Tag: टप न्यूज

  • स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडामा भ्रष्टाचार : ६ कर्मचारी र एक आपूर्तिकर्ताविरुद्ध मुद्दा

    स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडामा भ्रष्टाचार : ६ कर्मचारी र एक आपूर्तिकर्ताविरुद्ध मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडामा कोभिड१९ का लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिद प्रक्रियामा अनियमितता र मनोमानी भएको ठहर गर्दै ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार बोलपत्र प्रक्रियामा कम मूल्य कबोल गर्ने प्रतिस्पर्धी बोलपत्रदातालाई अन्यायपूर्वक हटाई बढी मूल्य कबोल गर्ने आपूर्तिकर्तालाई लाभ हुने गरी बोलपत्र मूल्याङ्कन समिति र सम्बन्धित कर्मचारीले मिलेमतोपूर्ण निर्णय गरेका थिए ।

    यसरी गरिएको गैरकानूनी कार्यबाट राज्यको झण्डै ३१ लाख १७ हजार ८९ रुपैयाँ बराबरको आर्थिक हानी भएको दाबी गर्दै सोही परिमाणको बिगो असुल र कानूनअनुसारको कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    प्रतिवादीमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुनप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत तथा मूल्याङ्कन समितिका सदस्य राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर तथा सदस्य राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन तथा सदस्य रविकुमार महतोतत्कालीन बायोमेडिकल इन्जिनियर तथा सदस्य राजेश्वर कमली रहेका छन्

    उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा मुद्दा दायर गरिएको छ । उनीहरूले बोलपत्र मूल्याङ्कनमा सारभूत कमजोरी देखाएर, आवश्यक कागजात माग नगरीदोहोरो मापदण्ड अपनाई कम मूल्य कबोल गर्ने फर्मलाई अयोग्य ठहर गराएको आयोगले जनाएको छ ।

    राज्यलाई भएको बिगो अनुसार जनही ३१,१७,०८९ को जरिवानासहित कैद सजाय मागदाबी गरिएको छ । साथै गलत मूल्याङ्कन प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन, दफा १९ को उपदफाबमोजिम अर्को कसूरसमेत गरेको देखिएकाले सोही बमोजिमको सजायसमेत माग गरिएको छ ।

    यस्तै प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाका तत्कालीन लेखा अधिकृत तथा मूल्याङ्कन समितिका सदस्य नेत्रनरसिंह कार्कीमाथि पनि उही प्रकृतिको अनियमितता र मूल्याङ्कन प्रक्रिया दुरुपयोग गरेको आरोप छ । बोलपत्रदाताका कागजातको निष्पक्ष छानबिन नगरी, कम रकम कबोल गर्ने फर्मलाई योजनाबद्धरूपमा प्रतिस्पर्धाबाट हटाएको ठहर गर्दै आयोगले कार्कीविरुद्ध पनि ३१ लाख १७ हजार ८९ रुपैयाँ बराबरको बिगो असूल, कैद र जरिवानाको मागदाबी गरेको छ ।

    यस्तै आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठ परेका छन् । आयोगका अनुसार उनीहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम ‘मतियार’ अर्थात् मुख्य कसूरदारलाई गैरकानूनी लाभ दिलाउने सहयोगीको भूमिकामा थिए । प्रोपाइटर श्रेष्ठले प्रस्तुत गरेको म्यानुफ्याक्चर अथोराइजेशन लेटरमा आधिकारिक हस्ताक्षर नभएको जस्ता गम्भीर त्रुटि हुँदाहुँदै मूल्याङ्कन समितिले कुनै परीक्षण नगरेको र उल्टै उनीहरूलाई ठेक्का दिने निर्णय गरेको आयोगको ठहर छ ।

    यसरी प्राप्त गैरकानूनी लाभसम्बन्धी कार्यमा संलग्न ठहर गर्दै उनीहरूलाई पनि मुख्य कसूरदार सरह कैद र बिगो बराबरको जरिवाना मागदाबी गरिएको छ ।

  • एनपीएल-२ : साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

    एनपीएल-२ : साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

    जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए पनि जितका पर्याप्त हुन सकेन । लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रनको योगदान दिए ।

    बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा ११ खर्चेर सन्दीपले ४ विकेट लिए । सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एक/एक विकेट लिए ।

    त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

    विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए । बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए ।

    बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २-२ र आदित्य मेहताले एक विकेट लिए । जनकपुर पहिलो खेलमा काठमाण्डु गोर्खाजसंग पराजित भएको थियो । विराटनगरले भने सुरुआती दुवै खेलमा जित निकालेको थियो ।

  • सुमनराज अर्याल मुख्यसचिव बन्दै

    सुमनराज अर्याल मुख्यसचिव बन्दै

    काठमाडौं । सुमनराज नयाँ मुख्यसचिव बन्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार आज केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले उनलाई मुख्यसचिव नियुक्ति गर्ने तयारी छ । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् ।

    वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् ।

    अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् । उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।

    वरीयताको पहिलो नम्बरमा रहेका गोकर्णमणि दुवाडी पहिलो दाबेदार भएपनि जेनजी आन्दोलनताका गृहसचिव रहेका उनी आन्दोलनको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयनमा जोडिएकाले उनको दाबेदारी कमजोर भएको हो । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ ।

  • चौदण्डीगढीका मेयरले वडाध्यक्ष अधिकारीलाई गरे बर्खास्त

    चौदण्डीगढीका मेयरले वडाध्यक्ष अधिकारीलाई गरे बर्खास्त

    विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले वडा नम्बर- ७ का अध्यक्ष केशव अधिकारीलाई बर्खास्त गरेका छन् ।

    लामाले अधिकारीलाई पदमुक्त गरेको पत्र थमाइदिएका हुन् । उनीहरू दुवैजना एमालेबाट निर्वाचित हुन् । अधिकारीलाई जेनजी आन्दोलनको क्रममा पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न आरोपमा एमालेले कारबाही गरेको थियो । उनले केही समयअघि एमाले छाडेको घोषणा गरेका थिए ।

    मेयर लामाले अधिकारीलाई वडा सदस्य बलराम मगरलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।

    मेयर लामाले भने, ‘वडा कार्यालयमा आएर काम नगरेपछि जनतालाई सेवा दिनका लागि कार्यवाहक दिएका हौँ । कार्यवाहक दिएपछि उहाँ फेरि अध्यक्ष भन्दै काममा फर्किनु भएको सुनेको छु ।’

    दल दर्ता सम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थाअनुसार पद मुक्त गरेर निर्वाचन आयोगलाई जानकारी दिएको मेयर लामाले बताए । अधिकारीले पार्टी परित्याग गरेको र सो निर्णय जिल्ला कमिटीले स्वीकृत गरिसकेकाले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम वडाध्यक्षको रूपमा स्वीकार नगर्ने’ निर्णय भएको लामाको भनाइ छ ।

    पद मुक्त गरिएको भनिएका वडाध्यक्ष अधिकारीले आफू बस्ने कुर्सी र नेमप्लेट मेयरले लगेको बताए ।

    उनले भने, ‘मेरो कुर्सी र नेम प्लेट समेत मेयर सा’बले नगर प्रहरी लगाएर उठाएका छन् ।’

    उनले मेयरले पदमुक्त गरेको पत्र दिएर कुर्सी समेत उठाएर लगेको भन्दै ‘चोरी’ सम्बन्धी उजुरी दिएका छन् ।

     

  • कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपतिले शीतलनिवास बोलाए

    कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपतिले शीतलनिवास बोलाए

    काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवास बोलाएका छन्। कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई पौडेलले छलफल गर्न लागेका हुन्।

    समसामयिक विषयमा विभिन्न नेताहरूसँग छलफल गरिरहेको पौडेलले आज कांग्रेसका विशेष महाधिवेशन पक्षधरलाई बोलाएको स्रोतले बतायो।

    ‘लुम्बिनी प्रदेश सभापतिसहित हस्ताक्षर अभियान चलाएका एक दर्जन नेताहरूलाई शीतलनिवास बोलाउनुभएको छ’ स्रोतले भन्यो, ‘हस्ताक्षर अभियानको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेसँग भने उहाँले बेग्लै कुरा गरिसक्नुभएको छ।’

    कांग्रेसमा चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्ने विवाद चलिरहेको छ। थप छलफलको लागि ११ गतेको लागि केन्द्रीय समिति बैठक राखिएको छ।

  • गगन थापा भन्छन्- कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन

    गगन थापा भन्छन्- कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी चुनावमा नजाने दोहोर्‍याएका छन्। उनले कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनाव लड्ने बताए।

    हिजो कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको सभापति देउवाको हस्ताक्षरबाट निर्वाचन आयोगमा पार्टी दर्ता गराइएको थियो।

    त्यसबारे उनले भनेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने; होइन।’

    उनले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने दाबी गरे।

    उनले थपेका छन्, ‘मैले भने प्रष्ट छ- अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’

    उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै भने, ‘कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’

  • चौथो महाधिवेशनः एमालेमा नेतृत्व हस्तान्तरणको एउटा ऐतिहासिक मोड

    चौथो महाधिवेशनः एमालेमा नेतृत्व हस्तान्तरणको एउटा ऐतिहासिक मोड

    भूमिगतकालमा तत्कालीन नेकपा (माले) ले आयोजना गरेको ‘चौथो महाधिवेशन’ (९–१४ भदौ, २०४६) विशेष रोचक र ऐतिहासिक महत्वको थियो। आयोजनासित गाँसिएको कतिपय कुरा अत्यन्त रोचक थिए भने त्यहाँ प्रस्तुत भएका तथा निर्णय गरिएका केही विषयहरू ऐतिहासिक महत्वका थिए। आजको नेकपा (एमाले) को विचार तथा सङ्गठनमा विकसित भएको नेकपा (एमाले) त्यही महत्त्वपूर्ण पृष्ठभूमिमा उभिएको कुरा सगर्व उल्लेख गर्न सकिन्छ।

    १. तयारीका केही रोचक प्रसङ्ग

    तत्कालको आवश्यकता अनुसार ‘कार्यकर्ता भेला’ आयोजना गरी केही ज्वलन्त राजनीतिक विषय तथा पार्टीभित्र उत्पन्न विशेष समस्याका बारेमा जानकारी दिने काम गरिए पनि तत्कालीन ‘को–अर्डिनेसन केन्द्र’ (Coordination Centre) ले आयोजना गरेको ‘राष्ट्रिय सम्मेलन’ (०३५ पुस ११–१४) ले विधिवत् ‘नेकपा (माले)’ गठन गरेपछि लामो समयसम्म कुनै वैधानिक ‘राष्ट्रिय मञ्च’ वा राष्ट्रिय स्तरका कार्यक्रम आयोजना हुन सकेको थिएन। विचार तथा सङ्गठनको स्थितिमा ठूलाठूला (आकाश पातालका) परिवर्तन भईसक्दा पनि ‘पार्टी केन्द्र’ ले त्यसलाई औपचारिक र संस्थागत नगरी अगाडि बढ्नु सम्भव थिएन। फेरि, मुलुक ऐतिहासिक राष्ट्रिय जनआन्दोलनमा प्रवेश गर्न लागेको बेला आफूलाई ‘पुनः व्यवस्थित’ नगरी अगाडि बढ्नै नसक्ने अवस्थामा पुगेको थियो।

    ….यसरी हामी ‘महाधिवेशन’ को तयारीमा लाग्यौँ। मुलुकमा आन्दोलनको वातावरण बन्दै गएको र त्यसकारण सत्ताधारी तथा तिनका स्थानीय मतियारहरू ‘विशेष होसियारी’ अपनाइरहेका थिए। उनीहरूले चियोचर्चा बढाएका थिए।

    अहिलेजस्तो जनस्तरले समेत यातायात र सञ्चारको सुविधा पाउनु सम्भव थिएन। उल्लेखनीय सङ्ख्यामा प्रतिनिधिहरू उपस्थित हुने हुनाले हामीले सुरक्षाको विषयलाई विशेष ध्यान पुर्‍याउनुपर्ने आवश्यकता थियो। माधव नेपाल, जीवराज आश्रित र मैले महाधिवेशनका लागि सम्भावित ठाउँहरूको खोजी गर्नुपर्ने र टुङ्गो गर्नुपर्ने जिम्मेवारी पाएका थियौँ। यस सिलसिलामा हामीले अर्घाखाँचीको धनचौर, काठमाडौँको टोखा, ललितपुरको सुदूरदक्षिणका गाउँहरू, सप्तरीका तराईका गाउँहरू, सिरहा, धनुषा र महोत्तरीका अनेक गाउँहरूको स्थलगत भ्रमण गर्‍यौँ

    चौथो महाधिवेशनको तयारीअघि भूमिगत अवस्थामा मदनसँग ईश्वर ।

    त्यसबेला पूर्वाञ्चलमा खासगरी मेची र कोशीको पार्टी काममा अमृत बोहरा र मदन भण्डारी प्रमुख जिम्मेवारको रूपमा हुनुहुन्थ्यो । सिरहामा महाधिवेशन स्थल निश्चित गर्ने र तयारी गर्ने काममा उहाँहरूको अत्यन्त ठूलो भूमिका रहेको थियो। तयारीका स–साना काममा समेत उहाँहरू खट्नुभएको थियो। म आफू त्यस क्षेत्रमा लामै समय (झण्डै ९ वर्ष) काम गरिसकेको व्यक्ति भएका कारण महाधिवेशनको व्यवस्थापनसित सम्बन्धित काममा संलग्न भएको थिएँ।

    हामीले त्यहाँको सङ्गठित पार्टी शक्तिलगायत अन्य अनुकूलता र प्रतिकूलताहरूको विश्लेषण गर्यौँ । अन्ततः सिराहको फुलकाहाकट्टी गाविसको मोथीयायी गाउँमा महाधिवेशन गर्नु उपयुक्त हुने हामीले सिफारिस गर्यौँ। ठाउँका बारेमा औपचारिक निर्णय भएपछि त्यहाँ ‘हल’ को आवश्यकता पूरा गर्न एउटा नयाँ ‘घर’ बनाइयो। त्यसलाई लिपपोत गरेर ठीक पारियो। खाद्य सामग्रीहरूको व्यवस्था गरियो। त्यसबेला हामीहरू जनताले स्वेच्छापूर्वक दिएको खाद्य सामग्रीमा भर पर्थ्यौँ । पुग-नपुग मात्र हामीले खरिद गर्थ्यौँ । त्यस ठाउँका जनताले फलफूल, तरकारी, दूध-दही आदिको जोहोसमेत गरेका थिए । तयारीको काम पूरा भइसकेपछि, दुई दिनपछि प्रतिनिधिहरूलाई त्यहाँ पुर्‍याउने चाँजो मिलाइसकिएको थियो । त्यसबेला म त्यही बसेर सबै कुराको रेखदेख गरिरहेको थिएँ। तर, दुर्भाग्य! सुरक्षाको कारणले घोषित मितिमा र तयारी गरेको ठाउँमा महाधिवेशन हुन नसक्ने खबर ‘हेडक्वार्टर’ (Headquarters) बाट आयो।

    हामी सबै, खासगरी तयारी कार्यमा लागेकाहरू स्तब्ध भयौँ। पछि थाहा लाग्यो–हेडक्वार्टरको सचिवालय काममा लाग्नु भएको प्रदीप नेपालले साइकल पछाडि क्यारियरमा राखेर लैजाँदै गरेका महाधिवेशनसम्बन्धी अत्यन्त महत्त्वपूर्ण र गोप्य कागजपत्रहरू कतै खसाउनु भएछ । ती कागजपत्रबाट हामीले गर्न लागेको महाधिवेशन, त्यसको मिति र स्थानसमेत खुल्ने भएकोले सुरक्षाका कारण कार्यक्रम स्थगन गर्नुपरेको थियो। यो खबरले सबै, खासगरी महाधिवेशनको तयारीमा लागेकाहरू एक किसिमले मर्माहत बनेका थियौँ ।

    पछि, हामीले सिराहाकै, पहिले तयारी गरेको ठाउँभन्दा १० कि.मी. जति उत्तर विष्णुपुरकट्टी गाविस वडा नं. ३ अम्वास राइरइनी गाउँमा नयाँ ठाउँ तयार गर्यौँ। त्यसको झन्डै डेढ महिनापछि यो तयारी गरिएको थियो। जिल्लाको उत्तर उदयपुर जिल्लाको सिमा र चुरे शृङ्खलाको झन्डै बीचमा पर्ने सानो गाउँमा यो ठाउँ तयार गरिएको थियो । हीराबहादुर सुनुवार त्यसबेला जिल्लाका एक जना अगुवा कार्यकर्ता थिए र उनको गाउँमा पार्टीको राम्रो जनसमर्थन थियो।

    स्थानीय जनताको सक्रिय समर्थन र सहयोग रहेका कारण हामीले त्यो ठाउँलाई महाधिवेशनको स्थल बनाएका थियौँ। झन्डै २५ दिन लगाएर हामीले हीराबहादुर सुनुवारकै घर छेउमै एउटा काठको घर खडा गरेका थियौँ। सुरक्षाको विशेष व्यवस्था मिलाएका थियौँ। गाउँमा पस्ने र निस्कने धेरै ठाउँहरू थिए।

    ती सबैमा विशेष सुरक्षा प्रबन्ध मिलाएका थियौँ। कतिपय चीज पहिलेको तयारी स्थलबाट ल्याइए। महाधिवेशनका लागि आवश्यक वस्तुहरू खासगरी खाद्य सामग्रीहरू सिराहा जिल्लाकै विभिन्न स्थानबाट मात्र नभई सीमावर्ती जिल्लाहरू उदयपुर, सप्तरी, सिन्धुली र धनुषाबाट समेत ल्याइएका थिए। धेरै साथीहरूले टाउको र पिठ्युँमा दुई दिन लगाएर बोकेर समेत ल्याउनुभएको थियो। यसरी, चौथो महाधिवेशन स्थल तयार पारिएको थियो।

    २. वैचारिक–सैद्धान्तिक क्षेत्रमा ऐतिहासिक निर्णयः

    यो महाधिवेशनमा युगीन महत्त्व राख्ने वैचारिक–सैद्धान्तिक विषयहरूमा छलफल तथा निर्णयहरू गरिएका थिए।

    क) मार्गदर्शक सिद्धान्त

    त्यसबेलासम्म नेकपा (माले) ले मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङ विचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको थियो । तर, महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको अत्यधिक ठूलो सङ्ख्याले मार्क्सवाद-लेनिनवादलाई मात्र आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने निर्णय गरेको थियो । पार्टी केन्द्रबाट २ चैत्र, ०४५ मा ‘हाम्रो मार्गदर्शक सिद्धान्तबारे’ भन्ने दस्तावेजमार्फत यो धारणा पार्टी पङ्क्तिमा छलफलका लागि लगिएको भए पनि ‘महाधिवेशन’ को हलले मात्र यसको औपचारिक निर्णय गरेको थियो ।

    उक्त दस्तावेजमा भनिएको थियो–‘‘आफ्ना आन्तरिक तथा बाह्य नीति र व्यवहारहरूको सिंहावलोकन, परिवर्तन र परिमार्जनकै क्रममा अब आएर पार्टीको मार्गदर्शक सिद्धान्तका बारेमा पनि नयाँ स्तरबाट विश्लेषण र मूल्याङ्कन गर्नु आवश्यक भएको छ।’’

    मार्गदर्शक सिद्धान्तको सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै भनिएको थियो– ‘‘मार्क्सवाद–लेनिनवाद भनेको एउटा दार्शनिक, राजनीतिक, आर्थिक र सामाजिक सांस्कृतिक विचारहरूको त्यस्तो व्यापक, व्यवस्थित र एकीकृत वैज्ञानिक विचार प्रणाली हो, जसबाट अन्तर्राष्ट्रिय सर्वहारा वर्गको जीवन दर्शन र विश्व दृष्टिकोण बनेको छ। त्यो नै प्रकृति, समाज र मानव चेतनालाई देख्ने, बुझ्ने र रूपान्तरण गर्नै क्रान्तिको विज्ञान हो र विश्वका कुनै पनि देशका कम्युनिस्ट वा मजदुर पार्टीको मार्ग दर्शक सिद्धान्त पनि हो ।

    त्यो अहिलेसम्म विभिन्न देशका क्रान्तिहरूमा र विश्व परिस्थितिको विकासलाई हेर्ने क्रममा सत्य प्रमाणित हुँदै आएको छ। यही नै विश्वका अन्य भागमा पनि लागू हुन सक्ने सार्वभौम सत्य पनि हो। त्यसले नै विश्वका सबै कम्युनिस्ट तथा मजदुर पार्टीहरूका दैनिक क्रान्तिकारी व्यवहारहरू, उनीहरूका आन्तरिक तथा बाहिरी सम्बन्धहरू र उनीहरूका सबै विचारहरूलाई मार्गदर्शन गरिरहेको छ।’’

    मार्गदर्शक सिद्धान्तको बारेमा निर्णय गरिरहँदाको एउटा महत्त्वपूर्ण प्रसङ्गलाई यहाँ उल्लेख गर्नैपर्छ । केही साथीहरू मार्गदर्शक सिद्धान्तबाट ‘माओत्सेतुङ विचारधारा’ हटाउनु हुन्न भन्ने पक्षमा अत्यन्त दृढ रूपमा उभिनुभएको थियो। छलफल पश्चात यो विषयलाई मतदानमा समेत लगियो । अमृत बोहराले नेतृत्व गर्नु भएको ‘फरक मत’ मतदानमा गयो र पराजित भयो । तर, उहाँहरूले महाधिवेशनमा आफ्नो मत पराजित भए पनि बहुमतले पारित गरेको विचारलाई विनाशर्त शिरोधार्य गरी अगाडि बढ्नु भयो ।

    विचार निर्माणमा हामीले अपनाउने गरेको प्रजातान्त्रिक विधि र पार्टी पुष्टि निर्णयलाई पालना गर्ने असल परम्परालाई पुष्टि गर्ने एउटा अत्यन्त सुन्दर उदाहरण बनेको थियो-चौथो राष्ट्रिय महाधिवेशनमा। वास्तवमा मार्गदर्शक सिद्धान्तका सम्बन्धमा गरिएको त्यो निर्णयले त्यसपछिका दिनहरूमा नेकपा (एमाले) लाई सिर्जनात्मक किसिमले अघि बढ्ने कुराको ढोका खुला गरेको थियो ।

    ख) बहुलता र बहुदलीय प्रतिस्पर्धाको राजनीतिक विचारको स्वीकारोक्ति

    सम्भवतः कम्युनिस्ट पार्टीले पहिलोपटक यो महाधिवेशनमा आफूले भनेको ‘जनवादी व्यवस्था’ मा बहुदलीयतालाई स्वीकार गरेको थियो। त्यो ‘जनवादी व्यवस्था’ कस्तो हुनेछ भन्ने विषयमा महाधिवेशनले पारित गरेको कार्यक्रममा उल्लेख गरिएको थियो- ‘‘आमजनतालाई राजनीतिक आस्था अनुरूप पार्टी खोल्ने, सभा गर्ने, सङ्गठन खोल्ने, व्यावसायिक सङ्गठनहरू खोल्ने पूर्ण स्वतन्त्रता प्रदान गर्ने। बोल्ने, लेख्ने र छाप्ने स्वतन्त्रता दिने, धार्मिक तथा व्यक्तित्व विकासका निम्ति अवसर र स्वतन्त्रता दिने र सम्पूर्ण मौलिक, राजनीतिक अधिकारहरूको प्रयोग गर्ने निर्वाध स्वतन्त्रताको स्थापना एवं ग्यारेन्टी गर्ने ।’’ चौथो महाधिवेशनमा तत्कालीन नेकपा (माले) ले लिएको निर्णय नै (पछि नेकपा (एमाले) ले गरेको) एकदलीय जनवादको परित्याग र बहुदलीय जनवादको सूत्रपातको ऐतिहासिक थालनी थियो।

    ग) संयुक्त वाममोर्चा निर्माण गर्ने ऐतिहासिक फैसला

    यही चौथो राष्ट्रिय महाधिवेशनपछि, तत्कालीन नेकपा (माले) को विशेष सक्रियता र पहलमा संयुक्त वाममोर्चा निर्माण गरियो। कम्युनिस्टहरूले आफूभित्रका विवादहरूलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अमूर्त सैद्धान्तिक विषयहरूमा आधारित भएर भन्दा पनि आफ्नो देशको क्रान्ति र निर्माणसँग तथा त्यससँग प्रत्यक्ष सरोकार राख्ने अन्तर्राष्ट्रिय विषयहरूमा ठोस ढङ्गले केन्द्रित गर्नुपर्ने निष्कर्ष महाधिवेशनले निकाल्यो। कम्युनिस्ट समूहहरूले ‘‘आफ्ना मान्यता, कार्यक्रम र नीतिहरूका आधारमा स्वतन्त्रतापूर्वक व्यवहारमा जाँदै वैचारिक सङ्घर्षलाई स्वस्थ ढङ्गले सञ्चालित गर्नुपर्ने’’ कुरामा जोड दिँदै ‘‘एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी’’ हुनसक्छ भन्ने मान्यतालाई पनि खण्डन गर्‍यो

    एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुनसक्छ भन्ने जडसूत्रवादी मान्यता राख्ने, आफूलाई मात्र कम्युनिस्ट देख्ने र अरूलाई बलपूर्वक निषेध गर्ने दृष्टिकोणको खण्डन गर्दै विभिन्न कारणले नेपालका कम्युनिस्टहरूलाई ‘अनेक’ बनाएको वास्तविकतालाई स्वीकार गर्दै अन्य कम्युनिस्ट समूहहरूको अस्तित्वप्रति सहिष्णु हुने, आपसी असैद्धान्तिक सङ्घर्षलाई हटाउने र आपसको शत्रुवत् व्यवहार बन्द गर्ने कुराको पक्षमा महाधिवेशनले फैसला गर्यो। यसरी कम्युनिस्ट समूहहरूका बीचमा पनि साझा मान्यताका आधारमा एउटा छुट्टै मोर्चा–वामपन्थी मोर्चा बनाउन सकिने निष्कर्ष निकाल्यो। वास्तवमा महाधिवेशनको यही फैसलापछि ‘संयुक्त वाममोर्चा’ बन्न सम्भव भयो । ०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई सफलतामा पुर्‍याउने काममा त्यसले निर्णायक भूमिका खेलको थियो।

    घ) प्रधान शत्रुका विरुद्ध बृहत् राजनीतिक संयुक्त मोर्चा

    नेपाल कम्युनिष्ट आन्दोलनभित्र लामो समयदेखि नेपाली कांग्रेसलाई हेर्ने तथा त्यससित संयुक्त मोर्चा गर्ने सवालमा रहँदै आएको एकाङ्गी तथा गलत दृष्टिकोणलाई पनि महाधिवेशनले औपचारिक रूपमा सच्याउँदै सही र सन्तुलित विश्लेषण अघि साऱ्यो। निरङ्कुश राजतन्त्रका विरुद्ध नेपाली कांग्रेससित राजनीतिक मोर्चा बनाउन सकिने (तर, त्यसको वर्गचरित्रका सम्बन्धमा भने भ्रम राख्न नहुने) विचारलाई महाधिवेशनले पारित गर्‍यो । कांग्रेससित कि त दीर्घकालीन मोर्चा बनाउनुपर्ने कि त्यसलाई प्रधान शत्रुकै कोटीमा राख्ने जस्ता त्यसबेलासम्म जारी गलत एवं अस्पष्ट विश्लेषणको खण्डन गर्दै यो सन्तुलित र सही विचार अघि सारिएको थियो । वास्तवमा तत्कालीन ‘माले’ को यही निर्णयपछि नेपाली कांग्रेससित समेत औपचारिक वार्ता गरी निरङ्कुश राजतन्त्र विरोधी संयुक्त सङ्घर्ष सम्भव भएको थियो। परम्परागत जडतालाई भत्काउने आँट गरेर मात्र यो ऐतिहासिक काम सम्भव भएको थियो।

    ङ) नेकपाको स्थापना सम्बन्धमा निर्क्यौल

    नेपाल कम्युनिस्ट पार्टीको स्थापना कुन दिन भएको हो–कम्युनिस्ट आन्दोलनभित्र विवादको विषय रहँदै आएको थियो। यही कुरालाई ख्याल गरेर केही समय पहिले गठन गरेको कार्यदलले गरेको अध्ययन–अनुसन्धानका आधारमा महाधिवेशनले औपचारिक रूपले १५ सेप्टेम्बर नभएर २२ अप्रिल नै नेकपा गठनको दिन हो भन्ने निष्कर्षसहितको दस्तावेज प्रस्तुत गरेको थियो। आफ्नै पार्टी स्थापना सम्बन्धमा रहेको विवादको महाधिवेशनमा औपचारिक निरुपण गरिएको थियो।

    च) संविधानसभाद्वारा गणतन्त्रात्मक नयाँ संविधान बनाउने औपचारिक निर्णय

    तत्कालीन नेकपा (माले) ले आफ्नो राष्ट्रिय मञ्चद्वारा राजनीतिक व्यवस्था सम्बन्धमा यस्तो निर्णय गरेको थियो– ‘‘क्रान्तिकारी जनवादी शासन व्यवस्थाका निम्ति क्रान्तिमा सक्रियतापूर्वक लागेका सबै राजनीतिक पार्टीहरू, जनसङ्गठनहरू, मोर्चा सङ्गठनहरू र सैनिक सङ्गठनहरूबाट उचित प्रतिनिधित्व लिँदै आवश्यक देशभक्त, जनवादी व्यक्तित्वहरूलाई समेत सामेल गरेर कुनै उपयुक्त तात्कालिक तथा सरकार सम्बन्धी अस्थायी उपकरण निर्माण गर्ने एवं जनताको बीचमा वर्ग, जाति, लिङ्ग, धर्म, सम्प्रदाय, पेसा, ओहदा आदिको कुनै पनि भेदभाव बिना स्वतन्त्र, निष्पक्ष, समान, गुप्त र बालिग मताधिकारका आधारमा संविधानसभा (Constituent Assembly) को निर्वाचन गर्न र त्यसद्वारा जनवादी गणतन्त्रको संविधान निर्माण गर्ने।’’

    ०४६ सालको ऐतिहासिक जनआन्दोलनले स्थापित गरेको शक्ति सन्तुलनको विशिष्ट स्थितिलाई ख्याल गर्दै ‘संविधान सुझाव आयोग’ को गठन तथा त्यस मार्फत बनेका ‘नयाँ संविधान’ लाई ‘आलोचनात्मक समर्थन’ गरे पनि संविधानसभाको उन्नत प्रजातान्त्रिक विधिमार्फत बन्ने नयाँ संविधानको पक्षमा नेकपा (एमाले) थियो भन्ने कुराको ऐतिहासिक प्रसङ्गलाई कसैले पनि अस्वीकार गर्न सक्दैन

    छ) नेतृत्व हस्तान्तरणको अनुपम उदाहरण

    भनिन्छ– कम्युनिस्ट पार्टीहरूमा नेतृत्व हस्तान्तरणको विषय अत्यन्त असहज हुने गरेको छ। यस सम्बन्धमा अस्वस्थ, असहज र कतिपय बेलामा षड्यन्त्रपूर्ण तरिकाहरू समेत अपनाइने गरेको देखिन्छ। कम्युनिस्ट पार्टीहरू भित्रका यस्तै अभ्यासलाई देखेर पनि विरोधीहरूले कम्युनिस्टहरूलाई अनेक आरोपहरू लगाउने गरेका छन् । तर ‘चौथो महाधिवेशन’ यस्तो महाधिवेशन रह्यो जहाँ बहालवाला महासचिवले आफूपछि अर्को नेतालाई महासचिवको रूपमा प्रस्ताव गर्नुभयो

    त्यसबेला कमरेड झलनाथ खनाल महासचिव हुनुहुन्थ्यो । उहाँ महासचिव रहनु भएको आठ वर्ष भईसकेको थियो । त्यसबीच उहाँले पार्टीलाई नेतृत्व दिइरहनु भएको थियो । तर, परिवर्तित सन्दर्भमा मदन भण्डारी जस्तो नयाँ उदीयमान व्यक्तिलाई नेतृत्वमा स्थापित गराउन उहाँले नै अगाडि बढेर भूमिका खेल्नुभयो र प्रस्ताव समेत गर्नुभएको थियो, जसलाई सिङ्गो हलले सर्वसम्मतिले समर्थन जनाएको थियो। चौथो महाधिवेशन नेतृत्व हस्तान्तरणको अत्यन्त सहज, स्वाभाविक र उदाहरणीय थलो बनेको थियो।

    पैँतीस वर्ष पहिले हामीले आयोजना गरेको ‘चौथो राष्ट्रिय महाधिवेशन’ को अहिले पनि सम्झना भइरहेको छ। वैचारिक-सैद्धान्तिक र सङ्गठनात्मक सवालमा त्यसले गरेका निर्णयहरू र नेतृत्व हस्तान्तरणको विषयमा त्यस बेलाको अत्यन्त उदाहरणीय अभ्यास आज पनि नेकपा (एमाले) पङ्क्तिका लागि प्रेरणादायी प्रसङ्ग बन्न सक्छ।

    ३. प्रतिनिधित्वको स्थिति

    त्यसबखतको प्रतिकूल अवस्थामा पनि निम्न अनुसारको प्रतिनिधित्व भएको थियोः

    (क) प्रतिनिधित्व

    • पार्टी काम भइरहेका ५६ जिल्ला (… अनुपातमा)।
    • भारत प्रवासमा कार्यरत पार्टी सदस्यहरूमध्येबाट।
    • पार्टीको नेतृत्व र नियन्त्रणमा रहेका मोर्चा र विभागहरूमा कार्यरत पार्टी सदस्यहरूमध्येबाट।

    (ख) उमेर समूह

    • बढी उमेर– ५५ वर्ष।
    • कम उमेर – २५ वर्ष।
    • औसत उमेर – ३६ वर्ष।

    (ग) लैङ्गिक प्रतिनिधित्व

    • पुरुष– ९५.३ प्रतिशत।
    • महिला– ४.७ प्रतिशत।

    (घ) वर्ग स्रोत

    • मजदुर– ५.९ प्रतिशत।
    • भूमिहीन–गरिब किसान– ७.१४ प्रतिशत।
    • मध्यम किसान– ५१.१९ प्रतिशत।
    • निम्न पुँजीपति वर्ग– ११.९ प्रतिशत।
    • धनी किसान– २०.२४ प्रतिशत।
    • राष्ट्रिय पुँजीपति– १.१६ प्रतिशत।
    • जमिन्दार वर्ग स्रोतबाट– २.२८ प्रतिशत।

    (ङ) प्रतिनिधित्वको स्थिति

    • पूर्णकालीन– ८४.५२ प्रतिशत।
    • अंशकालीन– १५.४८ प्रतिशत।

    तत्कालीन नेकपा (माले) ले निर्दलीय र निरङ्कुश शासन व्यवस्थामा प्रतिकूलतामा पनि सफलताका साथ सम्पन्न गरेको ‘राष्ट्रिय महाधिवेशन’, त्यहाँ भएका छलफल र गरिएका निर्णयहरू ऐतिहासिक महत्त्व राख्ने खालका थिए । त्यसबेला गरिएका महत्त्वपूर्ण कतिपय निर्णयका जगमा आज पनि नेकपा (एमाले) हिँडिरहेको छ । त्यसबेला त्यस्ता महत्त्वपूर्ण निर्णयहरूका लागि जननेता मदन भण्डारीको निर्णायक भूमिका थियो । उहाँले प्रतिपादन, व्याख्या र विश्लेषण गर्नु भएको जनताको बहुदलीय जनवादकै मार्गदर्शनमा आजको नेकपा (एमाले) अगाडि बढिरहेको छ । यिनै सन्दर्भमा त्यसबेलाको चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक महत्त्वलाई बुझ्नु पर्दछ।

  • एनपीएल-२: विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

    एनपीएल-२: विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो ।

    विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए ।बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए ।

    बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २-२ र आदित्य मेहताले एक विकेट लिए ।

  • एकनारायण अर्याल अवकाश हुँदै, को बन्ला ‘जेन-जी सरकार’ को अर्को मुख्य सचिव

    एकनारायण अर्याल अवकाश हुँदै, को बन्ला ‘जेन-जी सरकार’ को अर्को मुख्य सचिव

    काठमाडौं । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । उनको अवकाशले सिंहदरबारको सर्वोच्च प्रशासनिक कुर्सी रिक्त हुनाको साथै सचिव तहमा नयाँ शक्ति सन्तुलन र प्रतिस्पर्धाको ढोका खोल्नेछ ।

    प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद् नयाँ मुख्यसचिव नियुक्त गर्न तयारीमा छ । वरिष्ठता, राजनीतिक शक्ति, कामको इतिहास, राम्रो छवि र क्षमता आगामी मुख्यसचिव टुंग्याउने निर्णायक आधार बन्नेछन् ।

    एकनारायण अर्यालको ‘चौथो नम्बरबाट मुख्यसचिव’ यात्रा

    एकनारायण अर्याल मुख्यसचिव हुँदा उनी वरीयतामा चौथो नम्बरमा थिए । उनीभन्दा अघि तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराई क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटताका कारण अर्याल आफ्नो वरिष्ठताभन्दा अघि मुख्यसचिव बन्न सफल भए । त्यसपछि ज्ञवालीले सचिवबाट राजीनामा दिए भने सुवेदी र भट्टराईले आफ्नो केही समय बाँकी रहेको सचिवको कार्यकाल पूरा गरेर अवकाश लिए ।

    यस पटक भने अर्याल आफैँ मंसिर १० मा अबकाश हुँदैछन् र साथमा अर्का सचिव गोकर्णमणी दुवाडी पनि ५ वर्षे सचिवको कार्यकाल पूरा गर्दै अवकाशमै जादैँछन् । तर अर्यालले अवकाशअघि नै राजीनामा दिए भने ? त्यस्तो अवस्था आए वरीयतामा पहिलो नम्बरमा रहेका दुवाडी मुख्यसचिवका स्वाभाविक दाबेदार बन्छन् । तर, दुवाडी अहिले जेन-जी आन्दोलनसँग जोडिएर विवादित बनेकाले उनलाई मुख्यसचिव बन्न त्यति सजिलो छैन ।

    गोकर्णमणि दुवाडीः सबैभन्दा ‘सीनियर’, तर जोखिमले घेरिए

    वरीयताको पहिलो नम्बरमा रहेका दुवाडी वरिष्ठताको आधारमा मुख्यसचिवका पहिलो दाबेदार हुन् । जेनजी आन्दोलनका ‘मुख्य प्रशासनिक जिम्मेवार’ अर्थात गृहसचिव थिए । गृह प्रशासन र प्रहरी प्रशासन दुवैको सम्पूर्ण जिम्मेवारी गृहसचिवमार्फत चल्छ । त्यसैले आन्दोलनमा भएको क्षति, बल प्रयोग, राजनीतिक निर्णय र कार्यान्वयन दुवाडीको नामसँग जोडिएको छ । अहिले जाँचबुझ आयोगले ‘विदेश जान निषेध’ समेत गरिसकेको छ । यो अवस्थाले दुवाडीलाई मुख्यसचिव बनाउने सम्भावना अत्यन्त न्यून देखिन्छ ।

    गृह मन्त्रालयदेखि तथ्यांकको नेतृत्वसम्म गरिसकेका छन् दुवाडीले । उनीसँग सबैतिरको अनुभव छ । राष्ट्रिय योजना आयोगको सचिव, गृह मन्त्रालयको सचिव, राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी, भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव, निर्वाचन आयोगको सचिव, प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव हुदैँ मधेश प्रदेशको प्रमुख सचिवसम्म । विशेषगरी निर्वाचन व्यवस्थापन, प्रादेशिक प्रशासन र तथ्यांक नीति निर्माणमा उनीसँग राम्रो अनुभव छ ।

    २०७९ सालको स्थानीय तहको निर्वाचनदेखि प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचन समेत गरेको दुवाडीसँग अनुभव छ । तर, तत्कालीन गृहमन्त्री रमेश लेखकसँगै उनी भिजिट भिसा प्रकरण, मानव तस्करी संलग्नता आरोप र अख्तियारको निगरानी सूचीमा परिरहेका छन् । त्यसैले सबैभन्दा वरिष्ठ सचिव भएर पनि दुवाडी मुख्यसचिव बन्न सहज छैन ।

    सुमनराज अर्यालः वरीयताको आधारमा सबैभन्दा मजबूत दाबेदार

    यदि अहिलेका मुख्यसचिव अर्यालले मंसिर १० भन्दाअघि राजीनामा नदिएको अवस्थामा मुख्यसचिवका लागि दुवाडी र अर्याल दुवै अवकाश सूचीमा पर्छन् । त्यसपछि वरीयताको पहिलो नम्बरमा आउने पात्र हुन्, रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल । उनी करिब ५ वर्षे सचिवको कार्यकालयमा कुनै पनि विवादमा नपरेका व्यक्ति हुन् । नेपाल प्रहरीको प्रमुख पनि पहिलो नम्बरकै व्यक्ति नियुक्त भएको ताजा उदाहरण छ ।

    अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका व्यक्ति हुन् । उनले प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा व्यवहारिक नेतृत्व देखाएका छन् ।

    तर, उनको मुख्यसचिवको कार्यकाल लामो छैन । उनी ५८ वर्षे उमेर हदका कारण ६ महिना मुख्यसचिवको जिम्मेवारी सम्हालेर आगामी असार २६ गते नै अनिवार्य अवकाशमा जानेछन् । अर्थात्, आगामी फागुनमा निर्धारित निर्वाचन गराएर ७ महिना भन्दा कम समय मुख्यसचिवका रूपमा रहनेछन् ।

    प्रमिलादेवी बज्राचार्यः दोस्रो मुख्य सचिव महिला बन्लिन् ?

    प्रधानमन्त्री सुशिला कार्की स्वयं महिला भएकाले महिला प्रधानमन्त्रीसँगै मुख्यसचिव पनि महिला बनाउने ‘मूड’ चलेमा प्रमिलादेवी बज्राचार्यको भाग्य खुल्नेछ । वरिष्ठताको आधारमा उनी अहिले दोस्रो वरीयतामा छिन् ।

    प्राविधिक सेवाबाट मुख्यसचिव बन्ने अवसर पनि उनैलाई नै छ । शंकरदास बैरागी परराष्ट्र र लिलादेवी गड्तौला न्याय तथा कानून सेवाबाट मुख्यसचिव भइसकेकाले प्रशासन बाहेक सेवामा प्राविधिक इन्जिनियरिङ सेवामा मुख्यसचिव बन्ने अवसर बज्रचार्यलाई छ । उनले खानेपानी तथा सरसफाइको क्षेत्रमा, जल आपूर्ति नीति निर्माणमा, वित्तिय प्रगति, समयमै परियोजना सम्पन्नता, स्रोत व्यवस्थापन र शहरी खानेपानी विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएकी छन् ।

    मधुसुदन बुर्लाकोटीः तथ्यांक र खरिदमा विज्ञता, आलोचक छवि

    वरीयताको तेस्रो नम्बरमा रहेका मधुसुदन बुर्लाकोटी मुख्यसचिवका शक्तिशाली दाबेदार हुन् । उनी अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा करिव एक वर्षदेखि प्रमुख तथ्यांक अधिकारी (सचिव)को जिम्मेवारीमा छन् । विशेषगरी उनको जनगणना, तथ्यांक नीति, सरकारी योजना निर्माणका आधारभूत तथ्यांक प्रणाली आधुनिकीकरणमा मुख्य भूमिका रहेको छ ।

    यसअघि बुर्लाकोटी सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत थिए । अनियमितता र कर्मचारी अभावबारे खुलेर बोल्ने स्वभावका कर्मचारी हुन् । साथै निजामती सेवाका विकृति विसंगतीका बारेमा सार्वजनिक टिप्पणीले उनी आलोचनात्मक चेत भएका कर्मचारीमा गनिन्छन् । यदि सरकारले सबैभन्दा आलोचक सचिव छान्ने हो भने बुर्लाकोटी प्रमुख दाबेदार बन्नेछन् । सार्वजनिक खरिद अनुगमन कार्यालयपछि उनी उपराष्ट्रपति कार्यालयमा केहि समय बसेका थिए भने त्यसअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

    कृष्णहरी पुष्करः प्राविधिक, प्रशासनिक र राजनीतिक सन्तुलनमा दक्ष

    वरीयतामा चौथो भए पनि दाबेदारमध्ये उभिएका छन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्कर । किनभने उनी सबैभन्दा ‘सबैलाई मिलाउने’ स्वभावका छन् ।

    उनले प्रधानमन्त्री कार्यालयदेखि, अर्थसचिव, राजस्वसचिव सामान्य प्रशासनसचिव, श्रम मन्त्रालय लगायतका महत्वपुर्ण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । महत्वपुर्ण मन्त्रालयका रुपमा रहेको गृहसचिवको जिम्मेवारी मात्रै सम्हाल्न बाँकी छ । यद्यपी सहसचिव हुदाँ उनले गृह मन्त्रालय मातहत रहेका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । उनीसँग प्रशासनिक, नीतिगत र वित्तीय तीनै क्षेत्रमा अनुभव छ । उनले द्वन्द्व, शान्ति र विकासमा पीएचडीसमेत गरेका छन् ।

    उनी बहुआयामिक क्षमता भएको व्यक्तिमा समेत गन्ने गरिएको छ भने उच्च तहमा सबैसँग मिलेर चल्न सक्ने कुशल कर्मचारी प्रशासकको रूपमा पनि औल्याउने गरेका छन् ।

    को मुख्यसचिव भए, कसलाई के असर पर्छ ?

    यदि सुमनराज अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा सचिवद्धय किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ मुख्यसचिवको लाइनमा आउनेछन् । अर्याल अवकाश हुँदा अहिले मुख्यसचिवको प्रतिस्पर्धामा रहेका बज्राचार्य, बुर्लाकोटी, पुष्कर तीनैजना ५ वर्षे सचिवको कार्यकालले अवकाशमा गइसकेका हुनेछन् ।

    यदि दोस्रो नम्बर वरीयतामा रहेका बुर्लाकोटी मुख्यसचिव नियुक्त भएको अवस्थामा उनपछि गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्द निरौला आगामी मुख्यसचिवको प्रतिस्पर्धामा आउनेछन् ।

    यदि तेस्रो नम्बर वरीयतामा रहेकी बज्राचार्य वा पुष्कर मुख्यसचिव नियुक्त भएको अवस्थामा

    यी दुईजना पूरै ३ वर्षे कार्यकाल मुख्यसचिव बस्न सक्ने भएकाले सचिवद्वय सरिता दुवाडी, गोविन्द कार्की, मदन भुजेल, वीरेन्द्र यादव, चन्द्रकला पौडेल, आदिले मात्रै आगामी मुख्यसचिवका लागि प्रतिस्पर्धा गर्न पाउन सक्छन् । यस अवधिमा डा. दिपक काफ्ले, घनश्याम उपाध्याय, दिनेशकुमार घिमिरे, नारायण दुवाडी, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्याल मुख्यसचिवको लाइनमै आउन पाउने छैनन् ।

    अर्थात कसलाई मुख्यसचिव बनाइन्छ, यसले अगाडि ५-७ वर्षसम्मको सम्पूर्ण कर्मचारीको नेतृत्व संरचना बदलिनेछ ।

  • प्रधानमन्त्रीको सचिवालयले भन्यो- कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्नू

    प्रधानमन्त्रीको सचिवालयले भन्यो- कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्नू

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूले भरोसा गर्न सक्ने व्यक्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको भन्दै सचिवालयमा राखिएको कर्मचारीको विषयमा आइरहेका समाचारप्रति ध्यानाकर्षण भएको सचिवालयले विज्ञप्ति निकालेर जनाएको छ ।

    प्रेस संयोजक रामबहादुर रावलले एक विज्ञप्ति जारी गर्दै राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको प्रष्टीकरण दिएका छन् । प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमतीसहितलाई नियुक्ति दिलाएको भनी प्रश्न उठेपछि प्रधानमन्त्रीको सचिवालयले वक्तव्य जारी गरेको हो ।

    कानून सम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न सचिवालयले अनुरोध गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ- सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ ।

    प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको भन्दै त्यसो नगरिदिन अनुरोध गरिएको छ ।

    सचिवालयमा ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा कार्कीले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्ति २० जनाको मात्र सचिवालय बनाएको रावलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    सचिवालयको विज्ञप्ति जस्ताको तस्तै

    सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित-प्रसारित सामग्रीलाई लिएर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आउनुभएको छ।

    राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको छ।

    प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा ‘स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने’ व्यवस्था छ।

    सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो।

    सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो।

    प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।

    यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ।

    कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ। १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ।

    यी सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरुले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हाल सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाउनुभएको छ।

    जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढंगले निर्वाचन गर्न यो सरकार लागिपरहेका बेला यसबाट ध्यानभंग गराउने उद्देश्यले आएका सामग्रीहरुमा विश्वास नगर्न पनि सबै पक्षहरुलाई विनम्र अनुरोध छ।

    प्रेस संयोजक
    रामबहादुर रावल

  • डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेकाे प्रलाेपामा ५ अध्यक्ष, काे-काे अटाए ?

    डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेकाे प्रलाेपामा ५ अध्यक्ष, काे-काे अटाए ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् गठन गरेको छ । आइतबार घोषणा गरिएको पार्टीले ५ सदस्यीय अध्यक्ष परिषद् गठन गरेको हो ।

    अध्यक्ष परिषद्‍मा जेन-जी अगुवा ओजस्वी भट्टराई, साविक नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराती, रास्वपा त्यागेर आएका सन्तोष परियार र मधेशबाट अशोक जैसवाल सहभागी छन् ।

    अध्यक्ष परिषद‍मा दोस्रो तहका नेताहरू सहभागी भए पनि बाबुरामसहित जनार्दन शर्मा, राम कार्कीलगायत शीर्ष नेताहरूसँग सहभागी छैनन् ।

  • जेन-जी मुभमेन्टले भन्यो- ‘कु’ गरेर बनेको सुशीला सरकारले तत्काल राजीनामा दिनुपर्छ

    जेन-जी मुभमेन्टले भन्यो- ‘कु’ गरेर बनेको सुशीला सरकारले तत्काल राजीनामा दिनुपर्छ

    काठमाडौं । जेन-जी मुभमेन्ट नामक समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले जनविश्वास गुमाएको भन्दै राजीनामा मागेको छ । राजीनामा नगरेमा यो सरकारलाई बहिष्कार गर्न उक्त संगठनले देशवासीमा आह्वासमेत गरेको छ ।

    संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो । छोटो समयमै सरकारका मन्त्रीहरू विभिन्न काण्डमा फँस्न थालेको भन्दै विज्ञप्तिमा भदौ २४ गतेको आन्दोलनमा युवाहरूलाई उत्तेजित गर्ने काम प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्यालबाट भएको दाबी गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले जानीजानी राज्यविहीनता र अराजकताको वातावरण सिर्जना गरेर राजनीतिक कु मार्फत सत्ता कब्जा गर्ने योजना बनाइरहेको तथ्य आज देशले स्पष्ट देखिसकेको छ,’ ‘जनताले आज उनीहरुको वास्तविक उद्देश्य बुझिसकेका छन् ।’

    देशलाई थप संकट अराजकता र अस्थिरतामा धकेल्ने कृत्यमा सुशीला कार्कीको समूह निरन्तर सक्रिय छ । यो सरकार संवैधानिक वैधताविहीन मात्र छैन, यसको राजनीतिक र नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको छ ।

    अतः हामी सुशीला कार्कीलाई पदबाट राजीनामा दिन र जेन्जी विद्रोको भावना तथा जनअकांक्षा कुठाराघात नगर्न दृढ आह्वान गर्छौं । सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रीपरिषदलाई सार्वजनिकरुपमा बहिष्कार गर्दै अवज्ञा गर्न देशवासीलाई आह्वान गर्छौं ।’

    जेन-जी मुभमेन्टको विज्ञप्तिमा प्रवक्ता विजय साहले हस्ताक्षर गरेका छन् ।

  • एनपीएलः जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

    एनपीएलः जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

    काठमाडौं । नेपाल प्रिमियर लिग २ अन्तरगत आज दुईवटा म्याचहरू कीर्तिपुर रंगशालामा हुँदैछन् । पहिलो म्याचमा जनकपुर बोल्ट्सविरुद्ध बिराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

    विराटनगरले टस जितेर ब्याटिङ रोजेको हो । यसअघिका दुई म्याचमा विराटनगरले लगातार जित दर्ता गरिसकेको छ । साविक विजेता जनकपुर भने दोस्रो म्याच खेल्दा पहिलो जितको खोजिमा छ ।

    आफ्नो पहिलो म्याचमा जनकपुरले हारको सामना गरेको थियो ।

  • खण्डहर बन्यो विराटनगर जुट मिल (तस्बिरहरू)

    खण्डहर बन्यो विराटनगर जुट मिल (तस्बिरहरू)

    काठमाडौं । नेपालको पहिलो सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । यो मिलसँग नेपालको राजनीतिक आन्दोलनको इतिहास जोडिएको छ।

    जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो । पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहीँबाट शुरू गरेका थिए ।

    ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटक-पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ । लामो समयदेखि बन्द भएको उद्योग खण्डहर जस्तै बनेको छ ।

    ६९ बिघा जग्गामा फैलिएको यो उद्योग पुन: सञ्चालनका लागि सरकारले निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन् । भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खियाले काम नलाग्ने भएका छन् ।

    २०४६ सालमा प्रजातन्त्र पुन:स्थापनासँगै मिलको अवस्था खस्किन शुरू भएको हो । सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापन पटक पटक परिवर्तन भएकाले उद्योग यो अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।

    तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ NPL

  • आजबाट लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनः यी हुन् मुख्य प्राथमिकताका बिजनेस

    आजबाट लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनः यी हुन् मुख्य प्राथमिकताका बिजनेस

    रुपन्देही । जेन्जी आन्दोलनपछि भदौ अन्तिममा सकिएको लुम्बिनी प्रदेशको वर्षे अधिवेशनपछि सबा दुई महिनामा हिउँदे अधिवेशन बस्न लागेको छ । यसअघि सरकारले बिजनेस दिन नसकेको भन्दै प्रदेश सभा सदस्यहरुले आलोचना गरेकाले अहिले केही तयारी गरे पनि हिउँदे अधिवेशनका लागि पर्याप्तता अझै भएको छैन ।

    प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट शुरु हुँदैछ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् ।

    बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नेछन् । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताए । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेश गर्नकालागि स्वीकृति दिएको छ ।

    लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

    प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका लागि पेश गर्न केही बिजनेस तयारी गरेको छ । बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

    सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी पदेश सरकारले बाधा अड्काउ फुकुवा गरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्नेगरी निर्णय गरिएको हो । सो मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिने निर्णय भएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।

    यस्तै, बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

    सभामुख तुलाराम घर्तीमगरले आजबाट शुरु हुने प्रदेश सभा ५ दिन नियमित गर्ने संकेत गरेका छन् । ‘केही बिजनेस प्रदेश सभामा आइसकेका छन्, केही सरकारले तयारी पनि गरेको हो, अहिले केही सांसदहरुले विशेष समय लिएर बोल्ने पनि होला, त्यसैले लगातार ५ दिन जति चलाउने र त्यसपछि समय मिलाउने योजना छ, हेरौँ के हुन्छ,’ उनले भने ।

  • निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, हर्क साङपाङको दलसहित आइतबार १६ दल दर्ता

    निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, हर्क साङपाङको दलसहित आइतबार १६ दल दर्ता

    काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् ।

    आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी छन् ।

    यस्तै, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि शुक्रबार दर्ता भएका छन् ।

    निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८–८ दल, पाँचौ दिन ५ गते ७ दल र सातौँ ७ गते आइतबार १६ दल दर्ता भएका छन् ।

    यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ । आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आगामी निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पहिलो दिन मंसिर १ गते ३ दल, दोस्रो दिन २ गते एउटा दल, तेस्रो दिन ३ गते २ दल, पाचौँ दिन २ दल र सातौँ दिन ४ दल दर्ता भएका हुन् ।

  • एनपिएलमा आज दुई खेल हुने

    एनपिएलमा आज दुई खेल हुने

    काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आज आठौँ दिन सोमबार दुई खेल हुने भएको छ ।

    सोमबार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

    हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।

    मङ्सिर १ गतेदेखि शुरु एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ ।

  • विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर, विद्यालय तीन दिन बन्द, माछामासु बिक्रीमा रोक

    विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर, विद्यालय तीन दिन बन्द, माछामासु बिक्रीमा रोक

    जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए ।

    त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । भारतको अयोध्या र वृन्दावनबाट साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्ति जन्तीका रूपमा आएका छन् । विवाहपञ्चमीको पाँचौँ दिन सोमबार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ ।

    जनकपुरका विद्यालय तीन दिन बन्द
    विवाहपञ्चमी मेलाका कारण सोमबारदेखि मधेश प्रदेशका विद्यालय तीन दिन बन्द हुने भएको छ । रामजानकी विवाहपञ्चमीको अवसरमा धेरै भिडभाड हुने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको संस्थागत विद्यालयहरुको संस्थाले जनाएको छ ।

    प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर मङ्सिर ८ गतेदेखि १० गते(तीन दिन) विद्यालय बन्द रहने जानकारी गराएका हुन् । विज्ञप्तिमा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

    विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठूलो संख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनलाई बासस्थानका रूपमा प्रयोग गर्न अनुरोधसमेत गरिएको छ ।

    यस्तै, विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्था मिलाउनलाई अपिलसमेत गरेका छन् ।

    माछा–मासु र मदिरा बिक्री वितरणमा रोक
    विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आइतबारदेखि तीन दिनसम्म माछा–मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि रोक लगाएको हो ।

    विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहाद्र्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।

    सूचना विपरीत निषेधित क्षेत्रमा कार्य गरिएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको हो ।

    यसैबीच, विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

  • अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवानामा

    अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवानामा

    काठमाडौँ । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ ।

    विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

    ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

    यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।

    विभागले पञ्चकन्या स्टीललाई सामान्य निर्देशन दिएको छ । विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेको थियो ।

  • नीलम पासवानले नसोचेको संसदयात्रा–पतिलाई साउदीको रोजगारी,तीन सन्तान र जनताको जिम्मेवारी

    नीलम पासवानले नसोचेको संसदयात्रा–पतिलाई साउदीको रोजगारी,तीन सन्तान र जनताको जिम्मेवारी

    रुपन्देही । राजनीति गरेर माननीय बन्न धेरैले तयारी गर्छन्, संघर्ष गर्छन्, तर अवसर सोचेको र चाहेको समयमा पाउनै सक्दैनन् जहाँ कल्पना गरिएको हुन्छ । तर केहीलाई भने भाग्यले अप्रत्याशित मोडमा त्यस्तो अवसर ल्याइदिन्छ । लुम्बिनी प्रदेशमा नीलम पासवान पनि यस्तै उदाहरण हुन् जो राजनीतिमा लागेको ४ वर्षमै माननीय बनिन् त्यो पनि अप्रत्याशित समयमा । पहिलो चरणमा सांसद बन्ने सूचीमा नपरेकी उनी अन्ततः छोटो समयका लागि प्रदेशसभा सदस्यको कुर्सीमा बस्ने भाग्यमानी माननीय बन्न पुगेकी हुन् ।

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ पडरियाकी ३२ वर्षीया नीलम छोटो समयका लागि जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी हुन् । निलमले मंसिर ८ गते पहिलो संसद् यात्राको लागि प्रदेश सभामा जाने तयारीमा छन् तर यो महत्त्वपूर्ण अवसरमा उनका राजनीतिक र जीवनसहयात्री श्रीमानले विदेशबाटै उनलाई शुभकामना दिनुपर्ने बाध्यतामा छन् । निलमका श्रीमान् विनोद पासवान रोजगारीका लागि असार महिनामा साउदी अरब गएका कारण श्रीमतीले पाएको यो महत्त्वपूर्ण अवसर प्रत्यक्ष रूपमा देख्न पाएका छैनन् ।

    निलम र विनोदका १५ वर्षीय छोरा,४ वर्षीय छोरी र २ वर्षीय छोरी छन् । श्रीमान् नभएकाले उनले सानो छोराछोरी घरमै व्यवस्थापन गरेर संसद् भवन जाने तयारी गर्दैछिन् । ‘श्रीमान् कमाउन साउदी अरब जानुभएको छ, ४ वर्षदेखि म राजनीतिमा जोडिएको थिएँ, श्रीमान् पनि विदेशबाटै संघीय परिषद सदस्य रहेर पार्टीमा काम गरिरहनुभएको छ, के गर्ने यहाँ बसेर खर्च चलाउन सकिएन विदेश जानुपरेको छ’ निलमले भनिन् ।

    तर निलमले यो जिम्मेवारी पाउनका लागि योजनाबद्ध भन्दा बढी संयोगको परिणाम बनेको बताउँछिन् । ०७९ सालमा पार्टीले बुझाएको समानुपातिक सूचीमा चौथो स्थानमा रहेकी उनी पहिलोचोटि सांसद बन्ने मौका पाइनन् । पार्टीबाट यसअघि ३ जना मात्रै सांसद भएकाले उनले नपाएकी हुन् । तर यसअघि समानुपातिक सूचिमा सांसद बनेकी गीता गुरुङले राजीनामा दिएपछि त्यो कुर्सी खाली रह्यो र लामो समयपछि नीलमका लागि ढोका खुल्यो ।

    जनमत पार्टीबाट प्रदेशसभा सदस्य रहेकी गीता गुरुङले वैशाख ३० गते बेलायतबाटै राजीनामा दिएकी थिइन् । पार्टी निर्णय नमानेको र सदनमा पनि नियमित नगएको भन्दै पार्टीभित्र आलोचनामा परेकी उनी लामो समयदेखि बेलायतमा बस्दै आएकी थिइन् । पार्टीका बैठकमा अनुपस्थित रहँदै आएकी उनलाई निरन्तर दबाब दिइए पनि उनले अटेर गरिन् । अन्ततः पार्टीले लिखित पत्रमार्फत राजीनामा गर्न आग्रह गर्‍यो । राजीनामा स्वीकृत भएपछि पद खाली रह्यो र त्यो रिक्तता नीलमको राजनीतिक जीवनमा निर्णायक मोड बन्यो ।

    जेठदेखि असोजसम्म पद खाली रह्यो । अन्ततः जनमत पार्टीले चौथो नम्बरमा रहेकी नीलमको नाम अघि बढायो । निर्वाचन आयोगमा पत्र लिन उनी २ वर्षे छोरा बोकेरै काठमाडौं पुगेकी थिइन् । त्यो दृश्य नै उनी राजनीतिक यात्रामा कति उत्साही र जिम्मेवार छन् भन्ने प्रमाण रहेको निर्वाचन आयोगमा पुगेकाहरूले जनाएका थिए ।

    निलमले प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष शपथ ग्रहण गरिसके पनि सदनमा भने मंसिर ८ मा पहिलोपटक गर्ने हुन् । निलमले भनिन्,‘तेस्रो नम्बर रहनुभएकी जनजाति महिला सांसद बन्नुभयो, म बन्न पाइनँ । तर यो बेला मेरो कल्पनाभन्दा पनि पर सांसद बन्ने अवसर पाइयो । भाग्य भनौँ वा संयोग, यो अवसर मेरो लागि जिम्मेवारी पनि हो । मैले केही नयाँ काम गरेर देखाउनुपर्ने छ समाजका लागि, परिवारका लागि ।’

    नीलम कम उमेरमै प्रदेशसभा सदस्य बन्ने सीमित महिलामध्ये एक हुन् । उनी जनमत पार्टीको स्थापनाकालदेखि नै सक्रिय रहिआएकी छन् । पार्टीमा उनी र उनका श्रीमान् विनोदकुमार पासवान दुवै जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । पार्टीका लुम्बिनी संसदीय दलका नेता तथा पूर्वमन्त्री सीके गुप्ताले नीलमलाई ‘इमानदार, निष्ठावान् र मेहनती नेतृ’ भनेर परिचय दिएका छन् । ‘उहाँ र उहाँका श्रीमान् सुरूवातदेखि नै पार्टीमा क्रियाशील हुनुहुन्छ’ गुप्ताले भने, ‘शिक्षित हुनुहुन्छ, तराईको दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ, समय छोटो भए पनि उहाँसँग इच्छाशक्ति छ ।’

    नीलम अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् । अध्ययनसँगै पार्टीको जिम्मेवारी, पारिवारिक भूमिका र सामाजिक काममा सन्तुलन मिलाउँदै उनी अघि बढेकी छन् । राजनीतिक जीवनमा यो पहिलो ठूलो अवसर पाएकोमा उनी उत्साहित देखिन्छिन् ।

    ‘राजनीतिमा कहिले अवसर जुर्छ भन्ने थाहा हुँदैन’ उनले भनिन्, ‘देशमा युवाले नेतृत्व गर्नुपर्ने बेला आएको छ । म संसदमा युवाको आवाज उठाउने सोचमा छु । तराईका समस्या उठाउँछु, आफ्नो भूगोलका समस्या उठाउँछु तर समय छोटो छ अहिलेको संसदमा मेरो तर गर्नु धेरै छ ।’ तराई–मधेशमा महिला, त्यसमा पनि दलित समुदायका महिलाहरू अझै पछाडि परेका छन् भन्नेमा उनी सचेत छन् । उनी भन्छिन्, ‘दलित महिला नेतृत्वलाई सशक्त बनाउन नीतिगत योजना चाहिन्छ । त्यसको कार्यान्वयनका लागि संसदमै पहल गर्ने सोच छ ।’

    प्रदेशसभामा यो उनको पहिलो अनुभव हो । त्यसैले उनले अग्रज नेताहरूको मार्गदर्शनमा अघि बढ्ने तयारी गरेकी छन् । ‘जनताको सेवा गर्न चाहन्छु, विशेष गरी महिलाको सशक्तीकरण, शिक्षा र सामाजिक विकासका क्षेत्रमा योगदान पुर्‍याउने योजना बनाएकी छु’ उनले भनिन् ।

    नीलमको सांसद बन्ने कथा केवल राजनीतिक नियुक्ति मात्र होइन, एक प्रेरणादायी यात्रा पनि हो, जहाँ समर्पण, धैर्यता र संयोग एकै ठाउँमा आएर नयाँ अवसर सिर्जना भयो । उनले अपेक्षा नगरेको स्थानमा पुगिन्, तर अब उनले त्यो जिम्मेवारीलाई अवसरभन्दा बढी कर्तव्यको रूपमा लिन थालेकी छन् ।

    उनको कथा धेरै युवा र विशेषगरी महिलाका लागि सन्देश हो, राजनीति होस् वा जीवनका अन्य क्षेत्र, अवसर कहिले आउँछ भन्ने थाहा हुँदैन । तयारी, धैर्यता र इमानदारीले कहिलेकाहीँ भाग्यलाई पनि आफ्नै पक्षमा ल्याइदिन सक्छ । सप्तरी माइत भएकी निलम बिहेपछि यही बस्दै आएकी हुन् । उनका ससुराबुवा लुम्बिनी विकास कोषमा लामो समय काम गरेपछि यतै जग्गाजमिन जोडेर बसेका हुन् ।

    ‘मधेसमा महिला र त्यसमाथि दलित महिलाको समस्या निकै पीडादायी छ, मैले सबै विभेद र खासगरि मधेसी महिलाको विभेदका विषयमा अघि बढ्नेछु, त्यसैगरी बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कुरा उठाउनेछु, पहिलो दिन’ उनले भनिन् ।

    नीलमलाई बधाई दिँदै जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले धैर्य गरे एकपटक अवसर आउने र त्यसको उदाहरण नीलम पासवान भएको जनाएका छन् । उनले अवसरका लागि पार्टी फेर्नेहरूलाई व्यंग्य गर्दै यसो नगर्न आग्रह गरेका छन् । ‘धैर्य राखेपछि आफैँ पाइन्छ, कहिले यता कहिले उता, कहिले दुई डुंगामा खुट्टा राखे बल्ड्याङ् लडिन्छ । जनमत पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि निर्वाचन आयोगले सो ठाउँमा बन्द सूचीबाट दलित कोटाबाट निलम पासवानलाई निर्वाचित गरेको छ’ उनले भनेका छन् ।

  • प्रहरी अनुसन्धान- सर्वोच्च अदालत जलाइँदा ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल किन त्यहाँ थिए ? 

    प्रहरी अनुसन्धान- सर्वोच्च अदालत जलाइँदा ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल किन त्यहाँ थिए ? 

    काठमाडौं। l जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा तोडफोड आगजनीमा संलग्न २ जना पक्राउ परेका छन् । त्यसक्रममा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल किन त्यहाँ गएका थिए भन्ने विषयको गम्भीर अनुसन्धानमा प्रहरी जुटेको छ ।

     

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरी जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

     

    पक्राउ पर्ने झापा, भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठ हुन् । उनीहरूलाई आपराधिक उपद्रभ मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको भट्टराईले बताए ।

     

    सोही घटनामा तत्कालीन माओवादी केन्द्रसम्बद्ध अखिल क्रान्तिकारीका नेता एवं नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेलको उपस्थिति र भिडियो फुटेजमा भेटिएका दृश्यको सूक्ष्म अध्ययन भइरहेको अपराध अनुसन्धान कार्यालय, टेकुस्रोतले जनाएको  छ ।

     

    पक्राउ परेका घताने र श्रेष्ठले आफूहरु अरुकै उक्साहटमा त्यहाँ पुगेको प्रारम्भिक बयान दिएका छन् । उक्साहट गर्ने व्यक्ति को थिए र के, कस्ता प्रलोभनका साथ उनीहरू त्यहाँ लगिएका थिए भन्ने कोणबाट अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ ।

     

     त्यसका निम्ति उपलब्ध भिडियो फुटेजमा देखिएका सबै व्यक्तिमाथि सोधपुछ गरिने अनुसन्धानरत एक प्रहरी अधिकृतले नेपाल प्रेसलाई बताए ।

  • दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

    दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको प्रवक्ता अर्जुन कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

  • एमाले विग्रहमा बिलाएका नेता- सीपी मैनालीदेखि शिव भण्डारीसम्मका कुरा 

    एमाले विग्रहमा बिलाएका नेता- सीपी मैनालीदेखि शिव भण्डारीसम्मका कुरा 

    राजनीतिले मानिसलाई सफल वा असफलमध्ये एउटा त बनाउँछ नै । यसले नाम, गुमनाम र बदनामसम्म दिन्छ । कतिपयले यीमध्ये केही कमाउँदैनन् । नाम कमाएकाले बदनाम नकमाए पनि परिस्थितिले गुमनाम भएका छन् ।

    माधव नेपालको नेतृत्वमा एमाले विभाजन हुँदा उनले पार्टी नै बनाउलान्, राम्रै गर्लान् भनेर कम्युनिष्ट आन्दोलनमै जीवन बिताएका थुप्रै नेता साथमा लागे । तर, हुँदाखाँदाको पार्टीलाई तीन टुक्रा पारेर माओवादी केन्द्रसहितको एकतामा गएपछि केही इतिहास भएका ‘राम्रा’ नेता यता न उता भए । जस्तो कि, झापा आन्दोलनका नेता घनेन्द्र बस्नेत, सुदूरपश्चिममा कम्युनिष्ट उत्पादन गर्ने डा.ताराप्रसाद जोशीदेखि दोलखामा पार्टी निर्माणकालदेखि काम गर्दै आएका शिव भण्डारीसम्म आज ‘यता न उता’ को अवस्थामा छन् ।

    यीमध्ये बस्नेत घनश्याम भुसाल नेतृत्वको नेकपा एस पुनर्गठन अभियानमा छन् । डा.जोशी कुलमान घिसिङ संरक्षित उज्यालो पार्टीमा लागे । तर, भण्डारी न एकतामा गए, न पुनर्गठन अभियानमा जोडिए, न त एमालेमै फर्किएका छन् । कम्युनिष्ट पार्टीमा हुने विभाजन र विग्रहले यसअघि पनि आन्दोलनमा त्याग र समर्पणका कारण स्थापित थुप्रै नेताले गुमनाम जीवन बिताइरहेका छन् । त्यो सिलसिला सकिएन, बरु जारी रह्यो । त्यसका उदाहरण बनेका छन्, शिव भण्डारी ।

     

    पञ्चायतकालमा सीपी मैनाली भन्ने नाम यस्तो ‘हाउगुजी’ थियो कि, आज ती दिनको चर्चा गर्दा दन्त्यकथाजस्तो हुन्छ । २०५४ को एमाले विभाजनमा सरिक भए । २०५८ मा एमाले फर्किने क्रममा उनी सामेल भएनन् । आजसम्म उनी नेकपा माले नाममै पार्टी चलाइरहेका छन् । तर, उनीसँग हिजोको विरासत बाँकी छैन । सीमित नेता–कार्यकर्तालाई साथमा लिएर ‘सर्भाइभल पोलिटिक्स’ गरिरहेका छन् । अर्थात्, राजनीतिमै छन् । तर, कहाँ, के गर्दै छन् भन्ने विषयको त्यति धेरै खोजी नहुनेमा पर्छन् ।

    उनी झापा आन्दोलनदेखि कोअर्डिनेसन केन्द्र निर्माणका मुख्य नेता हुन् । कोअर्डिनेसन केन्द्रलाई नेकपा माले बनाइँदा उनी संस्थापक महासचिव नै भए । उनीपछि झलनाथ खनाल, त्यसपछि मदन भण्डारी महासचिव भए । २०३९ सालमा पार्टीबाट कारबाहीमा परे । उनीपछि अरु महासचिव त भए, मालेको नेताका रूपमा चर्चामा चाहिँ सीपी नै रहे । उनी २०५४ को विभाजन र त्यसपछि पनि राष्ट्रिय राजनीतिमा छाइरहे । तर, २०५८ को एकता अस्वीकार गरेपछि आन्दोलनको मूल प्रवाहबाट टाढिए । पुरानो क्रेज बाँकी रहेन । पार्टीलाई सीपी चाहिन्छ भन्ने पङ्क्ति त्यति बेलासम्म सीपीप्रतिको मोहबाट टाढिइसकेको थियो ।

    सीपी जसरी नै उनका दाजु तथा झापा आन्दोलनबाटै अगाडि बढेका नेता राधाकृष्ण मैनाली (आरके) पनि राजनीतिमा अलप प्रायः स्थितिमा रहे । २०५९ सालमा माधवकुमार नेपाल महासचिव हुँदा पार्टीबाट कारबाही गरियो । त्यो रिसले उनी शाहीकालीन सरकारको शिक्षा तथा खेलकुद मन्त्री हुन गए ।

    उनी राजाको मन्त्रिपरिषद्मा नगएका थिए भने क्रेज कायम राख्थे । तर, त्यसपछि कम्युनिष्ट राजनीतिमा उठ्नै सकेनन् । २०६२–०६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो । उनी त्यसमा गए । त्यहाँ जहिल्यै ‘राजावादी’ को खप्की खाए । फेरि २०७२ मा एमालेमा फर्किए । काम पाएनन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रूपमा पेस भए । फलतः एमालेमा पनि टिक्न सकेनन् ।

    उनी जसरी नै हराए, देवीप्रसाद ओझा । कुनै बेला एमाले र मालेका हस्तीमध्येका हुन्, यी नेता । तर, आजको राजनीतिमा उनीहरू गुमनाम छन् । कारण हो, पार्टीको विभाजन र विग्रहको सिकार बन्नु ।

    २०७७ को विभाजनमा कतै नलागेका वामदेव गौतम अहिले बल्ला राजनीतिमा बौरिएका छन् । यसबीचको कालखण्डमा उनी गुमनाम थिए । पार्टी एकता राष्ट्रिय अभियानका नाममा राजनीति गरे । त्यसले जनमानसमा कुनै प्रभाव राखेन । बरु, युवराज सफलसम्मले वामदेवलाई पार्टीबाट निकाल्न खोजे । केही महिनाअघि एकीकृत समाजवादी हुँदै अहिले नेकपाको चौथो वरियताको नेता बनेका छन् ।

    राजनीतिका अर्का पीडित पात्र हुन्, घनेन्द्र बस्नेत । २०४८, २०५१ र २०५६ का आम निर्वाचनसम्मका सांसद हुन् । पछि उनी पार्टीभित्र नेताहरूको नजरमा परेनन् । २०७७ मा तत्कालीन नेकपा विभाजित हुँदा माधव–झलनाथ समूह हुँदै २०७८ मा एकीकृत समाजवादी गठन हुँदा त्यसमा लागे । तर, अहिलेको ध्रुवीकरणमा कतै सक्रिय भएनन् । उनी माओवादी केन्द्रसहितको एकतामा कदापि नजाने र यथास्थितिमा एमालेमा पनि नफर्किने अडानमा छन् ।

    शिव भण्डारीः इतिहासदेखि विचलनसम्म

    दोलखा जिल्लामा एमाले (तत्कालीन माले हुँदै) निर्माण कालका नेता शिव भण्डारी त्यही अवस्थामा छन् । घनश्याम भुसालहरू पुनर्गठन भनेर तल्लीन छन् । रामकुमारी झाँक्री–किसान श्रेष्ठहरू एमालेमा फर्किए । तर, उनीहरू जत्तिका मात्र हैन, इतिहास पल्टाउँदा बढी नै हिसाब निस्कने शिव भण्डारी आज कतै छैनन् ।

    २०३६ सालबाटै सक्रिय कम्युनिष्ट राजनीतिक सुरु गरेका उनका आफ्नै बुबा रामप्रसाद भण्डारी भने गाउँका जिम्मल थिए । सिंगो आधा सुकाठोकर गाउँ भण्डारी परिवारको थियो । त्यस बेला ३०० मुरी धान घरमा भित्रिन्थ्यो । भण्डारीका जिम्मल बाबुले गाउँमा घरायसी काम गर्नेहरू थिए । सुख सयलको जीवन थियो । आर्थिक र सामाजिक हिसाबमा खानदानी परिवारका भण्डारी भने कम्युनिष्ट राजनीतिमा लागे । भण्डारी स्वयं भने आफ्नै बाबु जिम्मल रहेको जिम्मली प्रथाको कट्टर विरोधी थिए ।

    २०३९ सालमा पार्टीको संगठित सदस्य भएका भण्डारीलाई तत्कालीन प्रशासनले धरपकड सुरु गरिसकेको थियो । उनले कम्युनिष्ट भएबापत आफ्नो बाबुदेखि प्रशासनको चरम धरपकड सहे । घरमा आमा र श्रीमतीले उनको राजनीतिमा दह्रो सघाउ पुर्‍याए । फलतः उनको राजनीतिक अभियानलाई सघाउ पुग्यो ।

    घरमा माधव पौडेल, सुरेश कार्की, पशुपति चौलागाईँलगायतको सेल्टर थियो । दोलखाका दिवङ्गत नेता पशुपति चौलागाईंले त्यति बेला शिव भण्डारीको बुबासँग घनिष्ठ सम्बन्ध बनाएका थिए । त्यो बेलाको अवस्था बताउँदै चौलागाईंले शिव भण्डारी र उनका बुबाबीचको टकराबको मुख्य कारण छोरो कम्युनिष्ट बन्नु थियो बताएका थिए।

    बुबा रामप्रसादको तीन वटा कुरा सबैभन्दा ठूलो चित्त दुखाई रहेको थियो । पहिलो– आफूले ल्याएका दासहरूलाई तपाईँ भन्यो । दोस्रो – नमस्कार गर्‍यो र तेस्रो ज्याला दियो । त्यो बेला यो भन्दा ठूलो क्रान्तिकारी काम अरु के हुन सक्थ्यो र । घरमा आफ्नै बाबुसँग विद्रोह गरेका भण्डारी उनका बुबाबीच बाँचुन्जेल बोलचाल समेत भएन । आफ्नो बाबुको निधनपछि आफ्ना बाबुले काम गर्न ल्याएकाहरूलाई उनीहरूले कमाएको जग्गा जमिन उपलब्ध गराए ।

    घरबाटै विद्रोह सुरु गरेका भण्डारीलाई तत्कालीन प्रशासनले धेरै खालका मुद्दा मामला र यातना दियो । हरेक वर्षको चैत र वैशाखमा उनी पक्राउ पर्थे । कम्युनिष्टहरुलाई दबाएर कम्युनिष्ट राजनीतिक सक्ने प्रशासनको दाउ थियो । तत्कालीन पञ्चायत शासनको चरम दमन र यातनाका बाबजुद उनले सिंगो दोलखा र रामेछापमा कम्युनिष्ट राजनीतिलाई विस्तार गर्दै लगे । २०४५ साल मङ्सिर ७ र ८ गते उनकै घरमा अहिलेका एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा पहिलो अधिवेशन भएको थियो । अमृत बोहरा, माधव पौडेल पशुपति चौलागाईँ, वाङ्छे शेर्पा जितवीर लामा लगायत धेरै नेताहरू सहभागी अधिवेशनले दोलखालाई सशक्त कम्युनिष्ट किल्ला बनाउने घोषणा गरेको थियो ।

    २०४६ सालको परिवर्तनपछि भण्डारीले दोलखामा कम्युनिष्टहरुको संगठनलाई तीव्र बनाए । दोलखाको उत्तरमा लालकुमार केसी, पूर्वमा पशुपति चौलागाईँ र आनन्द पोखरेल र दक्षिणमा शिव भण्डारीको सक्रियता थियो । दोलखा जिल्लालाई कम्युनिष्ट किल्ला बनाउन यी चार नेताको भूमिका महत्त्वपूर्ण छ । २०५१ सालमा उनी एमालेका उपसचिव थिए। २०५४ मा जिल्ला विकास समितिको उपसभापति भए । २०५८ देखि २०६६ सम्म एमाले सचिव भए ।

    २०६२–६३ मा दोलखाको जनआन्दोलन समिति संयोजक भए । सो आन्दोलनमा तत्कालीन शाही प्रशासनले नियोजित ढंगले गम्भीर घाइते बनाएको थियो । सोही आन्दोलनले भण्डारीलाई जिल्लाका सबै राजनीतिक दलको अभिभावक बन्ने अवसर दिलायो । आज भण्डारीलाई राजनीतिक शिर उच्च बनाउनमा यही भूमिकाले सघाउ पुर्‍याएको छ । धेरै दोलखाली कम्युनिष्ट कार्यकर्ताले उनलाई ‘दोलखाको कार्ल मार्क्स’ भनेर चित्रित गर्ने गरेका छन् ।

    तत्कालीन नेकपा माओवादीको चरम दबदबाबीच पनि दोलखाको एमालेको संगठनलाई निस्तेज हुनबाट जोगाए । माओवादीले एमाले कार्यकर्तामाथि धमाधम आक्रमण गर्न थालेपछि कार्यकर्ता मारिनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेले । बुद्धिमान तामाङ मारिएपछि माओवादीको तारोमा रहेका एमाले कार्यकर्तालाई सदरमुकाम चरिकोट र काठमाडौंमा बस्न प्रोत्साहित गरे ।

    माओवादी खुला राजनीतिमा आएपछि समेत एमालेको सङ्गठन र गतिविधिलाई माओवादीको दबदबाबाट जोगाउँदै थप विस्तार गरे । नेकपा माओवादी विशाल खड्काले चरिकोटमा भण्डारीमाथि आक्रमण गरेर घाइते बनाएपछि सिंगो चरिकोट बजार नै माओवादीविरुद्ध उर्लिएको थियो ।

    माओवादीका केन्द्रीय नेता देवी खड्का र नेता विशाल खड्कालगायत धेरैले जिल्ला प्रशासन कार्यालयमा लुकेर ज्यान जोगाउनुपर्ने अवस्था बन्यो । चरिकोट बजारमा माओवादीलाई खोजी खोजी आक्रमण हुने अवस्था बन्यो । लगत्तै जिल्लाभर एमालेले माओवादीको ज्यादतीविरुद्ध अभियान नै चलाएको थियो । सो अभियानले दोलखामा एमालेको राम्रो जनसंगठन विस्तार गरेको थियो । एमाले कार्यकर्ताको आत्मबल बढाएको थियो ।

    भण्डारी जिल्लामा सचिव हुँदा केन्द्रमा माधव नेपालको नेतृत्व थियो । त्यस बेला भण्डारीले कुनै उल्लेख्य अवसर पाएनन् । केपी ओलीले चलाएको माओवादीविरुद्धको अभियानमा लागे । माधव नेपालहरू त्यही बेलादेखि माओवादीप्रति नरम थिए ।

    कम्युनिष्ट पार्टीमा संस्थापनलाई सहयोग गर्ने सामान्य सिद्धान्तअनुरूप भृकुटीमण्डपमा भएको महाअधिवेशनमा माधव नेपालकै पक्ष लागे । ओली क्रुद्ध भए । ओलीले शिवजी भनेर सम्बोधन गर्छन् । स्वभाव र शैलीका आधारमा ओलीसँग नजिक भण्डारीले माधवलाई सहयोग गरेकै कारण उनको सिंगो राजनीतिक जीवनमाथि ठूलो संकटको अवस्था बन्यो । सो महाधिवेशनमा ओली निर्वाचित भएपछि ‘शिवजी’ माथि ओलीले गर्न मिल्ने जति सबै गरे । उनी केन्द्रीय अनुशासन आयोगमा निर्वाचित भएका थिए । त्यो पद नाम मात्रैको बन्यो।

    केन्द्रीय नेतृत्वको चरम दमनका कारण उनी राजनीतिबाट टाढा रहेर कृषि पेसामा सक्रिय भए । दोलखाको मेलुङमा उनको आफ्नै फलफूल खेतीको व्यवसाय चलाउँदै आएका छन् । आर्थिक अभावमा राजनीतिमा पछाडि परेको अनुभूतिपछि उनले जिल्लाभर कार्यकर्तालाई उद्यमशीलता र राजनीतिलाई सँगसँगै लग्न अभियान समेत चलाए ।

    दोलखामा २०६६ सालमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भनी पार्वत गुरुङलाई आफ्नो उत्तराधिकारी बनाउँदै जिल्ला सचिव बनाए ।

    पार्टी विभाजनमा माधव नेपाललाई साथ दिए, तर माधवले उनलाई साथ दिएनन् । २०७९ को संसदीय निर्वाचनमा दोलखाबाट टिकट पाउने आसमा थिए । पश्चिम बागमतीबाट राजेन्द्र पाण्डे उठ्दा पूर्वी बागमतीबाट  भण्डारीले मौका पाउने कुरा जायज हुन्थ्यो । तर, माधवले त्यस्तो ठानेनन् ।

    हिजो माओवादीसँग लडेको, उनीबाट आफूसहित आफ्ना थुप्रै सहकर्मी मारिएको, कुटिए । त्यसैले उनीहरूसहितको एकतामा जानु राजनीतिक नैतिकताले दिँदैन भन्दै अहिले कतै लागेका छैनन् । उनी मात्र हैन, उनका छोरा डा.विशाल पनि एकतामा गएनन् । उनी कुलमान संरक्षित

    आज शिव भण्डारीहरू सक्रिय राजनीतिबाट टाढा रहने सोचमा छन् । स्वतन्त्र कम्युनिष्ट बन्ने र मर्दा कम्युनिष्ट पार्टीको झन्डा ओढेर मर्ने प्रण गरेर बेसका छन् । जनतामाझ लोकप्रिय भण्डारी जस्ता नेताले गाउँ गाउँमा धेरै कम्युनिष्ट कार्यकर्ता उत्पादन गरेका छन् । निष्ठाको राजनीति गरेका छन् । तर, त्यही राजनीतिले जीवनको उत्तरार्धमा यता न उताको  बनाएको छ ।

  • एमाले नेतामाथि दुर्व्यवहार भएपछि अखिलको चेतावनी- सरकारले अराजकता प्रवर्धन गर्दैछ, कठोर प्रतिवाद हुन्छ

    एमाले नेतामाथि दुर्व्यवहार भएपछि अखिलको चेतावनी- सरकारले अराजकता प्रवर्धन गर्दैछ, कठोर प्रतिवाद हुन्छ

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी स‌ंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एमाले नेताहरु भानुभक्त ढकाल र महेश बस्नेतमाथि भएको दुर्व्यवहारको घटना कानुनी राज्यको उपहास भएको बताएको छ ।

    ‘जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारले देशमा अराजकतालाई प्रवर्धन गरिरहेको छ ।’ अखिलका अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    अखिलले यस प्रकारका हर्कत बारम्बार दोहरिनुले सरकारले नै अराजकता बढाउन बल पुर्‍याएको पुष्टि हुने उल्लेख गरेको छ ।

    ‘यस्ता कुकृत्यहरु दोहर्‍याइँदै गरेको प्रति अनेरास्ववियु घोर निन्दा गर्दै कठोर प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौं ।’ आइतबार विज्ञप्ति जारी गर्दै अखिलले भनेको छ, ‘बहुदलीय लोकतन्त्र र कानूनी राज्यको उपहास गर्दै घटित यस प्रकारका घटनाले देशलाई थप अराजकतातर्फ धकेल्ने निश्चित छ ।’

    एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत महत्वपूर्ण राजनीतिक कार्यक्रमको सिलसिलामा जाँदै गर्दा विराटनगर विमानस्थलमा कायरतापूर्वक दुर्व्यवहार गरिएकामा अखिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

  • एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेका उनीहरुलाई बल्खुबाट पक्राउ गरिएको हो ।

    निजहरूका साथमा फेला परेका १५ थान मोबाइलको प्रविधियुक्त अनुसन्धान गरी मुलुकी अपराधसहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

  • भोजपुरको टुँडिखेल पुगेर हर्क साम्पाङले भने- श्रमबिना परिवर्तन सम्भव छैन

    भोजपुरको टुँडिखेल पुगेर हर्क साम्पाङले भने- श्रमबिना परिवर्तन सम्भव छैन

    भोजपुर । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले भोजपुरको टुँडिखेलमा भाषण गर्दै श्रमबिना परिवर्तन सम्भव नभएको बताएका छन् ।

    ‘अध्यक्ष साम्पाङले भने । युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो । साम्पाङले भने, ‘अबका दिनमा सबै सच्चिन आवश्यक छ । युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौं भन्ने बुझ्न आवश्यक छ ।’

    उनले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताए । आइतबार आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष साम्पाङ भोजपुरको टुँडिखेल पुगेका हुन् । उनले परिवर्तनका लागि सबै शक्ति मिल्न जरुरी रहेको बताए । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनको जोड थियो ।

  • रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

    रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

    काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । बानेश्वरस्थित निवासमै मृत फेला परेका खनियाले आत्महत्या गरेको आशंका छ ।

    एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारितामा स्थापित नाम हो । उनको मृत्युको अन्य कारण अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

    उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।

  • प्रगतिशील लोकतान्त्रिक पार्टीको अभिभावकीय भूमिकामा बाबुराम भट्टराई (यस्तो छ घोषणा-पत्र)

    प्रगतिशील लोकतान्त्रिक पार्टीको अभिभावकीय भूमिकामा बाबुराम भट्टराई (यस्तो छ घोषणा-पत्र)

    काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’  निर्माण गरिएको छ ।

    आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्वन आँखा प्रस्ताव गरिएको छ ।

    प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेको पार्टीले समावेशी नेतृत्व र सामूहिक भावनाका साथ अघि बढ्ने उद्देश्य राखेको उल्लेख गरेको छ ।

    पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरेको पार्टीमा १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ । दुर्गा सोवको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

  • एनपीएलः अहिलेसम्म कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

    एनपीएलः अहिलेसम्म कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

    काठमाडौं । यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज ‘विश्राम दिन’ । जसअनुसार आज कुनै पनि खेलको तालिका छैन । कूल ३२ मध्ये आठ खेल भइसकेका छन् । विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन् ।

    प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन् । दुईरदुई खेल खेलेका यी टोली चाररचार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाडौँ गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

    दुई/दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एकरएक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ । जनकपुर अहिले अङ्कविहीन छ । अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ । पोखराले दुवै खेलमा हार बेहोरेको छ ।

    खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन् । कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन् । उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन् । हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन् ।

    ब्याटिङमा विदेशी खेलाडी हावी

    हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन् । सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन् । कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए ।

    इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन् । भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन् । त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एकरएक अर्धशतकसहित समान ८६ रन जोडेका छन् । इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन् ।

    बलिङमा केसी अगाडि

    हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका कप्तान करण केसी छन् । उनी एक्लैले छ विकेट लिएका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए । सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए । केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन् ।

    मिलिन्द कुमारले पाँच विकेट लिएका छन् । उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए । उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए । हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चाररचार विकेट लिएका छन् । साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीनरतीन विकेट लिएका छन् ।

    स्ट्राइक रेटमा जैब अब्बल

    चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन् । यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन् । उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन् । दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन् ।

    आलमको किफायती बलिङ

    किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन् । उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन् । उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन् । उनले औसतमा २२ रनमा एक विकेट लिएका छन् ।

    हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन् । दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन् ।

    सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन् । लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन् । सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन् । दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन् ।

    ५९ पटक क्याच आउट

    आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन् । यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन् । सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन् । यी खेलाडीले हालसम्म समान तीनरतीन वटा क्याच लिएका छन् ।

    विराटनगरको उच्च स्कोर

    एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ । उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो । त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन् । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो ।

    त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाडौँ गोर्खाज छ । काठमाडौँ गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो ।

  • पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन् : जनार्दन शर्मा

    पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन् : जनार्दन शर्मा

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।

    आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नुकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् ।

    उनले भने, ‘कांग्रेस, एमाले, माओवादी आ-आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’

    त्यस्तै उनले दलहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाएको आरोप लगाए ।

    संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाई छ ।

    ‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन,’ उनले भने ।

    उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दाबी गरे ।

  • हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौं : सन्तोष परियार

    हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौं : सन्तोष परियार

    काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् ।

    आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् ।

    ‘जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरि कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौ २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’

    त्यस्तै उनले आजको घोषणा सभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रिक,प्रगतिशीलहरू र राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने दिन भएको बताए ।

    उनले भने, ‘आजको यो घोषणा सभा कुनै एउटा पार्टी बनाउने मात्र होइन । यो संकटको घडीमा सबै लोकतान्त्रिक, प्रगतिशीलहरू र यो राष्ट्रको चिन्ता गर्नेहरू र राष्ट्र बचाउनुपर्छ भन्नेहरू एक ठाउँमा आउने दिन हो ।’

    त्यस्तै उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे ।

    आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।

  • सडकको क्रोध रंगशालामा ‘डिमोबिलाइज’ गरौँ

    सडकको क्रोध रंगशालामा ‘डिमोबिलाइज’ गरौँ

    हरेक देश जहाँ युवालाई अनुशासित, सिर्जनशील र देशभक्त नागरिकमा रूपान्तरण गर्न सफल भएको छ, त्यहाँ खेलकुदले प्रमुख भूमिका खेलेको छ । बेलायतको फुटबल संस्कृति, जसले कामदार वर्गका युवाहरूको उर्जा र क्रोधलाई स्टेडियममा उत्साहमा रूपान्तरण गर्छ, वा जापानको मार्शल आर्ट्स परम्परा, जसले राष्ट्रिय अनुशासनको भावना विकास गर्छ, यी सबै उदाहरणहरूले देखाउँछन् कि खेलकुद सामाजिक स्थायित्व, आर्थिक वृद्धिको उत्प्रेरक र सांस्कृतिक गौरवको माध्यम हो ।

    नेपाल आज सङ्कटको मोडमा छ- हामीसँग प्रतिभा, महत्वाकांक्षा वा शक्ति अभाव नभएर, हाम्रो प्राकृतिक क्षमता राष्ट्रिय प्रणालीमा समायोजन नगरीकन छोडिएको कारण। जब युवा सक्रिय रूपमा संलग्न हुँदैनन्, त्यस खाली ठाउँमा नकारात्मक शक्तिहरू प्रवेश गर्छन्, अपराध, लागूपदार्थ, निराशा, गुटबन्दी राजनीति, र आवेगपूर्ण क्रोध । ८–९ सेप्टेम्बर २०२५ का घटनाहरू यसलाई स्पष्ट रूपमा प्रमाणित गर्छन् ।

    केवल एक सच्चा नेता, जो राजनीतिज्ञ होइन, त्यस दिन के भएको थियो बुझ्न सक्छ र अर्को जेन-जेड आन्दोलनलाई रोक्ने कदम चाल्न सक्छ, जुन देश जलाउन सक्ने क्षण हुन सक्थ्यो । यदि हामी युवाको असन्तुष्टिलाई सिर्जनात्मकता, प्रतिस्पर्धा, र एथ्लेटिक उत्कृष्टतामा मोड्दैनौं भने, नेपाल सधैं छोटो शान्ति र अचानक राजनीतिक अशान्तिको चक्रमा रहिरहनेछ ।

    खेलकुदलाई राष्ट्रिय नीतिको केन्द्रमा राख्दा मात्र राजनीति असफल भएको कामलाई सम्पन्न गर्न सकिन्छ, विविध राष्ट्रलाई एकताबद्ध गर्नु, जनसङ्‍ख्यालाई अनुशासित गर्नु, रोजगार सिर्जना गर्नु र नेपाललाई विश्वस्तरीय खेलकुद गन्तव्यको रूपमा ब्रान्ड गर्नु । यो सपना मात्र होइन, मानवशास्त्र, शारीरिक विज्ञान र राष्ट्रिय मनोविज्ञानमा आधारित रणनीति हो ।

    युवा संलग्नता र सामाजिक विकृतिको रोकथाम

    अवसरको कमी भएको समाजमा, युवा प्रायः जोखिमपूर्ण कार्यतिर झर्छन् । खेलकुदले यसलाई सकारात्मक बाटो दिन्छ-ऊर्जालाई केन्द्रित गर्ने, पहिचान व्यक्त गर्ने र उपलब्धि महसुस गर्ने स्थान । खेलकुदले युवामा अनुशासन, टीम वा क्लबसँगको सम्बन्ध, लक्ष्यप्राप्ति, आत्म-सुधारको अवसर, सामाजिक सम्मान र ध्यान अन्य नकारात्मक क्रियाकलापबाट मोड्ने शक्ति प्रदान गर्छ ।

    बेलायतको फुटबल संस्कृति यसलाई स्पष्ट देखाउँछ । लाखौँ असन्तुष्ट युवा सडकमा होइन, स्टेडियममा आफ्नो ऊर्जा खर्च गर्छन् । नेपाललाई पनि त्यही मोडल चाहिन्छ— हुलिग्यानको प्रोत्साहनको लागि होइन, तर भावनात्मक ऊर्जा प्रतिस्पर्धात्मक खेलकुद र सामुदायिक गौरवमा रूपान्तरण गर्न । जब युवा क्लबहरूमा संलग्न हुन्छन्—फुटबल, क्रिकेट, मार्शल आर्ट्स, एथ्लेटिक्स—उनीहरू राजनीतिक गुट वा सडक प्रदर्शनका औजार बन्न छोड्छन्। उनीहरूले नेता होइन, आफ्नो सपना पछ्याउँछन्।

    शरीर–मन–आत्माको समन्वय

    शारीरिक रूपमा बलियो, मानसिक रूपमा सजग, र भावनात्मक रूपमा स्थिर युवा भएका देशका नागरिक उत्तम हुन्छन् । आधुनिक न्यूरो साइन्सेजले देखाएको छ कि, नियमित खेलकुदले एकाग्रता, स्मरण शक्ति, निर्णय क्षमता, भावनात्मक नियन्त्रण, आत्मविश्वास र समस्या समाधान क्षमतामा सुधार ल्याउँछ । खेलकुद केवल मांसपेशीको कुरा होइन—यो शरीर, मन, र आत्माबीचको सामञ्जस्य सिर्जना गर्छ । सक्रिय शरीरले मनलाई स्पष्ट बनाउँछस स्पष्ट मनले आत्मालाई शान्त बनाउँछस शान्त आत्माले समाजलाई बलियो बनाउँछ ।

    फिनल्यान्ड, दक्षिण कोरिया, र अष्ट्रेलियाले विद्यालय स्तरको खेलकुदलाई पाठ्यक्रम जस्तै महत्त्वपूर्ण मान्छन् । नेपाल, यसको विपरीत, खेलकुदलाई वैकल्पिक विषयको रूपमा हेर्छ । अनुशासित पुस्ता उत्पादन गर्न, जुन २०२५ सेप्टेम्बरको अशान्ति रोक्न सक्षम होस्, विद्यालय र कलेजमा खेलकुद अनिवार्य हुनुपर्छ।

    नेपालको उच्चपहाडी फाइदा

    नेपालको विविधता केवल सांस्कृतिक मात्र होइन—यो शारीरिक, आनुवंशिक र मानवशास्त्रीय पनि हो । हाम्रा उच्चपहाडी समुदाय—मगर, राई, लिम्बू, गुरुङ, घले, तामाङ—सामान्य रूपमा बलियो होइनन् । उनीहरूको शरीर उच्च हिमाली क्षेत्रमा सयौं वर्षसम्मको विकासले आकार पाएको हो । उनीहरूको फोक्सो ठूला छन्, अक्सिजन वहन क्षमता उच्च छ, हेमोग्लोबिन स्तर उच्च छ, र सहनशीलता अत्यधिक छ । यी कारणले यी समुदायले ब्रिटिश, भारतीय र सिंगापुर सेनामा ऐतिहासिक रूपमा प्रभुत्व जमाउन सके।

    तर, नेपालले यी प्राकृतिक फाइदालाई संरचित खेलकुदमा रूपान्तरण गर्न धेरै काम गरेको छैन । राष्ट्रिय मानवशास्त्र र शारीरिक विज्ञान अध्ययन आवश्यक छ— किन उच्चपहाडी चढाइमा छिटो दौडन्छन्, फोक्सो कसरी अधिक दक्ष छ, हाइपोक्सियासँग कसरी जुध्छन्, र सहनशीलता किन मध्यम पहाडीभन्दा बढी छ। यस अनुसन्धानले उच्चपहाडी शारीरिक क्षमता अनुसार नयाँ खेलकुद विकास गर्न मद्दत पुर्‍याउनेछ— खेल जसमा विश्वले प्रतिस्पर्धा गर्न आउँछ।

    नयाँ विश्व खेलकुदको सिर्जना

    नेपालले किन सधैं विदेशी खेलकुदको अनुकरण गर्नु पर्छ ? हामीले नेतृत्व गर्ने अवसर छ । जस्तै जापानले जूडो, कोरियाले तायक्वान्दो र ब्राजिलले कापोएरा सिर्जना गर्‍यो, नेपालले उच्चपहाडी खेलकुद विकास गर्न सक्छस्,भर्टिकल इन्डुरेन्स रेस, उच्च हिमाली म्याराथन, पर्वतीय अवरोध खेलकुद, शेर्पा वजन सहन खेल, एकल-योद्धा प्रतिस्पर्धा, र उच्च हिमाली तीरंदाजी र भाले प्रहार ।

    उच्चपहाडी समुदाय एकल युद्धमा जन्मजात सक्षम छन्—’अन्तिम व्यक्ति जीवित’ शैली । हाम्रा पूर्वजहरू साँघुरो बाटो र पाखामा एक्लै लडेका थिए । यी क्षमताहरू आधुनिक मिक्स्ड मार्शल आर्ट्स, एकल सहन चुनौती, उच्चपहाडी कुस्ती, र पर्वतीय मुक्केबाजीमा रूपान्तरण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली मैदानमा आयोजना गरे, खेलाडी, अनुसन्धानकर्ता, र पर्यटक विश्वभरि आकर्षित हुन्छन् ।

    क्षत्रीय परम्परा र युद्धकौशल

    क्षत्री समुदायले बाल्यकालदेखि प्रशिक्षण, उच्च प्रोटिनयुक्त भोजन, ढाल र तरवारको युद्धकौशल, र अनुशासित प्रशासनिक संरचनाले गर्दा सधैं युद्धकला उत्कृष्टता प्रदर्शन गरेको छ । बलभद्र कुँवरदेखि भीमसेन थापा, अमरसिंह थापा र जंगबहादुर राणासम्म, छेत्री योद्धाहरूले रणनीति, सहनशीलता र साहस देखाए । जंगबहादुरको अभियान, जसमा तिब्बत जित्ने र १३ महिनामा चिनियाँ किल्ला कब्जा गर्ने कार्य समावेश छ, मानसिक तीक्ष्णता र शारीरिक सहनशीलताको उदाहरण हो ।

    नेपालले यस विरासतबाट आधुनिक युद्धकला खेलकुद विकास गर्न सक्छ-हतियारमुक्त अभ्यास, सहनशीलता चुनौती, रणनीतिक प्रशिक्षण। युवा आफ्ना पूर्वजोहरूको युद्धकला पुनःजोड्न सक्छन्, हिंसाविहीन तर संरचित र गर्वपूर्ण तरिकाले।

    राष्ट्रिय खेलकुद पूर्वाधार

    सत्य खेलकुद क्रान्तिका लागि पूर्वाधार विकेन्द्रीकरण आवश्यक छ। केवल काठमाडौंले राष्ट्रिय खेलकुद धारण गर्न सक्दैन । प्रत्येक जिल्लामा बहुउद्देश्यीय स्टेडियम, क्रिकेट मैदान, सम्भव भएमा घोडा दौड ट्र्याक, इनडोर हल (भलिबल, बास्केटबल, जूडो, मिक्स्ड मार्शल आर्ट्स), र प्रशिक्षण केन्द्र आवश्यक छन्।

    रणनीतिक केन्द्रहरू हुन सक्छन्स् नेपालगञ्ज—क्रिकेट र एथ्लेटिक्स, लुम्बिनी—शान्ति खेलकुद कूटनीति, काठमाडौं उपत्यका—राष्ट्रिय लिग मुख्यालय, गण्डकीरगोरखारतनहुँ—उच्चपहाडी सहन खेलकुद, चितवन—साहसिक खेल, विराटनगर—उत्पादन र खेलकुद सामग्री, राजविराज—सीमापार क्षेत्रीय लिग, पोखरा—पर्यटन-आधारित चरम खेल । ७७ जिल्लामा स्टेडियम बनेपछि, नेपाल राष्ट्रिय खेलकुद मेसिन बन्न सक्छ ।

    खेलकुद– आर्थिक इञ्जिन

    खेलकुद केवल मनोरञ्जन होइन—यो उद्योग हो । प्रशिक्षक, फिजियोथेरापी, स्टेडियम व्यवस्थापन, प्रसारण, पत्रकारिता, वस्त्र र मर्चेंडाइज, पर्यटन, कार्यक्रम व्यवस्थापन, खेलकुद चिकित्सा, पोषण र क्लब प्रशासनमा रोजगार सिर्जना हुन्छ । राष्ट्रिय फुटबल, क्रिकेट, मार्शल आर्ट्स, भलिबल लिगले हजारौं अवसर खोल्छ । उच्चपहाडी खेलकुदले अन्तर्राष्ट्रिय सहभागिता ल्याउँछ, होटल, एयरलाइन, स्थानीय व्यापार, ब्रान्डिङ, र विश्व सञ्चार माध्यमको ध्यान आकर्षित गर्छ । राष्ट्रिय प्राथमिकताका रूपमा खेलकुदले पर्यटन बढाउँछ, पर्यटनले अर्थतन्त्रलाई गति दिन्छ ।

    खेलकुद– राजनीतिक स्थिरताको लागि उपाय

    नेपाल सधैं सयौं राजनीतिक पार्टी र अनगिन्ती स्वार्थ समूहको भार उठाउन सक्दैन। पश्चिमेली लोकतन्त्र ३–४ प्रमुख पार्टीसँग सफल हुन्छन् किनभने समाज व्यवस्थित, संलग्न र उत्पादक हुन्छ। संरचित संलग्नता नहुँदा युवाको ऊर्जा राजनीतिक अराजकतामा झर्छ, जस्तो कि सेप्टेम्बर २०२५ आन्दोलनले देखायो। प्रत्येक चक्र नयाँ गुट, स्थानीय पार्टी र दबाब समूह निम्त्याउँछ, राजनीति व्यवसायिक प्लेटफर्ममा रूपान्तरण हुन्छ।

    खेलकुदले वैकल्पिक पहिचान दिन्छ: क्लब प्रेमको माध्यमबाट गुटबन्दी कम, प्रतिस्पर्धाबाट आत्मअनुशासन, र सडकबाट अनुशासन । खेलकुदमा संलग्न युवा आफ्नो ऊर्जा स्टेडियममा खर्च गर्छन्, सडकमा होइन ।

    खेलकुदयुक्त राष्ट्रको दृष्टि

    नेपालका युवाले केवल नाराहरू मात्र होइन, स्पष्ट दिशा चाहन्छन् । खेलकुद केवल मनोरञ्जन होइनस यो राष्ट्रनिर्माण हो । उच्चपहाडी शारीरिक क्षमता अध्ययन, स्वदेशी खेलकुद विकास, जिल्लाभर पूर्वाधार निर्माण, शिक्षामा खेलकुद एकीकरण, राष्ट्रिय लिग र क्लब सिर्जना, पर्यटन र अर्थतन्त्रसँग खेलकुदको सम्बन्धले नेपाललाई राजनीतिक रूपमा असन्तुष्ट राष्ट्रबाट युवाकेन्द्रित विश्व खेलकुद शक्ति बनाउँछ ।

    नेपालसँग प्रतिभाको खानी छ, उच्चपहाडी शारीरिक क्षमता, युद्धकला इतिहास, बहुजातीय शक्ति, प्राकृतिक सहनशीलता— विश्वस्तरमा अनुपम । संरचनाबिना प्रतिभा निराशा बनिन्छ, दिशा बिना उर्जा क्रोधमा परिणत हुन्छ । खेलकुद त्यो पुल हो ।

    यदि नेपालले खेलकुदलाई राष्ट्रिय संस्कृतिको रूपमा अंगिकार गर्छ भने, हामी युवालाई अनुशासित बनाउन सक्छौं, अर्थतन्त्र सुदृढ पार्न सक्छौं, विश्वस्तरको पहिचान निर्माण गर्न सक्छौं, राजनीतिक विभाजन घटाउन सक्छौं, पर्यटन आकर्षित गर्न सक्छौं, र राष्ट्रलाई गर्वसहित एकताबद्ध बनाउन सक्छौं ।

    खेलकुद केवल शौख होइन । खेलकुद राष्ट्रिय रणनीति हो । खेलकुद नै भविष्य हो, जुन नेपालले पाउन योग्य छ । जब मानिसहरूले तपाईँमाथि भरोसा गर्छन्, त्यो भरोसाको गहिराइ—र कहिलेकाहीँ त्यो भरोसाको पवित्र निरपराधता—हामीलाई थाहा नै हुँदैन । कुनै–कसैलाई तपाईँको वक्तृत्व, तपाईंको सार्वजनिक उपस्थिति, आत्मविश्वास, पोशाक वा पहिरनले आकर्षित गरेको हुन सक्छ । अरूलाई भने तपाईँका लेख, तपाईँको मिशन, र तपाईँले प्रस्तुत गर्नुभएको राष्ट्रिय दृष्टिले साँच्चै छोएको हुन सक्छ ।

    तर नेतृत्वको वास्तविक परीक्षा केही असहज, तर अत्यन्त मौलिक रणनीतिक प्रश्नहरूले गर्छन् । गगन थापा, विश्वप्रकाश शर्मा, बालेन शाह, रवि लामिछाने—के तपाईंहरू बीपी कोइराला, जवाहरलाल नेहरू र राजा वीरेन्द्रको परम्परागत ‘असन्लग्नता’ सिद्धान्त भन्दा पर गएर लोकतान्त्रिक मूल्य र आधुनिक पूँजीवादी महाशक्तिसँगको सक्रिय साझेदारीमा आधारित नयाँ गठबन्धन संरचना खोज्न तयार हुनुहुन्छ ?

    के तपाईंहरू उत्तरका प्रतिबन्धित सीमाक्षेत्रहरूलाई नियमनसहित पर्यटनका लागि खोल्ने र नेपालको वास्तविक कम्प्यारेटिभ एडभान्टेज अनुरूप पर्यटन– केन्द्रित पूर्वाधार बजेटिङ अवलम्बन गर्ने पक्षमा हुनुहुन्छ ? के तपाईं बफर जोनका बसोबासहरूको वैज्ञानिक पुनःस्थापन, हिमाली आतिथ्य–करिडोरहरूको निर्माण र उच्च भेगलाई दिगो समृद्धिको इन्जिन बनाउने सुविधायुक्त सेवा–केन्द्रहरूको विकास गर्ने नीतिको समर्थन गर्नुहुन्छ ?

    के तपाईं संरक्षण नीतिलाई आधुनिकीकरण गर्दै वैज्ञानिक रूपमा व्यवस्थापित राष्ट्रिय निकुञ्जहरू, जहाँ जडीबुटी परिष्करण उद्योग, नियंत्रित इको–टुरिज्म गतिविधि र उच्च–उडान हवाई आधारसमेत (एयरबेस) निर्माण गर्न सकिने बहुउपयोगी संरचना स्वीकार गर्न तयार हुनुहुन्छ ?

    र, अन्तिम प्रश्न—

    के तपाईं नेपाललाई भारतीय नाकासँग जोड्ने र समुद्री बन्दरगाहसम्म सहज पहुँच दिने ४–६ लेनको आर्थिक एक्सप्रेसवे निर्माणलाई समर्थन गर्नुहुन्छ ? जसले नेपालका निर्यात लागत घटाउँछ, प्रतिस्पर्धात्मकता बढाउँछ र नेपाललाई क्षेत्रीय मूल्य–श्रृंखलामा (रिजनल भ्याल्यु चेन्स) जोडिदिन्छ ?

    अन्यथा म यो देशको प्रधानमन्त्री बन्छु यो देशलाई राष्ट्र बनाउनेछु। यी साधारण नीतिगत प्रश्नहरू होइनन्। यिनै प्रश्नहरूले निर्धारण गर्छन्— नेपाल ऐतिहासिक हिच्किचाहट र पुराना सिद्धान्तमा अड्किन्छ कि आधुनिक, जोडिएको, आत्मविश्वासी, समृद्ध गणतन्त्रमा रूपान्तरण हुन्छ। यही हो वास्तविक नेतृत्वको परीक्षा । र, राष्ट्र हेरेर बसेको छ।

    (लेखक विघटित प्रतिनिधिसभाका सदस्य हुन् ।)

  • महेश बस्नेतमाथि बेलुन हान्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छ : सभापति शेर्पा

    महेश बस्नेतमाथि बेलुन हान्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छ : सभापति शेर्पा

    काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विराटनगरमा महेश बस्नेतमाथि आक्रमण गरेर संगठनको नाम दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिने प्रष्ट पारेका छन् ।

    बस्नेतको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन् ।

    संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको समेत वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।

    वक्तव्यमा शेर्पाले भनेका छन्- नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन् । लोकतन्त्रमा विरोध सबैको अधिकार हो तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ

  • विराटनगरमा महेश बस्नेतको गाडीमा बेलुन हान्नेहरू नेविसंघका जेन-जी

    विराटनगरमा महेश बस्नेतको गाडीमा बेलुन हान्नेहरू नेविसंघका जेन-जी

    विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतलाई बेलुनमा रङ भरेर हान्ने नेविसंघका स्थानीय नेता भएको खुलेको छ ।

    बस्नेतमाथि बेलुन हान्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका सञ्जोग गौतम नेविसंघ (शेखर समूह ) महेन्द्र मोरङ क्याम्पस इकाइ सभापति हुन् ।

    महेन्द्र मोरङमा संस्थापन र कोइराला समूहको छुट्टाछुट्टै समिति छ । प्रहरी नियन्त्रणमा रहेका गौतम पार्टीको जिल्ला सदस्य समेत थिए । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेपछि उनलाई कारबाही गरिएको नेपाली कांग्रेस मोरङले दाबी गरेको छ ।

    २ महिनाअघि उपकुलपतिमाथि दुर्व्यवहार भएको थियो । गौतम पछिल्लो समय जेन-जी आन्दोलनमा समेत लागेको नेविसंघका एक नेताले बताए । पक्राउ परेका अर्का १९ वर्षीय अर्पित कुँवर पनि नेविसंघकै नेता हुन् ।

    भदौ २३-२४ गतेको जेन-जी युवा अभियानमा समेत रहेका उनी सरकारसँगको वार्ता टोलीका लागि काठमाडौं आएका थिए ।

    सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा बस्नेत चढेको गाडीमाथि रङ घोलिएको पानी भरेको बेलुन हानिएको थियो ।

  • पार्टी घोषणा सभामा बाबुरामदेखि सन्तोष परियारसम्म (तस्बिरहरू)

    पार्टी घोषणा सभामा बाबुरामदेखि सन्तोष परियारसम्म (तस्बिरहरू)

    काठमाडौं । युद्धकालीन सारथि डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पुन: एकैठाउँ आइपुगेका छन् ।

    माओवादी पूर्वउपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोबलगायत मिलेर गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा कार्यक्रम जारी छ ।

    उक्त पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने छ । जसमा परियार, माओवादीका तत्कालीन सांसद एवं पूर्वमन्त्री सुदन किराती, दुर्गा सोब, जेन-जी युवा एवं समावेशी प्रतिनिधित्व रहने छ । केही नेतासँग कुरा भइरहेकाले उनीहरूका लागि ठाउँ खाली राखिएको छ ।

    प्रलोपाको केन्द्रीय सदस्यीय १५१ सदस्य प्रस्ताव गरिएको छ । डा. भट्टराई संरक्षक रहने साथै जनार्दन, राम कार्कीलगायतका नेता नीति परिषदमा रहने बताइएको छ ।