Tag: नकुल अर्याल

  • नेपाल प्रेसकर्मी अर्याललाई पितृशोक

    नेपाल प्रेसकर्मी अर्याललाई पितृशोक

    काठमाडौं । नेपाल प्रेसका समाचार संयोजक नकुल अर्याललाई पितृशोक परेको छ ।

    अर्यालका बुबा दुर्गादत्त अर्यालको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । ७२ वर्षीय अर्यालको चार वर्षअघि मिर्गौला फेल भएर डाइलाइसिस भइरहेको थियो ।

    उनको आज ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।

  • मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । कोरोना कहरका बीच नियमित समाचार संप्रेषणमा खटिएका पत्रकारहरूलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ ।

    फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको हो ।

    फाउण्डेसनलाई युवा उद्यमी एवं समाजसेवी मनोज आचार्यले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । बुधबार आचार्यले १ हजार थान एन ९५ मास्क र २० लिटर स्यानिटाइजर फाउण्डेसनका संयोजक नकुल अर्याललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको कहरका बावजुद जनतालाई सही सूचना संप्रेषण गर्न खटिएका पत्रकारहरुलाई प्रोत्साहन गर्न आफूले सहयोग गरेको आचार्यले बताए ।

    ‘फिल्डमा खटिने पत्रकारलाई मास्क र स्यानिटाइजरजस्ता अत्यावश्यक सामाग्री अभाव नहोस् र जनताले कोरोनाबारे सन्तुलित समाचार पाउन्’, सामाग्री हस्तान्तरण गर्दै आचार्यले भने । आचार्यको अगुवाइमा सर्लाहीको ईश्वरपुरमा आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ भने फुड ब्यांक र स्वास्थ्य सामाग्री वितरण अभियान जारी छ ।

    मिडिया हेल्प फाउडेसनका संयोजक अर्यालले पहिलो चरणमा समाचार संकलनमा खटिने २ सय ५० पत्रकारलाई मास्क, स्यानिटाइजर, फेस शिल्ड र ग्लोभ्स वितरण गर्ने जनाए ।

    यसैबीच, अमेरिकामा बस्दै आएका युवा अभियन्ता नवराज सुवेदीले मिडिया हेल्प फाउण्डेसनलाई १५ हजार रूपैयाँ सहयोग गरेका छन् । पत्रकारहरूलाई अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद र वितरणका लागि सुवेदीले सो रकम उपलब्ध गराएका हुन् । सुवेदी एनआरएन अमेरिकाको महासचिव पदको प्रत्याशी छन् ।