Tag: टिपरको ठक्कर

  • टिपरले एकैपटक तीन गाडीलाई ठक्कर दियो, २ बालिकाको मृत्यु

    टिपरले एकैपटक तीन गाडीलाई ठक्कर दियो, २ बालिकाको मृत्यु

    रुपन्देही । सिद्धार्थ राजमार्गमा टिपरले तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

    सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु. १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट तिलोत्तमा-१५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु. २ च ७०१२ नम्बरको बोलेरो, लु. १ ख ५७८६ र लु. १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियो ।

    टिपरको ठक्करबाट जन्ती सवार लु. १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा-१५ की १० वर्षीया सरस्वती हरिजन र ८ वर्षीया गंगा हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।