Tag: धर्ना

  • कार्यकर्तामाथि दुर्व्यवहार गरिएको भन्दै पौडेल र कोइराला धर्नामा बस्ने

    कार्यकर्तामाथि दुर्व्यवहार गरिएको भन्दै पौडेल र कोइराला धर्नामा बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता छानबिनको माग गर्दै धर्नामा बसेका कार्यकर्तामाथि दुर्व्यवहार भएको भन्दै संस्थानपइतर समूहले सानेपामा प्रदर्शन गर्ने भएको छ ।

    नेपाली कांग्रेस सर्लाहीका कार्यकर्तामाथि प्रदेश २ का युवामन्त्री वीरेन्द्र सिंहले दुर्व्यवहार गरेको भन्दै आज विरोध प्रदर्शन हुन लागेको हो ।

    कांग्रेस सांसद अमरेश सिंहको संयोजनमा हुने विरोध प्रदर्शनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ऐक्यवद्धता जनाउनेछन् । पौडेल र कोइराला केहीबेरमा सानेपा पुगेर धर्नामा रहेका सर्लाही कांग्रेसका कार्यकर्ताहरुको विरोधमा समर्थन जनाउने बताइएको छ । संस्थापनइतरका अन्य नेताहरु पनि सानेपा जाने तयारीमा छन् ।

    केही दिनअघि प्रदेश २ का युवामन्त्री सिंहले बरथवा नगरपालिका ४ का वडा अध्यक्ष लाखिन्द्र महतोलाई गाली गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।

  • विद्यार्थीलाई त्रिविले समकक्षता नदिएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना

    विद्यार्थीलाई त्रिविले समकक्षता नदिएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना

    काठमाडौं । सीएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नपाएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना दिएका छन् । भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीले मंगलबारबाट धर्ना दिन सुरु गरेका हुन् ।

    इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकालाई त्रिविले एका–एक उच्च शिक्षाका लागि समकक्षता दिन बन्द गरेपछि आफुहरु आन्दोलित बनेको समकक्षता नपाउने विद्यार्थीको नेतृत्व गरेका सुधन महतले बताए । त्रिविसँग पटकपटक आग्रह गर्दा आश्वासन बाहेक केहि नपाएपछि धर्ना दिन सुरु गरेको उनको भनाई छ ।

    इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट स्नातक र सीए दुवै उर्तिण गरेका विद्यार्थीलाई स्नातकोत्तर र सीए मात्र उर्तिण भएकालाई स्नातक वा सोसरह मान्यता दिँदै आएको त्रिविले सीएलाई व्यवसायीक पाठ्क्रम भन्दै समकक्षता निर्धारण गर्न बन्द गरेको छ । त्रिविको यहि निर्णय विरुद्ध समकक्षता नपाएका विद्यार्थी विगत डेढ महिनादेखि आन्दोलित छन् ।

  • क्रियाशील सदस्यता विवाद : कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरहरू)

    क्रियाशील सदस्यता विवाद : कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ ।

    नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् ।
    पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै सानेपामा धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री राजेश रौनियारसहित बाराका विभिन्न वडाका बुथ सभापतिहरू छन् ।

    उनीहरुले ६ बुँदे माग राखेका छन् । ‘पार्टीको वडा कार्यसमितिले विधानअनुसार सिफारिस गरेभन्दा बाहेकका सदस्यता जुन विधानविपरीत आएको छ, त्यसलाई खारेज गर्नुपर्छ । जालसाजी गरेर थपिएका क्रियाशील खारेज नभएसम्म धर्ना जारी रहन्छ’, बाराका महाधिवेशन प्रतिनिधिसमेत रहेका युवा नेता राजेश रौनियारले भने ।

    धर्नामा बसेका नेता कार्यकर्ताले पार्टीको विधान अनुसार वडा र क्षेत्रको बैठकबाट पारित नभई मनपरी ढंगले क्रियाशील सदस्यता बाँड्ने काम भएको आरोप लगाएका छन् । उनीहरुले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिइएकोले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।

  • मुख्यमन्त्री नियुक्त नगरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठवन्धनको धर्ना

    मुख्यमन्त्री नियुक्त नगरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठवन्धनको धर्ना

    कास्की । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो ।

    प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए भने आज मुख्यमन्त्री गुरुङले पनि दावी गरेका छन् । प्रदेश प्रमु्खबाट अहिलसम्म कुनै सूचना आएको छैन ।

    ३१ सांसदको भौतिक उपस्थितिसहित हस्ताक्षर बुझाउँदा पनि नियुक्ती नगरिएको भन्दै विपक्षी गठवन्धनले आपत्ति जनाएको छ ।

    मुख्यमन्त्रीका दावेदार पोखरेलका स्वकियसचिव राजेन्द्र पौडेलले अहिले जारी धर्नामा जनमोर्चाका दुई र जसपाका दुई सांसद उपस्थित रहेको बताए । यसैगरि स्वतन्त्र सांसद दिपक मनाङे पनि धर्नामा छन् ।

    तस्विर सौजन्य : राजेन्द्र पौडेल

  • काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    काठमाडौं महानगरअघि अभियन्ताको धर्ना

    काठमाडौं । ‘विकासको नाममा प्रतिगमन’ भन्दै आन्दोलन गरिरहेका अभियन्ताहरूले आज काठमाडौं महानगरपालिका कार्यालयअघि धर्ना दिएका छन् ।

    बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा भइरहेको प्रदर्शनअन्तर्गत आइतबार महानगरपालिकाअघि विरोध प्रदर्शन गरिएको हो ।

    चक्रपथ विस्तारमा आफूहरूलाई उठिबास लगाएको प्रदर्शनकारीहरूको गुनासो छ । त्यस्तै कमलपोखरीमा कंक्रिटको कमल फूल राख्ने कार्यप्रति पनि आपत्ति जनाइएको छ ।

     
     
     
     
     
     
     
     

     

  • पूर्वनिर्धारित समयअघि नै प्रचण्ड-माधव पक्षले टुंग्यायो धर्ना कार्यक्रम

    पूर्वनिर्धारित समयअघि नै प्रचण्ड-माधव पक्षले टुंग्यायो धर्ना कार्यक्रम

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रमलाई नेकपाको प्रचण्ड-माधव पक्षले पूर्व निर्धारित समयअघि नै टुंग्याएको छ।

    ४ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेको सो पक्षले यसअघि २१ माघसम्म धर्ना जारी राख्ने गरी कार्यक्रम घोषणा गरेको थियो । सात दिनको कार्यक्रमलाई छोट्याएर चार दिनमै टुंग्याइएको हो । आइतबारको धर्नामा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागि थिए ।

    स्थायी कमिटी सदस्य पम्फा भुसालले वागमती प्रदेशसभाको अधिवेशनमा केन्द्रित हुनैपर्ने भएकाले समयअगावै धर्ना कार्यक्रम सकाएको बताइन् ।

    वागमती प्रदेशसभा बैठक सोमबार शुरू हुँदैछ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड-माधव पक्षले अविश्वास प्रस्ताव गरेको छ। प्रस्ताव सभाबाट पारित हुन्छ कि हुँदैन भन्नेमा चासो बढेको छ।

  • माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना

    माइतीघरको सडकमा प्रचण्ड र माधव नेपालको पलेटी कसेर धर्ना

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघर मण्डलामा ४ दिनदेखिको धर्ना आइतबार पनि जारी राखेको छ ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेता पलेटी कसेर सडकमा धर्ना बसेका छन् ।धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरूसहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरू सहभागी छन् ।

    २८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत साताव्यापी धर्नाको तय गरेको थियो ।सो पक्षले यसबीचमा प्रादेशिक जनसभाहरू समेत गरेको छ ।