Tag: देउती अस्पताल

  • कोरोना संक्रमित पत्रकारको उपचारमा अस्पतालको राहत प्याकेज

    कोरोना संक्रमित पत्रकारको उपचारमा अस्पतालको राहत प्याकेज

    सुर्खेत । सुर्खेतको देउती अस्पतालले कोरोना संक्रमित पत्रकारको उपचारमा १० हजार रुपैयाँसम्मको रकम नलिने भएको छ । पत्रकार र स्वास्थ्यकर्मी कोरोना महामारीको लडाइमा अग्रपंक्ति हुने भएकाले यस्तो प्याकेज ल्याएको अस्पतालले जनाएको छ ।

    अस्पतालका निर्देशक लोकेन्द्र बहादुर थापाका अनुसार अस्पतालले अरु रोग लागेका पत्रकारको उपचारमा पनि १० प्रतिशतसम्म छुट दिने बताए ।

    उनले कोरोना संक्रमितको उपचारमा अस्पताल तयारी अवस्थामा रहेको पनि बताए । । ‘आइसोलेशनदेखि भेन्टिलेटरसम्मको व्यवस्था गरेका छौं’, उनी भन्छन्, ‘कठिन अवस्थामा पनि सेवा दिन हामी तयार भएर बसेका छौं ।’
    नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले कोरोना महामारीको समयमा अस्पतालले गरेको घोषणाले पत्रकारलाई ठूलो राहत पुग्ने बताए ।