सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतिघरमण्डलादेखि बानेश्वर सम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन् । जुलुशमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्डहरु बोकेका थिए भने सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए ।
Tag: नागरिक अगुवा
-

नागरिक अगुवाले भने– देउवाको सदावहार ढुलमुले चरित्र चिन्ताको विषय
काठमाडौं । नागरिक अगुवाहरु देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गैरराजनीतिक असंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरित भएको भन्दै त्यसलाई सच्याउन आह्वान गरेका छन्।
आइतबार पाण्डे र पहाडीले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमनको अंश भएको टिप्पणी गरेका छन्। ‘अमुक पार्टीको आन्तरिक किचलोलाई संवोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक असंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनकै अंश समेत देखिएको यो कार्य अमान्य छ। यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न हामी आह्वान गर्दर्छौं ।’
उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनप्रति ढुलमुले चरित्र देखाएको भन्दै आलोचना समेत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्यमान्यताको धरोहर दावी गर्ने प्रमूख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ।’
देउवाले शनिबार विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चुनाव गराउन लागेकाले निर्वाचनमा जानुपर्ने बताएका थिए। अदालत भन्दा पनि जनताको मत ठूलो हुने देउवाको भनाइ थियो।

