
रुपन्देही । नेपाली कम्युनिस्ट पार्टीले १५ दलको एकतापछि सबै प्रदेशमा आयोजना गर्ने सन्देश सभाका लागि लुम्बिनी प्रदेशमा दाङको लमहीलाई रोज्यो ।
यो क्षेत्र साबिक नेकपा एसका प्रभावशाली नेता मेटमणि चौधरीको हो, उनी माधव नेपालको विश्वास पात्रसँगै एमाले र केपी ओलीविरुद्ध कटु आलोचकका रूपमा चिनिन्छन् ।
एमालेमै रहँदा उनले लामो समय यो क्षेत्रमा काम गरेकाले यहाँ उनको व्यक्तिगत प्रभाव राम्रै छ त्यसकारण पनि शनिवार यहाँको उपस्थिति राम्रो भएको सहभागीले आङ्कलन गरे । त्यसो त माओवादी युद्धकै समयमा चर्चामा रहेका नेता इन्द्रजीत थारुको पनि यही क्षेत्र हो ।
मेटमणि र इन्द्रजित भएपछि जनसहभागिता जुटाउन सहज आङ्कलन र पहिलेदेखि नै माओवादीको आधार इलाका भएको रुकुम, रोल्पा, दाङका अन्य क्षेत्र, प्युठान,अर्घाखाँची र कपिलवस्तुबाट समेत यहाँ पुग्न सहजताका लागि प्रदेशस्तरीय सभाका लागि यहाँ रोजिएको हुनसक्छ । बाँके र बर्दियाका लागि पनि तुलनात्मक हिसाबले लमही नजिकमा पर्दछ । त्यो हिसाबले पनि सहभागीलाई सहज भयो ।
शनिवारको सभामा शुक्रवार धनगढीको जस्तै अधिकांश वक्ताले नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीविरुद्ध आलोचनामै खर्च गरे । १५ दलको एकता के का लागि ? अबको एजेन्डा के हुने ? पार्टीको दीर्घकालीन रणनीति कस्तो बनाउने भन्ने विषयमा सहभागी नेता कार्यकर्तालाई जानकारी दिनेभन्दा बढी एमाले र ओलीकै आलोचनामा खर्चेको विश्लेषण केही सहभागीको छ ।
त्यसो त उनीहरूले अहिलेको राजनीतिक परिस्थिति ल्याउने अवस्थाको सृजना नै एमाले र केपी ओली भएकाले प्रस्ट पारेको हुनसक्ने तर्क गर्दछन् तर त्यो सँगै अबको पार्टीको एजेन्डाका विषयमा अझै प्रस्ट पार्न जरुरी भएको जनाए ।
सभामा नेपाली कम्युनिस्ट पार्टी‘का संयोजक पुष्पकमल दाहाल प्रचण्ड’ले एमालेको अहङ्कार र दम्भ अझै नहटेको बताउँदै हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था कसले ल्याएको भन्दै एमाले र केपी ओलीलाई प्रश्न गरे ।
‘केपी ओलीले आजभोलि प्रचण्डले हो यो सबै गराएको भन्दै गरेका छन्। त्यो उनीहरूको कुकर्मले गर्दा यस्तो भयो भन्ने चेतना अझै उनलाई आएको छैन। त्यो अहङ्कार र दम्भ अझै हटेको छैन’ उनले भने, ‘त्यो समय ओली नेतृत्वको सरकारमा एमाले कांग्रेसको दुईतिहाई थियो, अस्तिसम्म कांग्रेस र एमालेको दुई तिहाइ थियो नि त। के नाप्यो त्यो दुई तिहाइले, हेलिकप्टर चढेर भाग्नुपर्यो। दुई तिहाइले पनि केही गर्दो रहेनछ। जनताको एकता नै बलियो तागत भएको बुझ्नुपर्यो नि ।’
उनले अब जनताको आवाज बुझ्न र कम्युनिस्ट एकता गर्न यो अभियान चलाएको बताए । आफूले त्यतिबेला सदनमै जनता तपाईंहरुसँग रुष्ट भइसकेका छन् कुनै दिन जनताले लखेट्ने छन् भनेर भनिसकेको उनले बताए ।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले केपी ओलीलाई सम्झाउन र सुधार्न चाहे पनि त्यसो हुन नसकेको सुनाउँदै आलोचनाको फेहरिस्त सुनाए । ‘अहिले पनि मति सुध्रन्छ भने स्याबास भनौँला। नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। मैले केही साथीलाई तपाईँले सक्नुहुन्छ भने सुधार्नुस् भनेको पनि छु, तर त्यो सम्भावनाको गुन्जाइस देखिएन खै ’ उनले भने ‘हाम्रो अरू केही चाहना छैन । किन भने देशको विकास गर्ने । यो देशलाई अग्रगतिको बाटोमा लिएर जाने हाम्रो चाहना हो ।’
ओलीसँग एमाले अध्यक्षमा प्रत्याशीपछि एमाले छाडेका नेता भीम रावलले धोकेबाजहरूलाई सदाका लागि पराजित गर्न तयार हुन आह्वान गरे । ‘जनताले दिएको दुई तिहाइलाई खतम पार्दै त्यो नेकपालाई ध्वस्त गर्ने व्यक्तिको नाम थाहा छ तपाईँलाई रु’ सहभागीतर्फ उनले भने–‘अर्थात् पछिल्ला घटनामा भन्ने हो भने सिंहदरबार जलिरहेको थियो, देशको प्रधानमन्त्री हेलिकप्टर चढेर भागिरहेको थियो।
यदि त्यस्तो व्यक्तिले फेरी यो देशको नेतृत्व गर्छु भनेर भक्तपुरको कुनाबाट म कम्युनिस्ट पार्टी बनाउँछु भन्दा के तपाई पत्याउनुहुन्छ रु मलाई आश्चर्य लाग्छ सिद्धान्त नभएपछि आफ्नो पदीय मर्यादाको रक्षा गर्न नसकेपछि के भनौँ र रु अनि हामीलाई वृद्धाश्रम भनेर भनेछन् आफ्नो उमेर कति रहेछ र रु सक्ने हो भने प्रचण्डसँग बिहान घुम्न जाउन त ओलीजी।’ रावलले अधिकांश समय यसमै बिताए ।
सभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वपूधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीहरूको एकता चुनाव जित्नको लागि मात्रै नभएको बताए । उटपट्याङ गर्नेहरूले राजनीतिक नेतृत्व गर्न नसक्ने भन्दै उनले विगतमा दुई तिहाइको सरकार छिनभरमा ढलेको स्मरण गराउँदै जनताको सामु दुई तिहाइ पनि काम नलाग्ने उदाहरण भएको भन्दै एमाले अध्यक्ष ओलीलाई व्यङ्ग हाने ।
उनले भने–‘मैले पहिल्यैदेखि पनि भन्दै आइरहेको थिएँ । अहिले पनि भनिरहेको छु, जनताको सामु चुनावबाट प्राप्त दुई तिहाइ पनि काम लागेन । जनताको मन नजितेर सुखै छैन ।’
नेता वामदेव गौतमले देशको यो अवस्थामा पुर्याउने मुख्य दोषीको सहजै उत्तर केपी ओली भएको भन्दै उस्तै आलोचना गरे । ‘केपी ओली नै यो देशलाई यो अवस्थामा पुर्याउने पात्र हो, नेपाली जनताले सधैँभरि यहीँ रूपमा आलोचना गर्नेछन्’ बामदेवले भने–‘यति जान्दाजान्दै लाजै नमानी पार्टीको अध्यक्ष हुने रे, प्रधानमन्त्री हुने रे के का लागि होला रु ओलीजी अब केही गर्न सक्नुहुन्न शक्तिहीन भएको किन नबुझेको रु’
उनले जेनजी आन्दोलन नेपालका राजनीतिक पार्टी र नेताहरूलाई घचघच्याउन भएको तर ओलीकै कारण शान्तिपूर्ण, संवाद गरेर समाधान गर्न नसकेर राज्य सत्ताको दम्भ, घमन्ड र कुनै पनि समस्यालाई गम्भीर रूपमा नलिने प्रवृत्ति वोकेकाले यस्तो अवस्था आएको आरोप लगाए ।
ओली र एमालेको आलोचनाबाहेक के बोले ?
नेकपा संयोजक प्रचण्डले सहभागीको भावनाअनुसार आफ्नो बोली मिलाउन पनि जानेका छन् र कमजोरी स्वीकार गर्न पनि सजिलै सक्छन् । शनिवार पनि उनले त्यो अवस्था देखाए । उनले विगतमा गरेको कमजोरीलाई आत्मलोचित हुन आएको भन्दै क्षमासमेत मागे र भने विगतमा कसको गल्ती कहाँबाट कसले ग¥यो भन्ने विषयमा सबैले ध्यान दिनुपर्ने समय आयो । प्रचण्डले ढिलो चाँडो सबै कम्युनिस्ट पार्टीमा रहेकाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिने विश्वास व्यक्त गरे ।
अपेक्षा गरेभन्दा बढी सहभागी सभाको रहेको आशयमा उनले भने– ‘हामी जहाँ गएका छौ, जेएनजेटदेखि सबैले हामीलाई साथ दिनुभएको छ । उहाँहरूले हामीहरूलाई विश्वास गर्नुभएको छ उपस्थितिले पनि हाम्रो विभिन्न घटकको एकतालाई अनुमोदन गरेको छ ।’ प्रचण्डले विगतमा गरेका गल्तीको समीक्षा गर्दै कमजोरी सच्चाउन जनतामाझ आएको बताए । ‘विगतबाट पाठ सिकेर सच्चिनको लागि हामी यहाँ आएका छौ, हामी सच्चिन्छौ भनेका छौ, नसच्चिएर सुखै छैन ।’ प्रचण्डले चुनाव जित्नको लागि मात्रै एकता नभएको बताए ।
प्रचण्डले इतिहासमा योगदान नदिएका व्यक्तिहरूले सामाजिक सञ्जालबाट कमाएको साखले नेतृत्व गर्नै नसक्ने ठोकुवा गरे ।
एकता सभालाई ’आत्मालोचना सभा’ र ’सङ्कल्प सभा’ को संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता प्रचण्डले गरे । उनले सुशासन, आर्थिक समृद्धि र रोजगारीको क्षेत्रमा ठोस पहल गर्न नसकेको स्वीकार गर्दै अब जनताको सेवामा समर्पित हुने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सवालमा कम्युनिस्टहरू नै सबैभन्दा भरपर्दो शक्ति भएको दाबी गरे ।
प्रचण्डले लामो सङ्घर्ष र बलिदानपछि संविधान सभाबाट संविधान जारी गरे पनि जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको स्वीकार गर्दै भने, ’हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएको थिएन। हामी बिस्तारै कहाँ त्रुटि भयो, कहाँ कमजोरी भयो भनेर समीक्षा गर्दै थियौँ।’ जेनजी आलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको प्रचण्डले बताए। ’
पछिल्लो ’जेनजी’ आन्दोलन वा नयाँ युवा पुस्ताको आन्दोलनबाट जसरी हामी सबैलाई घच्घच्याउने काम भयो, हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने र आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस भयो,’ उनले भने। युवाहरूको भावना र चाहना अनुसार नेपाली जनताको आवश्यकता पुरा गर्न आफूहरू बदलिनुको विकल्प नरहेको उनको भनाइ थियो । प्रचण्डले मजदुर, किसान, दलित, महिला, मुस्लिम र थारु लगायतका उत्पीडित समुदायको हकहितका लागि फेरि एक पटक नयाँ ढङ्गले सङ्घर्ष गर्ने उद्घोष गरे। हजारौँ जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर भित्रिरहेको उनले दाबी गरे ।
माधव नेपालसँगको ४० वर्ष पुरानो सहकार्य
सभामा प्रचण्डले माधव नेपालसँगको सहकार्य ४० वर्ष पुरानो भएको भन्दै व्याख्यासमेत गरे । ‘ २०४१–०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायत विरोधी आन्दोलनबारेमा सहकार्य थियो, आजको कुरा होइन, ०४६ सालसम्म रह्यो पछि जनयुद्धपछि पनि निरन्तर सहकार्य भइरहेकै थियो, कसैकसैलाई यो चमत्कार कसरी भयो, एक्कासि कसरी भयो भन्ने लाग्न सक्छ’ उनले भने ।
उनले संविधान निर्माणको प्रक्रिया, नेकपाभित्रको सङ्घर्ष र त्यसपछि पनि नियमित सहकार्य रहेको जनाए । कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।
विशिष्ट अतिथि पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपालले आफूहरू पछिल्लो समय पार्टीलाई उत्पादनसँग जोडेर लैजाने क्रममा रहेको जाने बताए । उनले भने–‘पार्टीलाई उत्पादनमा लगेर जानुपर्ने सुझाव पनि आएको छ, जनताको वास्तविक समस्यालाई नियालिरहेको रहेको छांै, त्यही आधारमा रहेर पार्टीलाई उत्पादनमा केन्द्रित गर्छौ।’ आफूहरूको एकता सामान्य नरहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो राजनीतिक घटनाक्रम अनुसार पार्टीलाई रूपान्तरण गर्दै लैजाने प्रतिबद्धता जनाए ।
पूर्व गृहमन्त्री बामदेव गौतमले सबै राजनीतिक दलहरू विगतबाट पाठ सिकेर सच्चिएर अघि बढ्नुपर्ने तर्क गर्नुभयो । पूर्व गृहमन्त्री भीम रावलले नेपालको राष्ट्रियताको रक्षाको लागि पार्टीले मुख्य एजेन्डा बनाउने बताए । यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशको एकता सन्देश सभाले पार्टीको उपस्थिति हिजो र आजको मूल्याङ्कन गर्न सहज हुने विश्वास व्यक्त गरे ।
पार्टीका प्रदेशका इन्चार्ज चक्रपाणि खनालको अध्यक्षतामा भएको सभा मेटमणि चौधरी, इन्द्रजित थारु, रेखा शर्मा लगायतले बोलेका थिए ।