Tag: नवदुर्गा मन्दिर

  • कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गा मन्दिरको दर्शन (तस्बिरहरू)

    कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गा मन्दिरको दर्शन (तस्बिरहरू)

    काठमाडौं । विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना साथै टीकाप्रसाद ग्रहण गरेकी छन् ।

    प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुख सो मन्दिरमा गएर पूजाअर्चना गर्ने चलन छ । राष्ट्रपतिलाई नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो गरिएको छ ।

    सो अवसरमा राष्ट्रपतिले मन्दिर परिसरका मूर्तिको अवलोकन गरी दर्शन गरेकी छन् ।