्षेत्रमा गरेको कडाइले व्यवसाय समास्यामा रहेको बताए । सडक निर्माण तथा यसको गुणस्तरमा ध्यान दिँदै स्वदेशमा नै सवारीसाधन एसेम्बल गर्ने वातावरण सृजना गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा ठूला सवारीसाधनको एसेम्बल गर्न सकिने सम्भावना देखाउँदै नीतिगत व्यस्थाको लागि अर्थमन्त्रीसँग आग्रह गरे ।

  • नाडाको निर्वाचन मंसिर २२ र २३ गते, नेतृत्वका लागि चौधरी र थापा मैदानमा

    नाडाको निर्वाचन मंसिर २२ र २३ गते, नेतृत्वका लागि चौधरी र थापा मैदानमा

    काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४५ औं साधारणसभा तथा अधिवेशनका लागि निर्वाचनको मिति घोषण भएको छ ।

    शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।

    साधारणसभा र निर्वाचन होटल सोल्टीमा नै सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ ।

    यस्तै, नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ । यसअघि भदौ २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड– १९ का कारण प्रभावित भएको थियो ।

    नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उम्मेदवारी गरिसकेका छन् । यद्यपि, समझदारीको प्रयास जारी रहेको बताइएको छ ।