Tag: टप न्यूज

  • जेनजीका नाममा पालिकादेखि सिंहदरबारसम्म जलाउनेमाथि छानबिन होस् : उपत्यका मेयर्स फोरम

    जेनजीका नाममा पालिकादेखि सिंहदरबारसम्म जलाउनेमाथि छानबिन होस् : उपत्यका मेयर्स फोरम

    काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले जेन जी आन्दोलनको क्रममा आगजनी, तोडफोड तथा लुटपाटको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडका घटनाको छानबिन गर्दै दोषीहरूमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको हो ।

    जेनजी पुस्ताले देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राख्दै भएको आन्दोनलमा घुसपैठ भएको फोरमको निष्कर्ष रहेको काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी गराएका छन् ।

    आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, नगरपालिकाका भवन लगायतका सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनी निन्दनीय रहेको उनले बताए ।

    काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् । तर, फोरमको बैठक एवं गतिविधिमा काठमाडौंका मेयर बालेन भने अनुपस्थित हुँदै आएका छन् ।

    मेयर्स फोरमले सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग गर्ने र सुरक्षा व्यवस्था सुदृढ गर्न उपत्यका प्रहरी कार्यालयलाई एक करोड रूपैयाँ सहयोग गरिने जानकारी दिए ।

    तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने पनि उनले बताए । मेयर्स फोरमले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताले राखेका मागप्रति ऐक्यवद्धता जनाएको छ ।

  • माओवादी बैठक- प्रचण्डको प्रस्ताव पारित, नारायणकाजी र जनार्दनको फरक मत महाधिवेशनबाटै टुंग्याउने

    माओवादी बैठक- प्रचण्डको प्रस्ताव पारित, नारायणकाजी र जनार्दनको फरक मत महाधिवेशनबाटै टुंग्याउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेस गरेको प्रस्ताव पारित गरेको छ। आज सकिएको केन्द्रीय कमिटी बैठकले प्रचण्डको प्रस्ताव पारित हो।

    बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई पनि समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले बताए।

    श्रेष्ठले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न भन्दै आफूलाई कार्यवाहक दिन माग गरेका थिए भने शर्माले प्रचण्डसहित सबै पदाधिकारी आगामी महाधिवेशनबाट नेतृत्वमा नआउने गरी सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए।

  • माओवादी केन्द्रीय कमिटी भंग, मंसिरमा विशेष महाधिवेशन

    माओवादी केन्द्रीय कमिटी भंग, मंसिरमा विशेष महाधिवेशन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    आज सकिएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भंग गरेर अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

    महाधिवेशनले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।

    बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने पनि निर्णय गरेको छ।

  • वडा कार्यालयदेखि सिंहदरबारसम्म एकैदिन खरानी बनाइनु रहस्यमय छ: विद्या भण्डारी

    वडा कार्यालयदेखि सिंहदरबारसम्म एकैदिन खरानी बनाइनु रहस्यमय छ: विद्या भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रति विद्या भण्डारीले जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको घटना रहस्यमयी भएको बताएकी छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देशभर वडा कार्यालयलेखि सिंहदरबारसम्म एकैचोटी जल्नु सामान्य विषय नभएको बताइन्।

    उनले भनिन्, ‘जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए। तर त्यो घटना कसरी भए, सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत थुप्रै व्यवसायी र निजी भवन, सबै नेताको घरहरू एकैचोटी खरानी भएको छ। वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ। एकै दिन पूर्वदेखि पश्चिमसम्म जेनजीले कसरी गर्न सके होलारु के यसरी आफ्नो माग पूरा होलारु यो रहस्यमय घटना भएको छ।’

    उनले यो घटनाको समीक्षा गरेर शान्ति, स्थिरता ल्याएर देश विकासको बाटोमा अघि बढाउनुपर्ने बताइन्।

  • भारतमा दन्किएको जेन जी आन्दोलन- लद्दाखमा आगो सल्किँदा गोर्खाल्याण्ड के हेरेर बसेको छ ?  

    भारतमा दन्किएको जेन जी आन्दोलन- लद्दाखमा आगो सल्किँदा गोर्खाल्याण्ड के हेरेर बसेको छ ?  

    इतिहासका लज्जित आत्मसमर्पण र सम्झौताहरूलाई धिक्कारेर बाँच्नुको पीडा अत्यन्तै कठिन हुन्छ । अस्तित्व, पहिचान र अधिकारका लागि सडकमा रगत पोखेर आन्दोलन गरिरहनुको विकल्पहीन बाध्यता झन् जटिल हुन्छ । नागरिक भएर राष्ट्रको अधिकार नपाउँदा कस्तो होला ? जुन देशमा आफ्नो कुनै पहिचान छैन, कस्तो होला त्यहाँका नागरिकलाई ? अझ, तिनै नागरिकका तर्फबाट उठेको आन्दोलनको ज्वारभाटालाई एउटा धोकापूर्ण सम्झौतामा समाप्त पार्न खोज्दा झन् कस्तो होला ? यस्तै वास्तविकता बोकेको गोर्खाल्याण्ड आन्दोलन फेरि उम्लिनुपर्छ ।

    भारतमा सन् १९८६ मा लगातार १९ महिना गोर्खाल्याण्डको माग गर्दै पहिलो आन्दोलन भयो । तर, अहिलेसम्म पनि उनीहरूको माग पूरा भएको छैन । पहिचान र अस्तित्वको लडाइँ अझै उस्तै छ, नेपाली भाषीको । नेपाली भूमि अङ्ग्रेजको कब्जामा परेपछि भारतको भयो र त्यतिबेलादेखिको गोर्खाल्याण्ड आन्दोलन निरन्तरको लडाइँ बनिरह्यो । राष्ट्रनिर्माणका अभियन्ता पृथ्वीनारायण शाहले नेपालको भूमि पूर्वमा दार्जिलिङ र आसपासको क्षेत्र हुँदै टिस्टा नदीसम्म पुराएका थिए ।

    तर, सन् १९१३ मा इष्ट इण्डिया कम्पनी र गोर्खा सेनाबीच युद्ध भयो र नेपालले ४ हजार स्क्वायर माइल्स भूमि गुमायो । अङ्ग्रेजले दार्जिलिङ र आसपासका क्षेत्रलाई सिक्किमी राजाको अधिकार क्षेत्र बनाइदिए । यो सन्धिलाई टिट्लिया सन्धि भनिन्छ । दोर्जेहरु बस्ने भएकाले यसको नाम पहिला दोर्जेलिङ थियो । आधुनिकतासँगै अपभ्रंश हुँदै दार्जिलिङ हुन पुग्यो । यसलाई अहिले ‘दार्जिलिङ’ भनी उच्चरण गरिन्छ ।

    सन् १९४७ मा भारत अङ्ग्रेजबाट स्वतन्त्र भएपछि दार्जिलिङ पश्चिम बङ्गाल प्रान्तमा गाभियो । दार्जिलिङ भित्रै पर्ने खर्साङ्ग, कालेङपोङ, र तराईका केही भूभाग पनि भारतका छुट्टै जिल्ला बन्न पुगे । दार्जिलिङ र आसपासका क्षेत्रमा जनसङ्ख्या निक्कै बढ्यो । भारतका विभिन्न प्रान्तका मानिस बसाइँ सरे र तिब्बती शरणार्थी पनि त्यहाँ पुगे ।

    सुवास घिसिङका निहीत स्वार्थका कारण सेलाएको उक्त आन्दोलन अब नेपालदेखि भारतको लद्दाखसम्म चलेको ‘जेनजी’ तरिकाले किन अगाडि नबढाउने ?

    सिक्किमी राजाको पालादेखि असन्तुष्ट नेपाली भाषीले गोर्खाली सन् १९०७ देखि छुट्टै गोर्खाल्याण्डको माग गर्दै आएका छन् । त्यति बेलाको आन्दोलन सन् १९८८ अगस्त २२ मा हिल काउन्सिल सम्झौता भएपछि टुङ्गियो । सन् १९८६ देखि सुवास घिसिङको नेतृत्वमा निरन्तर १८ महिनासम्म भएको आन्दोलनमा १२०० भन्दा बढी नेपाली भाषीले ज्यान गुमाए । हजारौँ घरबार विहीन बन्न पुगे ।

    अन्ततः पश्चिम बङ्गाल सरकारसँग हिल काउन्सिलमा सम्झौता भएपछि  सुवास घिसिङको नेतृत्वमा भएको गोर्खाल्याण्ड आन्दोलन सेलायो । घिसिङले लामो समयसम्म गोर्खाल्याण्ड अभियानको नेतृत्व गरिरहे । र, लामै समय गोर्खाल्याण्ड मागको आन्दोलन सेलायो । तर, केही वर्ष पहिले दार्जिलिङका नेपाली भाषी  प्रशान्त तामाङ इण्डियन आइडल बने । र, उनलाई आइडल बनाउन सक्रिय भूमिका निभाएदेखि दार्जिलिङ र आसपासका क्षेत्रमा लोकप्रिय बने नयाँ नेता विमल गुरुङ ।

    २१ वर्षसम्म गोर्खा आन्दोलनको नेतृत्व गरिरहेका सुवास घिसिङ र उनको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको चर्को विरोध हुन थाल्यो । ८ अक्टोबर २००७ मा विमल गुरुङले आफ्नो पार्टी गोर्खा जनमुक्ति मोर्चाको स्थापना गरे । २१ वर्षपछि गोर्खाल्याण्ड आन्दोलन पुनः ब्युँतियो । ‘सुवास घिसिङ पश्चिम बङ्गालको दलाल हुन्’ भन्दै सुरु भएको आन्दोलन उत्कर्षमा पुग्यो । पुरुषले  दौरा सुरवाल, भादगाउँले टोपी  र महिलाले गुन्यु चोली लगाएर हप्तौँसम्म गोर्खाल्याण्डको माग गर्दै  सडकमा निस्किए ।

    पश्चिम बङ्गाललाई कर नतिर्ने,  दार्जिलिङको प्राकृतिक श्रोत, साधन प्रयोग गर्न नदिनेलगायतका आन्दोलनका कार्यक्रम विमल गुरुङको नेतृत्वमा भए ।आन्दोलनले उत्कर्ष रूप लियो । केन्द्र सरकारले वार्तामा बोलायो । र, सन् २०११ जुलाई १८ का दिन केन्द्रीय सरकार, पश्चिम बङ्गाल सरकार र गोर्खाल्याण्डको आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाबीच त्रिपक्षीय बैठक बस्यो । बैठकले यो सम्झौता गर्‍यो कि, दार्जिलिङमा  जिटीएको व्यवस्था गर्ने र भारत सरकारले कुनै पनि क्षेत्रलाई छुट्टै राज्य घोषणा गर्न परे सबैभन्दा पहिले गोर्खाल्याण्ड घोषणा गर्ने ।

    सन् १९४७ मा भारत अङ्ग्रेजबाट स्वतन्त्र भएपछि दार्जिलिङ पश्चिम बङ्गाल प्रान्तमा गाभियो । दार्जिलिङ भित्रै पर्ने खर्साङ्ग, कालेङपोङ, र तराईका केही भूभाग पनि भारतका छुट्टै जिल्ला बन्न पुगे । दार्जिलिङ र आसपासका क्षेत्रमा जनसङ्ख्या निक्कै बढ्यो । भारतका विभिन्न प्रान्तका मानिस बसाइँ सरे र तिब्बती शरणार्थी पनि त्यहाँ पुगे ।

    यो सम्झौतापछि आन्दोलन स्थगित गरियो । तर, केन्द्र सरकारले सम्झौता विपरीत २०१३ मा तेलंगाना राज्य घोषणा गरेपछि फेरि गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको माग गर्दै आन्दोलन सुरु भयो । त्यो बेला पनि लामो आन्दोलन भयो । तर, त्यो आन्दोलन पनि बिना निष्कर्ष टुङ्गियो । दार्जिलिङमा भएको चुनावमा गोर्खा जनमुक्ति मोर्चाले भारतीय जनता पार्टीलाई समर्थन गरेको र पश्चिम बङ्गाल कि मुख्यमन्त्री ममता बेनर्जीलाई समर्थन नगरेपछि बेनर्जी दार्जिलिङ  र आसपासका क्षेत्रप्रति कठोर बन्न थालिन् ।

    र, उनको सरकारले जीटीएको खारेजी मात्र गरेन, दार्जिलिङ र आसपासका क्षेत्रमा बङ्गाल भाषा अनिवार्य गरिन् । त्यसको विरोध गर्दै सुरु भएको आन्दोलन झन् झन् उत्कर्षमा पुगेको थियो । एक जनाले गोर्खाल्याण्डको माग गर्दै आत्मदाह गरिसकेका छन् । प्रहरी दमनका कारण कैयौँले ज्यान गुमाइसकेका छन् । पटक पटक दार्जिलिङ रणसङ्ग्राम बनेको छ ।

    दार्जिलिङका नेपाली भाषीको आन्दोलनले धेरै चरण पार गरिसकेको छ । र, पटक पटक सेलाउँदै पनि गएको छ ।

    अहिले भारत–पाकिस्तान–चीनको त्रिदेशीय सीमा रहेको भूमि लद्दाखबाट जेनजी आन्दोलन सुरु भएको छ । उक्त आन्दोलन ‘स्वतन्त्रता’ को एजेण्डासहित अगाडि बढेको छ । अपेक्षा गरिएको छ कि, सोही आन्दोलनले पूर्वोत्तर भारतीय भूमि दार्जिलिङ र आसपासका नेपाली भाषी समुदायले गोर्खाल्याण्ड पाउलान् ? कि, दार्जिलिङले गोर्खाल्याण्ड बिर्सिए ? यदि बिर्सिएका छैनन् भने सुवास घिसिङका निहीत स्वार्थका कारण सेलाएको उक्त आन्दोलन अब नेपालदेखि भारतको लद्दाखसम्म चलेको ‘जेनजी’ तरिकाले किन अगाडि नबढाउने ?

    भारतीय शासक परम्परावादी चिन्तनमै अगाडि बढिरहँदा त्यहाँका विभिन्न भागमा जेनजी आन्दोलन अगाडि बढिरहेको सत्य हो । नेपालमा त जम्मा ४८ घण्टामै सत्ता उलटपुलट भएको कुरा सिक्किम, दार्जिलिङका नेपाली भाषीलाई थाहा नभएको होइन । तर, ती दाजुभाइ आज के हेरेर बसिरहेका छन् ? के जेनजी आन्दोलनको बेला भएन र ?

  • पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने प्रचण्डको घोषणा

    पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने प्रचण्डको घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

    यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याए ।

    उनले भने, ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ । संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

    बैठकमा उनले नेताको खानपान, लवाइ–खवाइदेखि जनमानससँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के–के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिएका छन् ।

  • पूर्व पदाधिकारीको अतिरिक्त सुविधा कटौती गर्न अर्थ मन्त्रालयको गृह र रक्षालाई पत्र

    पूर्व पदाधिकारीको अतिरिक्त सुविधा कटौती गर्न अर्थ मन्त्रालयको गृह र रक्षालाई पत्र

    काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती गर्ने उद्देश्यले पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनअनुसार मात्र सेवा सुविधा प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

    मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार अबदेखि कानुनले तोकेका सुविधा बाहेक प्रदान गरिएका सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी जस्ता सेवा फिर्ता गर्न अर्थले गृहलाई पत्राचार गरेको हो ।

    कानुनबाहेक उपलब्ध गराइएका अन्य सेवा सुविधा स्थगन गर्ने कार्य तत्काल कार्यान्वयन गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार खर्च कटौती र मितव्ययिता कायम गर्न यो कदम उठाइएको हो ।

  • यातायात व्यवस्था विभागको सर्भर मर्मत सुरु, नयाँ लाइसेन्स र इभिआरएसको काम कहिलेबाट हुन्छ ?

    यातायात व्यवस्था विभागको सर्भर मर्मत सुरु, नयाँ लाइसेन्स र इभिआरएसको काम कहिलेबाट हुन्छ ?

    काठमाडौं । जेनजी आन्दोलनको भदौ २४ गते जलेको यातायात व्यवस्था विभागले सर्भर मर्मतको काम सुरु गरेको छ ।

    आज एक सूचना निकालेर आन्दोलनको क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकोले सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेको बताएको छ ।

    सवारी चालक अनुमत पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण कार्य रोकिएको छ । सूचना प्रविधि प्रणाली बन्द रहने रहेको बताएको छ ।

    ‘भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकोले सर्भरको मर्मत सम्भार गर्ने कार्य भई रहेको छ । सवारी चालक अनुमत पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण कार्य अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने छ,’ विभागले निकालेको सूचनामा उल्लेख छ ।

    यातायात व्यवस्था विभागका आइटी डाइरेक्टर केशव खतिवडाले लाइसेन्स सम्बन्धी काम र इभीआरएस बन्द रहेको बताए ।

    अब नयाँ लाइसेन्सको काम कहिलेबाट हुन्छ भन्ने प्रश्नमा खतिवडाले भने, ‘विभागमा लाइसेन्सको डाटा सुरक्षित छ । सर्भरमा समस्या हो । त्यसको मर्मत भइरहेको छ । यो मर्मतका लागि १५ दिन जति लाग्ला ।’ उनका अनुसार मर्मतपछि लाइसेन्स प्रिन्टभन्दा बाहेकको लाइसेन्स सम्बन्धी काम र इभिआरएसको काम सुरु हुने छ ।

    उनले थपे,’अहिले गाडी दर्ता नै रोकिएको होइन । (इभिआरएर) एडभान्स प्रविधिमा हुने गाडी अब भिआरएसमा काम हुने हो । सर्भर मर्मतको काम सकिएपछि पुनः इभिआरएसमा नै दर्ता हुने छन् ।’

  • जोगवनीमा दुई समुदाय बीच झडप, किनमेलका लागि पुगेका नेपाली भागदौडमा परे

    जोगवनीमा दुई समुदाय बीच झडप, किनमेलका लागि पुगेका नेपाली भागदौडमा परे

    विराटनगर । विराटनगरसँग सीमा जोडिएको भारतको जोगवनी बजार केही बेरअघिबाट तनावग्रस्त बनेको छ । २ पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव बढेको हो ।

    जोगवनी नेपालीको किनमेल गर्ने मुख्य बजार हो । चाडपर्व र अरु बेला पनि दैनिक सयौं नेपाली किनमेलका लागि जोगवनी पुग्ने गरेका छन् ।

    जोगवनी तनावग्रस्त भएपछि किनमेलका लागि पुगेका नेपालीबीच भागदौड मच्चिएको थियो । किनमेलका लागि गएकाहरु भागेर नेपाल फर्किएका छन्  ।

    अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकिएको छ ।

    जोगवनीमा तनाव भएपछि सीमा नाका तत्काललाई बन्द गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने, ‘नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ ।’

    विराटनगरको रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको जानकारी नेपाली सुरक्षाकर्मीले प्राप्त गरेका छन् । ‘हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएपछि तनाव बढेको हो ।

  • माओवादी बैठक- प्रचण्ड, नारायणकाजी र जनार्दनको प्रस्तावमा ९ बुँदे फरक मत

    माओवादी बैठक- प्रचण्ड, नारायणकाजी र जनार्दनको प्रस्तावमा ९ बुँदे फरक मत

    काठमाडौं । नेकपा माओवादी केन्द्रीय समिति बैठकमा सात जना केन्द्रीय सदस्यहरूले फरक मत राखेका छन्।

    अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका प्रस्तावहरू भन्दा फरक ९ बुँदे मतहरू राखेका हुन्।

    सात नेताले केन्द्रीय सदस्य मनऋषि धितालको नेतृत्वमा देवेन्द्र पराजुली, सन्तोष विष्ट, विमल अधिकारी, प्रतिभा गौतम, पदम जोशी र रामप्रसाद न्यौपानेलागायतले उक्त फरक मत राखेका हुन्।

    यी हुन् ९ बुँदे प्रस्ताव-

    १. विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्स, लेनिन, माओ र नेपाली क्रान्तिमा पुष्पलाल तथा कमरेड प्रचण्डको योगदानको उच्च मूल्याङ्कन गर्दछौँ !

    २. यो उचाइलाई कायम राख्न विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनसहित समग्र विश्व राजनीतिमा देखिएको यो विषम परिस्थितिमा कमरेड प्रचण्डसहित पदाधिकारीको टिमले विश्राम लिएर कम्युनिस्ट आन्दोलनको गठन, पुनर्गठन र शुद्धीकरणको बाटो खोल्न अनुरोध गर्दछौँ

    ३. विशेष महाधिवेशन आगामी मङ्सिरमा नै गरेर सिङ्गो पार्टी पङ्क्ति चुनावमा होमिनुपर्छ । त्यो गर्दा नयाँ ऊर्जासहित चुनावमा परिणाम आउँछ । अब योभन्दा बढी फोहोर मैला सफा गर्ने भन्दै तपाईँहरू पदमा टाँसिनु भयो भने आन्दोलन झन् सङ्क्रमित हुने र पार्टी झन् दीर्घ रोगी हुने पक्का छ ।

    ४. जेनजी विद्रोहका बेला यदि हामीसँग लेनिनवादी बोल्शेभिक पार्टी थियो र लेनिनजस्तो जनप्रिय नेता हामीसँग सुरक्षित थियो भने त्यो अक्टोबर क्रान्तिको जस्तो परिणाममा जान्थ्यो र बल प्रयोग सहित समाजवादी रूपान्तरणको भोलि प्रतीक्षा गरिएको चरणमा अहिले नै देश प्रवेश गरिसकेका अवस्था हुने थियौँ । तर हाम्रो पार्टीले बोल्शेभिक स्पिरिट कायम नराखिएकोले नेतृत्वको भागाभाग भयो, कार्यकर्तामा अन्यौलता रह्यो र त्यो अवसर गुम्यो।

    ५. चरम पदलोलुपता, भ्रष्टाचार, नातावाद, कृपावादमा यो नेतृत्वको टिम चुर्लुम्मै डुबेकोले केही हदसम्म जेनजी विद्रोहको कारक पनि यही टिम बन्यो र अक्टोबर क्रान्तिको जस्तै ठुलो अवसर गुमायो । अब त्यो अवसर यो नेतृत्वलाई नआउने भएकोले सिधै पार्टी प्रशासनिक जिम्मेवारी छोडेर नैतिक÷वैचारिक अभिभावकत्व गरेर इतिहासमा अझै सम्मानित बन्नुहोस् भन्ने आग्रह गर्दछौँ ।

    ६. अझै इतिहासमा गरेको योगदानको उचाइ कायम राख्ने आँट र साहस छ र तपाईँ सर्वहारा वर्गीय स्पिरिटको नेतृत्व हुनुहुन्छ भने २०६३ यता राज्य सत्तामा गएका नेता, कार्यकर्ताको सम्पत्ति छानबिन गर्न आजै एक उच्च स्तरीय छानबिन समिति घोषणा गर्नुहोस् र नागरिक परीक्षणमा जान साहस गर्नुहोस् ।

    ७. इतिहासको तीतो यथार्थ, पार्टीको जे नीति लागू गरौँ । जनताले सेनाको हिरासतमा रहेका नेताहरूले हिरासतको एक हप्ता के कसरी बिताए, के कस्ता सम्झौता , को को सँग के कसरी गरे, त्यो पारदर्शी रूपमा आएको छैन । त्यसैले पनि तपाईँहरू निलम्बनमा रहेर पार्टीको जे नीति लागू गर्नुहोस् ।

    ८. जेनजी विद्रोहबाट ध्वस्त भएका हाम्रा पार्टी संरचनामध्ये केही मुख्य संरचनाहरू संरक्षित गरौँ र भावी पुस्तालाई कम्युनिस्ट पार्टी बिग्रँदा र मिलिट्यान्ट नरहँदा के हालत हुन्छ भन्ने कुरा देखाउन पनि एक सङ्ग्रहालय बनाऔँ । सुकुम्वासी बस्तीमा पालमुनि कार्यालय खोलेर पार्टी निर्माण , गठन पुनः गठन गरौँ !

    ९. विश्वास गर्नुहोस् र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका सच्चा व्याख्याता मात्रै होइन, कार्यान्वयनकर्ता बन्नुहोस् र आफ्नो टिमसहित विश्राम लिनुहोस् । यो हलमा तपाईँहरूको अगाडि ऊर्जा सहित उपस्थित अग्रदस्ताले तपाईँहरूको जीवनकालमै तपाईँलाई नै गौरवको अर्को उचाइमा पुर्‍याउनेछ ।

  • जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र व्यवसायीलाई सरकारको राहत, केमा कति छुट ?

    जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र व्यवसायीलाई सरकारको राहत, केमा कति छुट ?

    काठमाडौं । सरकारले हालै ‘जेनजी आन्दोलन’ बाट प्रभावित उद्योग, व्यापार, र व्यवसायिक प्रतिष्ठानका लागि विशेष कर सहुलियत, सुविधा, र छुटको घोषणा गरेको छ । आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) मा टेकेर सरकारले छुटको घोषणा गरेको हो ।

    जसमा आन्दोलनका कारण आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको बीमा सर्भेयरको प्रतिवेदनका आधारमा ५० प्रतिशतसम्म भन्सार महसुल तथा अन्तःशुल्क छुट दिने घोषणा गरेको छ । तारे होटलमा भएको क्षतिको मालवस्तुको पुन:स्थापना र सञ्चालनका लागि भन्सार महसुल ऐन, २०८१ को अनुसूची-४ को दफा ६ को उपदफा (३) को खण्ड (च) बमोजिम दोहोरो छुट प्रदान गरिने भएको छ ।

    प्रभावित प्रतिष्ठानको नोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा सर्जमिन मुचुल्कासहितको मूल्याङ्कनका आधारमा आयकर ऐन, २०५८ बमोजिम व्यापार मौज्दातको लागत खर्च कट्टी तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करकट्टी लिन सकिने व्यवस्था गरिएको छ ।

    नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधनका लागि आगामी मङ्सिर १५ गतेसम्मका लागि पूर्ववत् मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति दिने व्यवस्था गरिएको छ ।

    प्रभावित ऋणीलाई सावाँ तथा व्याजको भुक्तानी गर्नुपर्ने अवधि नेपाल राष्ट्र बैंकले थप गर्ने व्यवस्था गर्ने भएको छ । प्रभावित उद्योगी, व्यापारिक, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई पुनस्र्थापना गर्न आधार दरमा बढीमा शून्य दशमलब पाँच प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराइनेछ । व्यावसायिकरूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनको क्षति भई नयाँ खरिद गर्नुपर्ने भएमा बैंक कर्जामा कर्जा मूल्य अनुपात कम्तीमा ८० प्रतिशत हुने व्यवस्था मिलाइने भएको छ ।

    कर्मचारीको रोजगारी सुनिश्चित गर्न पेरोल प्रोटेक्सन स्किम अन्तर्गत बैकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउने भएमा आधार दरमा बढीमा शून्य दशमलव पाँच प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्ने र उक्त कर्जामा राष्ट्रिय पुनर्निर्माण कोषबाट ६ महिनाको लागि २ प्रतिशत अनुदान उपलब्ध गराइने भएको छ । दशैँ बिदाबाहेक अन्य बिदाको समयमा व्यापार सहजीकरण गर्ने कार्यालय, बैकिङ तथा वित्तीय संस्था र राजस्व संकलन गर्ने कार्यालयबाट नियमित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ ।

    नोक्सान भएका भवन, सवारी साधन, माल, वस्तु तथा यन्त्र उपकरणलगायतका वस्तुको क्षतिको प्रारम्भिक प्रतिवेदनको आधारमा बीमाबापतको अनुमानित क्षतिको बढीमा ५० प्रतिशत अग्रीमरूपमा यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था नेपाल बीमा प्राधिकरणले मिलाउने भएको छ । बीमा कम्पनीले बिमितलाई दाबी भुक्तानी गर्नका लागि पुनर्बीमा कम्पनीसँग रकम माग गरेको अवस्थामा तत्काल अग्रीम भुक्तानीका रूपमा बढीमा ५० प्रतिशतसम्म रकम उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

    आर्थिक वर्ष २०८२-८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनःनिर्माण कोषमा योगदान गरेको रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाइने व्यवस्था पनि सरकारले गरेको छ ।

  • नयाँ सञ्चारमन्त्रीको परीक्षा- कचपल्टिएका पुराना मुद्दाहरूले पर्खिरहेका छन् 

    नयाँ सञ्चारमन्त्रीको परीक्षा- कचपल्टिएका पुराना मुद्दाहरूले पर्खिरहेका छन् 

    नेपाल हालै जेनजीद्वारा नेतृत्व गरिएको ऐतिहासिक राजनीतिक परिवर्तनको साक्षी बन्यो । यस परिवर्तनको केन्द्रबिन्दु देशका हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार र गैर जिम्मेवार शासन व्यवस्था थियो ।

    जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भएको छ र त्यसमा सञ्चार मन्त्रालयको अभिभारा सम्हालेका छन् चर्चित टेलिभिजन पत्रकार जगदीश खरेलले । सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलसामु आमसञ्चार एवम् दूरसञ्चार क्षेत्रको सुदृढीकरण, पारदर्शीता, एवम् विश्वसनीयता पुनर्स्थापित गर्ने ऐतिहासिक अवसर र चुनौतीसमेत विरासतको रूपमा प्राप्त हुनेछ ।

    समस्या कहाँ र कस्ता ?

    १. दूरसञ्चार क्षेत्रमा निराशाको बादल !

    नेपालमा वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् दूरसञ्चार सेवामा निजी क्षेत्रको लगानी खुला गरेसँगै यस क्षेत्रको नियमनको लागि सरकारले दूरसञ्चार ऐन, २०५३ जारी गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई नियामक निकायको रूपमासमेत स्थापित गर्‍यो । अत्यन्तै छिटो–छिटो गतिमा विकास र नवप्रवर्तन भइरहने सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुराना प्रविधिलाई नयाँ प्रविधिले निरन्तर विस्थापित गर्ने र प्रविधिको पुस्तान्तरण स्वाभाविक र सहज भइरहेको भए तापनि त्यसको नियमनमा त्यत्तिकै चनाखो र अब्बल हुनुपर्छ । त्यसो हुन नसक्दा समग्र दूरसञ्चार क्षेत्र नै कसरी धराशायी हुने संघारमा पुग्छ भन्ने यथार्थ नेपालको हालको दूरसञ्चार क्षेत्रलाई हेर्दा छर्लङ्ग हुन आउँछ  ।

    नेपाल जस्तो सानो भूगोल र थोरै जनसङ्ख्या भएको मुलुकमा यति धेरै सेवा प्रदायकहरूको उपस्थिति आफैमा चिन्ताको विषय हो । निश्चय पनि दूरसञ्चार सेवामा निजी क्षेत्रको प्रवेशसँगै दूरसञ्चार सेवाको विविधिकरण र मूल्य तथा गुणस्तरमा तुलनात्मक रूपमा प्रतिस्पर्धालाई स्वीकार गर्न सकिन्छ, तर नेपालको जनसाङ्ख्यिक तथा उपभोक्ता बजारको आयातनलाई हेर्दा हामीकहाँ मोबाइल सेवा प्रदायक बाहेकका अन्य दूरसञ्चार सेवा प्रदायक संस्थाहरूको सङ्ख्या अत्यन्तै धेरै हो । विज्ञहरूका अनुसार नेपाली बजारमा हाल कायम रहेका दूरसञ्चार सेवा प्रदायकहरूको सङ्ख्या नेपाली बजारले धान्न सक्ने भन्दा अधिक रहेको छ जुन चिन्ता र चासोको विषय हो । यस किसिमको परिस्थितिले गर्दा हाल नेपालमा दूरसञ्चार सेवा प्रदायकहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ भने केही दूरसञ्चार सेवा प्रदायकहरूले Predatory Pricing समेत गरेको हुँदा यसले दूरसञ्चार सेवा प्रदायकहरूलाई आर्थिक रूपमा धराशायी बनाउँदै लगेको अवस्था छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको अभिलेख अनुसार नेपालमा प्रत्येक महिना विदेशबाट करिब २९०० Gbps ईन्टरनेशनल इन्टरनेट ब्यान्डविथ आयात हुन्छ । यसमध्ये एनसेलले करिब ४०० Gbps तथा नेपाल टेलिकमले पनि करिब ४०० Gbps को परिमाणमा मोबाइल ब्रोडव्याण्ड (-4G Mobile Broadband) सेवामा इन्टरनेसनल इन्टरनेट ब्यान्डविथ खपत हुने देखिएको छ भने बाँकी करिब २१०० Gbps ईन्टरनेशनल इन्टरनेट ब्यान्डविथ भने फाइबर टु द होम प्रविधि मार्फत फिक्स्ड ब्रोडव्याण्ड सेवामा खपत हुन्छ जसलाई FTTH internet सेवा समेत भनिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको अभिलेख अनुसार अहिले नेपालमा करिब ३२ लाख घर धुरीमाFTTH internet जडान गरिएको छ । तर, नेटवर्क सेवा प्रदायकको सङ्ख्या २६ वटा रहेको छ ।

    यति थोरै इन्टरनेट ब्यान्डविथको लागि यति धेरै नेटवर्क सेवा प्रदायक रहनुले विदेशबाट आयात हुने इन्टरनेटको गुणस्तरमा एकरूपता छैन भने शुल्क भने चर्को हुन गएको छ । त्यो भन्दा पनि गम्भीर विषय भनेको इन्टरनेट ट्राफिकको निगरानी र नियन्त्रण लगभग असम्भव प्राय भएको छ । यस्तो अवस्थालाई सुधार गरी ब्यान्डविथ आयातमा न्यूनतम परिमाण तोक्न सकेको खण्डमा माथि उल्लेखित दुरावस्थाको अन्त्य गर्न सकिन्छ । तर, नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार प्रविधि मन्त्रालय दुवै यो विषयमा बेखबर प्राय रहेको उनीहरूको यस क्षेत्र प्रतिको उदासीनताबाट प्रस्ट हुन्छ ।

    सार्वजनिक निकायहरूमा अस्थायी दरबन्दी र करार दरबन्दी बाहेकमा राखिएका करार जनशक्ति खारेजी, सरकारी सञ्चार माध्यमलाई जनमुखी बनाउने, नियामक निकायहरूको पुनर्गठन, सार्वजनिक सेवा प्रसारण नेपालको पुनर्गठन, दूरसञ्चार र प्रसारण सेवाका ओटीटी प्लेटफर्मलाई कानुनी दायरामा ल्याई कर प्रणालीमा आवद्ध गर्नु पर्ने, युवा केन्द्रित आइसीटी नीति निर्माण, स्वयंसेवक रूपमा कार्य गर्ने गरी मन्त्रालयमा Gen–Z Digital Council गठन, आइसीटी क्षेत्रमा युवा स्टार्टअपलाई प्रोत्साहन, Whistleblower र अनुसन्धानात्मक पत्रकारलाई कानुनी सुरक्षा तथा विद्युतीय कारोबार ऐन, २०६३ को सिकञ्जाबाट उन्मुक्ति दिलाउनु पर्ने, आइसीटी क्षेत्र १००% विदेशी लगानी गर्न सकिने कानुनी व्यवस्था गर्नु पर्ने लगायतका कार्यहरू मन्त्री खरेलबाट अपेक्षा गरिएका छन् ।

    कुनै पनि क्षेत्रमा लगानी गर्नु गराउनुभन्दा पनि त्यस्तो लगानीलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा उचित वातावरण निर्माण गर्नु नियामक निकायको काम र कर्तव्य समेत हो तर ठीक विपरीत नेपाल दूरसञ्चार प्राधिकरणको असक्षमता र अकर्मण्यताले गर्दा आई एसपीहरू धराशायी हुने खतरा देखिएको छ । आई एसपीहरूबाट बिसौँ वर्षदेखि रोयल्टी राजस्व र ग्रामीण दूरसञ्चार विकास कोष शुल्क समयमा नै उठाउने जिम्मेवारी प्राधिकरणले पूरा नगरेको कारण आज आइएसपीहरूले एकै पटक उक्त शुल्क सहित मासिक थप २% जरिवाना समेत सरकारलाई एकै पटक बुझाउने पर्ने अवस्था सृजना हुनुमा प्राधिकरण नै प्रमुख जिम्मेवार रहेको देखिन्छ ।

    प्राधिकरण र यसका जिम्मेवार पदाधिकारीहरूले विगतमा आफ्नो कर्तव्य पूरा नगरेको कारण आइएसपीहरूलाई अहिले आएर ठूलो मर्का परेको छ यस्तोमा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरूलाई कानूनको दायरामा ल्याउनु पर्छ कि पर्दैन ? आइएसपीहरूलाई मात्र दण्ड जरिवाना गराएर प्राधिकरणको नेतृत्व र जिम्मेवार पदाधिकारीहरूलाई उन्मुक्ति दिने कार्यले गर्दा भविष्यमा समेत प्राधिकरण र केही पदाधिकारीहरू पुनः गैर जिम्मेवार र अराजक भई उभिने सम्भावना अधिक देखिन्छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणकै असक्षमता तथा अकर्मण्यताले गर्दा हाल नेपालका इन्टरनेट सेवा प्रदायक संस्थाहरूले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व रोयल्टी एवम् दूरसञ्चार सेवा दस्तुरको बक्यौता दूरसञ्चार सेवा प्रदायकहरूले धान्नै नसक्ने अवस्थामा पुगेको छ । जसको प्रमुख कारण नेपाल दूरसञ्चार प्राधिकरण नै हो । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम दूरसञ्चार सेवाको दस्तुर तोक्नु पर्ने र यसरी तोकिएको शुल्क दूरसञ्चार सेवा प्रदायकहरूले उपभोक्ताबाट लिन पाउने व्यवस्था कानूनमा नै गरिएको भए तापनि प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गरेन ।  इन्टरनेटका उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई तिर्नु बुझाउने पर्ने शुल्क नतोकिएको हुनाले इन्टरनेट सेवाको शुल्कमा विवाद हुँदै आएको र सोही विवादको कारणको परिणामस्वरूप हाल आएर इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई ठूलो आर्थिक भार थपिन गएको छ ।

    सञ्चार मन्त्री खरेलसामु खस्किँदो दूरसञ्चार सेवा प्रदायकको अवस्थालाई कानुनी रूपमा नै सम्बोधन गरी नेपालको भूगोल तथा जनसङ्ख्याले धान्न सक्ने सङ्ख्यामा मात्र सेवा प्रदायकहरू कायम रहने गरी दिर्घकालीनरूपमा समस्या समाधानको लागि कानुनमा नै व्यवस्था गरी इन्टरनेट सेवा प्रदायकहरूलाई मर्जरको व्यवस्था एवम् मर्जरमा जान प्रोत्साहित गर्ने गरी लाभकरमा छुट लगायत केही समय आयकरमा छुट तथा लगानीको लागि सहज रूपमा कर्जा उपलब्धताको लागि वातावरण निर्माण गर्नु चुनौतीपूर्ण रहेको देखिन्छ ।

    १. अनुमति पत्र नवीकरणमा भ्रष्टाचार तथा भेदभाव

    दूरसञ्चार ऐन, २०५३ बमोजिम मोबाइल सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्था नेपाल टेलिकम र एनसेल प्रत्येक सेवा प्रदायक संस्थाले अनुमति पत्र नवीकरणको लागि नवीकरण दस्तुर बापत एकमुस्ट रू. २० अर्ब अग्रीमरूपमा बुझाउनु पर्ने हुन्छ । तर, विगतमा अनेकन पटक मन्त्रिपरिषद्बाट निर्णय गराई ती संस्थाहरूले अग्रीमरूपमा तिर्नुपर्ने दस्तुर तिर्नु नपर्ने गराइयो । उक्त निर्णय तत्कालीन अवस्थामा नेपाल टेलिकमको लागि गराइएको भए तापनि सोही प्रकृतिको निर्णय एनसेलको लागि समेत गराएर तत्कालीक सरकार, प्रधानमन्त्री, सञ्चारमन्त्री, सञ्चार सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष लगायतका पदाधिकारीहरूले लाभ लिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत बेरुजु कायम गरिएको छ ।

    दूरसञ्चार ऐन, २०५३ मा भएको व्यवस्था विपरीत निर्णय गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको सम्बन्धमा अनुसन्धान गर्नु पर्ने र भ्रष्टाचार गर्ने उपर कारबाही समेत गर्नु पर्ने आवश्यकता रहेको छ । विगतमा गरिएको गलत निर्णयलाई ढाकछोप गर्न अहिले आएर एनसेलको अनुमति पत्र नवीकरण गर्दा अग्रिम रूपमा बुझाउनु पर्ने २० अर्ब रकमलाई पाँच वर्ष भित्र किस्तामा बुझाए हुने गरी निर्णय समेत मन्त्रीपरिषद्बाट गराइएको छ । यसले गर्दा एनसेलका सम्बन्धमा नेपाल सरकार, सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणबाट गरिएको निर्णयहरूमा भेदभाव स्पष्ट रूपमा देखिएको छ । मन्त्री खरेलसामु विगतमा मोबाइल सेवाको अनुमति पत्र प्रदान गर्दा र अनुमति पत्रको नवीकरण गर्दा गरिएला अनियमितताहरूको छानबिन गरी दोषी उपर कारबाही गर्ने चुनौती रहेको देखिन्छ ।

    २. गैर कानुनी ओटीटीहरूको नियमन:

    हाल नेपालमा दूरसञ्चार सेवा र प्रसारण सेवामा ओटीटी प्लेटफर्मको प्रयोग बढेर गएको छ । दूरसञ्चार सेवामा विभिन्न खाले एप्सहरू जस्तै: म्यासेन्जर, ह्वाट्सएप, भाइवरलगायतले गर्दा एकातिर मोबाइलको भ्वाइस सेवाबाट मोबाइल सेवा प्रदायकहरूलाई प्राप्त हुनु पर्ने आम्दानी प्राप्त नहुँदा अर्कोतिर नेपाल सरकारको राजश्व समेत गुमिरहेको छ भने मोबाइल सेवा प्रदायकहरू आर्थिक रूपमा धराशायी हुने खतरा उत्पन्न भएको छ ।

    त्यस्तै टेलिभिजन प्रसारणमा समेत युट्युब लगायतका ओटीटी एपको बढ्दो प्रयोगले गर्दा स्वदेशी टेलिभिजन उद्योगहरू र उपभोक्ताहरूलाई टेलिभिजन वितरण गर्ने संस्थाहरूलाई समेत आर्थिक रूपमा ठूलो हानी नोक्सानी भइरहेको छ र ती उद्योग र व्यवसाय धराशायी हुँदै गइरहेका छन् ।

    मन्त्री खरेलसामु दूरसञ्चार सेवा र प्रसारण सेवामा प्रयोग भइरहेका ओटीटी प्लेटफर्मलाई स्वदेशी कानुन बमोजिम सेवा सञ्चालनको अनुमति पत्र÷ ईजाजतपत्र लिन लगाएर कानुनी दायरा तथा करको दायरामा समेत ल्याई विभिन्न प्रविधिबाट प्रदान गरिने दूरसञ्चार सेवा तथा प्रसारण सेवाका सेवा प्रदायकहरूबीचमा स्वस्थ प्रतिस्पर्धा हुने वातावरण निर्माण गर्नु चुनौतीपूर्ण रहेको देखिन्छ ।

    ३.RTDF (ग्रामीण दूरसञ्चार विकास कोष) को दुरुपयोग

    ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनमा लगाउनु पर्ने गरी दूरसञ्चार ऐन, २०५३ बमोजिम स्थापित ‘ग्रामीण दूरसञ्चार विकास कोष’ को रकम गैर कानुनी रूपमा अपचलन गरी व्यापक अनियमितता भएको पाइएको छ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालन हुने प्रत्याभूतिसहित परिचालन गरिनु पर्ने उक्त कोष सो अनुरूप परिचालन नभई केही निश्चित दूरसञ्चार सेवा प्रदायकहरूको स्वार्थ अनुरूप सहरी क्षेत्रमा परिचालन गरी नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालय समेतले दूरसञ्चार ऐन, २०५३ को खिलाफ कार्य गरेको पुष्टि भएको छ ।

    के हो ग्रामीण दूरसञ्चार विकास कोष ?

    दूरसञ्चार ऐन, २०५३ को दफा २४ मा भएको व्यवस्थाअनुरूप हाल नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरूले निजहरूको वार्षिक कूल आम्दानीको २% का दरले हुने रकम दूरसञ्चार ऐन, २०५३ को दफा ३० बमोजिम स्थापना भएको ‘ग्रामीण दूरसञ्चार विकास कोष’ मा जम्मा गर्नु पर्ने कानुनी व्यवस्था गरेको छ । सो अनुरूप हाल मोबाइल सेवा सञ्चालन गरिरहेका संस्थाहरू: नेपाल टेलिकम तथा एनसेल एवम् इन्टरनेट सेवा प्रदायक (आइएसपी) संस्थाहरूले यो कोषमा रकम जम्मा गर्दै आइरहेका छन् ।

    ‘ग्रामीण दूरसञ्चार विकास कोष’ को परिचालनसम्बन्धी कानुनी व्यवस्था

    ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन के, कसरी र कहाँ गर्ने भन्ने सम्बन्धमा दूरसञ्चार ऐन, २०५३ को दफा ३० मा स्पष्ट कानुनी व्यवस्था गरिएको छ ।
    दफा ३० (निर्देशित क्षेत्रमा दूरसञ्चार सेवा विकास, विस्तार र सञ्चालन गर्नु पर्ने)
    (१)    दफा २४ को उपदफा (३) र (४) बमोजिम अनुमति पत्र प्राप्त व्यक्तिले आफ्नो कुल लगानीको तोकिए बमोजिमको प्रतिशत ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको बाकस, बिस्तार र सञ्चालनमा लगाउनु पर्नेछ ।
    (२)   उपदफा (१) बमोजिम विकास, विस्तार र सञ्चालन गर्नु पर्ने ग्रामीण क्षेत्र अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएकोमा प्राधिकरणले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
    (३)    उपदफा ९१) र (२) बमोजिम कुनै एक अनुमति पत्र प्राप्त व्यक्तिले विकास, विस्तार र सञ्चालन गर्नु पर्ने दूरसञ्चार सेवा आपसी सहमतिको आधारमा कुनै अर्को अनुमति पत्र प्राप्त व्यक्तिले विकास, विस्तार र सञ्चालन गर्न चाहेमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी अनुमति दिन सक्नेछ ।
    (४)   ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको बाकस, विस्तार र सञ्चालनका लागि प्राधिकरणले एक कोष खडा गर्नेछ र अनुमति पत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आएको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक वर्ष सो कोषमा जम्मा गर्नु पर्नेछ ।
    (५)   उपदफा (४) बमोजिमको कोषमा जम्मा भएको रकम प्राधिकरणले नेपाल सरकारको दूरसञ्चार सम्बन्धी नीतिको अधीनमा रही ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको बाकस, विस्तार र सञ्चालनका लागि प्रयोग गर्नु पर्नेछ ।
    (६)    उपदफा (५) बमोजिम दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालन गर्नको लागि प्राधिकरणले कुनै अनुमति पत्र प्राप्त व्यक्तिलाई तोक्न सक्नेछ र त्यस्तो अनुमति पत्र प्राप्त व्यक्तिले प्राधिकरणले तोके बमोजिमको ग्रामीण क्षेत्रमा दूरसञ्चारको विकास, विस्तार र सञ्चालन गर्नु पर्नेछ ।

    कसरी गरिए RTDF को अपचलन र अनियमितता ?

    दूरसञ्चार ऐन, २०५३ को दफा ३० ले RTDF कोषको परिचालन ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनमा प्रयोग गर्ने विधि र पद्धतिको बारेमा स्पष्ट रूपमा व्यवस्था गरेको भए तापनि त्यस विपरीत हुने गरी RTDF कोषको व्यापक दुरुपयोग गरिएको छ । यस कोषबाट सञ्चालन गरिएका आयोजनाहरूको अन्तिम लक्ष्य भनेकै ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालन गर्नु नै हो तर, यस कोषबाट अधिकतम रकमको परिचालन सहरी क्षेत्रमा गरिनु तर कोषको अत्यन्त न्यून रकम मात्र ग्रामीण क्षेत्रमा परिचालन हुनु नै यस कोषको दुरुपयोगको प्रमाण हो । ग्रामीण क्षेत्रको नाममा सहरी क्षेत्रमा सेवा सञ्चालन गर्नेहरूले लुट गरेका छन् । त्यसलाई नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयले साथ दिएको छ, मौन समर्थन गरेको छ ।
    • RTDF कोषबाट सहरी क्षेत्रका पूर्वाधारमा ठूलो लगानी गरिएको छ । यो कोषको अधिकांश रकम सहरी क्षेत्रमा परिचालन गरी न्यून रकम मात्र ग्रामीण क्षेत्रमा परिचालन गरिएको छ ।
    • यसै कोषबाट सहरी क्षेत्रका विद्यालयहरूमा कम्प्युटर लगायतका सामग्री खरिद गरिएको छ । यो कोषबाट दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालन गरिने स्पष्ट कानुनी व्यवस्थाको खिलाफ दूरसञ्चार सेवाको पहुँच नै नपुगेका स्थानहरूमा कम्प्युटर सामग्री खरिद गरेर व्यापक अनियमितता गरिएको मात्र नभएर उक्त कम्प्युटर लगायतका आइटी उपकरणहरूको टेन्डर प्रक्रियामा समेत मिलेमतोमा अनियमितता गरी अत्यधिक लागत अनुमान तयार गरी टेन्डर प्रक्रियामा न्यूनतम रकम रू. १३५ करोड प्रस्ताव गर्ने बोलपत्रलाई जबरजस्ती अयोग्य बनाई सबैभन्दा अधिकतम रकम रू. ३५० करोड प्रस्ताव गर्ने संस्थालाई टेन्डर अवार्ड गरेर अर्बौँ रकम भ्रष्टाचार गरी राज्य कोषको चरम दुरुपयोग गरिएको छ ।
    • यसै कोषको परिचालन गरी स्थानीय पालिकाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणले अनुदान समेत दिएको छ । यो चरम दुरुपयोग को उदाहरण हो !
    • वाई फाइ हटस्पटको नाममा गैर कानुनी रूपमा रेडियो फ्रिक्वेन्सीको प्रयोग गरी वाई फाइ राउटरको लागि निर्धारण गरिएको अधिकतम क्षमता भन्दा बढी क्षमतामा वाई फाइ राउटर सञ्चालन गरेर जनस्वास्थ्यमा प्रतिकूल असार पुर्‍याएको छ ।

    Level Playing Field अवधारणाको खिलाफ NCELL माथि विभेद:

    नेपाल सरकारले दूरसञ्चार क्षेत्रलाई खुला गरी यसमा निजी क्षेत्र तथा विदेशी लगानी समेत गर्न सकिने व्यवस्था गरे पश्चात् दूरसञ्चार ऐन, २०५३ अनुरूप मोबाइल सेवाको अनुमति पत्र प्राप्त संस्था एनसेललाई सुरुवाती दिनदेखि नै दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालय दुवैले विभेद गर्दै आएको पाइएको छ ।
    जीएसएम मोबाइल सेवा सञ्चालनको लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको उपलब्धता देखि टावर, पावर, अप्टीकल फाइबर बिछ्याउने लगायतका हरेक क्रियाकलापहरूमा एनसेलमाथि विभेद गरिएको छ । समान धरातलका दूरसञ्चार सेवा प्रदायकहरूबीच नियामक निकायले समान व्यवहार गरी दूरसञ्चार सेवामा मूल्य र गुणस्तरको आधारमा प्रतिस्पर्धाको सुनिश्चितता गर्नुपर्ने नियामयकी जिम्मेवारीबाट नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालय दुवै चुकेको देखिन्छ । २ जी, ३ जी, ४ जी मोबाइल सेवा सञ्चालनको लागि सधैँ नेपाल टेलिकमलाई पहिले फ्रिक्वेन्सी प्रदान गर्ने र एनसेललाई सधैँ पछि मात्र फ्रिक्वेन्सी दिने प्राधिकरण र सञ्चार मन्त्रालयको विभेदपूर्ण नीतिले गर्दा मोबाइल सेवाको प्रतिस्पर्धामा नेपाल टेलिकमलाई सधैँ फाइदा पुगेको र एनसेल लाई सधैँ बेफाइदा पुर्‍याइएको अवस्था छ ।
    दूरसञ्चार सेवाको अनुमति पत्र नवीकरणमा समेत विभेदको नीति कायमै छ । नेपाल टेलिकमले अग्रिम रूपमा बुझाउनुपर्ने अनुमति पत्र नवीकरण दस्तुर उसले पाँच वर्षपश्चात् तिरे पनि हुने तर, जनसेलबाट भने अग्रीम रूपमा असुल गर्ने सरकारी नीति एनसेलमाथि नियामक निकाय प्राधिकरण र सञ्चार मन्त्रालयले गरेको विभेद नै हो ।
    पछिल्लो समय नेपालमा ५जी प्रविधिको मोबाइल सेवा सञ्चालनको ट्रायलको लागि नेपाल टेलिकमलाई चार वर्ष पहिले नै २६०० GHz ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको दूरसञ्चार प्राधिकरणले एनसेललाई भने हालसम्म पनि उक्त अवसर दिएको छैन । त्यति मात्र नभएर दूरसञ्चार उपकरण तथा पूर्वाधारको आयातमा समेत नेपाल टेलिकमलाई सहज परिस्थिति सृजना गरिएको तर, एनसेललाई भने दूरसञ्चार उपकरण आयातमा प्राधिकरणबाट अवरोध गरिएको हुँदा फोर जी मोबाईल सेवाको विस्तारमा एनसेललाई कठिनाइ भइरहेको छ ।
    एनसेलमाथि दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालय तथा सिङ्गो सरकारले गरेको विभेदको विषय अन्तर्राष्ट्रिय अदालत सम्म पुगेको तथ्य सर्वविदितै छ । यस्तो अवस्थामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सामु कानूनको समान परिपालन गरी समान धरातलका सेवा प्रदायकलाई समान व्यवहार गर्नुपर्ने चुनौती थप भएको छ ।

     ५.    मन्त्रालय मातहतका निकायमा विगतमा भएका भ्रष्टाचार काण्ड:

    जेनजी पुस्ताको आन्दोलन र माग अनुरूप बनेको सरकारका मन्त्री जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीको रूपमा जिम्मेवारी बहन गरिरहँदा उनलाई विरासतमा भने सञ्चार मन्त्रालय र मातहतका निकायमा भए गरेका अनेकन भ्रष्टाचारका काण्डहरू मिलेको छ ।
    आगामी फागुन २१ मा चुनाव गराउने घोषणा गरेको यो सरकारको निर्माण गत भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको क्रान्ति र वलिदानिको जगमा उभिएको छ । जेनजी पुस्ताले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखी गरेको आन्दोलनको म्यान्डेट अनुरूप मन्त्री खरेलले सञ्चार मन्त्रालयमा विगतमा भएका भ्रष्टाचारका काण्डहरूमाथि छानबिन गरी सत्य तथ्य आम जनमानस सामु राख्नु पर्ने चुनौती समेत रहेको देखिन्छ ।
    नेपाल टेलिकमको बिलिङ काण्ड, नेपाल टेलिकमकै ४ जी काण्ड तथा Small Cell काण्ड लगायतका काण्डहरू, नेपाल दूरसञ्चार प्राधिकरणको आइटी ल्याब काण्ड, टेरामोक्स काण्ड, MDMS काण्ड, IT  IT Simulation Lab काण्ड, RF Optimization काण्ड, RTDF लुट काण्ड लगायतका काण्डहरू, सेक्युरिटी प्रिंटिङ्ग प्रेस काण्ड अन्तरगत प्रिन्टिङ मेशिन काण्ड, जेनरेटर काण्ड, फ्युल ट्याङ्क काण्ड लगायतका काण्डहरू, साबिकको GIDC (NITC) अन्तरगतको National Payment Gateway काण्ड, नेपाल टेलिभिजनको साढे नौ करोडको नक्कली बैङ्क ग्यारेन्टी काण्ड, ग्राफिक्स उपकरण काण्ड, स्टुडियो उपकरण काण्ड, स्याटेलाईट काण्ड, ब्युरो उपकरण काण्ड, HD उपकरण खरिद काण्ड, भवन निर्माण काण्ड लगायतका काण्डहरूमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कानुन बमोजिम दण्ड सजाय दिलाउन अविलम्ब पहलकदमी गर्नुपर्ने चुनौती जेनजीको बलिदानीको जगमा बनेको सरकारको सञ्चार मन्त्री जगदीश खरेललाई हुनेछ ।
    मन्त्रालय मातहतका निकायहरूमा विगतदेखि नै एमाले, कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरूको अघोषित भर्ती केन्द्र बनाइएको छ । त्यस्तो भर्तीकेन्द्रमा गैर कानुनी रूपमा राखिएको राजनीतिक कार्यकर्ताहरू र भरौटेहरूलाई तुरुन्त निकाला गरी जेनजी पुस्ताको माग र चाहनाअनुरूप स्वस्थ र निष्पक्ष प्रतिस्पर्धामार्फत् जनशक्ति व्यवस्थापन गर्नु मन्त्री खरेलको प्रमुख प्राथमिकता हुनु पर्दछ ।

    ७. बक्यौता असुली

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायहरूबाट नेपाल सरकारलाई प्राप्त हुनु पर्ने राजस्व, फ्रिक्वेन्सी शुल्क, अनुमति पत्र तथा नवीकरण शुल्क, RTDF शुल्क, दूरसञ्चार सेवा शुल्क लगायतका शुल्क तथा दस्तुरहरू असुल उपर गर्नु पर्ने प्रमुख चुनौती मन्त्री खरेल सामु रहेको छ ।

     निष्कर्ष:

    जेनजीको बलिदानी पूर्ण क्रान्तिले दिएको सन्देश स्पष्ट छ: ‘भ्रष्टाचारको अन्त्य र सुशासन कायम’ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलसामु यिनै वीर जेनजी पुस्ताको इच्छा, चाहना र रोडम्याप अनुसार सञ्चार मन्त्रालय र मातहतका निकायमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु पर्ने चुनौती रहेको छ ।
    यो सामान्य प्रक्रियाबाट संविधान बमोजिमको सरकार होइन ! जेनजी पुस्ताको रगतले आवश्यकताको सिद्धान्त बमोजिम जनादेश प्राप्त सरकार हो । त्यसैले, अन्य सरकारहरूको पालोमा जस्तो चुप लागेर बस्ने वा सरकार परिवर्तन मात्र गर्ने वा व्यवस्था परिवर्तन मात्र गरे पुग्ने अवस्था होइन ! अहिले जेनजीपुस्ता मात्र होइन जेनजीका बुबा–आमा पुस्ता र हजुरबुबा–हजुरआमा पुस्ताले समेत अवस्था परिवर्तनको माग र अपेक्षा गरेका छन् । मन्त्री खरेल स्वयम्ले पनि सञ्चारकर्मीको रूपमा भ्रष्टाचारको विरुद्धमा धेरै पटक बोलेका छन्, भ्रष्टाचारका आरोपितहरूलाई जनता सामु उभ्याएर निर्मम ढङ्गबाट जनबोली अनुरुका प्रश्नरूपी वाण चलाएका छन् । त्यसैले, मन्त्री खरेललाई भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कायम गर्न गरिनु पर्ने पहलकदमीको बारेमा राम्रो ज्ञान रहेको आम नेपालीहरूको बुझाई छ ।
    प्राधिकरण र यसका जिम्मेवार पदाधिकारीहरूले विगतमा आफ्नो कर्तव्य पूरा नगरेको कारण आइएसपीहरूलाई अहिले आएर ठूलो मर्का परेको छ यस्तोमा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरूलाई कानूनको दायरामा ल्याउनु पर्छ कि पर्दैन ? आइएसपीहरूलाई मात्र दण्ड जरिवाना गराएर प्राधिकरणको नेतृत्व र जिम्मेवार पदाधिकारीहरूलाई उन्मुक्ति दिने कार्यले गर्दा भविष्यमा समेत प्राधिकरण र केही पदाधिकारीहरू पुनः गैर जिम्मेवार र अराजक भई उभिने सम्भावना अधिक देखिन्छ ।
    सरकारी निर्णय प्रक्रियालाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न डिजिटल प्रविधि र सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग, सार्वजनिक खर्च कटौतीको लागि सञ्चार मन्त्रालय र मातहतका सबै सार्वजनिक निकायहरूमा अस्थायी दरबन्दी र करार दरबन्दी बाहेकमा राखिएका करार जनशक्ति खारेजी, सरकारी सञ्चार माध्यमलाई जनमुखी बनाउने, नियामक निकायहरूको पुनर्गठन, सार्वजनिक सेवा प्रसारण नेपालको पुनर्गठन, दूरसञ्चार र प्रसारण सेवाका ओटीटी प्लेटफर्मलाई कानुनी दायरामा ल्याई कर प्रणालीमा आवद्ध गर्नु पर्ने, युवा केन्द्रित आइसीटी नीति निर्माण, स्वयंसेवक रूपमा कार्य गर्ने गरी मन्त्रालयमा Gen–Z Digital Council गठन, आइसीटी क्षेत्रमा युवा स्टार्टअपलाई प्रोत्साहन, Whistleblower र अनुसन्धानात्मक पत्रकारलाई कानुनी सुरक्षा तथा विद्युतीय कारोबार ऐन, २०६३ को सिकञ्जाबाट उन्मुक्ति दिलाउनु पर्ने, आइसीटी क्षेत्र १००% विदेशी लगानी गर्न सकिने कानुनी व्यवस्था गर्नु पर्ने लगायतका कार्यहरू मन्त्री खरेलबाट अपेक्षा गरिएका छन् ।
    स्मरण रहोस् ! सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले भनेको जस्तो केवल फागुन २१ मा चुनाल गराउनको लागि मात्र यो सरकार गठन गरिएको होइन ! यो सरकार जेनजी पुस्ताको माग र चाहना अनुरूप परम्परागत शक्तिलाई विस्थापित गर्दै जेनजी पुस्ताको माग पूरा गर्न बनेको सरकार भएको हुँदा माथि उल्लेख गरिएका कार्यहरू मन्त्री खरेलको लागि पहिलो प्राथमिकताका कार्यहरू हुनु पर्दछ ।
    चुनाव गराउनु पर्ने जिम्मेवारी यो सराकारको दोस्रो प्राथमिकताको विषय हो । पहिलो प्राथमिकताको विषय भनेकै जेनजी पुस्ताको माग र चाहना पूरा गर्नु नै हो जसमा संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरी सोही प्रयोजनको लागि चुनाव गरिनु पर्दछ । नेपालको संविधान (२०७२) लाई नै जपेर बसिरहने उद्देश्य सुशीला कार्की र उनको मन्त्रिपरिषद्का सदस्यहरूको हो भने बेलैमा मैदान खालि गर्नु राम्रो ! त्यो पनि बिना रक्तपात र हत्याहिंसा नै ! यसैमा सारा नेपाली जन र मानवजातिको कल्याण हुनेछ ।
  • यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

    यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

    काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका छन् ।

    बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय भएको छ ।

    त्यस्तै नेपाली सेनातर्फ २ जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र ९ जना महासेनानीको सहायक रथिमा बढुवा गर्ने तथा ३ जना सहायक रथीको सरुवा गर्ने निर्णय भएको छ ।

    बैठकले नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधितर्फका २ जना सचिवको राजीनामा पनि स्वीकृत गरेको छ । राजीनामा दिनेमा रामगोविन्द अर्याल र रमेश शर्मा रहेका छन् ।

    यी हुन् निर्णयहरू

     

  • तामझामसाथ गोन्जाओ उडान गर्ने नेवानीको तयारीमा प्रधानमन्त्री कार्यालयको चासो- हिजोको रद्द, आज अनुमति कुर्दै

    तामझामसाथ गोन्जाओ उडान गर्ने नेवानीको तयारीमा प्रधानमन्त्री कार्यालयको चासो- हिजोको रद्द, आज अनुमति कुर्दै

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको गोन्जाओमा ‘प्रमोसनल उडान’ प्रति प्रधानमन्त्री कार्यालयले चासो राखेको छ ।

    गएराति उडान सुरूको खुशीयालीमा सांस्कृतिक टीमसहितको जम्बो टोली चीन जान लागेको तयारी नेपाल प्रेसले उजागर गरेको थियो । मितव्ययिता र खर्च कटौतीलाई सरकारले प्राथमिकता दिएको बेला फजुल खर्च गर्न लागिएको भन्दै यस विषयमा प्रधानमन्त्रीको सचिवालयले चासो राखेको स्रोतले बतायो ।

    अर्बौं रूपैयाँ ऋण र घाटामा डुबेको संस्थाले ढुकुटी झन् रित्याउन खोजिएको भन्दै आन्तरिक रूपमा पनि असन्तुष्टि बढेको थियो ।

    निगमका अध्यक्ष युवराज अधिकारी केही सञ्चालक, मार्केटिङसहित नाचगानको लागि सांस्कृतिक टोली लिएर फ्लाइट नम्बर आरए ४१७ को एयर बस ३२० राति १० बजे गोन्जाओ उड्ने तयारी थियो । तर, उक्त फ्लाइट रद्द भयो ।

    नेवानीका अधिकारीले भने गोन्जाओ एयरपोर्टबाट ल्याण्ड टाइमको अनुमति नपाएकाले उडान रोकिएको जिकिर गरिएको छ । पुन: उडानका लागि तयारी भइरहेको नेवानीका प्रवक्ता एवं ग्राउण्ड सपोर्ट डिपार्टका डेप्युटी डाइरेक्टर सुवास डाँगीले जानकारी दिए ।

    नेवानीको गोन्जाओ उडान तामझामसाथ उद्घाटनको तयारी, ‘नर्तकी’ सहितको जम्बो टोली चीन जाँदै

    ‘आज सम्भव हुन्छ कि भनेर प्रयास भइरहेको छ । उताबाट फ्लाइट प्रमिसन आउने कुरामा लाष्ट आवरमा ढिला भएकाले अड्किएको हो । अर्को डेटको अप्लाइ भइरहेको छ’, डाँगीले भने ।

    अनुमति नै नलिई उडाउन खोजिएको थियो त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘पहिलै त्यहाँको नागरिक उड्डयन प्राधिकरण, एयरपोर्टको परमिट, रुटलगायतका परमिट नलिई त उडान राखिन्न । धेरै चरण हुने भएकाले लास्टको फ्लाइट प्लान अपडेट एप्रुभल गर्नुपर्छ । त्यो हिजो भएन । आज बेलुकालाई हुन्छ कि !’

    उनले बाहिर आएजस्तो धेरैजनाको टीम नभई सानो छरितो टीम भएको दाबी गरे । यात्रुसहित ४०/४२ जना भएको भन्दै डाँगीले ट्राभल एजेन्सीलगायत केही आफ्नै खर्चमा जान लागेको बताए । आलोचना बढेपछि केहीको नाम काट्ने पनि तयारी भएको निगम स्रोतले बतायो ।

    जहाज होल्ड गरिँदा दुबई, जापान, कतारलगायतको उडानहरू रद्ध हुने र टिकट अन्य एयरलाइन्सको टिकट तुलनात्मकरूपमा महँगोमा किन्न बाध्य हुनुपर्ने साथै यसमा कमिसनको समेत खेल भएको आशंका पनि जानकारहरूले गरेका छन् ।

  • माओवादी बैठकमा १० समूहको निष्कर्ष- प्रचण्डमात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ

    माओवादी बैठकमा १० समूहको निष्कर्ष- प्रचण्डमात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पेश भएका प्रस्तावहरूमा समूहगत धारणा राख्ने क्रम सकिएको छ । जारी बैठकमा अब बोल्न बाँकी पदाधिकारीले आफ्नो कुरा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सक्ने तयारी छ ।

    बैठकमा कोसीबाट अजम्बर काङमाङ, मधेशबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्र शाही, सुदूरपश्चिमबाट हरि ज्ञवाली ‘अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत धारणा राखेका हुन् ।

    बैठकमा समूहगत धारणा राख्ने सबै नेताहरू अध्यक्ष प्रचण्ड निकटका हुन् । उनीहरूले प्रचण्डको प्रस्तावको समर्थन गर्दै मंसिरमा विशेष महाधिवेशन, केन्द्रीय कमिटी विघटन र प्रचण्ड नेतृत्वमा आयोजक समिति गठन गर्नुपर्ने धारणा राखेका छन् ।

    उनीहरूको साझा भनाइ थियो, ‘पार्टी रूपान्तरण गर्नुपर्छ तर, प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ। सबै दोष अध्यक्षलाई देखाएर अरू उम्कन मिल्दैन ।’

    समूहगत धारणा राख्ने बेलामा नेताहरूले ९५ प्रतिशतभन्दा धेरै प्रचण्डको प्रस्तावमा उभिएको एक नेताले दाबी गरे । प्रचण्डलाई नेतृत्व छाड्न भन्दै प्रस्ताव अघि सारेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको पक्षको प्रस्तावको पक्षमा केही कुरा उठे पनि धेरैले आलोचना भएको ती नेताले बताए ।

  • माओवादी बैठक- यी हुन् समूहगत धारणा राख्ने १० टोली नेता

    माओवादी बैठक- यी हुन् समूहगत धारणा राख्ने १० टोली नेता

    काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी बैठकमा अहिले नेताहरूले अध्यक्ष प्रचण्डसहित बैठकमा प्रस्तुत भएका प्रस्तावमाथि समूहगत धारणा राख्ने क्रम जारी छ।

    हिजो अध्यक्ष प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रस्ताव राखेका थिए।

    त्यो प्रस्तावमा छलफलका लागि सातवटा भौगोलिक र तीनवटा गैरभौगोलिक गरी १० वटा समूह बनाइएको थियो।

    बैठकमा बोल्न टोली नेतालाई १० र पदाधिकारीलाई ५ मिनेट समय दिइएको छ।

    यी हुन् टोली नेता

    १. कोसी- अजम्बर काङमाङ

    २. ⁠मधेश- मातृका यादव

    ३. ⁠बागमती- सरल सहयात्री

    ४. ⁠गण्डकी- हरि अधिकारी

    ५. ⁠लुम्बिनी- सुदर्शन बराल

    ६. ⁠कर्णाली- महेन्द्र शाही

    ७. ⁠सुदूरपश्चिम- हरि ज्ञवाली ‘अखण्ड’

    ८. उपत्यका ⁠विशेष प्रदेश- जगत सिंखडा

    ९. ⁠सम्पर्क विशेष प्रदेश- यशोदा सुबेदी

    १०. ⁠प्रवास र आयोग- आरबि खड्का

  • नेतृत्वमा प्रचण्डको विकल्प छैन : पासाङ

    नेतृत्वमा प्रचण्डको विकल्प छैन : पासाङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पासाङले माओवादीमा प्रचण्डको विकल्प खोज्न नहुने पक्षमा उभिएका छन्।

    वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न दबाब बढाइरहेको बेलामा पुन प्रचण्डको पक्षमा उभिएका हुन्।

    उनले पार्टी मात्रै नभई देश नै अफ्ठेरो अवस्थामा गुज्रिरहेको बेलामा प्रचण्डको विकल्प सोच्न नहुने उनको भनाइ थियो।

    अहिले बैठकमा समूहगत छलफलपछि टोली नेता र पदाधिकारीले धारणा राख्ने क्रम चलिरहेको छ।

  • माओवादी बैठकमा हरिबोलले भने–नेतृत्व परिवर्तनको बहस सडकमा होइन, महाधिवेशनमा गरौँला

    माओवादी बैठकमा हरिबोलले भने–नेतृत्व परिवर्तनको बहस सडकमा होइन, महाधिवेशनमा गरौँला

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने बेला नभएको बताएका छन्।

    जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै प्रचण्डको विकल्प खोज्नेभन्दा पनि जेनजी आन्दोलन समर्थन गरेर जानुपर्ने बताए।

    उनले भने, ‘युवाहरूले आन्दोलनलाई विकृति, भ्रष्टाचारविरुद्वको विद्रोह गरेका हुन्। हामीले यसलाई समर्थन गर्नुपर्छ। तर त्यसलाई टेकेर हुनसक्ने षड्यन्त्रमा हामी सचेत हुनुपर्छ।’

    उनले कांंग्रेस एमालेकै कारणले अहिलेको परिस्थिति आएको भन्दै ओली र देउवालाई नेतृत्व छाड्न दबाब पर्नु स्वभाविक भएपनि प्रचण्डले नपर्ने तर्क गरे। उनले सडकबाट उठेको आवाजले नेतृत्व परिवर्तन नहुने भन्दै छलफल र महाधिवेशन गरेर नेतृत्वबारे निष्कर्षमा पुग्नुपर्ने बताए।

    अहिले बैठकमा समूहगत छलफलपछि टोली नेता र पदाधिकारीले धारणा राख्ने क्रम चलिरहेको छ।

    बैठकमा बोल्न टोली नेतालाई १० र पदाधिकारीलाई ५ मिनेट समय दिइएको छ।

  • काम सुस्त हुँदा सूर्यविनायक-धुलिखेल सडकमा धूलो र हिलोले यात्रुलाई सास्ती (तस्बिरहरू)

    काम सुस्त हुँदा सूर्यविनायक-धुलिखेल सडकमा धूलो र हिलोले यात्रुलाई सास्ती (तस्बिरहरू)

    काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दशैंको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ ।

    भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य वि.सं. २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरिए पनि हाल सम्म सडक विस्तार कार्य सम्पन्न हुन सकेको छैन ।

    सडक विस्तारका लागि ७.५ कि.मी. लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८।४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

    सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

    यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ।

    साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ। उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ।

    वि.सं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए।

    संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौं आवतजावत गर्दै आएका छन्।

     

     

  • खाद्यले दसैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने, अनलाइन बुकिङ गरेकाहरुको पैसा फिर्ता गर्ने

    खाद्यले दसैँमा खसी, बोका र च्याङ्ग्रा नबेच्ने, अनलाइन बुकिङ गरेकाहरुको पैसा फिर्ता गर्ने

    काठमाडौ‌ं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।

    कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु गरेको भए पनि केही दिन देखापरेको अन्योलको परिस्थितिले यातायात तथा आपूर्ति व्यवस्थापन सहज नभएपछि खरिद बिक्री कार्य नगर्ने निर्णय कृषि तथा पशुपंछी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट गरिएको कम्पनीका बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिए ।

    खसी–बोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्द भएकाले उनीहरुको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । कम्पनीले दसैँंमा खसी बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण, खरिद तथा ढुवानी लागत मूल्याङ्कन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको थियो ।

    बजारको एकाधिकार अन्त गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पारेको थियो । यसले पूर्ण प्रतिस्पर्धात्मक बजार विकासमा सहयोग पु¥याएको थियो ।

    दसैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार खसी बोकाको अतिरिक्त माग हुने गरेको जनाइएको छ । कम्पनीले दसैँमा सञ्चालन गरेको सुपथ बजार छठसम्म सञ्चालन गरिने जनाइएको छ ।

     

  • कसरी लगियो गुप्तचर विभागलाई गृह मातहत ? अध्यादेश नल्याई कानूनसम्मत नहुने

    कसरी लगियो गुप्तचर विभागलाई गृह मातहत ? अध्यादेश नल्याई कानूनसम्मत नहुने

    काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय अन्तर्गत लैजाने भनेर गरेको निर्णय कानूनसम्मत नरहेको पाइएको छ । यदि विभागलाई गृह मन्त्रालय मातहत लैजाने हो भने अध्यादेशबाट ऐनमा संशोधन गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

    तत्कालीन केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले २०७५ साल फागुनमा राष्ट्रिय अनुसन्धान विभागलाई गृहबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेको थियो । राष्ट्रिय सुरक्षाको विषयमा सूचना आदान प्रदान गर्न सेना समेत जोडिएको भन्ने तर्कसहित विभागलाई प्रधानमन्त्री मातहत लगिएको थियो ।

    त्यसक्रममा विशेष सेवा ऐन २०४२ को दफा ४ लाई संसदबाटै संशोधन गरिएको थियो । दफा ४ मा विभाग गृह मन्त्रालय मातहत रहने व्यवस्था थियो । तत्कालीन सरकारले केही नेपाल ऐन संशोधनमार्फत २०७५ फागुन १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको स्थापना हुने उल्लेख भएको थियो ।

    यसबीचमा शेरबहादुर देउवा, प्रचण्ड र फेरि ओली प्रधानमन्त्री हुँदा पनि विभाग प्रधानमन्त्री कार्यालयकै मातहत रहेको थियो । यो सरकारले गृह मन्त्रालय मातहत ल्याएको भने पनि कानूनतः प्रधानमन्त्री कार्यालयकै मातहत रहने देखिन्छ । यदि गृह मातहत ल्याउने हो भने सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष लगेर दफा ४ संशोधन गर्नुपर्ने महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीले बताए ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले सम्पर्कमा आउन चाहेनन् भने सूचना अधिकारी रवीन्द्र आचार्यले यो विषयमा आफूलाई जानकारी नभएको बताए । उनले विशेष सेवा ऐनको दफा ४ को अहिलेको व्यवस्थाबारे भने आफू जानकार रहे पनि अध्यादेश ल्याउने प्रक्रियाबारे जानकारी नभएको नेपाल प्रेसलाई बताए ।

    राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग अर्थमन्त्रालय अन्तर्गत लैजान भने कानून बाधक नबनेको ती अधिकारीले बताए ।

  • दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ

    दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ

    विराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् ।

    काठमाडौंबाट गृहजिल्ला बिर्तामोड आएका उनले स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले प्रधान सेनापति अशोकराज सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न अफर गरेको बताए । उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको दाबी गरे ।

    उनले कार्यक्रममा भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदा हुँदै एक्का किन चलाउनु ?’

    प्रसाईँले आफू ‘एक्का’ भएको जिकिर गे । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, ‘दुर्गा प्रसाईँले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेन्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्डबिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।’

    प्रसाईँले शीर्ष तीन दलका नेता राजनीतिक सुकुमबासी भएको आरोप लगाए । प्रसाईँले भने, ‘जेन-जी आन्दोलनपछि उनीहरूको उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट भएको छ । राजनीति सुकुमबासी भएका छन् ।’

    अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईँले टिप्पणी गरे । ‘बङ्गलादेशको बाछिटा नेपालमा छिर्‍यो भन्दा सुरूमा मलाई पत्याएनन् । मैले त्यही बेला भनेको थिएँ तिमीहरू कट्टु लगाएर भाग्न पाउँदैनौँ भनेर । आज नेताको कुन हविगत भएको छ ‘, उनको भनाइ थियो ।

    प्रसाईँले ओलीलाई वाल्मिकी बन्ने अवसर भएको बताउँदै कार्यकर्ता समेतले गल्ती गर्‍यौं अब सच्चिन्छौँ भन्दै आफ्नो घरमा आए आश्रय दिने बताए । केपी ओलीकै कारण सबै पार्टी सक्किएको उनको दाबी छ ।

    चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए ।

  • गृहले भन्यो- जेनजी आन्दोलनका घटनामा जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्र कारबाही

    गृहले भन्यो- जेनजी आन्दोलनका घटनामा जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्र कारबाही

    काठमाडौं । गृह मन्त्रालयले २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको भौतिक एंव मानवीय क्षतिको यथार्थ छानविन गर्न बनेको आयोगले काम सुरु गरेको छ।

    राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्नजाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम जाँचबुझ आयोग गठन भएको थियो ।

    साेही आयोगले बिहीबारदेखि काम सुरु गरेको हो ।आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको मन्त्रालयले  प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

    आयोगबाट सो कार्यादेश बमोजिम रायसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले कानून बमोजिम गर्ने कारबाही अगाडि बढाउने मन्त्रालयको भनाइ छ । गृह मन्त्रालयका अनुसार छानबिन प्रतिवेदन प्राप्त भएपछि आवश्यक कानुनी कारबाही हुने छ।

    विज्ञप्तिमा भनिएकाे छ,’आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडी नबढाइने तर गैर कानूनी रुपमा भएका र हुने गतिविधिमा कानून अनुसार कारवाही हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ ।’

     

     

  • विपद र बदमासी

    विपद र बदमासी

    विगत तीन दशकको नेपाली इतिहास नियाल्दा एउटा कटु यथार्थ बारम्बार सतहमा आउँछ- हाम्रो राज्य संयन्त्र र प्रशासनिक अभ्यासले विपदलाई जनतामाथि दुःख दिने घटनामात्र होइन, ‘बदमासी’ गर्ने अवसर’ को रूपमा लिन छोडेको छैन । युद्ध, भूकम्प, आन्दोलन वा अन्य संकट-जुनसुकै नाम दिइयोस्, हरेक पटक विपदले जनताको दुःखसँगै केही व्यक्तिहरूलाई ‘कमाउने मौसम’ पनि उपलब्ध गराइदिन्छ ।

    २०६३ सालतिर माओवादी युद्ध उत्कर्षमा पुगेको थियो । अन्तिम लडाइँमध्ये एक सिन्धुपाल्चोक सदरमुकाम चौतारामा भयो । माओवादीले जिल्ला विकास समितिलगायत धेरै सरकारी कार्यालयमा आगजनी गर्‍यो । अचम्म के भयो भने- जिल्ला विकास समितिका सबै शाखा जले तर लेखा शाखा मात्र बाँकी रह्यो ।

    त्यतिबेलाका लेखापाल नन्दु प्रधान आफैँ चिन्तित हुँदै भनेका थिए-‘सबै जले तर लेखा शाखा जलेन, किन आगो लगाइएन ?’ उनको चिन्ता कागजपत्र बाँचेकोमा होइन, बाँचेका कागजपत्रले ‘अनियमितता उजागर गरिदिने हो कि’ भन्नेमा थियो । यसले देखाउँछ-विपदमा पनि कसरी आफ्नो स्वार्थ र भ्रष्टाचार ढाकछोप गर्ने मनसाय अगाडि रहन्छ ।

    २०७२ सालको महाभूकम्पले सिन्धुपाल्चोकलाई ध्वस्त पार्‍यो । सरकारी कार्यालयका भवनहरु भत्किए, असंख्य मानवीय क्षति भयो । तर, भत्केका भवनभित्र रहेका महत्वपूर्ण कागजपत्र र फाइल सुरक्षित गर्न सकिने अवस्था हुँदाहुँदै पनि कर्मचारीहरुले त्यसो गरेनन् । पानीले भिजाएर वा छोडेर सबै नष्ट भए ।

    आजसम्म पनि त्यतिबेलाको जिल्ला विकास समितिको स्रेस्ता भेटिँदैन । प्रश्न उठ्छ-फाइल निकाल्न किन कोही कर्मचारी अघि बढेनन् ? उत्तर सजिलो छ-त्यहाँ भ्रष्टाचार र अनियमितताको गन्ध थियो, त्यसैले नष्ट हुनुमा कतिपयको चासो जोडिएको थियो । भूकम्प पीडा बनेर आयो, तर कसैको लागि ‘अपराध मेट्ने सूवर्ण अवसर’ पनि भयो ।

    भर्खरै सम्पन्न जेनजी आन्दोलनले फेरि इतिहास दोहोर्‍याएको छ । देशभरका सयभन्दा बढी स्थानीय तहका कार्यालयहरू ध्वस्त भए, सिंहदरबारमै आगजनी भयो । सयौँ सरकारी सवारीसाधन, कम्प्युटर, मोबाइल र उपकरण नष्ट भए । जनप्रतिनिधि र कर्मचारीले यो घटनाबाट पीडामात्र पाएनन् कतिपयले भने यसलाई आफ्नै स्वार्थ पूर्ति गर्ने अवसर ठाने ।

    आज पनि अवस्था फरक छैन । भदौ २३-२४ मा भएको जेनजी आन्दोलनले देशभरका कार्यालय ध्वस्त पार्‍यो, सिंहदरबारसम्म जलेर सरकारी साधनसामग्री नष्ट भए । तर, यो पीडाभन्दा बढी कतिपय कर्मचारीका लागि सुवर्ण अवसर बनेको छ-आफू प्रयोग गरिरहेका सरकारी सम्पत्ति व्यक्तिगत बनाउन, सार्वजनिक खरिद ऐन तोडेर मनपरी ठेक्का बाँड्न, र विपदलाई ‘कमाउने मौसम’ बनाउन ।

    संघीय मन्त्रालयका एक अधिकृतकै शब्दमा भन्नुपर्दा-‘सिंहदरबार अहिले कमाउने मेलाजस्तो बनेको छ । भत्केका संरचनाको मर्मत र निर्माण सिधै आफ्ना मान्छेलाई दिइएको छ, सार्वजनिक खरिद ऐनको कुनै चासो छैन ।’

    हाम्रो समाजमा उखान छ- ‘कुचोले बढार्नुपर्ने ठाउँ हावाले उडाइदियो ।’ युद्धमा, भूकम्पमा, आन्दोलनमा जसले कुचो समाएर फोहोर देखाउनुपर्ने हो, उसले नै हावामा उडाएर सबूत हराइदिन्छ । यसरी विपदले भ्रष्टाचारलाई छोपिदिन्छ, अनि नागरिक पीडित, कर्मचारी लाभान्वित हुने चक्र दोहोरिन्छ ।

    यो प्रवृत्ति सामान्य होइन, यो हाम्रो राज्य संरचनाको गहिरो रोग हो । जनताले भोग्ने दुःखलाई कम गर्नुपर्ने समयमा राज्य संयन्त्रले उल्टै जनताको टाउकोमाथि बोझ बढाइदिन्छ ।

    युद्धका समयमा गाविस सचिवहरूले माओवादीलाई पैसा बुझाएर आफ्नै कार्यालय डढाउन लगाएको कथा होस् वा भूकम्पमा सुरक्षित कागजपत्र निकाल्न नचाहेको घटना होस्, सबै उदाहरणले एकै कुरा भन्छन् विपदलाई व्यक्तिगत लाभमा बदल्ने संस्कृतिले हामीलाई खोक्रो बनाइरहेको छ ।

    अब प्रश्न उब्जिन्छ-यसलाई रोक्ने कसले ? उत्तर स्पष्ट छ- राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्र दुवैले यो रोग चिन्नु र उपचार गर्नु जरुरी छ । विपदका समयमा हुने राहत वितरण, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई पारदर्शी बनाउन कडाइपूर्वक कानुनी प्रबन्ध आवश्यक छ । विपदलाई नाफा कमाउने साधन होइन, सुधार र परिवर्तनको अवसर बनाउन सके मात्र विगतका गल्ती दोहोरिन रोकिन्छन् ।

    माओवादी युद्ध, महाभूकम्प, जेनजी आन्दोलन- यी सबै घटनाले एउटा साझा पाठ दिन्छन् : नेपालमा विपद आउँदा जनतालाई पीडा थपिन्छ, कर्मचारी र ठेकेदारलाई अवसर मिल्छ ।

    अब यो परम्परालाई तोड्नै पर्छ । नत्र, भोलि अर्को विपद आउँदा पनि जनताको आँसु बढ्नेछ र केही व्यक्तिको खल्तीमात्र भरिनेछ । अब पनि समय छ- विपदलाई अवसर होइन, सुधारको मोड बनाउन । नत्र, युद्धले, भूकम्पले, आन्दोलनले सिकाएको पीडा फेरि भोलिका पुस्ताले पनि भोगिरहनुपर्नेछ ।

  • संविधानमाथिको आक्रमणले चुनाव हुनेमा शंका- युवालाई किन नेतृत्वमा ल्याइँदै छैन ?  

    संविधानमाथिको आक्रमणले चुनाव हुनेमा शंका- युवालाई किन नेतृत्वमा ल्याइँदै छैन ?  

    गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले सामाजिक सञ्जाल बन्द तथा देशमा व्याप्त भ्रष्टाचार, बेतिथिविरुद्ध काठमाडौंमा गरेको विरोध प्रदर्शनले देश केही दिन अस्तव्यस्त बन्यो । २३ गतेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जना युवाहरूले ज्यान गुमाउनु पर्‍यो, देशलाई नै शोकमा डुबायो । बाबुआमाले आफ्ना सन्तान गुमाए, समाजले आफ्ना भविष्यका कर्णधारहरू ।

    त्यसको भोलिपल्ट २४ गते युवामा थप आक्रोश जगायो र सरकारविरुद्ध सडकमा आएका प्रदर्शनकारीको उग्र रूपपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो । प्रधानमन्त्रीको राजीनामापछि प्रदर्शन रोकिएन । फलतः प्रदर्शनकारीले संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गरे । यी संस्था नेपाली जनताको सार्वभौमिकताका प्रतीक हुन् । संसद जनताको प्रतिनिधित्वको केन्द्र हो भने सिंहदरबार प्रशासनिक शक्तिको मुख्यालय हो र सर्वोच्च अदालत न्यायिक शक्तिको सर्वोच्च निकाय हो । यी तीनै संस्थामाथि गरिएको आक्रमणले लोकतान्त्रिक व्यवस्थालाई नै चुनौती दिएको छ ।

    यसैसँगै सातै प्रदेशका प्रशासनिक भवन र सरकारी जिल्ला कार्यालयहरूमा पनि आगजनी भयो । यसले संघीय ढाँचाको शासन प्रणालीलाई गम्भीर क्षति पुर्‍याएको छ । स्थानीय प्रशासनका कार्यालयहरूको नष्ट हुनुले जनताका दैनिक कामकाजमा गम्भीर असर परेको छ ।

    राजनीतिक दलका कार्यालय पनि जलाइयो । यसले बहुदलीय लोकतन्त्रको मूल मर्ममाथि प्रहार गरेको छ । लोकतान्त्रिक व्यवस्थाका आधार स्तम्भ राजनीतिक दलका कार्यालयमाथि गरिएको तोडफोड, आगजनीले व्यवस्थामाथि थप संकटमा पारेको छ ।

    यी घटनाकै मौकामा देशैभरका कारागारमा रहेका हजारौँ कैदीबन्दीले कारागारमा तोडफोड गर्दै फरार भए । यद्यपि, केही कैदी कारागार फर्किए । अझै पनि १० हजारभन्दा बढी कैदी फरार रहेका समाचार आइरहेका छन् । यो घटनाले कानून र व्यवस्थाको स्थितिलाई पूर्णतया ध्वस्त पारेको छ । समाजमा आपराधिक गतिविधि बढ्ने खतरा चुलिएको छ ।

    फरार कैदीमा हत्या, डकैती, बलात्कार, लुटपाटलगायतका गम्भीर अपराधमा सजाय भोगिरहेका पनि छन् । उनीहरू फरार हुनुले आम नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको छ । प्रहरीले उनीहरूलाई फेरि पक्राउ गर्ने काममा व्यस्त हुनुपरेको छ र यो कार्य चुनौतीपूर्ण बनेको छ ।

    यी घटनामा देशले अकल्पनीय जनधनसहित अर्बौँको भौतिक संरचनाको क्षति व्यहोरेको छ । सरकारी भवन, अदालत, प्रशासनिक कार्यालय, राजनीतिक दलका कार्यालयको पुनर्निर्माणमा ठूलो बजेट लाग्नेछ । यसले विकास निर्माणका अन्य महत्त्वपूर्ण काममा नकारात्मक प्रभाव पार्ने निश्चितजस्तै छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास जस्ता क्षेत्रमा छुट्याइनुपर्ने बजेट भवन निर्माणमा खर्च गर्नुपर्ने बाध्यता छ ।

    पर्यटन उद्योगमा पनि यसको गम्भीर प्रभाव देखिइसकिएको छ । पर्यटकले नेपाल भ्रमणका कार्यतालिका रद्द गरेको समाचार आइरहेका छन् । यसले होटल, रेस्टुराँ, यातायातलगायतका क्षेत्रमा काम गर्ने लाखौँको जीविकामा असर पार्ने देखिएको छ ।

    दुई दिनको घटनाक्रमले देशको राजनीति नै हलचल भयो । नेपाली जनताले लामो समय संघर्ष गरेर ल्याएको व्यवस्था नै उथलपुथल हुने स्थितिसम्म पुगेको महसुस गरिएको छ । यसले धेरै महत्त्वपूर्ण प्रश्नहरू खडा गरेको छ । के साँच्चिकै देशमा केही हुँदै नभएको हो ? देशमा केही नै छैन, देश कहिल्यै बन्दैन भन्ने गलत भाष्यले यो स्थिति ल्याएको हो ? यी प्रश्नले नेपाली समाजको आत्मविश्वासमा गम्भीर असर पारेको छ ।

    राजनीतिक दलका नेतृत्वले युवालाई अगाडि बढाउन नसकेको यस्तो भएको हो भन्ने आरोप पनि लाग्दैछ । पुरानो पुस्ताका नेताहरूले नयाँ पुस्ताका आकांक्षालाई बुझ्न नसकेको र युवाहरूलाई नेतृत्व तहमा समावेश गर्न नसकेको यसको मुख्य कारण हो भन्ने विश्लेषण पनि आइरहेको छ । डिजिटल युगमा हुर्किएका युवाहरूको मानसिकता र वर्तमान व्यवस्थाका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलबीच तालमेल नखाएको देखिएकै हो त भन्ने विश्लेषण भइरहेको छ । अब यी तमाम प्रश्नहरूको छलफल राजनीतिक दलहरूले गम्भीर रूपमा समीक्षा गर्नै पर्छ ।

    राष्ट्रवादी नेतृत्वको पतन

    तत्कालीन प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा लिएको अडानलाई लिएर पनि विभिन्न अनुमानहरू लगाइएको छ । आन्दोलन हुनु केही साता अघि मात्रै ओलीले चीनको औपचारिक भ्रमणमा लिपुलेक नेपाली भूमि रहेको र त्यहाँ पछिल्लो समय भारत–चीनबीच भएको व्यापार सम्झौताप्रति आपत्ति जनाएका थिए । ओलीले नेपाली भूमिको विषयमा लिएको दृढ अडानले विदेशी शक्तिहरूलाई चित्त नबुझेको हुनसक्ने र यो त्यसकै परिणाम हुनसक्ने चर्चा अहिले सामाजिक सञ्जालमा चलिरहेको छ । राष्ट्रिय सीमाको रक्षा र सार्वभौमिकताको संरक्षणको विषयमा ओलीको स्पष्ट अडालेले अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको स्थिति बलियो बनाउँदै आएको थियो ।

    देशका दुई बलिया राजनीतिक शक्ति एमाले–कांग्रेस मिलेर देशलाई राजनीतिक स्थिरतातर्फ लैजाँदै थिए । देशमा विकासका कामले तीव्र गति लिइरहँदा गर्दा नेपाललाई स्थिरता देख्न नचाहने विदेशी शक्तिले चलखेल गर्‍यो कि भन्ने प्रश्न पनि उठिरहेको छ । भूराजनीतिक रूपमा संवेदनशील स्थानमा रहेको नेपालमा क्षेत्रीय र विश्वव्यापी शक्तिको चासो रहँदै आएको बेला देशलाई कुन शक्तिले यो अवस्थामा ल्यायो ? लगायतका प्रश्नको जवाफ समयले अवश्य दिनेछ । तर, यतिचाहिँ भन्न सकिन्छ कि, ओलीजस्तो राष्ट्रवादी, स्वाभिमानी नेतालाई पदबाट राजीनामा दिनुपर्ने अवस्था सृजना हुनु देशकै लागि दुर्भाग्य हो । अहिले देशको समय खराब छ । तर, समयले ओलीको राष्ट्रवादी अडानको महत्वलाई पक्कै दर्शाउने विश्वास छ ।

    संविधानमाथि गम्भीर आक्रमण

    नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैँले निर्वाचित गरेको संविधानसभाले बनाएको नेपालको संविधान २०७२ जारी भएको एक दशक नपुग्दै त्यसमाथि गम्भीर आक्रमण भएको छ । नेपाली जनताको जनादेशमा निर्मित लोकतान्त्रिक दस्ताबेज संविधानमाथिको आक्रमण जनताका आकांक्षा र सपनामाथिको आक्रमण हो । यसमाथि गरिएको आक्रमण नेपाली जनताकै सार्वभौमिकतामाथि गरिएको आक्रमण हो । अब सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न सबै नेपाली एक एकजुट हुनुको विकल्प छैन ।

    निवर्तमान प्रधानमन्त्री केपी ओलीले संविधान दिवसकै दिन असोज ३ गते सामाजिक सञ्जालमा शुभकामना सन्देशमा अपिल गर्नुभएको जस्तै, ‘हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ- सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय संकटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ ।’

    होला त चुनाव ?

    घटनाक्रमसँगै अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । न्यायपालिकाका पूर्वप्रमुखले सरकारको नेतृत्व गर्नु संविधानको मर्यादा विपरीतले विवादास्पद छ । यद्यपि संकटको समयमा यस्तो व्यवस्था अपनाउनुपरेको भनिए पनि यसले संवैधानिक मर्यादाबारे भने प्रश्न खडा गरेको छ ।

    प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेर यही वर्षको फागुन २१ गते चुनाव गर्ने मिति घोषणा गरिसक्नुभएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका प्रमुख दलले संसद विघटनप्रति असहमति जनाउँदै जेनजी पुस्ताको माग संसदबाट पूरा हुनुपर्ने भन्दै विघटनको निर्णय फिर्ता गर्न माग समेत गरिरहेका छन् । यसले संवैधानिक संकटलाई अझ जटिल बनाएको छ ।

    अबको ६ महिनामा चुनाव हुन्छ कि देश झन् अस्थिरतातर्फ धकेलिन्छ भन्ने आम नागरिकको चिन्ता पनि बढिरहेकै छ । राजनीतिक दलबीच मत नमिलिरहेकै अवस्थामा चुनावी तयारी र त्यसको सञ्चालन चुनौतीपूर्ण देखिने पक्का छ । यदि चुनाव भएन भने संवैधानिक संकट अझ गहिरो हुनेछ र देश अस्थिरता, अराजकतातर्फ धकेलिने खतरा छ ।

    युवालाई सुनौँ, बुझौँ

    राजनीतिक दलले आत्मसमीक्षा गर्ने समय आएको छ । दलहरूले आफ्ना कार्यक्रममा युवाको आकांक्षालाई समेट्नुपर्छ । युवा पुस्तालाई अगाडि बढाउनुपर्छ र उनीहरूलाई नेतृत्वको भूमिकामा ल्याउनुपर्छ ।

    जेनजी युवा पुस्ताले उठाएका आवाजहरूलाई सुन्नुपर्छ, छलफल गर्नुपर्छ र त्यसैबाट निष्कर्षमा पुग्नुपर्छ । युवाहरूले भ्रष्टाचार निवारण, सुशासन, रोजगारी लगायतका कुराहरू उठाउँदै आएका छन् । यी मागलाई शान्तिपूर्वक उठाउँदा हिंसक माध्यम बन्न पुग्दा अहिले देशलाई ठूलो नोक्सान पुगेको छ ।

    युवाको बलिदान व्यर्थ जानु हुँदैन । तिनका सपना र आकांक्षालाई पूरा गर्न हामी सबैले मिलेर फेरि देश बलियो बनाउने काम गर्ने संकल्प लिनैपर्छ । शान्ति, स्थिरता र समृद्ध नेपाल निर्माणका लागि सबै नेपालीको योगदान आवश्यक छ । नेपालको स्वाधीनता, सार्वभौमिकता र संविधानको रक्षा गर्न सबै नेपाली एकजुट हुनैपर्छ ।

  • सीआईबीमा गृहमन्त्री- कानूनबमोजिम काम गर्न निर्देशन

    सीआईबीमा गृहमन्त्री- कानूनबमोजिम काम गर्न निर्देशन

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कुशासनविरुद्धको आन्दोलनपछि नयाँ परिस्थिति सिर्जना भएको भन्दै प्रहरीले राजनीतिबाट प्रेरित नभई कानूनबमोजिम कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लाजिम्पाटस्थित कार्यालय निरीक्षण गर्दै गृहमन्त्री अर्यालले त्यस्तो निर्देशन दिएका हुन् ।

    ‘पहिला कुशासन थियो, त्यसकारण आन्दोलन भयो’, उनले भने, ‘अब सुशासनका निम्ति प्रहरीले कानूनबमोजिमका कामहरू प्रभावकारी ढंगले गर्दै जानुपर्ने छ ।’

    उनले प्रहरीलाई कुनै पनि काम राजनीतिक आधारमा प्रेरित नभई कानूनबमोजिम गर्न भनेका छन् ।

  • माओवादीले विशेष महाधिवेशनमा प्रतिनिधि कसरी छान्छ ? यी हुन् ११ व्यवस्था

    माओवादीले विशेष महाधिवेशनमा प्रतिनिधि कसरी छान्छ ? यी हुन् ११ व्यवस्था

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा समूहगत रूपमा नेताहरूले धारणा राख्नेछन्।

    छलफलका लागि हिजो १० वटा समूहका विभाजन गरिएको थियो। समूहगत धारणा राखेपछि प्रचण्डसहित शीर्ष नेताहरूले जवाफ दिएर बैठक आजै सक्ने तयारी छ।

    बैठकले महाधिवेशन र प्रतिनिधि सभाको चुनावमा जाने निर्णय गर्ने तयारी गरेको छ। प्रचण्डले केन्द्रीय कमिटी भङ्ग गरेर आफ्नो संयोजकत्वमा मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। त्यो प्रस्ताव आजको बैठकले अनुमोदन गरेपछि माओवादी विशेष महाधिवेशनमा जानेछ।

    यी हुन् विशेष महाधिवेशनमा प्रतिनिधित्वको व्यवस्था

    १. प्रत्येक पालिका र शाखाहरूबाट एक-एक जना ।

    २. जिल्ला र महाशाखाहरूबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गर्ने । जसमा १००० सदस्य बराबर एक जना प्रतिनिधित्व हुनेछ। सदस्य संख्याका आधारमा प्रतिनिधि चयन गर्दा प्रति तीन जनामा एकजना महिला प्रतिनिधि हुनुपर्ने । हरेक जिल्लाबाट एकजना दलित र एकजना युवाको प्रतिनिधित्व अनिवार्य गराउने । जिल्ला र महाशाखाहरूबाट थप एक एक जना जेनजी समूहको प्रतिनिधित्व रहने ।

    ३. सात वटा भौगोलिक प्रदेशहरूबाट २५ जनाका दरले प्रतिनिधित्व गराउने । हरेक प्रदेशबाट सात जना महिला, दुई जना दलित र एक जना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने । गैर भौगोलिक दश जनामध्ये तीनजना महिला एकजना दलित एक जना युवा अनिवार्य हुनुपर्ने । प्रवासका तीनवटा प्रदेशहरूबाट सात जनाका दरले प्रतिनिधित्व हुनुपर्ने । यसमा दुई जना महिला र एकजना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने ।

    ४. हरेक विभागबाट दुई दुईजना प्रतिनिधि रहनेछ ।

    ५. सबै आयोगहरूबाट १०र१० जना प्रतिनिधि रहनेछ ।

    ६. ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट १०र१० जना प्रतिनिधित्व रहने ।

    ७. केन्द्रीय कार्यालयबाट १० जना प्रतिनिधित्व रहने ।

    ८. केन्द्रीय तहका जन वर्गीय संगठनबाट एक महिला अनिवार्यसहित दुई दुई जना, जातीय तथा क्षेत्रीय मोर्चाहरूबाट १र१ जना, केन्द्रीयस्तरका प्रतिष्ठान, फाउन्डेसन, समाज, सामाजिक संगठनबाट १, १ जना र पार्टीको सहायक सङ्गठन (वाइसिएल)बाट ५ जना प्रतिनिधित्व रहने ।

    ९. केन्द्रीय सचिवालयले ५ प्रतिशतमा नबढ्ने गरी मनोनयन गर्न सक्ने ।

    १०. संयोजक लगायत आयोजक समितिका सम्पूर्ण सदस्यहरू माथि निर्धारित प्रतिनिधि क्षेत्रबाट निर्वाचित हुनुपर्नेछ । आयोजक समितिको कुनै सदस्य चुनिन नसकेको अवस्थामा आयोजक समिति सदस्यका रूपमा चुन्न र चुनिनेबाहेक महाधिवेशनका सम्पूर्ण गतिविधिमा सहभागी हुनेछन्।

    ११. सबै प्रदेश समितिहरू प्रदेश अधिवेशन आयोजक समितिमा रूपान्तरित हुनेछन्, प्रदेश अध्यक्षले संयोजकको भूमिका र पदाधिकारीहरू अधिवेशन आयोजक समिति सचिवालयको भूमिकामा रहने ।

  • प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी कसले बनायो ? कानूनी कारबाही गर्ने चेतावनी

    प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी कसले बनायो ? कानूनी कारबाही गर्ने चेतावनी

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर)मा आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएका आइडी नक्कली भएको पाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न भनेको छ ।

    यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

  • आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र

    आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र

    काठमाडौं । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ ।

    अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन ।

    उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन(दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने छ। यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

    डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।

  • अबको एजेण्डा : व्यवस्था हैन, अवस्था बदल्ने 

    अबको एजेण्डा : व्यवस्था हैन, अवस्था बदल्ने 

    नेपालको राजनीतिक इतिहासलाई हेर्दा देखिन्छ- देश निरन्तर परिवर्तनको यात्रामा छ, तर जनताको जीवनस्तर भने अपेक्षित रूपमा बदलिन सकेको छैन। विगतमा निरङ्कुश राजतन्त्रको अन्त्य भयो, प्रजातन्त्र आयो, पञ्चायती व्यवस्था स्थापित भयो, त्यसलाई हटाएर पुनः बहुदलीय प्रजातन्त्र आयो, पछि गणतन्त्र घोषणा गरियो। तर, यी सबै व्यवस्थाहरू परिवर्तन भए पनि अवस्था भने खासै सुधार हुन सकेन। प्रश्न उठ्छ- के दोष व्यवस्थामा छ वा व्यवस्थालाई चलाउने सोचमा ? उत्तर प्रष्ट छ, दोष व्यवस्थाभन्दा बढी अवस्थाको असफल सञ्चालनमा छ।

    राणा शासनको एक शताब्दीभन्दा लामो इतिहासलाई स्मरण गर्दा जनताले राजनीतिक अधिकार वा स्वतन्त्रताको अनुभूति पाएका थिएनन्। शिक्षा, स्वास्थ्य र आधारभूत सुविधामा नागरिक वञ्चित थिए। जब २००७ सालमा राणा शासनको अन्त्य भयो, प्रजातन्त्रको नयाँ यात्रा शुरु भयो। तर, त्यो यात्रा लामो समय टिकेन । राजनीतिक दलबीचको असहमति, राजसंस्थासँगको शक्ति संघर्ष र बाह्य प्रभावका कारण प्रजातन्त्र अस्थिर रह्यो । त्यसपछि २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था घोषणा गरे। दलविहीन प्रणालीको नाममा स्थिरता ल्याइएको भए पनि नागरिक स्वतन्त्रता फेरि सीमित बनाइयो। दुई दशकभन्दा बढी चलेको पञ्चायती शासनले केही संरचनात्मक विकास गरे पनि जनताले लोकतान्त्रिक अधिकार गुमाएका थिए।

    २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापित गर्‍यो। यसले जनतामा ठूलो आशा जगायो। बहुदलीय प्रणालीमा प्रतिष्पर्धामार्फत विकास र सुशासन आउला भन्ने अपेक्षा थियो। तर, राजनीतिक दलहरू सत्ता भागबण्डामा मात्र सीमित भए। भ्रस्टाचार मौलायो, पहुँचवाद र नातावाद बढ्यो । नेतृत्वको असक्षमता र अल्पकालीन सोचले दीर्घकालीन योजना बनाउन दिएन। एक दशक लामो गृह युद्ध चल्यो । यही असन्तोषले २०६२–६३ को जनआन्दोलनलाई जन्म दियो र राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो। गणतन्त्रबाट नयाँ युगको आशा गरियो, तर विगत पन्ध्र वर्षमा पनि त्यस्तो परिवर्तन देखिएन। संविधान बनेको छ, संघीय संरचना आएको छ, तर सुशासन, पारदर्शिता र जवाफदेहिता अझै स्थापित हुन सकेका छैनन्।

    यति लामो यात्राबाट प्रष्ट हुन्छ- नेपालले व्यवस्था बारम्बार फेर्‍यो, तर अवस्था सुधार गर्न सकेन। अब प्रश्न उठ्छ- किन अवस्था सुधार भएन ? यसको उत्तर खोज्दा केही आधारभूत कारण देखिन्छ। पहिलो, भ्रष्टाचार संस्थागत भइसकेको छ। राज्यको हरेक तहमा भ्रष्टाचारको जाल फैलिएको छ। नियुक्ति, ठेक्का, सेवा सुविधा सबैमा पैसाको प्रभाव देखिन्छ। दोस्रो, नातावाद र पहुँचवादले योग्यताभन्दा सम्बन्धलाई प्राथमिकता दिइन्छ। यसले युवाको रोजगारीको अवसर , प्रतिभा खुम्चाएको छ र निराशा बढाएको छ। तेस्रो, दलभित्र आन्तरिक लोकतन्त्रको कमी छ। नेताहरू आफ्नो गुट सुरक्षित गर्नमा व्यस्त छन्। पुरानो पुस्ताले नयाँ पुस्तालाई अघि बढ्न दिएन। चौथो, सरकार बारम्बार बदलिँदा दीर्घकालीन योजना कार्यान्वयन हुन सकेन। पाँच वर्षे योजना आधा वर्षमै धराशायी हुन्छ। पाँचौँ, नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा सचेत नबनेर केवल पार्टीको नारा वा नेताको अनुहारमा भर पर्नाले आवश्यकताले होइन हठले नेतृत्व दोहोरिन्छ।

    विश्वका सफल राष्ट्रका अनुभवले स्पष्ट गर्छ- सफलता व्यवस्थामा होइन, शासन सञ्चालनको शैली र नागरिक सचेतनामा हुन्छ। चीनलाई हेर्ने हो भने त्यहाँ एकदलीय कम्युनिस्ट शासन छ। व्यवस्था लोकतान्त्रिक होइन, तर अनुशासन, दीर्घकालीन योजना र कठोर जवाफदेहिताले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाएको छ। भारतलाई हेर्ने हो भने, विश्वकै ठूलो मध्यको लोकतन्त्र हो। विविधता, असमानता र विशाल जनसंख्या भए पनि नियमित निर्वाचन, स्वतन्त्र प्रेस र नागरिकको सक्रिय सहभागिताले लोकतन्त्रलाई मजबुत बनाएको छ। बेलायत अझै संवैधानिक राजतन्त्र अन्तर्गत छ, तर संस्थागत संस्कृति, परम्परा र सुशासनको अभ्यासले त्यहाँ स्थायित्व कायम छ। सिंगापुर त झन् सानो भूभाग र सीमित जनसंख्या भए पनि पारदर्शिता, कडा कानुन र दूरदृष्टियुक्त नेतृत्वका कारण विश्वमै अनुकरणीय बनेको छ। यी सबै उदाहरणहरूले देखाउँछन्व्य- वस्था जुनसुकै भए पनि सफलताको मूल तत्व पारदर्शिता, जवाफदेहिता, सुशासन र नागरिक सचेतनामा निहित हुन्छ।

    नेपालमा भने यी र यस्तै तत्वहरूको कमी छ। यहाँ कानुन बनाउन सजिलो छ तर कार्यान्वयन गर्न गाह्रो। योजना कागजमै सीमित हुन्छ, कार्यान्वयन प्रक्रियामा भ्रष्टाचारले त्यसलाई विफल बनाउँछ। नेतृत्वमा दीर्घकालीन सोच छैन, केवल चुनाव जित्ने लक्ष्य हुन्छ। नागरिकको अधिकार सुरक्षित गर्नेभन्दा पनि नेताहरू आफ्नो गुट र परिवार सुरक्षित गर्न व्यस्त हुन्छन्। यस्ता कारणले गर्दा व्यवस्था जस्तोसुकै भए पनि परिणाम उस्तै देखिन्छ।

    यद्यपि, निराशा मात्र गर्ने अवस्था छैन। आजको नयाँ पुस्ता- विशेष गरी जेनजी पुस्ता फरक चेतना बोकेर अघि बढिरहेको छ। उनीहरू पुरानो शैलीलाई अस्वीकार गर्दैछन्। उनीहरूको सोच स्पष्ट छ- व्यवस्था बदल्ने होइन, अवस्था बदल्ने हो। उनीहरू पारदर्शिता चाहन्छन्, परिणाममुखी शासन चाहान्छन । प्रविधिमैत्री प्रणाली, डिजिटल सेवा र पारदर्शी प्रशासन उनीहरूको अपेक्षा हो। योग्यता र प्रतिभा आधारमा अवसर पाउने वातावरण उनीहरू चाहन्छन्। पुरानो पुस्ताले बाटो छोडेर नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने माग उनीहरूको मुख्य स्वर हो।

    यही अपेक्षा पुरा गर्ने अवसर अब फागुनमा हुने निर्वाचनले दिन्छ। यो निर्वाचन केवल सरकार बदल्ने प्रक्रिया होइन, देशको भविष्य बदल्ने अवसर हो। जनताले आफ्नो मताधिकार सचेत भएर प्रयोग गर्न सके भने भ्रष्टाचार, नातावाद र असक्षम नेतृत्वलाई हटाउन सकिन्छ। मताधिकार केवल दलको नारामा होइन, उम्मेदवारको नीति र एजेण्डा प्रयोग गर्न सक्नुपर्छ। हामीले कुन व्यवस्थामा बाँच्ने भन्नेभन्दा बढी, कस्तो अवस्था बनाउन चाहन्छौं भन्ने आधारमा मतदान गर्नुपर्छ।

    नेपालको भविष्य जनताको हातमै छ। हामीले आफ्नो अधिकार आफैं कुन्ठित गर्ने कि सचेत भएर सदुपयोग गर्ने भन्ने निर्णय यतिखेर महत्वपूर्ण छ। व्यवस्थाले मात्र परिवर्तन ल्याउँदैन, अवस्थाले ल्याउँछ भन्ने कुरा छिमेकी मुलुकहरूले देखाइचुकेका छन्। चीन, भारत, बेलायत वा सिंगापुर जुनसुकै प्रणालीमा भए पनि नागरिक सचेतना, जवाफदेहिता र सुशासनले नै सफलता ल्याएको छ। नेपालले पनि यही बाटो रोज्नुपर्छ।

    अब समय आएको छ- व्यवस्था बदल्ने होइन, अवस्था बदल्ने। पुराना गल्तीहरूमाथि आत्मालोचना गर्दै, नयाँ पुस्ताको सोचलाई ठाउँ दिँदै र नागरिक चेतनालाई जागृत पार्दै मात्र हामीले नयाँ युगको शुरुवात गर्न सक्छौं। भ्रष्टाचार, नातावाद र असक्षम नेतृत्वलाई अन्त्य गरेर मात्र लोकतन्त्र सुदृढ हुन्छ। चुनाव केवल नेताहरूलाई पद दिनका लागि होइन, नागरिकलाई अधिकार प्रयोग गर्ने अवसरका लागि हो। त्यसैले, हामी सबैले सचेत मतदाता बन्नुपर्छ।

    छिमेकी राष्ट्रहरूले दिएको उदाहरण स्पष्ट छ- चीन होस् वा भारत, बेलायत होस् वा सिंगापुर, सफलताको रहस्य व्यवस्थामा होइन, सुशासन, जवाफदेहिता र नागरिक चेतनामा छ। नेपालले पनि यही बाटो रोज्नुपर्छ।

    अब प्रश्न व्यवस्थाको होइन, अवस्थाको हो। हामीले हाम्रो अधिकार आफैं कुन्ठित गर्ने कि सचेत भएर सदुपयोग गर्ने ? निर्णय हाम्रो हातमै छ। परिवर्तन ल्याउने शक्ति बाह्य शक्तिले होइन, हाम्रो आफ्नै चेतनाले दिनेछ। त्यसैले, व्यवस्था होइन, अवस्था फेर्ने चेतना अबको नेपालको वास्तविक एजेण्डा हो।

  • आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

    आज बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

    काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

    प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

    स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

  • तुइनखोलाको पहिरो पन्छाइसकेपछि नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

    तुइनखोलाको पहिरो पन्छाइसकेपछि नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

    काठमाडौं । दुई दिनदेखि तुइनखोलामा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

    बिहीबार राति पहिरो पन्छाउने काम सम्पन्न भएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यससँगै अलपत्र यात्रुहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन्

  • घर ध्वस्त भएका कान्छारामलाई कुलमानको जवाफ- पछि त मेरो पनि भत्काउने त होला

    घर ध्वस्त भएका कान्छारामलाई कुलमानको जवाफ- पछि त मेरो पनि भत्काउने त होला

    काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउन हुँदैन भनेर अडान लिएबापत उर्जा राज्यमन्त्री पद गुमाएका कांग्रेसका निवर्तमान सांसद कान्छाराम तामाङ आफैं जेनजी आन्दोलनबाट पीडित भए ।

    काठमाडौंको मैजुबहालस्थित उनको घर आन्दोलनकारीका नाममा गएका व्यक्तिले तोडफोड र लुटपाट गरे । जबकी उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र उर्जामन्त्री दिपक खड्काका सबैभन्दा आलोचक थिए ।

    आन्दोलनकारीले घर ध्वस्त पारेपछि पनि उनी नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङलाई बधाइ दिन गए । त्यसपछि मलामी गएको बेला भएको भेटमा आफ्नो घर ध्वस्त भएको कहानी सुनाए । अहिले सामाजिक संजालमा भाइरल भइरहेको भिडिओमा उनले कुलमानलाई आफ्नो घर कसरी तोडफोड भयो भन्ने सुनाएको देखिन्छ ।

    जवाफमा कुलमान भन्छन्- पछि मेरो पनि त भत्काउने त होला नि ।

    रामेछापका कांग्रेस र माओवादी नेता कार्यकर्ताले कुलमानलाई अपनत्व लिएका छन् ।

    उनीहरुको जमघटमा कान्छारामले बुहारी र श्रीमतीले धेरै प्रयास गर्दा पनि घर जोगाउन नसकेको कुलमानलाई सुनाएका थिए । बरु आगो लगाएको भए बीमा आउँथ्यो भन्ने उनको भनाइ थियो । आन्दोलनमा घरमा तोडफोड र लुटपाट हुँदा उनी भने मन्थलीमा थिए । कान्छाराम रामेछाप कांग्रेसको सभापति समेत हुन् भने कुलमान रामेछापकै बासिन्दा हुन् ।

  • ‘हाम्रा नेता परिवार, पैसा, सुन र धनमा लागे- जेनजी विद्रोहको कारक माओवादी हो’

    ‘हाम्रा नेता परिवार, पैसा, सुन र धनमा लागे- जेनजी विद्रोहको कारक माओवादी हो’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किरातीले जेन जी विद्रोहको मूल कारक माओवादी नै भएको बताएका छन् ।

    प्रज्ञामा जारी केन्द्रीय कमिटी बैठकको पहिलो दिन आज आफ्नो भनाइ राख्दै किरातीले नेताहरू लोभी र स्वार्थी बन्न थालेपछि जनता निराश बनेको बताए ।

    ‘आत्म स्वीकार गरौं । कांग्रेस र एमालेले गरेको भ्रष्टाचारको विरोधमा जनयुद्ध गरेका थियौं । हामीलाई पनि उस्तै देखेर जनता निराश भए’, किरातीले भने, ‘ नेताले जब मृत्युको प्रवाह गरेनन् त्यो बेला पार्टी बलियो भयो । जब जीवनको लोभ गर्न थाल्यो पार्टी कमजोर हुँदै गयो । नेताहरू परिवार, पैसा र सुन, धनको पछि मरिहत्ते गरेर लागे । हामी कमजोरी यसरी भयौँ ।’

    यथास्थितिमा पार्टी नचल्ने भन्दै उनले निर्देशक कमिटी बनाएर सबै पदाधिकारीले राजीनामा गर्नुपर्ने, स्थायी समितिको सिनियर नेतालाई संयोजक बनाउनुपर्ने, अधिवेशनबाट नेतृत्व छाड्ने पूर्ण ग्यारेन्टी गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखे ।

    अहिले नेकपा एससँगको पार्टी एकता हानिकारक भएको भन्दै सुदनले नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । माधव नेपालमाथिको भ्रष्टाचार मुद्दा हुँदाहुँदै एकता गरेर जनतामाझ जान नसकिने उनको जिकिर थियो ।

    किरातीले भने, ‘नेकपा एससँगको एकता हानिकारक हुन्छ । किनकी जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्धमा हो । हाम्रो पार्टीले पनि उठाउँदै आएको सुशासनको कुरा नै हो । समाजवादीको मुख्य नेतालाई भ्रष्टाचारसँगसम्बन्धी मुद्दा छानबिन भइरहेको हुनाले उहाँको मुद्दा किनारा लागेपछि मात्र एकता गर्नुपर्छ अन्यथा जनतामा जान सकिँदैन ।’

  • तुइनखोलाकाे १५ हजार घनमिटर पहिरो पन्छाएर सकिन लाग्यो, रातिदेखि नै बाटो खुल्ने

    तुइनखोलाकाे १५ हजार घनमिटर पहिरो पन्छाएर सकिन लाग्यो, रातिदेखि नै बाटो खुल्ने

    चितवन । तुइनखोलामा दुई दिनदेखि खसेक‍ो पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ । माथिबाट खसेको १५ हजार घनमिटर बराबरको पहिरोको राति ९ बजेसम्म करिब एक हजार घटनमिटर जति पन्छाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

    उनका अनुसार अहिले माथिबाट खसेर भित्तामा अड्किएका ढुङ्गा माटो पनि पन्छाउने काम भइरहेक‍ो छ ।

    ‘माथिबाट झर्न लागेजस्ता लगभग सबै जसो ढुङ्गा माटो खसेको देखिन्छ’, उनले नेपाल प्रेससँग कुरा गर्दै भने, – हामी भित्तातिर अड्किएका सबै सफा गरेर मात्रै सडक खुलाउने तयारीमा छौँ ।

    अहिले डिभिजन सडकका इन्जिनियर सहितको ७ जना प्राविधिक टोली, सात जना अपरेटर, चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको टोली तुइनखोलामा खटिएका छन् ।

    दसैंको समयमा यात्रुहरु तथा ढुवानीका सामग्री अलपत्र नपरुन् भनेर आज राति नै सडक सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ । रातिको समयमा फ्लोड लाइट बालेर पहिरो सफा गरिएको हो ।

    ठूलो पहिरो पछि हिजो पनि पानी परेर लेदोसहितको पहिरो खसेको थियो । आज भने माथिबाट पहिरो खसेको नदेखिएको इन्जिनियर घिमिरेले बताए ।

    यद्यपि पहिरो ठूलो र जोखिमस्थल ठाउँ भएकोले प्राविधिक टोली पहिरो गएको माथि परीक्षणका लागि भने जान सक्ने अवस्था नरहेको इन्जिनियर घिमिरेले बताए । ड्रोन र पारीतर्फबाट खिचिएको फोटो हेरेर प्राविधिक टोलीले तत्काल तुइनखोलाको भीरमा पहिरो नखस्ने अनुमान गरेको छ । यद्यपि यश क्षेत्रमा जोखिम कायम भएकोले सावधानी अपनाएर यात्रा गर्नुपर्ने इन्जिनियर घिमिरेले बताए ।