Tag: धान दिवस

  • रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर

    रोपाइँमा रमाईलो ! हेर्नुस् ३० तस्बिर

    काठमाडौं । धान दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भक्तपुरमा रोपाइँ गरेको छ । रोपाइँमा एमाले नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेता, कार्यकर्ता सहभागी थिए ।

    रोपाइँमा सहभागीले आपसमा हिलो छ्याछ्यापसँगै नाचगान गरी रमाइलोसमेत गरेका छन् ।

    हेर्नुहोस्, रोपाइँका केही रमाइला तस्बिर

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • धान दिवस मनाउँदै कृषिमन्त्री शाहीले भने– कृषिमा युवाको आकर्षण आवश्यक

    धान दिवस मनाउँदै कृषिमन्त्री शाहीले भने– कृषिमा युवाको आकर्षण आवश्यक

    सुर्खेत । कर्णाली प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी २८ औं धान दिवस मनाइएको छ । वीरेन्द्रनगरमा आयोजना गरिएको धान दिवस विशेष रोपाइँ कार्यक्रममा बोल्दै प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कृषि पेसामा सहभागी हुन युवालाई आग्रह गरेका छन् ।

    ‘‘कर्णालीका युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ’, उनले भने, ‘कृषिमा युवाको आकर्षण बढ्ने हो भने विदेशिने युवाको संख्या पनि कम हुन्छ ।’ उनले व्यावसायिक खेतीका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    मन्त्री शाहीले आगामी वर्षको बजेट उत्पादन बढाउने क्षेत्रमा केन्द्रित गरिएको बताउँदै कर्णालीको भोकको समस्या समाधानका लागि उन्नत जातको बिउm र प्रविधिको प्रयोग अनिवार्य रहेको बताए ।

    कर्णाली प्रदेशका दश जिल्लाको ३८ हजार ५८७ हेक्टर जमिनमा धान खेती हुने गरेको मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताए । उनले त्यसबाट कर्णालीमा एक लाख ३३ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुने जानकारी दिए ।

  • दीपाश्री र स्वस्तिमाले रोपे धान (तस्वीरहरु)

    दीपाश्री र स्वस्तिमाले रोपे धान (तस्वीरहरु)

    काठमाडौं । आज असार १५ गते मुलुकभर धान दिवस मनाइँदैछ । कृषिप्रधान मुलुकको रुपमा धान दिवसको विशेष महत्व छ । फिल्म र म्युजिक भिडिओको पर्दामा समेत धान रोपाइँलाई चित्रण गर्ने गरिएको छ ।

    मनसुन सुरु भएसँगै किसानलाई रोपाइको चटारो छ । काठमाडौं उपत्यकासहित अन्य भूभागमा रोपाइँ सुरु भएको छ । सेलेव्रिटी पनि यो बेला फुर्सदमा छन् ।

    धान दिवसको अवसरमा काठमाडौंमा अभिनेत्रीद्धय दीपाश्री निरौला र स्वस्तिम खड्काले धान रोपेका छन् । फेसन डिजाइनर सुरविन बान्तवा र स्वस्तिमासँग दीपाश्रीले धान रोपेकी छिन् । उनीहरुले हिलोमा पसेर बाउँसो पनि लगाए ।

    दीपाश्रीले फेसबुकमा लेखेकी छिन्, ‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना । अन्य कलाकारले समेत धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

  • आज धान दिवस, रोपाइँ गरेर मनाइँदै

    आज धान दिवस, रोपाइँ गरेर मनाइँदै

    काठमाडौं । आज असार पन्ध्र अर्थात् धान दिवस देशभर धान रोपेर मनाइँदैछ । हरेक वर्षको असार १५ गते धान रोप्नुका साथै दही चिउरा खाएर यो दिवस मनाइने गरिन्छ ।

    कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो ।

    वि.सं. २०६१ मंसिर २९ गते सरकारले आजको दिनमा राष्ट्रिय धान दिवस मनाउन निर्णय गरेको थियो ।