Tag: तरुण दल

  • तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति (सूचीसहित)

    तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसनिकट युवाको संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ९९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार केन्द्रीय परिचालन समिति गठन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिइएको जनाएका छन् ।

    अध्यक्ष गुरुङले कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

    ‘यहीं २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने बिश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरेको छु,’ उनले भने ।

  • कोरोनाविरुद्ध तरुण दलको जनचेतना अभियान (तस्बिरहरू)

    कोरोनाविरुद्ध तरुण दलको जनचेतना अभियान (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले कोभिड-१९ महामारीविरुद्ध जनचेतनामूलक अभियान संचालन गरेको छ ।

    काठमाडौं महानगरका विभिन्न नगर समितिसँगको सहकार्यमा गरिएको कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन, कोरोनाविरुद्धको खोप लगाउन सचेत गराइएको छ ।

    अभियानका टोलीले काठमाडौंको कोटेश्वर, बानेश्वर, गोंगबु, चाबहिललगायत ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै पैदल र गाडीका यात्रुलाई मास्कसमेत वितरण गरेको थियो ।