Tag: नक्कली परीक्षार्थी

  • प्रहरी जवानको परीक्षाका नक्कली परीक्षार्थी पक्राउ

    प्रहरी जवानको परीक्षाका नक्कली परीक्षार्थी पक्राउ

    सुर्खेत । नेपाल प्रहरीको जवान भर्नाका लागि लिइएको लिखित परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।

    शनिबार वीरेन्द्रनगर नगरपालिका(७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका-८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    आफ्नै भाइ २० वर्षीय अग्नि प्रसाद सन्ज्यालको नाममा परीक्षा दिदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

  • पाँच नक्कली परीक्षार्थी पक्राउ

    पाँच नक्कली परीक्षार्थी पक्राउ

    कैलाली । नक्कली परीक्षार्थी बनेर परिक्षा दिने र दिन लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    धनगढी उपमहानगरपालिका -२ स्थित जेशिस एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा सञ्चालित एचए केमेष्ट्री पहिलो वर्षको परीक्षामा नक्कली परीक्षार्थी बनि परिक्षा दिने ३ जना र दिन लगाउने २ जना गरी ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

    पक्राउ पर्नेहरूमध्ये कञ्चनपुर बेलौरी नगरपालिका-३ बस्ने २३ वर्षीय बिकाश जैसी, अछाम बूढाकोट बस्ने २० वर्षीय अनुज कुंवर र कैलाली गौरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीया बन्दना पुनले अर्काको नाममा परीक्षा दिएका थिए भने कञ्चनपुर पुर्नवास नगरपालिका-८ बस्ने २२ वर्षीया सिमा तिमिल्सेना र धनगढी उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोरले अर्कालाई परीक्षा दिन लगाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।