Tag: दामोदर घिमिरे

  • एकीकृत समाजवादी रोजेका जनप्रतिनिधि एमालेमै फर्किए

    एकीकृत समाजवादी रोजेका जनप्रतिनिधि एमालेमै फर्किए

    पोखरा । नेकपा एकीकृत समाजवादीमा खुलेका कास्कीका एक जनप्रतिनिधि एमालेमै फर्किएका छन् । एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका रूपा गाउँपालिका–५ का वडासदस्य दामोदर घिमिरेले एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

    विज्ञप्ति जारी गर्दै उनले आफू नेकपा एमालेमै रहेको जनाएका छन् । एमालेका साथीहरुसँग सल्लाह गरी सनाखत फिर्ता लिएको उनले बताएका छन् ।

    २०३८ सालदेखि कम्यूनिष्ट पार्टीमा लागेको र सूर्य चिह्न लिएर चुनाव जितेकाले नेकपा एमालेमै रहने विज्ञप्तिमा उल्लेख छ ।