Tag: दाउन्ने बस दुर्घटना

  • दाउन्ने दुर्घटना अपडेटः दुई जनाको सनाखत

    दाउन्ने दुर्घटना अपडेटः दुई जनाको सनाखत

    रूपन्देही । आज बिहान पश्चिम नवलपरासीको दाउन्नेमा बस पल्टिँदा मृत्यु भएका ४ जनामध्ये २ जनाको सनाखत भएको छ ।

    काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस पुर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने नजिकैको घुम्तीनिर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक डम्वर गिरीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती छन् ।

    घाइतेहरुमध्ये ५ जनाको बर्दघाटस्थित सञ्जीवनी अस्पताल र ४२ जनाको चिसापानी अस्पतालमा उपचार भरहेको प्रहरीले बताएको छ ।
    सडकबाट करीव २ सय मिटर खोल्सामा खसेको थियो ।