Tag: तिलक परियार

  • अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा प्रमुख बन्न नपाउने

    अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा प्रमुख बन्न नपाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखका लागि सिफारिस गरेका अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा नियुक्ति पाउन संवैधानिक अड्चन देखिएको छ ।

    माओवादी स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी र परियारलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गरेको छ । आजै मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भनिएको छ ।

    तर, संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नसक्ने व्यवस्था गरेकाले उनीहरुलाई अरु प्रदेशमा नियुक्ति गर्नुपर्ने हुन्छ ।

    सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख हटाएर नयाँ राख्ने तयारी गरेको छ ।

  • अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पठाउने माओवादीको निर्णय

    अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पठाउने माओवादीको निर्णय

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पठाउने निर्णय गरेको छ।

    मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेश र परियारलाई प्रदेश २ का लागि पठाउने निर्णय गरेको हो ।

    नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि केपी ओली नेतृत्वको सरकारले परियार र शेरचनलाई पदमुक्त गर्दै नयाँ नियुक्ति गरेको थियो । नयाँ सरकारले ओली सरकारले गरेका नियुक्ति बदर गरेर नयाँ नियुक्ति गर्न आँटेका बेला सत्तासाझेदार माओवादीले उनीहरूलाई पुरानै जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्त गर्ने सम्भावना छ ।

  • प्रदेश प्रमुखबाट पदमुक्त भएका परियारले भने- राजनीतिक पूर्वाग्रह साँधियो

    प्रदेश प्रमुखबाट पदमुक्त भएका परियारले भने- राजनीतिक पूर्वाग्रह साँधियो

    काठमाडौं। प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त भएका तिलक परियारले तथस्टता र निष्पेक्षतापूर्वक भूमिका निर्वाह गर्दागर्दै पनि आफूमाथि राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरेका छन्।

    आफू पूर्वमाओवादी समूहबाट सिफारिस भएकैले त्यस्तो पूर्वाग्रह राखिएको हुन सक्ने परियारको प्रतिक्रिया छ।

    ‘मैलै न कुनै राजनीति गरेको, न केही गरेको हो,’ नेपाल प्रेससँग परियाले भने, ‘उहाँहरूले प्रचण्डजीहरूको सिफारिसमा आएको भनेर सोच्नुभयो होला । तर, हामी तथस्टता र निष्पक्षेताको भूमिका निभाइरहेका थियौं । हामी कुनै गुटउपगुटमा खुलेका पनि छैनौं ।’

    विभाजित नेकपाको आफू कुनै पनि गुटमा नलागेको उनको भनाइ छ। परियार भन्छन्, ‘पूर्वमाओवादी घटककै भएका कारण गरेको हुन सक्छ । तर, म निष्पक्ष छु । कुनै गुटमा खुलेकै छैन्। बोलेकै छैन् ।’

    मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार परियारलाई पदमुक्त गरेकी हुन् ।

    उनको ठाउँमा रौतहटका राजेश झा नियुक्त भएका छन्। ‘राजेश अहिराज’ को नामले परिचित झा पत्रकारितामा समेत संलग्न छन् ।

    नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।

    परियार सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

    केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी सातै प्रदेशमा नेकपानिकटलाई प्रदेश प्रमुख बनाएको थियो ।