Tag: तोडफोड

  • खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनामा स्थानीयको तोडफोड (भिडिओ)

    खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनामा स्थानीयको तोडफोड (भिडिओ)

    काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्।

    दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरि दिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको थियो। स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरिरहेको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिए।

    ‘स्थानीयको गुनासो सुरुङ मार्गका कारण खानेपानीको मुहान सुक्यो भन्ने रहेछ। आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन भएको पाइएको छ’, एसएसपी गिरीले भने।

     

  • बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकूलपतिको कार्यालयमा तोडफोड

    बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकूलपतिको कार्यालयमा तोडफोड

    काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यालयका उपकूलपतिको कार्यालय तोडफोड भएको छ । डेढसय भन्दा बढी व्यक्तिहरु सोमबार प्रतिष्ठानभित्र प्रवेश गरेर तोडफोड गरेको कार्यरत एक चिकित्सकले जानकारी दिए।

    विगत ३ महिनादेखि प्रतिष्ठानका कर्मचारी, शिक्षक, चिकित्सक र विद्यार्थीहरु आन्दोलनमा छन्। आन्दोलनकारीहरुले कार्यालयमा असार १६ गतेदेखि तालाबन्दी समेत गरेका थिए।

    माग संम्बोधन नगरेको भन्दै स्वास्थ्यकर्मीहरुले आइतबारदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा बहिष्कार गरेका छन् । स्वास्थ्य मन्त्रालयले सेवा रोकेर आन्दोलन नगर्न भनेको छ । साथै, माग पुरा गर्नेतर्फ मन्त्रालय लागिपरेको समेत मन्त्रालयले जनाएको छ ।

  • अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

    अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

    सुनसरी । धरान उपमहानगरपालिका-१५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने ५ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका- ५ बस्ने २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु रहेका छन् ।

    उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका- ५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी ४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

    जेठ १३ गते प्रहरी पोष्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो ।

    उनीहरुमाथि जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

    बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

    बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

    यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।