Tag: डेभ वाटमोर

  • नेपालका पूर्व प्रशिक्षक वाटमोर बरोडाका प्रशिक्षक नियुक्त

    नेपालका पूर्व प्रशिक्षक वाटमोर बरोडाका प्रशिक्षक नियुक्त

    काठमाडौं । पारिवारिक कारण देखाउँदै नेपाली राष्ट्रिय टोलीसँगको सहकार्य तोडेका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोर भारतको बरोडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिका कारण देखाउँदै वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)समक्ष राजीनामा दिएका थिए ।

    ओमान भ्रमणपछि ओमानबाट सोझै भारत गएका वाटमोरलाई बरोडाले शुक्रबार प्रशिक्षकको रूपमा सार्वजनिक गरेको हो ।

    ‘उनी हिजोभन्दा एक दिनअघि टोलीमा जोडिएका छन्,’ बरोडा क्रिकेट संघका सचिवले भनेका छन्, ‘मुख्य प्रशिक्षक वाटमोरले अन्य कोच र उमेर समूहलाई पनि मार्गनिर्देशित गर्नेछन् ।’

  • डेभ वाटमोरको ‘मास्टर स्ट्रोक’ ! नेपालले भेट्टायो ओपनिङ जोडी

    डेभ वाटमोरको ‘मास्टर स्ट्रोक’ ! नेपालले भेट्टायो ओपनिङ जोडी

    काठमाडौं । ट्राइ नेसन्स टि-२० सिरिजअघि नेपाली क्रिकेट टिमको मुख्य टाउको दुखाइको विषय थियो ओपनिङ जोडी । अघिल्लो दिनसम्म पनि ओपनिङमा को-कोलाई पठाउने निधो थिएन ।

    शनिबार भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो म्याचमा नयाँ प्रशिक्षक डेभ वाटमोरले ‘बोल्ड’ निर्णय लिए । उनले युवा ब्याट्म्यानद्वय कुशल भुर्तेल र आसिफ सेखलाई नेपालको ब्याटिङको अग्रपंतिमा उभ्याइदिए । यो निर्णय यस अर्थमा बोल्ड थियो कि यी दुवै ब्याट्सम्यानसँग अन्तर्राष्ट्रिय टि-२० म्याचको अनुभव नै थिएन । उनीहरु दुवै यही म्याचमार्फत डेब्यू गर्दै थिए ।

    कप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो स्थानमा झारेर दुई डेबुटान्टलाई ओपनिङमा पठाउने निर्णय नै अन्ततः नेपालका लागि ‘मास्टर स्ट्रोक’ सावित भएको छ । यो एक प्रकारले सुखद आश्चर्य हो । नेदरल्यान्ड्सले दिएको लक्ष्यमा पुग्न यी दुई ब्याट्म्यान नै काफी होलान् भन्ने सायद वाटमोरले नै सोचेका थिएनन् ।

    पहिलो म्याचमा उनीहरुको जोडी ‘क्लीक’ हुनु भाग्यको खेल पनि हुन सक्थ्यो । आखिर टि-२० मा प्रतिभासँगै भाग्यको पनि ठूलो हात हुन्छ । तर, लगातार दुई म्याचमा यो जोडी चम्केपछि नेपाली क्रिकेटको भविष्यका लागि सुखद संकेत मिलेको छ । नेपालले झेलिरहेको ओपनिङ जोडीको संकट समाधान हुने आशा पलाएको छ ।

    नेदरल्यान्ड्सविरुद्धको म्याचमा कुशल र आसिफ दुवैले अद्र्धशतक बनाए । अनि नेपालका लागि सर्वाधिक ठूलो साझेदारीको किर्तिमानसमेत राखे । उनीहरुले ११६ रनको सतकीय साझेदारी गरेका थिए । कुशल ६२ रनमा आउट भएका थिए भने आसिफ ५४ रनमा अविजित रहे ।

    नेदरल्यान्ड्स नेपालका लागि कमजोर प्रतिद्वन्द्वी थिएन । आमरुपमा नेपालभन्दा बलियो नै मानिन्छ । भलै यस प्रतियोगितामा सहभागी टोलीमा धेरै फस्र्ट च्वाइस खेलाडीहरु छैनन् ।

    घरेलु दर्शकका बीच नेपाल बलिङ र ब्याटिङ दुवैमा नेदरल्यान्ड्समाथि हावी भएको थियो । नेदरल्यान्ड्सले दिएको १सय ३७ रनको लक्ष्य नेपालका लागि ‘ट्रिकी’ सावित हुन सक्थ्यो । तर, आसिफ र कुशलको साझेदारीले त्यो सम्भावनाको अन्त्य गरिदियो ।

    आज मलेसियाविरुद्ध फेरि पनि यो जोडीले ठ्याक्कै त्यही प्रदर्शन दोहोर्‍याएको छ । मलेसिया नेपालभन्दा कमजोर प्रतिद्वन्द्वी हो । नेपालका बलरहरुले १०९ रनमा अलआउट गरेर जितको आधार तयार गरिसकेका थिए । तर, नेपालको ब्याटिङको के भर । कहिलेकाहीँ टि-२० मा कमजोर स्कोरले पनि दुख दिन्छन् ।

    यद्यपि, आज त्यस्तो केही भएन । फेरि पनि आसिफ र कुशलको ब्याट चल्यो । उनीहरुको आक्रमणमा मलेसियाको बलिङ निरिह देखियो । दुवैले त्यही इनिङ खेले जुन टि–२० मा ओपनरबाट अपेक्षा गरिन्छ । आसिफभन्दा कुशल अझ बढी विष्फोटक अन्दाजमा देखिए । आज आसिफ अद्र्धशतक बनाउन चुके पनि नेपालका लागि अर्को शतकीय साझेदारी गर्न यो जोडी सफल भयो ।

    मलेसियाविरुद्ध कुशलको प्रदर्शन लगभग अघिल्लो म्याचकै फोटोकपी थियो । उनले ५ छक्का र ३ चौकासहित ४१ बलमा ६१ रन जोडे । पहिलो दुई अन्तर्राष्ट्रिय टि–२० मा लगातार अर्धसतक बनाउने दुर्लभ किर्तिमान कुशलको नाममा रह्यो ।

    को हुन् आसिफ ?

    आसिफ क्रिकेट प्रेमीबीच परिचित नाम हुन् । नेपालमा हुने विभिन्न एक दिवसीय प्रतियोगिता र टि–२० फ्रेन्चाइजहरुमा उनी डिमान्डेड छन् ।

    आसिफले विगतमा ओडीआइमा अवसर पाए पनि आफूलाई प्रुफ गर्न सकेका थिएनन् । पहिलोपटक उनी ५ वर्षअघि राष्ट्रिय टिममा परेका थिए, तर उल्लेख्य प्रदर्शन गर्न चुकेपछि टिममा स्थान गुमाए ।

    २३ वर्षीय आसिफ वीरगञ्ज निवासी हुन् । उनका साख्खै दाजु आरिफ सेफ अहिले नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य छन् । यस प्रतियोगितामा यी दाजुभाइले एकैसाथ मौका पाएका हुन् । आरिफ मध्यक्रमबाट खेल्छन् । पाँच वर्षअघि उनीहरुले एकसाथ राष्ट्रिय टिमबाट एकदिवसीय क्रिकेट खेलेका थिए । तर, त्यसयता आसिफ राष्ट्रिय टिममा अटाउन सकेनन् । उमेर समूहमा भने उनले नेपालका तर्फबाट थुप्रै प्रतियोगिता खेलेका छन् ।

    आसिफले विकेटकिपिङ पनि गर्छन् । घरेलु एकदिवसीय र टि–२० मा उनले थुप्रै उत्कृष्ट इनिङ खेलेका छन् । उनले २०७३ सालमा भएको इपीएल फाइनलमा सनसनीपूर्ण शतक बन्दै टिमलाई जिताएका थिए ।

    आसिफसँग ठूला सटहरु खेल्ने क्षमता छ । तर, उनको ब्याटिङमा ‘कन्सिस्टेन्सी’ छैन । डट बल धेरै खेल्छन् । त्यही कमजोरीले राष्ट्रिय टिममा उनले आफ्नो मजबुत स्थान बनाउन सकेनन् । अब उनीसँग आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरलाई उचाइमा पुर्याउने अवसर छ ।

    को हुन् कुशल ?

    २४ वर्षिय कुशल रुपन्देहीका हुन् । लामो समयदेखि क्रिकेट खेल्दै आए पनि अहिलेसम्म उनको क्रिकेट करिअर खासै उत्साहजनक थिएन ।

    उमेर समूहबाट कुशलले नेपालको प्रतिनिधित्व गरेका छन् । उनी अलराउन्डरको भूमिकामा थिए र मध्यक्रममा ब्याटिङ गर्थे । उनी दाया हातले मिडियम पेस बल फ्याक्छन् । उनको बलिङ सामान्य स्तरको छ ।

    कुशलले पछिल्लो २–३ वर्षयता घरेलु क्रिकेटमा ओपनिङ गर्न थालेका हुन् । उनको क्षमता चिनेर प्रशिक्षक वाटमोरले नेपाली राष्ट्रिय टिमकै ओपनरका रुपमा अभ्यास गराएका थिए ।

    कुशल यसअघि २०१९ को नोभेम्बरमा एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टिममा छनोट भएका थिए । १४ नोभेम्भर २०१९ मा उनले भारतविरुद्धको म्याचमा डेब्यू गरे । उक्त म्याचलाई ‘लिस्ट ए’ को मात्र मान्यता थियो ।

    कुशल २०१७ मा नेपालको अन्डर १९ क्रिकेट विश्वकपका लागि छनोट भएका थिए । उनी २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय टिममा परेका थिए ।

    ओपनिङको संकट टर्‍यो !

    अहिले नै यो जोडीलाई लिएर धेरै महत्वाकांक्षा पाल्नु हतारो हुन सक्छ । उनीहरुले आफूलाई प्रमाणित गर्न अझै धेरै यस्ता प्रदर्शन दोहोर्‍याउनुपर्छ । तर, तत्काललाई नेपालको ‘ओपनिङ जोडी’ को संकट टरेको छ । जुन पाटोलाई नेपालको ‘कमजोर कडी’ मानिएको थियो, त्यही नै अहिले बलियो देखिँदा प्रशिक्षक वाटमोर बधाइका पात्र बनेका छन् ।

    दुई म्याचको प्रदर्शनले कुशल र आसिफको टि–२० करिअरको ‘डिम स्टार्ट’ सुनिश्चित गरेको छ । यो सुरुवातलाई अबका दिनमा उनीहरुले यत्तिकै खेर फाल्नु हुँदैन । यो भन्दा कठिन पीचमा, योभन्दा कठिन प्रतिद्वन्द्वीका विरुद्ध यही स्तरको प्रदर्शनका लागि उनीहरुले आफूलाई तयार पार्नुपर्छ ।

    ओपनिङ जोडी मजबुत बन्यो भने नेपालको समग्र ब्याटिङ स्तर माथि उठ्न सक्छ । किनकी मध्यक्रममा नेपाल मजबुत नै छ । ओपनरले राम्रो सुरुवात दिए भने त्यसपछि आउने ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकरहरुले खुलेर खेल्न सक्छन् । जारी प्रतियोगिताका दुई म्याचमा मध्येक्रमले टेस्ट हुनु परेकै छैन । आगामी म्याचमा पनि ओपनर जोडीको फर्म कायम रहने अपेक्षा गरौं ।

  • क्रिकेट क्याम्प सुरु

    क्रिकेट क्याम्प सुरु

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीका प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनी गरेका हुन् ।

    एक साता अघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनमा नेपाल क्रिकेट संघ (क्यान)ले ३२ जनाको नाम सार्वजनिक गरे पनि सुरुवाती चरणमा २१ खेलाडी प्रारम्भिक अभ्यासमा बोलाएर अभ्यास थालेको हो ।

    आगामी मार्च महिनाका लागि नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा ओमान, अमेरिका र नेपालले त्रिकोणात्मक शृखंला खेल्दै छन् । विश्वभर महामारीको रुपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली क्रिकेट तालिका अनुसार अगाडि बढ्न सकेको थिएन ।

    ओमानमा हुने शृखंलालाई लक्ष्ति गरेर सुरुआती चरणमा प्रारम्भिक टोलीलाई अभ्यासमा थालेको नव नियुक्त प्रशिक्षक डेभ वाटमोरले बताए ।

    पहिलो चरणमा क्याम्पमा बोलाइएका युवा खेलाडीमा सम्भावना भएको भन्दै प्रशिक्षक डेभ वाटमोरले नेपाली टोलीमा जोश जाँगर भएका युवा खेलाडी भएकाले राम्रो नतिजा निकाल्न सक्ने बताए ।

    यस्तै उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै नाम कमाएका पृथु बास्कोटा क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश भएका छन् । एक साता अघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रारम्भिक टोलीमा समावेश भएका हुन् ।

    करिब ४ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका पृथुले राम्रो खेलेर टोलीमा अटाउन प्रयास गर्ने बताए । यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक क्याम्पमा परेका विवेक यादव र अर्जुन कुमालले पनि राम्रो प्रदर्शन गरेर टोलीमा अटाउन प्रयास गर्ने बताए ।

    विवेक र अर्जुनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा छनोटमा परेका हुन् । घोषणा भएका ३२ खेलाडी मध्येका शरद भेषवाकार, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंए ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिनपछि जोडिने छन् ।

  • क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक बन्न पाउँदा खुशी छुः वाटमोर

    क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक बन्न पाउँदा खुशी छुः वाटमोर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपालको क्रिकेट स्तर सुधार्ने प्रतिबद्धता गरेका छन् । नेपाल आएपछि बिहिबार पहिलोपटक पत्रकार सम्मेलनमा प्रस्तुत भएका उनले नेपाली टोलीसँग काम गर्न आफू उत्साहित रहेको बताए ।

    ‘नेपाल जस्तो क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक हुन पाउँदा मलाई एकदमै खुशी लागेको छ,’ श्रीलंकाली मूलका अस्ट्रेलियन प्रशिक्षक वाटमोरले भने, ‘मेरा लागि यो नयाँ चुनौती हो ।’

    नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतालाई कायम राख्दै नेपाली क्रिकेटलाई थप माथि उठाउन कोशिश गर्ने प्रतिवद्धता उनले जनाए ।

    वाटमोर गत डिसेम्बर १७ मा नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका हुन् । अस्ट्रेलियाका लागि ७ वटा टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनी सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा सो टोलीका मुख्य प्रशिक्षक थिए ।