Tag: नागरिकता

  • ६ महिनामा करिव साढे पाँच लाख नागरिकता वितरण, ३३ जनाको रद्द

    ६ महिनामा करिव साढे पाँच लाख नागरिकता वितरण, ३३ जनाको रद्द

    काठमाडौं । सरकारले पछिल्लो ६ महिनाको अवधिमा मात्रै करिव साढे पाँच लाख नेपाली नागरिकता वितरण गरेको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो कात्तिक महिनादेखि चैत मसान्तसम्म ६ महिनाको अवधिमा पाँच लाख ४७ हजार सात सय ९१ नेपाली नागरिकता वितरण गरिएको हो ।

    जस अनुसार यस अवधिमा मात्रै १६ हजार एक सय ५२ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको छ भने ८२ जनालाई अंगिकृत नागरिकता वितरण भएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार यी मुलुकभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट नागरिकता विवरण हो ।

    यसै अवधिमा ३३ जनाको नेपाली नागरिकता बदर तथा रद्द गरिएको छ भने तीन जनालाई नेपाली नागरिकबाट हटाइएको तथा ७९ जनाको नागरिकता परित्याग गरिएको गृह मन्त्रालयले जनाएको छ ।

  • दाङमा ३० जना दलितले थर फेरेर नागरिकता लिए

    दाङमा ३० जना दलितले थर फेरेर नागरिकता लिए

    दाङ । यहाँका ३० जना दलित समुदायका व्यक्तिहरूले आफ्नो थर परिवर्तन गरेर नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले वडाको सिफारिस लिएर आउने ३० जनालाई नागरिकता दिएको हो ।

    दलित आयोगले देशभरका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयबाट थर परिवर्तन गरेर दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार दाङको घोराही, तुलसीपुरसहित १० स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङबाट पछिल्लो एक महिनामा ३० जनाले नागरिकता लिएका हुन् ।

    दाङमा रामबहादुर कुरुम्बाङ प्रजिअको रूपमा आएपछि उनको कार्यकालमा धेरै थर संसोधन गरेर नागरिकता लिनेक्रम बढेको छ । जातीय विभेद हटाउनुका साथै भविष्यमा आरक्षण कोटा हटाउन सहयोग पुर्‍याउन थर परिवर्तन गरेर आउनेलाई नागरिकता दिइएको दाङ प्रशासनले जनाएको छ ।

    दलित समुदायका व्यक्तिहरूले थर परिवर्तन गरेर नागरिकतामा बस्याल, गौतम, अधिकारी लेखाएका छन् ।

  • घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध मुद्दा दायर

    घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध मुद्दा दायर

    काठमाडौं । नागरिकता प्रतिलिपि दिँदा घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेशकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

    गत भदौ २२ गते साढे ८ हजार घुससहित पक्राउ परेका चौधरीलाई अनुसन्धानको क्रममा भ्रष्टाचार भएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

    नासु चौधरीले जन्ममिति सच्याइ नागरिकता प्रतिलिपि बनाउने गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

  • नागरिकता बनाउन खोज्ने भारतीय युवती र नक्कली बुवा पक्राउ

    नागरिकता बनाउन खोज्ने भारतीय युवती र नक्कली बुवा पक्राउ

    जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्सामा झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिन खोज्ने भारतीय युवती र नक्कली बुवा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारत घर भई पर्साको वीरगञ्ज महानगरपालिका -१३ श्रीपुर बस्दै आएकी सीता पटेल र उनका नक्कली बुवा बनेका बहुदरमाई नगरपालिका २ का ५१ वर्षीय धुरुप प्रसाद पटेल रहेका छन् ।

    पक्राउ परेकी सिताको ब्याग खानतलासी गर्दा नक्कली नागरिकता समेत फेला परेको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ मा जारी भएको उक्त नागरिकतामा ‘ना.प्र.नं.३४–०१–७०–१०३५२’ उल्लेख छ ।

    ‘पर्साको बैरियाबिर्ता दा.पु. गा.वि.स. ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि फेला परेको छ । सोही आधारमा बहुदरमाई नगरपालिका २ का ५१ वर्षीय धुरुप प्रसाद पटेललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकी भारतीय ति युवती र बुवा बनेर सनाखत गरिदिने पटेललाई पर्सा प्रहरीले नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।

  • भीड जम्मा पारेर नागरिकता बाँडेको समाचार कपोकल्पित : पर्सा प्रशासन

    भीड जम्मा पारेर नागरिकता बाँडेको समाचार कपोकल्पित : पर्सा प्रशासन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञाबीच भीड जम्मा पारेर नागरिकता वितरण गरेको भन्ने समाचार सत्य नभएको प्रष्ट्याएको छ ।

    राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड बढेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रशासनले विज्ञप्ति जारी गरी  नागिरकता वितरण कार्य  नगरेकाे  स्पष्ट पारेको छ ।

    पर्सामा पनि नयाँ भेरियन्टसहितको कोभिड- १९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण रोकथाम र संक्रमणको श्रृखला तोड्न वैशाख १६ गते देखि शुरु भएको निषेधाज्ञा हालसम्म जारी रहेको छ ।

    निषेधाज्ञा जारी भएसँगै नगारिकता वितरण कार्य नगरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल बताए ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ । निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनेर केही वर्ष पुरानो भिडियो फुटेज समेत राखेर सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एंव अनुरोध गरिन्छ ।’

    नेकपा एमालेका नेता भीम रावलले सामाजिक सञ्जालको पोष्टले अपवाह फैलाउन सहयोग पुयाएको थियो ।

    उनले टीट्ट गर्दै भनेका थिए,‘ विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या । रहेको समाचार आयो।प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकिरुनेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !’ ।

    तर उनले लेखेको स्टाटस पुष्टि हुन नसकेपछि हटाएका छन् ।