Tag: देवदह

  • देवदहको कार्यपालिका सदस्यमा एमाले-राप्रपा गठबन्धनबाट आठ सदस्य निर्वाचित

    देवदहको कार्यपालिका सदस्यमा एमाले-राप्रपा गठबन्धनबाट आठ सदस्य निर्वाचित

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धनका आठजना सदस्य निर्वाचित भएका छन् ।

    स्थानीय तहको निर्वाचनपछि कार्यपालिका सदस्यको लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो । देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनबाट १४ जना निर्वाचित भइसकेको र बाँकी रहेको ८ जनाको लागि निर्वाचन भएको हो ।

    देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । देवदह नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित महिला सदस्यबाट ५ जना र दलित र अल्पसंख्यकबाट ३ जना गरी ८ जना छनोट गर्न बाँकी रहेको थियो ।

    कार्यपालिका सदस्यको लागि नेकपा एमालेलाई ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीलाई १ जना गरी सहमति भएको थियो । नेकपा एमाले र राप्रपाबीच भएको सहमति अनुसार महिला सदस्यमा नेकपा एमालेका गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।

    दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

  • देवदहको मेयरमा एमालेका खरेल जित नजिक

    देवदहको मेयरमा एमालेका खरेल जित नजिक

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेस माओवादी गठबन्धनका विरुद्ध नेकपा एमालेले जित निकाल्ने अवस्थामा पुगेको छ।

    पछिल्लो मत परिणाम अनुसार एमालेका नगर प्रमुख उम्मेदवार ध्रुवप्रसाद खरेलले १ हजार २ सय मतान्तरले अग्रता लिइरहेका छन्।

    गणना भएको ३३ हजार मतमध्ये नेकपा एमालेका उम्मेदवार ध्रुव खरेलले ११ हजार ३ सय ८८ मत पाएर अग्रता लिइरहेका छन भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हिराबहादुर खत्रीले १० हजार १ सय ८८ मत पाएका छन्। खत्री यसअघि देवदह नगरपालिकाका प्रमुख हुन्।

    त्यसैगरी नगर उप–प्रमुख पदमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङ गठबन्धनबाट उम्मेदवार बनेकी सुन्दरी गिरी भन्दा ५ हजार ६ सय ३३ मतले अगाडि छन्।

    विद्यालक्ष्मी गुरुङले १२ हजार १ सय ८ मत पाउँदा गिरीले ६ हजार ४ सय ७५ मत पाएकी छन्। गुरुङ यसअघि समेत उपप्रमुखमा निर्वाचित भएकी थिईन्।

    ४८ हजार २ सय ९१ मत खसेको देवदह नगरपालिकाको ३३ हजार मतगणना भइसकेको छ। बाँकी रहेका वडामा नेकपा एमालेको बलियो गढकोरुपमा रहेकोले आफूले जित निकाल्ने दाबी एमालेको छ।

  • रुपन्देहीको देवदहमा चुनावी रस्साकस्सी, एमालेलाई गठबन्धन चुनौती

    रुपन्देहीको देवदहमा चुनावी रस्साकस्सी, एमालेलाई गठबन्धन चुनौती

    रुपन्देही । रुपन्देहीको देवदहमा चुनावी सरगर्मी बढेको छ । रुपन्देहीको १६ स्थानीय तहमध्ये देवदहको राजनीतिक मोड अनौठो खालको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको १२ वटा वडामध्ये दुई मात्र वडाध्यक्ष जितेर कांग्रेसको उम्मेदवार हीराबहादुर खत्री नगरप्रमुख भएका थिए ।

    बाँकी ९ वटा वडामा भारी मतकासाथ नेकपा एमालेका वडाध्यक्षहरु विजयी भएका थिए । एमालेकी उपमप्रमुखमा विद्यालक्ष्मी गुरुङले कांग्रग्रेस र माओवादी केन्द्रकी गठबन्धन उम्मेदवार टीका गौतम न्यौपानेलाई करिब साढे तीन हजार मतको अन्तरले जितेकी थिइन् ।

    नेकपा एमालेले २०७४ को स्थानीय निर्वाचनमा निलकण्ठ पौडेललाई मेयरको उम्मेदवार बनायो । उनको उम्मेदवारी फिर्तापछि टीकाराम चापागाइँ एमालेका मेयरका खास उम्मेदवार भइ चुनावी परिणाममा उनी नेपाली कांग्रे्रसका हीराबहादुर खत्रीसँग उपविजेता बनेका थिए ।

    उम्मेदवारी दिनेबेला देखिएको कमजोरीका कारण एमालेले मेयर गुमाएको एमालेका स्थानीय कार्यकर्ताको बुझाइ छ । यतिबेला निलकण्ठ पौडेल नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनीसँगै देवदह क्षेत्रका सिद्धिचरण भट्टराई पनि उतै लागेका छन् । यो कारण पनि नेकपा एमालेले देवदहको सत्ता सञ्चालनमा आफ्नो नेतृत्व गर्न चुनौती थपिएको छ ।

    आगामी २०७९ वैसाखमा हुने स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट वर्तमान मेयर हीराबहादुर खत्रीको उम्मेदवारी दोहोरिने सम्भावना बढेको छ । देउवा प्यानलका उनी रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति समेत रहेका खत्रीलाई, वर्तमान गृहमन्त्रीको न्यानो साथ मिल्ने देखिन्छ ।
    कांग्रेसका नगर सभापति गुणाखर भुर्तेलले आफ्नो दाबी सम्बन्धित क्षेत्रमा पेश गरिसकेको अवस्थामा कांग्रेस जिल्ला समिति सहसचिव समेत रहेका बासुदेव रिमालको मेयरमा दाबी कुनै अनौठो मानिँदैन । त्यसैगरी काङग्रेसका रामकृष्ण पौडेलले समेत आफू मेयरको उम्मेदवार हुँ भन्न थालेका छन् । त्यस्तै विश्वनाथ यादवको नाम पनि चर्चामा छ ।

    एमालेबाट देवदहमा कसले मेयरको टिकट पाउला भन्ने चासोको रुपमा हेरिएको छ । प्रदेश कमिटीका सदस्य धु्रव खरेलले आफूले मेयरको स्वाभाविक उम्मेदवार रहेको बताइरहँदा अघिल्लो स्थानीय निर्वाचनमा मेयरमा थोरै मतका साथ उपविजेता भइ घाइते हुनुपरेको पीडालाई मेट्न आफू पुनः मेयरको उम्मेदवारी हुन पाउनुपर्ने दाबी टीकाराम चापागाइँको छ ।

    नेकपा रहँदा देवदह नगरको पार्टी अध्यक्ष रहेका प्रकाश अर्याल मेयरको लाइनमा उभिएका देखिन्छन् । एमाले केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा अर्यालका भाइ पर्ने प्रकाशलाई टिकटमा दिदीको आशीर्वाद रहनसक्ने स्थानीय एमाले नेताहरु बताउँदैछन् । एमालेका स्थानीय नेता ऋषिराम सापकोटाले समेत मेयरको दाबी गर्दै आएका छन् ।

    एमालेको जिल्ला कमिटी सदस्य, नगर कमिटी इन्चार्ज, सबै वडाको व्यवस्थापन गरिरहेका र जिल्ला प्रचार विभागको उपप्रमुख भएर काम गरेकाले आफूले मेयर पदमा सशक्त दावेदारी गरेको नेता यम रानाले बताए । गत निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनमा माओवादीबाट उपमेयरमा प्रतिस्पर्धा गरेकी टीका गौतम न्यौपाने अहिले एमालेमै रहेकोले उपमेयरमा उनको दाबी छ ।

    पाँच वर्षसम्म देवदह नगरपालिकाको उपप्रमुख रहेर कार्यानुभव हासिल गरेको, विपक्षी पार्टीका मेयरसँग मुकाबिला र समन्वय गर्दै आफ्नो पार्टीलाई नगरमा स्थापित गरेको, आदिवासी महिला, युवा परिचालनमा सार्थक सहभागिता जनाएको र नगरको विकास निर्माणमा दिनरात नभनी खटिएकै कारण मेयरको टिकट आफूले पाउनुपर्ने वर्तमान नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् । अनेमसंघ, केन्द्रीय सदस्य रहेकी उनले समावेशी र समानुपातिक दृष्टिकोणले समेत आफू मेयरको टिकटको दाबी गर्छिन् ।

    नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको क्षेत्र भएकाले पनि यहाँको नेतृत्व कसले पाउने उनको निर्णयमा आधारित हुने स्थानीय लक्ष्मण न्यौपानेको आंकलन छ ।

    न्यौपानेका अनुसार देवदहमा जसपा, जनमुक्ति, राप्रपाको वडा जित्ने संगठन नभएपनि जितहार बनाउने मत छन् । उनीहरुको मत लिनसक्नेलाई यहाँको नेतत्ृव लिन सहज हुनेछ । माओवादी, नेकपा एसलगायतका अन्य दलका नेताहरु गठबन्धन हुने र त्यसपछि नेतृत्वको टुंगो लगाउने आशमा बसेका छन् । गठबन्धनबाट आफ्नो भाग परेमा नेकपा एसबाट निलकण्ठ पौडेल र माओवादीबाट कृष्ण पौडेलले आकांक्षा गरेका छन् ।

    गत निर्वाचनमा मेयर पदमा माओवादीसँगको गठबन्धनमा नेपाली कांग्रेसले १०, २११, एमालेले १०,०९९ र राप्रपाले ६७६ मत ल्याएका थिए ।