Tag: थुनुवा फरार

  • थुनुवा फरार भएपछि लहानका तीन प्रहरी निलम्बनमा

    थुनुवा फरार भएपछि लहानका तीन प्रहरी निलम्बनमा

    जनकपुरधाम । हिरासत कक्षको झ्याल तोडेर थुनुवा फरार भएपछि ईलाका प्रहरी कार्यालय लहान, सिरहाका तीन प्रहरी निलम्बनमा परेका छन् । थुनुवाको सुरक्षार्थ खटिएका एक असई, एक हवल्दार र एक प्रहरी जवान निलम्वनमा परेका हुन् ।

    लापरबाही देखिएकाले तीनै जना प्रहरीलाई निलम्बन गरि थुनुवा फरार घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए । लागुऔषधसहित पक्राउ परेका नवराजपुर गाउँपालिका १ का पशुपति यादव शनिवार राति हिरासतको झ्याल तोडेर फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेका छन् ।

  • हतकडीसहित अदालत परिसरबाटै २ थुनुवा फरार

    हतकडीसहित अदालत परिसरबाटै २ थुनुवा फरार

    विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा हतकडीसहित फरार भएका छन् ।

    लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत उपस्थित गराइएका मोरङ कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरी हतकडीसहित भागेका हुन् ।

    उनीहरु दुवैजनालाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरीको आँखा छलेर फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

    हिजो साढे ३ बजेतिर फरार भएका उनीहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ । दुवैजना भारततिर भागेको हुनसक्ने प्रहरी आशंका छ । सबैतिर नाका सिल गर्दै भागेका थुनुवाको खोजी तीव्र पारिएको जनाइएको छ ।

    चियानास्ता गर्न भनी अदालतकै क्यान्टिनमा गएका उनीहरू फरार भएको प्रहरीको भनाइ छ । खाजा खानुअघि प्रहरीको मोबाइल मागेर केही व्यक्तिहरुलाई फोन पनि गरेको प्रवक्ता राईले बताए ।

    लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले शेख आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर र तौल गर्ने मेसिनसहित पक्राउ परेका थिए । चौधरी भने विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका हुन् ।