Tag: दोलखा

  • दोलखाको कालिन्चाेकमा आगलागी, ५० लाख बढीकाे क्षति

    दोलखाको कालिन्चाेकमा आगलागी, ५० लाख बढीकाे क्षति

    चरीकोट । दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज शनिबार बिहान भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । स्थानीय विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले जानकारी दिए ।

    खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएका तीन वटै घर र घरभित्र भएका सामग्री जलेर नष्ट भएको छ । भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । बाक्लो गाउँ भएको र घरहरुसँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट तीन वटा घरसहित घरमा भएको सामाग्रीहरु जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएकाे प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष थामीले बताए ।

  • यी हुन् दोलखाबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    यी हुन् दोलखाबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    चरिकोट । नेकपा एमाले दोलखा जिल्ला कमिटीले दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्लाका शीर्ष नेताहरुको सहमतिमा २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

    जस अनुसार खुल्लातर्फ जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित ६ जना चयन भएका छन् भने दुईजना दलित तथा महिलाबाट सांसद शान्ति पाख्रिनसहित ७ जना सर्वसम्मत भएका छन् ।

    त्यस्तै भूगोलबाट जिल्ला उपाध्यक्ष नरबहादुर श्रेष्ठ,प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, भिमेश्वर नगरपालिकाका मेयर भरत केसीसहित ९ जना छन् ।

    एमालेको दशौं महाधिवेशनबाट दोलखाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु यस प्रकार छन् ।

    खुल्लातर्फ

    १. इश्वरचन्द्र पोखरेल

    २.भरत दुलाल

    ३. डबल पाण्डे

    ४.हर्क पाख्रिन

    ५. कृष्ण भुजेल

    दलित तर्फ

    १. सुन्दर लामीछाने

    २. टेक घतानी

    महिला तर्फ

    १.शान्ति कुमारी तामाङ

    २. कालिका पाठक

    ३. कमला बस्नेत

    ४। उर्मिला थामी

    ५. गायत्री आचार्य

    ६. गोमा के सी

    ७. शान्ती पाख्रीन

    भुगोल तर्फ खुल्ला

    १. नर बहादुर श्रेष्ठ (मेलुङ)

    २. बालकृष्ण शिवाकोटी (कालिञ्चोक)

    ३. भरत के सी (भिनपा)

    ४. जिवस राज खड्का (तामाकोशी)

    ५. मित्र जिरेल (जिरी)

    ६. हेमन्त चौलागाईं (बैत्यश्वर)

    ७. धन बहादुर तामाङ (शैलुङ्ग)

    ८. ठुला थामी (बिगु)

    ९. शुभ शेर्पा (गौरीशंकर)।